SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » बालकृष्ण समको व्यक्ति भाषा
समीक्षा

बालकृष्ण समको व्यक्ति भाषा

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments13 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
डा नरेन्द्र चापागाईँ (१९९८ असार १३ दिङा भोजपुर–२०६१ वैशाख १० विराटनगर मोरङ, सुपुत्र: भवानीशंकर र योगाया चापागाईँ) नेपाली साहित्यका विशिष्ठ प्रतिभा हुन् । उनी मोफसल विराटनगरमा बसेर काठमाडौँलाई चुनौति दिने विशिष्ट समीक्षक प्रतिभा हुन् । विराटनगरबाट प्रकाशित सामयिक सङ्कलन (२०२४) मा घामछायामा शीतका कणहरू’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्य जगत्मा सार्वजनिक भएका चापागाईँका शब्द, वाक्य र अभिव्यक्ति (२०३२), भाषातत्त्व–व्याकरण र रचना २०३३), नेपाली नवीन व्याकरण तथा रचना (२०३४), नेपाली व्यावहारिक व्याकरण तथा रचना (२०४१), आधुनिक नेपाली व्याकरण तथा रचना (२०५३), नेपाली अनुकरणात्मक शब्दको व्युत्पत्ति स्रोत विश्लेषण (२०५१), नेपाली टुक्काको संरचनात्मक अध्ययन (२०५६), नेपाली टक्काहरूको सङ्कलन (२०५७), नेपाली अनुकरणात्मक शब्दको स्वरूप (२०५८) जस्ता भषाव्यकारणका कृतिहरू प्रकाशित छन् । चापागाईँ भषावैज्ञानिकका साथै विशिष्ट समीक्षक व्यक्तित्व हुन् । उनका काव्यतत्त्व (काव्यसिद्धान्त २०२४), उपन्यास शिल्प :उपन्यास सिद्धान्त (२०३४), केही कृति : केही प्रतिकृति (२०३८), केही सृष्टि : केही दष्टि (२०४१), केही भाषा : केही साहित्य २०४५), केही सिद्धान्त : केही विश्लेषण (२०५१), बी.पी. कोइरालाका साहित्यको समग्र अध्ययन (२०५१), नरेन्द्र चापागाईका समालोचना (२०६०) आदि नेपाली समीक्षा परम्परामै उल्लेख्य छन् । चापागाईँ राम्रा कवि पनि थिए उनका कविताकाव्यकृतिहरूमा मेरा नानीहरू (बालकाव्य, २०४४), देशान्तर (आबालकाव्य २०४४), नारायण वंशगीता (चापागाई वंशावली, २०४५), केही झिल्का : केही फिलिगा (२०४६) आदि कृति उल्लेख्य छन् उनको नेपाली शब्दभण्डार (एक लाख पच्चीस हजारभन्दा उल्लेख्य शब्दकोश कृति हो । यस कृतिका आधारमा उनी राम्रा कोशकार पनि हुन् । उनका सूब सेनका कथा र कथाशिल्प (२०४४), पूर्वाञ्चल सालोचनासङ्ग्रह (२०४४), मात्रिका अभिनन्दन ग्रन्थ (२०४५), काव्यसमालोचना (२०५१), देवकुमारी थापाका प्रतिनिधि कथा (२०५१) जस्ता सम्पादकीय कृतिहरू उल्लेख्य छन् । उनको सम्पादनमा अपुङ्गो (२०२९), कौशिक (२०४०), प्रतिष्ठान (२०५३), प्रलेस (२०५२) आदि पत्रपत्रिकाको कुशल सम्पादन पनि गरेका छन् । राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३) बाट पुरस्कृत चापागाईँले विभिन्न शिक्षा र साहित्यसम्बन्धी सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा चापागाईँको बालकृष्णसममाथि लेखिएको समीक्षा समेटी सम र चापागाईँ दुवैप्रति आदरभाव प्रकट गरिएको छ । यस समीक्षाले बालकृष्ण समको भाषाशैलीको गम्भीर अध्ययन विश्लेषण गरी लेखकहरूले स्वशैली निर्माण गर्नुपर्ने चिन्तन अगाडि सारिएको छ ।

– सम्पा.

