SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » ‘तरुण–तपसी’ नव्यकाव्यमा भाषिक चमत्कार
समीक्षा

‘तरुण–तपसी’ नव्यकाव्यमा भाषिक चमत्कार

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments35 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
गोपाल भण्डारी (२००८, पुस २८, धनकुटा, सुपुत्र भोग्यप्रसाद भण्डारी र ढककुमारीदेवी भण्डारी) नेपाली साहित्यका विशिष्ट समीक्षक प्रतिभा हुन् । नेपाली साहित्यमै विद्यावारिधि गरी प्राध्यापन पेसामा संलग्न भण्डारीका सप्तकोशीको प्रवाह (२०४७ सम्पा.), प्राग्भानुभक्तीय नेपाली काव्य (२०५३), समालोचनाका केही बान्कीहरू (२०६१), भिन्न भिन्न दृष्टिकोण (२०६९), नाभिकीय समालोचना (२०७१) जस्ता समीक्षा कृतिहरू प्रकाशित छन् । उनी इतिहाससापेक्ष र निरपेक्ष, प्रभावपरक, कृतिकेन्द्री, व्यक्ति केन्द्री र विधा केन्द्रीका साथै निबन्धात्मक र शोधपरक समीक्षाका बहुआयाममा सक्रिय समीक्षक हुन् । उनको कलम सैद्धान्तिक र व्यवहारिक दुवै किसिमको समीक्षा क्षेत्रमा चलिरहेको छ । साहित्य सागरको प्रस्तुत शृङ्खलामा उनको लेखनाथ पौड्यालको तरुण–तपसी नव्यकाव्यमा केन्द्रित ‘तरुणतपसी नव्यकाव्यमा भाषिक चमत्कार’ शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले कविशिरोमणि लेखनाथ पौड्यालको काव्य भषाको अन्वेषण तरुणतपसीका केन्द्रीयतामा गरेको छ । यहाँ यस समीक्षालाई लेखनाथ पौड्यालको १३७ औँ जन्म जयन्तीको अवसर पारेर उनको सम्मानमा प्रस्तुत गरिएको छ ।

– सम्पा.

