SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » रित्तो गुँड र चरा नियति
निबन्ध

रित्तो गुँड र चरा नियति

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments13 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
पेशल आचर्याको परिचय साहित्यसागरको अघिल्लो शृङ्खलामा समेटिइसकेको छ । उनी राम्रा कवि र निबन्धकार हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘रित्तो गुँड र चरा नियति’ शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले आत्मपरक शैलीमा परेवालाई विम्ब बनाई मान्छेका जीवनको यथार्थ उद्घाटन गरेको छ । निबन्धले शीर्षकले समेटेको विषयलाई परेवाको गुण र सन्तानले छोडेको घरलाई साम्य रूपमा देखाउँदै केही फरक ढङ्गले जीवनचेतनाको अभिव्यक्ति दिएको छ।
– सम्पा.

 

सम्बन्धहरू युगका ओढारहरूमा पृथक् हुँदा रहेछन् । विचारहरू समयका तिजोरीहरूमा अलगथलग बन्दा रहेछन् । इच्छाहरू जब सोपान चढेर चौतर्फी रूपमा उड्न खोज्छन् अनि मानिस घर र परिवारबाट टाढिन खोज्दा रहेछन् । विगतातीत समय स्थिर थिएन तर यत्तिको सग्बगाएको पनि थिएन ।

समय आज अनायासै गतिशील, चुल्बुले र चकाचौंंध छ । हरेकका मन औ शरीर विश्व घुम्न वाचाल छन् । मानिसका सन्मुख जान्ने, बुझ्ने, खोज्ने र पत्ता लगाउने विषयादि भावहरूका उरूङ चाङ छन् । ऊ चौपाया भाँती र अभिनयमा टाटनामा राखिएका अग्र्यानिक घाँसहरू मात्र खाएर अघाउन चाहँदैन । उसलाई विश्व चहारेर भलिभाँती उग्राउन मन छ । पखेँटा हालेर निरन्तर नीलाकाशमा कावा खाने इच्छा छ र छ सोच विश्व फन्फनी घुमेर टण्डेली मार्न।

ऊ सोचमा सोचमग्न छ । खोजमा आतुर छ । नियाल्नमा तम्तयार छ । पर्खिनमा वाचाल छ । यहाँ प्यारप्यार बोलिरहने पुतुर्केले भन्दा बोल्दै नबोल्ने घुस्घुसेले परिणाम सहसा उल्ट्याइदिन्छ । गज्जबले बिताइदिन्छ । अघिल्तिर मुसुमुमु हाँसेर पछिल्तिर कतिपयले ढाडमा छुरा धसेका देखिन्छन् । अनौठो छ –संसार !

हामी वरिपरिको परिवेशलाई हेरे बुझेका खण्डमा हामीले देख्ने, भोग्ने र हेक्का राख्ने वैविध्य सन्दर्भहरूले यही नै भाकेका छन् । भलिभाँती भनेका छन् । सप्रमाण देखाएका छन् । कुरा गर्नेहरू धेरैधेरै हुन्छन् तर कुरा बुझ्नेहरू चाहिँ थोरै हुन्छन् । कुरोको चुरो बुझ्ने बोल्दैन । बोल्नेले बुझेको हुँदैन । बोल्ने सबैसबैले भाँती पुर्‍याएर बुझेका पनि हुँदैनन् । कतिपयमा दुवै हुन्छन् । कतिपयमा दुवै कुरा हुँदैनन् । अचम्म छ –व्यवहार !

जीवनमा कतिपय कुरा हुन् पनि र होइनन् पनि । जिन्दगीका धेरै सत्यहरू छन् पनि र छैनन् पनि । माने छ । नमाने छैन । उहिल्यै केटाकेटीमा हामी नबुझीनबुझी जोडले भन्थ्यौं –‘पहिले बुझ्न कठिन, बुझ्यो अझ कठिन, झन्झन् बुझ्यो झन् कठिन ।’ अहिले केही बुझेको हो कि जस्तो लाग्न खोज्दै छ तर झन्झन् नबुझिने जीवनातिरेकका फाँकीहरू सिक्वेन्स बिग्रेका वीजगणीतीय सूत्रझैँ आफ्ना अघिल्तिर जुलुश बनेर आउँदा छन्, आउँदा छन् ।
***

