SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » आत्मकथा, संस्मरण र फुटकर निबन्धमा पारिजात
समीक्षा

आत्मकथा, संस्मरण र फुटकर निबन्धमा पारिजात

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
रुद्र खरेल (इ.सं १९४७ – वि.सं २०६५, सुपुत्र देवीचरण खरेल र रामभक्तिमाया खरेल) नेपाली साहित्य सिर्जना र समीक्षाका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । २०२२ सालमा आह्वान शीर्षकको कविता प्रकाशन गरी सार्वजनिक भएका खरेलका केही भाषा केही साहित्य (२०४७) समीक्षाका साथै छोरीलाई कविता (२०४८), तोरी लाहुरे चोकमा एकछिन (२०५२), बिर्सिस्यो कि (२०५८), आषाढस्य प्रथम दिवसे (२०५९), तेस्रो आँखा (२०६१) जस्ता निबन्धसङ्ग्रहहरू प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा खरेलले पारिजातमाथि लेखेको समीक्षा समेटिएको छ । यस समीक्षाले पारिजातका निबन्धात्मक सिर्जनाको मूल्याङ्कन गरेको छ ।-सम्पा.

 

पारिजात बहुमुखी प्रतिभाकी धनी भएकाले स्वभावतः उनको सृजना पनि साहित्यका विभिन्न विधामा केन्द्रित रह्यो । उनले जति धेरै विधामा हात हाल्ने र संख्या तथा गुण दुवै दृष्टिले उन्नत रचना दिने उनका समकालिक साहित्यकारमा अर्को कोही छैन । खासगरी उपन्यास, कथा र कविता विधामा पारिजातको सृजनशील प्रतिभाको उल्लेखनीय चर्चा हुँदै आएको छ र उनको योगदान मुख्यतः यिनै विधालाई लक्षित गरी त्यसै अध्ययनका भरमा स्थापित गरिँदो छ । पारिजातको निबन्धकारिताबारे समीक्षकहरूको उत्तिको ध्यानाकर्षण हुन सकेको देखिँदैन । उपन्यास, कथा र कवितातर्फ प्रसिद्धि पाइसकेपछि २०३० सालतिर पारिजातको पहिलो आत्मकथात्मक कृति, “धुपी, सल्ला र लालीगुराँसको फेदमा” र त्यसको सोह्र वर्षपछि “एउटा चित्रमय सुरुवात” पारिजातकै शब्दहरूमा भन्ने हो भने “जीवनको सर्सर्ती रूपरेखा” हो । यस दृष्टिले विचार्दा पारिजातको निबन्ध रचनावधि दुई दशक देखिन्छ र चारवटा कृतिहरू प्रकाशित भइसकेका छन् ।

“पारिजात इमान भएकी साहित्यकार हुन् । तसर्थ, उनको आफूप्रतिको दृष्टि विश्लेषणात्मक र आलोचनात्मक छ । आफूलाई सुम्सुम्याउनु र निरपेक्ष रूपमा मोटो माया गर्नुभन्दा आफूप्रति आक्रामक आलोचक बन्नु र आफ्ना खराबी विरुद्ध निर्मम जीवन बाँच्नु औधी कठिन हुन्छ । यही कठिन बाटामा पारिजात अभिमुख छिन्”

