SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नेपालश्री महाकाव्यको पात्रविधानगत प्रवृत्ति
समीक्षा

नेपालश्री महाकाव्यको पात्रविधानगत प्रवृत्ति

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments25 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
रमेश शुभेच्छु युवा पुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा हुन्। उनले कविताका प्रायः सबै उपविधामा कलम चलाएका छन्। उनको परिचय साहित्यसागरको माधवघिमिरे विशेषाङ्कमा समेटिइसकेको छ। साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा गीतिरचना ‘विश्वास घात’ समेटिएको छ। यस रचनाले वर्तमान समाजमा बढ्दै गएको राजनीतिक, सामाजिक र वैयक्तिक विश्वासघातको प्रसङ्गलाई समेटेको छ।
-सम्पा.

विषयप्रवेश
जनार्दनशरण त्रिपाठी (२०००, कास्की) को नेपालश्री महाकाव्य नेपाली महाकाव्य परम्परामा प्राप्त पछिल्लो वृहत् महाकाव्य हो । यसमहाकावयलाई चरित्रप्रधान महाकाव्यका रूपमा प्रस्तुत नगरी नेपाली संस्कृति, प्रकृति र इतिहासको काव्यका रूपमा कोशकाव्यात्मक ढाँचामा प्रसतुत गर्दागर्दै पनि विविध पात्रहरूको सङ्केतात्मक प्रयोग भएको छ । यस महाकाव्यमा काव्यनायकबाहेक प्राय: सबै पात्रहरूको भूमिका सहायक र गौण अवस्थामा देखिए पनि प्रत्यक्ष, अप्रत्यक्ष र साङ्केतीक दृष्टिले समग्रमा हेर्दा यस महाकाव्यले महाकावयका अपेक्षामा पर्ने बहुमुखी पात्रको उपस्थिति, भूमिका र चिन्तनलाई समेटेको छ । त्यसरी समेट्ने क्रममा प्रत्यक्ष रूपमा केही कम र अप्रत्यक्ष रूपमा सन्तोसजनक ढङ्गले समेट्न सकेको छ । यहाँ यसै विषयमा बुँदागत विमर्श गरिएको छ ।

महाकाव्यमा पात्र
महाकाव्यमा पात्रहरूको उपस्थितिलाई महŒवसाथ हेरिन्छ । पूर्वीय, पाश्चात्य एवम् नेपाली तीनवटै महाकाव्य चिन्तनले महाकाव्यमा महान् पात्र हुनुपर्ने सङ्केत गरेका छन् । पूर्वीय चिन्तक भामहले नै महाकाव्यले महान् पात्रको अपेक्षा गर्ने मान्यता स्थापित गरेको देखिन्छ । उनले यसको नायक कुलीन, बलसाली र विद्यामा निपूर्ण हुनुपर्छ नायकलाई बलसाली देखाइएको हुनुपर्छ । उसको बध गरिएको हुनु हुँदैन भनेका छन् (१ : २२) । उनले नायकको प्रशंसा काव्यको आरम्भदेखिनै हुनुपर्ने चिन्तन पनि अगाडि सारेका छन् ( १: २३) । अर्का पूर्वीय महाकाव्य चिन्तक दण्डीले महाकाव्यको प्रमुख पात्र उदात्त हुनुपर्ने मत राखेका छन् (१ : १५ ) । पूर्वीय महाकाव्य चिन्तकहरूमध्ये विश्वनाथले देवता, सद्वंशी क्षेत्री, धीरोदात्त, कुलीन राजा वा एकै वंशका क्रमिक धेरै राजामध्येबाटै महाकाव्यको नायक छनोट गर्न सकिने मान्यता अगाडि सारी पात्रविधानबारे विस्तृत चिन्तन गरेका छन् (१ : १७) । रुद्रटले महाकाव्यको नायक विजयाकाङ्क्षी, वीर, नीतिज्ञ व्यवहार कुशल सर्वगुण एवम् शक्ति सम्पन्न हुनु पर्ने दृष्टिकोण अगाडि सारेका छन् (१६ : ८) । उनको चिन्तनले महाकाव्यलाई वीरगाथामूलक रचनाका रूपमा चिनाएको छ ।

महाकाव्यका सिर्जनामा नायक र पात्रहरूका विषयमा पश्चिमी महाकाव्य चिन्तकले पनि चासो लिएका छन् । उनका चिन्तनमध्ये उच्चतर पात्रको भव्य चित्रण हुनु पर्ने एरिस्टोटलीय धारणा (२०४०, पृ.१६३) उल्लेख्य छ । नायक इतिहास प्रसिद्ध उदात्त र व्रिmयाशील सम्पूर्ण जाति वा राष्ट्रको प्रतिनिधि हुनु पर्ने र उसको विजय देखाउनु पर्ने साथै दृश्य र गौण पात्रको चित्रण गर्दै मन्द गतिमा कथावस्तु अगाडि बढ्नु पर्छ भन्ने स्वच्छन्दतावादी चिन्न पनि उल्लेख्य छ । पाश्चात्य महाकाव्य चिन्तनकै क्रममा उच्चतर वीर सदोष नायक हुनु पर्ने बिसौँ शताब्दी र उत्तरवर्ती माक्र्सवादी चिन्तनले महाकाव्य सिर्जनामा महान् नायक हुनुपर्ने कुरालाई नै पुष्टि गर्दछन् ( अवस्थी, २०६४, पृ.३४) । यी पक्षले सबै किसिमका महाकाव्य चिन्तनमा चरित्रको महानता र महत्व देखिन्छ ।

नेपाली महाकाव्य चिन्तनमा पाइने जीवन जगत््का समग्रतालाई व्यक्त गर्ने उच्च वा निम्न वर्गीय पात्रविधानले महाकाव्यको भव्य पात्र विधानलाई नै सङ्केत गर्छ । नेपाली प्रतिनिधिमूलक महाकाव्यको सर्वेक्षण गर्दा पनि नायकका विषयमा महाकाव्यकारहरू सचेत रहेको पाइन्छ । नमुना छनोटगत दृष्टिले हेर्दा देवकोटाले मात्र पनि सुलोचनाबाहेक सबै महाकाव्यमा पूर्वीय महाकाव्य चिन्तनका अपेक्षाकै नायक र सोहीअनुसारका सहनायकसहितको पात्रविधानमा ध्यान दिएको पाइन्छ । सोमनाथ सिग्देलदेखि भानुभक्त पोखरेल र भूवनहरि सिग्देलसम्मका प्रतिभाले पात्रविधानलाई पूर्वीय चिन्तनअनुरूप उपयोग गर्ने गरेको पाइन्छ ।

पाश्चात्य र नेपाली समग्र महाकाव्य चिन्तनबाट महाकाव्यले विविध गुणले सम्पन्न महान् नायक, त्यस्तै विविध क्षमता सम्पन्न प्रतिनायक र समग्र जीवन जगत्लाई प्रतिनिधित्व गर्ने सहायक र गौण पात्रहरूको अपेक्षा राख्दछ । पूर्वीय महाकाव्य चिन्तनमा भामहको पात्र विधानसम्बन्धी चिन्तन सर्वाधिक महŒवपूर्ण देखिन्छ । उनको चिन्तनबाट युगसचेत, सङ्घर्षशील नायक र उसको उत्कर्ष देखाउन त्यस्तै सशक्त प्रतिनायकको चित्रण गरिनुपर्ने साथै नायकको अभ्युदय र सदाश्रयका साथै खलनायकको पतनको चित्रण हुनुपर्ने पाइन्छ । यस चिन्तनलाई नेपाली महाकाव्य परम्परामा अधिकांश महाकाव्यकारले अनुपालन गर्दै आएको देखिन्छ । आधुनिक महाकाव्य सिर्जनाका प्रयोगशील ढाँचामा पनि पूर्वीय महाकावयको चरित्रयोजनागत चिन्तनको प्रयोग बढी देखिन्छ ।

