SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » मध्यपूर्वमा नेपाली भषा साहित्यको अवस्था
समीक्षा

मध्यपूर्वमा नेपाली भषा साहित्यको अवस्था

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments13 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

महत्त्वपूर्ण मानव सभ्यताको विकास भएको क्षेत्र हो मध्यपूर्व । पश्चिम एसिया, युरोप र उत्तर अफ्रिकामा पर्ने १७ ओटा महत्त्वपूर्ण देशहरूलाई यस क्षेत्रले समेटेको छ । यो महान् अरबिक सभ्यता विकास भएको ठाउँ हो । आज विश्वमै प्रचलित अरबिक अङ्क यही क्षेत्रमा विकास र विस्तार भएका थिए । खास इस्लाम धर्म मान्ने यस क्षेत्रका समाज पच्छिलो दिनहरूमा केहि सङ्कुचित छन् । तर इतिहासमा स्वतन्त्रताको पूर्ण अभ्यास गरेको गौरव जिउँदै छ । इस्लामबाहेक यस क्षेत्रमा क्रिस्चियनलगायतका धर्म पनि प्रचलनमा छन् । अधिकांश देशहरूमा अरबिक भाषा प्रचलनमा छ । यीबाहेक पर्सियन, तर्किस, कुर्दिस र हिब्रू भाषा बोलिन्छन् । साहित्यमा पनि यो क्षेत्रले विश्वमा ठुलो योगदान पुर्‍याएको छ । खलिल जिब्रान, रुस्दी, हाफेजदेखि वर्तमान विश्वमा धेरै पढिने उपन्यासकार इलिफ सफाक यही क्षेत्रका स्रष्टा हुन् ।

नेपाली जातिको वैदेशिक यात्रा
नेपालको बाह्य बसाइँसराईको ऐतिहासिकतालाई हेर्दा सन् १८५७ मा जङ्गबहादुर राणाले ब्रिटिस लाहुरे– ‘सिपाही मिलिटरी’ पठाएको प्रसङ्गबाट सुरु हुन्छ । वैदेशिक रोजगार विभागको रिपोटमा भने नेपालको तर्फबाट अमर सिह थापा र ब्रिटिस इन्डियाको तर्फबाट डेविट अक्टोरलोनीबिच सन् १८१५ को सुगौली सन्धिबाट सुरुवात भएको उल्लेख छ । यद्यपि वैधानिकता भने सन् १८८५ बाट मात्र दिएको पाइन्छ ।

धेरथोर विदेश जाने क्रम जारी रहे पनि १९९० को दशकबाट व्यापकता पाएको पाइन्छ । पछिलो तथ्याङ्क हेर्दा भारतबाहेक ४३ लाख ६५ हजार ४ सय १५ युवा वैदेशिक रोजगारमा छन् । नेपालको कुल ग्राहस्थ उत्पादनमा विप्रेषणको २६.२ प्रतिशत योगदान यिनै रोजगारीमा रहेका युवाको रहेको छ ।

मान्छे एक ठाउँबाट अर्को ठाउँ जाँदा उसले लाने सबै भन्दा ठुलो बस्तु त उसको भाषा, संस्कृति र साहित्य हुने रहेछ । हामी नेपाली जहाँ जहाँ पुगे पनि हामीले बोकेको लगेजको तुलनामा संस्कृतिको भारी धेरै ठुलो छ । हामी जहाँ पुगे पनि हाम्रो भाषा–साहित्यलाई मर्न दिएका छैनौ यो भावी पुस्ताले पनि गौरव गर्ने विषय हो।

नेपालीहरू विभिन्न सिलसिलामा विश्वका कुनाकुनामा रहे पनि रोजगारीका सिलसिलामा जाने अधिकांश मध्यपूर्वमै छन् । यो क्षेत्रबाट भित्रिएका विप्रेषणले देशको आर्थिक विकासमा ठुलो योगदान पुगेको छ । यो क्षेत्रका नेपालीहरूको आगमनको प्रसङ्ग पनि निक्कै रोचक छ । कतारलगायत कतिपय देशहरूमा नेपालको औपचारिक कुटनितिक सम्बन्ध विस्तारपूर्व नै नेपालीहरू पुगेका थिए । कतारमा नेपालका सबैभन्दा पहिला तराई क्षेत्रका मुस्लिमहरू पुगेका थिए । अरबिक भाषा पढ्न र लेख्न जान्ने भएकाले उनीहरूले त्यहाँ सहज रूपमा पहुँच पाएका थिए । मध्यपूर्वका देशहरूमध्ये कतारसँग नेपालको सन् १९७७ मा कुटनीतिक सम्बन्ध भएको थियो । सन् १९९० को दशबाट नेपालीहरू उपस्थित हुन थालेका थिए । सुरुका वर्षहरूमा ४ सय हाराहारी भएको देशमा अहिले सात लाख हाराहारी नेपालीको बसोबास रहेको छ ।