किनकिन चरामध्ये मलाई परेवा असाध्यै मन पर्छ । अरू चरा मन नपर्ने चाहिँ होइनन् । तर मैले परेवाको धेरै सेवा गरेको छु । परेवाले पनि मलाई बाल्यकालमा उखुमै फाइदा दिलाएको छ । हाम्रो सम्बन्ध दोहोरो छ । विद्यार्थी जीवनमा पैसो खनखाँचो पर्दा परेवा पालेर सानातिना गर्जाहरू टारेको छु । थोरै कहिरन हालौं । एकफेर रहर गरेर बासँग घरमा परेवाको गञ्जक बनाई माँगे । गाउँबाट परेवाका दुई जोर बचेरा किनेर पनि ल्याएँ । तोरीका दाना पानीमा भिजाएर खोँचीजस्तो हात बनाई दिनदिनै ख्वाएँ ।

मैले मेरा भाइहरूलाई आफ्ना हातले भात खुवाउनु परेन । दुईदुई वर्ष फरकमा जन्मिएका भाइहरू झन्नै आफू जत्रै थिए । परेवालाई आफ्ना सन्तानझैँ पाले । पाल्नुमा मेरा भित्री दुई स्वार्थ थिए । एक –परेवा बढाएर बेची पकेट र पढाइखर्च जोगार गर्नु । अर्को परेवाको जीवन शैली अध्ययन गर्नु ।

जब दुई जोर बचेरा हुर्किए तब घरमा भएको बूढो बकैनाको रूख काटेर बाले खोर तयार पारिदिन लगाउनु भयो । मन फुरूङ्ग भयो । परेवाले चाँडोचाँडो फुल पारे । बच्चा कोरले । बच्चाहरू सल्सली बढे । फैलाएर धेरै हुँदा बेचेर उब्रे । आफूले मासु खान पाइयो (परेवालाई तराईतिर मासुका लागि प्रयोग गर्ने गरिन्थ्यो र अझै गरिन्छ) ।

नभन्दै वर्ख दिनमा दुईबाट चार, चारबाट आठ र आठबाट सोर जोर परेवा भए । मेरो युवा मन चौचौ भयो । तिनताक मेरा गोजीभरि पैसा भए ।

त्यसबेला म बीएको विद्यार्थी । कुरा २०४४ साल तिरको । तीन दशकमै समयले फेरो मारिसकेछ । सम्झँदा छक्क पर्छु । त्यो बेला पचास रूपैयाँ जोडीमा विक्री हुन्थे परेवा । एकजोर बेच्दा बीए तहको एक महिनाकै डल्लै फिस तिर्न पुग्ने । दुई वर्ष जति मज्जाले सग्लाए । आमा भन्नु हुन्थ्यो –‘केराका बोट र परेवा छिमलमा सप्रन्छन् । पछिपछि वास्ता कम हुँदै जान्छ । कि न्याउरीले सक्छ । कि सुल्सुलेले मास्छ ।’ नभन्दै मातृवचन सत्य भयो ।

म बिहानबिहान सुनसरी क्याम्पसको विद्यार्थी भए पनि दिउँसो चाहिँ वकिलको अफिसमा काम गर्थें । दिन नबिराई अदालत जानु पर्दथ्यो । मुद्दाको वारिस बसिन्थ्यो । झगडीयाहरू दिनहूँ आइरहन्थे । केही न केही सानुतिनो काम गरिदिनु पर्दथ्यो । घरमा परेवाका लागि गञ्जक तल कुकुर बाँधियो । आमा घरै बस्ने भएकाले उति सारो डर थिएन । एवम् रितले म परेवाको चाकर गर्दै पढाइ अघि बढाउँदै गएँ । खोरभरि परेवा भए ।

एकदिन म छाँगाबाट खसेझैँ खङ्रङ्ग भएँ । त्यो दिन म निकै राति घर आएको रहेँछु । आमाबाले परेवाको गञ्जक थुन्न बिर्सिनु भएछ । भाइहरू खेलबाडमा व्यस्त । साँझबत्ती बाल्ने बेलामा न्याउरी पसेर पच्चीस जोर मेरा मायालु परेवामध्ये एउटा भालेलाई छाडी बाँकी सबैलाई मारेछ । कतिपय भाग्न भ्याए । भागेका ती बिच्किए । पछि गुँडमा आउँदै आएनन् । मैले गाउँ डुलेर चियो गरेँ । कसका घर गए ? कहाँ बस्छन् ? पत्तो लागेन । पछि म आफैँले हार मानेँ ।

