SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलन
निबन्ध

ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलन

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments19 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
डा. हेमनाथ पौडेल मूलतः समीक्षक प्रतिभा हुन् । उनले कविता र निबन्ध सिर्जनामा पनि निरन्तरता दिइरहेका छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ पौडेलको संस्मरणात्मक निबन्ध समेटिएको छ । यस निबन्धमा सन् २०१९ मा अमेरिकाको बोस्टनमा भएको अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनको संस्मरणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।

– सम्पा.

अब नेपाल नेपालभित्र मात्र सीमित छैन। जहाँ जहाँ नेपाली पुगेका छन् त्यहाँ त्यहाँ नेपाल पनि पुगेको छ। त्यहाँ नेपाल पुग्नु भनेको नेपाली भाषा, साहित्य, संस्कृति र आफ्नो पहिचान सहितको उपस्थिति हुनु हो। संस्कृतमा एउटा भनाइ छ– ‘जातिर्जीवति संस्कृत्या’ अथवा कुनै पनि जातिलाई बचाउने उसको संस्कृतिले नै हो। आफ्नो संस्कृतिलाई बिर्सेर पराय संस्कृतिलाई अँगाल्नेहरू न यताका हुन्छन् न उताका हुन्छन्। त्यस्ताको स्वपहिचान र स्वअस्तित्व मेटिन्छ । तिनमा आत्मगौरवबोध पनि हुँदैन। संसारको इतिहासमा जातिगत सम्मिश्रण हुँदै आएको छ र जुन जातिले आफ्नो पहिचान कायम गरेर आत्मगौरवका साथ आफूलाई प्रस्तुत गरेको छ त्यही नै विस्तारित हुँदै र जीवित पनि रहँदै आएको छ। आफ्नो पहिचान कायम नराख्नेहरू इतिहासका गर्भमा विलीन हुँदै गएका छन्।

नेपाली जाति यस्तो जाति हो जो स्वाभिमानी छ, वीर छ, शूर छ र कर्मयोगी पनि छ। ऊ कसैका अगाडि झुक्न चाहँदैन। कसैका अगाडि शिर झुकाई बाँच्नुभन्दा बरु ऊ शिर ठाडो पारेरै आफूलाई निमिट्यान्न पार्न चाहन्छ। अहिले यो जाति आफ्नो बुद्धि, श्रम र इमान्दारिताका कारण संसारभर फैलिएको छ र अपवादबाहेक आप्रवासनमा रहेर पनि स्वाभिमानपूर्वक आफूलाई विश्वसामु प्रस्तुत गरिरहेको छ। संसारका प्रायः सबै कुनाकाप्चामा पुगेको यो जाति अहिले सामान्य जाति मात्र होइन, महाजाति बनिसकेको छ। यस महाजातिले ‘जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ नेपाली भाषा र संस्कृति’ को मूल मन्त्रलाई लिएर नेपाली भाषा, साहित्य र संस्कृतिको विस्तार र पहिचानका निम्ति आफूलाई खरो रूपमा उतारिरहेको छ। यसको एउटा ज्वलन्त उदाहरण हो– अमेरिकाको बोस्टनमा सम्पन्न गैरआवासीय नेपाली सङ्घअन्तर्गतको भाषा–साहित्य उपसमितिले सम्पन्न गरेको नेपाली भाषा–साहित्यसँग सम्बिन्धित पहिलो अन्तर्राष्ट्रिय सम्मेलन।

अमेरिका जाँदा आउँदा बिचबाटोमै एक दिन बढ्ने र हराउँने हुँदो रहेछ। हामी नेपालबाट ३० अगस्टको अपराह्नमा प्रस्थान गरी भोलिपल्टै ३१ तरिखका दिन दिउसो १ बजे नै बोस्टन पुगिसकेका थियौँ ।

नेपाली भाषा र साहित्यसँग सम्बन्धित नेपालभित्र र बाहिर धेरै सम्मेलन र कार्यक्रमहरू भइरहेका हुन्छन् तर ती सबै कार्यक्रमहरू ऐतिहासिक र उत्तिकै महत्त्वका हुँदैनन्। यीमध्ये गत वर्ष सन् २०१९ को सेप्टेम्बर १, २ र ३ तारिख अथवा २०७६, भाद्र १५ र १६ गते गैह्रआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्अन्तर्गतको भाषा–साहित्य उपसमितिले आयोजना गरेको अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलन– २०१९ भने दूरगामी प्रभाव पार्ने र ऐतिहासिक महत्त्वको रह्यो। त्यस सम्मेलनमा जाँदा आउँदाका र अमेरिका बसाइ र घुमाइका बारेका समग्र मेरा अनुभव र अनुभूति निकै लामा छन्। ती सबैलाई मैले छुट्टै संस्मरण लेखमा कैद गरेको छु। यहाँ भने बोस्टन सम्मेलनको सेरोफेरोका बारेमा मात्र म केही आफ्ना अनुभवहरू संक्षिप्त रूपमा राख्नु उपयुक्त ठान्दछु।