“धुपी, सल्ला र लाली गुराँसको फेदमा” पहिलो आत्मकथात्मक कृति हो जसले स्रष्टाको वैचारिक संक्रमणशीलता समेत छर्लङ्ग पार्दछ । जीवन र अनुभवहरूको विशिष्ट देउरालीमा उभिएर त्यहीँबाट जीवन र समाजलाई अतीत र वर्तमानको समग्रतामा मुल्याङ्कन र प्रस्तुत सबै आत्म कथाहरूमा गरिएको हुन्छ र यसै दृष्टिले पारिजातका आत्मकथा र संस्मरणलाई पनि हेर्नुपर्दछ । यसर्थ, यस्ता कृतिहरूमा पात्र, परिवेश र घटनाप्रवाह विद्यमान हुन्छन् । मुख्य कुरो, यिनै कुराको तपसिलमा वर्णित सूची वा विवरणको सोझो प्रस्तुतिमा झन्डैझन्डै सीमाबद्ध हुन पुगेको संस्मरण र आत्मकथालाई निश्चित रूपले पारिजातले नौलो उचाई प्रदान गरिन् । उनका संस्मरण र मुख्यतः आत्मकथामा विभिन्न परिवेशका विभिन्न पात्रहरू र घटना प्रवाह पाइन्छ तर गाँठी कुरा के हो भने ती कुराहरूको ठाडो तथा एकनासे वर्णन र विवरणबाट आफ्ना रचनालाई मुक्त गर्दै ती घटना र परिवेशमा उभिँदा ताकका आफ्ना अनुभूति चाहिँ औधी सूक्ष्मताका साथ प्रस्तुत गरिएको छ । पारिजातको दृष्टि जहाँ पर्छ त्यो मोटामोटी र बोधो नभई सूक्ष्म र धारिलो रूपमा प्रकट हुन्छ । अनुभूतिहरूको सूक्ष्मता र धारिलोपनाले त्यस बेला जन्म लिन्छ जब आफूले समातेको बस्तुको चलनचल्तीको प्रक्षेपमा स्रष्टा सन्तुष्ट हुँदैन र त्यसका विशिष्ट र मार्मिक पक्षहरूलाई स्पर्श गर्न थाल्दछ । पारिजातले प्रदान गरेको पहिलो नौलो उचाइ यही हो । वास्तवमा, पारिजातका आत्मकथा र संस्मरणको कथ्य वा केन्द्रीय वस्तु घटना, परिवेश र पात्रहरूको परिचय होइन, मानिसहरूलाई र स्वयं आफूलाई पनि बाहिरबाट होइन भित्रबाट, सुल्टो र उल्टोबाट पनि चियाउँदै मानसिक जटिलता र द्वन्दको उद्घाटन गर्नु हो ।

प्रेमचन्दले साहित्यमा पात्रहरूका नाम झूटा र बाँकी कुरा साँचा हुन्छन् भने इतिहासमा पात्रका नाम साँचा र बाँकी यथार्थ चाहिँ झूटो हुन्छ भनी कतिपय असंगत अवस्थाहरूलाई व्यंग्य गरेका छन् । आत्मकथा र संस्मरणका सम्बन्धमा भन्ने हो भने पात्र, परिवेश र घटना पनि साँचा हुन्छन् र बृहत् सामाजिक जीवनमा उल्लेखित व्यक्तिहरूको उपस्थिति र रोहबरले नै साक्षीको काम गरेको हुन्छ । त्यसमा पनि परिवेश र पात्रहरू अतीतमा बिलीन भइसकेकाले वर्तमानमा उभिएर स्वेच्छाचारीपूर्वक केवल त्यस क्षणलाई अभिव्यक्त गर्दा हुने एकतर्फी र सजिलोपना पारिजातलाई उपलब्ध थिएन । समयको प्रवाहमा कतिपय व्यक्तिहरू हामी माझ नरहनु भए पनि ठूलो संख्याको उपस्थिति र क्रियाशीलता विद्यमान छ । तसर्थ, यिनीहरूकै आँखा अघि उभिएर सफलताका साथ घटना, परिवेशको मुल्याङ्कन, व्यक्तिहरूको मानसिकताको अनावरण र आलोचना प्रस्तुत गर्ने काम आफैँमा चुनौतीपूर्ण मान्न सकिन्छ । आफ्नो परिवेशमा उभिएका मध्यम वर्गीय पात्रहरूको र स्वयं आफ्नै पनि आकांक्षा, द्विविधा, द्वन्द, विरोधाभास, स्वप्नशीलता, घुर्की, दंभ, स्वार्थ, निराशा, विवशता तथा चिन्तन र व्यवहारको द्वैधताको पारदर्शी प्रस्तुति पारिजातका आत्मकथाहरूमा पाउन सकिन्छ । आत्मकथामा स्वीकृत औपचारिक मान्यताले गर्दा आत्मकथा प्रस्तोताको केन्द्रीयताको सुविधाका कारण पारिजातलाई पनि आफ्नो अहम्को गरिमा विस्तार गर्ने अवसर प्राप्त नहुने होइन र त्यो नजानिँदो र मिहिनतसँग वर्गीयताका कारण देखा नपर्ने पनि होइन तापनि आफ्नो विशिष्टता बोधमा अन्धो भएर अरूलाई चानचुने बनाउने मोटो दृष्टिबाट छाढिदै सामुहिकता तर्फको अभिमुखिता पारिजातमा पाइन्छ । उनले आफ्ना थुप्रै अपुगहरू, असंगतिहरू, कमजोरीहरू र सबलताको मूल्याङ्कन गरेकी छिन् । पारिजात इमान भएकी साहित्यकार हुन् । तसर्थ, उनको आफू प्रतिको दृष्टि विश्लेषणात्मक र आलोचनात्मक छ । आफूलाई सुम्सुम्याउनु र निरपेक्ष रूपमा मोटो माया गर्नुभन्दा आफूप्रति आक्रामक आलोचक बन्नु र आफ्ना खराबी विरुद्ध निर्मम जीवन बाँच्नु औधी कठिन हुन्छ । यही कठिन बाटामा पारिजात अभिमुख छिन्, आत्मस्पुहालाई ठम्याउने र त्यसबाट मुक्त रहने प्रयत्न उनका आत्मकथाहरूमा पाइन्छ । पारिजातको सृजनशीलता र वैचारिक विकारको आरोह–अवरोहमा यो पक्ष कारक तत्त्वका रूपमा रहेको छ ।