एक्ले भालेको बिजोग भयो । मेरो विचार के थियो भने जुन भाले न्याउरीले अधमरो पारी छाडेको थियो त्यसको चाहिँ पोथी भेटिए पनि हुन्थ्यो, जस्तो लाग्थ्यो । तर मेरो मनको विचारले भनेजस्तो त्यस्तो कहाँ हुन्थ्यो र ? अहँ ! भएन । भाले एक्लियो । पछि गाउँबाट फेरि एक्ले पोथी किनेर ल्याएँ । दुई चारवटा पखेँटा उखेली दिएँ । रत्तिन्छ कि भनेर त्यसलाई दिनभरि डोकाले छोपेर राखेँ । रातिराति गञ्जकमा हुलिदिएँ । तर पोथीले भाले लिन धेरै दिन लाग्यो । घरमा भएको भालेचाहिँ पोथी ल्याएका दिनदेखि ‘मकमक घुर्रर्र……’ गरेर घुर्न थालेको थियो । त्यो घुर्दा मलाई कसोकसो आनन्द आउँथ्यो । मेरो आनन्दमा भित्री स्वार्थ थियो । पाश्र्वमा परेवाका बच्चा बेचेर घुटुक्क थुक निल्थेँ –म । आफ्नो पढाइ खर्च जुटाउने मेरो मनसुवा थियो –मनको अन्तर कुन्तरमा ।

म पढाइ र अदालतको गोलचक्कर काट्दै रहेँ । परेवाले परेवीलाई महिनौं लगाएर आफ्नी बनायो । खुसी लाग्यो । अब फेरि मेरो खोरमा ससाना बचेराहरूको चिँचिँ सुनिने छन् । मैले मेरो खोर परेवा नै परेवाले भरिएको कल्पना गर्न थालेँ । एवम् रितले दुई वर्ष बिते । मैले राम्रो नम्बरका साथ बीए पास गरेँ ।

अब मैले रोजगारीका लागि काठमाडौँ हानिने विचार गरेँ । मैले घर छाडन लाग्दा परेवाका बथान भैसकेका थिए –खोरभरि । मलाई घर परिवारका सदस्यहरू छाड्न त्यति सकस परेन जति मेरा ती अभावका दिनमा अवाक रूपले मसँग रत्तिएका मुक भावका परेवाहरू छाड्दा नमज्जा लाग्यो ।

पछि म केही महिनापछि घर गएँ । मैले थाहा पाएँ । एकपल्ट पल्किएको न्याउरी मुसो फेरि हाम्रो परेवाको खोरमा पसेछ । उसैगरी परेवाहरू स्वाहा पारेछ जसरी दुई वर्षअघि पारेको थियो । आमाले सविस्तार बताउनु भएपछि म फेरि अर्कोपल्ट चकित भएँ । एक मनले त मलाई परेवा नपालेकै भए हुने भन्ने विचार आयो । लामो विदामा आएकाले मैले त्यो हिउँद् घरका अन्य ससाना कामहरू गरेर बिताएँ । खेतीको सिजन थियो । धान थन्क्याइयो । पराल ल्याइयो । गहूँ छरियो । तोरी उखेलियो । त्यो पटक एउटा पोथी मात्र राखेर बाँकी सबै परेवा सिनित्तै मारेछ –न्याउरीले ।

अब फेरि पोथीका लागि भाले उसैगरी ल्याइयो । पखेँटा उखेलियो । डोकाले छोपियो तर पोथीले भाले लिन मानेन् । कसैगरी मानेन । जसरी भालेले छिट्टै पोथी लिएको थियो त्यसरी पोथीले भाले लिँदो रै’नछ । मैले परेवाको संसारमा नयाँ कुरा थाहा पाएँ ।

‘परेवासरेवा छैनन् । सुली सुँघेर के बस्नु ? अब खोर बेचिदिनु पर्छ’ –बाले भन्नुभो । मैले र आमाले प्रतिवाद ग¥यौं । बा आफ्नो अडानमा टस्कोमस् हुनु भएन । एकजोर परेवासँगै खोर बेचियो । कतिमा बेचियो मैले बिर्सिएँ । तर जसले त्यो किनेर लगे तिनलाई पनि त्यो पोथीको जोडी मिलाउन धेरै महिना लाग्यो भनेर बासँग भनेछन् ।

