SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » पारिजातका कथामा नारी चिन्तन
समीक्षा

पारिजातका कथामा नारी चिन्तन

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments15 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
डा. सृजना शर्माको परिचय साहित्यसागरको पारिजात विशेष प्रकाशनमा समेटिइसकेको छ । उनी मूलत समीक्षक हुन् । उनले पारिजातकै विषयमा विद्यावािरधि गरेकी छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको पारिजातका कथामा नारी चिन्तन शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले पारिजातका कनामा अभिव्यक्त नारी चिन्तनको अन्वेषण गरेको छ ।

औसम्पा.

 

नारी शब्दको अर्थ र परिभाषा
स्त्री मानवलाई नारी भनिन्छ । नारी नरको स्त्री लिङ्ग हो । नारी शब्द मुख्यतः वयस्क स्त्रीका लागि प्रयोग गरिन्छ । कतिपय सन्दर्भमा भने यो शब्द सम्पूर्ण स्त्री वर्गलाई बुझाउनका लागि प्रयोग भएको पाइन्छ । जस्तै – नारी विमर्श, नारी पूजा, नारी अधिकार, नारी मुक्ति आदि ।

व्युत्पत्तिपरक ढङ्गले ‘स्त्रीद’ शब्दको परम्परामाथि विचार गर्दा स्त्री केवल शरीर होइन, ऊ समाज निर्मित हो, कामुक वस्तु पनि होइन भन्ने स्पष्ट देखिन्छ । आनन्द दिने आनन्द प्रदायक वस्तु पनि होइन, तर कालान्तरमा भने ‘पितृसत्तात्मक’ दृष्टिकोणद्वारा निर्मित पुरुष साहित्यमा भने नारी केवल शरीर अनि सौन्दर्यको पर्याय बनेकी छ । स्त्रीनका पर्यायवाची प्रचलित नाम हुन्- वामा, अबला, सुन्दरी, प्रमदा, ललना, मानिनी, नारी आदि । जसले सौन्दर्य छर्छन्, ती ‘वामा’ हुन् ।

जसमा शारीरिक बलभन्दा मानसिक बल धेर हुन्छ तिनलाई ‘अबला’ भनिन्छ । जसलाई देखेर पुरुषका हृदयमा शान्ति र शीतत्वको प्रतीति हुन्छ – ती ‘सुन्दरी’ स्त्रीे भनिन्छन् । हलुकाभन्दा हलुका भावले पनि पुरुषलाई उत्तेजित गरिदिने विशेषता भएकी स्त्री लाई प्रमदा भनियो । जुन स्त्री मा लालसा या इच्छा धेरै हुन्छन् ती नारी चिन्तन–नारी विमर्शको जग कहिलेबाट थालियो भनेर यसै तिथिमितिमा भन्न सकिन्न । जहिलेबाट नरबारे कुरा गरियो त्यहीँ नारीको पनि कुरा स्वतः आउने नै हुनाले नर र नारीबारे जे पनि भनियो, परिभाषित गरियो वा भनौँ तुलना गरियो त्यहाँ स्वतः विमर्श भयो । विमर्श भनेकै केही भनिनु हो । यसर्थ चिन्तनको परिधिमा नारीलाई नरसितै आएको मान्न सकिन्छ । तर जहिलेबाट नारीवादले आकार ग्रहण गऱ्यो त्यहाँबाट भने नारीले पनि पुरुष सरहकै मान्यता र स्थान पाउनु पर्दछ भन्ने अनि राजनैतिक हक अधिकार र सहभागिताको प्रश्नहरू बढी टड्कारो रूपमा प्रकट भएको देख्न सकिन्छ ।

पारिजातका कथामा नारी चिन्तन
नेपाली कथा लेखनको प्रयोगकालमा सशक्त प्रयोक्ताका रूपमा कथाकार पारिजात देखा परिन् । उनका अध्ययन र जीवन भोगाइका क्रममा विकसित जीवन दर्शनले नै उनलाई कथा लेखनमा विविध प्रयोग गर्न प्रेरित गरेको हो भन्ने बुझ्न सकिन्छ ।

उनको चारवटा कथा-सङ्ग्रहमा ४७-वटा कथाहरू प्रकाशित भएका छन् । आदिम देश, सडक र प्रतिभा, साल्गीको बलात्कृत आँसु, बधशाला जाँदा आउँदा जस्ता कथा-सङ्ग्रहमा समाविष्ट कथा लेख्ने पारिजात आधा आकाशमा नारीहरूको स्थिति र स्वन्त्रताका कुरा गर्छिन् । पारिजातका चारवटा कविता सङ्ग्रह, दशवटा उपन्यास, चारवटा कथा-सङ्ग्रह, एउटा लेख र निबन्ध सङ्ग्रह, तीनवटा आत्मसंस्मरण र एउटा नाटक सङ्ग्रह नेपाली साहित्यक्षेत्रमा प्रकाशित भएका छन् । पछि यीमध्ये केही कृतिको अङ्ग्रेजी, फ्रेंच, जर्मन, जापानी, बङ्ला, असमिया, ग्रीक आदि अन्य भाषामा समेत अनुवाद भएर प्रकाशित भएको पाइन्छ ।