पूर्वीय महाकाव्य चिन्तनमा महाकाव्यमा गौण पात्रयोजनाका सम्बन्धमा त्यस्तो स्पष्ट उल्लेख नपाइए पनि जीवनजगत्को प्रतिनिधित्व गर्ने नायक छनोट गरेपछि त्यस जीवनजगत्लाई प्रतिनिधित्व गर्ने नायकका सहयोगी र प्रतिद्वन्द्वी धेरै पात्रहरू हुनु पर्ने बुझिन्छ । एरिस्टोटलीय चिन्तनमा दु:खान्तका गीत र दृश्य विधानबाहेकका नाट्यतŒव महाकाव्यमा रहने कुराको उल्लेख रहनुले महाकाव्यको विषयवस्तुअनुरूप विविध प्रवृत्तिका पात्र रहनुपर्ने कुरा बुझाउँछ । पूर्वीय चिन्तनमा उल्लेख भएका मन्त्रणा, दूत, विवाह, सम्भोग, पुत्रजन्म आदिको चित्रण हुनुपर्ने कुराले थुप्रै विभिन्न खालका प्रतिनिधिमूलक पात्रहरू समेटिएर रहने कुरालाई नै बुझिन्छ । यस अर्थमा महाकाव्यको पात्रविधान आख्यानको पात्रविधान जस्तै र त्यो भन्दा विशिष्ट र बहुलचरित्रसम्पन्न हुनुपर्ने देखिन्छ ।

नेपाली महाकाव्य चिन्तनमा महाकाव्यका पात्रबारे त्यति चर्चा भएको पाइँदैन । त्रिपाठीले समग्र जीवनगतको आख्यानीकरण गर्न सक्ने विशेष नायकको अपेषा रहने पक्षलाई सङ्केत गरेका छन् (२०४६, पृ.२०) । मोदनाथ प्रश्रितले पूर्वीय महाकाव्य र पाश्चात्य महाकाव्य चिन्तनका भन्दा भिन्न तल्लो तहको शोषित र श्रमिक हुनुपर्ने मत राखेका छन् (२०४७, पृ.११–१२) । उनका दृष्टिमा आजको युगको मानिस त्यही वर्गमा छ । महाकाव्यमा महान् विषयवस्तु र परिवेशलाई समेट्तै आफूसँगसँगै व्रिmयाशील बनाउन सक्ने महान् नायक र त्यस नायकको महानतालाई चुनौति दिने खालको प्रतिनायकका साथै सोही महानता र व्यापकतालाई समेट्ने गरी विभिन्न खालका प्रतिनिधिमूलक पात्रहरूको उपस्थिति रहनु पर्छ ( लुइटेल, २०६९, पृ.५८ ) । पात्रले महाकाव्यलाई गति, विकास र उत्कर्षमा पुर्याउँदै यात्रा गराउँछ (ज्ञवाली, २०६८, पृ.२७) । महाकाव्यका सहायक र गौण पात्रका विषयमा त्यति चर्चा भएको पाइँदैन । यद्यपि सहायक र गौणपात्रहरू उक्त बहुगुणसम्पन्न नायकका अनुकूल वा प्रतिकूल कोणमा उभिएर कथानक विकासलाई गति दिन्छन् ।

नेपालश्री महाकाव्यमा पात्रविधान
नेपालश्री महाकाव्यमा विविध पात्र प्रयोग भएका छन् । यस महाकाव्यमा मानवीय र मानवेतर दुबै खालका पात्रको विषयवस्तुअनुकूल व्यापक प्रयोग भएको छ । चिद्हंस, स्वस्थानी, गुरु विवेकरत्न, भद्रशील, धृति, चैतन्यश्री, श्रमदेव, कालिका, धनजित, धनबल, धनसरी, शीलरूपा, जङ्गवीर आदि विविध पात्रको प्रयोग भएको देखिन्छ ।

यस काव्यमा केही पात्रहरू प्रत्यक्ष मञ्चीय भूमिकामा नरहेर विम्बात्मक, प्रतीकात्मक र नेपथ्य भूमिकामा देखिन्छन् नेपालसँग सम्बन्धित बुद्ध, जनक, सीता, गौरखनाथ, निम्बार्क आदि धार्मिक पात्रलाई पनि विषयानुकूल रूपमा प्रयोग गरिएको छ । यहाँ पृथ्वीनारायण शाह, राम शाह आदि ऐतिहासिक राजनीतिक पात्रहरूको पनि प्रयोग यथास्थानमा भएको छ । यहाँ बलबाहु, नेपालका चार सहिदहरू शुक्रराजशास्त्री,धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ …… लगायत ऐतिहासिक पात्र पनि प्रयोग भएका छन् । साहित्यिक क्षेत्रका भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटाका साथै जगदम्बा, मदनशमशेर अलिमिया आदि वाङ्मयिक विभूतिको पनि प्रयोग र चर्चा गरिएको छ ।

यस महाकाव्यमा गौण पात्र वा समाजका प्रतिनिधि मात्रका रूपमा श्रीमान्, श्रीमती, मित्र, महिला, पुरुष, साक्षी, पथप्रदर्शक, मान्छे, युवा, दमाई, लोहार, देवलक, भलादमी नेता, आस्तिक, सचिव, पाइलट, इन्जिनीयर, प्रहरी, सेनापति, परिचर, उद्योगपति, चित्रकार, विद्यार्थी, ग्राहक, सङ्गीतकार, दर्शक, वक्ता, लाहुरे, गंजडी, मन्त्री, जोगी, आबारा, किसान, मजदुर, विदेशी, बटुवा, आश्रमका छात्रछात्रा, युद्धभूमिका योद्धा, युद्धभूमिका योद्धाका परिवार, सहिद परवार आदिलाई प्रसङ्गअनुसार पात्रका रूपमा प्रयोग गरिएको छ ।

प्रस्तुत महाकाव्यमा पौराणिक पात्रको पनि प्रयोग गरिएको छ । देवर्षि, नारद, परशुराम, राम, कृष्ण, बुद्ध, जिसस र अन्य अनेक देवदेवी अर्धनारीश्वरलगाएतका मिथकीय पात्रको प्रयोग पनि त्यतिकै भएको देखिन्छ । यस्ता पात्रहरू कतै प्रसङ्गवस र कतै प्रत्यक्ष मात्रका आस्थाअनुरूप आएका देखिन्छन् ।

प्रस्तुत महाकाव्यमा मानवीय पात्रमात्र छैनन् । मानवेत्तर पात्र पशुपन्छी, कीट वनस्पति आदि जस्ता मानवेतर पात्रको उपस्थिति पनि निकै बाक्लो देखिन्छ । प्रत्यक्ष वा मञ्चीय पात्रभन्दा पनि अप्रत्यक्ष र नेपत्थ पात्रको सङ्ख्या ठुलो देखिन्छ । प्रत्यक्ष पात्रका रूपमा चिद्हंश, उसको परिवारका सदस्य, उसको अध्ययन संस्थाका गुरु र सहपाठी, स्वस्थानीको परिवार, काव्यनायक चिद्हंशले भ्रमण गरिएका ठाउँका विभिन्न जातजाति र समुदायका मुखिया, सर्वसाधारण, समारोहहरूका सहभागी, योद्धा, बटुवा, कर्मवीर किसान र मजदुर आदि विविध देखिन्छन् । ती विविध पात्रले नेपाली समाजका विविध पक्ष, विविध संस्कृति, पेसा, भूगोल, क्षेत्र, सम्प्रदाय, विचार, दर्शन आदिको प्रतिनिधित्व गरेका छन् । यसरी व्यापक परिवेश र पक्षको प्रतिनिधित्व गर्न सक्नु महाकाव्यको पात्रविधानगत प्रवृत्ति नै हो ।

प्रस्तुत महाकाव्यमा भएका प्रमुख सहायक र गौण पात्रमध्येका प्रमुख र सहायक पात्रको चरित्र चित्रण महाकाव्य चिन्तनकै कसीमा बुँदागत तर सारभूत रूपमा प्रस्तुत गरिएको छ ।

