SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » हरिहर खनालको कथायात्राका खास मोडहरूको निरूपण
समीक्षा

हरिहर खनालको कथायात्राका खास मोडहरूको निरूपण

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments7 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
रमेश शुभेच्छुको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी वर्तमान पुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको साहित्यकार हरिहर खनालको कथाकारिताको विकासक्रमिक अध्ययन गर्दै उनको कथायात्राको चरण विभाजन गरेका छन् ।

  • सम्पा.

 

१. विषय परिचय
हरिहर खनाल (२००३, कास्की) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनका विषयमा अध्ययन विश्लेषण गर्न सकिने विविध पक्ष छन् । यहाँ भने उनको कथायात्राको सर्वेक्षणात्मक अध्ययन गरिएको छ । उनी निरन्तर लामोसमयदेखि कथा सिर्जन यात्रामा रहेका र उनको मूल योगदान कथा विधामै केन्द्रित भएको हुँदा उनका कथाका प्रमुख मोडहरूको सर्वेक्षणात्क अध्ययन गरी मूल मोडको पहिचान यस लेखको उद्देश्य रहेको छ ।

२. कथाकार हरिहर खनाल
खनालको आख्यानकारिता कथा र उपन्यास दुवै विधामा सशक्त छ । यी दुई उपविधामध्ये कथा विधामा खनालको कथायात्रा अभ्यासदेखि सिद्धिका तहसम्म विकसित छ । उनका कथाकृतिहरू अजम्मरी गाउँ (२०३७), आकाश छुने डाँडोमुनि (२०३८), देश–परदेश (२०४६), बमको छिर्का (२०४७), विगत आगत (२०५५), देशभित्र देश खोज्दै (२०६०), विघटन (२०६३), हरिहर खनालका छोटा कथाहरू (२०६४), अस्तित्वको खोजी (२०६५), युद्धको पीडा (२०७२) र सहिदगेटकी आमा (२०७५) हुन् । हरिहर खनालका छोटा कथाहरू (२०६४), अस्तित्वको खोजी (२०६५) जस्ता कथा कृतिहरू पनि प्रकाशित छन् । पछिल्ला दुई कथासङ्ग्रह उनका अरू सङ्ग्रहमा परिसकेका समेत छरिएर रहेका छोटा कथाहरू र केही छानिएका कथाहरूका अलग्ग सङ्ग्रह हुन्, यिनमा केही नयाँ कथासमेत समाविष्ट भएका हुनाले यिनले अलग्गै सङ्ग्रहको पनि हैशियत् राख्तछन् ।

खनालका उक्त दर्जन कृतिहरू नै उनको सिर्जन यात्राका प्रमुख उपलब्धी हुन् । खनाल औपचारिक शिक्षातर्फ अङ्ग्रेजी विषयको विद्वान् हुँदा उनका अङ्ग्रेजी भाषातर्फ पनि कथाकृतिहरू अनुदित भएर प्रकाशित छन् । उनले आफ्ना सिर्जनालाई अन्य भाषाका पाठकमाझ समेत पुर्‍याउने उद्धेश्यले उनका केही सुन्दर रचनालाई आफैँले अनुवाद गरेर तथा अरूहरूद्वारा अनुवाद गराएर दुई कृति द भ्वाइस अफ माउन्टेन (सन् २०००) र गोल्डेन ड्रिम्स एन्ड द न्यारो लेन (सन् २०१७) प्रकाशनमा ल्याएका छन् । दुवै भाषामा प्रकाशित यी कथाको मूल स्वर सामाजिक यथार्थवाद र समाजवादी यथार्थवाद देखिन्छ । यी कृतिमा मूलत: खनाल समाजवादी यथार्थवादी कथाकारका रूपमा देखापर्छन् ।

दशकौँ लामो निरिन्तर कथा सिर्जनयात्राका दृष्टिले हेर्दा नेपाली प्रतिनिधि कथाकार र त्यसमा पनि प्रगतिवादी चेतनासम्पन्न सबै कथाकारसँग खनालको तुलनात्मक अध्ययन गर्न सकिन्छ । सिर्जनाका लागि कथाविधाको छनोट र रुचिबारे कथाकार खनाल पहाडको फेदीबाट फुत्त बाहिर निस्केर फराकिलो मैदानमा पुगेको नदी आफ्ना विस्तारित किनाराहरूलाई अँगालो हाल्दै सुस्तसुस्त अघि बढिरहेको नदीसित तुलना गर्न पुग्छन् । उनको यही कथायात्रा र दृष्टिकोणले पनि उनका कथाहरूको ऐतिहासिक सर्वेक्षण, अध्ययन र विश्लेषण आवश्यक देखिन्छ ।

