SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » क्षमतावान् अन्तर्वार्ताकार भनेको एउटा कुशल समीक्षक हो
अन्तर्वार्ता

क्षमतावान् अन्तर्वार्ताकार भनेको एउटा कुशल समीक्षक हो

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments20 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

नगेन्द्रराज रेग्मी (२०२० साल जेठ, खोटाङ, दिप्रुङ गाउँपालिका वार्ड नं.४ मार्से, सुपुत्र : तुलसीप्रसाद रेग्मी र माता मनकुमारी रेग्मी) सञ्जारकर्मी एवम् साहित्यकार व्यक्तित्त्व हुन्। उनले खोटाङ पुकार, साहित्यिक पत्र, मुहूर्त, कहिरन, बादलभित्रका ताराहरूलगायत थुप्रै पत्रपत्रिकाको सम्पादन गरेका छन् । रेग्मीको खोटाङ जिल्लाको साहित्यिक रूपरेखा र स्रष्टा संवाद प्रकाशित कृतिहरू हुन् । उनका रेडियो नेपालबाट दुई दर्जनभन्दा बढी रेडियो नाटक प्रसारण भएका छन् । उनी मूलतः समालोचना, निबन्ध तथा खोजमूलक कृतिहरूमा पनि उत्तिकै रुचि राख्दै आएका छन् । उनी कुशल अन्तर्वार्ताकारका रूपमा विभिन्न पत्रपत्रिकामा सार्वजनिक भइसकेका छन् । विगत लामो समयदेखि काठमाडौंलाई कर्मभूमि बनाई देशका थुप्रै ख्यातिप्राप्त स्वनामधन्य स्रष्टाहरूसँग अन्तर्वार्ताहरू लिइसकेका रेग्मीसँग अर्का वार्ताकार राम ज्ञवालीले लिएको वार्तालाई हामीले साहित्यसागरको प्रस्तुत शृङ्खलामा प्रस्तुत गरेका छौँ । यो अन्तर्वार्ता रेग्मीको अन्तर्वार्ताकार व्यक्तित्त्वमै केन्द्रित रहेर प्रस्तुत गरिएको छ ।
-सम्पा.


तपाईंलाई अन्तर्वार्ताकार हुन केले अभिप्रेरित गर्‍यो ?
पूर्ण रूपले अन्तर्वार्ताकार हुन सकेको छैन । तर धेरथोर अन्तर्वार्ताहरू लिएको छु र यसका प्रति निकै अभिरुचि राख्छु । जहाँसम्म उत्प्रेरणाको कुरा छ—अन्तर्वार्ता भन्ने बित्तिकै सामान्यतयाः यो विशिष्ट र दृष्टिकोण बनाइसकेका महत्त्वपूर्ण व्यक्तिसँग हुने गर्छ, जसले आफ्ना विचार, धारणा, चिन्तन, दृष्टिकोण र बौध्दिकता आदि जस्ता समाजलाई आवश्यक पर्ने कुरा दिन सकोस् । विशिष्ट प्रतिभा र क्षमतावान् व्यक्तिसँग उनीहरूका अनुभूति र धारणा बुझ्नका लागि यस्ता सवाल—जवाफ, भलाकुसारी र प्रश्नोत्तरहरू हुने हुनाले यो रसास्वादन गर्नकै लागि म अन्तर्वार्तातर्फ उत्प्रेरित हुन पुगेको हुँ ।

भूगोलका हिसावले कुन—कुन क्षेत्रका व्यक्तित्त्वहरूलाई समेट्दै आउनुभएको छ ? यसो हेर्दा खोटाङवासीलाई बढी समेट्नु भएको छ किन ?
भूगोलको हिसाबले भन्नुहुन्छ भने म पूर्वको खोटाङजस्तो विकट भौगोलिक अवस्थिति भएको स्थानमा जन्मेको व्यक्ति हुनाले त्यहीका र त्यसक्षेत्रका साहित्यिक व्यक्तित्त्वका अन्तर्वार्तालाई मैले सुरुका दिनमा प्रमुखताका साथ उठाएको थिएँ । खोटाङ पुकार नामक पत्रिकामा अन्तर्वार्ता विशेषाङ्क पनि प्रकाशित गरेँ । त्योवाहेक कर्म क्षेत्रका रूपमा काठमाडौलाई रोजेर बसेको हुँदा यहाँ राष्ट्रका एकसे एक विभिन्न विधा र क्षेत्रका व्यक्तित्त्वहरू पाइने हुँदा सामान्यतया मैले साहित्य, कला र सङ्गीत क्षेत्रका व्यक्तित्त्वहरूलाई नै अन्तर्वार्ताका माध्यामबाट अगाडि ल्याउने प्रयास गरेको छु । स्रष्टा सम्वाद नामक मेरो अन्तर्वार्ता सङ्ग्रहको कृति २०६९ पनि यसैको सेरोफेरोमा आएको छ । यदाकदा राजनीतिक व्यक्तित्त्वहरूको पनि अन्तर्वार्ता नलिएको होइन ।

तपाई.समक्ष अन्तर्वार्ता दिने व्यक्तित्त्वहरूले लिखित वार्तालाई जोड दिनुहुन्छ वा मौखिक—प्रत्यक्ष वार्तालाई ? सहज कुन ?
यो समय र परिस्थितिअनुसार हुने कुरा हो । कहिलेकाहीँ अन्तर्वार्ताकारले अहिले मेरो फुर्सद छैन, तत्काल चाहिने भए प्रश्न छाडेर जानुहोस् मेरो अनुकूलतामा दुई चारदिनपछि म लेखेर पठाउँछु या दिन्छु भन्नेहरू पनि नपाइने होइनन् । कोही भने मेरो लेखेर दिने फुर्सद छैन, टिप्नुहोस् या रेकर्ड गर्नुहोस् भन्दै प्रत्यक्ष दिने पनि हुन्छन् । तर मलाई भने प्रत्यक्ष मौखिक वार्ता नै मन पर्छ र अधिकांश अन्तर्वार्ताहरू मैले यसरी नै लिने गरेको छु । शायद त्यसैले मेरा प्रश्नहरू पूर्वनिर्धारित भन्दा स्वनिर्मित नै बढी हुने गर्छन् । त्यसैले सहज पनि यसैलाई ठान्छु ।