साहित्यिक क्षितिजमा कवि शिरोमणि
कवि शिरोमणि लेखनाथ पौड्याल (१९४१–२०२२) बहुचर्चित साहित्यकार बन्न सफल भएका हुन् ‘तरुणतपसी’ (२०१०) नव्यकाव्यको प्रकाशन पश्चात् । वि.सं. २०११ पौष २० गते यिनलाई रथारोहण गराइयो, जसमा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र उनकी श्रीमती, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट् बालकृष्ण सम, युगकवि सिद्धिचरण श्रेष्ठ, उपन्यासकार रुद्रराज पाण्डे, कथाकार भवानी भिक्षु, गृमन्त्री टंकप्रसाद आचार्य, शिक्षामन्त्री डा. डिल्लीरमण रेग्मी, भारतीय राजदूत भगवान सहाय, अमेरिकी विद्वान् फादर मोरान, तत्कालीन सल्लाहकार–सभाका अध्यक्ष तथा लैनचौरदेखि टुँडिखेलसम्म हजारौं नरनारीले नागरिक अभिनन्दनका साथ सहभागिता जनाएका थिए । कविशिरोमणिको यो ऐतिहासिक रथारोहण कार्यक्रम नेपाली शिक्षा परिषद्को तत्वावधानमा भएको थियो जसका अध्यक्ष थिए गोपाल पाँडे ‘असीम’ । कविशिरोमणिको सम्मानमा घोडचढी महिला ८ जना, बालचर (स्काउट) दल ४ वटा, धीमे बाजाको दल २ वटा, सैनिक ब्याण्ड बाजाहरू समेत सम्मिलित थिए । कविलाई रथारोहण गरिएको रथका परिकल्पनाकार सत्यमोहन जोशी थिए । रथका पांग्राहरूमा सत्यम्, शिवम्, सुन्दरम् लेखिएको थियो । रथलाई हिमाल, खोला, छहरा, पुष्पमाला, घण्टी आदिले सिंगारिएको थियो । रथारोहणपछि टुँडिखेलमा पुगेको सार्वजनिक सभामा प्रो. चूडानाथ भट्टराई र कवि केदारमान व्यथितले स्वागत मन्तव्य दिएका र गोपाल पौडेल आयव्यय विवरण प्रस्तुत गरेका थिए भने प्र.मं., गृहमन्त्री, शिक्षामन्त्री, भारतीय राजदूत, हिन्दी साहित्यकार रामवृक्ष बेनीपुरी आदिले कवि शिरोमणिका कवित्व तथा व्यक्तित्वका विषयमा आ–आफ्ना अभिमत प्रकट गरेका थिए । यस ऐतिहासिक तथा अभूतपूर्व रथारोहण कार्यक्रमले सम्पूर्ण नेपाली कवि–लेखकहरूलाई साहित्यिक क्षेत्रमा लागिरहने स्थायी सन्देश प्रदान गरेको थियो । रथारोहण कार्यक्रम सु–सम्पन्न गर्न तत्कालीन श्री ५ युवराजाधिराजबाट पनि आर्थिक सहयोग प्राप्त भएको थियो भने राजनीतिज्ञ सुवर्ण समशेर र रक्षामन्त्री केशर समशेरले पनि पर्याप्त आर्थिक सहयोग दिएका थिए । कवि शिरोमणि लेखनाथ पौड्यालको यस रथारोहण महोत्सवलाई राष्ट्रिय प्रतिष्ठा र पर्वका रूपमा लिइएको देखिन्छ किनभने सो दिन (पौष २० गते २०११) दिउँसो १ बजेदेखि सार्वजनिक बिदा दिइएको थियो । युगकवि सिद्धिचरण श्रेष्ठका स भापतित्वमा सम्पन्न उक्त महोत्सवमा बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, रुद्रराज पाण्डे, डा. यादवप्रसाद पन्त, चित्तधर हृदय, आदि विद्वान् कवि–लेखकले समेत लेखनाथको गुणानुवाद गरेका थिए । श्री ५ को सरकारका तर्फबाट कवि शिरोमणिलाई रु. ५०००।– को थैली चढाइएको थियो भने लेखनाथले सोही समारोहमा सो रकम नेपाली शिक्षा परिषद्को भवन निर्माणका लागि समर्पण गरेका थिए । नेपाली साहित्यको इतिहासमा यस रथारोहण महोत्सवलाई अद्वितीय तथा अभूतपूर्व घटनाका रूपमा लिइन्छ । कवि लेखकले आफ्नै जीवनकालमा यति ठूलो सम्मान पाउन सामान्य कुरा मानिँदैन । कवि शिरोमणिलाई यति उच्च स्थानमा पुर्‍याउने नव्यकाव्य ‘तरुण तपसी’ (सं. २०१०) को लोकप्रियता नै हो भन्न सकिन्छ । हुन त कविशिरोमणिले ‘ऋतु विचार’ (सं १९७३), ‘बुद्धि–विनोद’ (सं. १९७३), ‘सत्यकलि सम्वाद’ (सं. १९७६), ‘गीताञ्जलि’ (सं. १९७३), ‘लालित्य भाग–१’ (सं. २०१०) नामक काव्यकृतिहरू प्रकाशित गरिसकेका थिए । तर पनि ‘तरुण तपसी’ सदृश एकोन्मुखी नव्यकाव्य नै उनको सफलतम् रचना मानिएको देखिन्छ । लेखनाथका फुटकर कविता यत्रतत्र पत्रपत्रिकामा प्रकाशित भए पनि तरुण तपसीजस्तो सरस तथा मनोहारी काव्य अर्को भेटिँदैन । यसैले २०११ साल पौष २० गतेको असाधारण रथयात्रामा लेखनाथलाई सम्मानित गराउन ‘तरुण तपसी’ कै प्रभाव प्रबल बन्न गएको हो । ‘तरुण तपसी’ पछि कविशिरोमणिले ‘मेरो राम’ (सं. २०११) र धेरै फुटकर कविता लेखे भने अपूर्ण रूपमा रहेको ‘गंगा गौरी’ महाकाव्य पनि कृति विवरणमै उल्लेख हुने गरेको पाइन्छ । कविशिरोमणिले भर्तृहरि निर्वेद, लक्ष्मीपूजा नाटक पनि लेखेका थिए भने उनको देहावशान (२०२२) भएपछि संकलित ‘लालित्य भाग–२’ (सं. २०२५), ‘कवि शिरोमणि लेखनाथ पौड्यालक कविता’ (सं. २०४१) र ‘लेखनाथ प्रमुख कविता’ (सं. २०४६) जस्ता कृतिहरूसमेत उनैको नाममा प्रकाशित भएका पाइन्छ । कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली साहित्यका दीर्घ साधक तथा प्रौढकवि थिए भन्ने कुरा उपर्युक्त विवरणले स्पष्ट पारेको छ भने उनी हालसम्मका सबैभन्दा प्राञ्जल कवि पनि ठहरिएका छन् ।

कविको जीवन सङ्घर्ष
कास्की पोखराको अविकसित गाउँ अर्चलेमा जन्मेर गाउँघरमै रुद्री, चण्डी, अमरकोष, लघुकौमुदीजस्ता प्रारम्भिक प्राच्य विधामा अभ्यस्त भएका लेखनाथले काठमाडौंको रानीपोखरीस्थित संस्कृत छात्राबासमा बसी मध्यमासम्मको अध्ययन पूरा गरेका थिए । त्यसपछि उनले ठूलाबडा, धनीमानी, भाइभारदार र श्री ३ का छोराछोरी समेतलाई टिउसन पढाएर बाहुनचरीको दु:खी तर नैतिकतापूर्ण, अभावग्रस्त तर आत्मसम्मानयुक्त जीवन धानेका थिए । लेखनाथले अत्यन्त कडा परिश्रम गरी गार्हस्थ जीवन चलाएका थिए भने कुनै प्रकारको महत्वकांक्षा नलिई सदासर्वदा सरस्वतीको उपासना गरी नेपाली साहित्यलाई समृद्ध बनाउन कम्मर कसेर लागेका थिए । नेपाली दौरासुरुवाल, कोट, मखिबुट्टे टोपी, त्रिपुण्ड्रयुक्त ललाट, सेतो कपाल र दारी पालेका लेखनाथलाई नेपालीका ‘कवीन्द रवीन्द्रनाथ’ जत्तिकै मान्न सकिन्छ । काँधमा खास्टो र कम्मरमा पटुका बाँधेका लेखनाथलाई एउटा स्वाभिमानी, सात्विक, शान्तिप्रिय नेपाली ‘कविकुलगुरु’का रूपमा स्मरण गर्न सकिन्छ । आधुनिक नेपाली साहित्यका त्रिमूर्तिमध्ये ज्येष्ठ तथा वरिष्ठ कवि हुन् लेखनाथ पौड्याल । पहाडि गाउँबाट राजधानीमा आई आफैं सङ्घर्ष गर्दै स्थापित हुनु र त्यसमा पनि विशिष्टता र श्रेष्ठता प्राप्त गर्नु लेखनाथीय प्रतिभाको असाधारण सफलता हो । प्रकाशन सुविधा न्यून भएको त्यस (सं. १९७०–१९९१) समयमा लेखनाथले सर्वसाधारण जनमानसलाई आफ्ना कविताका माध्यमबाट प्रभावित पार्न सक्नु आफैंमा चमत्कारपूर्ण देखिन्छ । अझ काठमाडौंको दरबारी पण्डित समाजमा समेत लेखनाथले अनुकूल प्रभाव पारेका थिए, जसको फलस्वरूप राममणि आ.दि., चक्रपाणि चालिसे, पण्डित हेमराज पाण्डे, सोमनाथ सिग्देल प्रभृतिसँग उनको विद्वत्ता, शास्त्रीयता र पाण्डित्य समतुल्य मानिन्थ्यो ।

