SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » गजलकार डी.आर न्यौपाने ‘सूर्य’को ‘सूर्योदय’ : डायस्पोराको नेपाली आवाज
समीक्षा

गजलकार डी.आर न्यौपाने ‘सूर्य’को ‘सूर्योदय’ : डायस्पोराको नेपाली आवाज

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments4 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
गोबर्द्धन पूजाको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी स्रष्टा, द्रष्टा, सङ्गठक र साहित्यिक सञ्चारकर्मी पनि हुन् । विदेशमा रहेर अन्तराष्ट्रिय नेपाली साहितय समाजको नेतृत्व गर्दै नेपाली भषा साहित्यको सेवा गरिरहेका पूजाको साहित्यसागरको प्रस्तुत शृङ्खलामा डी. आर न्यौपाने सूर्यको सूर्योदय कृतिमाथिको समीक्षा प्रस्तुत गरिएको छ । यस समीक्षाले कृतिको पुस्तक परिचयका शैलीमा कृतिको अन्तर्य पहिल्याउने प्रयास गरेको छ ।-सम्पा.

नेपाली गजलले विविध आयाम बोकेर आएको छ। मोतीराम भट्ट कालीन विषयगत पर्खाल र प्रस्तुतिगत सीमालाई भत्काएर यो दिनप्रतिदिन नवीन वस्तुमूखी र प्रयोगशील हुँदै आएको छ। यही यथार्थलाई नेपालको भौगोलिक सिमानाले रोक्न नसकी आज विश्वका जुन जुन भूमिमा नेपालीले पाइला टेकेका छन्, त्यहीँ त्यहीँ वीज बनेर फैलदो क्रममा छ।

प्रेमको सिमित चौघेरामा रहेको उत्पतिकालीन नेपाली गजल आज मानव जीवनको चर्चा बोक्ने मूल बिषयमात्रै बनेको छैन पिर,पीडा र सम्वेदनाको संवाहक पनि बनेको छ। सुरुआती दिनहरुमा सिङ्गो गजलले बोक्ने एउटा सग्लो भाव आज टुक्राटुक्रामा विभाजित भएर “गैर मुसलसल” बन्न पुगेको छ। यस्ता गजलले सुन्दा श्रोतालाई आनन्द दिने र विषयबस्तुका दृष्टिले विविधता बोक्ने गरेका छन् ।

गेयात्मक विधा भएकोले आज गजल गाउनका लागि उपयुक्त हुने संरचना र सैद्धान्तिक पृष्ठभूमिप्रतिको सचेतनामा लेखिने क्रम जारी छ।

यस्तै एउटा गर्विलो गजलकारको नाम हो डी.आर. न्यौपाने “सूर्य”|

कोरियालाई कर्मभूमी बनाएका सूर्य नेपाली गजलको राम्रो सर्जक र त्यो भन्दा बढी गम्भीर अध्येताका हुन् | उनको गजल पढ्ने पाठकले नेपाली डायस्पोरामा नेपाली गजलको अवस्था कस्तो छ भन्ने सजिलै आँकलन गर्न सक्छन्|

यसैले सूर्यका गजल-समग्रमा वर्तमान नेपाली गजलको छायाचित्र हो भन्न सकिन्छ।

एकै बिषय वस्तुमा लेखिएका “मुसलसल”, विविध बिषयवस्तु माथिका “गैरमुसलसल” र छन्दलाई ध्यान दिएर लेखिएका “बहर” का गजल सबै उनको प्रस्तुत संग्रहमा संग्रृहित छन् ।

नेपाली माटो र बाटोले गजल लेख्न सिकाएको “सूर्य”का गजलमा नेपाली भूमिको मीठो सुवास मात्र छैन पसिनाको थोपा-थोपाले जीवनको मूर्ति कुँददै गरेको कर्मभूमिको परिश्रमको सुगन्ध पनि छ।

यसैले उनका गजल मातृभूमि प्रतिको दायित्व र कर्मभूमि तर्फको कर्तव्य दुवैको समिश्रण बन्न पुगेको छ।

पचास काटी चाउँरिएको बा’को आँखामा
देखिन कहिल्यै थकावट आ’को आँखामा
ऊ समुन्द्र तर्नुको कारण यस्तो सुनियो
भर्नु छ हजारौं खुशी प्रियाको आँखामा

यस्तै देशको अवस्थाले गर्दा युवा पुस्ताको विदेश पलायनको कारणलाई मीयो बनाएर लेखिएका उनका केही गजल देशको शासन प्रतिको तीखो व्यंग्यका रुपमा उनिएका छन् । शासकको सत्ता मोहले जनताले पाएको दु:खको कटुसत्य गजलको गुदी बनेका छन् ।

बाबु-आमाको सम्पत्ति सकेर अध्ययन गरेका छोराछोरी परदेसिनुको पीडाको कारण उनका गजलले खोजेका छन्|