 

१. विषयप्रवेश
बालकृष्ण सम एक वरिष्ठ नाटककार, काव्यकार, कथाकार तथा निबन्धकारका रूपमा नेपाली साहित्य जगत्मा ख्यातिप्राप्त व्यक्तित्वको नाउँ हो जसले साहित्यका विविध विधाहरूको रचना गर्दा नेपाली भाषाको विशिष्ट स्वरूपको प्रयोगमा विशेष ध्यान दिएको पाइन्छ । नेपाली भाषाको कथ्य स्वरूपका विभिन्न क्षेत्रीय एवम् सामाजिक भेदहरू रहे जस्तै लेख्य स्वरूपका पनि भेदहरू हुन सक्तछन् । प्राय: यस्ता भेदहरू राष्ट्रिय स्तरमा ख्यातिप्राप्त सुप्रसिद्ध साहित्यकारहरूद्वारा रचिएका साहित्यिक कृतिहरूमा प्रयोग गरिएका भाषाको अध्ययनबाट ठम्याउन सकिन्छ । लेखनाथ, देवकोटा, सम आदिजस्ता उत्कृष्ट साहित्यकारहरूले आफ्ना रचनाहरूमा प्रयोग गरेका भाषामा उनीहरूका आआफ्नै किसिमका विशेषताहरू रहेका पाइन्छन् । नेपाली सन्दर्भमा लेखनाथको भाषा र देवकोटाको भाषामा अथवा देवकोटाको भाषा र समको भाषामा केही भिन्नताहरू रहेका पाइन्छन् । प्रत्येक साहित्यकारले आफ्ना रचनामा प्रयोग गरेका भाषामा तुलनात्मक रूपमा जुन भिन्नताहरू पाइन्छन् तिनका आधारमा व्यक्ति साहित्यकारको भाषा चिनिने हुन्छ । अथवा व्यक्तिसाहित्यकारले आफ्ना रचनामा प्रयोग गरेका भाषाका स्वरूपमा अन्य साहित्यकारहरूले आफ्नो रचनाहरूमा प्रयोग गरेका भाषाको स्वरूपभन्दा भिन्न विशेषताहरू देखिन्छन् भने त्यो भाषा उसको व्यक्तिभाषा मानिन्छ । बालकृष्ण समका साहित्यिक रचनाहरूमा प्रयुक्त भाषाको स्वरूप पनि अरू साहित्यकारहरूका भाषाका तुलनामा आफ्नै किसिमको रहेको पाइने हुनाले उनको भाषा पनि व्यक्ति भाषा नै ठहरिन्छ । जुन साहित्यकारले आफ्नो साहित्यका माध्यमबाट आफ्नै भाषिक स्वरूपको निर्माण गर्दछ त्यसलाई उच्च कोटिको साहित्यकार मान्न सकिन्छ ।

२. समको व्यक्तिभाषा
बालकृष्ण सम उपन्यासबाहेक साहित्यका अधिकांश विधाहरूमा कलम चलाउने र सफलताको शिखरमा पुग्ने व्यक्तित्वको नाउँ हो तर पनि नाट्य विधामा उनको नाउँ बढी प्रखर र प्रसिद्धिको उत्कर्षतामा पुगेको देखिन्छ । सबै विधामा उनको भाषिक संरचना परिष्कृत रहेको पाइन्छ । भाषिक प्रयोगका आधारमा नै समको वैयक्तिक छवि स्पष्टत: मुखरित हुन सकेको देखिन्छ । कुनै पनि स्रष्टा वा लेखकको भाषिक संरचना अरूको भाषिक संरचनाभन्दा भिन्न देखिन्छ र त्यसको अनुसरण अरूबाट हुन सक्तैन भने त्यो एक विशिष्ट वा व्यक्तिभाषाको रूपमा परिभाषित हुन सक्तछ । वस्तु: समले आफ्ना विविध कृतिहरूमा प्रयोग गरेको भाषिक स्वरूप अरू कसैको भाषिक स्वरूपसँग मिलेको देखिँदैन । यस कारण बालकृष्ण समले प्रयोग गरेका भाषालाई उनको निजी भाषा वा व्यक्ति भाषाका रूपमा परिभाषित गर्न सकिन्छ । यस लेखमा उनको व्यक्ति भाषाको अध्ययन गर्ने जमर्को गरिएको छ । उनका विविध विधासँग