SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » देवकोटाको सम्झनामा
निबन्ध

देवकोटाको सम्झनामा

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

हरिहर खनाल नेपाली साहित्यका बहुमुखी प्रतिभा हुनुहुन्छ । उहाँको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी स्रष्टा, द्रष्टा र अनुवादक व्यक्तित्व हुन् । उनले सिर्जनातर्फ कविता,आख्यान र निबन्धलाई महत्त्वसाथ प्रस्तुत गर्दै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा देवकोटाको सम्झनामा शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धको रचना खनालको विद्यार्थी कालमा भएको सन्दर्भ पनि उनले आत्मस्वीकृति दिएका छन् । यहाँ हामीले निबन्ध रचनाकालीन लेखकको फोटो र यो रचनालाई प्रस्तुत गरेका छौँ । आशा छ यस्ता ऐतिहासिक दस्तावेजले हाम्रो पत्रिकाको गरिमा बढाउँछ ।

– सम्पा.


(प्रस्तुत निबन्धबारे लेखकद्वारा यति बेला गरिएको टिप्पणी : मानिसहरू जीवनलाई अनेक किसिमले परिभाषित गर्न खोज्छन् । मलाई भने यो समयको क्यानभासमा उम्रिएको एउटा नयाँ बिरुवाको आँकुरोजस्तै लाग्छ । २०२३/२४ को शैक्षिक क्यालेन्डरअन्तर्गत म वीरेन्द्र इन्टर कलेज भरतपुरमा आई.ए. प्रथम वर्षको विद्यार्थी थिएँ । त्यसअघि लोकलयका साथै परम्परागत छन्दोबद्ध शैलीमा आधारित गीत तथा कविताहरू बिना कुनै खास योजना र स्वतः स्फुर्त रूपमा स्वच्छन्दतापूर्वक रचना गरी सिर्जनाको गोरेटोमा हिँड्न थालेको थिएँ म । कलेज जीवनमा प्रवेश गरेसँगै मेरो अगाडिको क्षितिजकिनाराबाट एक्कासी बिहानको कलिलो सूर्यको आभा नभमण्डलमा छरिएसरी ज्ञानको नयाँ सागरतिर धकेलिन पुगेँ म । त्यही बिन्दुबाट मेरो सिर्जना संसारको गोरेटो पनि फेरिन पुगेछ । त्यही समयदेखि मैले आफ्नो सिर्जना पथको यात्रामा पद्य साहित्यलाई भन्दा गद्य साहित्यलाई प्राथमिकतामा राख्न थालेको रहेछु । संवेदनाको भारीले थिचिँदा गद्यतिर पनि कहिलेकाहीँ कलम चल्दोरहछ तर खासमा म गद्य साहित्यमा नै केन्द्रिकृत भएको त्यही समयदेखि नै हो/रहेछ । कहिले निबन्ध लेख्थेँ, कहिले कथा । मेरो साहित्यिक यात्राको प्रारम्भिक दिनका ती समयमा मैले सिर्जना गरेका निबन्धहरूमध्ये एउटा थियो देवकोटाको सम्झनामा । यस रचनालाई मैले त्यति बेला कलेजको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रतियोगितात्मक साहित्यगोष्ठीमा वाचन गरेर सुनाएको थिएँ जसले प्रथम पुरस्कार पाएर पुरस्कृत हुँदै मेरो लेखकीय जीवनमा अझ हौसला थपिदिएको थियो मलाई । आज झन्डै त्रिपन्न वर्षपछि खोजखन्तर गरी इतिहासको त्यही गर्तबाट उधिनेर, झिकेर फेरि बाहिर ल्याएर त्यसलाई पुनर्जीवन दिने प्रयत्न गरेको छु मैले । अब म पाठकवृन्दलाई त्यही निबन्धको पानातिर डोर्‍याउने अनुमती चाहन्छु ।)

हातका मैला सुनका थैला के गर्नु धनले ?
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।