३. हरिहर कखानको कथायात्रा
हरिहर खनालको कथायात्रा निकै लामो बनिसकेको छ । उनी २०२५ सालदेखि कया सिर्जना र प्रकाशनमा आजपर्यन्त लागिरहेका छन् । उनको यतिलामो कथायात्रालाई एकै चरण र खास प्रवृत्तिमा राखेर अध्ययन गर्न नसकिने व्यापक बनिसकेको छ । लामो समयसम्मको निरन्तर सिर्जनाले उनी आफ्नै कथाका प्रवृत्तिहरूमा निरन्तर परिवर्तनशील र नयाँ–नयाँ शैलीका पात्रका खोजमा देखिन्छन् । समाजलाई अग्रगमनतर्फ र संवृद्धितर्फ डोर्‍याउने प्रगतिशील र प्रगतिवादी चेतनाकै मूलधार प्रवाहित भएर आए पनि उनका कथाको गति एकनास छैन र कथामा आउने समस्याको गति पनि एकनासको छैन । उनी कथायात्राको यस विन्दुमा आइपुग्दा केही प्रतिनिधि कथा पढेर मूल सिर्जन सामथ्र्यगत प्रवृत्ति ठम्याउन नसकिने कथाकारका रूपमा देखिएका छन् ।

समीक्षक रविलाल अधिकारी (२०५०/२०७०) ले खनालको कथायात्रालाई दुई चरणमा बाँडेर अध्ययन गरेका छन् । उनले खनालका पहिलो चरणका कथामा शुरुका दुईवटा सङ्ग्रह र त्यसपछिका कथालाई दोस्रो चरणमा राखेर हेरेका छन् । अहिले अधिकारीको त्यो चरण विभाजन खनालका कथा अध्ययनका लागि पर्याप्त देखिँदैन । यद्यपि पहिलो चरणका कथाका प्रवृत्तिलाई आधार मान्दा शैलीशिल्पका दृष्टिले भने त्यस पहिलो चरणलाई स्वीकार गर्न सकिने अवस्था देखिन्छ । उनले यस चरणका खनालका कथालाई आभ्यासिक कथा मान्दै यसरी मूल्याङ्कन गरेका छन् :

अभ्यासिक भए पनि भविष्य आशालाग्दो द्योतित हुन्छ । विषयवस्तुको प्रस्तुति, पात्रहरूको चित्रण, संवाद, भाषिक स्वरूप आदिले वैचारिकतालाई सिँगार्न खोेजेका छन् । यति हुँदाहुँदै पनि पुतली कथाले ओकलेको भाषण र अजम्मरी गाउ“, आकाश छुने डा“डोमुनि, बकैनाको बोट वरिपरि र बस्तीभित्र कथाहरूले एउटै कुरालाई दोहोर्‍याइरहेको देखाएकाले लेखकका धर्तीको सीमितता देखिन्छ । यो सराहनीय कुरो होइन । साधनाका भरमा कुशल देखा पर्नुपर्ने सामान्य प्रतिभालाई समयको सीमा पनि अपेक्षित हुन्छ र कथाकार खनालका यस चरणका कथाले अध्ययन र अभ्यासको अपेक्षा गरेको कुरा स्वत: स्पष्ट हुन्छ, तर पनि उज्ज्वल भविष्यको सङ्केत यी कथाहरूले गर्न खोजेका छन् । (पृ. ६२) ।

आभ्यासिक कथाको मूल्याङ्कनमा अधिकारिको समालोचक सिर्जनाका मर्ममा निर्मम जस्तो देखिन्छ । यी कथाको मूल्याङ्कन यतिमै सीमित हुन सक्तैन । यी कथाले उठाएको बहुमुखी पक्षमा मौन रहन नहुने पक्ष यस पङ्क्तिकारले देखिरहेको छ । यी कथाको मूल्याङ्कन आजका आधारमा नभई तत्कालीन परिवेशअनुसार हुनुपर्छ । यी कथाको कलामूल्य र वैचारिक मूल्य कथा रचनाको समयअनुसार र कथाकारको पहिलो प्रयास एवम् देस्रो प्रयासका रूपमा हुनुपर्छ । यस चरणका कथामा आभ्यासिक गुण रहेर पनि र कथाका किलाकाँटाको संयोजनमा केही कसरमसर रहेर पनि तत्कालीन समाजका यथार्थको प्रस्तुति प्रवल देखिन्छ । कथाका पात्रहरू त्यत्तिकै जीवन्त छन् । उनीहरूको जोस, आँट र पराक्रम कथाकारको उमेर सुहाउँदो हुर्हुराउँदो र सल्सलाउँदो देखिन्छ । ती पात्रले नेपाली समाजको परिवर्तनका पक्षमा सशक्त आवाज उठाएका छन् । त्यही आवाज अनुरूप आज हामी गणतान्त्रिक मुलुकका नागरिक भएका छौँ ।