सम्बन्धित कृतिहरू अधिसङ्ख्यक रहेकाले ती सबै कृतिमा प्रयोग भएको भाषिक स्वरूपको अध्ययन गर्ने धृष्टता भने गरिएको छैन । अध्ययनको आधार उनको चिसो चूल्हो नामबाट महाकाव्यमा प्रयुक्त भाषिक स्वरूपलाई बनाइएको छ । साहित्यका विधाका आधारमा पनि स्रष्टाले प्रयोग गरेका भाषिक स्वरूपमा भिन्नता रहने हुन्छ । समका विधागत कृतित्वका आधारमा नाट्यभाषा, कथाभाषा, निबन्धभाषा, एवम् काव्यभाषा जस्ता सूक्ष्म भेदहरू पनि प्राप्त गर्न सकिन्छ तर यस लेखमा उनको काव्य भाषाको अध्ययनलाई महत्त्व दिइएको छ । त्यसमा पनि केन्द्रीय आधार चाहिँ उक्त महाकाव्यलाई बनाइएको छ तर यसमा यस काव्यका भाषाको स्थूल अध्ययन मात्र गरिनेछ । उनको काव्य भाषालाई व्याकरणनिष्ठ भाषा, परिष्कृत भाषा, कलात्मक भाषा, चित्रात्मक भाषा, साङ्गीतिक भाषा, सरल र सुबोध भाषा, पद्यात्मक गद्यता, गद्यात्मक पद्यता आदि उपशीर्षकहरूका आधारमा केलाउनु आवश्यक ठानिएको छ ।

२.१ व्याकरणनिष्ठ भाषा
कुनै लेख्य भाषा व्याकरणनिष्ठ हुन्छ तापनि स्रष्टाहरूले अभिव्यक्तिकौशलता एवम् आलङ्कारिताद्वारा सौन्दर्यको उत्पादनका निमित्त व्याकरणिक विचलन गर्ने चलन रहेको पाइन्छ । समका दाजु पुष्करशमशेर व्याकरणकार थिए र सम आफू व्याकरणकार नभए पनि कुशल व्याकरणविद् चाहिँ हुन् भन्ने कुरा उनको भाषिक प्रयोगबाट नै थाहा पाउन सकिन्छ । व्याकरणिक दृष्टिले शुद्ध भाषाको प्रयोग कमै साहित्यकारहरूले गरेको पाइन्छ । कतिपय साहित्यकारहरूले गद्य भाषाको प्रयोगमा व्याकरणिक मर्यादाको परिपालना गरे पनि पद्य भाषाको प्रयोगमा त्यसको समुचित पालना गर्न सकेको देखिँदैन । शास्त्रीय छान्दोविधान रहेका पद्यमा प्राय: पदक्रममा विचलन रहेको देखिन्छ, अन्वय नगरीकन अर्थ बोध गर्न कठिन हुने खालको पद्य रचना गर्ने कविहरू धेरै पाइन्छन् । सोमनाथ सिग्द्यालजस्ता व्याकरणकार पनि यसबाट अछूत रहन सकेका देखिँदैन । तर बालकृष्ण समको शास्त्रीय छन्दमा रचिएको कवितामै पनि पद क्रमको विचलन त्यति पाइँदैन । छन्दोविधानकै क्रममा वर्णविन्याससम्बन्धी विचलन गर्ने कविहरू पनि कम देखिँदैनन् तर समबाट यस कुरामा बहुतै सतर्कता अँगालिएको पाइन्छ । कतिपय स्रष्टाहरूका रचनामा आलङ्कारिक एवम् अभिव्यक्ति ताच्छिल्यबाट सौन्दर्य उत्पादनका लागि नभई व्याकरणिक नियमका प्रमादका कारणले लिङ्ग, वचन तथा तिर्यक् कारकीय पद्धतिमा विचलन उपस्थित भएको देखिन्छ तर समका काव्यरचनामा यस प्रकारको विचलन रहेको पाइँदैन । चिसो चूल्हो बिसौँ सर्गको सर्गशीर्षक ‘सम्मेलन’ अन्तर्गतको ‘दिन्’ नामक कवितामा बाहेक अन्यत्र कतै पनि सग्ला शब्दको खुट्टो काट्ने काम समबाट भएको पाइँदैन । यो कविता चाहिँ भानुभक्त आचार्यको पद्य शैलीको अनुकरण गर्ने क्रममा लेखिएको