SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » म कति राम्री छु ?
निबन्ध

म कति राम्री छु ?

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments16 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
प्रकाशमणि दाहाल स्रष्टा द्रष्टा एवम् अनुवादक व्यक्तित्व हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको ‘म कति राम्री छु ?’ शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले सामाजिक सञ्जालमा भाइरल हुने र त्यसलाई नै योग्यता ठान्ने प्रवृत्तिमाथि व्यङ्ग्यात्मक शैलीमा जवाफ प्र्तुत गरेको छ ।

-सम्पा.

उनी करिब बीस–बाइसे भरभराउँदी ठोसे तरुनी हुन् । मन्दाकिनीझैँ तीनतिर झरेका घना केसराशीबाट बस्, बादलबाट ठिक्क निस्केको चन्द्रमाझैँ उनको चन्द्रमुख मात्र निस्किेको थियो, मानौँ हामीलाई दर्शन दिन ।

ठाउँठाउँ अबीर छर्किदिएको जस्तो गहुँगोरो पृष्ठभूमिमा फराकिलो उन्नत निधार, धनुझैँ मिहिनेतपूर्वक तरासिएका आँखीभुइँमुनि चमचम चम्किरहेका ठुल्ठुला स्वप्निल आँखा, लाम्चा मस्याइला गाला, बिचमा अत्यन्त हिसाबकिताबसँग बनाएर जडिएकोजस्तै चिटिक्क परेको नाक, एकापट्टि टलल टल्किरहेको सुन्दर फुली, मुन्तिर इषत् मुस्कान छरिरहेका लालुपातेजस्तै रङ्गीन र पातला ओठ र अन्त्यमा सुन्दर मस्याइलो गोलो चिउँडो । लाग्थ्यो, ईश्वरले कुनै विशेष प्रयोजनका लागि फुर्सद लिएरै बनाएको हुनुपर्थ्यो उनलाई । अँ, बसाइ अलिक टेढो पारीकन प्रदर्शित एकापट्टिको उन्नत वक्ष पनि ।

चुम्बकले फलाम समातेझैँ हेर्नेका आँखा च्याप्पै समाती राख्न सक्ने उनका रूपको जस्ताको तस्तो बयान त सायद कालिदासले गर्न सक्दा हुन् वा त्यसै उँचाइका शृङ्गारिक कविले । तर उनको यो अलौकिक सौन्दर्यलाई बुढिएर सुकेर खलपत्रिएर सारा पात झरेर नाङ्गिएको रूखजस्तै कुरूप पार्थ्यो ठिक्क मास्तिरपट्टि लेखिएको अत्यन्त असान्दर्भिक र अझ झसङ्ग्याउँदो गरी बेमेल वाक्यले । त्यो थियो “के म राम्री छु ? भए कति राम्री छु ? झर्को नमानी बताइदिनुहोस्, ल ?”

फेसबुके वालमा यो अनुरोधसहित प्रस्तुत त्यो चित्र देख्नासाथ मलाई हजारौँ बारुलाले एकैपल्ट चिलेजस्तै शरीरभरि पोल्न थाल्यो । म हेरिरहेँ आँखा झिमिक्क नगरीकन ।

त्यस चित्रको सुन्दरताको हुबहु बयान गर्ने शब्दभण्डार मसँग नभएको ठीक साँचो हो । मजस्तो असीको छेउछाउ पुगेका बूढालाई त्यसको महत्त्व भित्तामा टाँगिएकी विज्ञापने परीको भन्दा एकरति बढ्ता थिएन । तर मलाई खपिनसक्नु पीडा दियो त्यस चित्रले होइन त्यससँग प्रेषित सुन्दरी अनुरोधले । मेरा मनमा प्रश्नैप्रश्नका ताँती लागे : के उनलाई आपूm राम्री छु कि छुइन भन्ने थाहा छैन ? के उनीसँग आफ्ना रूपको सामान्य जानकारी गर्ने क्षमता छैन ? के उनी आफ्ना दिदीबहिनी, साथीहरूसँग आपूmलाई तुलना गरेर कुनै निष्कर्ष निकाल्न सक्तिनन् ? के उनी समकालीन र पाको उमेरका मान्छेका नजर र तिनको दै्रष्टिक, शाब्दिक र दवाबमूलक प्रतिक्रिया विचार गर्दिनन् ? के अरूले तोकिदिनुपर्ने उनी राम्री छन् कि छैनन् भनेर ? के रूपको कुनै खास नापो हुन्छ यति मिटर, लिटर वा बाइट वा ग्राम भनेर नाप्ने ?

