SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » ‘आगो र पानी’- एक घोत्ल्याइँ
समीक्षा

‘आगो र पानी’- एक घोत्ल्याइँ

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments13 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
तारानाथ शर्मा (तारानाथ उपाध्याय भण्डारी १९९१ असार ९, सुपुत्र : प्रजापति उपाध्याय र देवकी उपाध्याय भण्डारी) नपाली साहित्यका स्रष्टा एवम् द्रष्टा प्रतिभा हुन् । २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ’साथी’ साप्ताहिक पत्रिकामा ’इलाम’ शीर्षकमा छापिएको निबन्ध रचनाबाट साहित्यिक क्षेत्रमा सार्वजनिक भएका शर्माको पहिलो पुस्तक ’नमस्ते’ निबन्धसङ्ग्रह (२०१८) हो भने ’घोत्ल्याइहरू (२०२१) उनका प्रारम्भिक सिर्जनात्मक र समीक्षात्मक कृतिहरू हुन् । उनका पश्चिमका केही महान् सहित्यकार (२०२६), भानुभक्तदेखि तेस्रो आयामसम्म (२०२७), नेपाली साहित्यको इतिहास (२०२७), नेपाली साहित्यको ऐतिहासिक परिचय (२०२९), सम र समका कृति (२०२९), सुम्पन ल्याएँ (२०४४) जस्ता महत्वपूर्ण सकीक्षा ग्रन्थ प्रकाशित छन् । उनका विविध समीक्षाहरूमध्ये पहिलो चरणमै देखा परेको ‘आगो र पानी एक घोत्ल्याइँ‘ उल्लेख्य समीक्षा हो । यस समीक्षाले बालकृष्ण समको आगो र पानी खण्डकाव्यको विश्लेषण गरेको छ । बालकृष्ण समको ११९ औँ जन्मजयन्तीका सन्दर्भमा शर्माको यही कविताबाट समको स्मृति गरिएको छ ।सम्पा.

 

बालकृष्ण समले लेखेको आगो र पानी भन्ने गद्यकविताका खण्डकाव्यले नेपाली साहित्यका इतिहासमा एउटा नौला विशेषताको पाती जोड्छ । कलात्मक अभिव्यञ्जना, भावको गहिरोपना, शैलीको सुललितता, विषयवस्तुको सुन्दर र काव्यात्मक प्रतिपादन अनि लयको आकर्षण पद्य कवितामा भन्दा गद्य कवितामा छर्लङ्ग हुन सक्दा रहेछन् भन्ने कुरो यो काव्य हेर्नेले मान्नु पर्छ । गद्य कवितालाई छन्दका नियम रट्न नसक्ने र शब्दहरू राम्ररी केलाउन नजान्ने लठेब्रे युवकको स्वांग र छाडा छोडिएका गोरुले अन्नका बोटहरूलाई सोत्र्याएर उपध्रो र उधुम मच्चाई बारी बिगारेझैँ साहित्यमा मनपरी खोदलखादल पार्ने नियमनाघुवा, बुझपचाहा, उरन्ठेउला ठिटाका काँचा अव्यवस्थित तानतुन र जोडजाड मान्ने हाम्रा पुराना कविहरूलाई आगो र पानी ठुलो र जवाफ दिन नसकिने हाँक हो । संस्कृत छन्दमै टाँसिएर कुवाका भ्यागुताले समुद्रको भेउ नपाएझैँ विश्वसाहित्यका दगुराइ अनि सजिल्याईंलाई नचिनेका हाम्रा पुराना कविबाजेहरूले अब आफ्ना शब्द कुल्चेर, किचिलीपिचिली पारेर, ठुंगेर, ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व पारेर, ‘नेपाल’लाई ‘नयपाल’ र हलन्तलाई सलक्क लेखेर वा सलक्कलाई खुट्टा काटेर भावरहित शुष्क मरुभूमिमा बालुवाको क्षणिक पहाड ठड्याएझैँ ‘राम ! राम !!’ भन्दै ‘कवितामा मनमोहकता र आध्यात्मिकता हुनु पर्छ, छन्द हुनु पर्छ, अलङ्कार हुनु पर्छ, रूपक हुनु पर्छ, अनुप्रास हुनु पर्छ’ भनेर थोत्रो थाल ठटाउँदै चामलको माटो भुसैभुसले भरिएका खल्ला ‘पद्मकुराहरू’- कविता होइनन् – लेख्ने आँट नगर्लान् । किनभने लय र तालमात्तै कविताका गुण होइनन्, छन्द र उपमा, अलङ्कार र अनुप्रासमात्तैले कविता बन्न सक्दैन । समज्यू ‘मेरो भन्नु’मा स्पष्ट्याउनुहुन्छ, ‘कविता भावनाको बौद्धिक कोमलता हो । त्यसैले छन्दले नबाँधिएको वाक्यांश लय र तालमा नपर्दा नपर्दै पनि कविता हुन सक्तछ, लय र तालमै परेको वाक्यांश कविता नहुन पनि सक्दछ । कुरा र कवितामा भेद रहेजस्तै गद्य कविता र पद्य कुरामा पनि उत्तिकै भेद रहन सक्तछ ।’ लयमा नअल्झाएर भावको किञ्चिन मात्र पनि हत्या नगराएर पद्यकविता छोडी कविहरू गद्य कविता लेख्तछन्, गद्य कुरामा व्याख्यान–विस्तार नगरेर गद्यकवितामा सारसङ्ग्रह गरी कुनै विषयको ध्वन्यात्मक सूत्र भर्दछन् ।”