हुनाले हलन्त प्रयोग गर्ने काम भएको देखिन्छ । समको गद्य भाषाको प्रयोगमा शब्दको उच्चारणप्रति पनि विशेष ध्यान दिइने क्रममा एकाध ठाउँमा खुट्टा नकाटिने शब्दका खुट्टा काटिएको भए पनि समले अन्यत्र यसो गरेको पाइँदैन । यस आधारमा समले आफ्नो काव्य भाषामा व्याकरणिक नियमहरूको पूर्णत: परिपालन गरेको मान्नु पर्ने देखिन्छ । वस्तु: समले आफ्ना रचनामा व्याकरणनिष्ठ भाषाको प्रयोग गरेको पाइन्छ । कारकीय उपक्रम, विशेषण विशेष्य, क्रिया विशेषण क्रिया आदिको अनुक्रम, विराम चिन्हहरूको प्रयोग तथा पदयोग र वियोगका सुष्ठु प्रयोग रहेकाले पनि यो कुरो सिद्ध हुन सक्ने देखिन्छ ।

२.२ परिष्कृत भाषा
समले आफ्ना जुनसुकै विधागत रचनामा पनि परिष्कृत भाषाको प्रयोग गरेको पाइन्छ । नेपालीमा प्रयोग हुने गरेका संस्कृतका तत्सम शब्द, तद्भव शब्द र आगन्तुक शब्दहरूलाई समले यथोचित ठाउँमा समुचित प्रयोग गरेको पाइन्छ । कुनै पनि परम्परागत सिद्धान्तलाई भन्दा आफ्नै सिद्धान्तलाई महत्त्व दिने र त्यसको उपयोग मर्यादित ढङ्गले गर्ने बालकृष्ण समको भाषिक संरचनामा पनि आफ्नै किसिमका विशेषताहरू रहेका देखिन्छन् । उनले सोमनाथ सिग्द्यालझैँ क्लिष्ट तत्सम शब्दहरूको चमत्कारपूर्ण प्रयोग गरी अभिव्यक्तिलाई दुर्बोध र जटिल बनाएको पाइँदैन, तत्सम शब्द जति नै क्लिष्ट भए पनि त्यसको कुन ठाउँमा कसरी प्रयोग गर्दा उचित हुन्छ त्यस कुराप्रति सचेतता अँगालेको पाइन्छ । पूर्वीय काव्य सिद्धान्तको रीति सिद्धान्त एवम् औचित्य सिद्धान्तलाई रटेर पानी पारेका सोमनाथ सिग्द्यालले भन्दा समले शब्द प्रयोगमा आफ्नो कलात्मक सिपको सम्यक् प्रयोग गरेको देखिन्छ । शब्दको लालित्यपूर्ण प्रयोगका निमित्त सहज सीप भएका लेखनाथ पौड्यालमा जस्तो स्वत:स्फूर्त माधुर्यको सृष्टि गर्ने प्रतिभा नभए पनि साङ्गीतिक तरलताको मिठास भनृ सक्ने प्रतिभा सममा रहेको हुनाले उनका शब्द प्रयोगमा अस्वाभाविकता रहेको पाइँदैन । आफैँ पनि शब्दहरूको सृष्टि गरेको भावको विस्तार गर्ने सहज एवम् स्वत:स्फूर्त प्रतिभा भएका देवकोटाको जस्तो विराट् शक्ति सामर्थ्य नरहे पनि व्युत्पन्न प्रतिभाका धनी समले आफूमा आभ्यासिक साधनाको राम्रो विकास गरेको र त्यसको सदुपयोग भाषिक संरचनामा बढी गरेको हुनाले तथा परिष्कार चेतना प्रखर रहेकाले त्यसको क्षतिपूर्ति नभएको देखिँदैन । थोरै शब्दमा व्यापक र गहन भाव झल्काउन सक्ने माधव घिमिरेमा जस्तो काव्य भाषामा अन्त:सौन्दर्य प्रस्फुटित गर्ने क्षमताको अभाव रहँदा पनि कला चेतना बढी रहेका कारणले समका भाषिक संरचनामा शिथिलता आएको पाइँदैन । आफू बौद्धिक प्रयोगाकाङ्क्षी रहेका भए पनि उनले मोहन कोइरालाले जस्तो वैयक्तिक प्रतीकको र जगदीश शमशेर राणाले जस्तो दुर्बोध