तर मलाई सबैभन्दा बढी अशान्त पार्ने प्रश्न भने यी पनि होइनन् । ती हुन् : मान्छेलाई सबैभन्दा खुलदुली पारिरहने मुख्य प्रश्न के हो— आपूm कति राम्रो/नराम्रो वा कति धनी/गरीब वा जान्ने/नजान्ने वा प्रगतिशील/अप्रगतिशील वा लोकप्रिय/अप्रिय …. छु भन्नेमध्ये कुन होला ?

तर हरेक मान्छेलाई यी कुरामा आपूm कहाँनेर छु भन्ने बीसका बीस नभए पनि बीसउन्नाइस वा एककाइसअट्ठार त थाहा भएकै हुन्छ । परिवारको हैसियत, समूह वा समाजमा आफ्नो स्थान, शिक्षाको कुरा भए विद्यालयका रिपोर्ट आदिबाट सरदर थाहा पाइने सामान्यज्ञानका कुरा होइनन् र यी ? तर मनै बिथोल्ने अर्को प्रश्न थियो, खासगरी विकासक्रम ायचmबतष्खभ मबथक का उमेरदार मान्छेका मनमा उठिरहनुपर्ने सर्वाधिक महत्त्वको प्रश्न के हुनुपर्ने हो भन्ने प्रश्न । आफ्नो हैसियत (पृष्ठभूमिअनुसार), आफ्नो कर्तव्य— आफ्नै व्यक्तित्व–विकास, आफ्नो परिवारको हित, देशको हित, मानवताको हित आदि बारेचैँ चासो हुनुपर्ने होइन र एउटा सचेत र समझदार मान्छेका मनमा ? कारण त्यसको उत्तर सजिलो र सटिक नहोला र त्यसैले नै त्यो जिज्ञासाको विषय हुनुपर्ला, होइन र ?

चियागफका दौरान मैले यो प्रश्न अगि सार्दा केही साथीले मलाई उल्याउँदै भन्नुभयो “उनलाई आपूm निकै राम्री छु भन्ने अभिमान छ तर सोझै ‘हेर्नु त म कति राम्री छु !’ भन्न असजिलो भएर उनले आफ्नो विज्ञापनसदृश प्रस्तुतिद्वारा मानिसको ध्यानाकर्षणका निमित्त यो तरिका अपनाएकी मात्र हुन् ।”

मैले यो पक्षबाट पनि विचार नगरेको होइन । सबै मान्छे आआफ्नो इच्छानुसार फेसबुक आदि सुविधा प्रयोग गर्न स्वतन्त्र हुन्छन् । कुन, कति, कहिले, कसरी प्रयोग गर्ने भन्ने उनीहरूको निजी विषय हो । मेरो प्रश्न कति मात्र हो भने के मान्छेको मुख्य अभीष्ट आत्मप्रचार मात्र हो ? त्यो त जे छ छँदैछ नि ? यदि त्यो अकबरी सुन भए कसी लाइरहनु पर्छ र ? जस्तो सपना रोकाको फोटो फेसबुकमा पहिले कहिले देखिएको थियो र ? त्यस्ता उदाहरणको कमी छैन । अरू केही गतिलो लक्ष्य वा काम नभएजस्तो अनेक लुगा फेरीफेरी पोजपोजका फोटो हालीहाली दिनैपिच्छे विज्ञापन गरेको र त्यति गर्दा पनि एउटा सानो वृत्तबाट हुने औपचारिक ‘वाह ! वाह !’ बाहेक अरू केही उपलब्ध नहुनुभन्दा त्यसरी संसार आफै खोज्दै आएको पो गौरवको कुरा हो त, होइन र ?