मान्छेले उसका सुरुदेखि नै शान्तिको सास फेर्न पाएन । बलियाहरूका ‘तैं छाड् र मै छाड्’ का आँधीमा बेह्रिएका निर्धा मान्छेले पिसिनुपर्‍यो, लेथ्निुपर्‍यो, चेप्टिनुपर्‍यो । एकातिर करोडौँ मान्छेहरू भात खान नपाएर आफ्नो र अरूको मासुनै हारालुछ गरेर कोपरिरहेका हुन्थे त अर्कातिर विलासका डुबुल्की मार्दै सम्राटहरू न्यायी, गरिबपरवर र यशस्वी कहलाउँथे । यस्ता विषम, तह नमिलेका दुनियाँमा बलिया मान्छेहरूले तह मिलाउन तम्सेकाहरूलाई केराका थाम काटेझैँ काट्थे- आगो सल्केर डढेलो बन्थ्यो । लाखौँ नरनारहिरू यस डढेलामा परेर पड्कन्थे । आजसम्मका मान्छेको इतिहास वर्गसङ्घर्षको इतिहास हो भनेर कार्ल मार्क्सले भनेका थिए । साँच्चै नै आजभन्दा अघिको हाम्रो इतिहास हाम्रै आला रगतले रातै रँगिएको छ । यस इतिहासका कुदाइमा पुरानो र थोत्रो व्यवस्था मकाउँदै गयो, चर्किँदै गयो, भत्किँदै गयो अनि भत्केका पुराना व्यवस्थाका मलमा नयाँ व्यवस्था मौलायो । परिस्थिति र समयका लगाताकार लम्काइले कुनै कालको खाँटी र नयाँ व्यवस्था पनि पुरानिँदै र थोत्रिँदै गयो । पुराना र नयाँका यस कहिल्यै नटुङ्गिने सङ्घर्षलाई धर्म, नीति र स्वतन्त्रताको रक्षा गर्न गरिएका लडाईँहरू हुन् भनेर जतिसुकै प्रचारे नि पुँजीवादसम्मको इतिहास केको साक्षी छ भने पुरानो व्यवस्था रुचाउनेहरू पुरानो वर्गविभेद र नयाँ व्यवस्था चाहनेहरू नयाँ वर्गविभेद चाहन्थे । उनीहरूको मूल उद्देश्य शोषण थियो । पुरानो शोषणपद्धति कायम गर्नेहरूतिर लागेर होस् वा नयाँ शोषणपद्धति रुचाउनेहरूसँग लागेर होस् अचेतनशील जनताले मानवसभ्यता नै रातो हुने रगत बगाउनुपर्‍यो । शान्तिका निम्ति बुद्ध चिच्याए, जिसस कुर्ले, गान्धी कराए । तर शोषणको कारण पत्ता नलगाई अथवा शोषण–पद्धतिको ऐतिहासिक अन्वेषण नगरी अनि भौतिक परिस्थितिहरूका अध्ययनतर्फ वास्ता नगरी ‘मान्छे सब एक हुन्, हृदय परिवर्तन गर- झगडा नगर’ भन्दै काल्पनिक उडन्ते साम्यवाद (ग्तयउष्ब) विश्वमा ल्याउन खोज्ने पलायनवादी नेताहरू सडेर गए, मकाएर गए । दुनियाँमा आगो दन्दन दन्किरहेछ । त्यसलाई साम्मे कसरी गराउने ? आफू आगामा होमिएर कि आगालाई काबुमा राखेर ? गान्धी, बुद्ध र जिससले भने- “आफैँ आगामा होमिएर !” त्यसैले तिनीहरू आफैँ आगामा होमिए- साम्यवादको पत्तोफाँट पाइएन । यत्तिकैमा सन् १८१८ मा जर्मनीले कार्ल मार्क्सलाई जन्मायो । यिनले थिचिएका र बिलखबन्दमा परेका निमुखा गरिब जनताका मुक्तिको अनौठो तर नौलो उपाय निकाले । उनको भनाइ भौतिकवादी थियो । उनका भनाइअनुसार शान्ति आफैँ आउँदैन, स्वतन्त्रता आफैँ फल्दैन । दुनियाँमा हुनेखाने भुँडेहरू छन् साथै पेट दाप्सिएका ज्यामीहरू र किसानहरू छन् । भुँडेहरूले शान्तिसित ज्यामी वा किसानलाई ज्वाइँलाई भेजमानी गरेझैँ गरेको देखिँदैन । मरीमरी काम गरेर पनि पेट भरी खान गरिबले पाउँदैन तर धनी काम नगरी अँजुलीका अँजुली घिउ निस्कँदैन । त्यसैले गरिबहरू सबले मिलेर धनीका हातबाट शासनसत्ता खोसेर आफ्ना हातमा पारी अर्थव्यवस्था, राजनीतिव्यवस्था र समाजव्यवस्थालाई आफ्नो अनुकूल पार्नु पर्छ र मात्र वैज्ञानिक साम्यवाद सम्भव छ, किनभने भौतिक साधनहरू परिपक्व नभई, ठूलाठूला उद्योगहरूको विकास, विद्युतीकरण, वैज्ञानिकीकरण र समान वितरणको व्यवस्था नलाई साम्यवाद आउनै सक्तैन । कार्ल मार्क्सको यो ठोस तर कटु यथार्थ, विश्वलाई खरानी पार्न सल्केका आगालाई साम्मे पार्न काबुमा राख्न आगो सल्काउने वाद’लाई पछ्याई आधा जस्तो संसार साच्चै नै मुस्काइरहेछ- साम्यवादका लक्ष्यतिर बढ्दै छ । आज पुरानो व्यवस्था पूँजीवाद बचाउनै चाहनेहरू दशतिर फौजी सङ्गठनहरू पाली अनि राष्ट्रिय स्वतन्त्रता चाहेनहरूलाई संगिनले घोच्तै र बुटले कुल्चँदै आगो सल्काई विश्वमा डढेलो लगाउन खोज्दै छन् । त्यसैले हामीले आजाका विजयका निम्ति होइन तर आगालाई ठेगान लगाउनाका निम्ति, आगालाई काबुमा राख्नाका निम्ति आवश्यक परेमा आगो बाल्नै परेको छ ।

