SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नेपाली समालोचनाका एक अभिप्राप्ति – राजेन्द्र सुवेदी
समीक्षा

नेपाली समालोचनाका एक अभिप्राप्ति – राजेन्द्र सुवेदी

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
नवीन पौडेल समकालीन पुस्ताका सक्रिय समीक्षक प्रतिभा हुन् । उसनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा पौडेलको ‘नेपाली समालोचनाका एक अभिप्राप्ति : राजेन्द्र सुवेदी’ शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले

-सम्पा‍.

 

१. राजेन्द्र सुवेदीको परिचय

नेपाली साहित्यमा राजेन्द्र सुवेदीको विशिष्ट योगदान रहेको छ। उनको जन्म ताप्लेजुङको अमरपुर भन्ने ठाउँमा साउन ९ गते, वि. सं. २००० मा भएको हो । उनका बाबुआमाको नाम स्व. पद्मप्रसाद सुवेदी र स्व. राधिका सुवेदी हो । उनले कालिम्पोङको कुमुदिनी हाइस्कुलबाट मेट्रिक परीक्षा उत्तीर्ण गरी क्रमैवले आफ्नो अध्ययन जारी राखेका हुन्। उनले शिक्षणका विभिन्न पदबाट सेवानिवृत्त भएर हालमा काठमाडौंको कोटेश्वरमा आफ्नो स्वतञ्त्र लेखनमा एकनिष्ठ भएर रहेका छन्। हालसम्म उनका कविता, निबन्ध र समालोचना गरी जम्मा १६ वटा जति पुस्तक प्रकाशित छन् । कविले आफ्नो जीवनकालभरि साहित्यकै सेवा र साधना गरिरहेका छन् । उनी मूलत: समालोचक हुन् भने कवि र निबन्धकार पनि हुन् ।

राजेन्द्र सुवेदीले आफ्नो जीवनकालमा विभिन्न ठाउँको पानी पिएका थिए । कता कता पढ्दै जाँदा कालिम्पोङमा केही वर्ष पढे । इलामको महेन्द्र रत्न कलेजका क्याम्पस प्रमुख, मेची क्याम्पसमा प्राध्यापन गर्दै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय नेपाली विभागमा विभिन्न तह हुँदै प्रोफेसरसम्म बनेका थिए । उनी आफ्नो जीउडालले मात्र होइन, मनले, कर्तव्यले, लेखनले, उच्च गुणस्तरीय पुस्तकहरूले, स्नेहले, सद्व्यवहार, आदर्शत्वले पनि ‘जायन्ट’ थिए । उनी प्रगतिशील साहित्यकार थिए भन्ने भनाइ छ तर उनीका कुनै कृतिमा सोझो नारा पाइँदैन थियो । कलाले छोपिएको प्रगतिवादिता उनको सिर्जनधर्मिता थियो । उनी भारतका प्राय: धेरैजसो साहित्यकारसित सुसम्पर्कित, न्यानो सम्बन्ध राख्दथे । उनलाई दार्जिलिङ, सिक्किम, आसाम, मणिपुरतिर पुगेका, धेरै साहित्यकारसित सुसम्बन्ध राखेका थिए। ती ती ठाउँमा आफैं घुमी घुमी साहित्यकारसित सम्पर्क राखेका थिए । यताको नेपाली साहित्यलाई उनले विशेष महत्त्व दिन्थे ।

