SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » कविवर पोखरेल : ‘राष्ट्रमाता’ देखि ‘राष्ट्रमातृका’ सम्म
समीक्षा

कविवर पोखरेल : ‘राष्ट्रमाता’ देखि ‘राष्ट्रमातृका’ सम्म

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
भानुभक्त पोखरेल (जन्मः वि.सं. १९९३, पाँचथर) नेपाली वाङ्मयका दीर्घसाधक एवम् स्रष्टाको नाम हो। आफ्नो प्रारम्भिक युवाकालदेखि नै अध्यापन–प्राध्यापन एवम् साहित्यिक सिर्जना–समालोचनामा समर्पित उनको बहुआयमिक व्यक्तित्व वाङ्मयका विविध विधा र रचनात्मक पक्षहरूमा छरिएर रहे पनि उनको व्यक्तित्वको मूल चुरो साहित्य–सेवा र प्राध्यापनको व्यावसायिक भूमिकामा नै परिलक्ष्यित बन्यो। उनका जीवनका आरोह–अवरोहहरूमा उनले प्राप्त गरेको विशिष्ट उपलब्धिगत उक्त दुई पक्ष पारस्परिक रूपमा परिपूरक र सहयोगी पनि रहे। उनले प्राध्यापन व्यवसायकै सेरोफेरोमा नेपाली भाषा–साहित्यलाई आफ्नो कर्मक्षेत्रका रूपमा अँगाले र नेपाली साहित्यिक सिर्जना र समालोचनाको उनको प्रतिभालाई उनकै प्राध्यापकीय व्यक्तित्वले भरथेग गर्दै उठाउनमा सहयोग गर्‍यो। अहिले जीवनको उत्तरार्द्धतिर आइपुग्दा उनको पूर्वप्राध्यापकीय पृष्ठभूमिमा हुर्के–बढेको सिर्जनात्मक कवि व्यक्तित्व र समालोचक व्यक्तित्व नै उनका उपलब्धि र योगदानका मूल क्षेत्रका रूपमा थिग्रिन आइपुगेका छन्।
नेपाली साहित्यमा समालोचक भानुभक्त पोखरेल प्रभाववादी धाराबाट प्रेरित रहेका हुन्। त्यसमा पनि उनले समीक्षकीय वृत्तमा मूलतः नेपाली स्वच्छन्दतावादी नव–परिष्कारवादी क्षेत्रमा रम्दा अग्रणी स्रष्टा कविवर माधव घिमिरेका कविता–काव्यको सेरोफेरोमा उनको कलमले परिक्रमा गरिसकेको हो। कवि घिमिरेकै काव्य सिर्जनाका केन्द्रीयतामा आफ्नो विद्यावारिधीय उपलब्धिको निकट पुगेका पोखरेल काव्यिक सिर्जनाका क्षेत्रमा पनि कतिपय काव्यिक प्रसङ्गमा घिमिरेकै निकटवर्ती कविका रूपमा रहँदै आएका हुन्। यसरी समीक्षक र स्रष्टा व्यक्तित्वका दुई पाटाहरूमा उनको साहित्यिक धारा अघि बढे पनि साङ्ख्यिक र समष्टिगत समर्पणका दृष्टिले समेत उनको काव्यिक स्रष्टा व्यक्तित्व नै बढी गहकिलो र चहकिलो रहेको तथ्यलाई उनका काव्यकृतिले पुष्ट गरेका छन्।