पारिजात र उनका ओरिपरिका व्यक्तिहरू सतहबाट झ्वाट्ट हेर्दा जस्ता देखिन्छन्, त्यो उनीहरूको खाँटी पहिचान साबित हुँदैन । आफ्नो र आफूसँगका मानिसहरूको ग्रन्थिगत जटिलता कुंठा, महत्त्वाकांक्षा, दंभ र द्विविधा, चोट, आँशु र निराशाहरू, कुटिल स्वार्थ, जिउने इच्छा र आत्मसंघर्ष जस्ता मार्मिक पक्षलाई इमानदारीपूर्वक चित्रित गर्नाले नेपाली मध्यम वर्गको मानसिकता पहिचान आत्म कथाहरूले सघोट गरेको छ । अझ त्यसै वर्गबाट आएका इमानदार स्रष्टाहरूको वैचारिक विकास क्रमका बाङ्गाटिङ्गा बाटाहरू र उकाली ओरालीका भन्ज्याङ तथा खुँजहरू चिन्हित गरी उनीहरूको वर्गीय प्रवृत्तिमा रहेका कमजोरी लक्षित गर्ने दृष्टिले समेत प्रस्तुत आत्मकथाहरूको महत्त्व आफ्ना ठाउँमा छ । वैचारिक विकास क्रमको दोसाँधमा आइपुगेकी पारिजातका द्वन्दहरूको किशोरावस्थादेखिको विकास र त्यसको पृष्ठभूमि बोकेर “धुपी, सल्ला र लाली गुराँसको फेदमा” २०३० सालमा आएको छ भने अरू आत्मकथा, संस्मरण र “आँधी आकाश” चाहिँ तीस र चालीसको दशकमा लेखिएका छन् । पारिजातका आत्मकथाहरूको उल्लेखनीय पक्ष आफ्ना द्वन्दहरूलाई कुशलताका साथ प्रस्तुत गर्ने सामथ्र्य पनि हो । किशोरावस्थादेखि नै सतही जीवनबोध र यथार्थका बीचमा, सस्ता औपचारिकता, नक्कलीपन, दंभ र समाज तथा जीवनका वास्तविकताका बीचमा हुर्कदो द्वन्दचेत पछिसम्म आफ्नै प्रकारले विभिन्न अवस्थाहरूमा विकसित हुँदै गयो । बिप्ल्याँटो परिस्थितिमा आफ्ना इच्छा, आकांक्षा र बैंसका रहरहरू पारिवारिक र वर्गीय रूपमा हुर्काएको काल्पनिक आदर्शको पंगुपना एवं निस्क्रिय स्वप्नशीलता र दंभका मुखेन्जी निरर्थक प्रमाणिक हुँदै आए । यस्तै, जीवनको यथास्थिति र परिवर्तनका बीचमा भनौ अथवा संकोच, निराशा, असन्तुष्टि, व्यर्थता र उच्च सपनाका बीचमा भनौँ द्वन्दको उपस्थित अन्तर्निहीत छ । संयोगवश द्वन्द पारिजातको जीवनमा स्वाभाविक हुन गयो । कतिसम्म भने चाहना र इनकारी, परावलम्बिता प्रतिको घृणा र शारीरिक यन्त्रणा र अशक्तताले निम्त्याएको विवशता, उपलब्धिको आकांक्षा र टिठ लाग्दो यथार्थका माझ पारिजातले उभिनुप¥यो । पारिजातको जीवनको खाइलाग्दो भाग यिनै द्वन्दहरूका गुजुल्टामा जेलिएको छ, प्रस्तुत आत्मकथाहरूमा आफ्नो असाधारण बोध सामथ्र्यको तीक्ष्णताले त्यस गुजुल्टाको मसिनो भन्दा मसिनो पक्ष समातिएको छ । जटिलताको निदान र समस्याको समाधान पहिल्याउने विलक्षणता पारिजातमा पाइन्छ । परिवेशका थुप्रै मानिसहरूबाट यसै विलक्षणताले पारिजातलाई छुट्याइदिन्छ । जीवनको तिक्तता, रिक्तता र अपर्याप्तता बोधको रनाहा लाग्दा जीवन र जगत्लाई अथ्र्याउने सिलसिलामा निस्सारताबाद, शून्यवाद अस्तित्त्ववाद जस्ता दर्शनहरूको प्रभाव पारिजातमा पर्छ । उनको जीवन साँच्चै भन्ने हो भने विचारहरूको प्रयोगशाला जस्तो देखिन्छ र बाङ्गो टिङ्गो बाटो हिँड्दै उनी माक्र्सवादमा आइपुग्छिन् । जीवन भन्न हुने जीवन आफैँमा सीमाबद्ध भएर अथवा पारिजातका शब्दमा “म भएर” प्राप्त हुन सक्तैन, जसको उल्लेख “धुपी, सल्ला र लालीगुराँसको फेदमा” गरिएको छ । व्यापक जनसमूहसँग आबद्ध भए पछि आपसमा दुःख सुख साटासाट हुन थाले पछि नै जीवनको अर्थ स्पष्टिन थाल्छ । २०२२ सालमा “शिरीषको फूल” लेख्दा ताककी “फूलै फूलको बिछ्याउनामा पल्टाइदिए पनि म मान्छे जन्मन चाहन्न” भन्ने पारिजात माक्र्सवादमा आइपुग्नासाथ सगौरव स्वीकार गर्छिन्, “आज भोलि मलाई जीवन दिनदिनै नयाँ लाग्छ ।” यस नयाँ जीवनलाई झनै नयाँ बनाइराख्ने हो भने मध्यम वर्गीय संस्कारबाट जन्मेका व्यक्तिवाद र स्वेच्छाचारिताका विरुद्ध जुध्नु अपरिहार्य छ । पारिजातको जनवादी व्यक्तित्त्वको विकास जे जस्तो भयो, यसै जुधाइको परिणाम हो । यसबारे उनको स्पष्ट स्वीकारोक्ति छ ।