१ चिद्हंस
चिद्हंस नेपालश्री महाकाव्यको प्रमुख पात्र वा काव्यनायक हो । उसको उपस्थिति महाकाव्यको दोस्रो सर्गदेखि अन्तिम ९३ औँ सर्गसम्म सक्रिय रूपमा रहेको छ । चिद्हंस नाम सुन्दा पौराणिक पात्र जस्तो लागे पनि ऊ कुनै पौराणिक वा दन्त्यकथाको पात्र नभई मानवीय पात्र हो । उसका जीवनशैलीमा हाम्रै समाजिक पुरुषहरूका विशेषता सारोपित छन् (शुभेच्छु, २०५८, पृ.१०) । यस पात्रको नाम साधारण अर्थमा वा पात्रकै नाममा मात्र पनि बुझ्न सकिन्छ र प्रतीकात्मक अर्थमा पनि बुझ्ने गरी केही विवेक पुर्याएर राखिएको छ । यस पात्रलाई आम नेपालीहरूभन्दा पनि सद्चरित्रवान् राजनीतिक, समाजसेवी, सुधारक, बौद्धिक एवम् आध्यायित्मक पात्रको साझा प्रतीकका रूपमा भएको छ ।

प्रस्तुत महाकाव्यका नायक नायिकालाई प्रतीकात्मक दृष्टिले हेर्दा चिद्हंस र स्वस्थानी दुवै विशेष लाग्छन् । उनका माध्यमले पूर्वीय दर्शनका प्रकृति र पुरुष, जीव र आत्म वा समाजशास्त्रीय दृष्टिले चेतना र कर्तव्यकोसमेत सङ्केत गर्ने गरी प्रयोग भएको देखिन्छ (शुभेच्छु, २०६८, पृ.१०) । चिद्हंसमा पूर्वीय महाकाव्यका अपेक्षाका नायकीय अधिकांश विशेषता भेटिन्छन् । पिता भद्रशील र माता धृतिका एक मात्र पुत्रका रूपमा जन्मिएको चिद्हंसको चरित्र जन्मकालदेखि मृत्युपर्यन्त काव्यभरि विशिष्ट पात्रका रूपमा छाएको छ । पूर्वीय महाकाव्यचिन्तन र प्रयोगको अभ्यासअनुरूप उसको जन्मपूर्वको कथालाई पनि निकै जीवन्त रूपमा प्रस्तुत गरिएको छ । उसको जन्म र त्यसपछिका संस्कार र कर्तव्यजन्य पक्षहरू ब्रतबन्ध, विवाह, पुत्रप्राप्ति, शिक्षादीक्षा, गुरुसेवा, पितृमातृसेवा, ब्रह्माचार्य, गृहस्थधर्म, वानप्रस्थ्य धर्म, तपस्या र समाधिसम्मका जीवनयात्राको सूक्ष्म चित्रण गरिएको छ ।

वस्तुगत दृष्टिले अन्वेषण गर्दा प्रस्तुत महाकाव्यका नायकको समग्र जीवनी पाउन सकिन्छ । काव्यमा उसको जन्मपूर्वको पारिवारिक अवस्थादेखि, बाआमाको पुत्रप्राप्तिको चाहनादेखि, उसको जन्म जन्मसंस्कार, चूडाकर्म, उपनयन, गुरुकुलीय शिक्षा, विवाह, देश विदेशको भ्रमणगरी अनेक ज्ञान प्राप्ति तथा अनुभवको सङ्कलन, पुत्रप्राप्ति, पितृमातृसेवा, पितृ–मातृशोक, शिक्षा प्राप्ति र दीक्षान्त, प्राप्त ज्ञानको देशदेशमा प्रचार, समाज जागरण, चिन्तन, प्रतिचिन्तन, अनुचिन्तनका प्रसङ्गहरू, समाज सुधार र निर्माणका धारणाहरू निकै सूक्ष्म रूपमा समेटिएका छन् । अन्त्यमा मातृशोक र पत्नीशोधसँगै पुत्रको विवाह र पुत्रलाई पनि पुत्रलाभ भएपछि नायकले हिमाली भेगमा गएर तपस्या गर्ने योजनासाथ घर, आश्रम सबै छोडेर पूर्वीय चिन्तनअनुरूपको गृहस्थअनश्रम अनुशरण गर्दै त्यहाँका आरण्यधर्मसहित समाधिस्थ भएको छ । यसरी महाकाव्यको नायकको पूर्ण जीवनी समेटिनु नै पात्रविधानको एउटा कसी हो र यस कसीमा नेपालश्री महाकाव्य सफल देखिन्छ ।

प्रस्तुत महाकाव्यमा समेटिएका सारा विषयहरू नायकका भ्रमणका अनुभवबाट प्राप्त छन् । यो महाकाव्यकारको चरित्र र विषयप्रस्तुतिको कला हो । जीवन कालभरि प्रकृतिमा लीन रहेर जीवनमूल्यको खोजीमा लाग्ने पात्रका रूपमा यस महाकाव्यका काव्य नायकको विकास भएको छ । उसले लिएको शिक्षा समाजसम्म पनि सहज ढङ्गले पुर्याएको छ । उसले गुरुबाट आर्जन गरेको अन्वेषणशेली र सामथ्र्यलाई निरन्तर जीवनभर देशका हिमाल, पहाड र तराईका विविध जातजातिका वस्तीमा पुगेर, नेपालका सम्पूर्ण चौध अञ्चलकै प्रमुख तीर्थहरूको भ्रमण गरेर तिनका विषयमा जानकारी लिएको र सम्बन्धित समुदायलाई दिएको पनि छ । जीवनका सबै उमेरसमूहअनुसार शिक्षा, चेतना आदि आर्जन गरी सोहीअनुसारका र आफ्ना निजी उमेरअनुसारका पनि जिममेवारी निर्वाह गर्दै अन्त्यमा लोककल्याणका लागि ध्यानमा र समाधिमा लीन हुने चिद्हंस साझा मानवीय आध्यात्मिक एवम् भौतिक चेतनाको प्रतीकका रूपमा पनि देखिन्छ । ऊ निरन्तर महाकाव्यका अपेक्षमा पर्ने सत्चरित्रका रूपमा हिँडिरहेको छ । ऊ सद्वंशी, सद्चरित्रवान्, जिज्ञासु, उदार, धैर्य, सङ्घर्षशील, दृढसङ्कल्पित, सहासी, उद्धात्त, सालीन, त्यागी, बलिदानी, पुरुषार्थी, समर्पणशील, यशस्वी, पराक्रमी, लोकप्रिय, धीर र वीर पनि देखिन्छ । यस पात्रलाई कतै पनि प्रतिद्वन्द्वीसँग युद्धमा सहभागी गराइएको छैन तर निरन्तर बौद्धिक चेतनाको लडाइँमा संलग्न गराउँदै त्यस पाटोबाट सफल बनाएको देखिन्छ ।

प्रस्तुत महाकाव्यको काव्यनायक चिद्हंसका जीवनचरित्र सबै आजका युवामा आरोपित गर्न नसकिने सदाचारी र उच्च आदर्शमय भए तापनि उसका माध्यमबाट आजका युवा पुस्तामा दिनदिनै क्षीण बन्दै गएको चेतना र अनुभवजन्य ज्ञानका अभावका कारण समाजले व्यहोर्नुपरेका क्षति र ह्रास भएको राष्ट्रिय गरिमाको अवस्था सुधारका लागि पढेर आर्जन गरेको र आनुभवबाट प्राप्त अनुभाविक ज्ञानको पुनर्जागरणको सङ्केत गरिएको छ । ऊ आफ्ना प्रत्येक गतिविधिमा समाज, देश, फरक फरक जाति, फरक फरक सम्प्रदाय र जनजागरण, विकास र उन्नतिका पक्षमा उभिएको छ । उसले विभिन्न चेतना कमजोर भएका समाजमा पुगेर तिनीहरूका विषयमा केही थाहा पाएर त्यहाँ कुनै विवाद प्रतिवाद नगरी अभाव, गरीबी, अज्ञानताले गाँजेको समाजका निम्ति निरन्तर ज्ञान र अनुभवका खोजमा यात्रारत भेटिन्छ । ऊ निरन्तर यात्रारत छ । यात्रामा भेटिएका समुदायका अगुवाहरूसँग अन्तर्वार्ता र अत्र्रिmयाका माध्यमबाट लिएको ज्ञान अर्को समुदायमा पुर्याएर बाँड्ने र त्यस समुदायको ज्ञानसीप, चेतना र अनुभवलार्य कसरी राष्ट्रोन्नतिमा, मानवतामा र समग्र समाज उथ्थानमा लगाउन सकिन्छ भन्ने चेतना बाँड्ने काम गरेको छ । महाकाव्यका नायकका कर्मका अपेक्षामा पर्ने यी विशेषताका कारण पनि यो पात्र विशेष रहेको छ ।