साहित्यिक परिवेश
लेखनाथलाई महाकवि कालिदासले धेरै प्रभावित पारेका थिए भने महाकवि माघ, श्रीहर्ष र भारविले समेत आकृष्ट तुल्याएका थिए । नेपालीका भानुभक्त आचार्य र शम्भुप्रसाद ढुंगेलले लेखनाथलाई प्रभावित पारेका थिए भने मोतीराम भट्टका योगदानले उनलाई अन्त: प्रेरणा दिएका थिए । राममणि आ.दी. को भाषिक अभियानबाट लेखनाथ स्वत: आकर्षित थिए भने समको विशिष्ट नाट्यकारिता र देवकोटाको विराट् काव्य प्रणयनबाट अभिभूत थिए । लेखनाथका समकालीन कवि सोमनाथ सिग्देलको पाण्डित्यपूर्ण काव्य विदग्धताबाट अवश्यै उनलाई मार्ग–प्रबोधन भएको थियो भने युग कवि सिद्धिचरण श्रेष्ठ, क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, राष्ट्रप्रेमी कवि म.वी.वी. शाह, स्वच्छन्दतावादी कवि केदारमान व्यथित, भवानी भिक्षु आदिबाट नेपाली साहित्यमा परिरहेको प्रभाव र योगदानलाई समेत कवि शिरोमणिले सकारात्मक रूपमै लिएका थिए । भीमनिधि तिवारीको सरलता, ऋद्धिबहादुर मल्लको सेवामुखी निष्ठा, सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्य र गोपाल पाँडे असीमका अनुसन्धान तथा भाषिक खोजले समेत कविशिरोमणि लेखनाथ पौडेललाई आशावादी बनाएका थिए । चक्रपाणि चालिसे, रुद्रराज पाण्डे र हृदयचन्द्रसिंह प्रधानजस्ता नेपाली गद्यका सफल प्रयोक्ताहरूले कवि शिरोमणिको विश्वासमा थप बल पुर्‍याएका थिए । गो.प., शारदा, युगवाणी, धरती, भारती, रूपरेखाजस्ता पत्रिकाले नेपाली साहित्यको विस्तारमा पुर्‍याइरहेको योगदानलाई समेत कवि शिरोमणिले आफ्नै जीवनकालमा अनुभव गर्न पाएका थिए । स्वदेशमा ‘गोरखा भाषा प्रकाशिनी समिति’ पछि ‘नेपाली भाषा प्रकाशिनी समिति’ र भारत दार्जिलिङ्गमा स्थापित ‘नेपाली भाषा प्रकाशिनी समिति’ र भारत दार्जिलिंगमा स्थापित ‘नेपाली साहित्य सम्मेलन’ जस्ता संस्थाले खेलिरहेको साहित्यिक र भाषिक भूमिबाट कविशिरोमणि अवश्य नै आशावादी देखिएका थिए । प्रजातान्त्रिक समाजको स्थापनाका लागि सम्पन्न क्रान्तिकारी आन्दोलन (सं. १९९७–२००७) का घटनाचक्रले समेत नेपाली भाषा र साहित्यलाई सम्मानपूर्ण स्थितिमा पुर्‍याएका हुँदा कवि शिरोमणिका आत्मामा एक किसिमको सन्तुष्टि उत्पन्न भएको थियो । एकतन्त्रीय रूपमा लिइनुपर्दछ । कविशिरोमणिले प्रत्यक्ष रूपमा हर्ष वा विस्मात्का अनुभूति प्रकट नगरे पनि विषाद मान्नु पर्ने अवस्था देखिँदैन । अघोषित रूपमा कविशिरोमणिले यस घटनालाई सहज रूपमा स्वीकारी प्रजातन्त्रकै पक्षमा मन:स्थिति निर्माण गरेका थिए । परिवर्तित अवस्थालाई लेखनाथले नियतिको इच्छा ठहर्‍याएका थिए भने राजभक्ति गर्ने छुट सबैलाई छँदैथियो । समग्रमा साहित्यिक र भाषिक उत्थानका प्रयासबाट लेखनाथमा आत्मसन्तुष्टि प्राप्त भएको थियो भने आफ्नो साहित्यिक उत्कर्षकालमा लेखनाथ नै साहित्यिक नेतृत्वमा पनि थिए ।