यस अन्तर्राष्ट्रिय प्रगतिका आँधीले आगो र पानीमा समलाई कतिसम्म प्रभावित पारेको छ केही मेरा यस घोत्ल्याईँलाई एक दृष्टि लगाएर अन्दाज लगाऔँ ।

आगो र पानी का दुई खण्डमा पहिलो खण्ड ‘अगिको’ यस शताब्दीभन्दा अघिका इतिहासका व्याख्यासित सम्बद्ध छ र दोस्रो खण्ड ‘पछिको’ आधुनिक युगमा दार्शनिक व्याख्यासँग सम्बद्ध छ । पहिला खण्डमा उहाँले पृथ्वीका सुरुका वैज्ञानिक तर द्वन्द्वात्मक व्याख्यादेखि लिएर मान्छेको उत्पत्ति अनि काटाकाट र चिथोराचिथोर साम्राज्यवादको बलिवेदीमा चढाइएका अनगन्ती टाउकाहरू, दार्शनिकहरूले युगयुगदेखि धोका दिँदै आएको कुरो, धर्मका नाउँमा बगेका रगतको विशिष्ट रूपले बयान गर्दै उन्नाइसौँ शताब्दीसम्मका सङ्घर्षको ऐतिहासिक विश्लेषण गर्नुभएको छ । उहाँले मार्क्सवादी वैज्ञानिक विचारधाराकै अनुसार बितेका युगहरूका इतिहासलाई वर्गसङ्घर्षकै इतिहास मान्नुभएको कुरो यी पङ्क्तिले छर्लङ्ग्याउँछन्-
‘त्यसरी आगो सल्केको बेला
शक्तिको खाँडो जाग्यो-
दुर्बलले आफ्नो नाडी छामी
शक्तिमान्को पूजा गर्‍योः
ईश्वर जन्म्यो
लुटाहा विजेता शासकको प्रासादमा
स्वर्ग जन्म्यो;
विजित शासित रोगीको झुप्रामा
नरक जन्म्यो ।’
वर्गहरूका उत्पत्तिका साथसाथै शक्तिको धमास मच्चियो । आफ्नो तुजुक दोएर नाम कमाउने अनेकौँ महत्वाकांक्षी लाउकेहरूले यति मान्छेहरू मारे भनेर साध्य छैन । तर यस्ता नरहत्याका वीभत्स कामलाई धर्मको नाउँ दिइन्थ्यो । सम भन्नुहुन्छ-
‘कल्पनावादी स्वप्नवादी
मिथ्यावादी अन्धहरू
महा्न दार्शनिक कहलिन्थे;
… आफैलाई कष्ट दिई दिई
मार्ने तपसी योगी गनिन्थे ।’

तिनै कृष्ण हुन् जसले मान्छेलाई मार्दा आत्मा नमर्ने हुनाले पाप लाग्दैन, बरु युद्ध गर्नु क्षत्रिय–धर्म हो भनी मिथ्यावादी र मौकावादी दर्शन चलाए । तिनै शंकराचार्य हुन् जसले ‘ब्रह्मसत्य जगन्मिथ्या’- ब्रह्मात्तै साँचो अरू सबै झुटो हो भन्ने स्वप्नवादी दर्शन चलाएर मानव–प्रगतिमा बार हाले । के पूर्व, के पश्चिम जताततै ढोंगोहरूले निम्न वर्गका जनतालाई अँध्यारामा राख्ने र शोषणलाई धर्म, नीति र रीतिथितिका आवरणले ढाक्ने प्रयत्न गरे । सम भन्नुहुन्छ-
‘सुकरातले ज्ञानलाई खोतल्दा
वैज्ञानिक साधनमाथि शंका
गर्नुसट्टा निराधार आत्माको अस्तित्वलाई
नमानीकन गह्नाउने लुगा खोलामा धोई
नुहाईकन जीवनलाई सुचारु बनाउन खोजेको
भए संसार अर्कै हुन्थ्यो ।’

