SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » पारिजातसँग कुराकानी
अन्तर्वार्ता

पारिजातसँग कुराकानी

गोविन्द गिरी प्रेरणाBy Sahitya SagarJanuary 15, 2023No Comments14 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

गोविन्द गिरी प्रेरणा नेपाली साहित्यमा बहुविध ढङ्गले समर्पित प्रतिभा हुन् । उनका विभिन्न विधाका दर्जनौँ कृति प्रकाशित छन् । साहित्यसागरमा उनको परिचय समेटिइसकेको हुँदा यहाँ सारभूत परिचयसहित उनको सुप्रसिद्ध साहित्यकार पारिजतसँग २०४७ साल श्रावण १७ गते पारिजात निवास म्हैपीमा लिएको ऐतिहासिक अन्तर्वार्तालाई समेटिएको छ । ‘पारिजातसँग कुराकानी’ शीर्षकमा प्रस्तुत यस अन्तार्वार्ताका विषयमा प्रेरणाको वर्तमान धारणा यस्तो रहेको छ :

प्रस्तुत अन्तर्वार्ता नेपाल राष्ट्र बैङ्कको पत्रिका मिर्मिरेका लागि मैले लिएको थिएँ । त्यतिवेला अन्तरवार्ता लिनेलाई पारिश्रमिकको ब्यवस्था थियो, तर अन्तर्वार्ता दिनेलाई पारिश्रमिक दिने प्रचलन थिएन । त्यसबेला मैले मिर्मिरेकी तत्कालीन सम्पादक चन्द्रा ठकुरीलाई अनुरोध गरी अन्तर्वार्ता दिनेलाई पनि पारिश्रमिक दिने निर्णय गराएँ र एक प्रति मिर्मिरे र पारिश्रमिक लिएर मैह्पीस्थित पारिजातको निवासमा गएको मलाई सम्झना छ । मैले पत्रिका र पारिश्रमिक दिएपछि उनले सहर्ष स्वीकारेको र पत्रिकामा प्रकाशित अन्तरवार्ता पूरै पढेपछि “प्राय मेरो अन्तरवार्ता लिनेहरूले बङ्ग्याएर छाप्छन्, नभएका कुरा पनि थपिदिन्छन्, तर तपाईंले त कस्तो दुरुस्त छाप्नुभएछ” भनेर धन्यावाद दिएको पनि सम्झन्छु ।

यस अन्तवार्ताले पारिजातका जीवन र सिर्जनाका विभिन्न पक्षलाई उजागर गरेको छ ।

-सम्पा.

२०४७ श्रावण १७ शनिवार म्हैपी


तपाईंलाई साहित्यप्रति कसरी अभिरुचि जागृत भयो, त्यसको सम्झना छ ?
स्वतन्त्र अध्ययन असाध्य थियो । पढ्थेँ । सकभर कोर्सबुकलाई पनि लत्याएर फाल्तु पुस्तकहरू नै पढ्थेँ । त्यसैले मलाई लेखनतिर लाग्न अन्तरचेतना जागृत भयो होला ।

यो कहिलेतिरको कुरा हो ?
हामीलाई कक्षा ७ देखि पुस्तकालयको सदस्यता पाइन्थ्यो (दिइन्थ्यो) । त्योभन्दा अघि बाहिरवाट पनि पढिन्थ्यो । सदस्यता पाएपछि स्कुलवाटै त्यो सुविधा पाइयो । विशेष अङ्ग्रेजीका ससाना उपन्यासहरू पढिन्थ्यो । हिन्दी क्लासिकल ल्याङ्ग्वेजको रूपमा अनिवार्य नै थियो । त्यसले गर्दा हिन्दी नवुझ्ने कुरै भएन । अमृता प्रितम, के मुन्सी , प्रेमचन्द पढ्न पाइयो । प्रेमचन्द त कोर्समै थियो । त्यसबाहेक त्यतिखेरको शैक्षिकस्तर धेरै माथि थियो । अङ्ग्रेजीमा वर्डस्वर्थ, शेली, व्राउनिङ्ग, हिन्दीका पन्त निराला कोर्समै पढिन्थ्यो । त्यसबाहेक के चस्का लाग्यो भने कुशवाहाकान्त, प्यारेलाल आवारा, शरदचन्द चट्टोपाध्याय आदिका कृतिहरू पनि पढ्थेँ । १० कक्षासम्म पुग्दा म अध्ययनको खानी भैसकेकी थिएँ । सबै त्यसरी पढ्दैनथे । म बढी पढ्थेँ । मलाई पास हुन मात्रै पाए पुग्थ्यो । प्रथम हुने महत्वाकाङ्क्षा थिएन । घरमा हिसाब, विज्ञान, अङ्ग्रेजी भाषामा जोड दिनुपर्ने र डाक्टर हुनुपर्ने वाध्यताको सिकार थिएँ । त्यसो गर्दा मलाई टुलो मानसिक यातना हुन्थ्यो ।