पारिजात आरम्भमा स्वच्छन्दतावादी आन्दोलनले प्रभावित भए पनि पछि प्रगतिवादी र अस्तित्ववादी लेखकका रूपमा स्थापित हुन पुगिन् । उनी आफ्ना वरिपरिका परिघटनाहरूको सूक्ष्म र आलोचनात्मक अध्ययन गर्थिन् । उनी विशेषत: हेपिएका, पछाडिएका महिलाहरू र समाजका निम्न वर्गका मानिसहरूका हक-हितका निम्ति निरन्तर लागिपरिन् र आवाज उठाइन्। सन् १९७२-पछि उनी आफ्ना लेखन र चिन्तनमा विशिष्टतासित लागिन् ।

उनले नारीका विविध विषयमाथि लेखिन्, नारीका चाहना इच्छा आकांक्षा, भोगाइ, आशा-निराशा अनि सङ्घर्षलाई कलमबद्ध गरेकी छन् । उनले आफ्ना कथा अनि उपन्यासहरूमा नारीका दबाइएका चाहना, पीडा र कुण्ठाहरूलाई अभिव्यक्ति दिएकी छन् । उनले मानसिक दबाउका साथै शारीरिक शोषणका सिकार बनेका नारीहरूलाई अभिव्यक्ति दिएकी छन् । यस्ता कथामध्ये साल्गीको बलात्कृत आँसु एउटा उपयुक्त उदाहरण हो । यसमा नारीको अति निकृष्ट स्थितिको बचाइलाई कथामा स्थान दिएकी छन् ।

उनका कथामा विभिन्न किसिमका नारी पात्रहरूको उपस्थिति छ । उनले तिनीहरूको स्थितिको चित्रण मात्र होइन बरू तिनीहरूको समाज र देशप्रतिको साहस र प्रतिबद्धतालाई पनि उदाङ्गो पारेकी छन् ।

उनका नारी चरित्रले नेपाली समाजमा निहित मूलधारका समस्या र स्थितिलाई प्रस्तुत गरेको छ । पारिजातका लेखनीबारे विश्लेलषण गर्ने क्रममा समालोचक घनश्याम नेपाल यसो भन्छन् – अस्तित्ववादबाट थालिएर विसङ्गतिवाद हुँदै उनको उपन्यासको वैचारिक जगत् मार्क्सवादमा अडिन पुगेको छ । यसप्रकार उनी सार्त्रीय अस्तित्ववादको ऐतिहासिक विकासक्रमको उल्टो दिशातिर हिँडेर गएकी छन् । उनका कृतिमा जीवनका अन्तर्वेदना, मनभित्र कतै सधैँ परिरहने खाडलको अन्तहीन पीडाबोध र मार्मिक संवेदनशीलतालाई अधिक ठाउँ प्राप्त छ ।

पारिजातका कथाहरूको सङ्ग्रह

पारिजातका कथाको निम्नलिखित चारवटा सङ्ग्रह प्रकाशित भएको पाइन्छ –
(क) आदिम देश,
(ख) सडक र प्रतिभा,
(ग) साल्गीको बलात्कृत आँशु र
(घ) वधशाला जाँदा आउँदा ।

आदिम देश कथा-सङ्ग्रह
आदिम देश कथा-सङ्ग्रह कथाकार पारिजातको कथायात्राका पहिलो कथाहरूको सँगालो हो । यस सङ्ग्रहका कथाहरू पारिजातले आफ्ना कथालेखनका प्रथम बाह्र वर्षमा लेखेको तथ्य पाइन्छ । यस कथा-सङ्ग्रहमा कथाकार पारिजातका जम्मा बाह्रवटा कथा सङ्ग्रहित छन् ।

यस कथा-सङ्ग्रहमा निम्नलिखित कथा सङ्ग्रहित छन् – ‘आदिम देश’, ‘बीसौँ शताब्दी एउटा गल्लीमा’, ‘सिमेन्टीभित्र एउटा राजवेली’, ‘सधैँ बित्नुपर्ने हामी’, ‘मैले नजन्माएको छोरो’, ‘एक उडानमा’, ‘तिउरीको फूल: पाइरियाको गन्ध’, ‘सोफिजम मेरो लोग्नेसित कुराकानी’, ‘निर्माणको मोडेल समयभित्र’, ‘साइनो ग्य्रानिटको टुक्रासँग’, ‘अनिँदो र शून्यता’, ‘अप्ठ्यारो र अभ्यस्त मान्छे’ ।

