SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » इतिहासको साहित्यिकीकरण र स्रष्टा डाइमनशमशेर राणा
समीक्षा

इतिहासको साहित्यिकीकरण र स्रष्टा डाइमनशमशेर राणा

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments13 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
प्रा. राजेन्द्र सुवेदीको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा प्रस्तुत गरिएको छ । उनी नेपाली साहित्यका विशिष्ट स्रष्टा एवम् द्रष्टा प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलमा उनको इतिहासको साहित्यिकीकरण र स्रष्टा डाइमनशमशेर राणा’ शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले इतिहासको साहित्यीकरण गर्ने साहित्यकार डायमण्ड शमशेर राणाको औपन्यासिक शिल्पको अन्वेषण र विश्लेषण गरिएको छ ।

– सम्पा.

१. विषय प्रवेश
कथा र उपन्यास साहित्यको विधा सिद्धान्तका आधारमा आख्यानमध्येका विधा हुन् । यी मध्येको एक विधा उपन्यास हो । विश्वसाहित्यमा प्राचीन र आदर्शका मूल्यहरूको प्रतिनिधित्व गर्ने महाकाव्यको रूपान्तरित र यथार्थवादी कालखण्डको महाकाव्यिक विम्ब प्रक्षेपण गर्ने आख्यानात्मक विधा उपन्यास हो । यसमा महाकाव्यमा जस्तै जीवनका आद्यन्त मूल्यहरू सन्निवेश भएका हुन्छन् । दार्शनिक दृष्टिले समग्र विश्वसभ्यता एक महाआख्यान हो र यस महाआख्यानको स्रष्टाको सम्बन्धमा भागवत महापुराणका स्रष्टा महर्षी व्यासले परब्रह्म परमात्मालाई आदि स्रष्टा मानेर सम्बोधन गरेको स्थिति प्राप्त छ । यसबाट के सिद्ध हुन्छ भने हाम्रो दृष्टिगोचरमा आउने समग्र विश्व नै एक महाआख्यान हो र यो विश्वका सबै स्रष्टा प्रतिभाहरूका निम्ति एउटा महाउपजीव्य विषय हो । संसारका सबै सर्जक प्रतिभाहरूले आफ्नो सृजनाका निम्ति आवश्यक पर्ने समग्र स्रोतहरू यसै महाआख्यानभित्र नै प्राप्त गर्न सकिने स्थिति रहन्छ । यसको विपठनका रूपमा प्लेटोको साहित्य स्रष्टाप्रतिको धारणामा रहेको स्रष्टालाई निषेध गर्न गरिएका प्रयत्नभित्र समग्र प्रकृति जगत्को पुन: सृजना र यसको रूपान्तरण गरिरहन आवश्यक छैन भन्ने आशय रहेको स्थिति पाइन्छ । यो उपस्थापन नै साहित्यको प्रारम्भिक दर्शन हो ।

पूर्वका आचार्यहरूले रचनाका सन्दर्भमा राखेका धारणामा स्रष्टाले यसै विश्वप्रकृतिबाट आफूलाई जस्तो सृजना गर्न मन पर्दछ त्यस्तै प्रकारका अनेक नव सृजना निर्माण गर्दछ धारणा प्रकट गरेका छन् । नवसृजनाका पारखीहरूले त्यस्ता नयाँ सृजनाहरू अनेक कोणबाट गर्दछन् । यसरी महाउपजीव्यताको रूपमा व्यवस्थित हुने यस विश्वप्रकृतिवाट आपूmलाई मन पर्ने र आवश्यक पर्ने विषय ग्रहण गरेर पुन: सृजना गरिएको समग्री जीवनका निम्ति मार्गदर्शक पनि बन्दछ भन्ने निष्कर्ष पश्चिममा अरस्तुको आगमनपछि स्थापित बनेको छ । यस्तै पूर्वमा पनि सृजनात्मक साहित्यका माध्यमबाट धर्म, अर्थ, काम र मोक्षसमेत उपस्थापन हुन सक्छ भन्ने मान्यता कायम भएको छ । स्रष्टाको सृजन कर्म आज यथार्थमा केन्द्रित भएर सम्पन्न हुने गर्दछ । स्वान्त सुखमा मात्र होइन समग्र सुखका निम्ति पनि सृजना गर्दछ । आत्मिक लाभ मात्र होइन, भौतिक लाभका निम्ति पनि सृजनामा केन्द्रित रहन्छ । जहाँसम्म सृजनामा उपजीव्य वस्तुस्रोतको प्रश्न छ, त्यसमा भने स्रष्टा माथि उल्लेख गरिएको महाउपजीव्यताबाट नै प्रभावित रहन्छ । यसबाट मुक्त भएर नयाँ विश्वको वस्तुप्रति आकर्षित हुनै सक्तैन । त्यस कारण सृजनात्मक लेखनको सिद्धान्ले स्रष्टा सर्जक नभएर पुन: सर्जक मात्र हो भन्ने कुरा सिद्ध गरेको छ ।