तर साथीहरूले मेरो कुरा झर्नै नपाई टिप्पा लगाइहाले । “तपाईं त m ा गर्नै लोकबाट आएको ‘पीके’ को एलियनको जस्तै कुरा गर्नुहुन्छ बा ! तपाईंलाई थाहा छैन, हाम्रा नारीहरू होस खुलेका दिनदेखि के देखेर, सुनेर र गरे, गराइएर आएका हुन्छन् ? राम्री हुने, राम्रीको तारिफ, नराम्रीको निन्दा र तद्न्ुार हैसियतमा पनि फरक हुने कुरा भरुवा बन्दुकमा खाँदीखाँदी बारुद भरेझैँ उनीहरूको बुद्धि, सोच र स्वभावमा कोचीकोची भरिएको हुँदैन ? उनीहरूले सिनेमा, कतै भेटघाट, विवाह, भोज आदिमा जानुपर्दा आमा, सानीमा, ठुलिआमा, भाउजू, दिदीहरूले कसरी मेहनतसाथ शृङ्गार गर्छन्, उनीहरूलाई पनि कसरी राम्री पारिन्छ भन्ने र उनीहरूलाई देख्नासाथ अरू स्त्री अझ पुरुष नजर फैलिएको, अल्झिएको, हातले मुद्रा बनाइबनाइ ‘आहा, क्या च्वाँक’ भनेको र उनीहरू ओल्लो घर पल्लोघर सबैतिर त्यस्तै देखेरै, त्यसको आदि हुँदैहुँदै नै बढेका हुँदैनन् र ? झन् फेसबुकजस्तो विश्वव्यापी मञ्च र हातैमा क्यामेरा भएपछि त यसमा बाढी नै आएको तपाईंलाई थाहा नभएको हो ? अझ पाको उमेरका प्रौढ/प्रौढा, आदरणीय मानिने अझ सेलिब्रिटीलगायत रूपविन्यासका दृष्टिले ठगिएकाहरूलाई समेत् फेसबुक वरदान नै भएको छ । त्यसमाथि शिष्टाचारका कारण पनि हुनसक्छ, जस्तो भए पनि ‘वाह ! ब्युटिफुल, चाँद भी सर्माएगी’ आदि भनेर प्रशंसा जनाउने शब्द, आकर्षक र अर्थपूर्ण तुक्का, वाक्यांश, कविताका पङ्क्तिको ओइरो लाग्नेगरेपछि कसको मन चञ्चलाउँदैन ? साथै मान्छेको स्वभाव र आकांक्षा पनि त आपूmलाई धेरैभन्दा धेरै जनसमुदायमा प्रस्तुत गर्ने, दुनियाँको नजरमा चढ्ने, वाहवाही कमाउने नै हो नि, होइन ? आज मान्छेलाई माइकमा उभिएको, कविता वाचन गरेको, भाषण गरेको, कुनै सेलिब्रिटी वा नेता आदिसँग टाँसिएर बसेको, विभिन्न ठाउँ भ्रमण गरेको सबै फोटो खिच्न र हाल्न भ्याइनभ्याइ भैरहको छ । यहाँसम्म कि अरू कसैलाई सरोकार नहुने आफ्ना बाबुको श्राद्ध गरेको समेत भिडियो नै हालेको हुन्छ । तपाईंका कति फोटा छन्, छैनन् ?”

“कति भेट्ने गर्नुभएको छ ?”
मेरो जवाफमा एक भुल्को हाँसो छुट्यो र अर्का साथीको लेक्चर सुरु भयो । “तर यस्ता कुरामा यी अझै किशोर उमेरमै रहेका वा जवानीको सँघारमा पुग्दैगरेका नव युवकयुवतीको उत्तरदायित्व समाजका जिम्मेदार, आदर्श र अनुकरणीय मानिने अग्रणीको भन्दा धेरै कम नै हुनुपर्ने हो, जसको हरेक कृत्य वन्दनीय र आलोचना दण्डनीय नै मानिन्छ ।”

उहाँ पनि आफ्नो भाषणकलाको प्रदर्शन नै गर्न खोजेझैँ धाराप्रवाह कुद्न थाल्नुभयो “त्यसो त उहाँले भनेजस्तो यस्ता बढ्दो उमेरका बालकसमेत आफ्नो स्वार्थअनुसार घटबढ पार्न नहिचकिचाउने नेतृत्वद्वारा निर्धारित मतदानको उमेर पुगे पनि आलाकाँचा नै हुने र मानिने प्रारम्भिक युवायुवतीलाई उनका बाबुआमा, अभिभावक, अग्रणी दिदीदाजु, छरछिमेकी, शिक्षक आदिको सानो नमुना वा नकल चभउष्अिब नै मान्ने गरिन्छ । त्यसैकारण त उनीहरूलाई अङ्ग्रेजीमा बाबुआमाको कपी, जुनियर, डुप्लिकेट नै भन्ने गरिन्छ । त्यस्तै सन्तानलाई पानी र बाबुआमालगायत सकल परिवार, समाज र राज्यका नियन्तालाई स्तरस्तरको भाँडो भन्ने पनि व्यापक प्रचलनमा भएको कुरा हो । जस्तो भाँडाको आकार त्यस्तै पानीको आकार हुनु त वैज्ञानिक यथार्थ नै हो । यसको मतलब हुन्छ जस्ता अग्रज त्यस्तै सन्तान, जस्तो राज्य त्यस्तै जनता ।