गैरआवासीय नेपाली सङ्घको भाषा–साहित्य उपसमितिले यसअघि देशीय र स्थानीय रूपमा विभिन्न कार्यक्रम गर्दै आए पनि उसले आयोजना गरेको यो पहिलो अन्तर्राष्ट्रिय सम्मेलन थियो। यस किसिमको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने योजना पहिलेदेखि नै राखिएको बुझिए पनि र विभिन्न मुलुकका नेपाली समुदायले र अमेरिकाकै पनि विभिन्न प्रान्तमा रहेकाहरूले आयोजना गर्न कोसिस गरे पनि सम्भव नभइरहेको अवस्थामा यस्तो सम्मेलन आयोजना गर्ने श्रेय र सफलता भने गोविन्द गौतम संयोजक रहेको उपसमितिलाई प्राप्त भएको हो। उक्त उपसमितिको सक्रियता र बोस्टनका स्रष्टाहरू महेश्वर पन्त र विष्णुमणि आचार्यलगायतको आँटले मात्र यो सम्मेलन सम्भव भएको देखिन्छ। सम्मेलन सम्पन्न गर्नका लागि मूल आयोजक समितिका संयोजक गोविन्द गौतम, सचिव सुरेन उप्रेती, कार्यक्रम संयोजक महेश्वर पन्त, आर्थिक संयोजक ईश्वरी भट्ट, सञ्चार संयोजक सर्वज्ञ वाग्लेहरूको सक्रियता उल्लेखनीय रहेको छ। यस सन्दर्भमा गैह्रआवासीय नेपाली सङ्घको नेतृत्वमा रहेका साहित्यकारहरू पूर्व अध्यक्ष जीवा लामिछाने र तत्कालीन कोषाध्यक्ष हिक्मत थापाको भूमिका सह्राहनीय रहेको छ।

 

 

 

 

नेपाली भाषा र साहित्यलाई विस्तार गर्दै यसको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले आयोजित यस सम्मेलनमा विभिन्न महादेश र गैह्रआवासीय नेपालीहरू पुगेका विभिन्न मुलुकका साथै अमेरिकाका विभिन्न प्रान्तबाट प्रतिनिधिहरू आमन्त्रित गरिएका थिए। यद्यपि अपेक्षित रूपमा सबै महादेशबाट प्रतिनिधिहरूको उपस्थिति भने हुन सकेन। उपस्थित हुन नसके पनि ती महादेशबाट आफ्ना शुभकामना र आफ्नो महादेशमा रहेको नेपाली भाषा–साहित्यको स्थितिका बारेमा लेखिएका प्रतिवेदनहरू भने प्राप्त भएको आयोजकहरूले बताएका थिए। सम्मेलनमा अमेरिकाका विभिन्न प्रान्तबाट र क्यानडा, अफ्रिका, रसिया र नेपाल लगायतका मुलुकबाट भने राम्रो प्रतिनिधित्व थियो। सम्मेलनमा महिला र पुरुष दुवैको सहभागिता उत्साहजनक र उल्लेखनीय रहेको थियो।

यस सम्मेलनमा प्रमुख अतिथिका रूपमा नेपालको उच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती र विशेष अतिथिका रूपमा प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य÷काव्य) विभागको प्रमुखका रूपमा मलाई आमन्त्रण गरिएको थियो। गैरआवासीय नेपाली सङ्घसँग नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यात्मक सम्बन्ध रहँदै आएको छ। नेपाली भाषा–साहित्य र संस्कृतिको संवद्र्धन गर्दै यसको विश्वव्यापीकरण गर्न र देश विदेशमा रहेका स्रष्टाहरूका रचना आदान–प्रदान गर्न, नेपालभित्रको लेखन र नेपाल बाहिरको लेखनको प्रतिनिधित्व हुने गरी प्रतिनिधिमूलक ग्रन्थ प्रकाशन गर्न, नेपालभित्र र बाहिर लेखिएका नेपाली साहित्यको अन्तर्राष्ट्रिय भाषामा अनुवाद गरी नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्न लगायतका उद्देश्यले २०७० सालमा यी दुई संस्थाका बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यसैअनुरूप २०७२ सालमा नेपाली डायस्पोराका कविता नामक कविता सङ्ग्रह र २०७६ सालमा अन्तर्देशीय नेपाली कथाहरू कथा सङ्ग्रह सहकार्यमा सम्पादन र प्रकाशन भएका छन् र सहकार्यको यस कार्यलाई निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकता पनि छ। यस सम्मेलनमा हाम्रो उपस्थिति पनि सहकार्यकै एउटा रूप हो। अतिथिका रूपमा भने नेपालबाटै भाषा–साहित्य उपसमितिका सल्लाहकार तथा रेडियो नेपालको उद्गार कार्यक्रमका सञ्चालक प्रसिद्ध कवि रमेश पौडेललगायत विभिन्न महादेश र अमेरिकाका विभिन्न प्रान्तबाट विभिन्न व्यक्तित्वको उपस्थिति थियो। सम्मेलनमा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष सपिला राजभण्डारी, कोषाध्यक्ष हिक्मत थापा, अमेरिकाका सफल व्यवसायी गौरी जोशी आदिको महत्त्वपूर्ण उपस्थिति थियो।

सम्मेलनको पहिलो दिन पाहुना परिचय र कविगोष्ठीको कार्यक्रम, दोस्रो दिन सम्मेलनको उद्घाटन, कार्यपत्रहरूको प्रस्तुति तथा आआफ्ना महादेशबाट नेपाली भाषा र साहित्यको स्थितिका बारेमा लेखिएका प्रतिवेदन, कृतिहरूको विमोचन, स्रष्टा सम्मान र अन्त्यमा सांस्कृतिक कार्यक्रम राखिएको थियो भने तेस्रो दिन बोस्टन सहर र आसपासका शैक्षिक, पुराताŒिवक स्थलहरूको भ्रमणको कार्यक्रम थियो।