तरुण तपसीको नव्यकाव्यत्व
आधुनिक नेपाली साहित्यमा ठूलो प्रभाव पार्न सफल कविशिरोमणि लेखनाथ पौड्यालको सफलतम काव्यकृतिको रूपमा ‘तरुण तपसी’ लाई लिइएको छ । फुटकर कविताहरू पिंजराको सुगा, गौंथलीको चिरिविरी, कालमहिमा, धनमहिमा, नैतिकदृष्टान्त, सत्यसन्देश आदिभन्दा पछि धेरै चर्चित बन्न पुगेको ‘तरुण तपसी’ लाई कविले नव्यकाव्य मानेका छन् । यस काव्यलाई महाकाव्य मान्दा अनेक तर्क, वितर्क र विवाद उत्पन्न होला भन्ने आशंकाले नव्यकाव्य भनिएजस्तो लाग्दछ । पूर्वीय लक्षणशास्त्रले परिभाषा गरेझैँ यसमा धीर, शूर, वीर, प्रतापी नायक नभएको र युद्ध–वर्णन, कल्याहरणको अभाव तथा सामाजिक जीवनका आरोह–अवरोहसम्बन्धी वर्णनहरू समेत पातला भएका हुँदा महाकाव्य भन्ने जोखिम नउठाइएको हुन सक्छ । कवि शिरोमणिलाई महाकवि बन्ने उत्कट अभिलाषा त हुँदो हो तर देवकोटाका ‘शाकुन्तल’ र ‘सुलोचना’ जस्ता महाकाव्यले उनलाई झस्काइ दिएका हुन सकछन् । तसर्थ लेखनाथले तरुणतपसीलाई महाकाव्य नभनी ‘नव्यकाव्य’ भनेको पाइन्छ । ‘नव्यकाव्य’ शब्द आफैंमा अनूपम देखिन्छ । ‘तरुण तपसी’ लाई ‘नवकाव्य’ शब्दले नवीनता र मौलिकता समेत प्रदान गरेको हुँदा यो काव्य महनीय बन्न पुगेको छ । नेपाली महाकाव्य त अरू पनि लेखिएलान् तर ‘नव्यकाव्य’ हत्तपत्त भेटिँद्रनन् । महाकाव्यहरूमा प्राय: मानवीय चरित्र र कथावस्तु दिइएको पाइन्छ तर प्रस्तुत नव्यकाव्यमा वृक्षरूपी तपसीलाई नै मूल पात्र बनाइएको हुँदा नव्यकाव्य नामकरण औधि सार्थक भएको हो । वृक्षरूपी तपसीले देखेको, भोगेको र अनुभव गरेको संसारको नवीनतम चित्रण छ यस नव्यकाव्यमा ।

विश्रामगत रूपमा तरुणतपसी
सर्गगत रूपमा तरुण तपसी उन्नाइस विश्राममा फैलिएको नव्यकाव्य हो । विश्राम शब्दले सग, अध्याय, परिच्छेद, प्रकरण, प्रसंग आदिलाई बुझाउँछ । प्रस्तुत काव्यको मंगलाचरणका रूपमा ‘श्री गौरीशंकराम्यां नम:’ भनिएको छ । प्रथम विश्राममा थकित कुनै कवि विश्रामका लागि एउटा वृक्षका फेदमा पुगेका र त्यहीँ भुसुक्क निदाएका अनि सपनामा एकजना सिद्ध पुरुष प्रकट भई सो वृक्षको इतिवृत्त वर्णन गरेको कथावस्तु यसमा क्रमबद्ध रूपमा उल्लेख गरिएको छ । काव्य ज्यादै रसिलो तथा आकर्षक छ । दिव्य तपसीद्वारा सांसारिक मानव समुदायका सुख–दु:ख, आडम्बर, रुढीवाद, दमन, शोषण, धर्मकर्म तथा रीतिरिवाज आदिका विषयमा तटस्थ टीकाटिप्पणी गरिएको यस काव्यले वैचारिक र दार्शनिक रूपमा समेत संसारको आलोचना वा समालोचना गरेको छ । यस संसारलाई परमेश्वरको दिव्य रचना मानिएको तर मानव समुदायका अनेकौं कमीकमजोरीका कारण उत्पन्न भएका बेथिति, विसंगति, विशृंखलता र लोभानी, पापानीहरूले समाजलाई बिदू्रप पारिरहेका छन् । मानिस पारस्परिक सद्भाव र मैत्रीपूर्ण वातावरणबाट स्वार्थान्धपूर्ण समाजतर्फ एकोहोरिन थालेको छ । प्रकृतिले दिएको सात्विक र उदार मनोभावनालाई परित्याग गरी व्यक्तिकेन्द्री वा आत्मकेन्द्री मन:स्थितिमा पुगिरहेको मानव समाजप्रति खेदयुक्त टिप्पणी गरिएको यस काव्यले आदर्शवादी समाजको निर्माणतर्फ जोड दिएको देखिन्छ । ‘शिखरिणी’ छन्दमा लेखिएको यस काव्यले नेपाली कविता भण्डारलाई धनी बनाएको छ भने कवि शिरोमणिका प्रौढ र दिव्य कवित्व शक्तिको सार्थक प्रस्तुत गरेको छ ।