नेपाल चार जात छत्तीस जातीको हिमाल,पहाड तराईको एकत्र स्वरुप हो भन्ने राष्ट्रिय भावना जगाउदै गजलकार सूर्यले

नेपाली पन, नेपाली मन र नेपाली गगन कहिल्यै विभक्त हुन नहुने भाव पस्केका छन् ।

पढे देशमै अवसर छ भन्छ सरकार गफाडी हो
अध्ययन सकेर जाने त कोरिया हो खाडी हो।
विन्ती अरुको स्वार्थको लागि विभाजित नबनौँ
नेपाल भन्नू नै मधेसी हिमाली पहाडी हो

यसैगरी उनको गजलमा अमेरिकी डीभीको कुरा छ।

वीर गोर्खालिको हृदयको प्रसंसाको कुरा छ, र छ सरकारको लाचारीपनाको तीतो सत्यको उजागर । काम र माम दिन नसक्ने सरकारले हातमा राहदानी थमाएर प्रवास पठाउने गरेको जनशक्तिको मूल्यलाई मापन गर्दै गजलकारले देश बनाउने शक्ति पलायनको कारण स्वार्थी नेता नै हुन भन्ने प्रमाणित गर्न खोजेका छन् ।

प्रवासीले के पायो देशबासीहरुबाट
बरु चलेको छ देश प्रवासीहरुबाट
राष्ट्र हाँक्ने एउटा असल शासक चाहन्छौं
कसरी बन्ला देश मूर्ख खलासीहरुबाट

सूर्यले प्रेमका गजल पनि पस्केका छन् ।प्रेमिकासँगको प्रेम प्रसंग र उनलाई देखाइएको कोरा कल्पना मात्रै उनका गजलमा छैनन् एक दिन सुखी जीवन जिउँने परिकल्पनाका आधारहरु पनि प्रस्तुत गरेका छन् । उनको यो प्रस्तुति गणितीय तथ्यलाई पनि मात गर्ने खालको छ।

प्रेमिकाको सुन्दरताको वर्णनमा पनि उनले गजल लेखेका छन् ।गाउन सजिलै मिल्ने आफैमा संगीत भएका केही गजल पनि उनका गजलका विशेषता बनेका छन् ।

चुरा पठाउँला माया चोली पठाउँला
यस्पाली त पक्कै घरमा डोली पठाउँला

गजलमा विदेशीले गरेको थिचोमिचो साँध सिमानाको मिचाई देखि ॠण नपत्याउने साहु र सामन्तीको विभेद आवाज छन ।आकाश ओढ्न बाध्य मन र मुटुको दु:खको चर्चा छ।आमाको ममता र जन्मभूमिप्रतिको कर्तव्यको कुरा,राष्ट्रभक्तको चिन्ता र मित्रघातको पीडा पनि गजलले बोकेका छन्|

बरु अत्तर चाहिन्न जेल चाहिन्न
स्वाभिमान बेचेर तेल चाहिन्न
संगै हिड्नेहरुले यस्तै गर्छन् काम
बगलीमा छुरा छ मुखमा राम राम

गजलमा थुप्रै कुराहरु उठाउन सकिने दृष्टान्त पस्केर सूर्यले प्रस्तुत संग्रहमा वर्तमान समयको नेपाली समाजमा व्याप्त प्रेम-बिरह,बिसंगती-संगती,स्वार्थ-विश्वास ,धोका- प्राप्ती ,दर्शन-चिन्तन,मातृत्व-भ्रातृत्व र पितृत्व,राष्ट्रभक्ती जन्मभूमी प्रतिको चिन्ता,घात-प्रतिघात सबै सबै विषय समेटेका छन् |गजलमा समस्या मात्रै होइन समाधानको उपाय पनि देखाइएको छ।निराशाको बादल मात्र छैन आशाको सूर्यकिरण पनि देखाइएको छ।

यसैले सबै गुणलाई समेटेर तयार पारिएको एउटा सिङ्गो आकृति बनेको प्रस्तुत संग्रह वर्तमानको एउटा सर्वगुण युक्त मान्छे भएर बोलेको छ।

कोरियाली भूमिबाट सांसारिक रंगमञ्च चिहाइरहेका सूर्यको प्रस्तुत संग्रह डायस्पोराका नेपाली गजल सर्जकका तर्फबाट बोलिएको प्रतिनिधि आवाज मान्न सकिन्छ।पढ्दा आनन्द आउने गजलले पाठकको मन छुने त छदैछ मनन र चिन्तन गर्न पनि आग्रह गर्नेछन् भन्ने कुरामा पूर्ण आशावादी हुँदै कृति प्रकाशनको अवसरमा शुभकामना व्यक्त गर्दछु ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 173
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.