नेपालबाट कुलपति गङ्गाप्रसाद उप्रेती पत्नीका साथ क्यालिफोर्निया हुँदै सेप्टेम्बर १ तारिख बिहान बोस्टन पुग्ने योजनाका साथ भाद्र ९ गते नै प्रस्थान गरिसक्नुभएको हुँदा रमेश पौडेल र म युएईको अबुधावी र बेलायतको डब्लिन हुँदै नेपालबाट उहाँभन्दाअघि नै बोस्टन पुगिसकेका थियौँ। हामी नेपालबाट अबुधावी ४ः ३० घण्टा, अबुधावीबाट डब्लिन ८ः३० घण्टा र डब्लिनबाट ७ घण्टाको उडान तथा दुई ठाउँमा विश्राम गरी अमेरिकाको बोस्टन पुगेका थियौँ। अमेरिका जाँदा आउँदा बिचबाटोमै एक दिन बढ्ने र हराउँने हुँदो रहेछ। हामी नेपालबाट ३० अगस्टको अपराह्नमा प्रस्थान गरी भोलिपल्टै ३१ तरिखका दिन दिउसो १ बजे नै बोस्टन पुगिसकेका थियौँ। नेपालबाट हामीलाई बोस्टन एयरपोर्टमा समितिका संयोजक गोविन्द गौतम र कार्यक्रम संयोजक महेश्वर पन्तले स्वागत गरेका थिए। ३१ तारिकको बेलुका सम्मेलनमा आएका एनआरएनएका साथीहरूसँग नेपाली भाषा–साहित्यको प्रवर्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा हरि काफ्ले शैवले आयोजना गरेको उनकै नमस्ते रेस्टुराँमा महत्त्वपूर्ण भेटघाट कार्यक्रम र रात्रीभोज आयोजना गरिएको थियो।

बोस्टनमा हामीलाई आवासको व्यवस्था देधामस्थित फेयर फिल्ड इन होटेलमा गरिएको थियो। हामी २० घण्टाको हवाइ उडान र दुई दुई ठाउँको ट्रान्जिटपछि निकै थाकेर बोस्टन पुगेकाले हतार हतार रात्रीभोज सकेर आवासतिर लाग्यौँ। भोलिपल्ट बिहान क्यालिफोर्नियाबाट कुलपति आइपुग्नुभयो भने अलिपछि क्यानडाबाट सुरेन उप्रेती, तारा उप्रेती, सूर्य भट्टराई र गीता भट्टराईहरू आइपुगे। हिक्मत थापा नाइजेरियाबाट अघिल्लै दिन आइपुगेका थिए। सोही दिन सपिला राजभण्डारी, हरि अधिकारी र उहाँकी धर्मपत्नी प्रभा अधिकारी, गोविन्द गिरी प्रेरणा, मणि नेपाली पनेरू विभिन्न स्थानबाट आइपुगे। स्थानीय साथीहरू महेश्वर पन्त, विष्णुमणि आचार्य, गोवद्र्धन पूजा, लालगोपाल सुवेदी लगायतको समूह पनि होटेलमा आएपछि उक्त होटेलको वातावरण नेपालमय भएको थियो। डा. गोविन्दसिंह राउत, पदम विश्वकर्मा, गीता खत्री, ईश्वरी भट्ट, सर्वज्ञ वाग्लेलगायतका व्यक्तित्वहरूसँग सम्मेलन स्थलमै भेट भयो।

म अमेरिका आएको थाहा पाएर धेरै आफन्त, हितैषी र शिष्यहरूले भेटघाट गर्न र आफ्नोतिर आउन जति जोड गरे पनि समयाभावले गर्दा अमेरिकाको यो उत्तरपूर्वी भेगबाहेक अन्यत्र जान सकिएन।

सम्मेलनको पहिलो दिन सेप्टेम्बर १ मा दिनभर तयारी र अपराह्न पाहुना परिचय र कविगोष्ठीको आयोजना गरिएको थियो। सो कार्यक्रम नेपाली व्यवसायी राम धितालको देधामस्थित हिमालयन बिस्ट्रो नेपाली रेस्टुरेन्टमा आयोजना गरिएको यिथो। एनआरएनए म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङ्को अध्यक्षता र गोवद्र्धन पूजाको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा कुलपति गङ्गाप्रसाद उप्रेती, विशेष अतिथिमा म र अतिथिमा कवि रमेश पौडेल र एनआरएनए न्युह्यामसायर च्याप्टरका अध्यक्ष डम्बर कडरियालाई आमन्त्रण गरिएको थियो। गजलकार कृष्ण कुसुमबाट प्रारम्भ भएको उक्त काव्यगोष्ठीमा डा गोविन्दसिंह रावत, गोविन्द गिरी प्रेरणा, सर्वज्ञ वाग्ले, लालगोपाल सुवेदी, मणि नेपाली पनेरू, गोविन्द गौतम, ममता कर्माचार्य, अनु शाह, रमेश पौडेल, हिक्मत थापा, सुरेन उप्रेती, सूर्य भट्टराई, तारा उप्रेती, अग्नि पराजुली, सिर्जना शर्मा, जयराम रेग्मी, लव अधिकारी, हरि काफ्ले शैव, गीता खत्री, दीपा राई पुन, महेश्वर पन्त, नवीन उप्रेती, प्रेम चौलागाईं, पशुपति सालघारी, लक्ष्मी बजगाईं, जयराम रेग्मी, एम पौडेल, ईश्वरी भट्ट, हरिमाया अधिकारी, सुरेश वाग्ले, उमा पराजुली र गोवद्र्धन पूजाले कविता वाचन गरेका थिए। वाचित कवितामाथि समीक्षा गर्ने जिम्मा मलाई दिइएको थियो। नेपालबाट गएका रमेश पौडेलबाहेक अरू सबै लामो छोटो समय प्रवासमा बिताएका आप्रवासी कवि नै थिए। गोष्ठीमा फुटकर कविता, गीत, गजल र मुक्तक प्रस्तुत भएका थिए। महिला र पुरुष दुवैको उल्लेख्य उपस्थिति रहेको उक्त कविगोष्ठीमा वाचित कवितामा घरदेश र परदेश दुवैतिरका विषयवस्तुलाई कविहरूले प्रस्तुत गरेका थिए। कवितामा स्वदेशप्रतिको माया ममता र समृद्धिको चाहना व्यक्त हुनुका साथै जन्मभूमि छोडेर परदेसिनु पर्दाका पीडा र कर्मभूमिमा गरिएको सङ्घर्षको भाव मूल रूपमा अभिव्यक्त भएको थियो। यसबाहेक प्रेमप्रणय, नारी अस्मिता स्वत्वबोध र जिजीविषाका साथै कतिपय कवितामा निराशा, पलायन र कुण्ठाको अभिव्यक्ति पनि थियो। मुक्त (गद्य) र छन्दोबद्ध दुवै लयमा लेखिएका उक्त कविता र गजलहरू कवित्व र कविताकलाका दृष्टिले कुनै उच्च, कुनै उच्चमध्य र कुनै मध्यम स्तरका थिए। कृष्ण कुसुमको ‘धेरै कुरा लुकाएर थोरै सुनाएको छु’ गजलले परदेसिनु पर्दाका पीडालाई अत्यन्त जीवन्त रूपमा प्रस्तुत गरेको थियो भने हरि अधिकारीको ‘प्रेमको पहिलो स्वादले’ सम्भोग शृङ्गारलाई व्यक्त गरेको थियो। गोविन्द गिरी प्रेरणा, लालगोपाल सुवेदी, सुरेन उप्रेती, महेश्वर पन्त, गोविन्दसिंह राउत, दीपा राई पुन, हरि काफ्ले शैव, गोविन्द गौतम, सर्वज्ञ वाग्ले, हिक्मत थापा, गोवद्र्धन पूजाहरूका कविता र रमेश पौडेलको गीतले वातावरणलाई निकै सृजनामय बनाएका थिए। कार्यक्रममा प्रमुख अतिथिका आसनबाट कुलपति गङ्गाप्रसाद उप्रेतीले कवितामा आफूले बाँचेको परिवेशका साथ जीवनका यथार्थको अभिव्यक्ति हुनेहुँदा प्रवासमा रहेर लेखिएका कवितामा डायास्पोरिक चेतनाको अपेक्षा गरिने बताउँनु हँुदै उपस्थित सबै कविका साथै कार्यक्रमको आयोजनाका लागि आयोजकहरूलाई धन्यवाद दिनुभएको थियो। कविगोष्ठीको व्यवस्थापन एम पौडेल, हरि काफ्ले र गोवद्र्धन पूजाले गरेका थिए।