यस्तो किसिमको आफ्नै ढङ्गको आनन्ददायक सुखी जीवन बिताउने स्वप्न लिएर हाम्रा महाकवि श्री लक्ष्मीप्रसादज्यूको उदय भएको थियो वि.सं. १९६६ सालको लक्ष्मीपूजाको दिनमा, नेपाल र अझ एसियाभरिकै आकाशमा आनन्दमयी पुष्प र धुपको बास्ना फैलाउँदै । यसैले आज हामी पनि गर्वीत छौँ आफ्नो साहित्यले छिमेकी मित्रदेशको अगाडि आफ्नो टाउको उठाउन सकेको देख्न पाएर । लक्ष्मीजीलाई ईश्वरले यहाँ अर्कै किसिमको पाठ पढाउन पठाएका हुन् यो तलतल भासिन लागेको दुनियाँलाई स्वार्थ र बेइमानी त्यागेर मानवको सही कर्तव्य पालन गराउन । यसैले त उहाँ औँसीको कालो रातमा लक्ष्मीका पुत्र भएर जन्मनु भएर पनि लक्ष्मीकी सौता सरस्वतीका प्रिय पात्र, अझ दाहिने हात नै भनूँ, भएर यो जुनेली रातको उज्ज्वलता र शान्ति अनि आफ्नै स्वेच्छाले आकाशमा चम्कने ताराझैँ बन्धनमुक्त जीवन यापन गर्न । तर संसार उहाँले कल्पना गरेजस्तो थिएन । यहाँ जिउँदा मान्छे खाने अरू राक्षसहरू भेट्नुभयो उहाँले । उहाँलाई यो संसारै छाडेर अर्कै संसारमा बस्न इच्छा लाग्यो । त्यसैले उहाँ लाग्नुभयो ‘लुनी’लाई लिएर शिव–पार्वती बस्ने आश्रयको नजिक आफ्नो जीवन बिताउन ।

उहाँको पूर्ण स्वतन्त्रता चाहने जीवन जब सारा जालैजालले घेरिएको दुनियाँ अगाडि आइपुग्छ, शान्ति भन्ने चिज कतै पाइँदैन । इन्साफ या स्वतन्त्रताको नामनिसानै छैन । जहाँतहीँ अत्याचारले ढाकेको छ, आदि देखेर वाक्क हुँदै लाग्नुहुन्छ उहाँ वनतिर (जीवनलाई वनसँग तुलना गर्दै) अनि भन्नुहुन्छ, ‘बरु भोकै मरुँ स्वेच्छाले, तर यो आत्माको अन्तस्करणको स्वतन्त्रतालाई दबाएर जिउन चाहन्न’ । यसरी अन्याय र अत्याचारको फन्दामा फसिसकेको समाजमा रोएर जीवन बिताउनु भन्दा बरू हाँसेर आनन्द लिनुहुन्छ । कसैको दलाल भएर या चाकरी गरेर मीठो धेरै खानु भन्दा आफ्नै पसिनाले आर्जेको रुखोसुखो खानु नै बेश हो, आफ्नो इच्छाको श्रम गर्नु राम्रो हो भन्दै उहाँ ‘गरिब’मा भन्नुहुन्छ :

निधार मेरो पसिना जडाउ छ, मोति यिनैको अनमोल भाउ छ ।
छ शान्तिको सुन्दर दीप बासमा,
पीयुषको स्वाद छ गाँस गाँसमा ।

देवकोटाज्यूका कवितामा प्रेम, दुःख र पीडा मनग्गे पाइन्छ । सायद त्यो बेलाको समाज, जुन अहिले पनि पूर्ण रूपले विकसित हुन सकेको छैन, लाई देखेर उहाँको आत्माले मार्मिक चित्रण गर्नपुगेको होला । सबै मानिसले व्यक्तित्वको विकास, अधिकारको रक्षा र कर्तव्यको पालनाका निमित्त समान अधिकार पाउनुपर्छ । आफूभन्दा साना, याने ती व्यक्तिहरू जो आर्थिक, नैतिक बौद्धिक सबै तहबाट तल छन्, तिनीहरूलाई पनि माथि उठ्ने विकास गर्न समान अधिकार प्राप्त हुनुपर्छ । उनीहरूको जीवनस्तरमा पनि सुधार ल्याउनु आवश्यक छ जसले गर्दा उनीहरूले खालि उदरको दन्कँदो ज्वालामा लपेटिएर अरू कुराहरूतर्फ विचार गर्न नपाईकन जीवन फ्याक्न नपरोस् भन्ने लक्ष्मीजी राणाहरूको घरानियाँ शासनले उकुसमुकुस भएको, थिचोमिचो परेको नेपाली समाजमा मुछिन आइपुग्नु भयो । यस्तो असहनीय परिस्थितिलाई हेरेर बस्न नसकी उहाँले राणाहरूका विरुद्ध कलम चलाउनुभयो जसको फलस्वरूप उहाँलाई अनेक प्रतिबन्ध लगाइयो ।

देवकोटाज्यूको कलमको प्रवाहलाई हिमालयबाट झरेको तीव्र झरनाको बेगले पनि छुन सक्तैन, मतलब उहाँको धाराप्रवाह यति छिटो दौडन्थ्यो, कति छिटो कलम चल्दथ्यो भने खातका खात कागत सखाफ पारेर चुरोटका बट्टाहरूमा पनि महाकाव्य लेख्न पुग्नुहुन्थ्यो ।