सुकरात जस्ताका दर्शनले सबै मानवलाई बराबर कल्याण गर्दैन । शोषण र अत्याचारलाई लुकाउने उद्देश्यले प्रतिपादन गरिएका यी पुराना दर्शनहरू उच्च वर्गका स्वार्थको पुष्टि गर्थे । समाजमा भएको वर्गविभेद र थिचिएका र थिच्ने वर्गहरूको तीव्र विरोध देखाउँदै जुन कुरा धनीका लागि हितकारी र कलात्मक हुन्छ त्यही कुरा गरिबकका निम्ति कसरी छादझैँ हुन्छ यी हरफहरूले छ्याङ्छ्याङ्ती उदाङ्याउँछन्-
‘बिहान खायो बेलुका के खाऊँ
बेलुका खायो बिहान के खाऊँ
भन्न नपर्नेहरूको निम्ति
त्यो सभ्यताको संस्कृतिको
समुन्नति भएको समय थियो;
तर-
एउटा स्वतन्त्र साधारण
निष्पक्ष उभिएको मानिसको निम्ति
नाल फुटेको समय थियो-
नरक उम्लेको समय थियो,
कलाकार दार्शनिक कवि पण्डित
चिक्षिप्त भएको समय थियो ।’
छल–कपट, हिम्सा, महत्वाकाङ्क्षाका बलले साधनसम्पन्न वर्गले सर्वहारा वर्गलाई पिस्तै लग्यो, किच्तै लग्यो । बुद्धले समता प्रचारे, क्राइस्टले शान्ति कराए । जनताको कष्ट हटाउन भनी उनीहरू घाँटी सुकुन्जेल चिच्याए । तर –
‘पलङमा सकली रूप सुत्तथ्यो
झ्यालबाट मकुण्डो दर्शन दिन्थ्यो
धर्मले पापको अधिकार मिल्दथ्यो,
पुण्यसित विषयभोग साट्न पाइन्थ्यो,
गरीब मर्दथ्यो,
निसाफ पर्दथ्यो,
बलियो कालै पनि सेतो ठहरिन्थ्यो ।’

उहाँका सुन्दर र आकर्षक बयानमा हामी तीन जनाको नाउँ घरिघरि लिएको पाउँछौँ जसले साम्यवादका निम्ति दुनियाँमा आफ्ना पलायनवादी र स्वप्नवादी सिद्धान्तहरू पेस गरे । ती हुन् बुद्ध, जिसस क्राइस्ट र गान्धी ।