प्रथम विश्राममा ३४ श्लोक छन्, जसले काव्यको थालनी गर्दै विषयवस्तुमा प्रविष्ट गराएका छन् । कवि घुम्दै जाँदा मानिसको बसोबास नभएको विजनपथमा पुग्दछन् । लामा दिन भएको वर्षाद्को समयमा सूर्य पनि पश्चिमाकाशमा ढल्किरहेका थिए । अलिकति पर पवित्र नदी बगिरहेकी र किनारमा अनेकौं शिलाहरू देखिइरहेका थिए । यस्तो एकान्त र रमणीय स्थानमा पुगेका ती कवि पत्नीको विरह व्यथाले समेत व्यथित थिए । उनलाई तपस्या गर्ने आन्तरिक इच्छा पनि जागृत भइरहेको थियो । तपस्याका विषयमा केही लेख्न कलम समेत चलाउन लाग्दा सूर्य अस्ताए र संसार कालिमामा अनूदित भयो । कविले तपसी (वृक्ष) पुरुषलार्य देखेर आफ्ना मनमा लागेका केही प्रश्न समेत तेर्छछाए । कविले सोधे – ‘तपाईं को हुनुहुन्छ ? तपाई.को आश्रम वा कुटी कहाँ छ ?’ यी प्रश्नको उत्तरमा तपसीले भने – ‘मेरो बाबु आमा को हुन् ?’ त्यो थाहा छैन । म जहाँ जन्मेको थिएँ, अहिले पनि त्यसै ठाउँमा छु, मेरा शिरमा दुइटा चिसा र ताता बत्ती (चन्द्र र सूर्य) घुमिरहेका छन् । तिनैलाई एकोहोरो हेर्दा हेर्दै मेरो आयु बितिरहेको छ ।’

द्वितीय विश्राममा २७ श्लोक छन् । यस विश्राममा पनि तपसी (वृक्ष) आफ्नो जीवन कहानी बताइरहेका छन् –‘जन्म भएपछि खडेरीले, शीतले, बटुवाले र पशुप्राणीले मुन्टो निमोठ्लान भन्ने भय हुँदाहुँदै म हुर्किदै गएँ । वर्षाद्का जलधाराले जीवन सुखमय बन्यो, म बाँचे ।’ तृतीय विश्राममा ३६ श्लोक छन् । यसमा वृक्षरूपी तपसी बढ्दै गएका, पशुहरूले सिंगौरी खेलेका, बोक्रा उक्काएका, समय बित्दै जाँदा चराचुरुंगीले गुँड लाउन थालेका, चंगा आई हाँगामा अड्किएको जस्ता घटनालाई कथानक बनाइएको छ । चतुर्थ विश्राममा २६ श्लोक छन्, जसमा तपसीले बिताएको हिउँद्को वर्णन र बसन्त आगमनको अनुभूतिलाई समेटिएको छ । बाल्यावस्था बितेर युवावस्थामा प्रवेश गरेको अनुभव यहाँ गरिएको छ । पञ्चम विश्राममा २७ श्लोक छन् । यहाँ चुराचुरुंगीले भेला भएर सल्लाह गरेको, सिकारीले चरो मारेर लगेको, चौतारो बनाएको जस्तो विषयलाई रोचक ढंगमा प्रस्तुत गरिएको छ । षष्ठ विश्राममा ३१ श्लोक छन्, जहाँ चरीको विलाप निकै मार्मिक देखिन्छ । सप्तम विश्राममा २६ श्लोक छन्, जसमा हिंसावृत्ति छोडी दयामायामा प्रवृत्त हुने सन्देश दिइएको छ । यसैगरी अष्टम विश्राममा ३० श्लोक, द्वादश विश्राममा २८ श्लोक, त्रयोदश विश्राममा ३२ श्लोक, चतुर्दश विश्राममा २९ श्लोक, पञ्चदश विश्राममा ३८ श्लोक, षोडश विश्राममा ३२ श्लोक, सप्तदश विश्राममा २४ श्लोक, अष्टादश विश्राममा ३६ श्लोक र एकोनविंशति विश्राममा २६ श्लोक समेत जम्मा ५५१ श्लोकको यस नव्यकाव्यले नेपाली साहित्यमा गुण–गौरव कायम गरेको छ । यी सबै श्लोकहरूले वृक्षरूपी तपसीका अनुभूति समेटेका छन् ।

काव्यगत विशिष्टता
सांसारिक जीवनका मायामोह, हर्ष–विस्मात, प्रकृतिका परिवर्तन आदिलाई विषयवस्तु बनाइएको छ । अझ यस काव्यलाई श्रीमद्भगद्गीताका अर्जुन र श्रीकृष्णका बीचको सम्वाद झैं ज्ञानमार्गी बनाउन खोजिएको छ । जसरी गीतामा अर्जुनले अनेक प्रश्न गरी विषादयोग, सांख्यायोग, कर्मयोग, ज्ञानकर्म सन्यास योगजस्ता विषयमा श्रीकृष्णलाई दार्शनिक अभिमत प्रकट गर्न लगाएका छन्, तरुण तपसीमा पनि कवि (काव्यका पात्र) ले त्यस्तै प्रश्न गरी तपसी (काव्यका पात्र) लाई विभिन्न विषयमा सारगर्भित जवाफ दिन लगाएका छन् । युद्धको मैदानमा अर्जुन र कृष्णले प्रश्नोत्तर गरेको उल्लेख छ गीतामा । एकान्त वनमा वार्तालाप गरिएको छ तरुण तपसीमा । युद्धबाट निराश भएका अर्जुनलाई युद्धप्रति सदुपदेश दिएका छन् गीतामा भने तरुण तपसीमा तपसीले जीवन र जगत्का परिवर्तनका आधारमा अनुभवको समुच्चय व्यक्त गरेका छन् । कवि समक्ष् ा अठार अध्याय भएको गीतामा जस्तै तरुण तपसीमा उन्नाइस विश्राम छन् । तरुण तपसीका विश्रामलाई गीताकै जस्तो विभिन्न योगका रूपमा परिभाषित गर्न सकिन्छ । तरुण तपसी नेपाली साहित्य ‘नव्यकाव्य’ हो, जसका प्रत्येक विश्रामलाई यसरी विषय निबद्ध पार्न सकिन्छ :