सन्तानको माया लाग्यो होला त्यो परेवीलाई पनि । त्यसैले परचक्री परेवासँग घरजम नगरेकी होली ! मैले मनमा कल्पिएँ । मलाई ननिको लाग्यो ।
***

आज तीस वर्षपछि त्यो परिवेश र परेवाको झल्याँस्स सम्झना आयो । नर्सिङ्को उच्च शिक्षा हाँसिल गर्न गएको फागुनमा हाम्री ठूली छोरी विदेश गइन् । मन गह्रौँ बनाएर हामीले विदा गर्‍यौं । बाआमा बूढाबूढी भैसक्नु भएको छ । आमा र श्रीमतिले घरबाटै विदा गरे । अन्य दुई सन्तान, बा र म एयरपोर्टसम्म गयौं । मैले र छोरीले विदाइमा नरूने वाचा गरेका थियौँ । हामी रोएनौं । भलै भित्रभित्रै दुवै रोएका थियौं होला । छोरीको अनुहार हँसिलो देखिन्नथ्यो ।

बाले हाँसीहाँसी विदा गर्नु भयो । आमाले निन्याउरो अनुहार लाउनुभो । सानो छोरो रोयो –दिदीका मायाले । सानी छोरीले गहभरि आँसु पारी । छोरी विदा गरेको रात श्रीमतिले धेरै पिर गरिन् । मलाई फेरि त्यो आफ्नो युवावस्थाकै परेवा पालेको याद् आयो । आफ्ना सन्तानको माया मानिसलाई जस्तै हुने रहेछ चरालाई जस्तो लाग्यो ।

सन्तानहरू भुर्रर्र उड्दै गएपछि बाउआमा एक्लाएक्लै हुँदा रहेछन् । कहिले गञ्जकमा कहिले घरमा ।
***

मानिस खोजीको विषय भएको छ । मानिस तुमुल विषय र वासनाहरूलाई नैरन्तर खोजी नै रहेको छ । आफू, परिवार, समाज, देश र विश्वभित्र खोज्ने उसका अभिप्साहरूलाई कुनै गजवारहरूले छेक्न सकेनछन् ।

बाधा पन्छाउन मै मजा र आनन्द मान्ने मानिसले जीवनमा सफलताका क्याराभानहरू दौडन अनेकन सिसिफस यत्न नगरेको कहाँ हो र ? लड्दै, उठ्दै र हिँड्दै उसले स्वयम्लाई काबिल बनाउनका लागि गरेका अहोरात्र परिश्रमहरूले पनि ती र त्यहाँसम्म सफलताका शिखर चुमेका देखिन्छन् । यही अभीप्सा बोकेर छोरी विदेश उडेकी होकि भनेर गम्न थालेको छु –अचेल ।

गति हो जीवन । अनि प्रगति हो जीवन । बुझेर बुझेजस्तो लागे पनि बुझेर नबुझिने सङ्कथन हो –जीवन । कतिपय मानिसहरू फुलेर फुलेल भएका छन् –जीवन बुझेका भानमा । कतिपय जीवन बुझ्ने यत्नमा लागेरै जीवन नबुझेर मुर्झाएका देखिन्छन् । को ठिक ? को बेठिक ? केही ज्ञात छैन । सबैसबै परीक्षण कालमा दौडिएका छन् । परीक्षण काल जीवनभरि बर्करार देखिन्छन् । आधा बुझेजस्तो, आधा नबुझेजस्तो । कतैकतै पूरै बुझेजस्तो । कतैकतै पूरै नबुझेजस्तो । खै ! कस्तोकस्तो ?

इतिहास भयो यायावरीय जिन्दगी मानिसको । पुरानिए बाबु बाजेका जीवनादि भोगाइ र सङ्घर्षणका उपजीव्य मानकका उपकथाहरू । तीतो इतिहासले गुलियो वर्तमानलाई चौतर्फी कोलाज उपहार दिएको छ । दिग्दिगन्तमा रम्रेका छन् –इच्छाका भेषवुशामा मानव पुतलीहरू । कुन विषय सही र कुन वासना अब्बल ? मानिस स्वयम् छनोट गर्दै रेजा लगाइरहेका छन् । खाली ठाउँ भरिरहेका छन् । ठीक बेठीक छुट्याइरहेछन् । दुनियाँ यसै रङ्गीन त छँदै छ भला अभैm गाढा रङ्गीन बन्दो छ ।