सडक र प्रतिभा कथा-सङ्ग्रह
यहाँ प्रथम चरणकै प्रवृतिगत विविध राजनीतिक, सामाजिक जीवनका अस्तित्ववादी चिन्तन नै पाइन्छन् । यो कथा-सङ्ग्रहमा जम्मा सत्रवटा कथा सङ्ग्रहित रहेका छन् । यी कथाहरू पारिजातको कथायात्राको दोस्रो चरणका पहिलो कथा प्रवृत्तिअन्तर्गत पर्दछन् । यस कथा-सङ्ग्रहमा सङ्ग्रहित कथाहरू हुन् – १ सडक र प्रतिभा, २ प्रतीक, ३ नयाँ मान्छे, ४ निस्सारतादेखि, ५ विरुद्ध, ६ डायरीको आठौँ पाना, ७ यस ठाउँमा, ८ अन्तर्विरोध, ९ रात, १० घाम ताप्दा, ११ संत्रास, १२ देवल, १३ बूढा बा, १४ साथीको सम्झना, पन्ध्र सँघारनेर, १६ सिटीहलको बूढा ज्यामीसँग, १७ वर्कशपभित्र ।

यस सङ्ग्रहका धेरै कथाहरू कथाजस्ता छैनन् । झण्डै झण्डै निजात्मक निबन्धजस्ता छन्; अथवा रूपकजस्ता छन् । सडक र प्रतिभा कथामा कुनै कथानक छैन ।

साल्गीको बलात्कृत आँसु कथा-सङ्ग्रह

यस कथा-सङ्ग्रहका कथाहरूमा बोनीसम्बन्धी चार कथालाई छाड्दा जम्मा एघारवटा कथाको सङ्कलनमात्र यसमा भएको पाइन्छ । बोनीसम्बन्धी चार कथामा अरू तीन शीर्षक थपी वि सं २०४८ सालमा लघु उपन्यास भनी कृतिकारले नै प्रकाशित गराएकाले तिनीहरूलाई यहाँबाट झिकिएको हो । यस कथा-सङ्ग्रहमा सन् २०३२-देखि २०४१-सम्म विभिन्न पत्रिकाहरूमा प्रकाशित कथाहरू छन् । ती कथाहरू हुन् – सइसको चिठ्ठी, सम्बन्ध, एउटा गाउँमा, नैकापे सर्किनी, प्रतिकूलता, कलिलो अतीत, यसरी एउटा नाउँ काटिन्छ, साल्गीको बलात्कृत आँशु, कुनै गुलाफ ओभानो छैन यहाँ, पैसाको रंग, वर्षा ऋतु ।

वधशाला जाँदा आउँदा कथा-सङ्ग्रह
पारिजातको चौथो कथा-सङ्ग्रहको नाम वधशाला जाँदा आउँदा हो । यो कथा-सङ्ग्रह वि सं २०४९-मा अपाङ्गहरूको सङ्गठन गौरीशङ्कर, नेपालद्वारा प्रकाशित गराइएको थियो । पछि वि सं २०५४-मा निर्माण प्रकाशन, सिक्किमद्वारा यसको दोस्रो संस्करण – पारिजातका सङ्कलित रचना, ग्रन्थ – ३-का रूपमा प्रकाशित भयो । यसमा सङ्कलित कथाहरू हुन् – (१) शोध, (२) नाटकको चौथो चरण,(३) साँझ, उदास घरको पिँढीमा, (४) विकल्पहीन, (५) वधशाला जाँदा आउँदा, (६) शकुन्तलाको चिन्तन, (७) एउटा जून पानीभित्र ।

यसमा सङ्कलित कथाहरू साल्गीको बलात्कृत आँशुको स्तरमा उठ्न नसकेको तर पहिलेका दुईवटा कथा-सङ्ग्रहभन्दा श्रेष्ठ रहेको कुरा उल्लेख गरेको पाइन्छ ।

पारिजातका कथालेखनको द्वितीय चरण विश्वषसाहित्यका साथै भारतमा चलेका कतिपय साहित्यिक आन्दोलनले प्रभावित छ । बिट जेनेरेसन, हङ्ग्री जेनेरेशन जस्ता समसामयिक साहित्यिक आन्दोलनबाट पारिजात परिचित देखिन्छिन् । बिट जेनेरेसन भनेको संयुक्त राज्य अमेरिकामा भएको १९५०-को दशकको साहित्यिक आन्दोलन थियो भने १९६०-को दशकमा कलकत्ताका युवा साहित्यकार र चित्रकारहरूले तत्कालीन धारणाहरूको विरोधमा हङ्री जेनेरेशन स्थापना गरेका थिए ।