दोस्रो दिन अथवा सेप्टेम्बर २ तारिखका दिन सम्मेलनको मूल कार्यक्रम निर्धारित थियो। यस दिनको पहिलो सत्र उद्घाटनका रूपमा र दोस्रो र तेस्रो सत्र कार्यपत्र र प्रतिवेदनहरूको प्रस्तुतिका साथै कृतिहरूको लोकार्पण, स्रष्टा सम्मान, समापन र सांस्कृतिक कार्यक्रमका रूपमा सम्पन्न भएका थिए। त्यस दिनका सबै कार्यक्रमको अध्यक्षता आयोजक कमिटीका संयोजक गोविन्द गौतमले गरेका थिए भने प्रमुख अतिथिमा कुलपति गङ्गाप्रसाद उप्रेती, विशेष अतिथिमा म प्रा.डा. हेमनाथ पौडेल र अतिथिमा रमेश पौडेल, सपिला राजभण्डारी, हिक्मत थापा, गौरी जोशीलगायतको उपस्थिति थियो। कार्यक्रम सर्वज्ञ वाग्ले र महेश्वर पन्तले सञ्चालन गरेका थिए।

सम्मेलनको दोस्रो दिनको सम्पूर्ण कार्यक्रम नेपालीहरूको सामुदायिक भवन पशुपतिनाथ बुद्ध फाउन्डेसनमा आयोजना गरिएको थियो। केही समयअगाडि बोस्टनबासी नेपालीहरूले साढे सत्र लाख अमेरिकी डलरमा एउटा चर्च किनेर यो सामुदायिक भवनको नामकरण ‘पशुपतिनाथ बुद्ध फाउन्डेसन’ भनेर गरेका रहेछन्। नेपालमा मन्दिर मासेर चर्चहरू बन्दै गरेको अवस्थामा अमेरिका निवासीहरूले आफ्नो पहिचानको खोजी र मौलिक संस्कृतिको संरक्षणका निम्ति यो महान् कार्य गरेको देख्दा हाम्रो शिर गर्वले ठाडो भएको थियो र हामीले यस कार्यको सम्मेलनमा मुक्त कण्ठले प्रशंसा गरेका थियौँ। यो दिन हरितालिका तिजको दिन पनि परेकाले महिलाहरू गरगहनासहित रातो पहिरनमा सजिएर आएकाले वातावरण पुरै नेपालमय बनेको थियो। यस क्रममा प्रमुख अतिथिले पानसमा बत्ती बालेर सम्मेलको उद्घाटन गरेपछि विभिन्न व्यक्तिहरूले शुभकामना मन्तव्य राखेका थिए। उद्घाटनका क्रममा प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले गैरआवासीय नेपाली सङ्घको भाषा–साहित्य उपसमितिले गरेको यो सम्मेलन ज्यादै महत्त्वपूर्ण रहेको र यसले इतिहासको निर्माण गर्ने कुरामा आफू विश्वस्त भएको बताउनुभएको थियो भने पछिको समापन सत्रमा बोल्दै उहाँले सम्मेलन उपलब्धिपूर्ण बनेको चर्चाका साथ यस्तो मत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकहरूलाई धन्यवाद दिनुभएको थियो।