काव्यनायक चिद्हंस सधैँ सधैँ साधारण कल्पना गर्दैन । ऊ सधैँ नेपाली जातिलाई अझ विकसित र गौरवान्वित बनाउन चाहन्छ । ऊ समाजमा सन्त जस्तो र क्रान्तिकारी जस्तो, शिक्षक, दीक्षक, सुधारक र नेताजस्तो पनि देखिन्छ तर कहीँ पनि स्वार्थी र वैयक्तिक चरित्रमा देखिँदैन । ऊ पितामाताको असल छोरो, साथीभाइको आत्मीय साथी, गुरुहरूको असल र प्रतिभावान् चेलो, समुदायका अगुवाहरूको सहकर्मी सहधर्मी र आत्मीय पात्र एवम् आदर्श नेता लाग्छ । ऊ आफ्ना प्रत्येक चिन्तन र काम, देश र समाजसापेक्ष गरिरहेको हुन्छ । ऊ सधैँ अध्ययन, चिन्तन, मनन गर्ने, नेपालीहरूमा नैतिकता र इमानको परिचय खस्कन दिन नहुने, प्रिय बचन र नेपाली जातिका अस्तित्त्वरक्षामा लागिरहने, आफ्नो उद्देश्य प्राप्तिका लागि निरन्तर लगन र कर्तव्यमा लीन भइरहने, नारीहरूसँग वैमनस्य र अति आसक्ति नराख्ने, मित्रहरूसँग रसरङका कुरा सुनेर र उनीहरूसँग रमाइलो गरेर पनि त्यसमा सहभागी नहुने सदाचारी उदात्त पात्रका रूपमा देखापर्छ ।

काव्यनायक चिद्हंस घर छोडेर हिँडेका बेला बाबुको मृत्यु भएकामा निकै चिन्तित र पश्चात्तापमा परेको छ । ऊ शोकमा परे पनि, छानो र धर्ती भत्किए जस्तो अवस्थाको अनुभव गर्छ । जस्तोसुकै शोक र समस्याका अवस्थामा पुगे पनि ऊ त्यतिकै धैर्यसाथ सबै पुत्रले निर्वाह गर्नुपर्ने कर्तव्य पनि निर्वाह गर्न सफल भएको छ । ऊ यायावरीय ज्ञानको भोको पात्र भए पनि बाबुआमाप्रति जिम्मेवार सन्ततिका रूपमा नेपाली समाजसापेक्ष सफल पनि देखिन्छ । ऊ चरित्रले मात्र असल र राम्रो छैन शारीरिक रूपले पनि त्यत्तिकै सुन्दर र सुगठित छ । उसको युवावस्थाको शारीरिक सुगठनलाई काव्यमा यसरी देखाइएको छ :

सग्लो गोलो शिर चहकिला तेजिलो धप्प बल्दा,
लामा राता श्रवण रसिला नासिका उच्च चिल्ला,
आँखा लामा कमल कलिका फक्रँदा सुस्त सग्ला,
छाती चाक्लो कुन युवतिका हंसले छोड्न सक्ला ? (४९ : ८)

प्रस्तुत साक्ष्यमा काव्यनायकलाई उच्च तेजिलो शिर भएको, नाक कान पनि उच्च क्षमतावान्, चेजिला कमलका पत्र जस्ता, छाती चौडा र उच्च भएको पात्रका रूपमा चिनाइएको छ । जस्तै,

हेर्दा साङ्ग्रो सखत कसिलो देह ज्यादै दरीलो
आँखा गाला अधर रसिला आँग पूरै भरीलो
आँतैदेखिन् नव युवतिका चाह आशा भरोसा,
आँखा जुद्धा पलक पुटले प्यूँन थाल्छन् अदेखा । (४९ : १२)

प्रस्तुत साक्ष्यले उसलाई आन्तरिक र वाह्य दुवै रूपमा सशक्त पात्रका रूपमा चिनाएको छ । ऊ वर्तमान युवापुस्ताको प्रतिनिधित्व गर्न केही कमजोर देखिए पनि पचास वर्षअघिका गुरुकुलबाट शिक्षित युवाहरूका कर्मलाई प्रतिनिधित्व गर्ने पात्रका रूपमा देखापर्छ ।

चिद्हंसका बहुमुखी चारित्रिक विशेषतालाई चिनाउने अनेक उदाहरण लिन सकिन्छ उसको विम्बात्मक उपस्थितिलाई पनि खोतल्न सकिन्छ । महाकाव्यका प्राय: सर्गले बोकेका जीवनचेतनालाई यसै पात्रका मुखबाट बोल्न लगाइएको छ । ऊ नबोलेका ठाउँमा उसैका सक्रियतामा अन्तर्वार्ता वा अन्तक्र्रियाबाट उजागर गरिएको छ । यस पात्रका निर्माणमा महाकाव्यकारले विचार गरी–गरी नाम जुराएको जस्तो पनि लाग्छ । चिद्हंसमा केही पुरानो गुरुकुलीय शिक्षा प्रणलीअनुसार चल्ने प्रवृत्ति अहिलेका युवा पुस्तामा नमिल्ने भए पनि ऊ आम निम्न वर्गीय नेपाली परिवारका सचेत, शिक्षित सन्ततिहरूको प्रतिनिधि पात्र हो । उसलाई आधुनिक शैलीवैज्ञानिक आधारमा सत्, बद्ध अनुकूल, सामूहिक, मञ्चीय, प्रमुख पुरुष पात्रका रूपमा चिनाउन सकिन्छ । यहाँ यस पक्षको सङ्केत मात्र गरिएको छ ।

चिद्हंसलाई प्राय: पूर्वीय महाकाव्य चिन्तनको नायक पात्रकै रूपमा चित्रण गरिएको छ । उसलाई पाश्चात्य एरिस्टोटलीय महाकाव्य चिन्तनमा देखा पर्ने नायककेन्द्रित विशेषताका आधारमा पनि हेर्न सकिने देखिन्छ । पूर्वीय, पाश्चात्य एवम् नेपाली तीनवटै महाकाव्य चिन्तनले महाकाव्यमा महान् पात्र हुनु पर्ने सङ्केत गरेका छन् । पूर्वीय चिन्तक भामहले महान् पात्रको अपेक्षा गर्ने मान्यता स्थापित गरेको देखिन्छ । दण्डीले महाकाव्यको प्रमुख पात्र उदात्त हुनु पर्ने, विश्वनाथले देवता, सद्वंशी क्षेत्री, धीरोदात्त, कुलीन राजा वा एकै वंशका क्रमिक धेरै राजामध्येबाटै महाकाव्यको नायक छनोट गर्न सकिने, रुद्रटले महाकाव्यको नायक विजयाकाङ्क्षी, वीर, नीतिज्ञ, व्यवहार कुशल सर्वगुण एवम् शक्ति सम्पन्न हुनुपर्ने दुष्टिकोण अगाडि सारेका छन् । यी चिन्तनअनुसार हेर्दा यो पात्रका चरित्रहरू धेरै पूर्वीय चिन्तनसँगै मिल्दाजुल्दा छन् । ऊ राजा वा क्षेत्रीय होइन तर समयअनुसार र उसको चरित्र विकास गरेर ऊ महान् गुरुका रूपमा उभ्याइएकोछ । उसमा महान् गुरुहरू वा असल शिष्य, सुधारक, राजनीतिज्ञ, तपस्वी आदि साधारणमानिसभन्दा फरक केही मानिसमा मात्र सम्भव हुने गुणहरू आरोपित छन् ।

