SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » समकालीन नेपाली समालोचनाको प्रवृत्ति निकै घातक किसिमको देखापरेको छ : प्रा. सुवेदी
अन्तर्वार्ता

समकालीन नेपाली समालोचनाको प्रवृत्ति निकै घातक किसिमको देखापरेको छ : प्रा. सुवेदी

Sahitya SagarBy Sahitya SagarAugust 10, 2021No Comments5 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

 

 

 

 

 

 

श्रीओम श्रेष्ठ ‘रोदन’ नेपाली साहित्यका विशिष्ट सर्जक एवम् सञ्चारकर्मी व्यक्तित्व हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनले धेरै अगाडि राजेन्द्र सुवेदीसँग गरेको कुराकानीलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

-सम्पा.

 

नेपाली साहित्यमा मूलत निबन्धकार, समालोचक र सम्पादकका रूपमा सुपरिचित हुनुहुन्छ, राजेन्द्र सुवेदी । लामो समयदेखि प्राध्यापन क्षेत्रमा संलग्न प्राध्यापक सुवेदी हाल त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख हुनुहुन्छ ।उहाँ मानव मूल्यको ह्रासोन्मुख स्थितिका विविध प्रसङ्गलाई कलात्मक रूपमा निबन्ध सिर्जना गर्नुहुन्छ । उहाँका खाली सिसी पुराना कागज, मेरो यात्रा आफ्नै परिवेश, अब मेरो क्यासेट बन्द हुन्छ, पाइला आफ्नै परिवेशमा टेकेर र म हुँ औंला नकाटिएको एकलव्यलगायतका निबन्धसङ्ग्रह, आधा दर्जनभन्दा बढी समालोचनासङ्ग्रह र सम्पादनका कृतिहरू प्रकाशित भइसकेका छन् । स्रष्टा, द्रष्टा राजेन्द्र सुवेदीको जन्म वि.सं. २००२ सालमा पाँचथरको अमरापुरमा जन्मिनुभएको थियो ।

—

साहित्यमा कहिलेदेखि र कसरी आकर्षित हुनुभएको थियो ?
मेरो साहित्यमा प्रवेश हुने कारण केही पारिवारिक वातावरण थियो र केही शैक्षिक पनि थियो । म दशबाह्र वर्षको उमेरमा पुग्दा अर्थात् २०१५,१६ सालतिर मेरा पिता पद्मप्रसाद सुवेदीले मलाई र अन्य पनि केही सदस्यहरूलाई ज्योतिष विषयको अध्यापन गर्नु हुन्थ्यो । त्यसरी अध्यापन कार्य गर्नु हुँदा ज्योतिषका सूत्रहरू र फलित तथा शुभसाइत ठहर्याउने काममा सहयोग पुर्याउने सूत्रहरू नेपाली भाषामा पद्यमा रचना गर्ने काम गर्ने र तिनै सूत्र पद्यहरूका आधारमा पठनपाठनका कार्य सम्पन्न गर्नुहुन्थ्यो । उहाँले बनाउनु भएका पद्यहरूकै प्रभावले मेरो प्रारम्भिक सम्वेदनामा सिर्जनात्मक चेतनाको बीजाधान भयो । क्रमशः मेरो कलम पनि सिर्जनाको दिशातिर मोडिएको कुरा मलाई अनुभव भएको छ । पछि म अध्ययनका क्रममा मेरा सानाबा डा० डिल्लीराम तिमसिनाको सम्पर्कमा पुगेपछि उहाँको सिर्जना कार्यबाट पनि मैले प्रेरणा पाएको अनुभव गरेको छु ।

तपाईँ स्रष्टा र समालोचक दुवै हुनुहुन्छ , फाइदा बेफाइदा के भएको ठान्नुहुन्छ ?
फाइदा बेफाइदाको कुरा नितान्त भिन्न हो भन्ने लाग्छ । अझ मलाई त के लाग्छ भने फाइदा भन्ने कुरा सापेक्षित रहन्छ । मजस्तो व्यक्तिलाई समालोचना र सिर्जना दुवै पक्षले फाइदा पुर्याएको छ । म सिर्जना गर्दा समालोचकीय दृष्टिलाई अगाडि लिने गर्दछु । मेरा रचनामा रहेका त्रुटिका पक्षहरूलाई समालोचनाका आँखाले नियाल्ने गर्दछु । त्यसले मलाई आत्मसमीक्षातर्फ प्रवृत्त हुन प्रेरित गरेको छ । म आफ्ना रचनाको वैज्ञानिक ढङ्गले प्रतिरक्षा गर्न सक्तछु । अब ठानियोस् दुवै तर्फबाट लाभान्वित भएको छु ।

