SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » सुम्निमा उपन्यासका बारेमा
समीक्षा

सुम्निमा उपन्यासका बारेमा

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
सुरेन उप्रेती प्रवासमा रहेर नेपाली भाषा साहित्यमा समर्पित प्रतिभा हुन् । उनका आख्यान कविता, निबन्ध र समीक्षाहरू साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिँदै आएका छन् । यहाँ उनले लेखेको सुम्निमा उपन्यासमाथिको लघुसमीक्षा समेटिएको छ । पुस्तक परिचयका रूपमा भए पनि यस समीक्षाले राम्रो पाठकीय अभिव्यक्ति दिएको छ ।

-सम्पा.

नेपाली साहित्यको आकासमा परिचित र प्रिय नाम हो विश्वेश्वरप्रसाद कोइराला । उनका जति कृतिहरू पाठक समक्ष आए ती सबै कृतिहरूले पाठकहरूमा अमिट छाप छोड्न सफल भएका छन् । आज यहाँ छलफल गरिने कृतिको नाम हो सुम्निमा । सुम्निमा उपन्यासको भौगोलिक पृष्ठभूमि भने पूर्वी नेपालको बराहक्षेत्र र यसकै सेरोफेरोलाई लिएको पाइन्छ । सुम्निमा उपन्यासका औपन्यासिक पात्रहरू त्यहीको सेरोफेरोका जनजीवनबाट लिएको हुनाले पाठकलाई पुस्तक पढ्दा चलचित्र हेरेको आभाष हुन्छ । पाठकलाई किताब पढ्दै छु भन्ने बिर्साउन र त्यहाँको परिवेशकम बहकाउनु सक्नु नै यो उपन्यासको विषेशता हो ।

सूर्यदत्त र उनकी ब्राम्हणीले बालक सोमदत्तलाई लिएर अरण्यबासका लागि निस्किए । उनीहरूले कौशिका नदीको तट बराहक्षेत्रको पवित्र भूमिमा आश्रम बनाउँछन् । उपन्यासकारले यस ठाउँलाई कुनै समयमा भगवान रामचन्द्र र लक्ष्मणका गुरू विश्वामित्रको आश्रम रहेको कुरा राखेका छन् । यही पवित्र भूमिमा आएर सोमदत्तको अग्रशिक्षाटन शुरु हुन्छ ।

बम्हमुहूर्तमा बासँगै स्नान गरेर जपध्यान योग सकेपछि मात्र मुखबाट वाणी उच्चारण गर्थे सोमदत्त । वेदका मन्त्रोचारणसँगै चरूहवन पश्चात पिताबाट कौमोदीको ज्ञानपान गर्दछन् सोमदत्त । यसपछि उष्ण दुधपान गरेर गाई चराउन निष्कन्छन् । गाईलाई लिएर कौशिका नदी तटमा टहल्छन् । गाई अघाएर शीतलमा बसेपछि उनी पनि थकित बाल शरीरलाई विश्राम गराउँछन् ।

यसरी उसको दिनचर्या अगाडि बढ्दै गर्दा एक दिन अवोध सुम्निमालाई देख्छन् । सुम्निमा एउटा बालक हातको शिरानी लगाएर सुतेको देख्छिन् र अचम्मित हुन्छिन् । यसरी यी दुईको भेट हुन्छ र भेटले निरन्तरता पाउँछ । यी दुई प्राणीहरू पृथक पृष्ठभूमिका उपज हुन्छन् । एकजना जपतप ध्यान र उपासना गर्ने आर्य वंशीय ब्राम्हण भनेर परिचय दिने बालक । अर्कातिर प्रकृतिमै रमाउने प्रकृतिलाई पूजा गर्ने गैर आर्य बालिका । जन्मदातृ आमाको परिचय गराउँने बालिका । जन्मँदा प्रकृतिमा जस्तो र्निवस्त्र रूपमा जन्म हुन्छ त्यस्तै बन्धनरहित भएर वनपाखा गर्ने अबोध बालिका हो सुम्निमा ।

दिन दिनैको सामिप्यता र जलक्रिडाले गर्दा उनीहरूका बिचमा निकटता झाङ्गिदै जान्छ । यौवनको सिँडी उक्लँदै गरेका दुवैलाई अव्यक्त आकर्षणले खिचिसकेको हुन्छ । उनीहरूका बिचमा धर्मका कुरा हुन्छन् । हिंसा र अहिंसाका कुरा हुन्छन् । सोमदत्त धेरै धर्मशास्त्र पढेको विद्वान बालक छ । सुम्निमाले पढेकी त छैन तर ऊ प्रकृतिको नियमको प्रशस्त ज्ञान भएझैँ जवाफ फर्काउँछे । एउटा बाजबाट परेवा बचाउँदा हिंसा हुन नदिएकोमा सोमदत्त खुसी हुन्छ । सुम्निमा बाजले परेवा खानुलाई हिंसा मान्न तयार हुन्न । मांसाहारी प्राणीले अरू प्राणी खानु हिंसा हैन ।