पारिजात किन राल्फा हुन बाध्य भइन् भन्नेबारे उनको भनाइ छ – ‘जब घरमा दाउरा लिएर आएको भरियालाई पुसको जाडोमा एक धरो कट्टु गञ्जी लगाएको देख्छु अनि मलाई असमानताको विरुद्ध राल्फा हुनुको अनिवार्यताले झन् झन् कस्न थाल्छ । यो अर्द्धनाङ्गो भरिया राल्फा हो । यो स्थितिमा राल्फा भएर मैले आफूलाई बीसौँ शताब्दीको विसङ्गतिपूर्ण अस्तित्वबाट कस्तरी बचाऊ गरेकी छु । राल्फा एउटा सन्तति हो ।’ रूढि, संस्कार, न्याय-नियम, लिङ्ग तथा वर्णभेद, सीमारेखा, जातित्व आदिका विरुद्ध अभियान चलाउनु राल्फाली सैद्धान्तिक आदर्श रहेको पक्षलाई दयाराम श्रेष्ठले देखाएका छन् ।

साहित्यमा क्रियाशील राल्फा समूहको दार्शनिक पक्ष भने अस्तित्ववादी, विसङ्गतबोध, दादावाद, प्रगतिवाद र प्रयोगवादका प्रभावबाट निर्माण भएको पाइन्छ । यिनीहरूले इतिहास र परम्पराप्रति असहमति जनाएका छन् । यिनीहरू यौन स्वतन्त्रता र अस्तित्वप्रति आशङ्का व्यक्त गर्दै व्यक्तिावादी कुण्ठा, आवेश र आक्रोशको अभिव्यक्तिअतिर लागेको पाइन्छ । वास्तवमा व्यक्तिर स्वतन्त्रताको पक्ष, परिवर्तनको चाहना, भाषा शैलीमा पृथकता र कलासाहित्यमा भिन्न मत नै यस समूहको मूल पक्ष हो ।

पारिजातको द्वितीय चरणका कथाहरूमा अकथात्मक लेखनले विशिष्टता प्राप्तन गरेको छ । त्यहाँ अस्थिर, अव्यवस्थित, मानवीय जीवनको यथार्थ चित्रण प्रस्तुत गरिएको छ । उनका यस चरणका कथाहरू प्रयोगधर्मी देखिन्छन् । यी कथाहरूमा स्वच्छन्दता, उन्मुक्तता, कथ्य र शैली दुवैमा नवीनता देखिएको छ । कतै यौन स्वतन्त्रता, कतै अविवाहित भएर पनि दाम्पत्य जीवनको उपभोग तथा कतै ह्रिंसक पुरुषहरूको अनियन्त्रित र पाशविक यौन चाहना आदिलाई उनले आफ्ना कथामा प्रस्तुत गरेकी छन् । ‘स्त्री्वाद यौनवादी दमनलाई ध्वस्त पार्न गरिने सङ्घर्ष हो’ भन्ने बेल हुक्सको भनाइसित यस कालका पारिजातका कथाहरूले सादृश्यता राखेको पाइन्छ ।

कथा-यात्राको द्वितीय चरण वि सं २०२६-२०२८-मा यौन स्वतन्त्रता, काल्पनिक परिहास, बीसौ शताब्दीका मानिसहरूको भोगाइ र यथार्थ, सपनाको परिकल्पना पारिजातका कथा लेखनका आधार हुन् ।

प्रथम चरणमा उनी प्रखर अस्तित्ववादी कथा सर्जकका रूपमा देखिएकी छन् भने द्वितीय चरण अर्थात् सडक र प्रतिभा कथा-सङ्ग्रहका धेरै कथाहरूमा निराशा, मानव स्थिति, सङ्घर्ष, एक्लोपन, विसङ्गति, शून्यता, तनाउग्रस्तता, मृत्यु वा मृत्युसन्दर्भ आदि भाव अभिव्यक्त भएको पाइन्छ । यसैले यिनमा विसङ्गतिवादी चिन्तन र शून्यवाद समाहित भएको देखिन्छ ।

पारिजातका थालनी कालका कथामा उनीभित्रको मातृत्वको चाहना र अहम्को प्रस्तुति पाइन्छ भने पछिल्लो कालका कथाहरूमा प्रगतिवादी चिन्तन प्रबल रहेको पाइन्छ भनी पुष्करराज भट्टले पारिजातका कथाहरूको मूल्याङ्कन गरेका छन् ।

पारिजात आफ्नो कथा लेखनको तृतीय चरणमा उत्कृष्ट कथा लेख्न सफल बनेकी देखिन्छ । प्रगतिवादी कथा लेखनका असल उदाहरणका रूपमा पारिजातका तृतीय र चतुर्थ चरणका केही कथाहरू रहेका हुनाले तिनीहरूको अनुवाद अङ्ग्रेजीमा पनि भएर साझा प्रकाशन र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको उल्लेख कृष्णप्रसाद घिमिरे आफ्नो शोध-पत्रमा गरेका छन् । यस चरणमा पारिजातको चिन्तनमा परिवर्तन भएको टड्कारो रूपमा देख्न सकिन्छ । द्वन्द्वात्मक भौतिकवाद उनको आदर्श दर्शन बनेको पाइन्छ । उनी जनतामाझ जाने र तिनीहरूलाई शोषित, दमित र पीडित बनाउने आर्थिक विषमतालाई निर्मूल पार्ने जनवादी निर्णय गर्दछिन् । यस निर्णयले पारिजातमा नयाँ सृजनको प्रेरणा दिएको थाहा पाइन्छ ।