त्यस्ता व्यक्तिको लिन सकौँ, जसले केही नयाँ अनुद्घाटित तथ्यहरू, ज्ञानगुन, सीप, अनुभव, दृष्टिकोण र दक्षताहरू जनसमाजलाई दिन सकोस् । यसमा नयाँ पिढीँ वा पुरानो पुस्ताको मापनतर्फ धेरै अलमलिनु आवश्यक नपर्ला कि जस्तो पनि
लाग्छ ।

वार्ताका क्रममा व्यक्तिलाई महत्त्व दिनुहुन्छ अथवा विषयलाई ? को कोसँग अन्तर्वार्ता लिनु भयो ? प्रतिकृया के छ तपाईंप्रति उहाँहरूको ?
वार्ताकारले व्यक्ति भन्दा विषयलाई महत्त्व दिनुपर्छ भन्ठान्छु । तर विषयको महत्ता र गहनतालाई गम्भीरतापूर्वक उठाउने त्यही व्यक्ति हो । यस अर्थमा व्यक्ति पनि न्यून हुन्न, महत्त्वपूर्ण नै ठहर्छ । यी दुई एकार्काका परिपूरक हुन आउँछन् । समय, परिस्थिति, घटनाको गाम्भीर्य र सान्दर्भिकता हेरी व्यक्ति कि विषय भन्ने कुराको निर्धारण गर्दछु ।

मैले अन्तर्वार्ता लिएका व्यक्तिहरूको सूची खोज्ने हो भने लामो फेहरिस्त हुन सक्छ । केही सम्झिएका महत्त्वपूर्ण र केही दिवङ्गत भइसकेका साहित्यिक व्यक्तिहरूमा— कविवर केदारमान व्यथित, कृष्णचन्द्रसिंह प्रधान, मोहन कोइराला, हेम हमाल, धनुषचन्द्र गौतम, शङ्कर कोइराला, बाशुशशी, गोपालराज मैनाली, यज्ञनिधि दाहाल आदि हुनुहुन्छ । उहाँहरूबाहेक इतिहासकार ज्ञानमणि नेपाल, डा.माइकल हट, परशु प्रधान, जसराज किराँती, अच्युतरमण अधिकारी, शैलेन्द्र शाकार, राधेश्याम भट्टराई, डा. माधव भट्टराई, डा. बमबहादुर थापा जिताली, डा. विष्णु राई, प्रह्लाद पोखरेल, ध्रुव मधिकर्मी, नारायण वाग्ले, डा.दुवसु क्षेत्री, युवराज नयाँघरे, विश्वविमोहन श्रेष्ठ, जयदेव भट्टराई, विन्द्या सुब्बा, गोविन्द गिरी प्रेरणा, निलम कार्की निहारिका, हरि मञ्जुश्री, विष्णु आभूषण, ज्ञानेन्द्र विवश, सांगीतिक क्षेत्रमा प्रेमध्वज प्रधान, योगेश वैद्य, बच्चुकैलाश, राजनीतिक व्यक्तित्त्वमा गणेशमान सिंह, सुन्दरराज चालिसे, प्रेमराज आङदेम्बे, विदुर पौडेल, बलबहादुर के.सी.आदि आदि तत्काल मेरो सम्झनामा आएका केही नामहरू हुन् ।

खासै त्यस्तो स्मरणीय प्रतिकृया त छैन । अधिकांश व्यक्तिहरू सकारात्मक नै भएको पाउँछु । तर केही केही व्यक्तिहरूले सामग्री छापेर आइसकेपछि सँगै संग्रहमा रहेका अरूको अन्तर्वार्ता हेरेपछि, पढेपछि आफ्नो चाहिँ अलि कमजोर भएको महसुस गर्नुहुन्छ र हीनतावोधले ग्रसित भई त्यसको रिस अन्तर्वार्ताकारप्रति तेस्र्याउने गरेको तीतो अनुभव मसँग सुरक्षित छ । उहाँहरूको नाम र सन्दर्भ चाहिँ नकोट्याउनु नैबेस होला कि ज्ञवालीजी अहिले ।

 

 

 

 

 

 

विधागत विशिष्टिकृततामा यहाँले अन्तर्वार्ता लिनुहुन्छ कि व्यक्तिको जीवनकर्मको विविध पक्षमा केन्द्रित भई लिनुहुन्छ ?
विशिष्टिकृत हुनु भनेको एक अर्थमा व्यक्तिको जीवनकर्मबाट नै मापन हुने कुरा हो । त्यसैले उसको कुन पक्षलाई मैले उजागर गर्न खोजेको हुँ, त्यो महत्त्वपूर्ण कुरा हो । त्यसैको आधारमा यो कुरा तय हुन्छ ।

अन्तर्वार्ताकार हुन सहज छ ? वार्ताकारलाई पर्ने अप्ठ्याराहरू के के हुन् ? तपाईले भोगेका समस्या, चुनौतिहरू पनि छन् कि ?
मेहनत गरेको खण्डमा असहज पटक्कै छैन, तर रहरले मात्र अन्तर्वार्ताकार हुन पनि गाह्रो छ । अनेकौ विधा, क्षेत्र र सन्दर्भका अवसरमा अन्तर्वार्ता लिनु पर्ने हुन्छ तर आफ्नो पूर्वतयारी, ज्ञान र जानकारी भएन भने त्यो हास्यास्पद र निरर्थक हुन्छ । त्यसैले असुहाउँदिला प्रश्नहरू गर्नुहुन्न भने प्रश्नको छनौट र सोधाइमा परिपक्वता आउनै पर्छ । भोलि छापिएर आउँदा यहाँनिर यो प्रतिप्रश्न मैले किन सोध्न सकिनछु भन्ने अन्तर्वार्ताकारले पत्रिका पढ्दा चुक्चुक गर्नु नपरोस् । एउटा व्यक्तिलाई दुहुन बस्दा सम्पूर्ण निथार् पिथार् निकाल्न नसक्नु आफ्नै कमजोरीहरू हुन् । एकखाले मानसिकता लिएर सोधिएका प्रश्नहरू अर्का समयमा आफैलाई खल्लो लाग्ने स्थितिको अनुभव पनि मसँग छ । समय, परिस्थितिका कारण ती कालजयी बन्न सक्दारहेनछन् भन्ने मलाई अनुभूति भयो । आजको एक वातावरण र परिस्थितिमा लिइएका उक्त अन्तर्वार्ताहरू भोलिको अर्कै वातावरणमा ती अप्रासङ्गिक देखिन पुग्दा रहेछन् । अर्थात् केही कालपछि त्यसमा तात्त्विक भिन्नता आइसक्दो रहेछ र त्यो कम महत्त्वपूर्ण हुँदो रहेछ भन्ने मैले अनुभूत गरेको विषय हो ।

