SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » ‘लकडाउनको समयमा साहित्य लेख्न सकिएन’
अन्तर्वार्ता

‘लकडाउनको समयमा साहित्य लेख्न सकिएन’

साहित्यसागर डेस्कBy साहित्यसागर डेस्कSeptember 20, 2021No Comments7 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सपरिवार अमेरिकामा बस्दै आएकी नीलम कार्की निहारिका नेपाली साहित्यमा चिनाइरहनुपर्ने, नौलो नाम होइन । ‘योगमाया’ ऐतिहासिक उपन्यासका लागि मदन पुरस्कार बिजेता निहारिकाको छैठौं उपन्यास ‘द्रौपदी अवशेष’ हुम्लाबाट दुई महिनाअघि सार्वजनिक छ । लगत्तै उनी सातौं कृतिको लेखनमा जुटेकी छिन् ।   

साहित्यमा निहारिकाको आफ्नै, बेग्लै पहिचान छ । उनी विशेषतः ऐतिहासिक–सामाजिक विषयवस्तुमाथि अनुसन्धानमा आधारित साहित्य लेख्छिन् ।

निहारिकाको ‘द्रौपदी अवशेष’ हिमाली भेगमा रहेको बहुपति प्रथामा आधारित सांस्कृतिक उपन्यास हो । उच्च हिमाली भेगको सामाजिक प्रथामा आधारित उपन्यासको विमोचन पनि अमेरिका वा काठमाडौंमा नभएर हिमाली भेगमै भयो । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्षबाट पुस्तकको विमोचन गराएपछि निहारिकाले सात समुद्र पारिबाटै भनेकी थिइन्– उपन्यास जुन माटोको कथामा आधारित थियो, त्यहीँ  लोकार्पण भएकोमा खुशी छु ।

यहाँ हामीले ‘द्रौपदी अवशेष’ उपन्यासको विषयवस्तु के छ, बहुपति प्रथाको चित्रण कस्तो गरिएको भन्ने विषयमा चर्चा गर्न लागेका हैनौं । बरु साहित्यकार निहारिकासँग कोरोना र लकडाउका बेलामा लेखक÷साहित्यकारहरुले भोगेको व्यवहारिक अनुभव के छ भनेर सोधेका छौंं ।

कुनै पनि ठोस विषयमा केन्द्रित नरही साहित्यकार निलम कार्की निहारिकासँग गरिएको साहित्यिक वार्ता यहाँ प्रस्तुत छ–

अचेल दिनचर्या कसरी बिताइरहनुभएको छ ?

अहिले पनि म जन्म भूमिभन्दा बाहिर नै छु । पहिला थाती राखेको उपन्यासमा पुनः काम सुरु गर्दैछु । साथै, म आफ्नो औपचारिक अध्ययनलाई पनि साथ–साथ हिँडाउँदैछु ।

पछिल्लो समय के–कस्ता पुस्तक पढ्दै हुनुुहन्छ ? यहाँलाई मन परेको पछिल्लो पुस्तक ?

म अहिले इतिहास र दर्शनसम्बन्धी पुस्तक पढिरहेकी छु । कारण, दुवै अहिले मैले गरिरहेको कामसँग सम्वद्ध छन् । भर्खर मैले पढिसकेको –वेदान्त दर्शन ( ब्रह्म सुत्र ) हो ।

बहुपति प्रथामा आधारित छैठौं उपन्यास ‘द्रौपदी अवशेष’ दुई महिनाअघि हुम्लाबाट लोकार्पण भयो । अलिकति पनि आराम नगरी अर्को सृजना सुरु गर्नुभएको हो ?