अधिकारीले छुट्याएको दोस्रो चरण २०३८ सालपछिका कथामा केन्द्रित छन् । यी कथामा अधिकारीले नारा भन्दा कला बलियो हुँदै आएको अवस्थालाई महत्व दिएका छन् । उनले यी कथालाई मूल्याङ्कन गर्दै भनेका छन् :

दोस्रो चरणका यी कथाहरूमा नारा र भाषण छैनन् तर कलात्मकताका नाममा वैचारिक स्पष्टता पनि कम देखापर्छ । यसका साथै आधुनिक कथाशिल्पी कहलिने लोभमा कथाकारले प्रयोगवादतिर पनि मोह देखाएका छन् । (पृ . ३१)

अधिकारीले छुट्याएको चरणअनुसर नै कथाको सूक्ष्म विश्लेषण गर्दा अधिकारीको यो मूल्य निर्णयमा पनि सतप्रतिशत सहमत बन्न सकिँदैन । अधिकारीको दृष्टिकोण केही हदसम्म ठिकै रहे पनि यस चरणका कथामा उनले दुईवटा कथासङ्ग्रहलाई राखेका छन् । ती दुई सङ्ग्रहहरू देश–परदेश (२०४६) र बमको छिर्का (२०४७.) हुन् । अब खनालको कथायात्रा सहिदगेटकी आमा (२०७५) सम्म विस्तारित बनिसकेको छ र थुप्रै फुटकर कथाहरू सार्वजनिक भइसकेका छन् ।

खनालको कथायात्रालाई अधिकारीको कथा यात्राको चरण विभाजनको साँध सीमाना निकै साँगुरो र अध्ययनका लागि जटिल बनिसकेको छ । उनका कथामा विविध प्रवृत्ति र शैली विकास भइसकेका छन् । तीनलाई कुनै दुई तीन चरणमा समेटेर अध्ययन गर्न जटिल भइसकेको छ । तीनको प्रकाशन यात्रा पनि पाँच दसक लामो देखिन्छ । पछिल्लो समयमा विगत आगत (२०५५), देशभित्र देश खोज्दै (२०६०), विघटन (२०६३), युद्धको पीडा (२०७२) र सहिदगेटकी आमा (२०७५) जस्ता कथा प्रकाशन भइसकेका छन् र यी कथाहरू एकपछि अर्को फरक पात्र, परिवेश र चेतनाका साथ नवीन लाग्छन् । उनका हरिहर खनालका छोटा कथाहरू (२०६४) र अस्तित्वको खोजी (२०६५) जस्ता प्रतिनिधिमूलक सङ्कलन पनि प्रकाशनमा आइसकेका छन् । यी सङ्कलनले पनि उनको कथायात्रालाई आँकलन गर्न सघाउँछन् ।

सूक्ष्म दृष्टि दिँदा खनाल आफ्नै कथायात्रामा अफैमाथि विजययात्रामा निरन्तर लागिरहेका देखिन्छन् । लक्ष्मीप्रसाद देवकोटाको कवितायात्रा र ध्रुवचन्द्र गौतमको उपन्याशयात्राजस्तै आफैंसँगको प्रतिस्पर्धामा देखिने लेखक वा कृतिको वर्गीकृत अध्ययन जटिल हुन्छ । उक्त लेखकको जस्तै खनालको यस निरन्तर कथायात्रालाई वर्गीकृत रूपमा अध्ययन गर्न निकै कठिन छ । प्रथम पठनका आधारमा हेर्दा खनालका कथालाई यी तीन चरणमा राखेर अध्ययन गर्न सकिन्छ :