समस्याको कुरा गर्नुपर्दा—आफैले बोलेको कुरा पछि केही विवाद आउनासाथ उसले इन्कार गरिदिन्छ । प्रमाण सम्पूर्ण आफ्नोतर्फबाट जुटाउनु पर्ने । कतिपय समयमा रेकर्ड पनि गरिएको हुन्न, यदि गरिएकै भए पनि त्यो सुरक्षित र संरक्षित रूपमा रहिरहन्न । त्यसवेलामा अन्तर्वार्ताकारले खप्की, हप्की, धम्की, डर, धाक मात्र होइन अदालत, वयान र जेलनेल खानु पर्ने दुखद परिस्थिति पनि आइलाग्न सक्छ । राम्रो हुँदा उसैको हाई, हाई…त्यतिखेर कसैले अन्तर्वार्ताकारलाई सोध्दैनन्, पुछ्दैनन् । ‘वाह् क्या राम्रो अन्तर्वार्ता दिनुभएछ बधाई छ’ भन्दै उसैलाई क्यावात् मिल्छ । कुरा बिग्रिएपछि उसले इन्कार गरिदियो भने मात्रै पनि प्रश्नकर्ताले भागी—भागी हिड्नु पर्ने वाध्यता आइपर्छ । यो दुखद् स्थितिको अन्त्य हुनुपर्छ भन्ठान्छु । ‘स्रष्टा र साहित्य’ मा स्वयम् उत्तम कुँवरले पनि यो समस्या भोग्नु परेको रहेछ भन्ने कुरा पुस्तक पढ्दा थाहा हुन्छ । उहाँले उक्त कृतिको तेस्रो संस्करणमा थप कुरा मा ‘मैले भनेको हैन’ भनी अन्तर्वार्ता प्रकाशित भएको चार पाँच वर्षपछि भन्न लाग्नु भएको कुरा…. उल्लेख गर्दै ‘…उक्त कुरा ‘झुटो’ मान्न म तयार छैन’ भनेर लेख्न वाध्य हुनु परेको थियो ।

अन्तर्वार्ता लिने प्रकृया कस्तो अपनाउनु भएको छ, उमेरको परिपक्वता वा उमेरको जेष्ठता ? अथवा कर्मअनुसार नवोदितलाई पनि स्थान दिनु भएको छ ?
प्रायः कर्मलाई नै बढी प्राथमिकता दिने गरेको छु । तर कहिले काहीँ उमेरको परिपक्वतालाई पनि ध्यान दिनुपर्छ । त्यस्ता व्यक्तिसँग नभेट्ने हो भने पछि मैले चुकचुकाउनु सिवाय दोश्रो विकल्प हुँदैन भनेर पुराना श्रष्टा सर्जकसँग बढी जान मन पराउँछु । नवोदितको त झन् कुरै नगरौँ, सिकारु व्यक्तिको पनि अन्तर्वार्ता राख्यो भनेर पहिले—पहिले मेरो आलोचना पनि नगरिएको होइन । अतः मैले सबैलाई उत्तिकै ध्यान दिने गरेको छु । तर अन्तर्वार्ताजस्तो कुरा मैले माथि नै पनि भनिसकेको छु, त्यस्ता व्यक्तिको लिन सकौँ, जसले केही नयाँ अनुद्घाटित तथ्यहरू, ज्ञानगुन, सीप, अनुभव, दृष्टिकोण र दक्षताहरू जनसमाजलाई दिन सकोस् । यसमा नयाँ पिढीँ वा पुरानो पुस्ताको मापनतर्फ धेरै अलमलिनु आवश्यक नपर्ला कि जस्तो पनि लाग्छ ।

अन्तर्वार्ता दिने सबैप्रति सन्तुष्ट हुनुहुन्छ त ?
छैन, धेरै कमसँग मात्र म सन्तुष्ट छु ।