“आजसम्म पनि केही वर्गीय चरित्रहरूसँग जुध्दैछु तर दृष्टिकोण समूह बीच छ । त्यसैले सिक्ने मौका पाउँदैछु ।”

कल्पनाकी धनी पारिजातको दृष्टि चित्रकारको जस्तो मसिनो छ । लाग्छ, रंगहरूका सट्टा शब्दका माध्यमले जीवित र चित्रमय वर्णन प्रस्तुत गर्ने सृजनात्मक प्रवृत्ति उनका निबन्धको वैशिष्ट्य हो । उनका आत्मकथाहरूमा विशेषतः “धुपी, सल्ला र लाली गुराँसको फेदमा” दार्जिलिङ्गले र “अध्ययन र संघर्ष” मा काठमाडौंले स्पन्दन र बोली पाएको छ । अनुभूतिको तीब्रताको क्षणमा पारिजात बिम्बमा बोल्छिन् जुन बिम्बहरू सामान्य परिवेश र जनजीवनबाट टिपिएका र सोही अर्थमा प्रयोग भएकाले पारदर्शी देखिन्छन् । कल्पनाको प्रचुरता, भावनाको तीक्ष्णता र गंभीरताले मात्र होइन युग जीवनको अनुसन्धान र त्यसको विम्बात्मक प्रस्तुतिले गर्दा पारिजातका आत्मकथाहरूलाई काव्य भन्न सुहाउँछ । यसो भनौ, काव्यात्मकता आत्मकथाहरूमा पोखिएको छ ।