त्यस्तो फाल्तु पुस्तक पढ्दा घरमा वाधा दिँदैनथे र ?
(बाधा) हुन्थ्यो । हामी किताव लिएर वन जङ्गल, उन्युघारीतिर लुकेर पढ्थ्यौँ । विदाको दिन त्यसो गरिन्थ्यो । घरमा पनि वाहिर कोर्सबुक र भित्र फाल्तु पुस्तक राखेर पनि पढिन्थ्यो । हामी वावु छोरी दु:खित मानसिक यातना खपिरहेका थियौँ । मेरो अटेरपनादेखि उहाँलाई यातना हुन्थ्यो, उहाँको वाध्यतादेखि मलाई यातना हुन्थ्यो ।

लेख्न सुरु गर्दाका स्थितिहरू कस्ता थिए ?
हाम्रो गाउँ दार्जीलिङ, लिम्बू वस्तीमा हस्तलिखित पत्रिकाहरू चल्थ्यो । अनि त्यहाँ लेख्यो भने छन्दमा लेख्नुपर्छ भन्ने, समाज सुधारको वारेमा मात्रै लेख्नुपर्छ भन्ने थियो । त्यसो गर्दा आफूभित्रको उकुसमुकुस त त्यत्तिकै रह्यो । त्यतिवेला १४।१५ की त थिएँ । उमेर कच्चा पर्यो । उमेर कच्चा भए पनि मानसिक उमेर निकै अघि वढ्यो । संसारमा कति कुरा वुझ्न सकिने स्थितिमा थिए । त्यसैले पहिलो प्रेमलाई त्यत्रो ठुलो धोखा हुने स्थिति पनि खपेँ । त्यतिखेर न डाक्टर हुने महत्वाकाङ्क्षा थियो न लेखक हुने । त्यतिखेर कहिले काहीँ कथाहरू लेखिन्थ्यो । तर चित्त वुझ्दैनथ्यो । निबन्धको भाषा शैली, सप्रसङ्ग व्याख्या इत्यादि राम्रो भएर प्रसंशा पाउँथेँ । यसरी साहित्यतिर उन्मुख भएँ होला भन्ने मेरो अहिलेको अनुभव छ ।

२०११ सालमा काठमाडौँ आएँ । आइएमा पढ्दा १२।१३ सालतिर मनको कुरा पोख्न सक्ने, अभिव्यक्ति गर्न सक्ने भएँ । कविता पनि लेख्न सक्ने भएँ । ती कविताहरू अहिले चित्त वुझ्दैन । केटाकेटी जस्तो लाग्छ ।

काठमाडौँ आएपछि पहिलो रचना कसरी प्रकाशित भयो ?
चित्तरञ्जन नेपालीले उत्साहित भएर कवितामा हात वसेजस्तो छ भनेर धरती मा छापिदिनुभयो । एउटा दुइटा गोष्ठीमा जाने मौका पाइयो । हिन्दी, अङ्ग्रेजी र नेपालीमा टल्सटाय, गोर्की, राहुल साङ्कृत्यायन, फ्रान्सेली र विशेष रसियाली उपन्यासहरू धेरै पढिन्थ्यो । त्यसैबेला कसैले लेख्न नसकेको वेजोड उपन्यास लेख्ने राक्षस महत्वाकाङ्क्षा पलायो । अनि त्यसपछि ४ वटा उपन्यासहरू लेखेँ । एउटा थियो सङ्घर्ष, अर्काे मानव अन्तरयामी, तेश्रो वरपीपल र चौथो थियो शारदा । तर तिनीहरूले पटक्कै चित्त वुझेन र हिउँदको एक विहान सल्काएर आगो तापियो । मेरो वाबुले त्यो देखेर खुब लेखेर खुब जलाइस् भनेर हाँस्नुभयो । कसले कसको मर्ममा छुन्थ्यो थाहा हुन्नथ्यो । त्यसैले अहिले एउटा कुनै पुस्तक लेख्ने वित्तिकै नछाप्ने म सल्लाह दिन्छु ।