आधुनिक कालका समीक्षहरूमा इ. एम. फोस्टर तथा राल्फ फक्सहरूको धारणामा उपन्यासको उपदेयता पनि परम्परित उदात्तताबाट परिवर्तित आजको जीवन जस्तो छ त्यस्तै स्थितिमा समेटिएर आउँछ भन्ने मान्यता स्थापित बन्दै गएको छ । उपन्याकासकारका चिन्तनको प्रतिनिधित्व गर्ने हुनु पर्छ भन्ने मान्यताले स्थान पाउँदै गएको छ । यस विषयको प्रश्न साम्ने आइरहँदा के विचार गरिनु सान्दर्भिक देखिन्छ भने समाजका अनेक कोणको उपजीव्यताका निरूपण गर्दा सामाजिक सांस्कृतिक, मनोवैज्ञानिक, ऐतिहासिक तथा पौराणिक विषयहरू यही सामाजिक जीवनका सन्दर्भमा जोडिन आएका हुन्छन् । यसरी पूर्व तथा पश्चिममा अनेक ललित काव्य लेखिने परम्परा निकै जीवन्त बनेको अवस्था देखिन्छ । होमरले तथा कालिदासले महाकाव्य सृजना गरे पनि उनीहरूका काव्य कृतिले कुनै न कुनै आदि महाउपजीव्यताको आधार ग्रहण गरेकै थिए । यस कारण सृजना प्रत्यक्ष अर्थात् अप्रत्यक्ष कुनै अर्थमा उपजीव्यताकै आधार भूमिमा सृजना भएको हुन्छ । उप¥युक्त्त आधारमा आख्यानकार डायमनशमशेर राणाको उपन्यास सृजनाले पनि नेपाली समाजमा निर्माण भएका राणाकाल, राणाकाल र पञ्चायत कालसम्मको ऐतिहासिक विषयलाई आख्यान स्रोत वरण गरेर उपन्यासको कलेवर प्राप्त गरेका छन् भन्ने कुरा सिद्ध हुन्छ ।

२. साहित्य सृजनको आधारभूत दर्शन र साहित्यको प्राप्ति
समाज र जीवनका निम्ति प्रकृतिका अनेक आयामहरू एकलव्य गुरुका रूपमा प्रतिष्ठित हुन्छन् । मान्छेले प्रकृतिबाट अनेक शिक्षा नि:शुल्क ग्रहण गरेको हुन्छ । प्रकृतिको एकलव्य शिष्य मान्छेले प्रकृतिप्रदत्त ज्ञानप्रति के कति कृतज्ञता र के कति कृतघ्नता निर्वाह गर्ने हो त्यो चाहिँ विषय विचारणीय नै रहन्छ । सृजनात्मक विश्वका अर्थात् साहित्यका जम्मा चारओटा प्रमुख केन्द्र रहन्छन् । उदाहरणका निम्ति—

१) पहिलो केन्द्र : समग्र्र विश्वप्रकृति, जसलाई माथि महाआख्यानात्मक उपजीव्यता भनेर सम्बोधन गरियो ।
२) दोस्रो केन्द्र : कृतिको स्रष्टा, जसले यस प्राकृतिक विश्वको प्रेरणा स्रोतबाट कृतिगत विश्व तयार गर्र्दछ ।
३) तेस्रो केन्द्र : स्रष्टाद्वारा सृजित विश्व, यो विश्व भनेको साहित्यिक कृति हो जसमा समग्र विश्वको लघुबिम्ब उपस्थित हुन्छ ।
४) चौथो केन्द्र : सृजनाको भावक अथवा पाठक, यहाँ पाठकले आफैलाई र आपूmले अनुभव गरेका विश्वलाई प्राप्त गर्दछ ।