समले छर्लङ्ग हुने गरी के भन्नुभएको छ भने दासयुग सामन्ती युग र पुँजीवाद युगको विशेषता शोषण हो । शोषणलाई कायम राख्नालाई होस् वा नयाँ शोषणपद्धति निकाल्न होस् अनेकौँ वीभत्स र घृणित युद्धहरू लडिए । उहाँले के पनि स्पष्ट्याउनुभएको छ भने पुँजीवादी समाजव्यवस्था कायम गर्न चाहनेहरूसम्मका इतिहासका नाउँ चलेका कवि, दार्शनिक र कलाकारहरूका रचनाहरू एकल्काँटे हुन्थे । कालिदासका रचनाहरू सामन्तको गुन गाउँछन्- जनतालाई कुक्कुर बिराला ठान्छन् । त्यसैले आर्थिक वर्गविभेद रहुन्जेल जुनसुकै युगमा पनि दुई विचारधाराहरू साहित्य, संस्कृति र कलामा पाइन्छन्- एउटा उच्च वर्गका स्वार्थपट्टि ढल्केको र अर्को जनतापट्टि झुकेको । तर इतिहास के कुराको साछी छ भने जनताका कलाकारहरूले भोकै मर्नु पर्थ्यो, कलाको कदर हुँदैनथ्यो – प्रतिबन्ध लगाइन्थ्यो । नत्र भने कलालाई धनीका हातमा बेच्नुपर्थ्यो-
‘पसीना बेच्ने कलाकारहरू
सुकेका पैसा दिएर धपाइए;
कलाको सतीत्व अपहरण गरियो;
अनि ढंढोरा पिटियो- आओ,
आँखा उठाई हेर,
बेगम मुमताजको निम्ति
बादाह शाहजहाँको
छाती निचोरिए चुहिएको
कस्तो कत्तिको कलात्मक
आँसुको खँदिलो ढिको !’
तर दरिद्रका आँसुको मूल्य हुँदैनथ्यो- मानौँ दरिद्रको हृदयै हुँदैन, प्रेम धनीहरूको मात्र पेवा हो । शाहजहाँ र एउटा दाउरेको प्रेम दाँज्नोस्-
‘भीरबाट लोट्तै खसी खोलामा बगेकी
स्वास्नीको निम्ति दाउरेले
मैलो टोपी मुखमा कोची
रोएको झरिलो आँसु होइन,
शरताजको भरिलो आँसु !’
अनेकौँ धर्म निक्ले, अनेकौँ साम्राज्यका महल खडा भए, अनेकौँ देउताहरू जन्माइए । ती देउताहरूका मन्दिर कपेर कलाको जिउँदो चित्रण गर्ने कलाकारहरू विस्मृतिमा विलीन भएर तर रगतका थोपाथोपा चढाएर मर्ने गरिब कलाकारहरूले निर्दयी देउताहरूलाई गरिबका झुपमा झार्न सकेनन् । बरु ईश्वर त धनीले पो किने-
‘दरिद्र कलाकार गोरुतुल्य भै
रातदिन पेटको खाल्टो पुर्न
चित्र–मूर्ति–गृहमा जोतिन्थे,
ईश्वर धनीको घरमा बस्थे,
दरिद्रहरू सब भुस्सिन्थे ।’