असल र सफल अन्तर्वार्ताकार कसरी भइन्छ ? प्रश्न सोध्ने कला, सीप वा क्षमता के कस्तो हुनुपर्छ ?
यसमा प्रश्न चयन नै प्रमुख कुरा हो जस्तो लाग्दछ । गहन उत्तर आउन प्रश्नको स्तर पनि ओजपूर्ण हुनै पर्छ । महाभारतमा धर्मराज युधिष्ठिरले मृत्युशैय्यामा लडिरहेका भीष्मपितामहसँग ज्ञान, गुन र सरसल्लाह लिने क्रममा सोधेका प्रश्न साहै्र गहन र महत्त्वपूर्ण भएको कुरा उल्लेख छ । त्यस्तै भीष्मको अथाह ज्ञानको त झन् के कुरा । त्यहीँको अर्का प्रसंगमा यक्षले सोधेका गहन प्रश्नको पनि युधिष्ठिरले चित्त बुझ्दो जवाफ दिएर उनको मन जितेका थिए । युधिष्ठिरमा प्रश्न गर्ने कला मात्र होइन, प्रश्नको उत्तर दिने विद्वत्ता र क्षमता पनि थियो । श्रीमद्भवगत गीतामा अर्जुनले गरेको प्रश्नले उनको प्रतिभा कति रहेछ सबैलाई थाहा हुन्छ । श्रीकृष्णको जवाफ यदि फित्तलो हुन्थ्यो भने अर्जुन युध्दभूमिबाट पीठ फर्काउन सक्थे र महाभारतको युध्दनै नहुन पनि सक्थ्यो । त्यसैले प्रश्नको गहनता महत्त्वपूर्ण हुन्छ । त्यसै अनुरूप उत्तरको समीकरण मिल्न सक्यो भने त्यो अन्तर्वार्ता सफल मात्र होइन सुनमा सुगन्ध थपिएको हुन सक्छ । अन्तर्वार्ता राम्रो बनाउन प्रश्न सोध्ने कला, सीप वा क्षमता नै सर्वोत्कृष्ट हुनुपर्छ । त्यस्तै स्पष्ट दृष्टिकोण बनाउने हैसियतमा नपुगेका व्यक्तिलाई अथवा समयक्रममा दृष्टिकोण परिपक्व हुँदै गई परिवर्तन हुन सक्ने स्थितिका व्यक्तिलाइ ‘‘आउँदो पिढी वा नयाँ पुस्तालाई कुनै सुझाव सन्देश के दिनुहुन्छ ?’’ भन्नेजस्ता प्रश्नको कुनै तुक वा औचित्य हुन्न । कहिलेकाहीँ चाहिँ पाठक, श्रोता वा दर्शकको विद्वत्ता र भावनाले पनि काम गर्दछ । जस्तो उत्कृष्ट अन्तर्वार्ता भएको छ तर सम्प्रेषणीयताको अभाव भइदियो भने त्यो पनि निरर्थक हुन सक्छ । आम दर्शक वा पाठकले विषयको गाम्भीर्यलाई नजिकबाट बुझिदिने सामथ्र्य पनि उत्तिकै विद्यमान हुनु पर्दछ । नत्र बेलको उपादेयता भए पनि कागले के गर्नु ?

अन्तर्वार्ता रहरले मात्र लिएको हुन्न, न त रहरले नै दिएको हुन्छ । कुनै निश्चित उद्देश्यका लागि लिइएको अन्तर्वार्तालाई लिएर सम्बन्धित निकाय वा व्यक्तिहरू मूक वा मौन रहने परिस्थितिका कारण यस क्षेत्रले आशातीत प्रतिफल नपाएको हो कि ? यो भूमिकाविहीन हुनु भनेको दरिद्र मानसिकताकै उपज हो ।

संवार्ताकारको योग्यता, क्षमता र सीप विकासलाई के के ले प्रभाव पार्छ ?
यसका आंशिक उत्तरहरू माथिनै पनि परिसकेको हुनुपर्छ । संवार्ताकारमा विषयगत ज्ञान, भाषिक दक्षता हुनै पर्छ । त्यसका साथै छरितो, सान्दर्भिक र ओजपूर्ण प्रश्न सोध्ने शील्पगत चातुर्य पनि हुनुपर्छ । विषयभन्दा बाहिर जान थाल्यो भने त्यो अन्तर्वार्ता बहकिएर गाई हराएर गोहो पहिल्याउँदै हिँड्ने गोठालोले बाघ भेट्टाए जस्तो हुनसक्छ । अत मूख्यतः प्रभाव पर्ने र पार्ने भनेका कुराहरू यिनै हुन् । यसै प्रसङ्गमा आफूले भोगेको एक सन्दर्भलाई यहाँ प्रस्तुत गर्दछु । २०४४ साल फागुनमा हामी विना तयारी रहर र लहडमा एकाएक वरिष्ठ साहित्यकार बाशुशशीको निवास काठमाडौको देवपत्तनमा पुग्यौ र उहाँसँग गफिन थाल्यौ । ‘साहित्यप्रति सुरुमा कसरी लगाव भयो तपाईंलाई ? कसैबाट प्रेरणा पाउनु भयो कि ?’ भनेर यो प्रश्न मात्र के सोध्न पुग्यौ, उहाँ त ‘‘यो प्रश्न सोध्नुनै गलत हो, गलत प्रश्नको सही जवाफ आउँदैन, सिर्जनशील व्यक्तिमा लगाव भन्ने कुरै हुँदैन ।’’ उहाँ एककिसिमले रिसाउनुनै भएको थियो । निकैबेर पछि स्थिति शान्त बन्न सक्यो । सर्जकको मनोविज्ञानलाई नबुझ्दा, प्रश्न गर्ने भाँती नपुग्दा पनि कहिले काहीँ यसरी स्थिति अराजक, अन्योलग्रस्त र असहज बन्न पुग्दोरहेछ भन्ने ज्ञान त्यतिखेर हामीलाई प्राप्त भएको थियो । नत्र त्यतिखेर हामी खाली हात फर्कन वाध्य हुने थियौँ ।

सीपकै कुरा गर्नुपर्दा अति सूक्ष्म कुरालाई पनि शङ्कर लामिछानेले अन्तर्वार्ता लिँदा कति ध्यान पुर्याउनु भएको रहेछ २०१० सालमै । बालकृष्ण समको बैठक कोठाको सिधै माथि एउटा सुन्दर काठको पाटीमा–‘यो कुनै बास हो नाथ । मेरो जीवनमार्गको, तिमीतिर म हिड्नेछु स्वप्न पूरा भएपछि’ लेखिएको रहेछ । शंकर लामिछानेले यसैलाई आधार बनाएर प्रश्न राखिजानु भएछ– तपाई ईश्वरमा आस्था राख्नुहुन्छ कि हुन्न ? ‘म अनिश्वरवादी हुँ’ भन्ने उत्तर आएपछि ‘त्यसो भए तपाईको द्वारमाथिको ‘नाथ’ कसलाई सम्बोधन गरेर राख्नुभएको हो ?’ भन्ने शंकरको प्रतिप्रश्नमा अनिश्वरवादी भएकाले अब फेर्नेछु भन्नु भएछ । नभन्दै त्यसको केही दिनपछि उक्त पाटीमा यी पङ्तिहरू राखियो– ‘यो कुनै बास हो मेरो नित्य जीवनमार्गको, कतैतिर म हिड्नेछु स्वप्न पूरा भएपछि ।’ अन्तर्वार्ताकारको सीप र क्षमताकै कारण अन्तर्वार्ताको ताकत पनि बढ्न पुग्दोरहेछ । यस प्रसंगले पनि यही कुरा इंगित गर्दछ ।