मैले उक्त उद्घाटन सत्रमा विशेष अतिथिका रूपमा मन्तव्य राख्दै नेपाली भाषा–साहित्यको समृद्धिका निम्ति यो सम्मेलन एउटा महत्त्वपूर्ण कार्यक्रम बनेको र यसबाट नेपाली भाषा र साहित्यको संरक्षण र संवद्र्धन गर्ने कार्यमा परदेशमा रहेका नेपालीहरू पनि घरदेशमा रहेकाहरू भन्दा कम छैनन् भन्ने सन्देश प्रवाहित भएको उल्लेख गरेको थिएँ। उद्घाटनपछिको कार्यपत्र प्रस्तुति सत्रमा मैले नेपाली भाषा र साहित्यको वर्तमान अवस्था र यसको अन्तर्राष्ट्रियकरणका बारेमा बोल्दै नेपालबाहिर आप्रवासनमा गठित गैह्रआवासीय नेपाली सङ्घको भाषा–साहित्य उपसमिति र अनेसासको योगदानको चर्चाका क्रममा यी दुवै समिति आप्रवासनमा कार्यरतहरूका संस्था भएका हुनाले पुलको काम गर्न नेपालमा राष्ट्रिय स्तरमा एउटासम्म शाखा आवश्यक भए पनि नेपालका विभिन्न जिल्ला जिल्लामा भने यिनका शाखा प्रशाखा आवश्यक नभएको र विस्तार गर्नु उपयुक्त नभएको मन्तव्य प्रस्तुत गरेको थिएँ। मैले यसो भनिरहँदा सम्मेलन स्थलबाट तालीको गडगडाहटका साथ स्वागत भएको थियो तर नेपालमा भने अनेसासका केही व्यक्तिले मेरो कुरालाई गलत ढङ्गले प्रचार गरेको पछि थाहा भयो। निर्वाचन जित्नका निम्ति असाहित्यिक व्यक्तिहरूलाई समेत नेपालभरि अनेसासको सदस्यता बाँड्ने कार्य उचित हुँदै होइन। अमेरिकाका लागि नेपाली दूतावासका शाखा वासिङ्टनबाहेक अरू प्रान्तमा समेत खोल्न सकिएला तर विराटनगर र पोखरामा खोल्नुको कुनै औचित्य हुँदैन भन्ने मेरो भनाइ थियो। यो त घरदेशमा भन्दा परदेशमा रहेकाहरू सङ्गठित रहने संस्था हो। यसमा अनेसासको ध्यान जानु आवश्यक छ। सम्मेलनको उद्घाटन सत्रमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्की उपाध्यक्ष सपिला राजभण्डारीलगायत आमन्त्रित विभिन्न व्यक्तित्व र प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए।

उद्घाटनपछि दोस्रो सत्रमा विभिन्न महादेशका प्रतिनिधिहरूले कार्यपत्र र आआफ्ना महादेशका प्रतिवेदन प्रस्तुत गरेका थिए। मैले सो सत्रमा नेपाली भाषा–साहित्यको वर्तमान अवस्था र यसको अन्तर्राष्ट्रियकरणका सम्बन्धमा आफ्नो विचार राखेको थिएँ भने अमेरिकाका विभिन्न राज्यका अतिरिक्त क्यानडा, अफ्रिका, रसियालगायतका प्रतिनिधि स्रष्टाहरूले आआफ्ना कार्यपत्र र प्रतिवेदन प्रस्तुत गरेका थिए। यस क्रममा हरि अधिकारी, गोविन्द गिरी प्रेरणा, डा. गोविन्दसिंह रावत, गीता खत्री, पदम विश्वकर्मा, हिक्मत थापा, विष्णुमणि आचार्य, सर्वज्ञ वाग्ले, सुरेन उप्रेती, सपिला राजभण्डारी, महेश्वर पन्त लगायतले मन्तव्य राखेका थिए। सोही अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र गैह्रआवासीय नेपाली सङ्घ, भाषा–साहित्य उपसमितिको सहकार्यमा प्रकाशित तथा प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ माया ठकुरी, प्राज्ञ शशी लुमुम्बू, साहित्यकारहरू गोविन्दप्रसाद गौतम, लेखनाथ काफ्ले र सुरेन उप्रेतीद्वारा सम्पादित १३ देशका ५५ जना प्रतिनिधि कथाकारहरूका कथा समेटिएको ‘अन्तर्देशीय नेपाली कथाहरू’ कथासङ्ग्रह, रमेश पौडेलद्वारा सम्पादित २४६ जना महिला मुक्तककारका चारचारओटा मुक्तक सङ्कलित ‘नेपाली मुक्तकमा नारी हस्ताक्षर’ र महेश पौडेलद्वारा सम्पादित अमेरिकामा बसेर कथा लेखिरहेका २१ जना कथाकारका कथाको अङ्ग्रेजी अनुवाद ‘डिस्टेन्ट सनरेज’ कृतिहरूको प्रमुख अतिथि

गङ्गाप्रसाद उप्रेतीले लोकार्पण गर्नुभएको थियो। पहिलो कृति नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको हो भने पछिल्ला दुई कृति एनआरएनएले प्रकाशन गरेको हो। ‘अन्तर्देशीय नेपाली कथाहरू’ कृतिको सम्पादनमा मेरो प्रमुख भूमिका रहे पनि यसको योजना तथा सङ्कलन र प्रकाशनका कार्यमा गोविन्द गौतम र सुरेन उप्रेतीको मुख्य सक्रियता रहेको थियो।

सोही अवसरमा आप्रवासनमा रहेर नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने साहित्यकारहरू कृष्णप्रकाश श्रेष्ठ रसिया र होमनाथ सुवेदी अमेरिकालाई ताम्रपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रममा अर्थसंयोजक ईश्वरी भट्टले आयव्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरू, चन्दादाताहरू र स्वयंसेवकहरू सबैलाई एक मुष्ट धन्यवाद व्यक्त गरेका थिए।

सम्मेलनमा ६ बुँदे घोषणापत्र जारी गरिएको थियो। उक्त घोषणापत्रमा भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य दिवसका रूपमा मनाउने, साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने साहित्यकारहरूलाई नेपालमा आमन्त्रण गरी पर्यटन वर्ष २०२० का उपलक्ष्यमा अन्नपूर्ण वा सगरमाथा आधार सिविरमा विश्व साहित्य सम्मेलन गर्ने, प्रत्येक महादेशमा नेपाली कृतिहरूलाई त्यहाँका स्थानीय भाषामा अनुवाद गरी प्रकाशन गर्ने तथा प्रत्येक दुई वर्षमा नेपाली भाषा–साहित्य सम्मेलन गर्ने, प्रवासमा रहेर नेपाली भाषा–साहित्यमा निरन्तर योगदान दिने साहित्यकार र विधाको सूची तयार पार्ने, डायस्पोरामा नेपाली भाषा–साहित्यमा निरन्तर सेवा गर्ने साहित्यकारहरूलाई छनौट गरी सम्मान गर्ने विषय रहेका थिए।