अघि प्रेममा धोखा भएको कुरा भन्नुभएथ्यो, अलि विस्तार गरिदिनुहुन्थ्यो कि ?
त्यतिखेर प्रे पत्रको आदानप्रदान मात्र भयो । म बोल्न सक्दिनथेँ । धेरै अन्तरमुखी थिएँ । दार्जिलिङमा कस्तो थियो भने प्रेम गरेपछि होटल जाने, फिलिम हेर्न जाने एक किसिमको परम्परा जत्तिकै थियो । त्यसको निम्ति मेरो मानसिकता पटक्कै तयार भएन । अनि म प्र्रेमदेखि नै विसङ्गत हुन थालेँ । अर्काे डर मनमा पर्यो, विहा गरौँ भन्ला । अर्काको घरमा अर्काको आमावाबुको अदवमा भात पकाएर, भाँडा माझेर वस्नुपर्ला भनेर असाध्य कहाली लागेर आउने । अनि म एक किसिमले उनीदेखि पलायन हुन थालेँ । त्यसरी नै आखिर छाड्नुपर्ने भयो । त्यसपछि जति पनि मानसिक पीडा खपियो, अपराधबोध भयो । एकातिर माया छ, सुखी हुन सकिनँ ६।७ वर्षसम्म काठमाडौँमा । काठमाडौँ आएको सात वर्षपछि एउटा चिट्ठी लेखेँ उहाँलाई । जुन विश्वासघात गरेँ त्यसको क्षमाको लागि । क्षमा दिए पुग्छ, प्रेम अघि वढाउन खोजेको होइन भनेर । त्यसको जवाफ आएको थियो, त्यत्रो अपराध के नै थियो र क्षमा गर्ने ? त्यो सँगसँगै उहाँको बिहेको कार्ड पनि थियो । अनि २०१७ सालको असोज कार्तिकमा जलवायु परिवर्तनको लागि दार्जीलिङ गएकी थिएँ । उहाँसँग भेट गरेर कुराकानी भए । उहाँ एउटा छोरीको वाबु र एउटा ठूलै अफिसर भइसक्नु भएको रहेछ । उहाँले भन्नुभयो, तपाईंले जति यातना खप्नु भयो, मैले त्यो भन्दा वढी मानसिक यातना खपेँ र खप्दैछु । त्यसपछि भेटघाट भैरह्यो । कार्डहरू आइरहन्छ शुभकामनाका । त्यतिवेला उहाँले पहिलो श्रीमती तयार छ, विहे गरेर वसौँ भन्ने प्रस्ताव पनि गर्नुभाथ्यो । घर गृहस्थीको जिम्मा लिने आग्रह थियो । मलाई दोश्रोमा जानु भनेपछि नारी जातिकै लागि त्यो भन्दा ठुलो अपमान अरू क्यै लाग्दैन । एउटा लोग्नेलाई पनि के भाग लगाएर मायाँ गर्ने ? झुत्ती खेल्ने जस्तो लाग्यो । त्यसैले त्यो प्रस्ताव स्पष्ट अस्वीकार गरेँ ।

शिरिषको फूल कसरी लेख्नुभयो ?
धेरै सोचियो । के के सोचियो के के । एकपल्ट लेखेर चित्त वुझ्यो । मेरो त एकपल्ट जे लेख्यो त्यही सदर । काँटछाँट गर्ने कुरै थिएन । त्यसपछि आफू सन्तुष्ट भएर नै शङ्कर लामिछानेलाई भूमिका लेख्न पठाएको ।