समकालीन नेपाली समालोचनाको प्रवृत्ति कस्तो छ ?
समकालीन नेपाली समालोचनाको प्रवृत्ति निकै घातक किसिमको देखापरेको छ । एकातिर यसको प्रवृत्ति स्वरूप नितान्त यथास्थितिपरक रहेको छ । अनि अर्कातिर आधुनिक र नवीनतम प्रवृत्तिका नाममा पश्चिमबाट प्रवेश गरेका क्षणिक र अशास्वत मूल्यहरूको अन्धानुकरणबाट ग्रस्त बन्दै गएको अवस्थाको सिकार बन्दै गएको वर्तमान समयमा थोरै मात्र समालोचकहरू शास्वत र सन्तुलित समालोचना कार्यमा क्रियाशील रहेका छन् । थोरै मात्र सन्तुलित रहेका आजको अवस्थाका समालोचकहरू किनारातिर धकेलिँदै जाँदा असन्तुलित बन्दै गएका एकलकाँटे नयाँ समालोचकहरूको असमालाचकीय चेतले नेपाली समालोचनालाई निकै घातक परिणाम निम्त्याउने खतरा पनि त्यत्तिकै खतरापूर्ण हुन सक्ने भविष्य निकै नजिक आइपुगेको देखापरेको छ ।

मूल्याङ्कन र आत्मसन्तुष्टिका दृष्टिले निबन्ध र समालोचना मध्ये कुन अगाडि भएको ठान्नुहुन्छ र कसरी ?
मूल्याङ्कन र आत्मसन्तुष्टिको आधारमा निबन्ध र समालोचना मध्ये यो चाहिँ पक्ष अगाडि छ भन्ने कुरा भनिमात्र दिनु त्यति महत्त्वपूर्ण होइन , यो त त्यत्तिकै पनि भनिदिन सकिन्छ । दुवै विधाहरू आफ्ना आफ्ना ठाउमा त्यत्तिकै गरिमायुक्त भूमिका निर्वाह गर्दछन् । भावना र सम्वेगका दृष्टिले निबन्ध अगाडि रहेको छ र शास्त्रीय महत्ताका दृष्टिले समालोचना पनि त्यत्तिकै अग्रगामी रहेको छ , अतः यी दुवै पक्षहरू एकैसाथ सहमार्गी र सहगामी बनेर गतिवान् बनेका छन् ।

अन्य विधाका तुलनामा आत्मपरक निबन्ध पछाडि परेको हो ? हो भने कसरी ?
साहित्यका अन्य विधाका सापेक्षतामा अन्य विधाका सापेक्षतामा आत्मपरक निबन्ध केही पछि अवश्य परेको छ । यसो हुनुको प्रमुख कारण के हो भने आत्मपरक लेखनका निम्ति आवश्यक पर्ने प्रतीकात्मकताबोधी शब्दहरूको चयन , ध्वनि र विम्बका सम्वाहक रूप , शब्द , शब्दावली , तिनका मर्मको समुचित पदविन्यास , व्यङ्ग्य र ध्वनिको समुचित संयोजन र कलागत सम्वेदनाको उपयोग गर्न सके आत्मपरक निबन्ध गतिवान् बन्न सक्ने कुरामा विश्वास गर्न सकिन्छ । यति मात्र होइन स्रष्टाले कलागत सम्वेदना, कल्पना र सम्वेदनापूर्ण भाषिक सिप तथा शिल्पयोजनामा पर्याप्त अधिकार प्राप्त गर्न सक्नु पर्ने हुन्छ -आत्मपरक सिर्जन कार्यमा शक्ति सञ्चय गर्न ।