हुन पनि बालक जन्मिँदा कुनै नाम, आदत, स्वभाव, सोच लिएर आएको हुँँदैन । ती कुरा उसले जन्मिएपछि नै पाउँछ, सिक्छ, अपनाउँछ, कति अनौपचारिक किसिमले अग्रजले गरेको देखेर, सुनेर, त्यसैको अनुकरण गर्दै, कति जिज्ञासाका कारण स्वयम् खुलदुलिएर प्रयोग गर्दै कतिपल्ट दुःखसमेत पाउँदै भने कति सिकाइन्छ औपचारिक किसिमले देखाएर, बताएर आदि तथा कति बलपूर्वक नै गर्न लगाएर पनि । त्यसैले तपाईंको टिप्पणी त्यस तस्बिरकी सुन्दरी होइन उसका अभिभावक लगायत समाजकै र देशकै अभिभावकलाई हो, जसलाई लाग्छ यस्ता झिना मसिना कुरासँग कुनै मतलब छैन वा ठिकै अझ राम्रो लागेको छ ।”

उहाँ रोकिनुभएन । बरु घाँटी सफा गरेर झन् जमजमाएर थप्नुभयो “साथीसर्कलमा नाक ठड्याउन राम्री, विज्ञापनमा राम्री, जागिर खान राम्री, विवाह गर्न राम्री ….कहाँ राम्री नभैहुन्छ ? घरैबाट उसको होस खुलेकै दिनदेखि राम्रीको प्रशंसा र नराम्री वा कम राम्रीको आलोचना सुरु हुन्छ । राम्रीको हजार खत माफ नराम्रीको गल्ती नै नभए नि हजार अपजस, हजार टोकसो ।

तपाईंलाई थाहा छ, प्राचीन ग्रीसमा जुन सुन्दरी वर्षी नै नपुगेकी छोरी छोडेर पतिको पाहुना आएको साथीसँग भागी, र जसका कारण दश वर्षे युद्ध भयो ? युद्धपश्चात् विजयी पतिले उसको घाँटी छिनाउन तरवार उजाएर चुल्ठो यस्सो तानेको थियो, उसको नजर उसका अलौकिक सुन्दर मुहारमा पर्‍यो । उसले एकटक हेर्‍यो केहीबेर र अन्त्यमा तरवार फालेर उसका नारीमा समात्यो र डोर्‍याउँदै बाहिर निस्कियो !

वर्षौंदेखि ब्यूटी कन्टेस्ट हुन्छ देश त के विश्वसमेत हल्लाउने तामझामसहित भन्ने त तपाईंलाई थाहै छ । यद्यपि उनीहरूलाई नै सौन्दर्यको वास्तविक उपादेयता थाहा छैन । लेखेको हुन्छ ‘ब्यूटी इज ह्वाट ब्यूटी डज’ ! के गर्छ ब्यूटीले ? खान दिन्छ ? रोग हरण गर्छ ? ज्ञान बढाउँछ ? लेखक जोन रस्किनको भनाइ हेर्नोस् : Remember that the most beautiful things in the world are the most useless : peacocks and lilies for instance.—Stones of Venice, Vol. 1.”

अर्का मित्रले हतारहतार थप्नुभयो “निम्न तहकालाई बाँच्ने सङ्घर्ष गर्दै ठिक्क छ, मध्यम तहकालाई पेन्डुलमझैँ यो छातादेखि त्यो छातासम्म दगुर्दै ठिक्क छ भने उच्च तहका एकथरीलाई हरेक घर रातो माटोले पोत्ने हतारो छ, अर्का थरीलाई हरियो रँगाइसक्नु छ भने तेस्रो थरीलाई पहेँलो पारिसक्नु छ ।”

उनको पनि कुरा नटुङ्गिई अर्का मित्रले थपिहाले “तर त्यो चैँ देखाउने दाँत मात्रै हो है । सबैको खाने दाँतचैँ नोटका बिटा, सुनका ढिका, सरकारी जग्गा हसुर्ने, त्यसैको लागि तिकडम गर्ने र ताक परेसम्म सुरासुन्दरीसँगको विलासमा डुब्ने, बस् ।” अनि गयो एक हाँसो अट्टहासै बराबर मानोँ गफ चुट्नु, कुरा काट्नु, हाँसो उडाउनु र मोबाइलमा घोप्टिरहनुबाहेक अर्को कुनै गतिलो काम हुँदैन ।

तर म हाँस्नसकिँन । धन्य, त्यतिबेलै मोबाइल बज्नाले उठेर परतिर लागेँ । घरबाट बोलाएको रहेछ । मलाई पनि हास्यमण्डलीबाट मुक्त हुने बहानै मिल्यो । दुई राउन्ड चियाको पैसा तिरेर बाटो लागेँ ।