शंकर लामिछानेलाई नै भूमिका लेख्न लगाउने इच्छा पछाडि के कारण वा उद्देश्य थियो ?
नेपालीमा आफूले मन पराएको लेखक कथाकार निबन्धकार त्यसैले ।

पिटर जे. कार्थथकको उपन्यास प्रत्येक ठाउँ प्रत्येक मान्छेलाई त उहाँले प्रशस्त पुनर्लेखन गर्न लगाउनुभयो भनिन्छ नि । तपाईंलाई त्यस्तो भन्नुभएन ?
वहाँले शिरिषको फूल असाध्य मन पराउनुभयो र प्रेरित हुनुभयो । त्यो उहाँको भूमिकावाट पनि थाहा हुन्छ ।

तपाईंको शिरिषको फूललाई सेटिङ सन सँग जोडेका पनि थिए र छन् नि ?
भन्न त कतिले चोरी, कार्वन कपी पनि भने । तर शिरिषको फूल लेख्दा मैले त्यो पढेकी नै थिइनँ । शिरिषको फूल पढिसकेपछि शङ्करदाइले त्यो उपन्यास ओसामु दाजाइको सेटिङ सन पढ्न दिनु भएको थियो, हेर तिम्रो उपन्यासको नायिकाको चरित्र कतै कतै मिल्छ भनेर ।

एक ठाउँमा कतै शङ्कर लामिछानेले सेटिङ सन अनुवाद गरेर पढ्नै नपर्ने भो भनेका छन् नि ?
मलाई त्यो थाहा भएन । उपन्यास लेख्न बस्दा अरू लेखकको ताजा असर पर्छ आफ्नो मौलिकतामा भनेर म तीन महिनादेखि नै क्यै पढ्दिनँ । उपन्यास त पढ्दै पढ्दिनँ । शिरिषको फूल अनुवाद गर्ने टङ्कविलास भार्या र सोन्ड्रा जेडस्टिन दुवै वुद्धिजिवीहरूले सेटिङ सन पढेका छन् । अरू थुप्रै काठमाडौँका वुद्धिजीविहरूले सेटिङ सन पढेका छन् । डाक्टर माइकल हटले पढेका छन् । हारुहितो नोजुले सेटिङ सन पनि पढ्नु भा छ र जापानीमा शिरिषको फूल अनुवाद गरौं भन्नुहुन्छ भने चोरीको त कुरै छाडौं मिल्ने मिल्ने पनि कुरा आएन । डा. यासुओ आवेले शिरिषको फूलको अँग्रेजी अनुवाद पढ्नु भयो र मैले नकुलकाजीले विश्वदीपमा सेटिङ सनको कार्वन कपी भयो भनेको छ भनेर सुनाउँदा यस्तो मूर्खतापूर्ण कुरा पनि कसैले गर्छ भनी मरी मरी हाँस्नु भयो ।

शिरिषको फूलका चरित्रहरू कसरी निर्माण गर्नुभयो ? कतै सकम्वरीमा तपाईंको छाया त देखा पर्दैन ?
मेरो प्रतिरूप त सकम्वरी हुनै सक्दिन । यसरी आफूलाई उभ्याउन सकिन्न । साकम्वरीलाई मैले अर्कै किसिमले अध्ययन गरेर लेखेकी हुँ । अझै पनि अध्ययन गर्ने परिपाटी त्यही हो ।

कतिले भन्छन् शंकर लामिछानेले अतिशयोक्ति लेखे भूमिकामा । भूमिकाकै कारणले तपाईंले मदन पुरस्कार पाउनुभयो पनि भन्छन् नि ?
कतिले शङ्कर लामिछाने त्यो भूमिका लेखेर उठे भनेका पनि त छन् नि । त्यो दुवै भनाई ठिक होइन होला । त्यो भूमिकाको कारणले नै मदन पुरस्कार पाएको होइन । उपन्यास मात्रले पनि होइन । फेरि दुवै भएर नै होइन । वढी वढी कारण उपन्यासले नै होला । उपन्यास मात्रैले पाउन सक्थ्यो । उपन्यास नौलो थियो । कलापक्ष सुन्दर थियो । उपन्यासको वैचारिकता अत्यन्त विसङ्गत पीडादायी थियो निस्सार भावनामा आधारित थियो । यसैले पाएको भनौं कि कलाले । त्यो त जाँचकीसँग नै सोधे थाहा हुन्छ ।