उता पश्चिमी महाकाव्य चिन्तनमा निहित उच्चतर पात्रको भव्य चित्रण हुनुपर्ने एरिस्टोटलीय धारणा, नायक इतिहास प्रसिद्ध उदात र क्रियाशील सम्पूर्ण जाति वा राष्ट्रको प्रतिनिधि हुनु पर्ने र उसको विजय देखाउनु पर्ने साथै दृश्य र गौण पात्रको चित्रण गर्दै मन्द गतिमा कथावस्तु अगाडि बढनुपर्छ भन्ने स्वच्छन्दतावादी चिन्तका साथै उच्चतर वीर सदोष नायक हुनुपर्ने विसौं शताब्दी र उत्तरवर्ती माक्र्सवादी चिन्तनले महान् नायक हुनु पर्ने कुरालाई कसी मानेर जाँच्ता पनि यो पात्र त्यति कमजोर देखिँदैन । यस काव्यनायकका चरित्रमा कहीँ कतै निचता देखिँदैनन् । नेपाली कावयशास्त्री वासुदेव त्रिपाठीका महाकाव्य चिन्तनमा पाइने जीवन जगत्का समग्रतालाई व्यक्त गर्ने उच्च वा निम्न वर्गीय पात्र विधान भन्ने चेतनाले हेर्दा पनि यो पात्र निम्नवर्गीय परिवारबाट आफ्नै बलबुता र लगनले विस्तारै चेतनशील र सक्षम बन्दै उठेर उच्च वर्गीय, मान्य उच्च पात्र बनेको देखाइएको छ । उसको समग्र चरित्रबाट ऊ पाठकको श्रद्धाको पात्र बनेको देखिन्छ । यो पात्रका जीवनका समग्र पक्ष अनुकरण गर्न नसकिने भए पनि उसमा भने शोभायुक्त महान गुणहरूकै आधिक्य पाइन्छ । यो पात्र मान्छेकै रूपमा मानव गुणहरूसहित महामानव पात्रका रूपमा प्रस्तुत छ । ऊसँग हामी आम मानिसका जस्तै सुखदु:ख, हाँसो खुसी, शोक र उत्साहका विशेषता देखिए पनि ऊ समग्रमा विशेष लाग्छ । ऊभित्र धैर्यको मात्रा असाध्यै बढी देखिन्छ । ऊ पूर्वीय महाकाव्यको नायकचिन्तनअनुसार धीरललित पात्र हो ।

स्वस्थानी
स्वास्थानी नेपालश्री महाकाव्यकी प्रमुख नारी पात्र हो । भूमिकाका दृष्टिले ऊ महाकाव्यकी नायिका हो । ऊ महाकाव्यमा सातौं सर्गमा नायक चिद्हंससँग विवाह बन्धनमा बाँधिएर नायिकाका रूपमा उपस्थित छ । महाकाव्यकी नायिका कस्ती हुने भन्ने विषयमा महाकावय चिन्तनमा उति उल्लेख गरिएको छैन यद्यपि नाट्यचिन्तनमा नायिकाका अनेक गुणहरूको चिन्तन गरिएको पाइन्छ । पात्रविधान महाकाव्यमा निहित आख्यान तत्व हुँदा नायिकाको चरित्र चित्रणलाई खाख्यान र नाटकका नायिकाहरूको जस्तै महान् चरित्रका रूपमा अन्वेषण गर्न सकिन्छ ।

भरतमुनिले आफ्नो नाट्यशास्त्रमा नायिकाका वासकसज्जा नायिका, विरहोत्कण्ठिता नायिका, स्वाधीनभर्तृका नायिका, कलहान्तरिता नायिका, खण्डिता नायिका, विप्रलब्धा नायिका, प्रोषितभर्तृका नायिका र अभिसारिका नायिका गरी आठ प्रकारको चर्चा गरेका छन् । तर यसैचिन्तनअनुरूप पूर्व र पश्चिम कतै पनि महाकाव्यकी नायिकाको चर्चा गरेको पाइँदैन । सम्भवत: महाकाव्य वीरकाव्य हुने र युद्ध र विरतामा नायिकाहरूको भूमिका कम हुने परिकल्पनाले वा तत्कालीन महाकाव्यमा नायिकाको भूमिका कम भएकाले यसतर्फ चिन्तकहरूको ध्यान नगएको हुन सक्छ । नाट्यशास्त्रीय नायिकाका भेदअनुसार हेर्दा पनि यस पात्रलाई आदर्श पात्रकै रूपमा चिनाउन सकिन्छ ।

हामी महाकाव्यका नायिकाका चरित्र कस्ता हुनुपर्छ भन्ने धारणा बनाउन पनि सक्छौँ । महाकाव्यका नायकका विषयमा राखिएका धारणाअनुकूलकै नारीका रूपमा महाकाव्यका नायिकालाई लिन सकिन्छ । महाभारतका कुन्ती, गान्धारी, द्रौपदी, शकुन्तला, आदिका चरित्र, रामायणका सीता, कैकेयी, कौशल्या आदि चरित्रका आधारमा धारणा बनाउन सक्छौँ । नायिका प्रधान महाकाव्यहरूको रचना ज्यादै कम भएका छन् । यस अर्थमा पनि यसको धारणा त्यति विकास भइनसकेको हुन सक्छ । आधुनिक उत्तरआधुकि महाकाव्य चिन्तनपरम्परामा भने यस विषयमा पुनविचार गर्नुपर्ने अवस्था विकास भइसकेको छ । नेपाली महाकाव्य विकासको आधुनिक कालको प्रथमप्रहरदेखि नै नायिकाप्रधान महाकाव्य रचना हुँदै आएका छन् । नायिकाप्रधान नरहेका महाकावयमा सहनायिकाका रूपमा पनि नारी पात्रको भूमिका उल्लेख्य देखिँदै आएको छ ।

नेपालश्री महाकाव्यकी नायिका विवहपछाडि केही समय नायकसँग सँगै देश दर्शनमा निस्किएकी छ । यहाँसम्म नायकनायिका सहअस्तित्वमा देखिन्छन् तर पछि काव्यको विकास सँगसँगै नायिकाको उपस्थिति क्रमश: पातलो हुँदै गएको छ । यस पात्रलाई काव्यमा एउटी शीलवती असल पत्नी, असल बुहारीका भूमिकामा उभ्याइएको छ । ऊ विस्तारै असल आमाका रूपमा विकास हुँदै गएकी छ । उसलाई पूर्वीय परम्परा अनुसारकी सौभाग्यवती गृहलक्ष्मीका रूपमा मात्र चिनाइएको छ । काव्यका सुरुसुरूमा नायक चिद्हंससँग देश दर्शनमा निस्किएकी स्वस्थानी क्रमश: घर व्यवहारले घेरिदिन्छ । ऊ आमा दिदी पुस्ताका आम नेपाली नारीहरूकी प्रतिनिधि पात्रका रूपमा उभ्याइएको छ ।

काव्यमा स्वस्थानीको भरतको नाट्यशास्त्रमा चित्रण भएअनुसारका नायिनकाका जस्ता बहुगुण वा स्वाभाव देखिँदैनन् । ऊ विवाहपछि सासूको बिँडो थामेर घर व्यावहार धान्ने असल बुहारीकै परिसीमामा रहेकी छ । यस पात्रलाई आम हाम्रा हजुरआमा, आमा र दिदीहरूकी प्रतिनिधि पात्रका रूपमा लिन सकिन्छ । ऊ वर्तमान पुस्ताका बुहारी र बहिनीहरूका चरित्रमा भने उति तुल्य देखिन्न । ऊ मूलत: कर्तव्यपरायण असल गृहिणी पात्र नै हो ।