खुट्टासँगै मन पनि हिँडिरह्यो । साथीका कुरा सोरै आना गलत थिएनन् । मैले तीसको मध्यदशकतिर इटहरीमा आयोजित माध्यमिक विद्यालयको क्षेत्रीय भलिबल प्रतियोगिता सम्झिएँ । त्यसको सञ्चालन गर्न एकजना जापानी विशेषज्ञ आएका थिए । नाम सम्झना भएन । भनौँ हारुकी, दिनभरि प्रतियोगिता गराएर सहभागी बेलुका आउँथे । तिनका अभिभावक भएर आएका शिक्षक भने कति सँगै आउँथे कति बजार र होटेल भ्याएर आउँथे । कतिसँगै लिएर आएका पनि हुन्थे र डाइनिङ हल कतिबेरसम्म गरमागरम वादविवादजन्य होहल्लाको केन्द्र हुन्थ्यो । वादविवादको मुख्य सदाबहार विषय हुन्थ्यो राजनीति । मूलतः काङ्ग्रेस, कम्निष्ट र राजतन्त्र । विवाद कहिलेकाहीँ सहमतीसम्म पनि पुग्थ्यो र बीच बचाव चल्थ्यो । हारुकी भने केही बेर मुसुमुसु हाँस्तै यो सब निस्पृह र केही मनोरञ्जनीय भावले हेर्थे । “तपाईंको देशमा कस्तो राजनीति छ ? तपाईंहरूको पनि यस्तै वादविाद पर्छ होला, हैन ?” एकदिन मैले जिस्क्याएँ । उनले भने “नपाल ढेरै ढनी । कटि न्याचरल रिसोर्सेज छ टपाईंको !” उनले दुवै हात पूरा फुकाएर भाउ गरे र थपे “जपान ढनी चैन । पूरा काम घनु परेको । काम नघरेको, खानु नभएको, कानून साजाइ घरेको, जो भएको इभन पढान्मन्ट्रि काम घनुपरेको ।” मैले प्रतिवाद गरेँ, “रिसोर्सेज भएर के, त्यसको कुनै उपयोग हुनसकेको छैन । हाम्रो बजेटको चालीस पर्सेन्टभन्दा बढी त मित्रराष्ट्रको अनुदान र ऋण हुन्छ । त्यो पनि जनतासम्म पुग्दैन ।” व्यङग्यात्मक मुस्कान छरेर उनले भने “घुड । टपाईं काम नघनु परेको !” म निरुत्तर भएर खिस्स हाँसेँ । उनी चैँ चौडा मुस्कानसहित एउटा आँखा झिम्क्याएर सोझै सुत्ने हलतिर लागे ।

उनी त्यहाँ अधिकारी र सहयोगीहरूसँग दिनभरिको कामको विवेचना गर्थे, रिपोर्ट तयार पार्थे र भोलिका प्रतियोगिताको सेड्यूलमा छलफल गरेर दश बजे सुत्थे । नेपालीहरूको चाहिँ सुत्ने हलमा पुगेर पनि कतिको तास सुरु हुन्थयो, कतिको गीत सङ्गीत नाच साइसाइसुइसुइ । हारुकी निद्रामा बाधा परेर यदाकदा टाउको उठाएर नजर घुमाउँथे, बस् । कतिले “सोरी हारुकीजी” भन्थे र उनी किच्च मुस्काएर हातको बूढीऔँलो ठड्याइदिन्थे । एकदिन मैले जिस्क्याएँ, “ हारुकीजी, तपाईंलाई तास खेल्न आउँदैन कि मन लाग्दैन ?” भने “जपानीको टेटि ढेरै पाइसा चैन नपालीको जटि !” अनि पूरा खुलेर हाँस्थे । बिहान उनी ५ बजे उठिसक्थे । एकघन्टा चौरमा कुद्ने, उफ्रिने गर्थे । एक घन्टामा नुहाइधुवाइ, कपडा, सरसामान, झोला तयार गरेर ठीक ७ बजे डाइनिङ टेबलमा गएर बस्थे । भान्सेहरू बानी परिसकेका थिए । खाजा ल्याएर राखिदिन्थे । खान्थे र पौने आठ बजे करिब पौने किमि परको मैदानमा पुगेर उनको वाला नेटको अग्लो अम्पायरचेयरमा उभिएर एउटा कुइना पोलमा टेकाएर उभ्भिरहन्थे । सहभागी प्रतियोगी आउन थाल्थे । कति ख्यालठट्टा मात्र गर्ने । “तपाईंलाई चैँ किन यति छिटै आउनुपरेको, हारुकी जी ? आखिर नेपाल टाइम नभैछोड्दैन !” उनी मुसुक्क मुस्काउँथे र भन्थे “म ९ बजे आएको, आरो १० बजे आएको ।” अनि खितितित्त हाँस्थे । साँच्चै अभिभावकीय महानुभाव ढल्किँदै आउँदा ९, सवा/साढे ९ बजेकै हुन्थ्यो ।