शिरिषको फूलजस्तो उपन्यास लेख्ने तपाईं प्रगतिशील धारामा कसरी मोडिनु भयो ?
लेखनमा मात्रै त्यो थिएन । साथीहरू थिए । कम्युनिष्ट विल्ला लगाउनेहरू थिए । भूपि थिए, निर्मल लामा थिए । वेलावेलामा भेट्न आउने लक्ष्मण राजवंशी, हिरण्यलाल थिए । त्यस्तो विचार थिएन होला तर वासुशशी भेट्न आउनुहुन्थ्यो । प्राय: सङ्गत कम्युनिष्टहरूसँग नै थियो । २०२२ सालमा शिरिषको फूल छापियो, २०२३ सालमा निर्मल लामा भूमिगत भइसक्नु भएको थियो । कुनै पनि मान्छेको ज्ञानको ढोका एकैपल्ट खुल्दैन । मान्छेको विकास पनि एकैचोटी हुँदैन । क्रमस: नै हुन्छ । आजको समय र त्यतिखेरको समय फरक छैन र ?

शिरिषको फूल च्यात्ने कुरा सुनिएको थियो, नछाप्ने कुरा सुनिएको थियो, तर कहिल्यै च्यातिएन र छापियो नि ?
अहिले र त्यो वेलाको समयलाई दाँजेर पढ्नेले पढून् र पढाउनेले पढाउन् भन्ने कुरा हो । अहिलेको म र त्यतिखेरको मलाई छुट्याएर पढ्ने, व्याख्या गर्ने गरे मलाई त्यतिभए पुग्छ । शायद सवैलाई पुग्छ । पूर्वाग्रहनै राख्ने हो भने मेरो के लाग्छ ?

तपाईंका उपन्यासहरूमा शिरिषको फूल नै किन रुचाइन्छ ?
एउटा कुरा त त्यो कोर्समा छ । त्यसो त अनिँदो पहाडसँगै २००० प्रति विक्यो, अहिले अनुपलव्ध छ । वैँशको मान्छे एक हप्तामै विबेर सकियो । पीपलवोटमै कति विक्यो, कति गयो । सवै पुस्तक रुचाएका छन् ।

महत्ताहीनलाई तपाईंले कतै मनपर्ने कृतिका रूपमा उल्लेख गर्नु भए जस्तो लाग्छ नि ?
मलाई सवै छोराछोरी आफ्ना सन्तान उस्तै हुन्छन् भन्ने लाग्दैन । पाठकको प्रतिक्रिया, जन सम्प्रेशणशीलता मूल्याङ्कन गरिसकेपछि मात्रै म खुट्याउँछु । मैले कतै यो कृति मन पर्छ भनेको पनि छैन र भन्न पनि सकिन्न ।

अन्तरमुखी उपन्यास कस्तो पृष्ठभूमिमा लेख्नुभएको हो ?
मेरो कलम वढी आत्मपरक शैलीमा छिटो चल्छ । जस्तो वोनी । म लेखेर थाल्दा राम्रो लाग्छ । र पृष्ठभूमिको सन्दर्भमा मैले धेरै टाइपिस्ट केटीहरूको अध्ययन गरिसकेपछि सोधपुछ पनि गरेँ र गहन अध्ययन गरेर लेखेकी हुँ । त्यसवेलाको समाजको समयको स्वरलाई पनि यसले वोकेको छ । साह्रै दु:खी टाइपिस्टहरूको जीवन हेरेर मैले अन्तरमुखी लेखेकी हुँ ।

नेपालीमा पहिलो पटक लेखिएको संयुक्त उपन्यास आकाश विभाजित छ मा तपाईंले पनि लेख्ने कुरामा सहमत हुनुहुन्थ्यो रे, किन लेख्नुभएन ?
हुनसक्छ भनेँ हुँला । मलाई थाहा भएन । अस्ति पनि एउटा संयुक्त उपन्यासको अफर आएको थियो । मेरो उपन्यास लेखन प्रकृया अलगै भएको हुनाले यस्तो जमातमा म उपन्यास लेख्न सक्दै सक्दिन ।

