SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » राजेन्द्र सुवेदी : व्यक्ति एक, व्यक्तित्व अनेक
समीक्षा

राजेन्द्र सुवेदी : व्यक्ति एक, व्यक्तित्व अनेक

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
हेमनाथ पौडेल कवि, निबन्धकार, समीक्षक, प्राज्ञ एवम् प्राध्यापक व्यक्तित्व हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘व्यक्ति एक व्यक्तित्व अनेक’ शीर्षकको सुवेदीको जीवनी व्यक्तित्व र कृतित्व र संस्मरणसम्बन्धी सामग्रीलाई समेटिएको छ । यस सामग्रीले सुवेदीलाई केही हदसम्म चिनाएको छ ।

-सम्पा.

विश्वव्यापी रूपमा गत वर्षबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को महामारीले नेपालमा पनि गम्भीर असर पारेको छ र यस महामारीले बालवृद्ध, युवायुवती, धनीगरिब, ठुलोसानो केही नभनी धेरै मानिसलाई अकालमा मृत्युवरण गर्न बाध्य बनाइरहेको छ । यस क्रममा धेरै साहित्यकारहरूले पनि मृत्युवरण गर्नुपरेको छ र एकपछि अर्को गर्दै अप्रत्याशित र अकल्पनीय दुखद घटनाहरू घटिरहेका छन् । यस महामारीले नेपाली भाषा, साहित्यका बहुआयामिक व्यक्तित्व, बहुविधाका स्रष्टा, एवं वरिष्ठ समालोचक, उच्च बौद्धिक एवं प्राज्ञिक व्यक्तित्व, प्रतिष्ठित प्राध्यापक राजेन्द्र सुवेदीलाई पनि हामीबिचबाट चुडेर लग्यो । अब उहाँ हामीबिच हुनुहुन्न भन्दा पत्याउनै गाह्रो हुन्छ तर पनि नपत्याई धरै छैन किनकि सत्य यही हो अब उहाँ हामीबिच हुनुहुन्न ।

जीवनको अन्त्यसम्म नै अत्यन्त सक्रिय रहिरहनुभएका र ७८ वर्षको उमेर हुदासम्म पनि कुनै रोग नदेखिएका राजेन्द्र सुवेदीलाई केहीसमयअघि मधुमेय रोगले निकै च्यापेर अस्पताल जाँदा कोरोना पनि देखापरेपछि पहिले ह्याम्स अस्पतालमा केही दिन उपचार गरेर उहाँ घर फर्कनु पनि भएको थियो तर केही समयपछि फेरि सारोगारो भएपछि उहाँलाई नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायको पहलमा बाँसबारीस्थित गङ्गालाल अस्पतालमा भर्ना गरियो । उहाँलाई बचाउन हामी सबैको अथक प्रयत्न हुँदाहुँदै पनि हाम्रो प्रयत्न सफल हुन सकेन । उहाँमा मधुमेयको मात्रा अत्यधिक बढेको र त्यसले मृगौलामा पारेको असर र थप कोरोनाका कारण यही जेठ ३ गते उहाँको देहावसान भयो ।

अग्लो कद, सलक्क परेको शरीर, ठाडो सिर अनि खरो स्वभाव भएर पनि दयालु स्वभावका राजेन्द्र सुवेदीले यति छिटै संसार छोडेर जानुहुन्छ भन्ने कसैलाई पनि लागेको थिएन । केही दिनअघि मात्र मेरो उहाँसँग टेलिफोन सम्पर्क हुँदा अलिकति अस्वस्थ छु टाउको साह्रै दुखिरहेको छ भन्नुभएको थियो तर यहीबिचमा सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत रहेकै अवस्थामा उहाँको देहान्त भयो । अब हामी कुनै पनि साहित्यिक कार्यक्रम, गोष्ठी, शिक्षण-प्राध्यापन, अध्ययन–अनुसन्धान, व्यस्थापकीय जिम्मेबारी, सामाजिक-राजनीतिक भेला आदिमा उहाँलाई कहीँ वक्ता भएर उच्च स्वरमा बोलिरहेको, कुनै कृतिमाथि प्रखर रूपमा समीक्षात्मक मन्तव्य राखिरहेको, प्रमुख अतिथिका आसनबाट कसैलाई सम्मान–पुरस्कार दिइरहेको, कीर्तिपुर, रत्नराज्य वा कोटेश्वरमा विद्यार्थीलाई मख्ख पारेर पढाइरहेको वा घरको कोठामा छरपस्ट किताब फिजाएर कार्यपत्र वा कुनै पुस्तकको पाण्डुलिपि तयार गरिरहेको वा कसैको कृतिमाथि भूमिका लेखिरहेको वा कुनै कृतिको सम्पादन गरिरहेको वा कुनै पत्रिकाका लागि लेख लेखिरहेको वा विद्यावारिधि, एमफिल र स्नातकोत्तर तहका शोधग्रन्थ र शोधपत्रको निर्देशन वा मूल्याङ्कन गरिरहेको अवस्थामा भेट्ने छैनौँ । उहाँको भौतिक शरीर अब हामीबिच छैन तर उहाँले नेपाली भाषा–साहित्य, संस्कृति र शैक्षिक–प्राज्ञिक क्षेत्रमा दिनुभएको योगदान भने हामीबिच नमेटिने रूपमा रहेको छ ।