कवि भानुभक्त पोखरेलले आफ्नो किशोरवयको उत्तराद्र्ध र युवावस्थाको पूर्वचरणको सन्धिकालतिर ‘पञ्चकन्यास्तोत्र’ शीर्षक स्तोत्रकविता र ‘मातृदुःखोद्गार’ शीर्षक करुण–कविता (२०१४) बाट कविताको दुईपाते स्वरूप देखाई आफ्नो काव्ययात्रा सुरु गरी जीवनको यस वार्धक्यमा आइपुग्दा चारवटा कवितासङ्ग्रह चारवटा खण्डकाव्य र तीनवटा महाकाव्यको रचना गरिसकेका छन् र उनको विशाल काव्यीय वृक्षले उनलाई महाकविको आश्रय प्रदान गरिसकेको छ। उनका कविता सङ्ग्रहहरू ‘उन्यौको फूल’ (२०२७), ‘फूलबारी’ (२०४३), ‘राष्ट्रमाता’ (२०२७), ‘मान्छेको म’ (२०३३), ‘मेरी देवयानी’ (२०३९) र ‘पराशरको सृष्टियोग’ (२०५१) अनि महाकाव्यहरू ‘मृत्युञ्जय महाकाव्य’ (२०४७), ‘जागृतिराग’ (२०५६) र ‘हिमवत्खण्ड’ (२०६४) जस्ता कविताकाव्य कृतिद्वारा उनी नेपाली कविता–काव्यका अग्रणी एवम् विशिष्ट साधकका रूपमा स्थापित बनेका छन्।
कवि–महाकवि भानुभक्त पोखरेल नेपाली कविताको यस आधुनिक कालमा आएर कालक्षेपणका रूपमा मात्र काव्यिक सागरमा हेलिएका छैनन्। उनको काव्यिक रचना अर्थपूर्ण र सोद्देश्य छ। उनी भन्छन्ः ‘कविता भन्नु भावनाकुमारीको सत्वोद्रेक हो तापनि कुनै विषय वा चिन्तनप्रतिको रागात्मक छन्दोमय भाषिक अभिव्यक्तिलाई कविता मान्नुपर्छ।’ आफ्नो कथनलाई उनी केही पृथक् वाक्यविन्यासमा यसरी पनि प्रस्तुत हुन्छन् – ‘भावानुभूतिका भाषिक मुस्कानको माधुर्यलाई कविता ठान्नुपर्छ।’ यस अर्थमा उनको कविता–काव्यगत सिर्जना अर्थपूर्ण र सोद्देश्य रहेको सङ्केत पाइन्छ। उनको कविता–काव्यसंसार लघु (फुटकर), मध्यम (खण्ड काव्यगत) र बृहत् (महाकाव्यिक) तीनै आकारमा विशालतामा झाँगिएको छ र त्यसको समष्टिगत मूल्याङ्कनको आवश्यकताबोध टड्कारो हुँदै गएको छ। तथापि उनका कविता–काव्य सिर्जनाका विषयमा फुटकर, खण्ड र बृहत् आकारका संरचनागत स्वरूपमाथि केही विवेचना–विश्लेषण भूमिकाका रूपमा होस् वा पृथक् लेखका रूपमा होस् यसभन्दा पूर्व पनि भइसकेको पाइन्छ। यहाँ तिनैमध्ये मध्यम स्वरूपका कविता सिर्जना अर्थात् खण्डकाव्यमाथि संक्षिप्त अवलोकन गर्ने प्रयास गरिन्छ।
कविवर भानुभक्त पोखरेलका कविता–काव्य सिर्जनाका विगतका वर्षहरूमा ‘राष्ट्रमाता’ (२०२७), ‘मान्छेको म’ (२०३३), ‘मेरी देवयानी’ (२०३९) र ‘पराशरको सृष्टियोग’ (२०५१) शीर्षकका चार खण्डकाव्यको पृथक् आकारमा प्रकाशित भइसकेको हो। अहिले उक्त चारै खण्डकाव्यलाई समुच्चय रूपमा ‘काव्यचौगेडी’ नामबाट पुनः प्रकाशन गरिएको छ। यी चारैवटा खण्डकाव्यहरू सृजनाको क्रममा पुनः प्रकाशित मात्र नभई पुनः सृजित पनि भएका छन्। नेपाली काव्यका इतिहासका पूर्वकालखण्डमा कतिपय स्वनामधन्य कविहरूले आफ्ना खण्डकाव्यको पुनःसृजन वा परिमार्जन–परिवद्र्धन गरेको पाइन्छ। लेखनाथको ‘ऋतुविचार’ र देवकोटोको ‘मुनामदन’ त्यसका उदाहरण हुन्। परिमार्जन वा परिवद्र्धन गरेर आफ्नो सृजनामा थपघट गर्ने अधिकार स्रष्टाको निजी विषय हो। अवश्य पनि स्रष्टाले समयक्रममा आफूमा प्रौढ कवित्वको