संयुक्त उपन्यास लेखनबारे तपाईंको धारणा कस्तो छ ?
मलाई त खास राम्रो लाग्दैन । एउटाको शैली कहाँ पुग्छ । तस्वीरहरू काटेर मिलाएको कोलाज हुन्छ । तर त्यसको महत्त्व त अलग्गै हुन्छ । तर यो संयुक्त लेखन त के के पञ्चरङ्गी जस्तो …मलाई राम्रो लाग्दैन ।

नेपाली साहित्यको आलोचना प्रकृयाबारे तपाईंको धारणा के छ ?
म त सन्तुष्ट छैन । कि एकाँगी हुन्छ, कि पूर्वाग्रहग्रस्त हुन्छ । समालोचकहरू समालोचक बनिसकेका छैनन् । यसो भन्दा अत्युक्ति नहोला ।

डा. इश्वर वरालले तपाईंको कविता सम्पादन गर्नुभाको छ, उहाँको समालोचना कस्तो लाग्छ नि ?
उहाँले यति धेरै कलम चलाउनु भा छ कि त्यो प्रशस्तै हो । कथा कविताको बारेमा ठेली ठेली लेख्नु भा छ । तर उहाँ सम्पूर्ण हुनुहुन्छ, त्यो होइन । सन्तुष्ट त कोही हुन सक्दैन । लेखन समालोचना कुनैमा पूर्ण हुँदैन । मेरो लागि उहाँले पूरै वुझ्नु भा छ भन्ने कुरा म मान्दिन । समालोचकहरूलाई आफ्नो किसिमले लेख्न अधिकार छ । हामी लेखकहरूले तोक्ने, लेख्ने अधिकारलाई हनन गर्ने अधिकार छैन । तैपनि समालोचकको भरमा परेर, राम्रैसँग मलाई वुझिदिए भनेर कसरी भन्न सकिन्छ त ? वरु समालोचकहरू माथि पूर्वाग्रह दुराग्रह नराखी भन्ने हो भने ५ जना समालोचकहरूलाई म नहुने मामा भन्दा कानो मामा मान्दछु । ती हुन् जगदीश शम्शेर राणा, डी. आर पोखरेल, जगन्नाथ त्रिपाठी, दान खालिंग र इन्द्रवहादुर राई । तर इन्द्रबहादुर राईले कम्युनिष्टको क पनि देख्न नसक्ने यिनको यो के हो वुझ्न सकेको छैन । यिनले यो दुराग्रह छाडे केही गर्न सक्छन् तर म उनलाई घोर प्रतिकृयावादी समालोचक ठान्छु । यिनी आफ्नो विवेकलाई आफैंले बेच्छन् र अविवेकी भैदिन्छन् ।

कृष्णचन्द्रसिंह प्रधान, तारानाथ शर्मा आदिको त नामै लिनु भएन नि ?
नाउँ लिनै पर्छ भन्ने के छ र ?

कृष्णचन्द्रसिंह प्रधानले त तपाईंमाथि धेरै लेख्नु भएको छ….
तैपनि मैले मान्नु पर्छ भन्ने के छ र ?

तपाईंलाई चित्त वुझेका नेपाली उपन्यास र उपन्यासकारहरूको बारेमा वताइदिनु हुन्छ कि ?
शैली पक्ष हेर्ने हो भने शङ्कर कोइरालाको खैरेनी घाट, लैनसिंह प्रधानको मुलुक वाहिर ( तर टल्सटायको कोर्नि भेसिलिएर कथाको विस्तृतिकरण मात्र रहेछ, आफ्नो परिवेशमा ढालेर लेखेको । त्यो थाहा पाएपछि खल्लो लाग्यो ) । सानु सानु हुँदा त रूपमती पनि राम्रो लाग्थ्यो त्यो वेला । डा. ध्रुवचन्द्र गौतमको कट्टेल सरको चोटपटक राम्रो लागेको हो, नयाँ षितिजको खोज अशोक राईको, संजय थापाको पूर्वतिर, पिटर जे कार्थकको प्रत्येक ठाउँ प्रत्येक मान्छे, तीर्थ नेउपानेको खदमाको गाउँ राम्रो लागेको हो । गोविन्दराज भट्टराईको मुगलान पनि मन परेर त्यसको बारेमा लेखेकी हुँ ।