आत्मकथा भन्नाले सामान्य रूपले सोच्दा स्रष्टा वा सम्बन्धित व्यक्तिको आफ्नै कथा हो । यसमा व्यक्तिका रूपमा र स्रष्टाका रूपमा दुवै आयाममा आत्मकथाकार नै मुख्य रूपमा टुप्लुक्किनु अस्वाभाविक छैन । आत्मकथामा स्रष्टा केवल बोधकर्ता, अनुसन्धान र प्रस्तोताका रूपमा आउने हो र उसैको समग्र बोध र तीक्ष्ण अनुभूतिमा बहुआयामिक सामाजिक जीवनको यथार्थ तानिएर व्यक्तिने हो भने त्यस्तो कृतिमा कसैको कुनै परिवेशको संवेद्यताका ठाउँमा सिङ्गो सामाजिक यथार्थ र विकास क्रमको झलक अभिलेख हुने भएकाले त्यसको आयाम र गम्भीरतामा स्वतः वृद्धि हुन्छ । यस्ता कृतिहरूका माध्यमबाट अतीत र वर्तमानलाई तर्लङ्ग बुझ्न सकिन्छ । आत्मकथा र संस्मरणको गम्भीरता परिवेश र संदर्भहरूको अविच्छेद्यता र व्यापकताले नै पुष्टि गर्दछ । पारिजातका आत्मकथाहरू र संस्मरणहरूमा बृहत् समाजको सिङ्गो यथार्थ यसरी तानिएर र संगेटिएर फिट्टो नभई घटना र सन्दर्भको पारस्परिक सम्बन्धका साथ अपेक्षाकृत रूपमा आउन सकेको छैन । यो अपेक्षा वर्तमान समयका क्रियाशील लेखकहरूमा सुम्पनु मनासिब हुनेछ ।