साउदी अरब नेपालीहरूको ठुलो गन्तव्य मुलुक हो । यो देशमा पनि सन् १९९० को दशकबाट नेपाली जान थालेका थिए । अहिले ६ लाखको हाराहारीमा रहेका छन् ।

नेपालीहरूको रोजगारीको एउटा ठुलो गन्तव्य मुलुक हो : युनाइटेड अरब इमिरेटस् । यस देशसँग नेपालको सन् १९९७ मा औपचारिक रूपमा कुटनीतिक सम्बन्ध स्थापित भएको थियो । सन् २००० सालबाट यस देशमा नेपालीहरू बाक्लो रूपमा गएको पाइन्छ । अहिले युएईमा मात्र चार लाख नेपालीहरू रहेका छन् ।

कुवेतमा नेपाली कामदारहरू सन् १९८० तिर पुगेको इतिहास छ । सन् १९९० को दशकमा कुवेतमा १४ सय नेपाली पुगेका थिए । अहिले रोजगार तथा विभिन्न पेसा व्यवसायमा संलग्न ७० हजारको हारारहारीमा नेपाली रहेका छन् । ओमनमा पनि नेपालीहरू १९९० कै दशकमा पुगेका थिए । अहिले ४० हजार हाराहारीमा नेपाली रहेको बुझिन्छ । मध्यपूर्वको अर्को देश जोर्डनसँग नेपाल सरकारले औपचारिक रूपमा १९ अक्टोबर २०१७ औपचारिक रूपमा कामदार पठाउने सम्झौता गरेको थियो । अहिले १० हजारको हाराहारीमा नेपाली रहेको अनुमान गरिन्छ । त्यस्तै इराक, इजिप्ट, यमनलगायत मुलुकमा पनि ठुलो सङ्ख्यामा नेपालीहरू कार्यरत छन् ।

मध्यपूर्वमा नेपाली भाषा–साहित्य
रहर, वाध्यता या समयको खेल आज हामी नेपाली संसारका सबै जस्तो मुलुकमा छौँ । हामीले एक ठाउँदेखि अर्को ठाउँ जाँदा आफूलाई चाहिने केही सरसामानहरू बोकेर जान्छौँ । त्यो सानो परिणममा हुन्छ तर महत्त्वपूर्ण हुन्छ। मान्छे एक ठाउँबाट अर्को ठाउँ जाँदा उसले लाने सबै भन्दा ठुलो बस्तु त उसको भाषा, संस्कृति र साहित्य हुने रहेछ । हामी नेपाली जहाँ जहाँ पुगे पनि हामीले बोकेको लगेजको तुलनामा संस्कृतिको भारी धेरै ठुलो छ । हामी जहाँ पुगे पनि हाम्रो भाषा–साहित्यलाई मर्न दिएका छैनौ यो भावी पुस्ताले पनि गौरव गर्ने विषय हो।

स्वभाविक रूपमा अमेरिका, युरोप र अन्य कतिपय देशभन्दा मध्यपूर्व गाह्रो ठाउँ हो । यहाँको संस्कार, संस्कृति र कानुनले हामी बाहिरबाट आएकालाई आफ्नो भाषा, संस्कृति र साहित्य उत्थानका लागि अभियान चलाउन सभागोष्ठी गर्न गाह्रो हुन्छ । यी अफ्ठ्याराहरूलाई चिर्दै मध्यपूर्वमा बसोबास गर्ने नेपालीले नेपाली भाषा–साहित्य विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको छ भन्न पाउँदा आज गर्वले छाती चौडा हुन्छ ।