प्रथम विश्राम ऽ जीवनी स्मृतियोग, द्वितीय विश्राम ऽ बाल्यस्मृतियोग, तृतीय विश्राम ऽ वयबृद्धिपतङ्ग महिमायोग, चतुर्थ विश्राम ऽ निरतिशय सौन्दर्ययोग, पञ्चम विश्राम ऽ करुणार्द्रयोग, षष्ठविश्राम ऽ विहगविरहयोग, सप्तम विश्राम ऽ आर्तीस्नेहयोग, अष्टम विश्राम ऽ परिक्लान्तयोग, नवम विश्राम ऽ निर्धनजीवनपीडायोग, दशम विश्राम ऽ संचयवृत्तिमहिमायोग, एकादश विश्राम ऽ द्रव्यसंचयप्रवृत्तियोग, द्वादश विश्राम ऽ सूक्ष्मकीट (जूनकीरी) वर्णनयोग, त्रयोदश विश्राम ऽ सामाजिकवैषम्य स्थितियोग, चतुर्दश विश्राम ऽ अन्धविश्वास प्रवर्तनकारणयोग, पञ्चदश विश्राम ऽ सुरपुर स्मरण योग, षोडश विश्राम ऽ सृष्टिस्मृतियोग, सप्तदश विश्राम ऽ परमपिता स्मृतियोग, अष्टादश विश्राम ऽ हास्योत्पत्तियोग, एकोनविंशति विश्राम ऽ मुक्तिविश्राम योग ।

तरुण तपसीको मुख्य रस शान्त र अवान्तर रसचाहिँ अद्भुत हो किनभने मनुष्यरूपी कविले प्रत्यक्ष रूपमै तपसीसँग वार्तालाप गरेको देखाइएको छ । तपसी एक प्रकारका अति काल्पनिक पात्र हुन् । मुख्यत: दृश्यमान वृक्षलाई नै तपसीको रूपमा उभ्याइएको छ । यसैले मनुष्यरूपी कवि निदाएका बेला सपनामा वृक्षरूपी तपसीसँग वार्तालाप गरिएको यस काव्यलाई विम्बात्मक र एकालापी काव्य पनि मान्न सकिन्छ ।

स्वप्नकाव्य
कथावस्तु हेर्दा कवि पात्र पत्नी विरहले व्याकुल भएर एकान्त ठाउँमा पुगी एउटा रुखमा थकाइ मागर्दा मार्दै निदाउँछन् । त्यही सपना देख्छन् र सपनाकै संसारमा तपसीसँग भेटवार्ता हुन्छ अनि विउँझदा यथार्थ धरातलमा आइपुग्दछन् । त्यसैले यस काव्यलाई ‘स्वप्न–काव्य’ भन्दा पनि अत्युक्ति हुने छैन । यस आधारमा यो स्वच्छन्दतावादी काव्य पनि हो । अत्यन्त चहकिला यी विश्रामले ‘तरुण तपसी’ को उचाइ बढाएका छन् र नेपाली साहित्यको श्रीवृद्धि समेत गरेका छन् । निश्चय नै यो नव्यकाव्य ‘कविकुलगुरु’ लेखनाथको दार्शनिक र बौद्धिक अनुशीलनको अत्युच्च अभिव्यक्ति हो । वैचारिक रूपमा यस नव्यकाव्यको परिशीलन गर्दा मानव समुदायमा विकसित कमीकमजोरीहरू, द्रव्य सञ्जय वृत्ति, चराचुरुंगीको सिकार, सम्पन्न तथा बलवान्हरूले गरिब तथा निर्धाहरूलाई गर्ने शोषण, रुढीवादी तथा अन्धविश्वासीहरूद्वारा देवीथानको स्थापना गरी पशुबलि गर्ने प्रथा, आत्मस्वार्थका लागि जेसुकै दुष्कर्म गर्ने जस्ता प्रवृत्तिप्रति असहमति जनाइएको पाइन्छ भने संसारको उन्नति वा प्रगतिका लागि परोपकार, अहिंसा, विश्वबन्धुत्व, मानवता, प्राणीरक्षा, सदाचार, धर्माचरणजस्ता कार्यहरूमा प्रवृत्त रहन सबैलाई आह्वान गरिएको छ । टाठा–बाठाहरूले सोझासाझा दुनियाँदारलाई अनेक प्रकारले दु:ख दिइरहेका छन् । तिनीहरूको निराकरणका लागि सबैले सचेत हुनु पर्दछ ।