यसरी सृजनामा समग्र विश्व प्रतीयमान् भएको हुन्छ भन्ने सन्दर्भ समीक्षा सिद्धान्तले प्रतिपादन गर्दछ । यसरी सृजनामा माथिका चारैवटा केन्द्रहरू समाहित रहन्छन् । यी चारैवटा केन्द्रको समन्वक विषय बन्दछ— साहित्य सृजना । यिनै समीक्षा चेतनाका सन्दर्भमा टेकेर ऐतिहासिक उपन्यासको आधार भूमिमा देखिएका उपन्यासकार डायमनशमशेर राणाको औपन्यासिक उपलब्धिको समीक्षात्मक निरूपण गर्नु यस लेखनको प्रमुख उद्देश्य रहेको छ ।

नेपाली उपन्यासको लेखन तथा प्रकाशनको आरम्भ १९६० वि.सं. को वीरचरित्र उपन्यासको सृजनाबाट भएको हो । यसको ठिक साडे तीन दशकपछि टुकराज पद्रमराज मिश्र बन्धुका रजबन्धकी र रामकृष्ण कुवँर शीर्षकका उपन्यास प्रकाशनमा आएपछि नेपाली मौलिक धरातलको अन्वेषण गर्ने उपन्यास बनेका छन् । यिनै उपन्यासको प्रकाशन पछि नेपाली उपन्यासले इतिहासलाई उपजीव्य स्रोत बनाउन आरम्भ गरेको हो । डायमनशमशेर राणाले वसन्ती (२००६) लेखेपछि भने अझ लोकप्रियता र कलागत विशिष्टता प्राप्त गर्ने काम ऐतिहासिक उपन्यासबाट सम्भव भयो । त्यस्तै २००९ सालमा प्रकाशित मोहनबहादुर मल्लको मायारानी उपन्यास, चन्द्रशेखर शास्त्रीद्वारा हिन्दीमा रचित भृकुटी उपन्यास बालचन्द्र शर्माले २०१४ सालमा अनुवाद गरेपछिको सन्दर्भमा नपालीे ऐतिहासिक उपन्यासले गहन उपजीव्यता प्राप्त गरेका सन्दर्भहरू सार्वजनिक भएका छन् । यसको प्रभाव नेपाली पाठकहरूमा राम्ररी नै पर्न थालेको स्थिति देखिन्छ । त्यसो त केशवराज पिँडालीको एकादेशकी महारानी (२०२६) उपन्यासको प्रकाशनपछि थपिएको रोचकता, रहस्यात्मकता र साहसिकता अत्यन्त आकर्षक विषयका रूपमा उपस्थित भएका छन् । यसरी इतिहासले पनि उपन्यासका निम्ति उपजीव्यताको स्थान ग्रहण गर्न सक्छ भन्ने कुरा ऐतिहासिक उपन्यासकारहरूले ग्रहण गरेका विषयले सिद्ध गर्दै गएको छ ।