कम्युनिष्ट धाराका नेता र कार्यकर्तासित हुने भेटघाट, विचार-विमर्श र त्यही धारका कृतिहरूको पठनले उनी सशक्त प्रगतिवादी कथाकारका रूपमा स्थापित हुन पुगेकी थाहा पाइन्छ । यसरी कतिपय कृतिहरूमा वस्तु र रूपको सन्तुलित संयोजनले समाजवादी धारमा कथा लेख्ने कथाकारहरूमा उनको स्थान पहिलो वा अग्रणी बन्न पुग्छ । उपेक्षितहरूलाई समाजले ग्रहण गर्नुपर्दछ भन्ने कुरामा अडान लिँदै, उनीहरूको उत्थानका लागी समाज सहानुभूतिशील हुनुपर्ने उदात्त विचार पारिजातका कथामा पाइन्छ ।

पारिजातको तृतीय चरण (वि सं २०२९-२०४२)-मा प्रगतिवादी कथालेखनका क्षेत्रमा उपलब्धियुक्त देखिन्छ । उनका यस चरणका समग्र रचना प्रगतिवादी आख्यानका उत्कृष्ट आदर्श बनेका छन् । त्यसको उदाहरण अनिदो पहाडसँगै (वि सं २०३९) हो । पारिजातका यस समयका कवितामा पनि काव्यात्मक परिष्कार र समाजवादी भावनाको एकात्मक स्वर मुखरित छ । उनका अन्तर्वार्ताका अभिव्यक्ति मा पनि सामूहिकता, नारी दमनको विद्रोह, श्रमप्रतिको सम्मानलगायत मानवतावादी चिन्तनले प्रमुखता पाएका छन् ।

पारिजातका तृतीय चरणका पात्रहरू निम्न आर्थिक अवस्थाका श्रमशोषित तथा उपेक्षित वर्गका छन्, जसले समाजमा बाँच्नाका लागि दिनरात सङ्घर्ष गरिरहनु पर्छ । नैकापे सर्किनी, प्रतिकूलता, एउटा गाउँमा आदि कथाका पात्रहरू यसका असल उदाहरण हुन् । पारिजातले कतै पत्रात्मक शैली, कतै वर्णनात्मक शैली, कतै परिवेशप्रधान चित्रात्मक शैली आदिलाई यस चरणमा प्रयोग गर्दै कथा सिर्जना गरेकी छन् ।

प्राकृतिक र सामाजिक संसारलाई यथार्थवादको दृष्टिले निर्क्यौल गर्ने समाजशास्त्री्य अध्ययनलाई आलोचनात्मक यथार्थवाद भनिन्छ । यसलाई उत्तमोत्तम यथार्थवाद नामबाट साहित्यदर्शनमा परिचित गराउने व्यक्तिर हुन् –द्वन्द्वत्व (डायलेक्टिक्स)-का लेखक रायभास्कर । पारिजातको कथालेखनको चौथो चरणमा आलोचनात्कम यथार्थवादी दृष्टि मुखर भएको देखिन्छ ।

वि सं २०४३-देखि २०४९-लाई पारिजातको कथा लेखनको चौथो चरण मानिन्छ । त्यस बेला उनको चौथो कथा-सङ्ग्रह वधशाला जाँदा आउँदा वि सं २०४९-मा प्रकाशित भएको हो । समाजका तथाकथित नैतिक आचरणको आरोप हुनाले तल्लो वर्गमा पर्ने लिङ्ग र जाति सदैव शोषित हुनुपरेको तथा उनीहरूको प्रकृतिप्रदत्त पावनता दमित हुनुपरेको स्थितिलाई यस चरणमा प्रकाशित पारेकी छन् । जागरणका लागि प्रगतिशील विस्तार अग्रसारित गरेकी पाइन्छ ।

यस चरणमा उनले जम्म पाँचवटा कथा लेखेकी पाइन्छ । ती हुन् – शोध (वि सं २०४३), नाटकको चौथो चरण (वि सं २०४३), वधशाला जाँदा आउँदा (वि सं २०४३), विकल्पहीन (वि सं २०४४), शकुन्तलाको चिन्तन (वि सं२०४५) । यस कथा-सङ्ग्रहमा सङ्कलित एउटा जून पानीभित्र र साँझ उदास घरको पिँढीमा कथा पहिल्यै विभिन्न पत्रिकामा प्रकाशित भइसकेको भए तापनि यहाँ सङ्कलित गरेर वि सं २०४९-मा प्रकाशित भएको पाइन्छ ।