तरुण तपसीको शब्दभण्डार
तरुण तपसी नव्यकाव्यका प्रणेता कविशिरोमणि लेखनाथ पौड्याल संस्कृत भाषाका मर्मज्ञ तथा आध्यात्मिक भावधाराका प्रयोक्ता देखिएका छन् । कवि शिरोमणिले तत्सम शब्दको प्रचुर प्रयोग गरी ‘तरुण तपसी’ लाई शास्त्रीयतावादी काव्यका स्थापित गरेका छन् भने विधाताका समर्थक वा व्याख्याताका रूपमा समेत आफूलाई प्रतिष्ठापित गरेका छन् । ‘तरुण तपसी’ नव्यकाव्यमा प्रयुक्त शब्दभण्डारको लेखाजोखा गर्दा कतिपय ठाउँमा नेपाली शब्दकै प्रयोग गर्दा पनि हुने ठाउँमा संस्कृतका तत्सम शब्दको प्रयोग गरेको पाइन्छ भने छन्द मिलाउने क्रममा कतिपय शब्दको प्रयोग चाहिँ स्वाभाविकै देखिन्छ । समग्र तरुण तपसी हेर्दा कवि शिरोमणिलाई संस्कृत तत्सम शब्दको माया अलिक धेरै लागेजस्तो अनुभव हुन्छ । यसै क्रममा विश्रामको संख्या लेख्ता पूरै संस्कृत पद पदावलीको प्रयोग गरिएको देखिन्छ । जस्तो: प्रथम (पहिलो), द्वितीय (दोस्रो), तृतीय (तेस्रो), चतुर्थ ( चौथो), पञ्चम (पांचौं), द्वादश (बाह्रौं), त्रयोदश (तेह्रौं), चतुर्दश (चौधौं), पञ्चदश (पन्ध्रौं), षोडश (सोह्रौँ), सप्तदश (सत्रौं), अष्टादश (अठारौं), एकोनविंशति (उन्नाइसौं) विश्राम शब्दको प्रयोग गरिएको छ । मंगलाचरणमा पनि श्री गोरीशंकरम्यां नम: (श्री गौरी र शंकरलाई नमस्कार) जस्तो विशुद्ध संस्कृत पदावलीको प्रयोग भएको देख्ता सुरुमा कविले संस्कृतमै ‘नव्यकाव्य’ लेख्ने विचार गरेको अनुमान गर्न सकिन्छ । त्यसपछि, केही सरल, केही प्रसिद्ध र केही क्लिष्ट तत्सम शब्दको प्रयोग गरिएको देख्ता ‘तरुण तपसी’ असंस्कृतज्ञहरूका लागि कठिन र अस्वादुकाव्य बन्न सक्ने पनि देखिन्छ । संस्कृतज्ञहरूले तरुण तपसीबाट जति स्वाद, आनन्द र काव्यानन्द लिन पाउँछन्, अंग्रेजी पृष्ठभूमि भएका विद्वान्हरू त्यति नै रसास्वादन लिन असमर्थ होलान् भन्ने लाग्दछ । त्यसको मुख्य कारण तत्सम शब्दकै प्राचुर्य हो ।