उपन्यास सृजनाका दृष्टिले पछिल्लो चरण सांस्कृतिक, धार्मिक तथा पौराणिक आधारमा व्याख्या हुन सक्ने अनेक उपन्यासको सृजना भएको अवधि हो । श्विेश्वरप्रसाद कोइरालाका सुम्निमा, मोदियाइन र हिटलर र यहुदी उपन्याहरू सांस्कृतिक र पौराणिक हिसाबले अध्ययन हुन सक्ने कृति बनेका छन् । मदनमणि दीक्षितका माधवी, त्रिदेवी र भूभिसूक्त उपन्यास पनि इतिहासको आभास दिने तथा पौराणिक र सांस्कृतिक सन्दर्भको प्राधान्य समेटिएर आएका उपन्यास कृति हुन् । दौलतविक्रम बिष्टको ज्योति ज्योति महाज्योति र फाँसीको फन्दाले पनि संस्कृति र इतिहासलाई नै केन्द्र बनाएको छ । रमेश विकलको अविरल बग्दछ इन्द्रवती, नारयण ढकालको प्रेतकल्प उपन्यासहरू इतिहासको आभास दिने र समाजको बिम्ब प्रद्योतन गर्ने उपन्यासहरू हुन् । इतिहासकै प्राधान्य भएका उपन्यासहरूमा चाहिँ असीत राईको नयाँ क्षितिजको खोज, सुन्दरप्रसाद शाह दु:खीका बहादुर शाह, र कान्तावती, खगेन्द्र के सीका परिवर्तन, टुकराज मिश्रको रिडी राँची हाँस्तै रुदै, एस पी आशाका सेरोफेरो, पृथ्वीनारायण शाह, कसरी प्रजातन्त्र ल्यायौँ ? श्रीकृष्ण श्रेष्ठका जङ्गबहादुर, भीमसेन थापाजस्ता उपन्यासमा रहेका सृजनाका चेतले नेपाली उपन्यासमा एतिहासिक विषयको उपजीव्यता जीवन्त बनेको छ । यस आधारमा डायमनशमशेर उपयुक्त्त स्रष्टाहरूका अग्र पङ्क्त्तिमा रहेर इतिहासको उपजीव्यता आत्मसात् गर्ने व्यक्तित्व सिद्ध भएका छन् ।

३. उपन्यासकार डायमनशमशेर राणा
पिता बुद्धशमशेर र माता मोहनकुमारीका सन्ततिका रूपमा अवतरित डायमनशमशेर राणाको जन्म पाल्पाको ठुटेपिपल भन्ने गाउँमा १९७५/३/२१ भएको र देहावसान २०६७/११/२१ मा काठमाडौमा भएको हो । त्यतिखेरको समय स्नातक तहसम्मको शिक्षा आर्जन गरेका राणा सैनिक सेवामा लागेर जीवन यात्रा आरम्भ गरेका भए पनि २००७ सालपछि यसबाट अलग्गिएर स्वतन्त्र बनेको व्यक्त्ति हुन् । राणा पछि गएर राजनीतिक क्षेत्रमा प्रजातन्त्रप्रति आस्था राख्ने र साहित्य सृजनामा पनि समर्पित रहने व्यक्त्तिका रूपमा क्रियाशील बनेका छन् । साहित्यमा पनि विशेषत: उपन्यास सृजनामा समर्पित व्यक्त्तिका रूपमा उनको परिचय स्थापित बनेको छ । इतिहास समाज विज्ञानको विषय भएका कारण यसले मानवसमाजको, त्यस समाजको निर्माता बनेका मानवको र त्यस निर्मित मान्छेको चरित्रसमेतको निर्मितिमा हाम्रो विगत गुज्रिएको हुन्छ र त्यसै विगतको आधारशिलामा वर्तमान निर्माण हुदै जान्छ भन्ने दर्शन राणाका सृजनाले सिद्ध गरेका छन् ।

प्रजनन विज्ञान अर्थात् जेनेटिक इन्जिनियरिङका दृष्टिले पनि प्रारब्धको प्रभाव यस जन्ममा पर्छ भन्ने कुरालाई स्वीकार गर्नै पर्ने हुन्छ । पूर्व पुस्ताका संस्कार, सदाचार, व्यवहारहरूको प्रभावबाट निर्मित रक्त्तकण तथा मनोरचनमा परेका विकल्पनाका प्रभावहरू पुस्ता पुस्तान्तरसम्म संस्कार तथा भावसञ्चयका कूपमा अत्यन्त सूक्ष्म तर प्रभावोत्पादक सत्य बनेर रहेका हुन्छन् । ती भावी पुस्ताका सन्ततिहरूमा प्रतिफलन बनेर प्रकटमा आउँछन् भन्ने कुरा पनि आजको अन्वेषणले सिद्ध गरेको छ । त्यसरी मान्छेमा पूर्वपुस्ताबाट पछिल्लो पुस्तामा पर्न आउने प्रभावहरू सकारात्मक भए नकारात्मक सत्यको आलोचक बनेर उपस्थित हुन्छन् र नकारात्मक भए सकारात्मक सत्यको आलोचक बनेर प्रकटमा आउँछन् । यस दृष्टिले निरूपण गर्दा उनी आफैमा परेको वंशगत कुलीनता र आभिजात्य संवेदनाका अधिकांश नकारात्मक सत्यहरूको आलोचक बनेर प्रकटमा आएका छन् । राणाका उपन्यास सृजनामा यिनै प्रजनन विज्ञानले निर्देश गरेका मूल्यहरू सन्दर्भित बनेर प्रकटमा आएका देखिन्छन् ।