लक्ष्मीजी कविता मात्र होइन, निबन्ध, कहानी, एकाङ्की, नाटक आदि सबै सबै क्षेत्रमा उत्तिकै चम्किलो तारा हुनुहुन्छ । वार्णिक छन्दको उहाँको सुलोचना महाकाव्य दशैँ दिनमा जन्मेको हो । कविता, कहानी, निबन्ध र फुटकर कविताहरूको त लेखाजोखा गरेर साध्य छैन । जब उहाँ कसैको घर जानुहुन्थ्यो, त्यहाँ रहेका कागजका टुक्राटुक्रीहरूमा कविता, निबन्ध आदि कोरिएका हुन्थे । विद्यार्थीहरूका कापीका खाली पन्नामा अनेक किसिमका साहित्यले ठाउँ ओगटेर बस्तथे । उहाँले यस्तो हिसाबले कति लेख्नुभयो आजसम्म पनि लेखाजोखा गर्न सकिएको छैन । प्रकाशित कृतिहरू बाहेक आजकल पनि अनेक सुन्दर कृतिहरू भेटिन लागेका छन् । भानुभक्तले नेपाली साहित्यको न्वारान गरेर गए भने लक्ष्मीले पौष्टिक तत्वले भरणपोषण गरेर जवान बनाए । आज नेपाली साहित्यले लाज नमानिकन जँुगामा ताउ लगाउन समर्थ भएको छ ।

लक्ष्मीप्रसादज्यूको सबभन्दा सरल भाषामा लेखिएको रचना ‘मुना मदन’ हो र यो त्यति बेला जति प्रिय थियो आज पनि उत्तिकै प्रिय छ । यसमा कविजी आफ्नो र नेपाली समाजको बिग्रँदो आर्थिक स्थिति, राणाको धम्कीमा थिचोमिचो परी ध्वस्त भएको नेपाली समाजलाई देखेर मदन बनेर भोट जानुहुन्छ । सम्पत्ति कमाउन यस्तो इच्छा लिएर परदेश लागेका मदनलाई हैजा लाग्दा जङ्गलमा मरणाशन्न हुन्छन् र फेरि भोटे बनेर आउँछन् असहाय निर्धो मानिसको सेवा र सहयोग गर्न र भन्छन् : मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन । कविजी कविका साथै भाषाको पनि ज्ञाता हुनुहुन्थ्यो । उहाँले अङ्ग्रेजीमा पनि प्रशस्त कविताहरू रच्नुभएको थियो ।

देवकोटाजीले यति परिश्रम र त्याग गरेर पनि वास्तवमा सुखको सास फेर्ने समय पाउनुभएन होला । घरको आर्थिक अवस्था निम्न स्तरको भएको र परिवारलाई पालनपोषण गर्ने उहाँको कर्तव्य पनि भएको हुनाले झोँज र झमेला बढी आइपर्ने हुँदा अझ उहाँले आफ्नो भएजति कवित्वशक्तिको प्रयोग गर्न नपाउनु भएजस्तो लाग्छ । हुन त उहाँले एउटा विद्वानका नाताले पैसा नै कमाउँ भनेर कस्सिएको भए नेपालमा उच्च सेठहरूको दाँजोमा किन नपुग्नु हुन्थ्यो होला र ? तर उहाँको सज्जन आत्माले त्यो कुरा कहिल्यै पनि सोचेन र उहाँले सारा बन्धुहरूको सेवातिर मन लगाउनु भयो । यसैले आज सारा नेपालीहरू उहाँलाई आत्मादेखि नै स्नेह र भक्तिले आदरसाथ कदर गर्दछन् र चिन्दछन् ।

नेपालमा राणाहरूको शासनकाल समाप्त भएपछि केही समयका लागि देवकोटाज्यूले शिक्षामन्त्रीको पदमा रहेर पनि काम गर्नुभयो । तैपनि उहाँले आफ्नो आर्थिक स्थितिलाई सुधार्न सक्नुभएन । उहाँ भन्नुहुन्थ्यो, “स्वार्थ त्याग, असहायहरूको सहायता गर र सधैँ ठूलो लक्ष्य लेऊ ।” यसैले उद्धेश्य के लिनू ? उडी छुनु चन्द्र एक भन्ने उहाँको महान् उद्गारलाई पूरा गरिदियो मानवजातिले चन्द्रमामा रकेट पुर्‍याएर । यस्तो वर्णन गरी नसक्नु प्रतिभा भएका हाम्रा प्यारा कविजीलाई लग्यो क्यान्सरले आफ्नो शिकार बनाएर । सम्वत् २०१६ सालमा स्वर्गबाट आएको एउटा तारा स्वर्ग नै फर्किएर गएझैँ धरतीबाट बिलायो हामीलाई यहीँ छाडेर । तैपनि उहाँको बल्दो र तेजिलो उत्साह र कदमले सधैं अग्रसर गराइरहन्छ नेपाली हृदयलाई छोएर मार्ग निर्माण गर्न जुन उहाँले अरू नेपाली माटोभरि छरेर जानुभएको छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 261
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.