पारिजातका प्रायः कथाहरू प्रथम पुरुष दृष्टिविन्दुमा आधृत रहेको देख्न पाइन्छ । प्रथम पुरुष दृष्टिविन्दु प्रयोग गरी आत्मालापीय शैलीमा लेखिएका उनका अधिकांश कथाहरूमा नारीवादी स्वर पाइन्छ भने कतिपय कथामा वर्गीय सङ्घर्षलाई पनि विषयवस्तु बनाइएको देखिन्छ भन्ने समालोचक लक्ष्मणप्रसाद गौतमको भनाइ रहेको पाइन्छ । मूलतः समाजका तटिकृत वर्गलाई कथामा ठाउँ दिने काम पारिजातबाट भएको छ ।

पारिजातका कथामा नारीको स्थिति
आधुनिक आख्यानहरूले नारीलाई आदर्शवादी, आदर्शोन्मुख यथार्थवादी, यथार्थवादी, अस्तित्ववादी, मनोविश्लेषणवादी आदि दृष्टिले चित्रण गरिआएको पाइन्छ । पारिजातले आफ्ना आख्यानमा सामाजिक यथार्थवादी, अस्तित्ववादी, विसङ्गतिवादी तथा प्रगतिवादी दृष्टिकोणले नारीको चित्रण गरेकी छन् । नारीलाई केन्द्रिय विषयवस्तु बनाई साहित्य रचना गर्ने नेपाली साहित्यकारहरूमा पारिजातको नाम अग्रपङ्क्तिमा आउँछ ।

नारी दर्शनलाई केन्द्रबिन्दुमा राखेर आफ्ना विचारलाई अभिव्यक्ति दिने क्रममा उनले कविता, उपन्यास, कथा, नाटक, आत्मसंस्मरण, निबन्धजस्ता विधालाई माध्यम बनाएकी छन् । कतिपय रचनामा देखिएका नारी पात्रका रूपमा पारिजात आफै समाहित भएको कुरा अन्वेषित भइसकेको छ । विश्वद इतिहासको कालक्रममा नारी कहीँ पूज्य र कहीँ हेय भएको देखिन्छ । आधुनिक कालमा नारी मुक्तिका प्रयासहरू हुनथाले । यसको प्रभाव विकसित राष्ट्रमा सकारात्मक भए तापनि तेस्रो विश्विका निम्नवर्गीय समाज यसदेखि वञ्चित रहेका छन् । विश्वरविश्रुत यस सत्यलाई प्रकाशन गर्नमा साहित्य प्रारम्भदेखि नै उद्यत रहेको छ । यसप्रति नेपाली साहित्यलाई अक्षुण्ण बनाउनतिर पारिजातले नेतृत्व गरेकी छन् ।

नारी-लेखन र नारी-विमर्शको विद्वत् परम्परालाई निर्वहन गरेर पारिजात साहित्य रचनामा उद्यत रहेकी बुझिन्छ । यिनको साहित्यले नारीका अभिव्यञ्जनालाई गम्भीरतापूर्वक विमर्शन गर्दै नारी समस्यालाई संवरण गरेको पाइन्छ । नारी समस्यालाई केन्द्रमा राखीकन समाजको नकारात्मक प्रभावलाई झल्काउँदै कथा रचना गरेको पाइन्छ । यसमा तापनि सुधारको संकेतद्वारा समाज नारीप्रति सकारात्मक होस् भन्ने उनको अभिप्राय रहेको छ । पारिजातका कथाहरू समस्यामूलक छन् । ती कथामा समस्याग्रस्त वर्गका रूपमा सर्वाधिक नारीहरूको प्रयोग देखिन्छ । यी नारीहरू चौतर्फी शोषण तथा मर्कामा परेको देखाउँदै सामाजिक-आर्थिक साथै सांस्कृतिक परिवर्तन अनि संचेतना प्रस्फुटित नभएसम्म नारीहरूको स्थिति सुध्रने छैन भन्ने देखिएको छ । नारीको स्थिति नसुध्रेसम्म समाजको आमूल उन्नति सम्भव छैन भन्ने विचार कथाका माध्यमबाट प्रस्तुत भएको देखिन्छ ।

पारिजातले कथालेखनको प्रारम्भमै नारीलाई केन्द्रका रूपमा प्रयोग गरेकी पाइन्छ । उनको मैले नजन्माएको छोरो प्रथम प्रकाशित कथा हो । यस कथामा प्रयुक्त म पात्रसित पारिजातको स्थितिसाम्य भेटिन्छ । पारिजात स्वयं म पात्रका रूपमा उपस्थित भई नारीका अनुभव र अनुभूतिलाई कथा रूपमा प्रकट गरेकी छन् । यहाँ उनले आफ्नो मान्यता – श्रीमती हुनभन्दा पहिला नारी जननी भईहोली भनेर मातृत्वको महिमागान गरेकी छन् । उनी सानैमा मातृविहीन भएकी र आफै अविवाहित रहेका कारण मातृत्वको वास्तविक प्रत्यक्ष अनुभव गर्न नसकेको आत्मस्वीकार आफ्ना आत्मसंस्मरणमा उल्लेख गरे पनि यस कथामा भने उनले मातृत्वको महिमागान गरेकी छन् । यसर्थ यस कथामा उनको मुख पात्रका रूपमा युवती आएकी छ ।