यसपछि सम्मेलनको समापन सत्र सम्पन्न भएको थियो भने साँझमा सांस्कृतिक कार्यक्रम गरिएको थियो। सम्मेलनमा म्यासाचुसेट राज्यको संसदीय समितिका तर्फबाट उक्त सम्मेलनको प्रशंसा गर्दै नेपाली मूलका अमेरिकन नागरिक प्रल्हाद केसीले नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा सो कार्यक्रमका प्रमुख अतिथि

गङ्गाप्रसाद उप्रेती र स्थानीय कार्यक्रम संयोजक महेश्वर पन्तलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए। यो त्यहाँको सरकारले सम्मेलनको कार्यक्रमलाई अनुमोदन गर्दै गरिएको सम्मान थियो। सांस्कृतिक कार्यक्रममा श्याम नेपाली, रञ्जन बुढाथोकी, मिन केसी, महेश्वर पन्त, सागर खतिवडा, हरिमाया खतिवडा, राज कपुर, सुशील गौतम, राम थापा, अनुभव थपलिया, शान्ता थापालगायतका कलाकारले साङ्गीतिक कोसेली प्रस्तुत गरी वातावरणलाई मनोरञ्जनमय बनाएका थिए। त्यसपछि रात्रीभोजसँगै सम्मेलन समाप्त भएको थियो।

तेस्रो दिन अरू प्रतिनिधिहरू आआफ्नो गन्तव्यतर्फ लागे। हामीलाई भने महेश्वर पन्तजी र विष्णुमणि आचार्यलगायतका साथीहरूले बोस्टनका साथै क्याम्ब्रिज सिटीमा रहेका पर्यटकीय स्थल र विश्वविद्यालयहरूको अवलोकन भ्रमण गराए। कुलपति, म, रमेश पौडेल, सुरेन उप्रेती, तारा उप्रेती, सूर्य भट्टराई, गीता पराजुली, मणि नेपाली पनेरू र स्थानीय केही साथीहरू उक्त भ्रमणमा सामेल थियौँ। भ्रमणको आकर्षणको केन्द्र बोस्टन हारबर (बन्दरगाह), क्यासल आइस्लेन्ड र क्याम्ब्रिज सिटीस्थित विश्वप्रसिद्ध हारबर्ड विश्वविद्यालय र एम आईटी कलेज आदि थिए। बोस्टन हारबर जसलाई बन्दरगाह भनिन्छ र जहाँबाट पहिला ब्रिटिसहरू अमेरिका पसेका थिए। यो व्यापारिक र ऐतिहासिक दृष्टिले महत्त्वको रहेछ। बोस्टनबाट क्याम्ब्रिज सिटीतिर बगेको चाल्स रिभरको मनोरम दृश्य पनि हामीले अवलोकन गर्‍यौँ। कुनै बेला ब्रिटिसहरूले त्यहाँ आएर शासन गरेको हुनाले त्यस क्षेत्रलाई न्यु इङ्ग्लैन्ड भनिएको रहेछ। न्यु इङ्ग्लैन्डभित्र अहिलेका म्यासाचुसेट्स, न्यु हेम्पसायर लगायतका ६ ओटा राज्य पर्दारहेछन् अनि म्यासाचुसेट्सभित्र बोस्टन महानगरपालिका र क्याम्ब्रिज सिटी पर्दारहेछन्। यसपछि न्यु बोस्टन सहरको अवलोकन गरी बोस्टन मसला नामको नेपालीहरूले चलाएको रेस्टुरेन्टमा दिउँसोको खाना खाएर हामीले विश्वविख्यात दुई प्राज्ञिक शैक्षिक संस्था हारबर्ड विश्वविद्यालय र म्यासाच्युसेट प्राविधिक संस्थान (म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजी (एम आई टी) को भ्रमण गर्‍यौँ। अत्यन्त धेरै जग्गामा फैलिएको र विभिन्न सङ्कायको पढाइ हुने अनेक प्रकारका भवनहरू र विश्वविद्यालयकै परिसरमा रहेका व्यापारिक केन्द्रहरू तथा पढ्ने, पढाउने तथा काम गर्नेहरूका लागि व्यवस्थित आवास गृहहरू, पुस्तकालय, सभाकक्षका विभिन्न भवनहरूले भरिएको हारबर्ड परिसर सबै सुविधाले युक्त रहेछ। अमेरिकाका अधिकांश राष्ट्रपति र नेता उत्पादन गर्ने यो विश्वप्रसिद्ध विश्वविद्यालयका संस्थापक हारबर्डको प्रतिमाअघि उभिएर हामीले पनि फोटो खिच्यौँ र एम.आई.टी. कलेजतिर लाग्यौँ। एम.आई.टी. प्रविधिका क्षेत्रमा संसारभरि नै उत्कृष्ट कलेज मानिदो रहेछ। यसपछि हारबर्ड परिसरकै एउटा कोठामा आफ्नो फोटो स्टुडियो राखेर प्रसिद्धि कमाएका विमल नेपालको फोटो स्टुडियोमा गएर हामीले उनकै अनुरोधमा निःशुल्क रूपमा विभिन्न प्रकारका फोटाहरू खिच्यौँ। उनी अमेरिकामा निकै चर्चित फोटोग्राफर मानिदा रहेछन्। उनले आफूले खिचेर आफ्नो फेसबुक वालमा राखेको दशैँसँग सम्बन्धित फोटो विनाअनुमति भारतका प्रधानमन्त्री मोदीले प्रयोग गरेकोमा मुद्दा पनि चलिरहेको रहेछ। उनले राष्ट्रपति विद्यादेवी भण्डारी बोस्टन घुम्न गएका बखत खिचेका फोटाहरू पनि देखाए। यस्तै धेरै देशका मान्छेहरूका फोटाहरू खिचेर सुरक्षित रूपमा राख्ने काम उनले गर्ने गरेका रहेछन्। ती सबैखाले फोटाहरू हामीले हेर्‍यौँ। यस सम्मेलनमा पनि उनले नै फोटाहरू खिचेका थिए। हामीलाई बोस्टन घुम्ने एक दिनको मात्र समय थियो। त्यसैले गाडीबाटै हामीले धेरै ठाउँको अवलोकन गर्‍यौँ। न्युहेम्पसायरलगायतका अन्य ठाउँ घुम्न पछिका लागि राख्दै भ्रमणको कार्यक्रम छोट्यायौँ। बेलुका महेश्वर पन्तजीले आफ्नै घरमा हामीलाई रात्रिभोजको आयोजना गर्नुभएको थियो। उहाँको आतिथ्य पूरा गरेर हामी राति आफू बसेको फेयर फिल्ड होटलमा सुत्न गयौँ ।