मिथकको प्रयोग नगरिकनै पनि परिष्कृत काव्य भाषाको प्रयोग गरेको पाइन्छ । राम्ररी बुझेर ठीक ठाउँमा उचित ढङ्गले कुनै पनि शब्दको प्रयोग गरिन्छ भने त्यसले कामधेनु गाईले झैँ वाञ्छित फल दिन्छ भन्ने भनाइलाई राम्ररी बुझेका समले आफ्ना रचनामा अनर्थ शब्दहरूको प्रयोग गरेको पाइँदैन । भाषिक एकाइ अन्तर्गत रहेका शब्द, पद, पदावली, उपवाक्य, वाक्य आदिको परिष्कृत प्रयोगले गर्दा नै समको भाषिक विधान बढी प्रभावकारी बनेको देखिन्छ ।

२.३ कलात्मक भाषा
समले आफ्ना साहित्यिक रचनाहरूमा कलात्मक भाषाको प्रयोग गरेको पाइन्छ । एउटा मूर्तिकारले देवदेवीको, मानवको वा मानवेतर प्राणीको प्रतिमा, सालिक वा मूर्ति बनाउनका निमित्त साधनाको आवश्यकता पर्दछ र कुनै सार्वकालिक, सार्वजनिक र शाश्वत विचारको प्रतिपादन गर्नाका निमित्त पनि दीर्घ तपस्या एवम् समाधि वाञ्छनीय हुन्छ । त्यस्तै साहित्यमा कला सौन्दर्यको सिर्जनाका निमित्त साहित्यकारको गम्भीर साधनाको आवश्यकता पर्दछ । जहाँसम्म समको साहित्यिक भाषा वा काव्य भाषाको सन्दर्भ छ, उनी शब्दहरूको चयन गर्नमा, कुन शब्दलाई कहाँ र कसरी प्रयोग गर्दा सुन्दरता, मधुरता र लालित्यको सृष्टि हुन्छ त्यसलाई त्यसै रूपमा र त्यसरी नै प्रयोगमा ल्याउन सिपालु रहेका देखिन्छन् । अलङ्कारहरूको प्रयोगबाट भाषिक विधानमा, अभिव्यक्तिको ताच्छिल्यमा र तीक्ष्णतामा सहयोग पुग्ने हुन्छ । शब्दालङ्कारबाट भाषिक विधानमा र अर्थालङ्कारबाट अभिव्यक्ति श्रुतिमाधुर्यको सिर्जना हुन्छ भने अर्थालङ्कारले अर्थमा चमत्कार उत्पन्न गर्ने गर्दछ । व्यञ्जनसाम्य, स्वरसाम्य आदि हुने किसिमले शब्दहरूको संयोजन गर्नु र अर्थमा प्रखरता, तीव्रता आदि उत्पन्न हुने किसिमले उपमान तथा उपमेयको वा अप्रस्तुत र प्रस्तुतको अनि विम्ब तथा प्रतिविम्बको विधानबाट साहित्यमा वा काव्यमा सौन्दर्यको उत्पादन हुने गर्दछ । समले यस कुरामा बहुतै ध्यान पुर्‍याएको देखिन्छ । सोमनाथ सिग्द्यालले आफ्ना काव्यमा अलङ्कारहरूको प्रयोग पाण्डित्यपूर्ण ढङ्गले गरेको पाइन्छ भने लेखनाथले सहजता र स्वाभाविकताप्रति बढी ध्यान दिएको पाइन्छ । देवकोटा भावको उत्कर्षतामा विशेष ध्यान दिने हुनाले असचेत अवस्थामै वा स्वत:स्फूर्त रूपमा नै अलङ्कारहरूको प्रयोग गर्न पुगेका देखिन्छन् भने माधव घिमिरे असचेत र सचेत दुवै अवस्थामा प्रयोग गरिएका अलङ्कारहरूलाई मूर्त रूप दिन प्रयासरत रहेका देखिन्छन् । सम भने सोमनाथ सिग्द्याल र लेखनाथ दुवैका गुणहरूको समन्वितिलाई अझ कलात्मक रूप दिँदै अलङ्कारहरूको प्रयोग गर्न रुचाउँछन् । सम काव्यलाई भावात्मक कोमलता एवम् बौद्धिक कलात्मकताद्वारा सुन्दर र मूर्त रूपमा प्रस्तुत गर्नुलाई उपयुक्त ठान्दछन् । अलङ्कारले जस्तै विम्ब