राजेन्ंद्र सुवेदी हामीजस्ता पछिल्लो पुस्ताका धेरैका गुरु हुनुहुन्थ्यो । उहाँसँग मेरो पनि जन्मथलोको निकटताका साथै केही नातागत सम्बन्ध पनि छ । म तेह्रथुमको र उहाँ पाँचथरको, जिल्ला फरक भए पनि तमोरनदीको वारिपारिका आम्ने-साम्नेका गाउँ हुन् हाम्रा । उहाँको ससुराली गाउँ र मेरो मावली गाउँ (पाँचथर सुभाङ) पनि एउटै र उहाँले २०१४ सालमा प्रारम्भिक संस्कृत शिक्षा लिएका सिद्वा श्रीचम्पाका माधव भण्डारी जो ‘सानागुरु’ का नामले प्रसिद्ध हुनुहुन्थ्यो, उहाँका पनि आफन्त र मेरा पनि आफन्त अनि उहाँ र मेरा दुवैका गुरु (मेरा आमाका मामाका छोरा– मेरा मामा, मैले पनि पछि सानागुरुसँग प्रारम्भिक संस्कृत व्यारणको शिक्षा लिएँ) एउटै अनि धेरै अघिपछि भए पनि उहाँका सानाबुबा वनारस पढ्दाका अभिभावक डा. डिल्लीराम तिम्सिना मेरा पनि वनारस बस्दाका मार्गदर्शक गुरु एउटै भएकाले पनि हाम्रो भावनात्मक सम्बन्ध थियो । राजेन्द्र सुवेदी मेरा गुरु पुस्ताका व्यक्ति भए पनि म २०४१ सालमा स्नातकोत्तर तह पढ्न कीर्तिपुर आउँदा उहाँ इलाम क्याम्पसमा क्याम्पस प्रमुख भएर जानुभएकाले उहाँसँग पढ्ने अवसर भने मलाई प्राप्त भएन तापनि पछि २०५२ सालमा रत्नराज्यमा हामीले स्नातकोत्तर कक्षा खोलेपछि उहाँले निकै समय त्यहाँ पढाएर हामीलाई सहयोग गर्नुभएकाले उहाँको त्यो प्रभावकारी शिक्षण कलाबाट म सुपरिचित छु ।

राजेन्द्र सुवेदी पाँचथरको अमरपुर सल्लेरी तलको आङ्बुङ्, हालको याङ्रूप गाउँपालिकाको पानीसारा चाँपाबोटेमा पिता पद्मप्रसाद सुवेदी र माता राधिका सुवेदीका ज्येष्ठ सुपुत्रका रूपमा विसं २००० साल साउन १९ गते जन्मनुभएको हो । उहाँको शैक्षिक प्रमाण पत्रमा र नागरिकतामा समेत जन्ममिति घटाएर २००२ साल लेखिएको हुँदा सोहीअनुसारै अन्यत्र पनि २००२ सालै लेखिदै आएको हो भन्ने जानकारी पारिवारिक स्रोतबाट प्राप्त भएको छ । उहाँले प्रारम्भिक शिक्षा आफ्नै पिताजीबाट ९ वर्षकै उमेरमा चण्डी, रुद्री, वेद, ज्योतिष र कर्मकाण्ड पढी प्राप्त गर्नुभएको थियो । यसपछि सानागुरुसँग संस्कृत व्याकरण र २०१६ मा केही समय गाउँकै आदर्श प्रेम मिडिल स्कुल र पछि सानागुरुले बाहिर गएर पढ्ने सल्लाह दिएपछि कालिङ्पोङको कुमुदिनी होम्सबाट २०२३ सालमा कक्षा एघार र यसै बेला पश्चिम बङ्गालको संस्कृत शिक्षा परिषद्बाट पनि प्रमाण पत्र तह उत्तीर्ण गर्नुभयो । यसबेला उहाँले त्यहाँ रहँदा कर्मकाण्डीय पेसा र ट्युसन पढाएर आफ्नो पढाइलाई अगाडि बढाउनुभएको थियो । यसपछि वनारसबाट २०२७ मा सानाबुबा डा.डिल्लीराम तिम्सिनाको अभिभावकत्वमा रहेर स्नातक र २०३० सालमा त्रिविबाट नेपाली विषयमा स्नातकोत्तर उत्तीर्ण गर्नुभयो । सायद अति व्यस्त जीवनका कारण विद्यावारिधि गर्ने धोको भने उहाँको पूरा भएन तर उहाँले थुप्रै विद्यार्थीहरूलाई शोधनिर्देशक भएर विद्यावारिधि गराउनुभयो र आत्मगत सन्तुष्टि लिनुभयो ।