यस निर्मितिमै मान्छे शुद्ध, बुद्ध र परिमार्जित बन्दै जान्छ । यसैलाई पूर्वीय दर्शनले प्रदान गरेको संस्कार भन्ने गरेको हो । विगतको सञ्चित कर्मको परिणाम नै वर्तमान हो । यसलाई हामी इतिहासको अध्ययनबाट पनि सिद्ध गर्न सक्छौं । किन भने हिजो हामीबाट जे जस्तो कर्म भएको छ आज त्यस्तै फल प्राप्त हुन्छ । वंशाणुगत संस्कारको संवेदनाका पक्षहरू र तिनको सृजनात्मक अवतरणका रूपमा राणाका उपन्यासहरूले आकार ग्रहण गरेका छन् । ती उपन्यासहरूमा एकातर्फ नेपाली समाजको राजनीतिक इतिहास, राजनीतिक सत्ताको परिचालनमा आधिकारिक बनेर बसेका राणा खलकमा जन्मिएका आभिजात्य संवेदना, उनीहरूका सम्पर्कमा आएका सवर्गीय अभिजातका स्वार्थका टकराउ, पारिवारिक सम्बन्ध, विधिव्यवहार तथा स्वार्थलिप्साका स्थितिहरूका स्वरूप र संवेदनाका सन्दर्भहरू उपन्यासको रूप लिएर प्रकटमा आएका छन् । यिनै स्थितिहरू उनका उपन्यासहरूमा औपन्यासिकताको आवरण सहज ढङ्गले प्रकटमा आएका कारण नै निकै समीक्षणीय विषय बनेका छन् ।

मोटामोटी रूपमा सुगौलीको सन्धिपछिको नेपालको अस्थिर राजनीतिक पर्यावरणले जन्माएका शासकीय सत्ताका उतार चढाउहरूको प्रतिफलनका रूपमा अनेक किसिमका घटना प्रतिघटनाको परिणामका रूपमा आएका परिवर्तनका छनकको आरम्भ भएर राणाहरूको शासकीय पदारोहण, आफैभित्रको पारिवारिक कलह र असन्तुलन तथा विद्वेष, राणाहरूकै उदार तथा अनुदार दृष्टिको टकराउ, राणाहरूको शासनको अन्त, प्रजातन्त्रका नाममा आएको २००७ सालको परिवर्तन र २०१७ सालको पञ्चायती सत्ताको आरम्भ, २०४७ सालतिर आएर भएको पञ्चायतको अवसानसम्मको लगभग पौने दुई शताब्दीको नेपालको राजनीतिक इतिहासको शल्यक्रियामा उनका उपन्यासहरू सृजना भएका छन् । यसरी इतिहासको परिवेश, इतिहासको क्षण र इतिहासकै पात्रसमेतको सन्दर्भलाई उपन्यासको अख्यानीकरण गर्ने कलाका कारण नै उपन्यासकार राण नेपालको ऐतिहासिक उपन्यासकारका रूपमा स्थापित बनेको निष्कर्ष निस्किन्छ ।