धर्मका स्वांग र ठाँटले नत काल्पनिक आत्माले शान्ति पायो, नत गरिबहरूको पेट भरियो । बरु-
‘गिर्जा मन्दिर मस्जिदहरूमा
गजवार र ताल्चा ठोकिन्थे;
घण्टा बज्दथे, शङ्ख फुकिन्थे,
सद्दे मानिस पनि बहिरा हुन्थे;
सुनका छाना टलक्क टल्किन्थे,
कानाहरू अन्धा हुन्थे;
जब तिनमा प्रार्थना भजन गुँज्दथे
भोकाहरू छाक छोड्थे ।’
धेरै मान्छेहरू परतन्त्र थिए- अन्धा पारिएका थिए र संसार अँध्यारो भएको थियो । किनभने-
‘मानिस स्वाधीन बन्न सके
आजसम्ममा भ्रमले रहेको भेदभाव टुटी
यो संसार एक हुन्थ्यो ।’
तर जनतालाई भ्रममा राखेर आर्थिक शोषणका आधारमा इतिहास अघि बढ्यो । पूँजीवादी समाजमा आएर झन् आर्थिक होची–अर्घेलीले उग्र रूप लिन्छ ।
‘आमदामीको जरा सुकाई
मर्दा पर्दा खर्च दिइन्छ,
घरबारी सर्वस्व गराई
दरिद्रलाई दान दिइन्छ
त्यही सुधार कहिन्छ;
औषध लुकाई दया देखाउने
घृणा छिपाई माया जताउने
सुधारवादी श्रेष्ठमा दरिन्छ ।’

यसरी इतिहासको द्वन्द्वात्मक व्याख्या भौतिक पाराले गर्दै आफ्ना विशिष्ट अनि गहिरा अध्ययनका आधारमा सम हामीलाई ‘अगिको’ मा के उदाङ्ग बताउनुहुन्छ भने धर्म र नीति ढोङ हुन्, देउता र ईश्वर कल्पना हुन् अनि शासक, शोषक र धनी जनताका घोर शत्रु हुन्- मानवसभ्यताका काला धब्बा हुन्, किनभने यस सुरम्य सुन्दर संसारको संहार गर्ने सुर कस्तै यी चोट्टाहरूले डढेलो सल्काउन छोडेका छैनन् बरु अझ दाउरा थप्तै छन् ।

‘पछिको’ भागमा समले कलात्मक ढंगबाट आगालाई काबुमा राख्ने विचार पोख्नुभएको छ । विश्वमा साम्यवाद ल्याउनैपर्छ- आफैँ आउँदैन अनि साम्यवाद नै हाम्रो लक्ष्य हुनुपर्छ भन्ने उहाँको विश्वास छ । यस संसारमा ठुलासानाको भेद रहुन्जेल डढेलो लागेर सभ्यतालाई आगाले खुण्ड्याइनै रहने छ । उहाँका सुन्दर र आकर्षक बयानमा हामी तीन जनाको नाउँ घरिघरि लिएको पाउँछौँ जसले साम्यवादका निम्ति दुनियाँमा आफ्ना पलायनवादी र स्वप्नवादी सिद्धान्तहरू पेस गरे । ती हुन् बुद्ध, जिसस क्राइस्ट र गान्धी । तर-