यस क्षेत्रमा नेपालीहरू आएर सुरुवाती दिनहरूका साहित्यमा गरेको योगदानको अभिलेख पाउन गाह्रो छ । अहिलेको जस्तो सञ्चारसाधन विकास नभएको त्यस समयमा घर परिवारसँग खबर आदनप्रदान गर्ने हुलाकमार्फत तीन महिनाको समय कुर्नुपर्थ्थो । तीन महिनामा एकपटक आदान–प्रदान हुने ती पत्रहरू नै यस क्षेत्रमा नेपालीहरूले सिर्जना गरेको साहित्य हो भन्दा अतियुक्ति नहोला । ती पत्रहरू वास्तवमै निकै मार्मिक हुन्थे । घर गाउँको मेला, पात, सञ्चो विसञ्चो मात्र होइन प्रियजनहरू गुमाएको खबर पनि त्यही पत्रले दिन्थ्यो । त्यतिबेला आदनप्रदान भएका पत्रहरूको सङ्कलन र अभिलेखिकरण गर्ने हो भने त्यो समय मध्यपूर्वको एउटा महत्त्वपूर्ण दस्तावेज हुने पक्का छ ।

कुवेत, इराक, साउदी, दुबई, कतार, जोर्डन, ओमान, यमन, लेबनान, बजराइन, इजिप्ट, इजरायल आदि देशमा नेपाली श्रमिकहरूको बाक्लो आगमनसंँगै उनीहरूले आफ्नो भाषा–साहित्यको पनि साधना गर्न थाले तर समय परिस्थिति र प्रविधिमा पहुँच नहँुदा त्यसले व्यापकता पाउन सकेन ।

मध्यपूर्वमा बस्ने साहित्यनुरागीहरू साथीभाइ छुट्टीमा नेपाल जाँदा कथा, कविता, गजल र उपन्यासका पुस्तकहरू झिकाउँथे । महिनौ दिनको प्रतीक्षापश्चात बल्लतल्ल आइपुगेका साहित्यिक पुस्तक आलोपालो गरेर पढ्ने चलन भए पनि सहित्यिक गोष्ठी गर्ने अवस्था थिएन ।

लामो समयसम्म मध्यपूर्वमा श्रमिकहरूले सृजना गरेका साहित्यिक रचनाहरू सुन्ने सुनाउने थलो निर्माण हुन सकेन । समय क्रम र प्रविधिमा आएको सहजतासँगै एकअर्कामा समन्वय सम्पर्क गर्न सजिलो भयो । नेपालीहरूको सङ्ख्या पनि बढ्यो । अनौपचारिक रूपमा रचनाहरू सुन्ने सुनाउने र छलफल डिस्कोर्स गर्ने वातावरण बन्दै गयो ।

संस्थागत विकास
विश्वमा छरिएर रहेका नेपालीहरूको हितका लागि गैरआवासीय नेपाली सङ्घ गठन भयो । विदेशी भूमिमा दु:ख दर्दमा परेकालाई सहयोगदेखि विकास निर्माणमा समेत यसको भूमिका विस्तार हुँदै गइरहेको छ । त्यस्तै साहित्यका क्षेत्रमा समेत विश्वमा छरिएर रहेका नेपाली सहित्य साधकहरूलाई सङ्गठित गराउने अभियान सुरु भयो । यो अभियान जसै मध्यपूर्व पनि आइपुग्यो । नेपाली भाषा–साहित्यमा गहिरो दख्खल नभए पनि नेपाली सहित्यका संस्था गठन भए। ती संस्थाबाट केही न केही संंस्थागत प्रयत्न हुनेमा सबै एकमत भए । भेला, बैठक र सिर्जना गर्न श्रष्टाहरू तम्सिए र मध्यपूर्वमा पनि नेपाली साहित्यले व्यापकता पायो । विश्व नेपाली सहित्य महासङ्घ कुवेत सन् २०१४ मा गठन भयो । लेखक अमित चाम्लिङ अध्यक्ष भए । कतार, साउदी, युएइलगायत मुलुकमा पनि यो समिति गठन भयो ।

कतारमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज र नवोदित साहित्यिक वाचनालयको संयुक्त आयोजनामा साहित्यिक वाचन श्रृङ्खला हुँदै आएको छ । यो कतारको एउटा ऐतिहासिक कार्यक्रम हो ।

मध्यपूर्वका देशहरूमध्ये धेरै साहित्यिक गतिविधि हुने देश कतारमा अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज, नवोदित साहित्यिक वाचनालय र सन्ध्या गरूप अलखोर जस्ता संस्था क्रियाशील छन् । यी संस्थाहरूले एकल तथा संयुक्तरूपमा नियमित गतिविधि गर्दे आइरहेका छन् ।