अनुभव गर्दै जाँदा सुन्दर सिर्जनालाई सुन्दरतर वा सुन्दरतम बनाउने इच्छा राख्नुलाई अन्यथा नठानी त्यसलाई सकारात्मक प्रकारले लिनुपर्ने हुन्छ। नेपाली कविताको आधुनिक कालखण्डका कवि भानुभक्त पोखरेलले आफ्ना उपर्युक्त चार खण्डकाव्यलाई पुनः सृजन गर्नुको आवश्यकतालाई यसरी पुष्टि गरेका छन् : ‘२०२३ सालदेखि २०५० सम्म रचिएका कृतिहरू आज (२०६५ सालमा) आएर संशोधन परिमार्जन गर्नुको परिणाम कृतित्वमा पहिलेभन्दा गुणात्मक मात्र हैन रूपात्मक परिवर्तन आएको हुनुपर्छ।’
खण्डकाव्यकार भानुभक्त पोखरेलको उपर्युक्त कथन आफ्ना खण्डाव्यकारितामा पुरानो लेखनभन्दा नयाँ नयाँ लेखनमा बाह्य र आन्तरिक परिमार्जनद्वारा सुधारिएको ‘हुनुपर्ने’ तिर स्पष्ट सङ्केत गर्दछ। उपर्युक्त दुवै संस्करणमा के कति सुधार र परिमार्जन भयो र त्यसले के कति अर्थमा सुधारात्मक फड्को मार्‍यो त्यसको विवेचना गर्ने जिम्मा पाठक–समीक्षकलाई दिई आफू सङ्केतकका रूपमा मात्र रहेको बुझिन्छ।
कवि भानुभक्त पोखरेल आफ्ना काव्यकृतिलाई रूपात्मक एवम् गुणात्मक दुवै पक्षबाट मूल्याङ्कनका पक्षधर रहेका देखिन्छन्। उक्त प्रसङ्गमा उनले ‘राष्ट्रमाता’ शीर्षकलाई ‘राष्ट्रमातृका’ शीर्षकमा रूपान्तरण गरेका छन्, र ‘मान्छेको म’ शीर्षकलाई यथावत् राखेका छन्। उनी उपर्युक्त दुईवटा खण्डकाव्यको ‘सम्यक् परिमार्जन–संशोधन’ र ‘मेरी देवयानी’ र ‘पराशरको सृष्टियोग’ दुई खण्डकाव्यको ‘सामान्य संशोधन र परिमार्जन’ को दावी गर्छन्। यहाँ उनका अरू तीन खण्डकाव्यलाई छोडेर ‘राष्ट्रमाता’बाट ‘राष्ट्रमातृका’मा रूपान्तरित खण्डकाव्यको मात्र विवेचना गरिन्छ।
यद्यपि आफ्ना कृतिमाथि पुनः संशोधन र परिमार्जन गर्नु स्रष्टाविशेषको अधिकारको विषय हो तापनि उक्त संशोधन र परिमार्जनको औचित्यले पाठक–समीक्षकको पनि दृष्टि तान्नुलाई अस्वाभाविक नमानिएला। किनभने सिर्जनाको अवधिसम्म साहित्य स्रष्टाको सम्पदा हो भने प्रकाशनपछि त्यो पाठकको हकका रूपमा प्रतिस्थापित हुन्छ। यस अर्थमा कवि पोखरेलका ‘राष्ट्रमाता’ र ‘राष्टमातृका’ दुवैलाई सँगै राखेर तिनको तुलनात्मक मूल्याङ्कन गर्न सकिन्छ।
कवि पोखरलेको २०२७ सालमा पुरस्तकाकारमा प्रकाशित ‘राष्ट्रमाता’ खण्डकाव्य २०६५ सालमा आएर ‘राष्ट्रमातृका’ शीर्षकमा परिमार्जनका साथ प्रकाशित भएको छ। सामान्यतया ‘माता’ र ‘मातृका’ दुवै शब्दको अर्थ एउटै लाग्छ। ‘माता’ र ‘मातृ’, ‘मातृका’ तीनै शब्दहरू समानार्थी हुन्। ‘मातृ’ वा ‘ठञ्’ प्रत्यय लागी मातृक बन्दछ र यसले माताबाट आएको वा उत्तराधिकारबाट प्राप्त भन्ने अर्थ दिन्छ। तर ‘मातृका’ शब्दचाहिँ ‘माता’ शब्दकै समानार्थी मानिन्छ। प्रयोगगत रूपमा पौराणिक ग्रन्थहरूले ‘मातृ’ वा ‘मातृका’ को प्रयोग धेरै गरेको पाइन्छ। ‘अष्टमातृका’ ‘देवमातृका’ आदि। त्यस्तै – ‘मातृकोपसमाविष्टो रक्तवीजो महासुरः’मा अर्को शब्दसँग सन्धि हुँदा वा त्यसको गुण, अवस्था बुझाउँदा मातृत्व, मातृहृदय, मातृवात्सल्य’ शब्दहरू बन्दछन् तर प्रस्तुत खण्डकाव्यको शीर्षकलाई ‘राष्ट्रमाता’बाट ‘राष्ट्रमातृका’मा रूपान्तरण गर्दा खासै तात्विक भिन्नता पाइँदैन। यसलाई कवि पोखरेलको स्वेच्छावरणका रूपमा लिन सकिन्छ जस्तो देखिए पनि पृथ्वीनारायण शाहाका धेरै पुस्ता पछिका राजा त्रिभुवनलाई ‘राष्टकपिता’ भनिएकाले उनकी रानी (पत्नी) लाई ‘राष्टकमाता’ भनिएको रहेछ भन्ने भ्रम वा ऐतिहासिक अनौचित्य हटाउन ‘मातृका’ शब्द प्रयोग गरिएको हो भन्ने कविको भनाई स्विकार्य देखिन्छ। चालिस बयालिस वर्षपछिको पुनर्लेखनमा परिष्कार—चेतनाको विकास हुनु स्वाभाविक पनि छ।
‘राष्ट्रमातृका’ खण्डकाव्यको अन्तर्निहित कथावस्तु ऐतिहासिक रूपको छ। तर ऐतिहासिक नै होइन। कथावस्तुका केही सूक्ष्मतात्विक विषयहरू इतिहासको निकट मात्र छन्। निकट यस अर्थमा – पृथ्वीनारायण शाह र उनकी जेठी विवाहिता रानी इन्द्रकुमारी यस खण्डकाव्यका प्रमुख पात्र हुन्। यी दुईको ऐतिहासिकता नायक–नायिकाको होइन। इतिहासले श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहले मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग विवाह भएको तर डोली अन्माउने बेलामा दुलहीपक्ष र जन्तीपक्षका बीच मनोमालिन्य भई जन्ती रित्तै फर्कनुपरेको घटना भए पनि पृथ्वीनारायण शाहको सम्बन्ध खासै नराम्रो नरहेको हुँदा वि.सं. १७४८ मा इन्द्रकुमारीलाई गोरखा दरबारमा गोरखा दरबारमा ल्याई चौतारीया महारानीको दार्जा दिएर पृथ्वीनारायण चाहिँ रानी नरेन्द्रलक्ष्मीसँग बस्ने गरेको उल्लेख पाइन्छ। इन्द्रकुमारीले पछि एउटी छोरीलाई जन्म दिई तिनी दिवङ्गत भएकी र कान्छी नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाहको जन्म भएको कुरा पनि ऐतिहासिक तथ्यगत नै हो। तर ‘राष्ट्रमाता’ वा ‘राष्ट्रमातृका’ खण्डकाव्यका सर्जक कवि भानुभक्त पोखरेलले इन्द्रकुमारीको जन्मदेखि उनको विवाहप्रसङ्ग, जन्तीपक्ष र घरबेटीपक्षका बीचको वैमनस्य र डोला नउठ्दाको घटना र कालान्तरमा पृथ्वीनारायणले इन्द्रकुमारीलाई गोरखा दरबारमा राख्नै विचार गर्दाका घटना सम्मलाई केही शब्दाविन्यास र श्लोकहरूको गोडमेलद्वारा खण्डकाव्यको परिमार्जनगत स्वरूप दिएका छन्। मकवानपुरे राजकुमारीलाई नलिई फर्केका पृथ्वीनारायण र पतिगृहमा नगएर माइतीघरमै मानसिक कुण्ठा लिएर बसेकी इन्द्रकुमारीका बीचमा जे–जस्ता मनोद्वेग र घटनावृत्तहरूको फन्को मारे कविले तिनलाई निकै परिवर्तनका साथ ‘राष्ट्रमातृका’मा प्रस्तुत गरेका छन्।