सरल, मध्यम र जटिल तीनै प्रकृतिका प्रश्न उपयोगी हुन सक्छन्, अन्तर्वार्ताका लागि ? साहित्यमा त बौध्दिक कसरत गराउने प्रश्न पनि खोज्छन् नि कसैले ?
कसको लागि अन्तर्वार्ता लिइँदै छ ? त्यसको पाठक कोहो ? भन्ने कुरा ठम्याए पछि यसको उत्तर बढी सान्दर्भिक हुन सक्ला । जस्तो कुनै बौध्दिक व्यक्तिकै अन्तर्वार्ता लिइँदैछ भने त्यहाँ सरल भन्दा जटिल शब्दावली रहँदा पनि केही फरक पर्दैन । तर ग्रामीण किसानका लागि, साक्षर व्यक्तिका लागि लिइएको अन्तर्वार्तामा क्लिष्ट शब्दहरू प्रयोग गर्दै प्रश्न सोध्ने र उत्तर पनि त्यही अनुरूपका आउने हो भने त्यसले पनि सम्बन्धित व्यक्तिलाई केही फाइदा दिन सक्दैन । निश्चयनै हो— साहित्यमा बौध्दिक कसरत गराउने शब्दावली भएमा त्यसले बौध्दिक विलाश गराइ भरपुर ज्ञान र बौध्दिक मनोरञ्जन दिलाउन सक्दछ । गुलियो मिठाई खाने बित्तिकै सकिन्छ, चपाउन कठिन पर्दैन र एकैछिन पछि सकिन्छ तर साह्रो सुपारी जो चपाउन कठिन भएपनि दीर्घकालसम्म नजानिदो मिठास दिइरहन्छ । बी.पी.कोइरालासँग भोला चटर्जीले लिएको अन्तर्वार्तालाई नै पनि यसै प्रसङ्गमा लिन सकिन्छ । त्यो ज्यादै गम्भीर र बौध्दिक लाग्छ, त्यसमा उहाँले धेरै कोमल मनोअनुभूतिगत कुराहरू बताउनु भएको छ । सारा ब्रह्माण्ड र मानिसभन्दा पर अरू केही छ भन्ने लाग्छ, लाग्दैन ? विहान सबैरै उठेर प्रकृतिको अवलोकन गर्दा तपाई कस्तो अनुभव गर्नुहुन्छ ? अचिन्त्य वस्तुसँग आत्माको लय पनि महसुस गर्नु भएको छ छैन ? आदि आदि ।

तपाई वार्ताकार बनेर के के पाउनु भयो ? के गुमाउनु भयो ? कसैले तपाईप्रति यसले योगदान गरेको छ भनी सम्झन्छन् मूल्यांकन गर्छन् त ?
म न त पाउने आशामा यस क्षेत्रमा लागेको हुँ, न त गुमाउने डरमा बसेको छु । मैले यस क्षेत्रमा गरेको योगदानको मापन मैले गर्ने पनि होइन । मैले योगदान गरेको छु भन्न समेत मलाई लाज लाग्दछ । मात्र मैले मेरै खुसीको लागि गरेको कामले समाज वा व्यक्ति कसैलाई केही योगदान पुगेको भए झन् राम्रै भयो । यसमा मेरो मूल्यांकन भएन भनेर म राज्य, व्यक्ति, संघ—संस्था, साथीभाइ कसैप्रति निराश, उदास र गुनासो पटक्कै गरेर बस्दिनँ । भनिन्छ नि स्वान्त सुखाय बस्, त्यत्ति हो, ज्ञवालीजी ।

लिखित वार्ता र प्रत्यक्ष वार्ताबीच पाइने भिन्नता के के हुन् ?
लिखित वार्ता बढी औपचारिक हुन्छ भने प्रत्यक्ष वार्ता अलि अनौपचारिक हुन सक्छ । लिखितवार्ता संशोधनीय हुँदैन, यो पूर्वनिर्धारित हुन्छ । लिखितमा प्रतिप्रश्न गर्ने छुट पाइँदैन भने प्रत्यक्षवार्तामा प्रतिप्रश्न गर्न सकिन्छ र प्रश्नहरू स्वनिर्मित हुन्छन् । प्रत्यक्षवार्तामा उसको मनोविज्ञान बुझी त्यस अनुकूलको आचरण गर्न वार्ताकार सक्छ भने लिखितमा यो सम्भावना कम हुन्छ वा हुँदै हुँदैन । लिखित अन्तर्वार्ता योजनावध्द र संगठित पनि हुन्छ भने मौखिक वार्ता विछृंखलित पनि हुन्छ । मुख्य भिन्नताहरू यिनै हुन् ।

सरल र गुम्फित शैलीका प्रश्नले उत्तरदाताको मनोविज्ञानमा के कति प्रभाव पार्न
सक्छ ?
सरल प्रश्नले सरल उत्तर दिनेतर्फ सङ्केत गरेको ठान्नु पर्दछ । जटिल प्रश्नमा सरल उत्तरले पाठकको जिज्ञासा र स्वादलाई त्यति मिठास दिन सक्दैन । त्यसैले गुम्फित प्रश्न आउन थाल्यो भने उत्तरदाताले पनि बुझ्नु पर्दछ कि मैले पनि अलि बौध्दिक स्तरमा प्रस्तुत हुनुपर्यो । त्यसरी नै सरल प्रश्नमा जटिल उत्तर आउन थालेमा प्रश्नकर्ता स्वयं पनि आफू निम्न धरातलमा रहेको महसुस गर्न सक्छ । अतः दुवैमा दुवै कुराको मनोवैज्ञानिक असर परिरहेको हुन्छ । यसले अन्तर्वार्तामा असर र प्रभाव पार्न सक्छ । कतै कतै त दुवैको व्यक्तित्त्वमा प्रतिस्पर्धात्मक टकरावको स्थिति पनि सामना गर्नुपर्ने अवस्था आइलाग्छ । प्रश्नकर्ता जति विषय ज्ञान र प्रस्तुतिका हिसाबले कडा रूपमा प्रस्तुत हुन थाल्छ उत्तरदाता झन् प्रखर रूपमा प्रकट हुनुपर्छ । यसो गर्न सकियो भने अन्तर्वार्ता महत्त्वपूर्ण मात्र होइन रोचक, ज्ञानवर्धक, पढ्न र हेर्न मन लाग्ने हुन सक्छ ।