नेपाल हाउस रेस्टुराँ नेपाली कला र संस्कृतिको सङ्ग्रहालय नै रहेछ। त्यहाँ नेपाल चिनाउने धेरै चिज पाइँदा रहेछन्। कला संस्कृतिको अवलोकन र नेपाली परिकारको स्वाद एकैपल्ट लिन पाइने हुँदा उच्च पदस्थ अमेरिकनदेखि लिएर हरेक नेपाली त्यहाँ पुग्दो रहेछ।

यो पहिलो र अन्तर्राष्ट्रिय स्तरको सम्मेलन भएकाले अनुभव र व्यवस्थापनका हिसाबले आयोजकहरूका निम्ति सम्मेलन सफलतापूर्वक सम्पन्न गर्ने कुरा निकै चुनौतिको विषय थियो। सम्मेलनमा प्रस्तुत गरिने भाषा–साहित्यसँग सम्बन्धित विषयको सार्थकता, आआफ्ना महादेशमा नेपाली भाषा–साहित्यको स्थितिको प्रस्तुति, विभिन्न मुलुक र प्रान्तबाट जम्मा भएका अतिथि र प्रतिनिधि पाहुनाहरूको स्वागत–सत्कार, बसोबास र खानपिनको उचित प्रबन्धका साथ कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गरी उपलब्धिपूर्ण बनाउने कुरा निकै पेचिलो थियो तर पाँच दिनको बोेस्टन बसाइमा हामीले कुनै किसिमको असहज र अन्यथा महसुस गर्ने परिस्थिति बनेन। आयोजक साथीहरूको सक्रियता, हार्दिक व्यवहार र नेपाली भाषा–साहित्यप्रतिको निष्ठापूर्ण कर्मले सम्मेलन भव्यताका साथ सम्पन्न भयो र गैह्रआवासीय नेपाली सङ्घको इतिहासमा यो सम्मेलन एउटा ऐतिहासिक परिघटना हुनपुग्यो। विभिन्न जिम्मेवारीमा निम्त्याइएका हामीहरूले त्यस सम्मेलनमा आफ्ना कुरा राख्यौँ र अत्यन्त आदर सम्मान र न्यानो आतिथ्य पाएर हामी सुखद स्मरण लिई आआफ्नो गन्तव्यतर्फ लाग्यौँ।

सेप्टेम्बर ४ का दिन बोस्टनको देधामस्थित फेयरफिल्ड होटलबाट हामी बिदा भर्याैँ। कुलपति बिहानै बहिनीहरूका घर भर्जिनियाँतिर प्रस्थान गर्नुभयो भने रमेशजी साथीभाइको साथ लागेर न्युयोर्कतिर लागे। सुरेन, ताराहरू आफ्नै साधनमा क्यानडातिर लागे। म दिउँसोको २ः२० बजे साउथवेस्ट एयरलाइन्सबाट मेरिल्यान्डको क्रप्टनमा रहेका भान्जा चूडामणि भट्टराईकातिर लागेँ। कुलपति र मलाई पटक पटक गरेर महेश्वरजीले एयरपोर्टसम्म ल्याएर न्यानो बिदाई गर्नुभयो। बाल्टिमोर एयरपोर्टमा प्लेनसम्मै आएर भान्जाले स्वागत गरेर लगेपछि त मलाई घरमै पुगेको जस्तो भयो। मैले बाँकी दिन भान्जा चूडामणि र भर्जिनियामा रहेका भान्जेज्वाइँ श्रीराम न्यौपाने र अर्का भान्जा राहुल अधिकारीको साथ लागेर मेरिल्यान्ड, न्युयोर्क, भर्जिनिया र वासिङटन डिसीका विभिन्न स्थानको अवलोकन भ्रमण गरेँ। नेपालमा जनआस्था, रेडियो नेपाल, कान्तिपुर र अन्नपूर्ण पोस्टलगायतका पत्रिकामा महत्त्वपूर्ण जिम्मेवारी लिएर पत्रकारिता पेसामा अब्बल दर्जाको पत्रकारमा स्थापित भइसकेका र निकै पहुँच पनि बनाइसकेका चूडामणि भान्जाले अमेरिका पुगेर पनि पत्रकारिता पेसा नछोडेको र आफ्नो बौद्धिक, प्राज्ञिक सम्पर्क र व्यक्तित्त्वलाई उँचो पारिरहेको देख्दा निकै खुसी लाग्यो। भान्जा र ज्वाइँसँगको मेरो त्यो बसाइ र भ्रमण तथा भान्जेबुहारी रञ्जू, नातिनीहरू मर्यादा र मान्यताले गरेको खातिरदारी बिर्सन नसक्ने गरी मानसपटलमा गडेको छ।