२. सर्जक राजेन्द्र सुवेदी

राजेन्द्र सुवेदी मूलत: प्रगतिवादी धाराका कवि पनि हुन्। उनका कवितामा शास्त्रीय छन्दप्रयोगका साथै शास्त्रीय चिन्तन, अध्ययन र पौल पाइन्छ। कवितालाई आफ्ना स्वान्त सुखायका निम्ति प्रयोग गरे तापनि उनका कवितामा नीति, ज्ञान, उपदेश, देश-जाति-भाषा प्रेमको सन्देश, आर्य सभ्यता, संस्कृतिका उत्थान-उन्नयनका पक्षधर र चिन्तक देखिन्छन् । आत्मनिर्माण महाकाव्यका भाव, शैली र ढाँचा देवकोटाकै शाकुन्तलसित कही मात्रामा मिल्ने गर्छन् । उनी शास्त्रीय वार्णिक छन्दमा कविता लेख्छन्, अझ त्यसमा पनि शार्दूलविक्रीडित छन्द उनका निम्ति प्रिय छन्द देखिन्छ । उनको सजिलैसँग छन्दमा कविता लेख्न सक्छन्, छन्दमा नै आफ्ना भावलाई व्यक्त गर्न सक्छन् । उनका निम्ति छन्द साधन हो तर बाधक होइन। उनले आफ्ना सहजानुभूतिलाई छन्दमा नै पाठकसमक्ष अभिव्यक्त गरेर काव्यानन्द दिन्छन् । छन्दको पालन मात्र नगरेर उनका कवितामा भावको सघनता, अर्थगत गम्भीरता, आधुनिक विचारधारा र युगीन चेतना पाइन्छन् । यसका साथै उनका कवितामा इतिहास चेतना, जातीय उत्थानका चिन्तन, समाज अध्ययन, आदर्शको परिपालन, कवि-प्रतिभाको गुणगान, प्राकृतिक सौन्दर्य वर्णन जस्ता विषयवस्तु पाइन्छन् । उनले पूर्वीय काव्य परम्परालाई जोगाइराखेका छन्, काव्यको भव्य गरिमालाई पालन गरिरहेछन् ।

सुवेदीका व्यक्तित्वका विभिन्न आयामको थिए । उनी एक कवि, निबन्धकार, कुशल समालोचक, सिद्धहस्त सम्पादक, प्रकाशक आदि थिए । यद्यपि उनी एक प्रिय र आदर्श शिक्षक, दक्ष प्रशासक र एक असल मानिस । उनी पैँतीस वर्षभन्दा बढी क्याम्पस र विश्ववियालयका ब्याचका ब्याच विद्यार्थीका निम्ति प्यारो र आदर्श गुरु थिए । उनका धेरै विद्यार्थीहरू अहिले त्रिभुवन विश्वविद्यालय, प्रशासनिक सेवा, विद्यालय आदिमा कार्यरत् छन् ।

सुवेदी एकजना कुशल साहित्यकार थिए । उनी एक सशक्त स्रष्टा र द्रष्टा दुवै थिए । उनले सजिलैसँग छन्दमा कविता लेख्न सक्थे। उनको छन्दोबद्ध ‘आत्मनिर्णय’ महाकाव्य प्रकाशित छ । यसमा नेपालको उत्पत्ति, सुवेदीहरूको उत्पत्ति र पृष्ठभूमि, नेपालका विभिन्न भूभागको सौन्दर्य वर्णन गरिएको छ। उनी एक कुशल निबन्धकार थिए ।

३. समालोचकका रूपमा राजेन्द्र सुवेदी

समालोचनाका क्षेत्रमा सुवेदी विशेष उचाइमा थिए । उनको पछिल्लो सांस्कृतिक समालोचना र नेपाली साहित्य पुस्तकमा अहिले नयाँ नयाँ पाश्चात्य साहित्य सिद्धान्तको व्याख्या र तिनको नेपाली साहित्य सन्दर्भको समीक्षा गरेका छन्। उनको ‘नेपाली समालोचना परम्परा र प्रवृत्ति’ पुस्तकमा पनि नेपाली समालोचनाको इतिहास, परम्परा, कालविभाजन र प्रत्येक चरणको प्रवृत्ति र समालोचकहरूको बारेमा सम्यक् चर्चा गरिएको छ । यीबाहेक उनका अन्य धेरै पुस्तक प्रकाशित छन् । तीमध्ये ‘विषय गहन सतह चिन्तन’, २०३८) स्रष्टा सृष्टि द्रष्टा दृष्टि (२०४३, नेपाली निबन्ध विषयक समालोचना), समकालीन साहित्यकारका बीचमा झपटबहादुर राणा (२०४७), केही समीक्षण केही विश्लेषण (२०४९), कविता सोच (२०५०),‘नेपाली उपन्यास परम्परा र प्रवृत्ति’(२०५३), सृजन विधाकापरिधिमा पारिजात (२०५४), सृजन विधाका परिधिमा ध्रुवचन्द्र गौतम (२०५४), नेपाली साहित्यको रूपरेखा (२०५५, सहलेखन), सृजनात्मक लेखन सिद्धान्त र विश्लेषण (२०५७), नेपाली समालोचना परम्पारा र प्रवृत्ति (२०६८), काव्य निबन्ध केन्द्रका देवकोटा (२०६६), चलचित्र अध्ययन (२०६९), समसामयिक नेपाली उपन्यासका प्रवृत्ति २०७२, सांस्कृतिक समालोचना र नेपाली साहित्य (२०७२), मा आदि उच्च अध्ययनका निम्ति आधिकारिक सन्दर्भग्रन्थका रूपमा रहेका छन्। उनले समापदन गरेका कृतिहरू हुन्- ‘स्रष्टा देवकोटा द्रष्टा परिवेशमा’ (२०४१), पूर्वआधुनिक नेपाली साहित्यको रूपरेखा (सहलेखन सम्पादन), वृहत रत्न नेपाली समालोचना, भाग १ र २, ३. (०६९), जुगल सैद्धान्तिक नेपाल समालोचना (२०७१), समालोचनाका वृत्तमा खेमनाथ दाहाल (२०७२) जस्ता कृतिहरू प्रकाशित छन् ।