राणाको चिन्तन राजनीतिक दृष्टिले उदार र समाजवादी चिन्तनबाट प्रेरित थियो । यस उर्जालाई उनले साहित्य सृजनातर्फ केन्द्रित गरिदिए । यसको परिणाम नै उनी उपन्यासकारको रूपमा स्थापित बनिदिए । २००३ सालपछिको स्थितिमा सृजनादृष्टि प्रादुर्भाव भएको आख्यान चेतनाले २००६ सालमा आइपुग्दा वासन्ती उपन्यासको रूपमा प्रकट भएको स्थिति देखिन्छ । ऐतिहासिक उपन्यासका सन्दर्भका प्रश्नहरू सृजनाका विषय र आख्यानका पक्ष बनेर उपस्थित भएका छन् । अनीता (२०४३), धनको धब्बा (२०५१) २०१७ देखि २०४६ सम्मको समयमा केन्द्रित रहेका छन् । गृहप्रवेश (२०५९) भीमसेन थापाको आगमन, पतन र जङ्गबहादुरको उत्थानसम्मको सन्दर्भ पनि यहाँको विषय बनेको स्थिति देखिन्छ । सेतो बाघ (२०३०) मा नेपाली राजनीतिमा र शासनसत्तामा जङ्गबहादुरको आगमन, उत्थान र उत्कर्षण तथा जगत् तथा जीतजङ्गको अवसानको सन्दर्भ पनि यहाँ उपन्यासको विषय बनेको कथा आख्यानीकृत भएको छ । त्यस्तै प्रतिबद्ध (२०३४) को विषय र सत्प्रयास (२०३८) को विषय पनि राजनीति निरपेक्ष बन्न सकेको छैन । सत्प्रयासले वीरशमशेरको सत्तारोहण र १९५८ वि.सं.को देवशमशेरको उदारताको सङ्केतदेखि पछिको अवस्थालाई उपस्थापन गरेको स्थिति पनि यस उपन्यासको विषय बनेको देखिन्छ । नेपाली राजनीतिक इतिहासहासलाई औपन्यासीकरण गर्ने कला राणामा व्यापक बनेको देखिन्छ ।

उपन्यासकार राणा नेपालको सांस्कृतिक इतिहासका सन्दर्भमा कुलीनवर्गका वंशाणुगत सदस्य हुन् । उनको सृजनात्मक सन्दर्भ पनि नेपालको इतिहासमा भीमसेन थापाको आगमन अर्थात् विं. सं. १८८० देखि आरम्भ भएर २०५० सालसम्मको लगभग सात दशकको समयलाई विभिन्न प्रवृत्ति र इतिहासका इतिवृत्तलाई आवश्यकता अनुसार विभाजन तथा समीकरण गरेर विभिन्न उपन्यासका सन्दर्भमा व्यवस्थापन गर्ने काम पनि यहाँ उपस्थापन व्यवस्थापन र गरिएको स्थिति छ । उनका उपन्यासहरूमा एकातर्फ समाजाभासी ऐतिहासिक विषयवस्तुको उपयोगमा ग्रहण भएको सन्दर्भ उपस्थापन भएको छ भने अर्कातर्फ इतिहासाभासी समाज व्यवस्थापनको सन्दर्भ उपयोग भएको देखिन्छ । यसरी विषय र त्यसका स्रोतको व्यवस्थापन गरिएको सन्दर्भ पनि यहाँ उपयोग भएको देखिन्छ । यस्ता उन्यासका आधारमा उनको विषयस्रोत ग्रहण गर्ने दृष्टिकोण राणाका उपन्यासमा स्थापना भएको देखिन्छ । यसरी हेर्दा उनका उपन्यासहरू विषय प्राधान्यका दृष्टिले दुई तहमा वितरित हुन्छन् । पहिलो समूहमा इतिहासप्रधान छन् भने दोस्रोमा समाजप्रधान छन् । तिनका स्थितिलाई निरूपण गरिनु सान्दर्भिक हुन्छ । तिनलाई सहजताका निम्ति यसरी वर्गीकरण गर्न सकिन्छ—

क्र. सं. विषयको प्रधानता उपन्यास प्रकाशन वर्ष
१ भीमसेन थापाको पतनदेखि जङ्गबहादुरका उत्थानसम्म वसन्ती २००६
२ जङ्गबहादुरको उदय, जीतजङ्ग र जगतजङ्को पतन र वीरशमशेरको उदयसम्म सेतो बाघ २०३०
३ देवशमशेरको समयमा भएका नेपालको सामाजिक,सांस्कृतिक सुधारका प्रयत्नहरू सत्प्रयास
४ जङगबहादुरको समयदेखि देवशमशेरको आगमन सम्ममा आएका शासनचक्रका उतारचढाउहरूको बिम्ब गृहप्रवेश २०५९
५ इतिहासको विषयलाई सङ्केत गरी सामाजिक सन्दभर्भलाई गति दिने विषयहरू प्रतिबद्ध २०३४
६ पञ्चायतकालीन सामाजिक तथा राजनीतिक संवेदनाका स्थितिका बिम्बहरूको अभिव्यञ्जना अनीता २०४३
७ २०१७ को राजनीतिक परिवर्तनपछि २०४५ सालसम्मको शासनको इतिहासको आभासमा सामाजिक विषयको उपस्थापन धनको धब्बा २०५१