‘राष्ट्रमाता’ र ‘राष्ट्रमातृका’ का बीचको संरचनालाई हेर्दा राष्ट्रमाता चार सर्गमा र ‘राष्ट्रमातृका’ तीन स्तवकमा रचिएका छन्। पहिलोमा ‘सर्ग’ को परमपरा धान्ने कवि दोस्रोमा ‘स्तवक’ मा आइपुगेका छन्। पहिलो र दोस्रोका बीच श्लोकसङ्ख्याको वितरणमा निम्न प्रकारको भिन्नता पाइन्छ :
राष्ट्रमाता राष्ट्रमातृका
पहिलो सर्ग – ५४ प्रथम स्तवक – ४४
दोस्रो सर्ग – ४१ द्वितीय स्तवक – २२
तेस्रो सर्ग – ३८ तृतीय स्तवक – १०
चौथो सर्ग – ३० जम्मा – ७६
जम्मा – १६३
उपर्युक्त प्रकारले चार सर्गबाट तीन स्तवक बन्न आइपुगेको यस खण्डकाव्यको श्लोक सङ्ख्या पनि आधाभन्दा बढी घटेको छ।
‘राष्ट्रमाता’ खण्डकाव्यको रचनाकाल र ‘राष्ट्रमातृका’ र रचनाकालका बीचमा चार दशकभन्दा बढी अन्तर रहेको छ। ‘राष्ट्रमाता’ (२०२७) र ‘राष्ट्रमातृका’ (२०६८) का बीचको यस अवधिमा नेपाली काव्यसाहित्यमा धेरै आरोह–अवरोहहरू देखापरि सकेको स्थितिमा यस बीचमा ‘राष्ट्रमाता’का कवि पोखरेललाई समयानुकूल काव्यिक ढाँचामा नयाँ काव्य रचना गर्नुभन्दा आफ्ना पुराना काव्यलाई नयाँ आवरणले सजाउन मन लागेको देखिन्छ। यस क्रममा उनले काव्यकी नायिका इन्द्रकुमारीका मनोद्वेगहरू पोखेर लेखेको चिठी दूती माधुरीका माध्यमबाट पृथ्वीनारायण सामु पठाएकी र उक्त चिठी र दूती माधुरीका कथनले काव्यका नायकका मनमा परिवर्तन भई पृथ्वीनारायणद्वारा निम्न उद्गार व्यक्त गराएका छन् ‘राष्ट्रमाता’ खण्डकाव्यमा :
‘…….. वीर वधू खुलोइन् कसै यो राज्य राज्यासन
तिम्रो निम्ति सुहाउने छ गतिलो साम्राज्य सिंहासन (४।२५)।तिम्रा आँसु म स्वाभिमानसित नै पुछ्नेछु ए मानिनी ! (४।२८)
पृथ्वीनारायणको उक्त इच्छालाई ‘राष्ट्रमातृका’ मा निम्न पङ्क्तिमा व्यक्त गरिएको छ तर त्यो इन्द्रकुमारीका चिठीका उत्तर रूपमा नभई उनको आफ्नै मनोद्वेगमा :

तिम्रो आँसु म शौर्यका कुसुमले पुछ्नेछु ए मानिनी ! (३।७)

अन्तस्फूर्त भयो विशाल बलियो नेपालको कल्पना
प्रेमी वीर बनी उठे : प्रणयले के दिन्छ के प्रेरणा (३।९)

‘राष्ट्रमाता’ र ‘राष्ट्रमातृका’ दुवैको अन्तिम निष्कर्ष लगभग एउटै छ। त्यो हो आफूबाट परित्यक्ता– समान बनेकी इन्द्रकुमारीलाई उनको आँसु पुछी उनलाई बलियो नेपालकी साम्राज्ञी बनाउने इच्छा। ‘गतिलो साम्राज्य’ र ‘बलियो नेपाल’ शब्दमा केही तात्विक अन्तर छ। ‘राष्ट्रमाता’ लेख्दा नेपालमा राजसंस्था उत्कर्षमा थियो र ‘राष्ट्रमातृका’ मा आइपुग्दा साम्राज्यको सपना समाप्त भई ‘बलियो नेपालको कामना’ मात्र अवशिष्ट छ र सम्भवतः कविको ‘परिमार्जन’ को एउटा पक्ष यो पनि हो।