म पुरुष विरोधी पनि होइन । यसको प्रमाण के छ भने मेरो मनभित्रको कहिल्यै भन्न नसक्ने कुराहरू मैले पुरुषकै समक्ष भनेकी छु । व्यक्त गर्न सकेकी छु र पुरुषले नै मलाई सान्त्वना दिन सकेका छन् र पुरुषले नै मेरा आँसु पुछिदिएका छन् ….मैले यस उपन्यासमा लोग्ने मान्छेको अन्तरमुखी चरित्रलाई लिएको छु ।

कुनकुन युवा साहित्यकारका कविताका शैलीमा ओज र भावमा मिठास पाउनुहुन्छ ?
गद्य कवितामा राजकुमार केसी, पूर्ण विराम, अरूण श्रेष्ठ, मीनवहादुर विष्ट, दिनेश अधिकारी, विमल निभा र कृष्ण वाउसे आदि हुन् ।

साहित्यिक पुरस्कार सम्वन्धमा तपाईंको धारणा कस्तो छ ?
राम्रो कुरालाई पुरस्कृत गर्ने परम्परा नराम्रो होइन । राम्रो कृतिलाई पुरस्कृत गर्नुपर्छ । यसमा वैचारिक पूर्वाग्रह र पक्षपात नभए राम्रो हुन्छ ।

एकेडेमीबाट दिइने पुरस्कारको सम्वन्धमा नि ?
खै कस्ता कस्तालाई दिन्छन्, दिन्छन् । वार्षिक कविता महोत्सवका कविता हेर्छु, सवैजसो कविहरू भाट लाग्छन् । सरुभक्त, विजय वजिमय आदिका कविता पढें, सवै भाटहरू लागे । अनि जतिसुकै राम्रो भए पनि के भो र ?

आजकाल गजल खूवै लेखिन थालेका छन् । गजल सम्वन्धी विचार सुनौं न ?
म आफू लेख्न नसक्ने तर पढ्न असाध्य मन पर्ने विधा गजल हो । उर्दु हिन्दी गजलहरू पढ्छु । नेपाली गजल ललिजन रावलको राम्रो लाग्छ । एउटा दुइटा धर्माेगत शर्मा तूफानको राम्रो लाग्छ, एउटा गजल मनु व्राजाकीको राम्रो लाग्यो । अध्ययन गर्दैछु गजल ।

हालै प्रकाशित नयाँ उपन्यास परिभाषित आँखाहरूवाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यो त आन्दोलनभन्दा अघि लेखिएको उपन्यास हो । आन्दोलनसँग यसको कुनै सम्बन्ध छैन । यसमा महिला मात्रले भोग्ने दु:खको चर्चा छ । रजस्वलाको, अनैच्छिक यौन सम्वन्ध, गर्भधारणको अवधि, प्रसव वेदना, त्यो भन्दा भयङ्कर वलात्कार अझ सामूहिक वलात्कार, यो त लोग्ने मान्छेले मरे पनि अनुभव गर्न सक्दैन । यसको निम्ति एकपल्ट स्वास्नीमान्छे भएर जन्मनु पर्छ । महिलाहरूले यसलाई खूव रुचाए । कतिले त यसको अर्काे भाग लेख्नु पर्यो भन्दैछन् । पुरुषहरूलाई त त्यति राम्रो लागेनछ । अहिले असली मायाँ जस्ता वालिकाहरू यही उपन्यासमा सल्वलाए जस्तो लाग्छ ।