साहित्यिक संस्थाहरू नभएका देशमा एनआरएनए आफैले र आफ्नो विभागमार्फत समेत साहित्यिक गतिविधि गर्दै आएको छ । कतिपय देशमा भएका साहित्यिक सङ्घ संस्थासँग सहकार्य गरेरसमेत महत्त्वपूर्ण साहित्यिक गतिविधि गर्दै आएको पाइन्छ । यसर्थ प्रवासमा नेपाली साहित्य विकासमा समेत एनआरएनएको महत्त्वपूर्ण भूमिका रहेको छ ।

साउदी अरब
साउदी अरबमा १४५ औँ मोती जयन्तिको अवसरलाई शुभ साइत मानेर एक कार्यक्रमको समेत आयोजना गरी महासङ्घ गठन गरिएको थियो । पहिलो समितिका पदाधिकारी यस प्रकार थिए :

अध्यक्ष : खगेन्द्र अधिकारी अमृत
उपाध्यक्ष : सूर्यविक्रम याक्खा
महासचिव : पुष्पक वली
सचिव : कमल शाही निर्मल
सहसचिव : रूपक दाहाल
अर्थसचिव : दुर्गाबहादुर भण्डारी
अर्थसहसचिव : राजु पौडेल

सदस्यहरू
कुमार श्रेष्ठ
पूर्ण गुरुङ
शिवबहादुर थापा
राजेन्द्र महतो
विष्णुप्रसाद चापागाई
कृष्णबहादुर सतुङ्गे
दिलकुमार श्रेष्ठ एक्ले
नारायण श्रेष्ठ
केन्द्रीय प्रतिनिधि
सागर श्रेष्ठ
महासङ्घका सल्लाहकारहरू
छायाचन्द्र भण्डारी
सुविन श्रेष्ठ
सुरज गिरी
कोपिला राई
अन्जना अधिकारी

उक्त पदाधिकारी, प्रतिनिधि, सदस्य एवम् सल्लाहकारले यस क्षेत्रको विकासमा टेवा पुर्‍याएकै थिए । यस संस्थाका साउदीमा विभिन्न उपशाखाहरूसमेत रहेका छन्।

युएई
मध्यपूर्वका धेरै साहित्यिक गतिविधि हुने मुलुकमध्ये युएई अर्को महत्त्वपूर्ण देश हो । विश्व नेपाली साहित्य महासङ्घ युएई शाखा क्रियाशील छ । महासङ्घका पदाधिकारीहरू यसप्रकार छन् :

अध्यक्ष : मुच्छे राई (विद्रोही साइला)
प्रथम उपाध्यक्ष : सरोज पहागो
द्वितीय उपाध्यक्ष : दीपराज नयोबहाँब
महासचिव : राधा घायल अधिकारी
सचिव : रमाकान्त बाँस्तोला
कोषाध्यक्ष : सोनिया लिम्बू (तेह्रथुमे कान्छी)
सहकोषाध्यक्ष : राज सङ्गम राई

सदस्यहरू
निमेश गिरी
माइनसप्लस सङ्ग्रौला
प्रतीक्षा बुढामगर
विवश मादेन
पिवन कन्दङ्वा
प्रवेश राई
मुना इबनाम

यी पदाधिकारी आफ्नो कार्यकालमा कुनै न कुनै रूपमा सक्रिय रहे । युएईमा अर्को फूलबारी साहित्यिक समूह’को नाममा संस्थासमेत रहेको छ । युएईको अर्को महत्त्वपूर्ण संस्था हो नेपाली साहित्य परिषद्। यस सस्थाको स्थापना सन् २००४ मा भएको थियो । यसले विभिन्न साहित्यिक गतिविधिका साथै पुस्तकहरूसमेत प्रकाशन गरेको छ ।