‘राष्ट्रमाता’ खण्डकाव्यमा कविले एउटा कथानक शृङ्खला बुनेका छन्। इन्द्रकुमारी यहाँ पूर्वीय काव्य सिद्धान्तअनुसारकी धीराधीरा वा प्रोषितभर्तृका नायिकाका रूपमा देखापरेकी छिन्। पतिबाट टाढा रहेकी हुँदा पतिसँगको वियोगमा दूतीका माध्यमबाट आफ्नो चिठी नायकसम्म पुर्‍याउने शृङ्गारिक नायिकाको चित्र यस काव्यमा उतारिएको छ र यो खण्डकाव्यीय प्रवृत्ति संस्कृत काव्यका कविहरू हुँदै माध्यमिककालीन नेपाली शृङ्गारिक कविहरूमा पनि देखा परेको हो। मोतीराम भट्टको ‘पिकदूत’ त्यसको नमुना हुँदै हो। कवि पोखरेलले पनि नायिका इन्द्रकुमारीका मनोवेदनालाई दूती माधुरीद्वारा चिठीका माध्यमबाट संप्रेषण गरी नायक पृथ्वीनारायणको मनस्थितिमा परिवर्तन आएको देखाएका छन्। उनले यहाँ संस्कृतका शृङ्गारिक काव्य–नाटकहरूमा प्रयोग हुने चेटी, दूतीजस्ता शब्दहरूको प्रयोग यथास्थानमा गरेका छन्। तर ‘राष्ट्रमातृका’ का खण्डकाव्यकारले भने ती सबैलाई ख्वार्लाप्पै निलेर लेखेका छन् :
केही कालपछि प्रिया रुदनका सन्देश आएपछि
पैलेका कटुतिक्तता समयले गालेर फालेपछि
थाले शाहशशी बसी विरहमा एकान्तमा टोलिन
सङ्ल्याई अपमान बोधमय त्यो भावाद्र्रप्रेमी मन। (३।१)
इन्द्रकुमारीको ‘प्रियारुदनको सन्देश’ कसरी कुन माध्यमबाट आयो त्यो कुरा ‘राष्ट्रमाता’ मा झैं यहाँ खुलेको छैन। तर खण्डकाव्यको यो दोस्रो संरचनाले खण्डकाव्यिक प्राचीन परम्परालाई छोडेर केही नयाँपन लिएको छ। सम्भवतः कविको काव्यिक परिमार्जनले पाएको उपलब्धि यही हो।
कवि भानुभक्त ‘राष्ट्रमाता’ खण्डकाव्यमा संस्कृत काव्यधाराबाट पर्याप्त प्रभावित कविका रूपमा देखापर्छन्। उनले काव्यमा प्रयोग गरेका ‘मानिनि’ जस्ता विशेषणगत सम्बोधन र ‘चेटी’ ‘दूती’जस्ता शब्दहरू पूर्वीय संस्कृत काव्य–नाटककै परम्पराबाट लिइएका हुन्। यद्यपि उनले ‘राष्ट्रमातृका’सम्म आउँदा संस्कृत काव्य परम्पराबाट केही हदसम्म मुक्ति लिने प्रयास गरेका छन् तापनि उनका काव्यमा नायिकाका शारीरिक वर्णनले उनको प्राचीन काव्यमा पाइने शृङ्गारिक प्रवृत्तिप्रतिको मोह भने यथावत् पाइन्छ। उनले भरखर यौवनावस्थामा प्रयोग गरेकी नायिका इन्द्रकुमारीको वर्णनलाई ‘राष्ट्रमाता’मा झैं ‘राष्ट्रमातृका’ मा पनि निरन्तरता दिएका छन्। त्यस वर्णनमा केही शब्द र पङ्क्तिको मात्र पार्थक्य देखापर्छ :
विशाल, तल्ला तहको नितम्ब
सुपुष्ट, वक्षस्थलको प्रबन्ध
जानी–नजानी विधिले बनायो
स्वयं कटीमा कृशता उदायो (राष्ट्रमाता, १।५१)