‘द्रौपदी अवशेष’ २०७७ कै अन्त्यतिर आउने गरी तयारी भएको हो । तर, नेपालमा कोरोना दोस्रो लहरको प्रभावका कारण लकडाउन भयो । त्यसैले २०७८ मा मात्र उपन्यास बजारमा पठाइयो ।

पुस्तक पाठकसम्म पुगेर प्रतिक्रियाहरु प्राप्त नहुँदासम्म अर्को सृजनाका लागि मन बनिसकेको थिएन । जब  प्रतिक्रिया प्राप्त हुँदै गए, समीक्षा, समालोचनाहरु आए । त्यसले थप विश्वास अनि हौसला दियो । वास्तवमा मेरी आमाले भन्नुभएको विषय थाती राखेर मैले ‘द्रौपदी अवशेष’ लेखेकी हुँ । श्रावण २० मा आमाको जन्म दिनको अवसर पारेर फेरि वचनवद्धता साथ लेखन अघि बढाएकी छु ।

तपाईको साहित्य लेखन अनुसन्धान एवं सामाजिक विश्लेषणमा आधारित हुने गर्छ । यस आधारमा भन्नुपर्दा नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

हामी पहिला नै  स्थापित  साहित्यको मानकमा हेरिरहेका हुन्छौं  ।  आज पनि हरेक विधामा उम्दा साहित्य सृजना नभएका होइनन् । जसरी हिजोको साहित्यलाई  आजले मूल्याकन गरेको छ, त्यसरी नै आजलाई भोलिले मूल्यांकन गर्ला ।

संख्यात्मकरुपमा हेर्दा पनि सृजना निकै भएका छन् ।  गुणात्मक सृजना पनि नभएको होइन । अहिले कति बजारमुखी भयो भन्ने पनि छ । कति राम्रा रचनाले चर्चा नपाएर थन्किएको पनि मैले देखेकी छु । ती साहित्यको पनि भोलिको आँखाले पढ्न छुटाउने छैन ।

तपाई मदन पुरस्कार पाइसक्नुभएको साहित्यकार हुनुहुन्छ । पछिल्ला सृजनालाई पुरस्कार (योगमाया उपन्यास ) ले थिचेको महसुस हुन्छ कि हुँदैन ?

अलि–अलि हुन्छ नि । पाठकको विश्वास पनि त्यति नै ओजसहितको महत्व हुन्छ । अनि आफ्नो आत्मविश्वास र लगनले त्यसलाई हलुका बनाइदिन्छ । नत्र लेखनमा अघि बढ्न सकिँदैन नि ! मैले भनेकै छु, लेखकको  प्रतिस्पर्धा अरु कोहीसँग पनि हुँदैन । हुन्छ भने आफ्नै अघिल्ला सृजनासँग हुन्छ  ।

पक्कै पनि उमेरको परिपक्वता, दिन–प्रतिदिन अध्ययनको फैलावट अनि  लेखन अनुभवका कारण पनि पहिलाको भन्दा कलम अझ परिस्कृत हुन पर्यो । नभए बराबर होला । तर, खस्किनुभएन भन्ने सोच सधैँ रहन्छ ।

यसवर्ष मदन पुरस्कारको छनोटमा परेका पुस्कहरुबारे के भन्न चाहनुहुन्छ ?

मैलेभन्दा पनि अब छिटै हुने नतिजाले भन्ला । यही कोरोना महामारीका कारण अहिलेसम्म मैले छनौटका ९ वटा  पुस्तकमध्ये  कुनै एक पनि पढ्ने अवसर पाएकी छैन । तर, छिट्टै केही पुस्तक मेरो हात पर्दैछन् । लिम्बुवानको ऐतिहासिक दस्ताबेज त मैले आगामी लेखनका लागि सन्दर्भ पुस्तकका रुपमा अध्ययन गर्नुछ ।

कोरोना महामारी र लकडाउनले साहित्यकार÷लेखकहरुलाई कस्तो प्रभाव पार्यो ? लेखकका पुस्तकहरु प्रकाशन गर्न वा बजारमा पुर्याउन समस्या भए पनि कोठामै बसेर सिर्जना कर्म गर्न लकडाउनले मद्दत पो गर्यो कि ?