मध्यपूर्वमा साहित्यिक गतिविधि
प्रवासमा भानु जयन्ती, मोती जयन्ती, देवकोटा जयन्ती जस्ता अवसरहरू विशेष रूपमा मनाइने गरेको पाइन्छ । यस्ता अवसरमा गैरसाहित्यिक संस्थाहरूले समेत कार्यक्रमहरूको आयोजना गर्ने गरेको पाइन्छ । अनेसास कुवेतको अगुवाइमा सन् २०१४ देखि हरेक वर्ष भानुजयन्ती मनाउँदै आइएको देखिन्छ । भानुजयन्तीको अवसरमा कुवेतभरि छरिएर रहेका सर्जकहरूलाई सिर्जना गर्न उत्प्रेरणा जगाउने र कार्यक्रममा वाचन गर्ने कार्यक्रम हुन्छ । साथै नेपाली साहित्य समृद्धिका लागि डिसकोर्ससमेत हुने गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरका दुई ओटा शाखा रहेका छन् । एउटाको विमल बजगाई र अर्कोका कृष्णबहादुर सर्तुबगे अध्यक्ष रहेका छन् । साहित्यिक चौतारी नेपाल शाखा साउदी पनि यहाँ क्रियाशील रहेको छ । नेपाली साझा मञ्च, साउदी अरब पनि साहित्यिक गतिविधि गरिरहेका छन् ।

साउदीमा क्रियाशील संस्थामध्ये अर्को महत्त्वपूर्ण संस्था हो विश्व नेपाली साहित्य महासङ्घ साउदी अरेबिया समिति । यसको सन् २०११ मा मध्यपूर्वमध्ये सबैभन्दा धेरै साहित्यिक गतिविधि हुने देश हो कतार । कतारमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज र नवोदित साहित्यिक वाचनालयको संयुक्त आयोजनामा साहित्यिक वाचन श्रृङ्खला हुँदै आएको छ । यो कतारको एउटा ऐतिहासिक कार्यक्रम हो । यसबाहेक विभिन्न अवसरहरूमा नियमित साहित्यिक कार्यक्रम हुँदै आएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सन्ध्या रूप अलखोर र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा २०७१ सालमा १०५ औँ लक्ष्मी जयन्तीको अवसरमा आख्यानकार राजन मुकारुङलाई सम्मान गरिएको थियो । त्यस्तै अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज, नवोदित साहित्यिक वाचनालय, सन्ध्या रूप अलखोर तथा गैरआवासीय नेपाली सङ्घ अन्तर्राट्रिय समन्वय परिषद् कतारको साहित्य विभागले युवा कवि हेमन राईलाई डाकेर १०७ औँ लक्ष्मी जयन्तीको अवसरमा सशुल्क कविता वाचनको आयेजना रेको थियो । जसमा कविताका पारखीहरूले पैसा तिरेर कविता सुनेका थिए ।

तिनै संस्थाहरूको आयोजनामा १०८ औँ देवकोटा जयन्तीको अवसर पारेर नेपालका चर्चित कवि उपेन्द्र सुब्बालाई कतार उतारे । कवि उपेन्द्र सुब्बाको एकल कविता वाचनका साथै गायक तथा साहित्यिक सर्जक हरि विनोद अधिकारीको गितिएल्बम ‘पञ्चे बाजा’ को लोकार्पण र चलचित्र निर्देशक प्रकाश आब्देम्बेद्वारा निर्देशित चलचित्र ‘देश खोज्दै जाँदा’ समेत प्रदर्शन गरिएको थियो ।

गैरआवासीय नेपाली सङ्घ पश्चिम क्षेत्रीय समिति साउदी अरबले १ मार्च २०१९ मा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रबर्धन र साहित्यप्रेमीहरूको पहिचान गर्ने उद्देश्यका साथ जेद्दामा पहिलो पटक साहित्यिक कार्यक्रमको आयोजना गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी अरब च्याप्टर र साहित्यिक चौतारी नेपाल शाखा साउदी अरबको संयुक्त आयोजनामा १२ जुलाई २०१९ का दिन २०६ औँ भानु जयन्ती तथा रचना वाचन गजल महफिल, साउदी अरबस्थित रियादको रमाद होटेलको सभाहलमा गरिएको थियो।

विश्व नेपाली साहित्य महासङ्घ साउदी अरेबिया समितिले यसको सन् २०११ मा १४५ औँ मोती जयन्ती मनाएका थिए । त्यसयता यो संस्था क्रियाशील रहेको छ । अर्को देश युएइमा विश्व नेपली साहित्य महासङ्घले नियमित गतिविधि गर्दै आएको छ । त्यस्तै फूलबारी साहित्यिक समूहको नाममा साहित्यकारहरू भेला भई एकआपसमा रचना वाचन गर्ने गरेको पाइन्छ । सिर्जना वाचन डबली आदि युएईका महत्त्वपूर्ण साहित्यिक गतिविधि हुन् ।