समालोचक कुमारप्रसाद कोइरालाका अनुसार ‘राजेन्द्र सुवेदीले सैद्धान्तिक व्यावहारिक जीवनीपरक, विधापरक, आधुनिक, उत्तर आधुनिक, प्रगतिवादी, पर्गतिवादोत्तर, प्रभाववादी, शोधमूलक र समानाय् आदि अक प्रकारका समालचना लेखेका छन्। उनी पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्तका आधारमा साहित्यको अध्ययन गरदछन्। उनका समालोचना विश्लेषणात्मकता, व्याख्यात्मक तुलनात्मक, इतिहाससापेक्ष र निरपेक्ष देखिन्छ्।‘ (प्रा डा कुमारप्रसाद कोइराला, प्रज्ञा नेपाली समालोचक कोश, नेप्रप्र, २०७५, पृष्ठ २४०)।

राजेन्द्र सुवेदीले नेपाली समाललोचना क्षेत्रको विकासका निम्तिनिकै ठुलो काम गरेका छन् । उनको नेपाली सालोतना परम्परा र प्रवृत्ति पुस्तकले नै उनको समालोचनाकारितामाथि विस्तृत सर्वेक्षण, अध्ययन, मूल्याङ्कन गरेका छन्। यस पुस्तकमा नेपाली सामालोचनाको विस्तृत अध्ययन गरेका छन् । उनले नेपाली समालोचनालको कालविभाजन गर्दा पूर्वार्द्ध कालखण्ड र उत्तरार्द्ध कालखमण्ड गरी मूल दुईवटा वर्गीकरण गरेका छन् । पूर्वार्द्ध कालखण्डमा पनि समालोचनाको पृष्ठभूमि र आधुनिक समालोचनाको उठान गरी दुईवटा उपवर्गीकरण गरिएको छ । उत्तराद्र्ध कालखण्डलाई पनि उत्तर आधुनिकताको आरम्भ पूर्ववर्ती चरण र उत्तर आधुनिकताको चरणका रूपमा वर्गीकरण गरिएको छ ।

यस पुस्तकमा जम्मा नौवटा अध्याय रहेका छन्। पहिलो अध्ययमा समालोचनाको परिभाषा परिचय, यसबारे विस्तृत जानकारी राखिएको छ । दोस्रो अध्यायमा पाश्चात्य समालोचनाका स्थापित सम्प्रदायको संक्षिप्त, तेस्रो अध्यायमा नेपाली समालोचनाको उदय, अध्याय चारमा आधुनिक नेपाली समालोचनाको पूर्वाद्र्ध, अध्याय पाँचमा आधुनिक नेपाली समालोचना पूर्वाद्धको पछिल्लो चरण, अध्याय छ मा नेपाली समालोचनाको उत्तराद्र्ध खयड, अध्याय सातमा प्रभावपरक समालोचना र नेपाली समालोचनाकको पछिल्लो चरण २०२० देखि वर्तमान सम्म, अध्याय आठमा प्रगतिवादी समालोचना र अध्याय नौमा बहुलवादी विविध धारा सैद्धान्तिक समालोचना चिन्तन ।