गति र नियति दुई पार्थक्य अर्थ बोक्ने शब्दातीत यात्रामा स्वफूर्त चलायमान छन् । दुवैको म्याराथन चलेको सदियौँ भयो । वैपरीत्य दिशामा वाचाल मुद्रामा बेत्तोडले दौडेका छन् । फाटक नाघेर बेमिसाल पल्लोफाल हुने गरी यायावर भएका छन् । धपेडीमा छन् –खोजका यात्रीहरू । हिजो जसरी कोलम्बसलाई धपेडी थियो । जुन धामामा हु एन् साङ् हाँप र झाँप गर्थे ।

आजका मनुवाको पनि नियति र गति त्यस्तै छ । फरक हिजो र आजमा एउटा तत्व छ । हिजो समग्रताका लागि थियो । आज आफ्ना लागि मात्र छ । जमाना सेल्फीको छ । सेल्फीका पछि लाग्दालाग्दै मानिस सेल्फिस जो बनेको छ ।

नदी दौडेका छन् किनकि तिनीहरूको गन्तव्य छ । चराहरू कावा खाँदै छन् किनकि तिनीहरूले पनि लक्ष्य भेदन गर्नु छ । पवन, सूर्यचन्द्र, दिक र कालहरू बेतोडले घुमिरहेका छन् । घडीघन्टा र नक्षत्रादि पलहरू समेत चलायमान छन् । रोकिएका कुनै छैनन् । स्थिर कोही रहेनन् । वृत्तीय मापोमा घुम्नु र समरेखीय उडानमा बत्तीनु आफैँमा पृथक् होलान् तर आखिर सबैसबै घुमेका छन् । वृत्तमा अनि परिवृत्तमा । चालमा अनि निचालमा । तालमा अनि खालमा । रहमा अनि बहमा । हाँसोमा अनि आँसुमा । सहवासमा अनि सहवरणमा ।

मानिसको मन सबैभन्दा बढी घुमेको छ । मनलाई घुमाउन ऊ चौचौ गरिरहेको छ । हिजो घुमन्ते हो मानिस र आज पनि घुमन्ते नै हो । फरक हिजो चर्चरी फुटेका पैतालाहरू लिएर लेफ्टराइट गर्दै घुम्ने मानिस आज सपनामा डिजिटल प्रवृत्ति रम्य्राएर घुमिरहेको छ । फरक चाहिँ हुँदो रहेछ –वृत्तीय घुमाइ र समरेखीय घुमाइ । वृत्तमा कहीँ नपुगिने तर घुम्न छाड्नु नहुने । नमिल्ने । रेखामा समय जहिल्यै अघि भैदिने । गन्तव्य अघिअघि सर्दै जाने । कस्तूरी भाँतीमा पनि दौडेको दौडै गर्नु पर्ने । भेटाउनका लागि अनि देखाउनका लागि ।

हिजो अभाव दौडियो । अविकास दौडियो । सुस्तता दौडियो । आज प्राप्ति दौडेको छ । विकास दौडेको छ । गतिमयता दौडेको छ । होला अलिकति सामलझैँ साथमा अहम् पनि । सन्तानका इच्छा र अभिभावकका सपनाहरू पनि साथसाथै दौडेका होलान् । फरक के मानेमा छ भने हिजो थोरैका लागि दौडेको दौडेई गर्ने मानिस आज धेरैका लागि दौडेको दौड्यै छ । दौडिन त दौडेकै छ । सकी नसकी । लुखुरलुखुर ।

वाचाल छैन । स्थिर छैन । प्रगति विनाका गति छन् । गतिहीन प्रगति पनि छन् । वाचाल र स्थिरता भनेकै जडसूत्र हुन् । जडताले यात्रालाई अवरोध गर्छ । मनको यात्रा होस् या तनको । यात्रा अविचल र अपरिमित हुनुपर्छ । सन्धानका व्योमहरू छरपष्ट छन्, टटोलेर तिनलाई अग्रगामी यात्रा जो पस्कनु पर्छ । देखाउनु पर्छ –सफलताका मिसिलहरू अभिभावक भाँतीमा उभिएका अगुवाहरूले । अनि पो पछौटेहरूमा पउल उदाहरण बन्न सकिन्छ । समाज यस्तै भन्थ्यो हिजो पनि र भनिरहेछ –आज पनि ।