पारिजातका पात्रहरू आफ्ना पुरुष साथी अथवा समाजका ठालूहरूबाट शोषणमा परेका छन् । तीमध्ये सर्वाधिक मर्कामा पर्ने नारीहरू अशिक्षा, गरिबी, चेतनाको अभाव, शारीरिक वा मानसिक विकलाङ्गताका कारण अति शोषित हुनपुगेका छन् । साल्गी जस्ता नारीलाई लहरे जस्ता पात्रले सरल जीवनको प्रलोभनमा पारी वेश्यालयमा पुऱ्याएको अवस्था देखाइएको छ । तेस्रो विश्वका भारत, बङ्लादेश, नेपाल प्रभृति देशमा वेश्यावृत्ति तथा मानव तस्करी र बेचबिखन समस्याकै रूपमा देखिएको तथ्याङ्क उपलब्ध छन् । पारिजातले पनि यो वैश्विक समस्याले वरिपरिका पात्रहरू विशेष रूपमा आक्रान्त भएको अनुभव गरेकै कारण बारम्बार ती पात्रहरूलाई कथा नायिका बनाएर उभ्याएको देखिन्छ ।

लाटीजस्ता अबोला, निमुखा, निःचेत पात्रहरूको यौन उत्पीडन पटक पटक देखाएर पितृसत्ताले सदैव आरूढ, दोहन, शिकार गरी विजयी ठान्ने अनि पराजित स्त्री पात्र जस्तै निर्दोष भए पनि विभिन्न सास्ती पाउन बाध्य भइरहेको पारिजातले कथामा देखाएकी छन् ।

कथामा श्रमआश्रित नारीहरूले आफ्ना कामको उचित ज्याला नपाएका अनि उनीहरूको सामाजिक-पारिवारिक स्थिति पनि सन्तोषजनक नरहेको देखाएकी छन् । ती पात्र जस्तै- नैकापे सर्किनी, कमलीकी आमा, सोफिया आदिले कठोर श्रम गरे पनि उनीहरूको स्थितिमा कुनै आशाजनक सुधार आएको देखाएकी छैनन् । नारीका कार्यको अवमूल्यन हुनेगरेको सामाजिक यथार्थलाई उनका कथामा देखाइन्छ ।

आर्थिक मर्कामा परेका नारी पात्रले समयमा स्वास्थोपचार नपाएकै कारण असमयमा मृत्यु वरण गरेका घटना, दोजिया भएर अस्पतालको भर पर्दा पनि उचित उपचार नपाएको देखाइएको छ । पारिजात स्वयं दीर्घरोगी हुनाले बारम्बार विभिन्न अस्पताल धाएकी थिइन् । यसर्थ अस्पतालमा झेलेका ती अनुभवलाई उनले आफ्ना कथापात्राका रूपमा प्रविष्टि दिएको देखिन्छ । उल्लिखित पात्रहरूलाई डाक्टरलगायत सबैले गर्ने रूखो व्यवहारकी भुक्तभोगी पारिजात स्वयं भएको उल्लेख उनका लेख तथा आत्मसंस्मरणमा पनि प्रकट भएको पाइन्छ ।

समाजका नारी समस्या देखाउने क्रममा निम्नवर्गीय किशोरी विकृतितर्फ उन्मुख हुन बाध्य छे, उसको यस्तो परिवेशलाई आधार बनाई कथा सिर्जना गरेकी छन् । यस क्रममा पारिजातले कथामा विभिन्न कारणबाट शोषणमा परेको र सामाजिक विकृतिलाई अँगाल्न बाध्य बेबी, कमली तथा बोनी जस्ता किशोरी पात्रहरू देखाएकी छन् । किशोर अवस्थाका नारीहरूको समस्यालाई सम्बोधन गर्नु पनि पारिजातको कथाशिल्प हो ।

पारिजातले निम्नवर्गीय पात्रको चित्रण गर्ने क्रममा घरबारविहीन देवलवासी स्त्री, मगन्ते स्त्री, लाटी आदि नारीपात्रलाई पनि कथ्यविषय बनाएर प्रस्तुत गर्दै उनीहरूको सुरक्षा सदैव उपेक्षित भएको देखाएकी छन् । आश्रयहीनताकै कारण उनीहरूलाई पुरुषले आफ्ना शोषणको शिकार बनाउँछन् । यस्तो समस्यालाई पारिजातले कथा रचनाको प्रमुख उत्प्रेरक तत्त्वका रूपमा प्रस्तुत गरेकी देखिन्छ ।