स्वस्थानी श्रमदेव र कालीकाकी सुवान सुपुत्री देखिन्छे । यस पात्रलाई विम्बात्मक रूपमा पनि हेर्न सकिन्छ । उसको नामको अर्थका दृष्टिले उसलाई विम्बात्मक वा प्रतीकात्मक पात्रका रूपमा पनि हेर्न र व्याख्या विश्लेषण गर्न सकिन्छ तर उसको भूमिका नायकका तुलनामा निकै कमजोर छ । ऊ अरूको उचालपछारमा नलाग्ने स्वचेतनाकी प्रतीकका रूपमा पनि देखिन्छे । ऊ पुरुष चिद्हंसका हरेक कार्यमा सहयोगी पात्रका रूपमा देखापर्छे ।

स्वस्थानी महाकाव्यको सातौँ सर्गदेखि अन्तिम ९३ औँ सर्गसम्म सक्रिय देखिन्छे । निरन्तर घरपरिवारका यावत जिम्मेवारी निर्वाह गरिरहेकी नारीका रूपमा देखिन्छे । उसको सम्पूर्ण भूमिका चिद्हंसको घरको हेरचाह, पति नभएका बेला भएको ससुराको मृत्युको सामना, सासूको स्याहारसुसार, पुत्रजन्म, पुत्रको लालनपालन जस्ता भूमिकामा देखिन्छ । ऊ धार्मिक नैष्ठिक नारीहरूकी प्रतिनिधि पात्र पनि हो ।

स्वस्थानी चरित्र महाकाव्यको मूल चेतना राष्ट्रिय चेतनामा सहायक बनेकी पनि देखिन्छे । उसले चिद्हंससँग वैदेसिक रोजगारीका बाध्यता र त्यसले देशमा पारेको असरका विषयमा चासो लिएकी छ । पन्छी वर्णन खण्डमा पनि उसको सहभागिता निकै सक्रिय देखिएको छ । नायक चिद्हंसलाई उसको घरव्यवहारमा काँध थापेर देशका विषयमा चिन्तन गर्न र भ्रमणमा सहभागी हुन छुट यसै पात्रले दिएकी छ ।

समग्रमा स्वस्थानी पतिव्रता, व्यवहार पटु, पितृमातृभक्त, सासूससुरालाई पितामाताकै थानमा आदर गर्ने, कहीँ कसैसँग द्धन्द्ध नगर्ने, शान्त, सालिन, सुन्दर पात्रका रूपमा देखापर्छे । ऊ शैलीवैज्ञानिक दृष्टिले प्रमुख, बद्ध, सत्, अनुकूल नारी चरित्र हो । महाकाव्य वा नाट्यशास्त्रका पूर्वीय पाश्चात्य चिन्तनअनुसार हेर्दा ऊ अनुकूल असल नारी चरित्र हो ।

सहायक पात्रहरू
नेपालश्री महाकाव्यमा थुप्रै सहायक पात्रहरू प्रयोग भएका छन् । त्यस्ता पात्रमा चिद्हंसका अभिभावक, गुरु, मित्र, समाजका मुखिया, सहयात्री आदि अनेक छन् । यहाँ केही उल्लेख्य सहायक पात्रको मात्र चर्चा गरिएको छ ।

धनबल
धनबल चिद्हंसको सहपाठी साथी हो । ऊ रसरङमा रुचि राख्ने पात्र हो । ऊ कतै पनि प्रतिकूल पात्रका रूपमा देखा पर्दैन तर पनि ऊ चिद्हंसभन्दा नितान्त फरक चरित्रको पात्र हो । उसको परिवार र पत्नीको पनि सामान्य चर्चासम्म भएको छ तर उनीहरूको मञ्चीय उपस्थिति काव्यमा कहीँ पनि देखिँदैन ।

चारित्रिक दृष्टिले हेर्दा धनवल विवहका बारे सकरात्मक धारण बनिनसकेको युवा पुस्ताको प्रतिनिधि पात्र हो । यो पात्र काव्यनायकको सहयोगी पात्रका रूपमा प्राय: काव्यमा देखिइरहने हुँदा यसलाई सहायक पात्र मान्न सकिन्छ ।

धनबल र धनसिरीलाई नेपाली समाजमा पश्चिमी संस्कृतिको आमन्त्रण गर्ने पात्रका रूपमा देखाउने लेखकको प्रयत्न देखिन्छ । उनीहरू चिद्हंसका पूर्वीय संस्कृत आचरणभन्दा विपरीत भोगविलासी आचरणका प्रतिनिधि पात्र बनाउने लेखकको प्रयत्न निरन्तर । यिनीहरूका आनीबानीले प्रतिकूल चरित्र देखाएको हो कि जस्तो देखिए पनि यी पात्र पनि अनुकूल पात्र नै हुन् ।

विवेकरत्न
विवेकरत्न चिद्हंसको गुरु हो । ऊ आफ्नै आश्रममा राखेर चेलाहरूलाई पढाउँछ । ऊ पूर्वीय गुरुकुलीय शिक्षापद्धतिको प्रतिनिधि गुरु पात्र हो । ऊसँग धेरै विषयको ज्ञान छ । ऊ ती ज्ञानका साथै चेलाहरूलाई स्थलगत भ्रमणबाट अनेक ज्ञान लिन अभिप्रेरित गरिरहन्छ ।

विवेकरत्नलाई बौद्धिक चेतनाको र पूर्वीय गुरु परम्पराको उच्च चेतनाका रूपमा चिनाएको छ । उसले महाकाव्यमा दिएको दीक्षान्त भाषण निकै महत्वपूर्ण छ । पछि पछि पनि उसका र चिद्हंसका अन्तक्रिया र संवादले काव्यलाई गति दिएका छन् । उनीहरूका संवादबाट जीवनजगत्का सास्वत पक्षहरू बहिर ल्याउने प्रयत्न महाकाव्यकारको रहेको छ । उसका माध्यमबाट शैक्षिक एवम् मानवतासम्बन्धी विविध धारणा प्रस्तुत गरिएको छ ।

विवेकरत्न आफ्नो जीवनलाई अध्ययन, अध्यापन, समाजसुधार र अध्यात्मका क्षेत्रमा समर्पित गर्ने पात्र हो ।

चैतन्यश्री
चैतन्यश्रीलाई एक असल ज्ञान र अनुभवसम्पन्न पात्रका रूपमा चित्रण गरिएको छ । उसलाई नायकका पिताको साथीका रूपमा प्रस्तुत गरिएको छ । उसले काव्यमा प्रस्तुत गरेका विचारहरू उल्ल्लेख्य छन् । यो नेपाली समाजका बन्धुबान्धवका व्यवहार र भूमिकालाई प्रतिनिधित्व गर्ने पात्र हो ।

चैतन्यश्रीले महाकाव्यमा चिद्हंसका पिताका सखाका रूपमा समाजका बन्धुबान्धव वा मितका भूमिकासँग एकाकार गरेर हेर्न सकिने देखिन्छ । उसले विपति वा साथीका मृत्युका घडीमा आएर परिवारलाई सहयोग पु¥याउएको छ । दु:ख र शोकमा परेका बेला चिद्हंसलाई सम्झाउने काम गरेको छ । चिद्हंस अभिभावकविहीन हुँदा अभिभावकत्व दिने काम पनि गरेको छ ।

नायकपिता भद्रशीलका मित्रका रूपमा चैतन्यश्रीको उपस्थिति छ । यस पात्रलाई सामाजिक जिम्मेवारीबोध भएका गृहस्थसन्तका रूपमा चित्रण गरिएको छ । यस पात्रको भूमिका ज्यादै कम रहे पनि यस पात्रले नायकको बाल्यकाल र उसका पिताको परिचय गराउने काम गरेको छ । महाकाव्यका अपेक्षामा पर्ने तेजस्वी, सहयोगी र समाजसचेत पात्रका रूपा यस पात्रको भूमिका उल्लेख्य छ । यो पात्र आम नेपाली जनमानसमा पाइने पात्र भन्दा पनि समाजमा पाइने एक दुई असल पात्रका प्रतिनिधिमध्येमा पर्दछ ।