राजकुमारहरूले जङ्गली जनवारहरू मार्नु चैं हिंसा हो । आफ्नो स्वार्थका लागि गरेका नरसंहारहरू गर्नु चैं हिंसा हुन् । तिम्रा देवताहरूले गरेका महाभारत र रामायणका युद्धहरू हिंसा हुन् । किराँती संस्कार र संस्कृतिमा हुर्किएकी सुम्निमा वनकी चरीझैं स्वतन्त्र उड्न पाउँछे । उसले जानेका ढुङ््गा माटो जल वायु सूर्य आदिको पूजा गर्नु प्रकृतिको पूजा हो । उसका विजुवा बाबुले सिकाएको पनि यही नै हो । उसले बाबुलाई पनि केही लुकाउनु पर्दैन । उसमा कुनै छलछाम छैन । उसकी आमालाई गएर सोमदत्तका बारेमा सबै कुरा सुनाउँछे । सोमदत्त पनि सुम्निमाको सौन्दर्य देखि द्रविभूत भएको छ । तर व्यक्त गर्न सक्दैन । मनलाई कठोर बनाउँछ ।

सोमदत्तलाई सामाजिक संस्कारका बन्धनले कैदी बनाएको छ । उसमा धर्मको त्रास छ । चेतनाको लगामले उसलाई ऐँच्याएर राखेको छ । ऋषिमुनिहरूको तपस्या भङ्ग गराउने इन्द्रले गरेको षड्यन्त्रको आभाष हुन्छ । ऊ सुम्निमालाई इन्द्रले पठाएका रम्भा र उर्वसी झैं देख्न थाल्छ ।

सूर्यदत्तले आफूहरू देव धर्म मान्ने आर्य भएको बताएका छन् । किरातहरू भनेका माताको नामबाट परिचित हुने पशुधर्म पालक अनार्य हुन् भन्ने सूर्यदत्तको मत छ । उनीहरूबाट टाढै बस्नु पर्छ भनेर विशाक्त भावना जन्माइ दिएका छन् सोमदत्तलाई पनि । ऊ सुम्निमाको समिपबाट भाग्छ । आमाबासँग विदा मागेर आश्रमबाट निस्कन्छ । जहाँ पुग्दा पनि उसको अन्तर आत्मामा रहेको सुम्निमाको मोहले विचलित मात्र बनाउँछ । आफूलाई नियन्त्रण गर्न भनेर अनेक ठाउँमा भौँतारिन्छ । हिमालको कठ्याङग्रिने जाडोदेखि समुद्रका तापिला जलाशयहरूमा कठोर तपस्या गर्छ । शरीरको मांम्स हवन गर्छ ।

अनेकौं कठोर तपस्या पश्चात आँखा खोल्दा स्नानमा मग्न नग्न षोडसी देख्छ । उसमा कुनै आशक्तिका भावनाहरू हुँदैनन् । अब भने तपस्यापूर्ण भएछ भन्ने महसुस गर्छ र आश्रममा फर्कन्छ । वृद्धवृद्धा भएका बाआमाले पहिचान पनि गर्न सक्दैनन् । बाआमाले छोरा फर्किएर आएकोमा खुसी व्यक्त गर्छन् । सूर्यदत्तले वंशको निरन्तरतामा क्रमभङ्ग हुन लागेकोमा चिन्ता व्यक्त गर्छन् । सोमदत्तले यो कुरामा विमति राखे पनि आमाबाको वचन काट्न सक्दैनन् । उस्तै संस्कारिक उच्चकुलीन ब्रम्हकन्या पुलोमासँग सोमदत्तको विवाह हुन्छ ।

पुलोमा र सोमदत्त शास्त्रास्त्र गर्छन् । जप तप ध्यानमा लिन हुन्छन् । व्रत र उपवासले शिथिल भएको शरीरको पर्वाह हुँदैन । तर वंशजको निरन्तरताका लागि पुत्र प्राप्त गर्नुछ । शास्त्रका विधिनुरूप गर्भाधानको क्रियाविधि पूरा गर्छन । तर पटक पटकका गर्भाधान क्रियाहरू असफल हुन जान्छन् । प्रत्येक कुरामा मतभेद बढ्न थाल्छ । सोमदत्त विरक्तिएर निस्कन्छ । उसलाई पितृ आज्ञा पूर्ण गर्न नसकेकोमा पिर पर्छ । किराती बिजुवालाई गएर उपाय खोज्न भनेर निस्कन्छ ।