‘बुद्धको पनि साम्यवाद हो
तर त्यो दयाको साम्यवाद;
क्राइस्टको पनि साम्यवाद हो
तर त्यो क्षमाको साम्यवाद ।’
अनि निकै पर-
‘गाँधीको पनि साम्यवाद हो,
तर त्यो जिद्दीको साम्यवाद हो ।’
तर दयाको साम्यवाद ‘आकाशको फल आँखा तरी मर्’ हो, क्षमाको साम्यवाद कायरता र नपुङ्सकता हो अनि जिद्दीको साम्यवाद गंगटो टोकाइ हो । किनभने-
(१) ‘करोडौं मानिस बौद्ध भए,
तर बौद्धत्व बुद्धसितै मर्‍यो ।’
(२) ‘करोडौं मानिस क्रिस्चियन भए
तर क्राइस्टको क्रिश्चियनपना पनि
क्राइस्टसितै मर्‍यो ।’
(३) ‘मर्‍यो !
यो गाँधीवाद
गाँधीसितै मर्‍यो !’

मार्क्सवादपछि गान्धीवाद निक्लेको हो, तर माकर्सवादलाई यसले उछिन्न सकेन । गान्धीवाद सम्झौतावादी पुनरुत्थानवाद वा प्रतिक्रियावाद भएकाले नै मरेको हो । किनभने यसले प्रचार्‍यो-
‘आदर्शवादी गाँधीको अनुसार
युटोपिया बन्नै पर्छ,
…. आशाविरुद्ध आशावादी भई
मनुष्यमात्रले मर्नुपर्छ ।’

इतिहासका वीभत्सता, घृणा, सम्हार, अन्याय, शक्ति र शोषणका पहरासँग जुधेर अनि डरलाग्दा परिस्थितिहरूसँग लाप्पा खेलेर एउटै वाद विश्वमा बाचिरहेका छ- चम्किरहेको छ । यो वैज्ञानिक वाद कठोर कसीमा जाँचिएर टल्किएको छ – कन्चनिएको छ । समकै शब्दमा –

‘त्यत्रो उथलपुथलको बीचमा
महामारीको बीचमा पनि
अग्निबीच पनि तारा सद्दश जीवनविन्दु बनीकन
लोहाको झूलभित्र बसीकन
हिंसात्मक साम्यवाद (मार्क्सवाद–घोत्ल्याहा) बाँचीरह्यो ।’

आगामा मान्छे मात्रलाई होम्न र डढाउन नचाहने तर आगाका कठोर लप्काहरूका विचमा पनि तारा जस्तै अटल र अमर भई, जीवनज्योतिको प्रतीक भई मानवताका रक्षा, पालन र प्रगति गर्न चाहने दर्शन मार्क्सवाद नै हो र यसैले इतिहासलाई नयाँ उज्यालो देखाएको छ । अब बल्ल लाखौँ बर्ष देखिन् खोजेको अमृतशान्ति मान्छेले चाख्न पाउने भए । किन ? किनभने सम के भन्नुहुन्छ भने पहिलेका व्यवस्थाहरूमा मान्छेमान्छेमा भेद थियो, शोषण थियो, अन्याय थियो- त्यसैले साम्यवाद आएन, शान्ति फैलिएन । तर मार्क्सवादका आधारले जनताका सबभन्दा तल्ला तहका ज्यामी, खेताला र माटिकोरेहरूका सामूहिक अधिनायकत्वमा सर्कार खडा गरेर धनीहरूका मगजका इतिहासले ल्याएका असमानतालाई मान्यता दिने विकृतिरोगलाई बुरुस लगाएर पखालेपछि मात्र असल, खाँटी र वैज्ञानिक साम्यवादको प्रादुर्भाव हुने छ भन्ने कुरातिर भने उहाँले प्रकाश गर्नुभएको छैन । उहाँ साम्यवाद भने चाहुनुहुन्छ जहाँ झगडा मान्छेमान्छेमा हुने छैन । किनभने-