स्नातकोत्तर तह उत्तीर्ण गरेपछि राजेन्द्र सुवेदीले २०३१ साल असोजमा इलामको महेन्द्ररत्न क्याम्पसमा सहायक प्राध्यापक पदमा नियुक्ति लिएर ०३५ सालसम्म र यसपछि त्रिचन्द्रमा सरुवा भई एक वर्ष र ०३६ देखि २०६८ सम्म निवृत्त नहुँदासम्म निरन्तर रूपमा नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा कार्यरत रही नेपाली विषयको पठनपाठन र उन्नयनका निम्ति समर्पित रहनुभयो । उहाँ विभागीय प्रमुख (२०६४-०६८) भएको बेला नेपाली विषयमा एमफिल कार्यक्रम सुरु भयो भने विषय समितिको अध्यक्ष भएर कार्य गर्दा पाठ्यक्रम, पाठ्यपुस्तक निर्माण र नेपाली विषयको स्तरोन्नतिका निम्ति महत्त्वपूर्ण भूमिका खेल्नुभयो । यस क्रममा उहाँले इलाम र कोटेश्वर क्याम्पसमा क्याम्पस प्रमुख भई शैक्षिक प्रशासन पनि सञ्चालन गर्नुभयो । उहाँले रत्न राज्यलक्ष्मी क्याम्पसमा २०५२ सालमा सुरु भएको नेपाली स्नातकोत्तर कार्यक्रमलाई सफल बनाउन केही वर्ष प्राध्यापन गरेर सहयोग गर्नुभयो । यसअघि २०१९ सालमा गाउँकै सिंहदेवी प्राथमिक विद्यालयमा केही समय स्वयंसेवक शिक्षकका रूपमा र त्यसपछि पञ्चमी विद्यालयमा प्राथमिक शिक्षकका रूपमा नियुक्त भएर तथा वनारसबाट स्नातक गरेर फर्केपछि फेरि २०२७ सालमा केही समय ताप्लेजुङ सिनामस्थित मावली गाउँको विद्यालयमा सुरुमा शिक्षक र पछि प्रधानाध्यापक समेत भएर काम गर्नुभयो । उहाँले २०५४-०५५ मा गोरखा पत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धक भएर पनि कार्य गर्नुभयो । यसरी राजेन्द्र सुवेदीको निकै लामो शैक्षिक, प्राज्ञिक एवं प्रशासनिक योगदान नेपाली जगत्ले पाएको छ ।

नेपाली भाषा साहित्यका विशिष्ट प्रतिभा हुनुहुन्छ उहाँ । शैक्षिक, प्राज्ञिक एवम् प्रशासनिक क्षेत्रमा यति धेरै व्यस्त भएर पनि उहाँको कलम सिर्जना र समालोचना दुवै क्षेत्रमा समानान्तर रूपमा चलेको पाइन्छ तर नेपाली बौद्धिक जगत्ले भने उहाँलाई समालोचक र निबन्धकारकै रूपमा बढी चिन्दछ । प्रगतिशील विचार र चिन्तन बोकेका सुवेदीका विविध विधाका गरी चार दर्जनजति कृति प्रकाशित छन् । प्रकाशनका हिसाबले उहाँको सिर्जन यात्राको प्रारम्भ भने कथाबाट भएको पाइन्छ । राजेन्द्र सुवेदीका आयाम (२०७२) अनुसन्धानात्मक कृति तयार गर्ने रमेश शुभेच्छुका अनुसार कालिङ्पोङबाट प्रकाशित मञ्जरी पत्रिकामा २०२४ सालमा छापिएको ‘हातेब्याग’ कथा उहाँको पहिलो प्रकाशित रचना हो । यसपछि उहाँको यो आख्यान यात्रा सुद्युम्न (२०३१) र स्वप्न संसार (२०३४) उपन्यासमा विस्तारित भयो र त्यसपछि उहाँले आख्यानमा कलम चलाएको पाइन्न । प्रकाशनका हिसाबले उहाँको दोस्रो विधा कविता हो । २०२५ सालमा वनारसमा रहँदा मञ्जरीमा प्रकाशित ‘जीवन के हो ?’ कविताबाट उहाँको कविता यात्रा र २०२६ सालमा वनारसबाटै प्रकाशित समर्पण पत्रिकामा छापिएको ‘युवकको उद्देश्य’ निबन्धबाट निबन्ध यात्रा तथा २०२९ सालमा गोरखापत्रमा प्रकाशित ‘कथाकार भिक्षुको धरातल’ समीक्षाबाट समालोचना यात्रा अगाडि बढेको पाइन्छ ।