बाटोमा सुम्निमालाई भेट्दा पनि चिन्न सक्दैन सोमदत्तले । बिजुवालाई भेटेर उसको बह पोख्छ । बिजुवाले सोमदत्त भित्रको मनुवा रिसाएको ठहर्याए । छोरी सुम्निमालाई सोमदत्तको मनुवा खुसी पार्ने विधि सिकाइ दिए । श्रृङ्गार र आभुषण दिएर मनुवा दहमा नुहाउन पठाए । नुहाइ सकेपछि तेल लेपन गरेर सुम्निमाले श्रृंङ्गार लगाइ दिई । कटिमा कौडीको कन्दनी लगाई दिई । अनुहारमा भिल्ल जस्तै देखिने लेप लगाइ दिई ।

उता पुलोमा आफ्ना पति देवलाई नदेखेर अचम्म मान्छिन् । एकान्त जङ्गलमा एक्लै बस्दा भय पनि छ । विभिन्न चराहरूको आवाजले बाल्यकाल र भिल्ल बालबालिकाहरूको समिप्यता सम्झन्छिन् । भिल्ल यूवकले घर पछाडिबाट बोलाएको झैं लाग्छ । त्यो अँध्यारो रातमा भिल्ल युवक हावाको बेगमा आउँछ । उसको पूर्ण वलिष्ट बाहुले उनलाई लपेट्छ । उनी आँखा बन्द गरेर जीवनको उत्कर्ष खुशीमा डुब्छिन् । बिहान सखारै सोमदत्त स्नान गर्न निस्किन्छन् । पुलोमालाई रातीको घटनाले भयभित बनाउँछ । भिल्ल यूवकका झरेका कौडाहरू टिपेर निशानी लुकाउँछिन् । उनीहरूको पुत्र जन्मछ । बालक सानै हुँदा सोमदत्त र पुलोमाको मृत्यु हुन्छ । सुम्निमाले नै त्यो बालकलाई पनि पालनपोषण गर्छिन् । सुम्निमाकी छोरी र सोमदत्तका छोराको विवाह हुन्छ ।

आजभन्दा करिब पचास वर्षअगाडि प्रकाशित भएको हो सुम्निमा उपन्यास । तर आज पनि उत्तिकै समसामयिक र जीवन्त छ । उपन्यासकार अचेतन मनको अन्तर्यलाई जगाउँछन् । सशक्त रूपमा भावनाहरू व्यक्त गराउँछन् । समाजबाट चुनिएका पात्रहरूलाई नै विद्रोह गराउँछन् । मानिस मानिसलाई फरक बनाउने धर्म हुन सक्दैन । मानिस भएर देवता हुन खोज्नु हुँदैन भनेर पात्रले वकालत गरेको छ । व्यक्तिका इच्छाहरूलाई सामाजिक बन्धनले कुण्ठित बनाएको छ । जसको परिणाम स्वरूप समाज नै तहसनहस बन्न पुग्दछ । पात्रहरूका मानसिक द्वन्दहरू पाठकलाई यथार्थ लाग्दछन् । मानसिक संवेगात्मक प्रतीक विम्ब र सम्प्रेषणीय भाषिक अभिव्यक्तिले उपन्यासलाई सुन्दर बनाएका छन् ।

सूर्यदत्त एकातिर आफ्ना पुत्र सोमदत्तलाई ऋषिमुनिजस्तै बनेको देख्न चाहन्छन । ग्राहस्थ्य जीवन त्याग गर्न सकोस् भन्ने कामना गर्छन् । अर्कातिर पितृ ऋण र वंशजको निरन्ताका लागि दवाब दिन्छन् । हाम्रो समाजको यथार्थता नै द्वेध चरित्रबाट बढेको पाइन्छ । मानिसाई यौन कुण्ठाले पथविहीन बनाउँछ ।

आज पनि मानिस जातीय भेदभावमा र धर्मका नाममा हिंसाहरू भड्काइ रहेका छौँ । हामी सबैभन्दा पहिला मानिस हौँ । अनि मात्र अरू जात धर्म र सम्प्रदाय हौँ । यो एक उत्कष्ट उपन्यास सुम्निमाको सन्देश पनि हो ।

अटवा्क्यानडा

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 582
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.