एवम् प्रतीकहरूको प्रयोगबाट पनि साहित्यमा वा काव्यमा सौन्दर्यको सृष्टि हुने हुन्छ । समले आफ्ना रचनामा प्रसङ्ग अनुसार दृश्यविम्ब, श्रुतिविम्ब, स्पर्शविम्ब आदिका प्रयोगबाट काव्यमा कलात्मकताको सिर्जना गर्ने सफल प्रयत्न गरेको पाइन्छ भने प्रतीकहरूको प्रयोगमा प्राकृतिक, सामाजिक तथा सांस्कृतिक स्रोतलाई बढी महत्त्व दिएको पाइन्छ । उनले वैयक्तिक प्रतीकप्रतिभन्दा परम्परागत प्रतीकप्रति विशेष ध्यान दिएको पनि पाइन्छ । अनुकरणात्मक शब्दहरूको प्रयोगबाट एकातिर क्रिया व्यापारलाई उद्दीपित पारेको देखिन्छ भने अर्कातिर सौन्दर्योत्पादनमा सहयोग पुर्‍याएको पनि पाइन्छ । कोशस्थ शब्दहरूको आडम्बरपूर्ण प्रयोग नभइकन चलनचल्तीकै शब्दहरूको सुन्दर प्रयोगले गर्दा समका काव्य साधनामा सौन्दर्यको छटा कलापूर्ण ढङ्गले उद्भासित भएको पाइन्छ । यसर्थ समले आफ्ना रचनाहरूमा प्रयोग गरेको भाषा कलापूर्ण रहेको मान्न सकिन्छ ।

२.४ चित्रात्मक भाषा
बालकृष्ण समले आफ्ना काव्यमा साङ्गीतिक भाषाको पनि प्रयोग गरेको पाइन्छ । उनका विचारमा जुन शब्दमा अन्तध्र्वनि निनादित हुन्छ त्यस्तो एउटै शब्द पनि सङ्गीतमय हुन्छ । सङ्गीतको विशेषता भनेका गति, यति, लय र ताल हुन् अनि स्वरको आरोह अवरोह एवम् घूर्णिमा पनि यसका विशेषता अन्तर्गत नै आउँछन् । हाम्रा वैदिक, वार्णिक, वर्णमात्रिक तथा मात्रिक आदि छन्दहरूको स्वरबद्ध लय हालेर तथा गति र यति मिलाएर उच्चारण गरिँदा सङ्गीत प्रस्फुटित हुने गर्दछ । तिनको यथोचित उच्चारण गर्न नसक्ता ती गद्यमय हुन्छन् । तथाकथित गद्यको उच्चारण लयात्मक ढङ्गले गरिन्छ भने त्यो स्वत: साङ्गीतिक हुन्छ । समले छन्दका अनन्त सम्भावना रहने अभिमतलाई अघि सारेको पाइन्छ । नेपालीमा वेदमा पाइने अनुष्टुप् छन्दबाहेक अन्य त्रिष्टुप्, उष्णिक् आदि छन्दहरूको प्रयोग अरू कसैले पनि गरेको पाइँदैन तर समले आफ्नो काव्यमा तिनको नवीकरणका साथ प्रयोग गरेको दाबी गरेको पाइन्छ । समका दृष्टिमा चिसो चूल्होमा खालि एक सर्गमा गद्य स्वरूपको भाषा प्रयोग गरेको देखिन्छ । यस आधारमा आज लेखिँदै रहेको गद्य कविताहरू सबै ने छन्दोविधान अन्तर्गत पर्दछन् । समले आफ्नो उक्त महाकाव्यमा नयाँनयाँ छन्दहरूको प्रयोग गरेको मत प्रकट गरेको पाइन्छ । यस आधारमा चलनचल्तीमा रहेका शास्त्रीय एवं लोकछन्ददेखि बाहेक पनि अनन्त छन्दहरू छन् । लयात्मक उच्चारण रहेको हरेक बोली छन्दोमय हुन्छ भन्ने समको विचार पाइन्छ । छन्द सङ्गीतको कारण होइन, बरु सङ्गीत छन्दको कारण हो, किनभने छन्दमा त कोश, व्याकरण, दर्शन, गणित आदि विषयहरू पनि लेखिएका पाइन्छन् । सङ्गीतले मूलत: हृदयलाई तरङ्गित तुल्याउँछ, आह्लादित बनाउँछ । साहित्य पनि वस्तुत: हृदयको उपज हो, बौद्धिक