राजेन्द्र सुवेदी राम्रो कवि पनि हुनुहुन्छ । उहाँको कविता यात्रा बृहत् रूप महाकाव्यसम्म विस्तारित छ । उहाँको निबन्धकार व्यक्तित्वसँग नेपाली साहित्य जगत् तुलनात्मक रूपमा बढी परिचित रहे पनि कवित्व पनि निबन्ध जस्तै सशक्त छ । उहाँले कविताका फुटकर रूपदेखि काव्य हुँदै महाकाव्यसम्मको सिर्जन यात्रा गर्नुभएको छ । उहाँका आत्मनिर्माण (२०७०) र आरोहण (२०७४ संयुक्त) महाकाव्य कृति प्रकाशित छन् । त्यस्तै उहाँका सयौँको सङ्ख्यामा फुटकर कविताहरू पत्रपत्रिका र सङ्कलनहरूमा छरिएका छन् । सुवेदी शास्त्रीय छन्दमा सुललित कलासहित उच्च वैचारिक कविता लेख्ने कवि हुनुहुन्छ ।

निबन्ध उहाँको समालोचनापछिको दोस्रो मुख्य साधना क्षेत्र हो । उहाँका खाली सिसी पुराना कागज (२०४८), मेरो यात्रा मेरै परिवेशभित्र (२०५३), अब मेरो क्यासेट बन्द हुन्छ (२०५६), गुडबाइ छोडिजानेहरूलाई (२०६५), म हुँ औंला नकाटिएको एकलव्य (२०६५), निबन्ध किसोर (२०६९), सम्राटको सीमाभित्र र बाहिरका भानुभक्त (२०७१), तीर्थ पर्यटन (२०७१), जीवन : गोप्य सिलबन्दी खाम (२०७१) गरी नौओटा सङ्ग्रहमा विस्तारित छ । नेपाली निबन्ध परम्परामा उहाँका संस्मरणात्मक, हास्यव्यङ्ग्यात्मक र चिन्तनप्रधान निबन्धहरू उत्कृष्ट र उल्लेख्य मानिन्छन् ।

समालोचना उहाँको मुख्य साधनाको विधा हो । समालोचनात्मक कृतितर्फ उहाँका विषय गहन सतह चिन्तन (२०३८), स्रष्टासृष्टि द्रष्टादृष्टि (२०४३), समवर्ती साहित्यकार र झपटबहादुर राणा (२०४८), केही समीक्षण, केही विश्लेषण (२०४९), नेपाली उपन्यास परम्परा र प्रवृत्ति (२०५३), सृजन विधाका परिधिमा पारिजात (२०५३), सृजन विधाका परिधिभित्र ध्रुवचन्द्र गौतम (२०५४), सृजनात्मक लेखन : सिद्धान्त र विश्लेषण (२०५७), नेपाली समालोचना परम्परा र प्रवृत्ति (२०६१), काव्य निबन्ध केन्द्रका देवकोटा (२०६६), चलचित्र सिद्धान्त र नेपाली चलचित्र (२०६९), समसामयिक नेपाली उपन्यासको अध्ययन (२०६९), सांस्कृतिक अध्ययन र नेपाली साहित्य (२०७२), समसामयिक नेपाली उपन्यासका प्रवृत्ति (२०७२) जस्ता महत्त्वपूर्ण समीक्षात्मक कृतिहरू प्रकाशित छन् । सुवेदीको समीक्षा यात्रा सिर्जना यात्रासँगसँगै निरन्तर प्रतिस्पर्धी बनेर अगाडि बढेको पाइन्छ ।