हाडनाता करणीमा समेत संलग्न हुने बुढो ससुरा, सौतेनी दाजु आदिद्वारा आफ्नै बुहारी, बहिनीहरूलाई मनपरी बलात्कार गरिएको स्थिति पनि कथामा देखाइएको छ । सम्बन्धको आडमा समाजमा व्याप्त व्याभिचारलाई पनि यसरी प्रस्तुत गरिएको देखिन्छ ।

प्रगतिवादी भावलाई आत्मसात् गर्दै पछिल्ला चरणमा लेखिएका पारिजातका कथामा उत्पीडित नारी पात्रहरूले प्रतिकारको स्वर पनि उरालेका देखिन्छ । शोषणको पराकाष्ठापछि बुढी अतिमाया मगर्नी, अधबैंसे खिउटेकी आमा, अबोला सर्किनी आदिले प्रगतिवादी चेतनाकै कारण हतियार उठाएका देखाएकी छन् । आफ्ना समस्याको समाधान कहीँ कतैबाट सम्भव नहुने देखेपछि ती समस्यासँग जुझारू भई प्रतिकार गर्न आफै तत्पर यी पात्रहरूका माध्यमबाट पारिजातको कथायात्राले ऊर्ध्वगति लिएको देखिन्छ ।

प्रारम्भिक रचनामा व्यष्टि विसङ्गति देख्ने पारिजातले कालान्तरमा समष्टिगत विसङ्गति दृष्टिपात् गरिन् । व्यष्टिको विशृङ्खलता समाजद्वारा आरोपित भएको देखाएका यिनका कथाहरूले परिवर्तनको लक्ष्य राखेको पाइन्छ । यिनका कथाहरू विचारका संवाहक छन् । निम्नवर्गीय पात्रहरू यिनका कथाका अभीष्ट हुन् । श्रमतुल्य मूल्य नपाएका श्रमाश्रित पात्रहरूका साथै मगन्ते, देवलवासी महिला आदि अश्रमाश्रित निम्नवर्गीय पात्रहरूलाई पनि कथामा स्थान दिइएको छ।

नारी संवेदनाको कुशल अभिव्यक्तिले यिनका रचना विश्व साहित्यको समकक्षी हुनमा अग्रसारित बनेको पाइन्छ । पारिजातीय साहित्यले समाजको आधा आकाश पनि सदाकाल स्वच्छ रहोस् भन्ने कामना राख्दछ ।

उपसंहार–
नेपाली साहित्यलाई शिखरतर्फ उन्मुख गराउने पारिजातलाई देवकोटा र विश्वेश्वरप्रसाद कोइराला पछि तेस्रो स्थानमा स्थापित गराउने कार्य मिलेनियम स्रष्टा अध्ययनकर्ताहरूबाट सम्पन्न भइसकेको स्थितिमा पारिजातीय साहित्यको महत्ता र मूल्य स्वयंसिद्ध भइसकेको पाइन्छ । साहित्यिक यात्राका विविध मोड तथा पडावहरू नाघ्दै आफ्ना कृतिद्वारा पारिजातले नेपाली साहित्य ढुकुटी भर्ने कार्य मात्र गरिनन् बरू तिनमा नवीनता, विविधता तथा चेतनाको नयाँ आयाम पनि थप्ने कार्य सम्पन्न गरिन् । यसरी पारिजातले नेपाली साहित्य जगत्मा कथा विधाको समुन्नति तथा उन्नयनका लागि गरेको योगदानले पारिजातलाई विशिष्ट स्थानमा स्वतः स्थापित गराएको छ ।

नेपाली कथा साहित्यमा पारिजातद्वारा प्रस्तुत गरिएका प्रयोग, नवीन विचार अनि चेतनाले नेपाली कथा साहित्यलाई एउटा अर्को शिखरतर्फ उन्मुख गराएको हुनाले पारिजात नेपाली कथा साहित्य जगत्की एउटी सशक्त स्तम्भ हुन् भन्दा अत्युक्ति हुनेछैन । पारिजात गौरव हुन्, उनले नेपाली जनमानसका सानाभन्दा साना तथा ठुला भन्दा ठुला विषय तथा परिवेशलाई पनि नयाँ आयाम र आकार दिएर प्रस्तुत गरि नेपाली कथा पनि विश्व परिदृष्यमा प्रस्तुत योग्य विषयवस्तुयुक्त छ भन्ने दृष्टान्त राख्ने कार्य पनि गरेकी छन् । नेपाली साहित्यले पारिजातलाई उनका कार्यहरूका लागि सदैव सगर्व स्मरण गरिरहने कुरामा दुइ मत छैन ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 325
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.