तपाईं आजिवन अविवाहित महिलाले त्यस्तो अनुभवको कुरा कसरी लेख्नुभयो त ?
मैले आमाको मायाँ कहिल्यै पाईंन । हामी सानै छँदा आमा वितिसक्नु भएको थियो । वाबुको हातमा हुर्क्यौँ । म आफू आमा पनि भइनँ । तर नैसर्गिक हिसाबले नै हाम्रो वत्सल प्रवृत्ति र सहअस्तित्वको भावना अनुवंशिक रूपमा महिलामा निहित हुन्छ । यसैले हामी महिलाको दु:ख वुझ्छौं । तर मैले अहिलेसम्म जति पनि लोग्ने मान्छेको क्यारेक्टर देखेँ, तैँले गलत चिनिस् भनेर आरोप पाएको छैन । तर पुरुष लेखकले महिला पात्रको वारेमा पूर्ण रूपले अभिव्यक्त गर्न सक्छ जस्तो लाग्दैन । तर म कामको सिलसिलामा मित्र मण्डलीमा वढी पुरुषहरूसँग घनिष्ठता हुन सकेको भएर पनि म पुरुषलाई लेख्न सक्छु । म पुरुष विरोधी पनि होइन । यसको प्रमाण के छ भने मेरो मनभित्रको कहिल्यै भन्न नसक्ने कुराहरू मैले पुरुषकै समक्ष भनेकी छु । व्यक्त गर्न सकेकी छु र पुरुषले नै मलाई सान्त्वना दिन सकेका छन् र पुरुषले नै मेरा आँसु पुछिदिएका छन् ….मैले यस उपन्यासमा लोग्ने मान्छेको अन्तरमुखी चरित्रलाई लिएको छु । यो आम चरित्र होइन । विशिष्ट चरित्र हो त्यो । वसन्तिया स्वाभाविक छ ।

परिभाषित आँखाहरूका नारी चरित्रहरू कसरी लिनुभयो ?
मलाई केहीले भने, एउटी स्वास्नीमान्छेले लाश कसरी उठाउन सक्छे । तर लाश उठाउन सक्ने आँट भएको थारु नै हुँदो रहेछ । एकदम ड्यासिंग । त्यहाँ उनीहरूमा मातृसत्तात्मक अवशेष छ । आमाको, वज्यैको हैकम चल्छ । उनीहरू एग्रेसिभ हुन्छन् ।

तपाईंले डा. ध्रुवचन्द्रलाई दिनुभएको अन्तरवार्तामा सकम्वरी भन्दा वोल्ड पात्र छ भनेको वसन्तीयालाई हो ?
ध्रुवचन्द्र गौतमलाई त्यो राम्रो लाग्यो रे । सार्थक पात्रहरू राम्रै मानेका छन् सबैले । महिलाहरूलाई त यस्ले विचलित तुल्याएको छ । तुल्याउँछ पनि महिलाहरूलाई यस्तै केही वोध होला भन्ने पनि थियो , उत्पीडित बोध भए महिलाले आफ्नो बाटो आफैं खोज्छन् । …….यो उपन्यास मैले अति जटिल समयमा लेखेको । तीन महिनामा लेख्छु भनेको नौ महिना लाग्यो । सोझो हिसावले हेर्दा कतिले पोर्नोग्राफी पनि भनेका छन् । तर महिलाहरूलाई अति सहज लाग्यो । यसलाई कसैले अश्लिल नै मान्छ भने बिहा नगरे भयो, प्रेम सम्वन्ध नगरे भयो । वच्चा नपाए भयो ।…………त्यहाँ बलात्कार कति भयानक हुन्छ भन्ने फिलिंग मात्रै छ । मैले यस विषयमा डा. मथुरा श्रेष्ठलाई सोधेँ…उहाँले बलात्कारको लक्षण वताइदिनुभयो । साधारण यौन सम्वन्ध र वलात्कारको फरक स्पष्टै वताइदिनुभयो ।

  • Sahitya Sagar
    Sahitya Sagar
गोविन्द गिरी प्रेरणा
गोविन्द गिरी प्रेरणा
Post Views: 321
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नेपाली भाषामा ‘मिथिला माहात्म्य’

February 28, 2022

‘जिन्दगी किराना पसलजस्तो छरिएको छ’

September 24, 2021

‘लकडाउनको समयमा साहित्य लेख्न सकिएन’

September 20, 2021

‘बालसाहित्य मात्र होइन, समग्र साहित्य नै दयनीय अवस्थामा गुज्रिरहेको छ’

August 10, 2021

समकालीन नेपाली समालोचनाको प्रवृत्ति निकै घातक किसिमको देखापरेको छ : प्रा. सुवेदी

August 10, 2021

समालोचक वा लेखकले सफल हुन आफ्नो भोक निन्द्रा मिच्नै पर्छ

July 20, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.