वार्ताकारको भूमिकालाई साहित्यिक, सामाजिक स्थानमा त्यति गनिएजस्तो लाग्दैन । सत्य हो यो कुरा ? किन उनीहरूको भूमिकालाई कमजोर ठान्ने वा बेवास्ता गर्ने गरिएको हो ? भूमिकाविहीन ठान्नु कस्तो मानसिकता हो ?
केही हदसम्म, अझ भनौ निकै हदसम्म यो कुरा ठिक हो । कतिपय स्रष्टा सर्जकका पुस्तक, लेख, रचनाले भन्न नसकेको कुरा अथवा प्रदान गर्न नसकेको जिज्ञासा र सामग्रीहरू अन्तर्वार्ताले दिन सक्छ । धेरै महत्त्त्वपूर्ण व्यक्तिहरूले यो सत्यलाइ मानिआएका छन् । त्यसैले क्षमतावान् अन्तर्वार्ताकार भनेको एउटा कुशल समीक्षक पनि हो । तर हाम्रो समाजमा अन्तर्वार्ताको कृतिलाई मौलिक कृतिका रूपमा त ग्रहण गरिदैन भने अरू धेरै के आशा गर्नु ? यसलाई रमाइलो चिया गफ, एउटा ख्यालठट्टा, सस्तो मनोरञ्जन वा लोकप्रियताका लागि गरिने सम्वाद मात्र मानिने परिस्थिति छ । यस्तो प्रवृत्तिलाई पुरै निरुत्साहित नपारेसम्म अन्तर्वार्ता विधाले चाहेजति प्रतिफल प्राप्त गर्न सक्छजस्तो लाग्दैन ।

यो प्रश्नको उत्तर दिन बस्दा मलाई अर्का सन्दर्भ पनि याद आयो । वरिष्ठ गायक तथा सङ्गीतकार बच्चु कैलाशले एक पटक हामीसँगको वार्तालापमा ठ्याक्कै यस्तै भावना प्रकट गर्नु भएको थियो । उहाँ भन्नुहुन्थ्यो किन बोल्ने ? के को लागि बोल्ने ? बोलेर पनि कसैले सुनेको छ र ? प्रत्येक दिन कोही न कोही र कसैले न कसैले केही न केही भनिरहेको हुन्छ,, सुझाव दिइरहेको हुन्छ, तर कसले सुनेर त्यसउपर कति कारवाही भएको छ उहाँ भन्नुहुन्थ्यो । शायद त्यसैले पनि हो कि उहाँ प्रश्नकर्तासँग तर्किदै हिँडिरहनु हुन्छ । त्यस्तै अर्का साहित्यकार गुमानहि चामलिङ पनि भन्नुहुन्थ्यो ‘म जो कोही लाई अन्तर्वार्ता दिन्न ।’ हुनपनि अन्तर्वार्ता रहरले मात्र लिएको हुन्न, न त रहरले नै दिएको हुन्छ । कुनै निश्चित उद्देश्यका लागि लिइएको अन्तर्वार्तालाई लिएर सम्बन्धित निकाय वा व्यक्तिहरू मूक वा मौन रहने परिस्थितिका कारण यस क्षेत्रले आशातीत प्रतिफल नपाएको हो कि ? यो भूमिकाविहीन हुनु भनेको दरिद्र मानसिकताकै उपज हो ।

कतिपयले त अन्तर्वार्ताकारको प्रश्नलाई प्रश्न छुद्र भयो, प्रश्नको औचित्य छैन वा बेतुकको भयो आदिजस्ता नकारात्मक टिप्पणी गर्छन् ? के यथार्थमा वार्ताकारले त्यस्तै प्रश्न सोधेकाले त्यस्तो टिप्पणी आएको हो कि उत्तरदाताको दम्भ, अहङ्कारले वा आलोचना टिप्पणी खप्न नसक्ने प्रवृत्तिले त्यसो हुन गएको हो ?
रमाइलो प्रसङ्ग निकाल्नु भयो । यसमा अलिकति पुरानो सन्दर्भ उल्लेख गर्न चाहन्छु । ‘पुस्तकहरूको बिक्रीबाट कति वार्षिक आय तपाईहरूलाई होला ? ऋतुविचारबाट मात्रै आजतक कति आय बुझ्नु भएको छ ?’ भनेर बरिष्ठ साहित्यकार इन्द्रबहादुर राईले वि.सं.२००८ साल साउनमा कवि शरिोमणि लेखनाथ पौड्याललाई प्रश्न गर्दा उहाँले– ‘सत्य कुरा भन्नुहुन्छ भने, मेरो जीवनीमा कुनै आय—व्ययको विशेष यादगारी भएको जस्तो लाग्दैन । किताब छपाइदे भन्छन्, छपई दिन्छु, किन्न आउँछन्, मूल्य लिन्छु, माग्न आउँछन्— उपहार दिन्छु । शायद केटाकेटीको स्लेट, पेन्सिल, कापी—मसीलाई केही मद्दत गरेको छ कि ? मलाई किताबको रोगले गर्दा घरमा हुने दैनिक आय—व्यवयमा प्रायशः झिँजो लाग्छ । यस्तो क्षुद्र प्रश्न तपाईले किन गर्नु भयो ? यसमा मलाई खिन्नता आयो ।’ वास्तवमा यहाँ कविजीलाई आय—व्ययको कुराले निकै दुख र खिन्नता भएको कुरा थाहा हुन्छ । तर उत्तिकै संवेदनशील स्वभाव र सशक्त साहित्यिक व्यक्तित्त्व इन्द्रबहादुर राई भएकाले उनी पनि तत्काल आफ्नो यथार्थता पाठकसामूुबताइदिएर मनोव्यथा शान्त पार्छन् —‘कवि उचित उत्तर । उहाँका पुस्तकका प्रकाशक स्वयं लेखनाथ हुनु भएकाले उहाँसँगै यो प्रश्न गरेका थियौ । रुपियाँको कुरा गर्न कविजी कत्ति लाज मान्नुहुन्छ । लाज पचेका हामीलाई लाज लाग्छ ।’ लाज पचेका भनेर आफैलाई गाली गर्दै शालीनता प्रकट गर्छन् र भन्छन्—‘पछिबाट थाहा भयो, हाम्रो प्रश्न गर्ने ढङ्ग अहं पुगेनछ । प्रश्न चुन्ने ढङ्ग पुगेनछ । दोष मेरै थियो, दोष मैले बोक्नुपर्छ । अचेल तर दोष समाजमाथि सारिदिने चलन चलेको छ । मेरो दोषको दोसी दार्जिलिङको साहित्यिक तह थियो यस कालको’ भनेर इन्द्रबहादुर राईले (इन्द्र सम्पूर्ण ग्रन्थ ४, पृ.२०६) मा आफ्नो मनको वह पोखेका छन् । क्षुद्र प्रश्नकै कुरा गर्दा एकपटक हामी दुईजना (साहित्यकार मित्र विष्णु आभूषण र म) डा. वानिरा गिरीको निवास मिनभवन काठमाडौमा २०४६ साल फागुनमा साहित्यिक पत्रका लागि अन्तर्वार्ता लिन जाँदा—साहित्यकार भएको नाताले व्यक्तिगत स्वार्थमा कुनै फाइदा पुगेको छ कि ? भनेर प्रश्न गर्दा उहाँले पनि —‘तपाईहरूको प्रश्ननै क्षुद्रजस्तो लाग्यो, जुन घरि—घरि साहित्यिक वातावरणमा चल्ने गर्छ’ भनेर हामीलाई सचेत र अवाक् बनाउनु भएको थियो ।