कोरोनाले महामारीको रुप लिएर संसारलाई ठप्प बनाएको पहिलो केहि महिना मानसिकरुपमा निकै प्रभाव पार्यो । निकै विक्षिप्त भएँ म पनि । पढ्दै गरेको पुस्तक र लेख्दै गरेको उपन्यास त्यहीँनिर बिसाएँ । तर, अलि पछि जब भ्याक्सिनको परीक्षणमा सकरात्मक समाचार आउन लागे, कतै आशाको बत्ति देखियो । अनि अलि धैर्य हुँदै गयो मन ।

लेख्नका लागि समयभन्दा पनि वातावरण चाहिन्छ । लेख्नका लागि  प्रशस्त समय हुनु मात्र पर्याप्त हुँदैन रहेछ भन्ने पहिलो पटक मनन गरेँ । अनि मन त्यति धेरै अधैर्य हुने रहेछ भन्ने पनि कोरोनाले नै बुझायो । समय प्रशस्त भए पनि त्यो  समय लेखन पठनका लागि उपयोगी थिएन  ।

महामारीले लेखनको विषयवस्तुलाई पनि प्रभावित पार्यो कि ?

हो, मैले पहिला लेख्दै गरेको विषय एक त अति मिहीन अध्ययन गर्नु पर्ने प्रकृतिको थियो । सामाजिक, राजनैतिक  र विश्वकै मुख्य–मुख्य ऐतिहासिक घटनाको अध्ययन गर्नुपर्ने । तिथि–मितिदेखि  ऐतिहासिक घटनामा मस्तिस्कलाई पनि अति नै सक्रिय गराउनुपर्ने । त्यो तनाबको समयमा त्यसरी मस्तिस्क मन्थन सम्भव थिएन । त्यही कारण नै हो, लेख्दै गरेको उपन्यास थाती राखेको । होइन भने वृद्धा आमाकै लागि पनि मैले ‘त्यो’ लेखिसक्नु पर्ने थियो ।

एकजना स्वास्थ्यकर्मीको पारिवारिक सदस्य हुनुको नाताले चाहिँ  कोरोना महामारीको भोगाइबारे के भन्न चाहनुहुन्छ ?

हामी कुनै अनि सदस्य कोरोनाबाट संक्रमित भएको होइन । तर, प्रत्यक्ष कोरोना संक्रमितका बिरामीको उपचारमा संग्लन स्वास्थ्यकर्मीको परिवारको सदस्य भएको हुँदा भयंकर तनाव भोग्नुपर्यो । अझ पनि भोग्नु पर्दैछ । जब पहिलो लहरमा यहाँ (अमेरिकामा) लकडाउन भयो, विद्यालयहरु बन्द भए । अति आवश्यक सेवाबाहेक सबै तिर भन्द भए । कर्मचारीहरुलाई बिदा पाएर लकडाउनमा सुरक्षित भएर घर बस्ने सुविधा मिल्यो । तर, हाम्रा लागि त्यो थिएन ।

हरेक दिन श्रीमान अस्पतालका लागि निस्कनु हुँदा  युद्धमा जान लाग्नुभएको जस्तो महसुस हुन्थ्यो । यस्तो युद्ध, जसमा शत्रु निकै शक्तिशाली छ र आफूसँग त्यो शत्रुको अस्त्रलाई परास्त गर्ने हतियार छैन ।  शत्रु अदृश्य  छ, कहाँबाट कसरी लुकेर  आक्रमण गर्दै छ भन्ने पनि थाहा छैन । त्यस्तो युद्धमा जाँदै गर्दा एक सैनिक परिवारको कस्तो मनोदशा हुन्छ होला, त्यस्तै  थियो हाम्रो हालत ।

भ्याक्सिनको परीक्षणले  सफलता पाओस्, छिटो भ्याक्सिन प्रयोगमा आबोस् भन्ने हर दिनको  कामना  थियो । अनि जो घरमा बस्न मिल्ने छ, उहाँहरु सुरक्षित घर मै बसिदिए फैलने थिएन भन्ने लाग्थ्यो । तर, कति मान्छे बेपर्बाह  भएर बाहिर हिँडिरहँदा निकै चित्त दुख्थ्यो ।

अलिकति फरक प्रशंग, कोभिड १९ को महामारीपछि अमेरिकामा रहेका नेपालीहरुको स्थिति के कस्तो छ ? साहित्यिक गतिविधिहरु के– कसरी चलिरहेका छन् ?