भद्रशील र धृति
भद्रशील र धृति काव्यनायक चिद्हंसका पितामाता हुन् । उनीहरू असल, नैष्ठिक गृहस्थ पात्र हुन् । महाकाव्यकारले यी पात्रमा आफ्ना पितामाताको छाया पार्ने प्रयत्न गरको जीवनीपरक अध्ययनका क्रममा देखिन्छ । महाकावय नायकका जीवनीपरक अध्ययन गर्ने हो भने यो तथ्य फेलापर्छ । भद्रशील र धृति कहीँ कतै पनि प्रतिकूल पात्रका रूपमा देखापर्दैनन् । उनीहरूले सन्तानको लालनपालनमा कुनै कमी हुन दिएका छैनन् । आफू जे जस्ता दुखसुख सहेर सन्तान शिक्षित र सफल बनोस् भन्ने कामना गरेका छन् ।

प्रस्तुतदुई पात्रमध्ये भद्रशीलको छोरो पढाइकै सिलसिलामा रहँदा मृत्यु भएको छ । धृति भने भद्रशीलभन्दा दीर्घजीवी देखिन्छे । उसले भने पुत्रको र बुहारीको प्रयाप्त सेवा पनि पाएकी छ । यी दुवै पात्र नेपाली साजका गृहस्थहरूका प्रतिनिधि पात्र हुन् । यी पात्र सद्, अनुकूल, मञ्चीय र बद्ध पात्रका रूपमा देखापर्छन् । यी पात्रमा हाम्रो वर्तमान समाजका हजुरबा पुस्ताका चरित्रहरू आरोप गरिएको छ ।

श्रमदेव र कालिका
श्रमदेव र कालिका स्वस्थानीका पितामाता र चिद्हंसका सासूससुरा हुन् । उनीहरूको भूमिका स्वस्थानीको विवाहको कुरा छिन्ने समयमा गौण रुमा रहेको छ । उनीहरूले महाकाव्यमा पछिल्लो समयमा ठोस भूमिका निर्वाह गरेका छैनन् । उनीहरू गौण भूमिकामा रहेर पनि बद्ध पात्रकै रूपमा रहने छन् ।

विविध समुदायका मुखिया र अगुवाहरू
नेपालश्री महाकाव्यको विषयवस्तु विस्तार र कथानक विकासका लागि काव्यनायकको देश दर्शनमा अनेक जातजातिका अगुवा, मुखिया आदि पात्रको उपयोग गरिएको छ । यी पात्र महाकाव्यको विषयस्रोत वा वस्तुस्रोत पात्रका रूपमा देखिन्छन् ।

महाकाव्यको सांस्कृतिक खण्डका अधिकांश विषयवस्तुको संयोजन यिनै अगुवा र मुखियाहरूबाट भएको छ । उनीहरूले प्रयाप्त मात्रामा आआफ्ना समुदायको ज्ञान र सूचना काव्यनायकलाई दिने भूमिकाका दृष्टिले सहायक पात्र देखिए पनि उनीहरूको नामै किटेर सक्रिय भूमिकामा देखाइएको छैन । यी पात्रहरू सहायक भूमिकामा रहेर पनि गौण जस्ता लाग्छन् । यी पात्रलाई महाकाव्यका अपेक्षाका पात्रका रूपमा चित्रण गर्ने ठाउँ प्रयाप्त फेला पर्दैन तर नायकलाई सम्बन्धित समुदाय र भूगोलको ज्ञान दिने काम उनीहरूले नै गरेका छन् । त्यस्ता पात्रले आआफ्ना जाति र समूदायका धर्म, संस्कृति दर्शन आदिका विषयमा अनेक जानकारी दिएका छन् । उनीहरूलाई महाकाव्यको विषयस्रोतका रूपमा प्रस्तुत गरिएको छ ।

ग. अन्य पात्रहरू
नेपालश्री महाकाव्यको आकारअनुसार विभिन्न किसिमका पात्र प्रयोग भएका छन् । महाकाव्यमा नायकका प्रगति र उन्नतिका निम्ति अनुकूल र प्रतिकूल दुवै खाले सहनायक नायिकासँगै अनेक पात्रहरू अपेक्षित रहन्छन् । प्रस्तुत महाकाव्यमा त्यसता सहनायक नायिका पात्रहरूको उपस्थिति साङ्केतिक मात्र देखिन्छ । यस दृष्टिले महाकाव्य चिन्तनसापेक्ष चर्चा गर्ने ठाउँ ज्यादै कम छ ।

महाकाव्यमा प्रत्यक्ष रूपमा नायकका सहयोगी वा विरोधी पात्रहरू उल्लेख्य छैनन् । यस पक्षलाई महाकाव्यका शास्त्रीय दृष्टिले ऋणात्मक पक्ष पनि मान्न सकिन्छ तर त्यस्ता पात्रहरूको सङ्केत भने काव्यशास्त्रीय चिन्तनअनुरूप नै प्रयाप्त देखिन्छ ।

महाकाव्यमा अनेक गौणपात्रहरूको भूमिका उल्लेख्य हुन्छ । नेपाली महाकाव्य परम्परामा देवकोटाका महाकाव्यका प्राय पात्रहरू आआफ्ना पहिचानसहित देखापर्छन् । देवकोटाको शाकुन्तलको किसान, महाराणा प्रतापका भिल्ल, भामा शाह, प्रमिथसका हेफिस्टस, क्राटोस, जलपरीहरूसुलोचनाको ज्वानो व्यापू सबै पात्रहरू उल्लेख्य लाग्छन् । यो प्रवृत्ति भानुभक्त पोखरेलका महाकाव्यहरूमा पनि देखिन्छ । यस अर्थमा महाकाव्यमा प्रयोग भएको पात्र गौण नै भए पनि पात्रको चरित्र दीर्घप्रभावी हुनुपर्ने देखिन्छ । संस्कृत महाकाव्य परम्पराका रामायण र महाभारतमा त युद्धका सैनिकको भीडबाहेक सबै पात्रको पहिचान देखिन्छ । यस दृष्टिले हेर्दा पात्रहरूको भूमिका त्यति प्रवल देखिँदैन । यद्यपि यी पात्र प्रतीकात्मक सामथ्र्य सम्पन्न देखिन्छन् ।

पूर्वीय महाकाव्य चिन्तनमा महाकाव्य गौणपात्र योजनाका सम्बन्धमा त्यस्तो स्पष्ट उल्लेख नपाइए पनि जीवन जगत्को प्रतिनिधित्व गर्ने नायक छनोट गरेपछि त्यस जीवन जगत्लाई प्रतिनिधित्व गर्ने विविधतापूर्ण धेरै पात्रहरू हुनु पर्ने बुझिन्छ । प्राय: पूर्वीय महाकाव्यले यसतर्फ चासो दिएकै देखिन्छ । महाभारतमा रहेका भीष्म, द्रोण, कर्ण, अभिमन्यु, जयद्रथ, दुशासन, अधिरथ, सकुनी, जरासन्ध, अश्वत्थामा आदि पात्रको जीवन्त उपस्थिति, रामायणमा मन्थरा, सुपर्णखा, हनुमान, आदि पात्रको उपस्थितिको प्रभाव देवकोटाका, भानुभक्त पोखरेलका र राजेन्द्र सुवेदीका महाकाव्यहरूमा देखिन्छ । यसतर्फ जनार्दनशरण त्रिपाठीको चासो जान सकेको छैन । उनी नायक नायिकाका निर्माणमा सम निकट देखिन्छन् । वासुदेव त्रिपाठीको सूक्ष्म कथासूत्र र विषयवस्तु र जीवनदर्शन प्रभावहका नजिक देखिन्छन् ।