‘राष्ट्रमातृका’ मा भने कविले माथिका दुई पाउ यथावत् राखी बाँकी दुई पाउमा परिवर्तन गरेको पाइन्छ : स्वर्णाभ सेतो रङका उरुद्वय–
सलक्क राम्रा सुकिला र मांसल (राष्ट्रमातृका, १।३९)
उक्त प्रकारको नायिकाको वर्णनमा कविको कलम राष्ट्रमातृकामा आएर थप रसिक बन पुगेको छ। ‘राष्ट्रमातृका’ मा पाइने निम्न थप श्लोकलाई त्यसकै उदाहरण मान्न सकिन्छ –
नितम्ब, नाभी जघनस्थली तथा
स्तनद्वयी, कम्मर, पृष्ठभाग वा
जहाँ पर्‍यो दृष्टि उहीँ छ सुन्दर
बैँसालु बालाहरू क्या मनोहर। (राष्ट्रमातृका, १।४१)
कवि भानुभक्तले ‘राष्ट्रमाता’ र ‘राष्ट्रमातृका’ दुवैमा आफ्नो काव्यकथ्यको धारलाई एकीकृत गर्दै पृथ्वीनारायणको इन्द्रकुमारीसँगको पुनर्मिलनलाई विशाल नेपालको भावी कल्पनासँग लगेर जोडेका छन्। पृथ्वीनारायणको ‘तिम्रो आँसु म शौर्यका कुसुमले पुछ्नेछु ए मानिनी !’ लाई भूल कथ्यगत पङ्क्तिका रूपमा लिँदा त्यो अरू स्पष्ट हुन्छ। तर कवि ‘राष्ट्रमाता’बाट ‘राष्ट्रमातृका’ सम्मको नेपालमा आइपुग्दा पछिल्लो परिमार्जित कृतिमा वर्तमान नेपालको राजनैतिक अवस्थालाई पनि उम्कन दिँदैनन् :
नेपाली जन, जातजातिहरूका स्वस्फूर्त उत्कर्षको (राष्ट्रमातृका, ३।१०)
सायद कविले वर्तमान नेपालका लागि यति मात्र लेख्नु नै पर्याप्त माने। नेपालका ती वीर नायक बडा महाराजा पृथ्वीनारायण शाहद्वारा ठूला, दुःखले ‘अज्र्याको’ नेपाललाई चारैतिरबाट घुनपुत्लो छोपेको अवस्थामा अरू लेख्नुपर्ने शब्दहरू केही बाँकी छन् र कविसँग ? तैपनि उनले ‘राष्ट्रमातृका’ को अन्त्यमा थप दुई शार्दूल–विक्रीडितका श्लोकहरू थपेर यसलाई परिवद्र्धन गर्ने क्रममा निम्न दुई पङ्क्ति रच्न भ्याएका छन् र भन्न पुगेका पनि छन् :
हामी त्यै घटना प्रसङ्ग रसको पाएर रेखाङ्कन
थाल्यौं आज विराट मूर्ति बनिई संसारमा शोभिन।
(राष्ट्रमातृका, ३।१०)
नेपाली काव्य साहित्यका प्रखर प्रतिभा कविवर भानुभक्त पोखरेल आफ्नो काव्यसिर्जनाका प्रारम्भदेखि आजसम्म नै आफ्ना सुललित पद–पदावलीलाई वर्णमात्रिक शास्त्रीय छन्दमा खेलाउन–नचाउन सक्ने अद्भुत प्रतिभाशाली व्यक्तित्व हुन्। उनको कविता–काव्य सिर्जना पौराणिकदेखि आधुनिक विषयमा भावगम्य शैलीमा मौलाउने गर्दै आएको छ। पृथक प्रकाशनबाट पूर्व प्रकाशित भएका उनका चार खण्ड काव्यहरूले एउटैमा सङ्कलित भएर प्रकाशित हुँदा उनको कवित्व प्रतिभालाई बुझ्न अझ सुगम तुल्याएको छ। यसका लागि कवि पोखरेलमा हार्दिक बधाई ज्ञापन गर्दछु।
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 191
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.