मध्यपूर्वका प्रकाशन
मध्यपूर्वमा प्रकाशनको इतिहास पनि उल्लेख्य छ । अमित चाम्लिङको नथाकेको कथा (२०१४), कवितासङ्ग्रह, हातेमालो साहित्य सङ्ग्रह (२०७४), मरुभूमिको कोसेली पत्रिका, तोयानाथ दहालको प्रवासको सुस्केरा (कवितासङ्ग्रह, २०७१), बालुवाको घर (सन् २०१५), कथासङ्ग्रह, मनोज काफ्लेका मनसुनको कृति आज एक्लै गजल सङ्ग्रह, मरुभूमिको फूल गजलसङ्ग्रह, गभा सुवेदी भट्टराईको परदेशी आमा उपन्यास, छबिराम सुनार निर्दोषको कवितासङ्ग्रह ओइलाएका सपनाहरू (२०१५), आकाश शेर्पालगायत मध्यपूर्वमा रहेका सर्जकहरूसँग मिलेर इन्द्रेणी (२०७४) संयुक्त गजलसङ्ग्रह ।
कतार, मध्यपूर्वमा रहेर कलम चलाइरहेका स्रष्टाहरू कतार तीर्थसङ्गम राई, विन्देश्वर ठाकुर, थर्चा लामा, उमेश बस्नेत, गणेशप्रसाद बञ्जाडे, प्रेम भट्टराई, दीप मिलन, रोहित राना, सुमित्रा अधिकारी, रूप रसाईली, ईश्वर शाही, लेख कार्की, टीका खड्का, विन्देश्वर ठाकुर, विजय योजित, रबीन्द्रकुमार श्रेष्ठ, एस.पी माथवर, ईश्वर लजालु , इलामेली तारा काफ्ले, सुरेश रुम्बा तामाङ र प्रेमप्रसाद भट्टराईले गजल बाचन गरेका थिए । त्यस्तै राम लामा, बिनोद खड्का, इनोसेन्ट राजन, निराजन प्रभात, बेचन महतो , मनी पौडेल, दीप मिलनको सक्रियता पनि उल्लेख्य छ । लालबहादुर थापा क्षेत्रीको एकल कृति बगालेका गजलहरू नामक गजलसङ्ग्रह (२०१७) साउदी अरब, नेपाली साझा मञ्च, साउदी अरब साहित्यिक स्मारिका । प्रवासी आवाज (वि.स. २०७५), निश्चल पीएसको सिसिफस जीवन गजलसङ्ग्रह र पद्मनिीको गजल एल्बम युएई बसन्तमोहन अधिकारी मनोज रुबमाहाब राई, विद्रोही साइँला, ओमकुमारी खाँण, तेज राई, भुपेन्द्र आचार्य कान्छो, विवशकुमार बुढा, मुच्छे राई विद्रोही साइला, सरोज पहागो, दीपराज नयोबहाँब, राधा घायल अधिकारी, रमाकान्त बाँस्तोला, सोनिया लिम्बू ‘तेह्रथुमे कान्छी’, सुराज सङ्गम राई, निमेश गिरी, माइनसप्लस सङ्ग्रौला, प्रतीक्षा बुढामगर, विवश मादेन, पिवन कन्दङ्वा, प्रवेश राई, मुना इब्नाम, पी.एस निश्चल, देबिनबाबु राई, किरण कौशल मेयोङ्वा, विमल तामाङ, टङ्क गुरुङ, दलवीरसिंह बराइली, घायल, जे.सागर, कान्छो भूपेन्द्र आचार्य, दूरबस्तीको शिशिर, ऋषिराम पोखरेल, शाश्वत ढुङ्गाना, खगेन्द्र समर्पण न्यौपाने, सन्दीप अधिकारी, चन्मन निलओम, सुरज राना, लक्ष्मण कुँवर, टपन जी, एम. प्रतीक संग्रामी, राजु भण्डारी, तेज राई, अथाह सागर तीर्थमान, सेल्कर पाख्रिन तामाङ, महेन्द्र चपागाई घायल, दीपक कार्की, वीरमनी ढकाल, प्रमोद निषाद, लोकेश सङ्घात, अमन एकल, कृष्ण विश्वकर्मा, कमल के. थापा, ओमकुमारी खाँण, इन्धन डी.वी. भण्डारी, शक्ति राई, सन्दीप भट्ट, घायल मुटु, सरोज सबगम, सुशीला भण्डारी, भीमराज नेपाल, उमेश राई, रमेश क्षितिज बराल, चन्द्र सम्बाहाम्फे लिम्बू, अमृत क्षेत्री, मोहराज शर्मा मोहन आदि सक्रिय छन् ।