हुन पनि हो, पहिले त राज्यकै उद्देश्य प्रस्ट निश्चित भए र तद्नुसार तदारुखता र इमानदारीसाथ जनपरिचालन हुनेभए पो नागरिकले कस्तो उद्देश्य राख्ने भनेर निधो गर्नसक्छन् । हाम्रामा राज्य नेतृत्वको उद्देश्य अत्यन्त आदर्शवादी हुन्छ तर त्यसको चौथाइ पनि कार्यान्वयनमा आउँदैन । बजेटको पनि त्यस्तै पचहत्तर प्रतशितभन्दा बढी त माथिदेखि तलसम्मका नेतृत्वको खल्ती विकासमै जान्छ । न कानून व्यवस्था भरपर्दो हुन्छ न शान्ति सुरक्षा । अपराधी भरसक पक्डाउ नै पर्दैन, परिहाले अदालतै पुग्दैन, पुगिहाले सजिलै छुट्छ, जेलै पुगे पनि कुनै न कुनै बहानामा मुद्दा उल्टाएर पनि मुक्त हुन्छ ।

स्कुल, कलेजमा तदारुख र नियमित पढाइ, परीक्षण हुँदैन । भ्रष्टाचार, घुसखोरी, नाताकृपावाद, ढिलासुस्ती जीवनको सामान्य अङ्ग भएको छ । यस्तो स्थितिमा नागरिकले के आशा गर्ने, कसको भर पर्ने, कस्तो उद्देश्य राख्ने ?

हालै एकजना घनिष्ठ मित्रको घरमा यस्तै एउटा यथार्थसँग जम्काभेट भैगयो । उनी ७५ तिरका उपसचिवबाट निवृत्त आर्थिक दृष्टिले निम्नमध्यम वर्गीय भए पनि कडा आदर्शवादी र उच्च नैष्ठिक व्यक्ति हुन् । त्यस दिन उनकी दश कक्षा पढ्दै गरेकी छोरीले अचानक आएर भनिन् “बुवा, हजुर फस्ट हुनुपर्छ भनिसिन्थयो नि, दादा त पास मात्रै हुनुभएछ !” उनको बोलाइ सुन्दा लाग्थ्यो उनमा दादा फस्ट नभएको खुसी अँटाइरहेको थिएन । साथीको अनुहार एकैचोटि रातो र क्रमश फुस्रो हुनपुग्यो । सम्हालिँदै उनले भने “हो र ? मार्कसीट आइसक्यो ? बोला त त्यसलाई !”

छोरो सायद त्यही पर्खिरहेको थियो । बोलाउनै नपरी आएर बाका हातमा मार्कसिट राखिदियो । उनले सर्सर हेरे र फर्काउँदै खिन्न स्वरमा भने “तैँले मेरो सपना चूरचूर पारिदिइस्, छोरा । म त तँ एसएलसीमा जस्तै फस्ट हुन्छस् र ब्याचलर र डिग्रीमा पनि फस्ट भएर कुनै राम्रो ओहदा प्राप्त गर्न सक्छस् भन्ने आशा गरिरहेको थिएँ । मेरा पनि साथी थिए, भनसुन गर्न सकिन्थ्यो । फेरि आफै सक्षम भएपछि लोकसेवा आयोगबाटै शाखा अधिकृत पड्काउन सकिहालिन्थ्यो ।” उनको स्वर चार्ज सिद्धिएको लाइटझैँ मधुरिँदैगयो र उनी एक्कासी ९० कटेको बूढोजस्तै देखिए ।

तर छोरामा कुनै पश्चात्ताप, खिन्नता वा निराशा थिएन । ऊ वादविवाद प्रतियोगतामा बोलेजस्तै ब्वाङब्वाङ भन्दैगयो “बुवाहजुर, रिसानी माफ रहोस् तर हजुर पनि कस्तो कुरा गरिसिन्छ आफैँ भुक्तभोगी भएर पनि केही थाहा नपाएजस्तो ! फस्ट हुन त पढाइ पनि फस्ट खालकै हुनुपर्‍यो नि । नियमित परीषा हुनुपर्‍यो र त्यो पनि फेयरली हुनुपर्‍यो । होइन अङ्कल ?” उसले मलाई साक्षी राखेर थप्यो “यहाँ कसरी हुन्छ हजुरलाई याद छ ? भनसुन भनिसिन्छ, कसले सुन्छ भनसुन भान्दाइको हालत देखीदेखी ? उहाँ त बिएस्सी फस्ट नै हो नि । यहाँ फस्ट त आँखाको कसिङ्गर हुन्छ । हाइहाइ हुन्छ को ? जो नेताको आफन्त हुन्छ । त्यसमा पनि प्राथमिकताक्रम हुन्छ । निधारमा हँसियामार्तोल वा रूख वा हलो डामेको हुनुपर्‍यो । त्यसपछि दाससरह चाकडी गर्ने, तोडफोड र गुण्डागर्दी विशारद । त्यति भएपछि र पुग्दो नोट भएपछि फस्ट त के डिस्टिङसनकै प्रमाणपत्र आइहाल्छ घरैमा पारिबाट ।” उसले विषय बदलेर जारी राख्यो “आपूm त अर्को महिनासम्ममा अष्ट्रेलिया उडिन्छ । बरु त्यसको चैँ खर्च दिइसेला । वहाँ भनेको एक टाइम काम गरेर अर्को टाइम पढ्नपाइन्छ । पढाइ पनि परीषा पनि एकदम रेगुलर र फेयर हुन्छ ।”