वसन्ती उपन्यासले भीमसेन थापाको पतन र जङ्गबहादुर राणाको उत्थानसम्मको इतिवृत्तलाई औपन्यासिकीकरण गरेको स्थिति देखिन्छ । यसरी नै सेतो बाघले जङ्गबहादुरको उत्थान, प्रतिष्ठा र सन्ततिको उत्थानको प्रयत्नमा आएको ह्रास र जङ्गखलकको विनाशको इतिहासको स्थितिको आख्यानीकरण भएको स्थिति उपन्यासको विषय बनेको छ । सत्प्रयासले र गृहप्रवेशले पनि राणाहरूकै उदार तथा अनुदार चेतनाको साक्ष्य गरेको स्थितिलाई आख्यानीकरण गरेको छ । समाजमा विस्तारै मौलााइरहेका विकृति र शासन सत्ता मौन बसेका कारण मौलाउँदै गरेको सामाजिक विकृतिको सन्दर्भ पनि राणाको उपन्यासका विषय बनेका छन् । त्यस्ता विषयमा केन्द्रित उपन्यासहरूमा प्रतिबद्ध, अनीता र धनको धब्बा विशिष्ट संवेदना र सामाजिक जीवनका प्रतिबिम्ब बनेर प्रकटमा आउने उपन्यास पर्दछन् । यिनै प्राप्तिका कारण डायमनशमशेर राणाको औपन्यासिक प्राप्तिको निरूपण गर्ने सन्दर्भ पनि यहाँ उपस्थित भएको देखिन्छ ।

राणाको शक्त्ति र सीमा तथा निष्कर्ष :
नेपाली उपन्यास साहित्यमा राणाको सृजनाचेत इतिहासका विषयलाई कलामा परिवर्तन गर्ने सन्दर्भमा संलग्न र सफल पनि रहेको देखिन्छ । उपन्यासहरूको यसरी निरूपण गर्दा इतिहासका वस्तुलाई उदात्तीकृत बनाएर आख्यानीकरण गर्नमा राणा निकै विशिष्ट र सफल स्रष्टाका रूपमा स्थापित बनेका छन् छन् भन्ने शक्त्ति राणाका निम्नि प्राप्तिबाट सिद्ध भएका छन्—

क) राणामा समाज र जीवनका यथार्थ तर जटिल विषयलाई आख्यानीकरण गरेर औपन्यासिक कला प्रदान गर्ने शक्त्ति निहित छ ।
ख) इतिहासको कलखण्डका पात्रहरूलाई उदात्तीकरण गरेर सार्वजनीकीकरण गर्ने सृजनात्मक क्षमता सर्जक राणामा शक्त्ति निहित छ ।
ग) राणामा सामान्य विषय र पात्रलाई पनि साहसिक विषय र पात्र बनाएर उदात्तताका साथ स्थापना गर्ने शक्त्ति निहित छ ।
घ) सामान्य र थयार्थ विषयलाई रहस्यात्मक संवेदनामा प्रवर्तन गर्ने र परिचयको अपरिचयीकरण अपरिचयको परिचयीकरण गर्ने शक्त्ति राणामा निहित छ ।
ङ) उपन्यासलाई चलचित्रमा उतार्दा अझ आकर्षक र प्रभावोत्पादक बनेर प्रस्तुत हुन सक्ने चिन्तन पनि उनका उपन्यासमा रहेको शक्त्ति हो ।
च) जीवन र जगत्का शाश्वत विषयलाई आख्यानीकरण गरेर विशिष्ट आख्यानात्मक संवेदना प्रदान गर्न सक्ने शक्त्ति राणामा निहित छ ।
छ) आख्यानयोजना र पात्र विधानमा अपेक्षा अनुरूप भाषाको वर्णनात्मक र संवादात्मक र आत्मालापात्मक प्रस्तुति पनि उनको शक्त्ति बनेको छ ।
ज) इतिहासका नीरस विषयलाई आकर्षक र कलात्मक संवेदनामा डाल्न सक्ने क्षमता पनि राणाका उपन्यासको शक्त्ति बनेर रहेको छ ।