जीवन भनेको रिले दौड त रहेछ नि । सबैसबै कुद्ने । कुदिरहने । विगत् कुद्यो । त्यसपछि वर्तमान कुद्दै छ । भोलि आगत् पनि त्यसैगरी कुद्ने नै छ । आफ्नो भागको कुद्ने अनि पछि फर्केर रिलेको लौरो समात्न दिने । फरक रहेछ हिजोका धावक र आजका धावकबीच । हिजो हिजोका बीच कुदिन्थ्यो भने आज आजका माझमा कुदिन्छ । समवयी, समवयश्की र समवैचारी बीच कुद्दा जति मिष्ट अनुभूति हुन्छ त्यो वैपरीत्यका बीच हुन्न । हुँदो रहेनछ । जागिर, पढाइ, बढुवा, यात्रा, प्राप्ति यी सबैसबै दौडकै सोदाहरण हुन् । मात्र कोसँग दौडिएको छ भन्ने कुरा मात्र हो ।

शक्तिशाली र शक्तिहीनहरूका बीच दौड प्रतियोगिता कवै हुन्न । शक्तिशाली शक्तिशालीका बीच हुने दौड हेर्नलायक हुन्छ । शक्तिहीन शक्तिहीनहरूका बीच पनि दौड खोज्नलायक हुन्छ । मात्र अन्तर्चक्षुले पर्गेल्न सक्नुपर्छ । राग, वितराग र वैरागका बीच पनि दौड सूक्ष्म रूपले भैरहेका हुन्छन् । जल, स्थल र नभमा पनि दौडका काया अनन्त छन् । चराचर जगत् नै दौडको मैदान हो ।
***

आज मानिस चरा नियतिमा रमे रमाएका छन् । जन्मायो । पढायो । बढायो । अनि समक्ष बनाएपछि गुँडबाहिर धकेली दियो । चराले फुलमै आफ्नो भविष्यको सन्तानलाई सबैसबै जीवनादि रहस्यका फाँकीहरू सिकाउँछ रे ! तर मानिस जन्मेपछि अनेकानेक गोरखधन्दीय एकाङ्कीहरू मञ्चन गर्दै दौडन्छन् । भाव, अभाव र प्रभावमा सबैसबै दौडन्छन् । दौडेका छन् । अनि दौडेका अभिनय गर्दछन् ।

सन्तान भाँतीमा आफूखुसी हुनु पर्ने सुदी र बदी आएका छन् । अयनहरू फेरिएका छन् । मसान्त र संक्रान्तिहरू आलोपालो गर्दै छन् । कृष्णपक्ष र शुक्लपक्षले समयको च्याम्पटी घुमाएका छन् । मानौ सबै समयका यमानका रालाहरू हुन् । जसले अनन्त स्वर र व्यञ्जनमा अविश्रान्त नादहरू पस्कन्छन् । कसैले, कुनै अदृश्य शक्तिले पूरापूर घुमाइरहेको छ – सूत्र र सूत्राधार व्यशनमा हामीलाई । नायक र खलनायक भाँतीमा । मुख्य, सहायक र गौणपात्र –भान्तेमा । व्यक्ति र वर्गपात्र –अभिनयमा । सर्वहारा र शोषक वृत्तिमा । प्रवृत्तिमा । आवृत्तिमा । परावृत्तिमा । औ पुनरावृत्तिमा ।

पुरानाहरूले नयाँहरूलाई पथ फराकिलो पार्दै छोडिदिनु पर्ने भएको छ । सायद् छोरी नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै विदेश बत्तिएकी होलिन् ? यो प्रश्न मैले विदाइमा सोध्न उपयुक्त देखिनँ । अहिले म्यासेन्जर र भाइबरमा समेत सोध्ने आँट गर्न सकेको छैन । किन किन त्यो पनि मलाई थाहा छैन ? कहिले थाहा हुन्छ यो आदि या अनादि गूढ रहस्य ? त्यो पनि थाहा छैन ! मानौं प्रश्न छ – उत्तर छैन । उत्तर छ तर प्रश्न छैन ।

फगत् यो गीताज्ञान चाहिँ भएको छ –आम मानिसमा झैँ । म पनि ‘रित्ता गुँड र चरा नियति’ मा बाँच्ने अभिनय गर्न थाल्दै पो छु कि ? रहर या कहरले ? त्यो पनि थाह छैन ।
***
espeshal2023@gmail.com
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 180
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.