उपज नै भए पनि त्यो हृदयतिरै अभिमुख रहने गर्दछ । यस सन्दर्भमा बालकृष्ण समको ‘भावनाको बौद्धिक कोमलता नै कविता हो’ भन्ने वाक्यलाई उदाहरणका रूपमा लिन सकिन्छ । यसबाट कोरा बौद्धिकता साहित्य हुन सक्तैन भन्ने स्पष्ट हुन्छ । यसर्थ असाहित्यिक छन्दोविधानमा सांगीतिकता रहँदैन । साहित्येतर विषयलाई लिएर गरिएको छन्दोविधानका पङ्क्तिको उच्चारणमा लेग्रो तान्न त सकिन्छ तर त्यसले हृदयस्पर्श गर्न चाहिँ सक्तैन । बरु सुललित पद विन्यास गरिएको पङ्क्तिहरूको उच्चारण साङ्गीतिक रूपमा गरिँदा त्यसले हृदयलाई स्पर्श गर्दछ र त्यो छन्दोमय हुन्छ । यस्ता पङ्क्तिहरूमा समले छन्दको सम्भावना देखेका छन् । यसैले समको चिसो चूल्होका साङ्गीतिक गद्य पङ्क्तिहरू छन्दोमय रहेका पाइन्छन् । लामाछोटा जस्ता पङ्क्तिहरू रहे पनि तिनमा त्यसै किसिमको सङ्गीत हुन्छ भन्ने समकै धारणाअनुसार उनका काव्य पङ्क्तिहरूमा साङ्गीतिक झङ्कार रहेको पाउन सकिन्छ । यस कारण समले आफ्ना काव्यमा सांगीतिक भाषाको प्रयोग गरेको मान्न सकिन्छ ।

२.६ पद्यात्मक गद्यता
समका कतिपय नाटकहरू अनुष्टुप् छन्दमा लेखिएका छन् । तिनमा रहेका उपवाक्यैपिच्छे अर्धविरामको प्रयोग गरिएको पाइन्छ । एकभन्दा बढी पात्रका संवादलाई अनुष्टुप् छन्दका दुई वा चार चरणमा अटाइएका स्थितिमा प्रत्येक पात्रका संवादलाई अर्धविरामले छुट्याइएको पाइन्छ । ती संवादहरूले छन्दशैलीमा नपढी गद्य शैलीमा पढ्दा पद्य पढिरहेको अनुभूति हुँदैन, बरु गद्य पढिरहेको अनुभव गर्न सकिन्छ । रङ्गमञ्चमा पात्रहरूको संवाद गर्दा गद्यमा बोलेकै पाराले पनि उच्चारण गर्न सक्तैनन् । तिनमा प्रयुक्त पद वा पदावलीको अर्थ बोधका निमित्त अन्वय गरिरहनु पर्दैन, किनभने ती संवादमा व्याकरणिक पदक्रम र पदसङ्गति रहेको पाइन्छ । यस कारण उनका पद्यनाटक भनिएका कृतिहरूमा गद्यात्मकता रहेको पाइन्छ । यसरी सम भाषालाई पूर्णत: आफ्ना अधीनमा राख्न सक्ने क्षमता भएका स्रष्टा देखिन्छन् । उनले आफ्ना नाटकहरूमा प्रशस्त मात्रामा आफ्नो भाषिक संरचना सिपलाई प्रस्तुत गरेको पाइन्छ । नेपाली भाषाका मौलिकता र यसको स्वरूपलाई राम्ररी बुझेका समले प्रयोगमा पनि असाधारण कौशल देखाएको पाइन्छ । यस आधारमा सम देवकोटाझैँ नेपाली भाषाको अथाह भण्डार रहेका स्रष्टाका रूपमा परिचित हुन पुगेका देखिन्छन् ।

२.७ गद्यात्मक पद्यता