यति धेरै प्राप्तिको क्षमता र शक्त्ति भएर पनि राणाको उपन्यास सृजनाका केही सीमाहरू छन् । उदाहरणका निम्ति निम्नानुसार विषय प्रस्तुत गरिनु असान्दर्भिक हुन्न—
क) नेपाली आख्यान क्षेत्र त्यसमाथि पनि उपन्यासभन्दा बाहिर जान नसक्नु उनको सृजन सामथ्र्यको सीमा हो ।
ख) उपन्यास सृजनामा ऐतिहासिक विषय मात्र अवलम्बन गर्नु पनि उपन्यासकार राणाको सृजनात्मक सीमा हो ।
ग) सामाजिक पात्र र पर्यावरणलाई पनि ऐतिहासिक रङ्ग मात्र भर्नु उनका उपन्यासमा रहेको सीमा हो ।

अन्तत: नेपाली उपन्यास परम्परामा आएका अनेक प्रवृत्तिगत धारहरूमध्ये एतिहासिक प्रवृत्तिको धार र परम्पराको केन्द्रीय व्यक्त्तित्वका रूपमा राणाको स्थान सुरक्षित रहेको छ । नेपाली ऐतिहासिक उपन्यासकारको नाम लिनासाथ राणाको नाम नै पहिलो सन्दर्भमा उच्चारित हुन्छ । नेपाली उपन्यासको लगभग सवासय वर्षको इतिहासमा ऐतिहासिक विषयका उपन्यासहरू सृजनामा केन्द्रीय व्यक्त्तित्व बन्न सक्नु स्रष्टा राणाको विशिष्टतम प्राप्ति हो । यसै आधारमा उनका उपन्यासहरू विभिन्न भाषामा अनुवाद हुने र चलचित्र निर्माण हुने तहसम्म पुग्ने क्षमता राख्न सफल रहेको देखिन्छ । नेपाली उपन्यासको यस सवासय वर्षको इतिहासमा डायमनशमशेर राणाको जीवनको एक शताब्दीले ओगटेको र त्यसमाथि पनि ऐतिहासिक उपन्यास लेखनमा समर्पित भएको व्यक्तित्वले नेपाली उपन्यास जगत्लाई चिर ऋणी तुल्याएको छ । यस योदानका कारण उहाँप्रति यी श्रद्धाका शब्दावली अर्पण गर्दै यो समीक्षात्मक पङ्क्तिहरू यहीँ अन्त गर्नु सान्दर्भिक ठहर्छ ।

सन्दर्भ सामग्री

पोखरेल, टीकाराम (२०६८) . ऐतिहासिक उपन्यास सिद्धान्त र स्वरूप . काठमाडौं : डायमन शमशेर राणा साहित्य प्रतिष्ठान ।
न्यौपाने, छायादत्त र ऋषिराम पाण्डे (२०६५). आख्यानकार डायमन . काठामाडौं : डायमन शमशेर राणा साहित्य प्रतिष्ठान ।
प्रधान, कृष्णचन्द्र (२०३७). नेपाली उपन्यास र उपन्यासकार . ललितपुर : साझा प्रकाशन ।
बराल, कृष्णहरि र नेत्र एटम (२०५६). उपन्यास सिद्धान्त र विश्लेषण . ललितपुर : साझा प्रकाशन ।
राई, इन्द्रबहादुर (२०३१). नेपाली उपन्यासका आधारहरू . दार्जिलिङ : नेपाली साहित्य सञ्चयिका ।
सुवेदी, राजेन्द्र (२०५३). नेपाली उपन्यास परम्परा र प्रवृत्ति . वारणसी : भूमिका प्रकाशन ।
(२०६८ चौ.संस्क.). सृजनात्मक लेखन सिद्धान्त र विश्लेषण . काठमाडौं : पाठ्यसामग्रग्री पकाशन ।
(२०७२). समसामयिक नेपाली उपन्यास . काठमाडौं : तन्नेरी प्रकाशन ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 328
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.