बालकृष्ण समले भनेझै—‘मुर्ख प्रश्नको पनि ज्ञानी उत्तर हुन सक्छ ।’ कहिले काहीँ हामी महत्त्वपूर्ण, असल र आदर्श पुरुषलाई पनि यस्तै क्षुद्र र दुखित प्रश्न सोधेर मर्मभेदी वाणले प्रहार गर्ने गर्छौँ । अनि सम्झौन्छौ सटिक, निडर र वाहवाही पाउने प्रश्न सोधेँ । क्या जोशिलो र कडा पत्रकार रहेछ, कति आक्रमक ? आफै मख्ख ! तर के त्यो सही ठाउँमा पर्यो ? आत्मसमीक्षा हामी प्रायः कम गर्छौँ । अरूलाई आक्षेप लगाउँदैमा कुशल पत्रकार हुन सकिन्न । यसको विपरीत उत्तरदाताको दम्भ र अहङ्कार देखियो भने त्यसलाई परास्त गर्न भने यस्ता झटाराहरूले चिलाएको ठाउँमा ठुँग मार्न कहीँ कतै सहायक पनि हुन सक्छन् भन्ने मलाई लाग्दछ ।

नेपाली परिवेशमा यस विषयका पुस्तक के कति छापिएका छन् ?
अन्तर्वार्ताको इतिहास हामीकहाँ त्यति लामो देखिँदैन । यसरी छोटो अवधिमै यस विधाले राम्ररी मलजल पाएर फस्टाइरहेको प्रतीत हुन्छ । नेपालमा अन्तर्वार्ता साहित्य शङ्कर लामिछानेबाट सुरु भएको हो भन्दा फरक पर्दैन । २००७ साल पछि प्रगतिमा उहाँका साहित्यिक अन्तर्वार्ताहरू छापिएका थिए । बिम्बप्रतिबिम्बमा पनि यस्तै उच्चस्तरीय अन्तर्वार्ता, संस्मरणलाई संग्रहित गरिएको छ । बरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको पाँच प्रश्न : लेखनाथका उत्तर भनेर २००८ सालमा नै आएको अन्तर्वाता थियो । त्यस्तै उहाँबाटनै नौवटा प्रश्न, महानन्दज्यूका उत्तर भनेर २०१८ सालमा गोर्खामा प्रकाशित भएको थियो । उत्तम कुँवरको– स्रष्टा र साहित्य २०२३ र उहाँकै अनुभव र अनुभूति २०३९, त्यसपछि अन्य कृतिहरूको नाम लिनु पर्दा आनन्द भट्टको– हाम्रा प्रतिभाहरू, नारायणबहादुर सिंहको– नेपाली चित्रकार हुँदै परशु प्रधानको– केही क्षण केही अनुहार २०३४, पुनः उहाँकै केही अनुहार : केही क्षण, किशोर कुँवरको– व्यक्तित्त्व र विचार तथा एक्काइसौ शताब्दीको नेपाल र नेपाली, कुमार बहादुर जोशीको– कुराकानी र एक एक व्यक्तित्त्व अनेक दृष्टि, नरेन्द्रराज प्रसाईको– अठ्तीस अनौठा अनुहारहरू, कृष्ण गिरी र डी.कुमार परियारको– दार्जिलिङमा केही नेपाली साहित्यिक प्रतिभाहरू, जयदेव भट्टराईको– व्यक्तित्त्व र शब्दचित्र, श्रीओम श्रेष्ठ रोदनको– प्रसंगवस आदि–आदि देखिन्छन् ।

कहिलेकाहीँ स्रष्टाहरूले आफ्नै साहित्यिक श्रृजनामा पनि केही नयाँ प्रयोगहरू गरेको भेटिन्छ । जस्तै डा.नारायण चालिसेले ‘समयगुरु द्रोणाचार्य’ २०६२ पुस्तकमा कृतिकारसँग नभई कृतिकारका कृतिसँग अन्तर्वार्ता गरेका छन् । कृति पढ्दा आफूले गरेको अनुभूतिलाई प्रश्न बनाएर उनकै कृतिभित्रबाट उत्तर खोजिएको छ । यस्ता अनेकौ अन्तर्वार्ताका नयाँ–नयाँ प्रयोग र रूपहरू आजकल देखिन थालेका छन् ।