समका काव्य कवितामा शास्त्रीय छन्दहरूका गणविधान तथा मात्रा विधान एवम् लोक छन्दहरूको लय विधान नभएका पङ्क्ति शृङ्खला परम्परागत नियमअनुसार गद्यात्मक नै मानिने भए पनि यसमा पद्यात्मक विशेषताहरू रहेको पाइन्छ । ‘गद्य’ बोल्नु वा भन्नु अर्थको ‘गद्’ धातुबाट निष्पन्न भएको देखिन्छ । धात्विक अर्थका आधारमा ‘गद्य’को अर्थ कुारकानीको वा बोलचालको भाषा भन्ने बुझिन आउँछ अथवा भाषण वा वक्तृता शैलीको भाषासँग सम्बन्धित रचना भन्नु पर्ने हुन्छ । ‘पद्य’ हिँड्नु वा गमन गर्नु अर्थको ‘पद्’ धातुबाट निष्पन्न भएको देखिन्छ । धात्विक अर्थको आधारमा यसको अर्थ भाषाको गतिमय स्वरूप भन्ने बुझिन आउँछ अथवा गतिमय, लयात्मक, वर्ण मात्राको समुचित मेल र उच्चारणको यथोचित यतिसमेतको व्यवस्था आदि छान्दिक नियममा बाँधिएको रचना भन्ने बुझ्नु पर्ने हुन्छ । गायनमा नआउने वाक्यलाई गद्य र गायनमा आउने वाक्यलाई पद्य भन्न पनि सकिन्छ तर समकै आत्मस्वीकृति अनुसार तेइसौँ सर्गको ‘कालोपाटो’ सर्ग शीर्षक अन्तर्गतको कविता बाहेक सबै छान्दिक वाक्य विधान भएका कविता हुन् । उनका विचारमा ध्वनिको गति रहेका एक वा अनेक शब्दमा छान्दिक विशेषता रहन्छ । यस आधारमा हेर्दा परम्परागत नियमका आधारमा समका उक्त काव्यका कविताहरू र यस्ता अन्य कविताहरूको भाषिक विधान पद्यात्मक रहेको देखिन्छ । उनका कवितात्मक वाक्यमा गति, यति र लयको यथोचित समन्विति रहेकाले पनि यस कुराको पुष्टि हुन सक्ने देखिन्छ ।

२.८ शैल्यनुकरणशीलता
भाषा र शैलीका बिचमा अन्योन्याश्रित सम्बन्ध रहन्छ । शैली विज्ञानअनुसार भाषा पनि शैलीकै सन्निकट रहन्छ । बालकृष्ण समले आफ्ना अग्रज एवम् समकालीन कविहरूका काव्य शैलीको सफल अनुकरण गरेको पाइन्छ । चिसो चूल्होका बिसौँ सर्गको ‘सम्मेलन’ तथा एकाइसौँ सर्गको ‘सुनका पात्र’ सर्ग शीर्षक अन्तर्गत रहेका कविता वा काव्यांशहरू अरूका काव्यशैलीको अनुकरणका आधारमा लेखिएका देखिन्छन् । उक्त महाकाव्यका यी दुई सर्गमा कवि सम्मेलनमा उपस्थित कविहरूले आफ्ना आफ्ना कविता पाठ गरेको अनुकल्पना गरिएको छ । यसमा आदिकवि भानुभक्तले पाठ गरेको ‘दिन्’, मोतीराम भट्टले पाठ गरेको ‘बल’, लेखनाथले पाठ गरेको ‘विश्रान्ति’, धरणीधरले पाठ गरेको ‘अगि बढ्’, देवकोटाले पाठ गरेको ‘झ्याउरे’, माधव घिमिरेले पाठ गरेको ‘गौरी’ आदिलाई उदाहरणका रूपमा लिन सकिन्छ । पाठ गरिएका कविताहरूमा ती ती कविहरूकै जस्तो शिल्पविधान रहेको पाइन्छ । यसबाट समको भाषिक संरचना क्षमता कति व्यापक र उच्च थियो भन्ने कुरा स्पष्ट हुन्छ ।

३. उपसंहार
सबै साहित्यकारहरूले आफ्नो भाषिक संरचनालाई अरू साहित्यकारहरूको भाषिक संरचनाका तुलनामा भिन्न किसिमको र स्वत्व झल्कने एवम् पाठकहरूबाट स्पष्ट पहिचान्न सकिने खालको भाषिक संरचना गर्न सकेको पाइँदैन तर बालकृष्ण समले भने आफ्नो साहित्यमा आफ्नै पहिचान दिने र स्वत्व प्रतिष्ठापित हुने खालको भाषिक संरचना प्रस्तुत गरेर उदात्त प्रतिभाको परिचय दिएको पाइन्छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 638
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.