रोजगारीको अवस्थाको कुरा गर्दा, कति निरन्तर काममा हुनुहुन्थ्यो, उहाँहरुका अलावा  लकडाउनमा घरमा रहनुभएका ब्यक्तिहरुलाई पनि सरकारले भत्ता दिएको हुँदा कसैले पनि आर्थिक कठिनाइ भोग्नुपरेन जस्तो लाग्छ  ।

रह्यो, साहित्यिक गतिविधिको कुरा । प्रत्यक्ष उपस्थित नभए पनि जुममार्फत, भर्चुअलरुपमा घरैबाट विभिन्न देशमा रहनुभएका व्यक्तित्वहरुसँग साझा मञ्चमा झैँ कार्यक्रमहरु भए । यस्ता कार्यक्रमहरु तनाबका बेला समय व्यतीत गर्ने राम्रो माध्यम पनि हुन पुग्यो ।

यही अक्टोबरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन हुँदैछ, एनआरएनसँग तपाईको एट्याचमेन्ट कस्तो छ ? प्रवासी नेपालीहरुको यो संस्थाले नेपाली साहित्यको क्षेत्रमा के गरोस् भन्न चाहनुहुन्छ ? पहिले एकतावद्ध रहेका प्रवासी नेपालीहरुमा अचेल भगडा र विवाद बढ्न थालेका हुन् ? यसमा के भन्न चाहनुहुन्छ ?

म एनआरएनए भाषा साहित्य टास्क फोर्समा सल्लाहकारको भूमिकामा छु ।  गर्नैपर्ने काम धेरै छन् । मुख्य काम हाम्रो साहित्यलाई विश्व बजारमा पुर्याउन पहल कदमी चाल्न जरुरी छ  ।

हो, एनआरएनएका झगडाहरु लुकेका छैनन् । नेपालको राजनैतिक पार्टीका विवादको बाछिटा  त्यहाँसम्म पुग्नु निकै दुःखद हो ।

विगतमा दशैंका बेला पाठकलाई लक्षित गरेर धेरै पुस्तकहरु बजारमा आउँथे । प्रकाशकहरु पनि योबेला निकै सक्रिय देखिन्थे । पुस्तक मेला आयोजना हुन्थे । लकडाउनयता साहित्यकारको नजरमा दशैं खल्लो भएको हो ? तपाई यस वर्षको दशैं कसरी मनाउँदै हुनुहुन्छ ?

हो । दशैँका बेला धेरै पुस्तक पढिने, बिक्री हुने गर्छ भन्ने कुरा मैले पनि पत्रपत्रिका सामाजिक सञ्जालमा पढेको छु । तर, त्यो सन्दर्भमा मेरो आफ्नो अनुभव भने छैन । कारण मेरा कुनै पनि किताब दशैँको समयमा निस्किएका छैनन् ।

अघिल्लो दशैँ पनि उत्साहबिना गयो । अर्को दशैँसम्म कोरोनालाई परास्त पार्न सकौं, कोरोना विश्वबाट निर्मूल होस् भन्ने कामना हामि सबैको थियो । तर, अहिले पनि अवस्थामा सोचे जस्तो सुधार भएको छैन ।

यसपालिको दशैंमा आमाको हातबाट टीका, आशिष थाप्ने मन छ ।

  • साहित्यसागर डेस्क
    साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
Post Views: 567
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पारिजातसँग कुराकानी

January 15, 2023

नेपाली भाषामा ‘मिथिला माहात्म्य’

February 28, 2022

‘जिन्दगी किराना पसलजस्तो छरिएको छ’

September 24, 2021

‘बालसाहित्य मात्र होइन, समग्र साहित्य नै दयनीय अवस्थामा गुज्रिरहेको छ’

August 10, 2021

समकालीन नेपाली समालोचनाको प्रवृत्ति निकै घातक किसिमको देखापरेको छ : प्रा. सुवेदी

August 10, 2021

समालोचक वा लेखकले सफल हुन आफ्नो भोक निन्द्रा मिच्नै पर्छ

July 20, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.