‘आगोपानीको झगडामा हामी
अशान्तिमात्रै देख्छौं,
आगो आगोमा मृत्यु देख्तछौं
पानी पानीमा मसानको शान्ति;
पानीको रस र आगाको आँचमा
मात्रै जीवन ढुकढुक गर्छ ।’

रूपरेखा तयार पार्दैमा साम्यवाद आउँदैन । हामीले यस्ता समाजको सृष्टि गर्न चाहँदैमा हाम्रा लक्ष्यमा हामी पुग्न सक्तैनौँ-
‘आगाले निभी पानीले ताती
एक दिन अवश्य मिल्नै पर्छ,
गिर्नेले उभिई उठ्नेले झुकी
रस्पर म्वाइँ साट्नै पर्छ ।’

हामीले गान्धीका सुधारवाद–सम्झौतावादमा प्रयोगात्मक कठिनाई देख्यौँ । हामी त बरु मकाएका व्यवस्थामा पो डढेलो लगाऔँ न-
‘तिम्रा विधानहरू सब फालिदेऊ
बोकाहरूले पेट भरून्;
नीतिशास्त्र भए जति सबै
चुल्होभित्र घुसारेर
भात पकाऊ
तिहुन काऊ
अनि बाँडीकन खाऊ !’

हामी व्यक्तिपूजा चाहँदैनौँ । हामीलाई देउतासित वास्ता छैन । हामी मान्छे चाहन्छौँ । मान्छेलाई मान्छे बनाउनु कसरी ?
‘हामी संग्रामसित त्यति डराउँदैनौँ
जति अधीनतासित डराउँछौं !
हामी मृत्युसित डराउँदैनौं,
हामी बन्धनसित डराउँछौँ ।
त्यही मानवता ल्याउनलाई
मानव उठीकन अग्नि बनोस् !’

यहाँ क्रान्तिमा विश्वास देखिन्छ । तर कस्तो क्रान्ति ? उहाँले भन्नुभएको छैन । मार्क्सवादी आधारका जनक्रान्तिले मात्रै समको आशा साक्षात्कार हुनेछ-
‘मानवताको पालनालाई
मानव बसीकन पानी बनोस् !’

सम राजनीति नछुनेलाई प्रतिक्रियावादी, कायर, लठुवा र शोषणको समर्थक मान्नुहुन्छ । उहाँले खुल्लमखुल्ला राजनीति अँगाल्नुभएको छ औ केही सानासाना भेदहरू बाहेक उहाँको पुरा विचार मार्क्सवादी छ ।

उहाँका काव्यात्मक गुनहरू बखानेर साध्य छैन । विषयवस्तुमा यथार्थता, विचारमा आशावादिता, चित्रणमा सजीवता, शैलीमा सुललिता र महजस्तो सलल्ल बग्नेपना, भाषामा कलात्मक सौन्दर्यका साथसाथै उज्याला संसारका उत्कृष्ट कामनाले भरिएका यस सर्वाङ्गसुन्दर र अद्वितीय नेपाली गद्यकवितात्मक खण्डकाव्य ‘आगो र पानी’ ले सुवित्र समलाई भावी नेपालमा उज्यालो ल्याउन जुर्मुराएकाहरूलाई प्रेरणा दिने अरू पनि यस्ता विशिष्टा काव्यहरू लेख्नलाई कर लगाउँछ किनभने दूरदर्शी समले भविष्यको क्रान्तिकाल र तयसपछिको नौलो दुनियाँदेखि सक्नुभएको छ जुन दुनियाँ निर्माण गर्ने प्रगतिपक्षेहरूको पवित्र लक्ष्य हुनुपर्छ –

(क्रात्न्ति) – ‘हिमालयले रगत सोहोरी शरीर सब रातै पार्‍यो ।’
(घाउ–पुराइ) – ‘चन्द्रमाले जून खत्याई खत्याई त्यो धोइदियो ।’

(उज्यालो संसा) – ‘ताराहरूले माला गाँथी आकाशमा झुण्ड्याइदिए, त्यसमा आफ्नो शिर छिराई वायु सुगन्धित स्वच्छ बन्यो ।’
(सन् १९५६ : वनारस, नौलो पाइलोबाट)

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 750
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.