यस पुस्तकको अध्याय दुईमा नीतिवादी, नवशास्त्रीयवाद, स्वच्छन्दतावाद, कल्पना सिद्धान्त, नवनीति वाद, अभिव्यञ्जनवाद, कलावाद, नवपरिष्कारवाद, मनोवैज्ञानिक समालोचना, पाश्चात्य समालोचनामा पूर्ववर्ती चेतनाको अन्त्य रउत्तरवर्ती चेतानाको आरम्भ, नवमूल्यको स्थापना र स्थापित मूल्यहरूको विस्थापन उत्तरआधिकता, नारीवादी समालोचना चिन्तन, उत्तर औपनिशिकवादी समालोचना चिन्तन, सीमान्तीयवादी समालोचना चिन्तन, उत्तर सासंस्कृतिक समालोचना चिन्तन, आप्रवासीयतावादी समालोचना चिन्तन पर्वावरणीय समालोचना चिन्तन र अभिघातवादी समालोचना चिन्तन आदि जस्ता विषयमा वैचारिक, विश्लेषण र चिन्तन गरिएका पाइन्छ । यसमा मोतीराम भट्टदेखि ज्ञानु अधिकारीसम्म सयभन्दा बढी समालोचकहरूका समालोचना प्रवृत्तिका बारेमा छलफल गरेका छन्।

राजेन्द्र सुवेदीको ‘सांस्कृतिक अध्ययन र नेपाली साहित्य’ पुस्तकमा पनि अहिले विश्वमा चलेका नयाँ नयाँ समालोचनाका सिदधान्तको विश्लेषण गरेका छन्। यस पुस्तकमा रहेका केही विषयगत लेखहरू हुन्- ‘समसामयिकता साहित्यको सन्दर्भ’, ‘पुँजीवादको सांस्कृतिक यात्रामा मानवको विस्थापन’, ‘नेपाली साहित्यको सन्दर्भमा उत्तर औपनिवेशकता’, ‘अभिधात सौन्दर्य चिन्तन र नेपाली साहित्यमा प्रयुक्त अभिघात चेतना’, ‘आप्रवासीयतावादी साहित्य चिन्तन र नेपाली साहित्य’, ‘पर्यावरणीय समालोचना र नेपाली साहित्य’, ‘सांस्कृतिक समालोचना चिन्तन र साहित्य’, ‘सांस्कृतिक समीक्षाका सन्दर्भमा पूर्वआधुनिकता’, ‘आधुनिकता र उत्तरआधुनिकता’, ‘नेपाली साहित्यका सन्दर्भमा सांस्कृतिक अध्ययन’, ‘नेपाली साहित्य जतीय सीमान्तता’, ‘नेपाली साहित्यमा लैंगिकता’, ‘नेपाली साहित्यमा पृथकता, क्षमता र प्रतिनिधित्व’, ‘नेपाली साहित्यमा अल्पसङ्ख्या रङ्ग, परिचय र राज्य’, ‘नेपाली साहित्यमा कुसंङ्केचन र अपाङ्गता’ रहेका छन् ।

राजेन्द्र सुवेदीको समालोचनालाई हामी एक गहन अध्येताका रूपमा पाउँछौं। सैद्धान्तिक छलफल र विवेचनामा उनको कलम तिखर पाउँछौं। उनका समालोचनाका जम्मै पुस्तक नपाली साहित्यमा उच्च अध्ययन गर्ने विद्यार्थी, शोधार्थी र सामान्य पाठकका निम्ति सन्दर्भ ग्रन्थका रूपमा रहेका छन् ।

४. निष्कर्ष

नेपाली साहित्यका सिर्जना समालोचनाका क्षेत्रमा राजेन्द्र सुवेदीको नाम सदा आदरणीय, अनुकरणीय, स्मरणीय रहीरहनेछ । सिर्जनामा उनका निबन्ध र कावयकृति एवम् बहुलवादी समीक्षा कृतिले उनलाई अमर बनाउने छ । उनको शैक्षिक एवम् सामाजिक योगदानलाई पनि नेपाली समाजले बिर्सने छैन ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 234
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.