महाकाव्य महान् नायक नायिका, सहनायक नायिका र अन्य पात्रहरूको सन्धी हो भन्ने कुरा संस्कृत साहित्यका अधिकांश महाकाव्यले देखाउँछन् । यस विधामा पात्रहरूको उपस्थितिलाई महत्त्वसाथ हेरिन्छ । पूर्व पश्चिम र नेपाली समग्र महाकाव्य चिन्तनबाट महाकाव्यले विविध गुणले सम्पन्न महान् नायक, त्यस्तै विविध क्षमतासम्पन्न प्रतिनायक र समग्र जीवन जगत्लाई प्रतिनिधित्व गर्ने सहायक एवं गौण पात्रको अपेक्षा राख्दछ । यस महाकाव्यमा नायकका चरित्रमा यी चिन्तनअनुरूपका गुण अन्वेषण गर्न सकिए पनि प्रतिनायक र अन्य पात्रमा यो अवस्था ऋणात्मक देखिन्छ ।

पाश्चात्य महाकाव्य परम्पराले संकेत गरेका एरिस्टोटलीय दुखान्त चिन्तनका गीत र दृश्य विधान बाहेकका नाट्य तत्त्व महाकाव्यमा रहने कुराको उल्लेख पनि महाकाव्यका चरित्र योजनाका अध्ययनमा स्मरणीय छन् । यस चिन्तनले महाकाव्यको विषयवस्तुअनुरूप विविध प्रवृत्तिका पात्र रहनुपर्ने नै देखाउँछ । यस चिन्तनले महाकाव्यमा थुप्रै गौण पात्रहरूसमेत रहने ÷ रहनुपर्ने कुरालई बुझिन्छ । यस महाकाव्यमा हेर्दा ती सबै पक्षको अनुपालन साङ्केतीक रूपमा मात्र भएको देखिन्छ ।

निष्कर्ष
नेपालश्री महाकाव्य चरित्रप्रधान भन्दा पनि विषयवस्तुप्रधान महाकाव्य हो । महाकाव्यमा महान् विषयवस्तु र परिवेशलाई समेट्दै आफूसँगसँगै क्रियाशील बनाउन सक्ने महान् नायक र त्यस नायकको महानतालाई चुनौती दिने खालको प्रतिनायकका साथै सोही महानता र व्यापकतालाई समेट्ने गरी गौण पात्रहरूको उपस्थिति रहनुपर्छ । यस पक्षलाई यस महाकाव्यले आंशिक रूपमा अनुपालन गरेको देखिन्छ ।

नेपालश्री महाकाव्यमा यसरी महाकाव्यका अपेक्षामा पर्ने नायक नायिका र प्रतिनायक नायिकाको सिर्जना बृहत् महाकाव्यका अपेक्षाका दृष्टिले हेर्दा केही ऋणात्मक देखिन्छ । त्यस ऋणात्मक पक्षकै विच नायकका चरित्रमा खास दोष लाउने ठाउँ देखिँदैन । नायक सदोष हुनुपर्ने पक्षले पनि यसलाई क्षतिपूर्तिका रूपमा लिन सकिन्छ । यो नायक ठोस किसिमका दोषमुक्त छ । आधुनिक खाख्यान र महाकाव्यमा जस्तो नायिकाको भूमिका नायकसँगसँगै नरहे पनि नेपाली समाजसापेक्ष योग्य नायिकाको प्रस्तुति रहेको छ । महाकाव्यमा रहेका पात्रहरू नेपाली समाजका विभिन्न स्रोतबाट टिपिएका छन् । यी पात्रले साङ्केतीक रूपमा नेपाली समाजका बहुमुखी चरित्र उजागर गर्न सकेका छन् । त्यस्तो वस्तुस्रोत प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक, मिथकीय आदि व्यापक भएकाले सबै पात्रहरू उल्लेख्य भूमिकामा उभिन नसक्नु स्वाभाविकै देखिन्छ ।

नेपालश्री महाकाव्य चरित्रप्रधान महाकाव्य नभइ कोशकाव्यात्मक ढाँचाको महाकाव्य भएकाले यस महाकाव्यमा चिरित्रलाई केन्द्रमा राखेर ऋणात्मक पक्षको खोजिगरिरहनुभन्दा यहाँ भएका पात्रहरूलाई प्रतीकात्मक र विम्बात्मक रूपमा लिनु सान्दर्भिक हुन्छ । यी पात्रले थोरै भूमिकाबाट पनि महाकाव्यले समेट्न खोजेको व्यापक परिवेशलाई र वस्तुलाई सहज रूपमा अगाडि बढाएका छन् ।

सन्दर्भ सूची

अवस्थी, महादेव (२०७४). रामप्रसाद ज्ञवालीका कवित्वको अन्तरविकासको उच्च प्राप्ति. स्वप्नदृष्टि (पृ. क–य).रामप्रसाद ज्ञवाली (ले.) काठमाडौँ : ऐरावती प्रकाशन प्रा.लि ।
कवि त्रयोदश (२०७४). आरोहण. काठमाडौँ : शिखा बुक्स ।
ज्ञवाली, रामप्रसाद (२०६८). महाकाव्य सिद्धान्त र नेपाली प्रयोग. काठमाडौँ : ऐरावती प्रकाशन ।
त्रिपाठी, वासुदेव. (२०२७). बूढोपुरानो साहित्यिक विधा. प्रज्ञा (१÷१). पृ.९५–११०
त्रिपाठी, वासुदेव (२०७४). युगचेतनाको सामूहिक अनुष्ठान. आरोहण ( पृ. उ.न). कवि त्रयोदश (ले). काठमाडौँ : शिखा बुक्स ।
त्रिपाठी, वासुदेव र अन्य (सम्पा. २०५४). नेपाली कविता भाग ४(ते.सं) ललितपुर : साझा प्रकाशन (पहिलो २०४६)।
प्रश्रित, मोदनाथ (२०४७). मानव (दो.सं) काठमाडौँ : लुम्बिनी प्रकाशन ।
भामह (२०५९). काव्यालङ्कार (ते.सं).वाराणसी : चौखम्बा संस्कृत संस्थान ।
रुद्रट (१९८९).काव्यालङ्कार. वाराणसी : चौखम्बा विद्याभवन ।
शुभेच्छु, रमेश (२०६९). आधुनिक नेपाली महाकाव्यका प्रवर्तनमा लक्ष्मीप्रसाद देवकोटाको योगदान (दर्शनाचार्य शोधप्रबन्ध, त्रिभुवन विश्वविद्यालय)
शुभेच्छु, रमेश (२०५८). नेपालश्री महाकाव्यको वस्तु र संरचना –(माधव वियोगी वाङमय प्रतिष्ठान पोखराद्धारा आयोजित कृति परिचर्चा गोष्ठी २०६८ चैत्र ४ गते शनिबार पोखरामा प्रस्तुत कार्यपत्र) ।

शुभेच्छु, रमेश (२०६४). नेपाली महाकाव्यका सन्दर्भमा छन्दिकाको आदर्श पुष्पा. आदर्श पुष्पा (पृ.१९–६९).छन्दिका घिमिरे (ले.). युके : मिसेस क्यारोल ।
शुभेच्छु, रमेश (२०७१). सीता भट्टराईको आध्यात्मिक महाकाव्य मुक्तिनाथ बाबा. मुक्तिनाथ बाबा (पृ प–कख).सीता भट्टराई (ले.). काठमाडौँ : ज्ञानदीप शिक्षा सदन ।
शुभेच्छु, रमेश (२०७२). राजेन्द्र सुवेदीका आयाम. काठमाडौँ : जुगल पब्लिकेसन प्रा.लि ।
शुभेच्छु, रमेश (२०७३). डम्बर घिमिरेको मातृवाणीमा अभिव्यञ्जित महाकवित्व. मातृवाणी (ले. डम्बर घिमिरे). भक्तपुर : मेनकुमारी गजाधर प्रकाशनका लागि माधुरी घिमिरे ।
शुभेच्छु, रमेश. वर्ष साहित्य पुस्तक २०७४. ठाकुर शर्मा भण्डारी र विनयकुमार शर्मा नेपाल.(सम्पा.). काठमाडौँ : साहित्य संवद्र्धन केन्द्र ।
त्रिपाठी, जनार्दनशरण (२०६४). नपालश्री. कास्की : अरूणोस्तम त्रिपाठी ।

-rshubechchhu11@gmail.com  
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 272
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.