“टोइलेट सफा गर्ने कि होटलमा भाँडा मोल्ने त होला ?” उहाँले अनुहार कुचुक्क पारेर व्यङ्ग्य हान्नुभयो । तर ऊ दबेन । भन्यो “हजुरले त्यति मात्र सोचिसेको ? यही त गजब छ । त्यही पनि पछि सर्ने कुरा आउँदैन परिआयो भने नत्र यत्तिको दरिलो ज्यान बनाइदिसेको छ । फरर अङ्ग्रेजी बोल्ने र कम्प्युटरको राम्रै ज्ञान दिलाइसेको छ । भलिबल र बास्केटबलका ट्रफी त हजुरले देखिसेकै छ ।” पाँच सेकेन्डजति रोकिएर उसले कुरा टुङ्ग्यायो “कम्पिटिसिन त कहाँ हुँदैन र ? भएकै राम्रो पनि हो । मात्रै फेयरली भैदिए पुग्यो ! मेरो आज इमबेस्सी जानु छ । म निस्किएँ । बाइ हजुर, बाइ अङ्कल ।”

जापानको त झलक पाइयो तर बेलायत, जर्मनी, अमेरिका आदिजस्ता अग्रणी देशका किशोर र युवाको सपना कस्तो हुँदो हो ? उनीहरूका मनमा सामान्यत कस्ता कुरा खेल्दा हुन् ? उनीहरूको र प्रौढ/ढाहरूको फेसबुके प्राथमिकता के हुँदो हो ? कुनै जानकारी छैन । मेरा मनमा यस्तै कुरा खेलिरहे त्यस दिन दिनभरि नै । सँगै मनले आफैसँग सोध्यो वास्तवमा मानव जीवनको उद्देश्य के हुनुपर्छ ? धर्म, अर्थ, कर्म मोक्ष– हाम्रो शास्त्रीय शिक्षा । तर यी सबै विवादित छन्, खासचैँ हाम्रो र हाम्राजस्ता देशमा । न परिभाषा निश्चित छ, न उपयुक्त कार्य प्रणाली न व्यवहारमा फेयरनेस । एक किसिमले भन्न जे भने पनि जसको शक्ति उसको भक्ति नै आधारभूत यथार्थ रहेको छ चाहे त्यो बलशक्ति होस् वा बुद्धिशक्ति, धनशक्ति वा सत्ताशक्ति होस्, काहीँ कुनै घटी काहीँ कुनै बढी । धेरैजसो त शक्तिवान्हरूमा मिलिजुली भागबण्डा नै चलेको हुन्छ । त्यसैले आम जनतामा सधैँ एक किसिमको सन्देहात्मकता, अविश्वास, अन्योल, निराशा र गुनासोको भाव विद्यमान रहन्छ । यस्तै हचपचमा मान्छे जन्मिन्छ, यता र उता ठटारिँदै भौँतारिँदै बढ्छ र यस्तैमा सङ्घर्ष गर्दै बित्छ । उसले भाँडाको आकारअनुसार हुनुबाहेक आफ्नो स्वतन्त्र बुद्धिले न कुनै सोच बनाउनसक्छ, न त्यसो गर्ने परिपक्वता पाएको हुन्छ न त्यसलाई साकार पार्ने वा आवश्यक परिमार्जन–परिवर्तन गर्ने वातावरण । यहाँ त बलात्कृत वा दमित भएर परिवेशको मार खाएको बालक वा किसोर/रीलाई नै बदनाम गरेर, परित्याग गरेर, हातपात गरेर उसको घाउमा नुनचुक थप्ने काम गरिन्छ ।