प्रगतिवादी साहित्यको वर्तमान स्थिति कस्तो छ र प्रगतिवादी साहित्य ०४६ साल पूर्वझैँ आज पनि यस फाँटको साहित्यको कला पक्ष दुर्बल बनेर पार्टीमुखी बन्दै गएको हो ?
वर्तमान जीवनको यथार्थलाई अपेक्षित रूपमा आत्मसात् गरिरहेको साहित्य नै प्रगतिवादी साहित्य हो । तर कलाबाट निकै पर पुगिसकेको साहित्यलाई आज जतिवटा वामपार्टीहरू छन् त्यति नै प्रगतिवादी साहित्यका खेमा र तप्काहरू पनि क्रियाशील बनाइरहेका छन् । कला र साहित्यका सर्वाङ्गीण पक्षहरू दुर्बल बन्दै गएको कुरा यस किसिमका पक्षहरूबाट आजका प्रगतिवादी साहित्यको कलात्मक सम्वेदना क्षीण बन्दै गएको कुरा आजको साहित्यको सिर्जनाले पुष्टि गर्दै आएको छ।

नेपाली साहित्यमा देखिएका वादहरूलाई कसरी लिनु भएको छ ?
जिउँदो साहित्यमा वाद , अभियान र आन्दोलनहरू हुने गर्दछन् । तिनलाई नकारात्मक रूपमा लिनुहुन्न भन्ने मेरो ठनाइ छ । आधारविहीन आन्दोलन र आधारयुक्त अन्दोलनहरू आफ्नै हिसाबले पनि हुने गर्दछन् । त्यस्ता आन्दोलनहरूलाई हामी स्वयंले व्यवस्थापन गर्न र उपयुक्त ढङ्गले अँगाल्न सक्नु पर्दछ । यसलाई मैले सहज ढङ्गले लिने गरेको छु

उत्तरआधुनिकता मान्ने नमान्ने दुवै थरी छन् , तपाईले कसरी लिनु भएको छ ?
उत्तरआधुनिकता साहित्यमा मात्र होइन , समाज र जीवनका अन्य सबै पक्षमा लक्ष्यित हुने प्रवृत्ति विशेष हो । म त यस समग्र सत्यलाई सापेक्ष मान्दछु । सत्यको सीमा व्यक्तिको ज्ञानको परिधिको वृत्तव्यापी मात्र हुने गर्दछ । यसले विषयगत बहुलता, विविधता र सामयिकताका बढी विश्वास र्गछ । यसलाई हामी कसैले मान्नाले र कसैले नमान्नाले कत्ति पनि फरक पर्दैन । यसलाई मैले युगको एउटा बहाउ हो भन्ने रूपमा लिने गरेको छु ।

तपाईँ लेखक, प्राध्यापक र प्रशासक हुनुभएको नाताले तुलनात्मक रूपमा कुन क्षेत्र सहज र कुन क्षेत्र असहज अनुभव गर्नुभएको छ ?
म जीविकोपार्जनका दृष्टिले प्राध्यापक हुँ। लेखन कार्यका दृष्टिले सर्जक हुँ र यसै लेखन र प्राध्यापन कार्यसँग सम्बद्ध बनेर आएको अवस्थामा कतैतिर प्रशासक पनि बन्न पुगेको छु । तुलनात्मक दृष्टिले म सबै क्षेत्रमा असफल भएको बोध गर्दिन, तर मलाई लेखन सम्वेद्य र सहज लाग्दछ, प्राध्यापन कर्तव्य पालनको क्षेत्र लाग्दछ र प्रशासन यिनै जिम्मेदारीसँग जोडिएर प्रशासक पनि बन्न पुग्नु एउटा पूरक पक्ष हो जस्तो लाग्दछ । सहजता र असहजताको दृष्टिले मैले सोच्नै भ्याएको छैन ।
(मधुपर्कबाट)

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 233
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पारिजातसँग कुराकानी

January 15, 2023

नेपाली भाषामा ‘मिथिला माहात्म्य’

February 28, 2022

‘जिन्दगी किराना पसलजस्तो छरिएको छ’

September 24, 2021

‘लकडाउनको समयमा साहित्य लेख्न सकिएन’

September 20, 2021

‘बालसाहित्य मात्र होइन, समग्र साहित्य नै दयनीय अवस्थामा गुज्रिरहेको छ’

August 10, 2021

समालोचक वा लेखकले सफल हुन आफ्नो भोक निन्द्रा मिच्नै पर्छ

July 20, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.