अन्तर्वार्ताकै विषयमा उत्तम कुँवरको स्रष्टा र साहित्यले मदन पुरस्कारनै जित्यो । त्यसपछि अन्तर्वार्ताका पुस्तकले त्यति साह्रै चर्चा नपाएको हो कि ? कुँवरको पुस्तकमा खास के के विशेषता छन् ? र त्यो अधिक चर्चामा आई मदन पुरस्कारसमेत पायो ।
अन्तर्वार्ता साहित्यको प्रस्थानविन्दु नै स्रष्टा र साहित्य थियो । भलै यस पुस्तकमा अहिलेको आँखाले हेर्दा त्यत्रो गहन र विश्लेषणयुक्त सामग्रीहरू नभइ केवल सूचना तथा जानकारीमूलक प्रस्तुति मात्र किन नहोस् । तथापि त्यो समयमा अन्तर्वार्तालाई नेपाली साहित्यमा प्रवेश गराउँदै एउटा विधाकै रूपमा यसलाई स्थापित गर्न उत्तम कुँवर सफल हुनुभयो । यही नै यसको सबैभन्दा ठूलो विशेषता अथवा सफलता जे भनौ ठाने हुन्छ । यसमा स्रष्टासँगको भलाकुसारीलाई एउटा कथानक रूप दिई सुवोध शैलीमा जसरी प्रस्तुत गरिएको छ त्यो नै स्रष्टा र साहित्यको साहित्यिक पक्ष मात्र होइन, उत्तम कुँवरको साहित्यिक परिचय पनि हो र यसको सवल पक्ष पनि हो । केवल यहाँ प्रश्न सोध्ने सामान्य काम मात्र छ भनेर कसैले भन्यो भने दिने जवाफ पनि हो । २०२३ सालमै यसको भूमिका लेखक चित्तरञ्जन नेपालीले यो कुरा स्पष्ट पारिसक्नु भएको छ । शायद त्यसैले यसले मदन पुरस्कार पायो, र अहिलेसम्मै यसले चर्चा पाइरहेछ ।

वाक्परीक्षक र वाक्परीक्षार्थीबीच कस्तो सम्बन्ध रहनुपर्छ ? तपाईं वाक्परीक्षक भएर लागिररहँदा तपाईका परीक्षार्थी बीचको सम्बन्ध कस्तो छ ? कि तपाईले अरूलाई भर्याङ चढाई टुप्पोमा पुर्याउने आफू भने फेदको खुट्किलोमा नै बसिरहनु पर्ने अवस्था त छैन कतै ?
सौहाद्र्रपूर्ण वातावरणनै सबैका लागि राम्रो हुन्छ । तर गलत र अनर्गल कुराहरू मात्र गरेमा त्यसलाई नकार्ने क्षमता पनि वाक्परीक्षकमा हुनुपर्छ । तपाईंले भने झैँ अन्तर्वार्ताकार उत्तरदाताको दास होइन, न त भर्याङ नै हो । राम्रो कुरा मात्र लेखिदियोस् सोधिदियोस्, उसका नकारात्मक कुरा र टिकाटिप्पणीहरू नगरिदियोस् वा गरे पनि त्यसलाई चोख्याइदियोस् भन्ने भावना वाक्परीक्षार्थीले राख्नु हुन्न । जहाँसम्म टुप्पो र फेदको कुरा छ कहीँ, कतै, कसैलाई यस्तो भएको होला पनि तर मेरो हकमा मैले त्यसरी अनाश्यक प्रोत्साहन दिएर टुप्पामा पनि चढाएको छैन र म पनि आफ्नै स्थानमा बसेको छु भन्ने अनुभूति गरेको छु । (कि खुट्किलोमानै पो बसिरहेको रहेछु कि तपाईले भन्दा पो झस्याङ्ग भएको छु ) । वाक्परीक्षार्थी ऐनाअगाडि बसेपछि आफू सम्पूर्ण रूपमा देखिँनै पर्छ यसरी देखिँदा नराम्रो मान्नु हुन्न, कि त ऐनाअगाडि आउने दुस्साहसनै गर्नुहुन्न ।

यहाँलाई अन्त्यमा अझ केही भनौँ जस्तो लागेको छ र ?
खै के भनौ र ! जानेका र भोगेका कुराहरू सप्पै बताइसकेँ जस्तो लाग्छ । यहाँ प्रश्न नदोहोरिए पनि आशय दोहोरिएर हो वा मैले उत्तर दिन नजानेर हो, एउटै कुरा र एउटै सन्दर्भ तथा घटनाहरू भिन्न–भिन्न रूपमा निकै ठाउँमा दोहोरिएर आएका छन् । यसमा प्रश्नकर्ता व्यक्तित्व मुखर र उत्तरदाता व्यक्तित्व कमजोर भएर हो कि जस्तो पनि लाग्दैछ । जे होस् मेरा केही विचार र भावनाहरू तपाईं समक्ष राख्न पाएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

आफू अन्तर्वार्ताकार हुँदा र आफू स्वयम्ले अरू समक्ष अन्तर्वार्ता दिँदा कस्तो अनुभूति हुँदोरहेछ ?
अरूको अन्तर्वार्ता लिँदा सहज र रमाइलो लाग्दथ्यो । आफूले दिनुपर्दा त जटिल र गाह्रोजस्तो पो लाग्दो रहेछ ज्ञवालीजी ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 242
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पारिजातसँग कुराकानी

January 15, 2023

नेपाली भाषामा ‘मिथिला माहात्म्य’

February 28, 2022

‘जिन्दगी किराना पसलजस्तो छरिएको छ’

September 24, 2021

‘लकडाउनको समयमा साहित्य लेख्न सकिएन’

September 20, 2021

‘बालसाहित्य मात्र होइन, समग्र साहित्य नै दयनीय अवस्थामा गुज्रिरहेको छ’

August 10, 2021

समकालीन नेपाली समालोचनाको प्रवृत्ति निकै घातक किसिमको देखापरेको छ : प्रा. सुवेदी

August 10, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.