राजेन्द्र सुवेदीको अन्वेषक र सम्पादक व्यक्तित्व अत्यन्तै प्रखर छ । उहाँका सम्पादित कृतिहरूमा समसामयिक साझा कथा (सहसम्पादन, २०४१), गौतमका प्रतिनिधि कथा (२०४१), दाडिमको रुखनेर (देवकोटाका निबन्ध, २०४१), स्रष्टा देवकोटा द्रष्टा परिवेशमा (देवकोटाका समीक्षा, २०४३), नेपाली हास्यव्यङ्ग्य निबन्ध (सहसम्पादन, २०४६), स्नातकोत्तर नेपाली निबन्ध (२०५१), डिल्लीराम तिम्सिना स्मृति ग्रन्थ (२०५४), चालिसको दशकका नेपाली कविता (सह.२०५१), सूक्तिसिन्धु (पुनः सम्पादन, २०५५), रामायण सम्मेलन (२०५७), सुवेदी वंशावली (२०६३), प्रियदर्शिका (पुनः सम्पादन, २०६३), नेपाली निबन्ध र अन्य विधा (भाग दुई, २०६७), रत्न बृहत् नेपाली समालोचना (सहसम्पादन, २०६९), जुगल सैद्धान्तिक नेपाली समालोचना (२०७१), डा. वासुदेव त्रिपाठी : स्रष्टा एक द्रष्टा अनेक (सहसम्पादन, २०७०) र समालोचकका आँखामा हरिहर खनाल (सहसम्पादन, २०७०), समालोचना वृत्तमा खेमनाथ दाहाल (२०७२), सङ्गीत चन्द्रोदय (२०७२), स्रष्टा होम : द्रष्टा अनेक (२०७२) आदि छन् । यी सम्पादित कृतिहरू केही पाठ्य सामग्रीसँग, केही विधाविशेषसँग र केही व्यक्ति विशेषसँग सम्बन्धित छन् ।

नेपाल र नेपालबाहिर समेत प्रसिद्ध राजेन्द्र सुवेदी नेपालका प्रतिष्ठित प्राध्यापक, कुशल व्यवस्थापक एवं विशिष्ट निबन्धकार र मूर्धन्य समालोचक हुनुहुन्थ्यो । साहित्यमा विविध विधामा कलम चलाए पनि उहाँको मुख्य साधनाको क्षेत्र समालोचना र निबन्ध नै हो भन्ने कुरा माथि प्रस्ट भइसकेको छ । उहाँका निबन्ध नेपाली साहित्यमा उत्कृट मानिएका छन् भने समालोचना पनि लेखकीय र कृतिगत शक्ति तथा प्राप्ति, अप्राप्ति निक्र्यौल गर्दै उत्तरदायित्वबोध गरेर लेखिएका आधिकारिक छन् । निबन्धकार एवं समालोचक राजेन्द्र सुवेदीका बारेमा उहाँका पनि गुरु एवं पछिल्लो अवधिका सहकर्मी वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीको यस्तो मूल्याङ्कन छ-‘..उहाँको निबन्धकारिता आत्मपरक र प्राञ्जल गद्यशैलीका सँगसँगै आत्मव्यङ्यकारिता पनि सूक्ष्म व्यङ्ग्य उपहासको ऊर्जाबाट पनि परिचालित छ भने उहाँ आफ्नै पहिचान र नवशैली भएका निबन्धकारका रूपमा स्थापित हुनुहुन्छ ।’ ‘…परिणाम र गुणस्तर दुवै दृष्टिले उहाँ नेपाली साहित्यका आधिकारिक र प्रामाणिक रूपमा प्रतिष्ठित वरिष्ठ समालोचक हुनुहुन्छ । समालोचकीय तथ्याङ्कन र व्याख्याविश्लेषणका साथै मूल्यनिर्णयको प्रामाणिकता र विश्वसनीयता उहाँका समालोचकीय प्राप्ति हुन् ।’ (‘शुभेच्छा’- राजेन्द्र सुवेदीका आयाम, २०७२) यस भनाइसँग सहमत नहुने कुरै भएन किनकि उहाँको मूल्याङ्कन पनि यही नै हो ।

अन्त्यमा नेपाली भाषा, साहित्य, संस्कृति वा समग्र वाङ्मय क्षेत्रका एक बहुआमिक व्यक्तित्व, अग्रणी र वरिष्ठ स्रष्टा एवं द्रष्टा राजेन्द्र सुवेदीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै श्रद्धाञ्जलिस्वरूप यो सङ्क्षिप्त लेख उहाँमा समर्पण गर्दछु ।

 

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 203
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.