भान्जी सविता भने बच्चाबच्चीका साथ त्यस बेला नेपाल आएकाले उनको घर भर्जिनियाँ धेरै दिन बस्ने अवसर मिलेन। भान्जासँग मैले न्युयोर्क सहरका लिवर्टी र टाइम स्क्वायर्सलगायतका केही मुख्य ठाउँका साथै मेरिल्यान्डको राजधानी एन्नापोलिसस्थित संसद भवन, हारबोर, मेरिल्यान्ड युनिभर्सिटी, रिमेरिया बिच, अरुन्डेल, बाल्टिमोर डाउन टाउन, विभिन्न सपिङ्मल आदिको भ्रमण गरेँ भने ज्वाइँ श्रीराम न्यौपाने र राहुलले दुई दिन लगाएर वासिङ्टन डिसीका ह्वाइट हाउस, क्यापिटल हिल (संसद भवन), एयर एन्ड स्पेस म्युजियम, अमेरिकन इन्डियन म्युजियम, वर्डवार टु म्युजियम, मोनुमेन्ट (स्मारक), अब्राह्म लिंकन मेमोरियल, कोरियन वार मेमोरियल, पेन्टागन र डिसीमा रहेका विभिन्न मन्त्रालय लगायतका स्थानको अवलोकन गराए। म अमेरिका आएको थाहा पाएर धेरै आफन्त, हितैषी र शिष्यहरूले भेटघाट गर्न र आफ्नोतिर आउन जति जोड गरे पनि समयाभावले गर्दा अमेरिकाको यो उत्तरपूर्वी भेगबाहेक अन्यत्र जान सकिएन। बाल्टिमोरमा रहेका एकजना शिष्य बिमल घिमिरेले भने जापानको टोकियोमा जस्तै यहाँ पनि खोजेरै भेटे र एक दिन सँगै बाल्टिमोर घुमियो पनि।

यसैबिच सेप्टेम्बर ७ तारिकका दिन भूपनायण घर्तीमगर अध्यक्ष र मुकुन्द कोइराला महासचिव रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीले कुलपति र मलाई एक कार्यक्रमको आयोजना गरेर भव्य स्वागत गर्‍यो। वासिङ्टन डिसीस्थित नेपाली तन्दुरी रेस्टुराँमा आयोजित उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले सम्मान पत्र र दोसल्ला ओढाएर हामीलाई सम्मान गरे। सोही कार्यक्रममा लोककलाकार तथा साहित्यकार रामप्रसाद खनालले पनि आफ्नो संस्थाका तर्फबाट हामीलाई सम्मान प्रदान गरे। त्यस कार्यक्रममले हामीलाई थुप्रै परिचित साहित्यकार र आफन्तसँग भेट्ने अवसर प्रदान गर्‍यो। मेरा शिष्य तथा पत्रकार हाल इन्जाका अध्यक्ष गुणराज लुइटेलले इनेप्लिजमा मेरो लामो अन्तर्वार्ता प्रसारण गरे। त्यही अवसरमा विना, कमला, कवीन्द्र, चैतन्य दाइ र विष्णु शीतलसँग भेटघाट भयो। कुलपति ८ तारिखका दिन नेपाल फर्किहाल्नुभयो भने म केही दिन भेटघाट र घुमफिरमै व्यस्त भएँ।

अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रेस्टुराँ व्यवसाय गरेर बसेका प्रसिद्ध लोकगायक एवं अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्य दूत प्रेमराजा महतले खोजेरै दुईपल्ट आफ्नो नेपाल हाउस नामक रेस्टुरेन्टमा लगेर मलाई स्वागत गरे। उनले १४ तारिखका दिन त चूडामणि भान्जा, गोपाल रेग्मी, तीर्थ पाण्डे र सिजन श्रेष्ठसहित म र रमेश पौडेललाई स्वागत गर्दै दिवाभोजको आयोजना नै गरे। त्यस बेला रमेशजी पनि बाल्टिमोर आइसकेका थिए। उनको नेपाल हाउस रेस्टुराँ नेपाली कला र संस्कृतिको सङ्ग्रहालय नै रहेछ। त्यहाँ नेपाल चिनाउने धेरै चिज पाइँदा रहेछन्। कला संस्कृतिको अवलोकन र नेपाली परिकारको स्वाद एकैपल्ट लिन पाइने हुँदा उच्च पदस्थ अमेरिकनदेखि लिएर हरेक नेपाली त्यहाँ पुग्दो रहेछ। कर्ममा परदेश तथा मन र मुटुमा घरदेश बोकेर बसेका प्रेमराजा महतको नेपाल हाउस पस्दा त्यहाँ मैले समग्र नेपाल नै भेटेँ।

मैले जसरी पनि भाद्र ३१ गते हुने नेपाल प्रज्ञा–प्रतिष्ठानको ३४ औँ प्राज्ञसभामा आइपुग्नुपर्ने भएकाले निर्धारित तालिकाअनुसार यसपछि रमेशजी र म वासिङ्टनको डालस एयरपोर्टबाट भान्जाहरूसँग हात हल्लाउँदै अमेरिकालाई गुडबाइ गरी युएईको अबुधावी हुँदै १६ तारिख अथवा भाद्र ३० गते नेपाल आइपुग्यौँ। यो मेरो पहिलो अमेरिका भ्रमण थियो। यी सबै अवसर बोस्टन सम्मेलनले नै जुराएका र जुटाएका हुन्। यो अवसर प्रदान गर्नमा सम्मेलन आयोजक समितिका संयोजक गोविन्द गौतम र सचिव सुरेन उप्रेतीको मुख्य भूमिका रहेको छ। यसरी बोस्टन सम्मेलन एनआरएनएका सन्दर्भमा र म स्वयंका लागि पनि एउटा ऐतिहासिक र उपलब्धिपूर्ण एवं सुखद सम्मेलन बन्यो ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 202
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.