कुवेत
कुवेतमा साहित्यिक गतिविधिमा संलग्न नेपालीहरू प्रशस्तै छन् । तीमध्ये अमित चाम्लिङ, तोयनाथ दाहाल, नैनकला राई, गङ्गा सुवेदी भट्टराई, छविराम सुनार, आकाश शेर्पा, जानकी विश्वकर्मा, अमर खड्का, माधव पौड्याल, असल यात्री, जय आलेमगर, राजु श्रेष्ठ, हिमाल अन्जान, राज श्रेष्ठ, सिर्जना पाण्डे, तिलाचन बस्याल आदिको नाम उल्लेख्य छ ।

साउदी अरब
साउदी अरबमा रहेर कलम चलाउने नेपाली स्रष्टाहरू प्रशस्तै भेटिन्छन् । सङ्गठित रूपमा सक्रिय नभए पनि केदार भण्डारी, विमल बजगाईँ, कविराज शङ्कर, नवीन आचार्य, बालकृष्ण पौडेल, लालबहादुर थापा, शिशिर लिङदम चारखोल, बालकृष्ण पौडेल, विष्णु न्यौपाने, रेवतीरमण पौडेल, राजेश काफ्ले, रामराधा घिमिरे, सन्तोष लुइटेल, अञ्जन पोखरेल, दिलबहादुर थिङ तामाङ, राजकुमार गिरी, अर्जुन गिरी, आदित्य पौडेल, प्रेम बराइली, दिवस दाहाल, अनिष बम्जन, दीपकराज उपाध्याय, सुमन सलामी मगर, शान्ति तामाङ, गुराँस राई, सागर राना, लाफादीप मगर, अर्जुन गुरुङ, अमृत पौडेल, दीपक रेग्मी, रूपक वाइबा तामाङ, परशुराम मिश्र र मदन ओडारी आदिको नाम उल्लेख्य छ ।

अबको बाटो
नेपाली भाषा मात्र पढेर पुग्ने रहेनछ । नेपाली साहित्यबारे बुझ्नको लागि अग्रज स्रष्टाहरूसँग विस्तृतमा छलफल, विमर्श त हुनैपर्छ । कतिपय भाषा कुरा यस्ता हुन्छन् जसलाई सिर्जना गर्न सकिन्न । अग्रजहरूले यस्ता कुराको गाँठो फुकाउन केही पहल त गर्नुपर्ने नै देखिन्छ ।

नेपाली साहित्यका विभिन्न विधाअन्तर्गत सिर्जनाहरूलाई प्रकाशित गर्ने, साहित्यिक गोष्ठीहरू गर्ने, अग्रज स्रष्टाबाट विचार सुन्ने सिक्ने थितिलाई सकेसम्म निरन्तरता दिँदै लाने हो भने प्रवासका श्रमिकहरूले साँच्चै नै आफ्नो भाषा र सहित्यको आकाशमा मध्यपूर्वबाट चम्किलो नक्षत्र थपिने कुरामा दुई मत छैन । कतारबाट रेगिस्तानी कविको पहिचान बनाएका कवि तीर्थ सङ्गम राई करिब अढाइ दशकबाट नेपाली कविता खिपिरहेका छन् । यो एउटा उदाहारणीय काम हो ।

खाडीका श्रस्टाहरूप्रति कृतज्ञता प्रकट गर्दैछु । यो भनेको खाडीबाट नेपाली भाषा, साहित्यप्रतिको श्रद्धा र भरोसा हो । मध्यपूर्वका देशहरूमा फरक भाषा,फरक धर्म, फरक रहनसहनबिच नेपाली साहित्यलाई नेपाली श्रमिकहरूले आफ्नो ड्युटी समयको बाबजुद पनि यतिसम्म उजागर गर्ने प्रयासलाई हाम्रो साहित्यसँगको माया, नेपाली समाज र हाम्रो गरिमा हो भन्न सकिन्छ । यसलाई अहिलेको विज्ञान र प्रविधिले दिएका प्रविधिहरू उपयोग गरेर अझ अन्तरक्रियात्मक बनाउन प्रयत्न गर्नुपर्ने देखिन्छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 291
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.