  • पहिलो चरण (२०२५–२०३८) – परिवर्तनको तीव्र चाहना राख्ने कथाहरू – अजम्मरी गाउँ (२०३७), आकाश छुने डाँडोमुनि (२०३८) र देश–परदेश (२०४६) भित्रका कथाहरू ।
  • दोस्रो चरण (२०३९–२०६२) – कला र विचारको संयोजनमूलक सिर्जन सामथ्र्यका कथाहरू – बमको छिर्का (२०४७) विगत आगत (२०५५) र देशभित्र देश खोज्दै (२०६०) भित्रका कथाहरू ।
  • तेस्रो चरण (२०६२ पछि) – बहुमुखी विषय क्षेत्रका कलात्मक कथाहरू – विघटन (२०६३), युद्धको पीडा (२०७२) र सहिदगेटकी आमा (२०७५) भित्रका कथाहरू ।

४. निष्कर्ष
खनालका सम्पूर्णकथालाईमूलत तीन चरणमा विभाजन गर्न सकिन्छ र यसै चरण विभाजनलाई आधार मानी लगभग चरणगत रूपमा मिल्दा प्रवृत्तिलाई लिएर फरक–फरक चरणका रूपमा अध्ययन गर्न सकिने देखिन्छ । चरण विभाजन र प्रवृत्तिको निक्र्योल कुनै सामान्य पठनबाट सम्भव हुने कुरा होइन । अहिलेलाई मोटामोटी यही तीन चरणलाई नै खनालका कथायात्राको चरण विभाजन मानिएको छ । र उनका कथाको चरणगत प्रवृत्तिलाई मोटामोटी रूपमा निम्न तीन विशेषतामा प्रस्तुत गर्ने प्रयास गरिएको छ :

  • पहिलो चरणका कताले परिवर्तनको तीव्र चाहना राखेका छन् ।
  • दोस्रो चरणका कथाले कला र विचारको संयोजनमूलक सिर्जन सामथ्र्य राखेका छन् ।
  • तेस्रो चरणका कथाहरूले बहुमुखी विषयक्षेत्रका बहुमुखी जीवनचेतना समेटेका छन् ।

हरिहर खनालले उक्त तीनवटै चरणका कथाबाट नेपाली कथा परम्परामा प्रगतिवादी जीवनचेतनालाई निरन्तररूपमा प्रवाह गरेका छन् । खनालको कथायात्रा र उनका कथाका जीवनचेतनाका विषयमा सूक्ष्म अध्ययन विश्लेषणको खाँचो छ ।

सन्दर्भ सामग्री सूची
अधिकारी, तेजविलास (२०६१). साहित्यकार हरिहर खनाल र उनका साहित्यिक कृतिहरूको संक्षिप्त अध्ययन (स्नातकोत्तर शोधपत्र त्रि.वि ।)
अधिकारी, रविलाल (२०५०). हरिहर खनालको कथायात्रा माछापुछे्र
खनाल, हरिहर (२०३७). अजम्मरी गाउँ . चितवन : जोसिलो प्रकाशन ।
खनाल, हरिहर (२०३८). आकाश छुने डाँडोमुनि . चितवन: बालकृष्ण पौडेल । (दोस्रो संस्करण २०५२)
खनाल, हरिहर (२०४६). देश–परदेश. चितवन : त्रिवेणी किताब घर ।
खनाल, हरिहर (२०४७). बमको छिर्का. चितवन : चितवन प्रकाशन प्रा.लि ।
खनाल, हरिहर (२०५१). आस्थाको गोरेटो . चितवन : लेखक स्वयम् ।
खनाल, हरिहर (२०५५). विगत आगत . चितवन : नारायणी कला मन्दिर ।
खनाल, हरिहर (सन् २००). द भ्वाइस अफ माउन्टेन . चितवन : मास्के पुस्तक भण्डार ।
खनाल, हरिहर (२०५९). युगका पदचापहरू . काठमाडौँ : दीक्षान्त पुस्तक भण्डार ।
खनाल, हरिहर (२०६०). देशभित्र देश खोज्दै . काठमाडौँ : भाभा पुस्तक भण्डार ।
खनाल, हरिहर (२०७५). साहित्य वार्ता, ललितपुर : साझा प्रकाशन ।
खनाल, हरिहर (२०७५). सृष्टि: दृष्टि . काठमाडौँ : भुँडीपुराण प्रकाशन ।
चैतन्य (२०३८) ‘खनालज्यूका दुई कथासंग्रहबारे’. दियो ३ (११). पृ.८–१४ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 298
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.