भनिन्छ नि Give children proper environment, not undue pressure. मैले ठहराएँ प्रसङ्गकी सुन्दरीले पनि उचित वातावरण नपाएकी मात्र हुन् । अझ उपयुक्त परम्परा नभएको र उचित विकल्पको अभाव मात्र हो ।

त्यसो त मानव जीवनको उद्देश्य पनि त स्पष्ट छैन नि । हाम्रो सनातन चलनअनुसार ब्रह्मचर्य, गृहस्थी, अभिभावकीय र सन्यास भनेजस्तै प्रारम्भमा व्यक्तित्व विकास (शिक्षा, स्वास्थ्य र चरित्र निर्माण), त्यसपछि आर्थिक आर्जनसहित पारिवारिकलगायत समाज र देशको सेवा तथा उही अभिभावकीयता र सन्यास नै देखिन्छ । तर पहिलो उद्देश्यमै हचपच भएपछि स्वतः दोस्रो पनि लडखडाउँदै बित्नु र परिणामस्वरूप तेस्रो र चौथो झन् पीडाजन्य हुनु अस्वाभाविक हुँदैन जुन हाम्रो यथार्थ रहिआएकोछ ।

हुन पनि यस्तो उद्देश्यमूलक भावनात्मकता माथिबाटै सञ्चारित हुन्छ । पृथ्वीनारायण शाहद्वारा उठाइएको राष्ट्रनिर्माणको भावनाले बिसे नगर्ची अथवा कीर्तिपुरको पहिलो युद्ध हारेर भागाभाग हुँदै बास बस्न पुगेका घरकी उनलाई उनकै कमजोरीको उपमासहित भात खान सिकाउने वृद्धासमेत अनुप्राणित भएकादेखिन्छन्, होइन ?

तर त्यसमा चारवटा शर्त देखिन्छन् : नेतृत्वमा समर्पणभाव, के गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने स्पष्ट मार्गचित्र तथा कथनी र करनीमा स्पष्ट सामान्जस्य । अझ त्योभन्दा पहिले चारैको उपयुक्तता । कुनै बेठिक देखिए अबिलम्ब स्वीकार, त्यसबाट भएको हानीनोक्सानीको व्यवस्थापन र आवश्यक सुधार–परिवर्तन ।

अमेरिकामा रोजा पार्कको मुद्दामा न्यायाधीसहरूले उनलाई जिताइदिनाले मिसिसिपी र दक्षिणी प्रान्तका गैरगोरालाई गोरा सरह मताधिकारको समेत बाटो खुल्यो । यसले हरेक अमेरिकालीमा विश्वास, राष्ट्रप्रेम झन् बलियो भयो र उन्नतिको मार्ग झन् फराकिलो भयो । (Wikipedia)

त्यसो त जीवन के हो र यसको उद्देश्य के हुनुपर्छ भन्नेबारे विभिन्न विद्वान्का विभिन्न मत रहेकाछन् तर ती भनाइ एकातिर सजिलै बुझिने हुँदैनन् भने अझ अर्कातिर सो उद्देश्य कसरी प्राप्त गर्ने भन्नेचैँ सदा समस्याग्रस्त नै देखिन्छ । जस्तो प्रसिद्ध मनोविद् कार्ल जुङ्गको यो भनाइ : As far as we can discern, the sole purpose of human existence is to kindle a light in the darkness of mere being. अर्थात् ‘एउटा जीव मात्र हुनुको अन्धकारमा उज्यालो फैलाउनु नै मानवजीवनको उद्देश्य हुनुपर्छ’ तर त्यो उज्यालो कुन हो ? कसरी फैलाउने ? कारण मानिस अपवादबाहेक समाजको एउटा साधारण एकाइ मात्र हुन्छ जसको चाहना र भावना भाँडो अर्थात् राज्यको आकारमै निर्भर रहन्छ ।

त्यसैले हाम्रो प्रसङ्गकी सुन्दरीले आफ्ना रूपको प्रचार र प्रशंसा खोज्नुमा उनकोभन्दा बढी जिम्मेवारी हाम्रो छ जो अर्काको आलोचना गर्न, नमागिएको उपदेश दिन र मौका परे, योग्यता होस् नहोस्, नेतृत्वै गर्न तम्सिन्छौँ । न कमीकमजोरी महसुस गर्न, सिक्न, सुधार्न र योग्यता वृद्धि गर्नै चाहन्छौँ ।

अन्त्यमा, “प्रिय फेसबुके सुन्दरी, तिम्रो तिमीजस्तै सुन्दर जिज्ञासाको उत्तर मैलेचैँ यस्तै दिनसकेँ । मन परे धन्यवाद भन्न तिमीलाई र मन नपरे सरी भन्न मलाई फेसबुक छँदैछ ।” अस्तु ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 376
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.