पारिजातको निबन्धकारिताको समग्र चर्चा गर्दा फुटकर निबन्धहरूको सँगालो “आधी आकाश” को समेत मूल्याङ्कन गर्नु पर्ने हुन्छ । नारी जातिको शोषण, उत्पीडन र त्यसले निम्त्याएका जटिल समस्यालाई नै केन्द्रित गरेर जति श्रृङ्खलित, सुदृढ र सशक्त रूपमा “आधी आकश” प्रस्तुत भएको छ, यस बाहेक सिङ्गो नेपाली वाङ्मयमा अर्को कुनै कृति छैन । मुख्य कुरो, यस कृतिमा अन्तर्निहित माक्र्सवादी दृष्टि उल्लेखनीय पक्ष हो । निस्सारतावाद, शुन्यवाद र अस्तित्त्ववाद हुँदै पारिजात माक्र्सवादमा आइपुगिन् । यही रूपमा मात्र उनलाई बुझ्नु पर्याप्त हुँदैन किनभने उनले नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) को सदस्यता लिई महिला फाँट (अ. ने. म. सं) को संगठनकर्ता र वैचारिक वर्चस्वको जिम्मेवारी पनि काँधमा थापिन् । “आधी आकाश”मा अन्तर्निहित सर्वहारा दृष्टिको घनत्त्वको पृष्ठभूमि खोतल्दा यो तथ्य प्रासंगिक जँच्दछ । शताब्दीयौदेखि सामन्ती निरंकुशता र पुरुषप्रधान समाज अन्तर्गत दोहोरो शोषणमा परेका कारणले एक प्रकारले हाम्रो मुलुकका नारीहरू आत्म, अस्तित्त्व र अस्मिता विस्मरण र मूच्र्छनाको स्थितिमा पुगेका छन् । यिनीहरूलाई ब्युँझाउनु, वर्गीय शोषण तथा पुरुष जातिद्वारा गरिएको उत्पीडन र दमनको उद्घाटन गर्नु र नारीलाई सचेत, सक्षम र संगठित बनाउनु आवश्यक भएको छ र “आधी आकाश” भित्रका निबन्धहरूले यिनै यथार्थलाई लक्षित गरेको छ । यस बाहेक उनका कतिपय निबन्धहरू नारी अस्मिता र गरिमाको बोध गराएर उनीहरूको हीनताबोध समूल नष्ट गरी सग्लो र जोधाहा मानसिकता सृजना गर्ने दृष्टिमा सशक्त देखिन्छन् । नेपाली नारीहरूको वर्तमान स्थितिबारे पारिजात औधी सचेत देखिन्छिन् र उनीहरूको पीडा र संवेदनको तीव्रता “आधी आकाश”मा प्रतिविम्बित छ । पुरुषको नारीप्रतिको सयौँ वर्षदेखिको हिंस्रक र शोषणमूलक दृष्टि अनावरण गर्न “आधी आकाश” भित्रका निबन्धहरू समर्थ छन् । आधा आकाश अर्थात् सम्पूर्ण नारीहरूलाई जागृत र संगठित बनाई के मधेस, के पहाड, के आर्य, के मंगोल, के मुसलमान सबैको ऐक्बद्धतामा विराट राष्ट्रिय आन्दोलन विकसित गर्ने समग्र दृष्टि सबै निबन्धहरूले प्रस्तुत गरेको छ । यो आन्दोलन नारीवादी आन्दोलन नभई वर्ग संघर्ष र जनआन्दोलनकै अविच्छेद्य अंगका रूपमा अघि बढ्ने दृष्टि स्पष्ट छ । यसले कुन कुरा औंल्याएको छ भने पारिजात संघर्षशील जनताकी सहयात्री र सहयोध्दा हुन् । यसको निमित्त नारी जातिको विचारमा आधुनिकीकरण हुनु प्रथम र महत्त्वपूर्ण सर्त हो । अध्र्दसामन्ती अध्र्दऔपननिवेशिक पुरुष प्रधान नेपाली समाजका नवधनिक वर्ग र तिनैको हाहामादगुर्ने महिलाहरूको गहना, महँगो सौन्दर्य प्रसाधन र विकसित मुलुकका रंगीबिरंगी पोशाकमा पुरुषहरूको निमित्त केवल पुतली बन्ने दासत्त्वपूर्ण मानसिकताको स्पष्ट तस्वीर उतार्दै त्यसको निर्भीक आलोचना गर्ने साहसले आफू महिला भइकन पनि महिलाहरूको दंभ नसहने र त्यसको झाँको झार्ने अग्रगाभिताको दृष्टान्त पारिजातले प्रस्तुत गरेकी छिन् । त्यस्तै, साहित्यमा नारीलाई हेरिदैँ आएको खासगरी पुरुष जातिका साहित्यकारको सौन्दर्यवादी दृष्टिको विरोध गर्दैनारीलाई उडन्ते किसिमले होइन उनीहरूकै यथार्थमा हेरिनुपर्ने माग पनि निबन्धहरूले अघि सारेका छन् । “स–साना कुरा”, “बोलाऊँ भने तिमीलाई बात लाग्ने डर”, “पर्वतकी छोरी”, “संघर्षको क्यानभासमा”, “राष्ट्रिय ट्रफी”, “मानुषी”, आँसु भन्दा महंगो पानी” र “अपिल कंभकर्णहरूलाई” पारिजातका उत्कृष्ट प्रगतिवादी निबन्ध हुन् ।

“आधी आकाश” भित्रका केही रचनाहरू निबन्धको विधागत गहनताका दृष्टिले पनि पछि परेका छन् । सामान्य अखबारी लेखनभन्दा केही माथि उठेका ती रचनाहरू निबन्धको स्तरमा पुग्न सकेका छैनन् । मुख्य कुरो, यत्तिकै आधारमा ती रचनाहरूको मूल्यहीनता पुष्टि गर्न मिल्दैन । नारी जातिका विभिन्न समस्यालाई लक्षित गरी लेखिएका ती समसामयिक रचनाहरू वैचारिक उच्चताका दृष्टिले महत्त्वपूर्ण छन् । हाम्रो जस्तो पछौटे समाजमा यस प्रकारको समसामयिक अखबारी लेखनको पनि आफ्ना ठाउँमा महत्त्व छ । बरु पारिजातको अभावमा नारी यथार्थकेन्द्री समसामयिक र संवेदनायुक्त रचनाहरूको लेखनमा झण्डै शून्यता छाएको छ । यस्तो शून्यताबोध नै वस्तुको अर्को महत्त्वपूर्ण पाटो हो ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 409
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.