विश्रामगत रूपमा तरुण तपसीमा प्रयुक्त क्लिष्ट वा विशेष द र पदावलीको फेहरिस्त (सूची) निकै लामो देखिन्छ । जो यसप्रकार छ : – दिनकर (सूर्य), गगन तलमा (आकाशमा), विजन पथ (शून्य बाटो) पादपमनि (रुखमुनि), उपवन (बगैंचा), पुण्य–सलिला (पुण्य प्रदायिनी क्रियाशील पवित्र नदी), तट–निकट (नदी किनाराको छेउ), शिला (ढुंगो), सरस (रसिलो), देव–सविता (सूर्य देवता), कान्ताजनविरह (पत्नीको विछोड), जलधि (समुद्र), मलिनिमा (कालिमा), परिधि (घेरो), घनपटल (मेघरूपी पर्दा), नील (नीलो), कवरी (चुल्ठो), सन्ध्या–रमणी (साँझरूपी नायिका, नारी, युवती), तपस्वी (तपस्या गर्ने ऋषि), तप (तपस्या), पृथ्वीतलमा (पृथ्वीमा), चादर (च्यादर, ओढ्ने), रंग–रस (आनन्दयुक्त रस), छवि (शोभा), निमिष (आँखा झिम्क्याउँदा लाग्ने छोटो समय), तम (अन्धकार), व्याकुल (छट्पटिएको दु:खी अवस्था), हुचिल–रव (हुचिल नामक चराको आवाज), क्रन्दन (दु:खपूर्ण पुकारा), विकल (दु:खी), विधवातुल्य (विधुवासरह), रजनी (रात), तारामय (तारै–तारायुक्त), भूषण ( गहना), निविड (गुँड), मालिन्य–पट (मलिन पर्दा, विकटतम (अप्ठ्यारोभन्दा अप्ठ्यारो), घनघटा (बाक्लो मेघ पी घैटो), भुवनभर (संसारभरि), तस्कर–छटा (लुकामारी वा बदमासीको लहर), शैल (पर्वत), विश्व–विलय (संसार नै समाप्त हुने), शयन (ओच्छ्यान), कष्ट–रजनी (दु:खपूर्ण रात), दहराऽऽकाश (सानो आकाश वा हृदयको लघु अंश), अमर–पदवी (स्वर्गसदृश वा देव सदृश स्थान), दिव्य–सुषमा (स्वर्गीय सौन्दर्य), निमिषभर (एकैछिन), जलद (मेघ), द्यावा–पृथ्वीमय (आकाश र पृथ्वी), विषय–सुख (वासनारूपी सुख), शतगुणा (सयौं गुना), निष्कञ्चनपना (कलंकरहित स्वच्छ, धमिलोपन नभएको), अमृतकर (चन्द्रमा), प्रभा (कान्ति, ज्योति, प्रकाश), आलोक–लव (प्रकाशको कण), तदपि (त्यसो भए तापनि), नभ (आकाश), सुधा (अमृत), सीकार (सानो जलकण, पानीका मसिना दाना वा थोपा), मञ्जु–लहरी (सुन्दर लहर, तन्मय (त्यसैमा मिल्नु), इयत्ता (यतिमा), निरतिशय (अत्यन्त धेरै), तादात्म्य (त्यसैमा एकाकार), तृष्णा–तरल (तृष्णाको कारणले चञ्चल), विधि–वश (संयोग वश), पद (खुट्टा, बाहु (हात), उदर (पेट), उर (छाती), दीर्घ (लामो), वसन (कपडा), तन (शरीर), बल्कल (रुखका बोक्रा), विषय–रस (वासनारूपी स्वाद), नयन–युग (दुई आँखा), नियति–गति (भाग्यको गति), करयुगल (दुवै हात), एकाकी (एक्लै), पुरी (पुर्ने कार्य वा नगर), मेदै (बोसो), दनुज (राक्षस), तारा–जडित (ताराहरू जडिएको), चेला–चाटी (शिष्य समूह), छादन (ढाकिएको), चरण (खुट्टा), तुम्बा (जोगीको एकखाले कमण्डलु), गेरु–कपडा (पहेंलो वस्त्र), चिपिया (जोगीकै साजबाज), छाला (मृगको छाला, (झकडा (झोली भिर्ने त्यान्द्रो कपडा), टण्टा (झण्झट) त्राटक (एकटकले हेरिरहने क्रिया), जस्ता पद–पदावली प्रथम विश्राममा पाइन्छन् ।

सम्थर (समतल भूमि), सूक्ति–माधुरी (राम्रा उक्तिका सुमधुर वाणी), शून्यात्मा (आत्मा शून्य भएको), शिथिल (कमजोर), अशरण (कतै शरण नपाएको), विषय–विष (वासनारूपी विष), चतुर–विधि (चलाख विधाता), सन्तति (सन्तान), भोग्य–विभव (अहंकार), पीयूष (अमृत), लता (लहरा), चिति (ज्ञान), धरणी (पृथ्वी), वय (उमेर), शठ (मूर्ख), कालोपम (कालजस्तो, कालसदृश), कुटिल (दुष्ट), विजयोन्माद्–जनित–प्रताप–ज्वाला (विजयको उन्मादबाट उत्पन्न दब्दबायुक्त तेज), किरण–श्रेणी–खचित (प्रकाशका तहले युक्त भएको), दुर्दर्श (हेर्नै कठिन हुने), ग्रहपति (सूर्य), विकट (कडा), मध्य–नभ (बीच आकाश), रवि–किरण (सूर्यका रश्मि), काया (शरीर), घन (मेघ), पवन (हावा), सन्तप्त (दु:खी), निशा (रात्रि), दिवसभर (दिनभर), दाह–शमन (पोलेकोमा शान्ति), जीवन–बल (बाँच्ने शक्ति), अधमरा (अध्र्दमृत ऽ आधा मरेका), भाग्योदय–विधि–विधाता (भाग्यको उदय गराउने दैवरूपी सृष्टिकर्ता), विजय–नगरा (विजयका बाजा), कृष्णाऽऽत्मा (कालो मन भएको), शोकाऽऽकुल (शोकले विव्हल भएको), तखतमा (तह–तहमा), चारु (सुन्दर), घन–पटल (मेघ रूपी पर्दा), परवश (पराधीन), जलद–घट (मेघरूपी घडा), बृद्धि–विभंव (ऐश्वर्यको अभिवृद्धि), मधुरतम (मीठोभन्दा मीठो), जीवन–सुधा (जीवनरूपी अमृत), वसुधा (पृथ्वी), मुख–शोभा (अनुहारमा विकसित सौन्दर्य वा कान्ति) सुक्ति–धारा (सुन्दर वाणीको प्रवाह) आदि द्वितीय विश्राममा पाइने विशिष्ट पद पदावली हुन् ।

मुनि–वाक्य–माधुरी–मुहुनी (मुनिका वाक्यमा रहेको मिठासयुक्त मोहिनी), ग्रीष्म–ज्वाला (गर्मीको राप), तुहिन–गिरि (हिमालय पर्वत), सर (तलाउ), तटिनी (खोलाको किनार), विमल (स्वच्छ), पेटू (खन्चुवा), कीट (कीरा), घात (प्रहार), खल (मुर्ख), उकुच् (घाउ), सूच (पीप), नियति (भाग्य–विधाता) पर–हित–महामन्त्र–जप (अर्काको हितका लागि जपिने महामन्त्र रूपी जप), यद्धा (अथवा), दीक्षा–विधि (दीक्षित गर्ने अनुष्ठान), तीव्र (तीखो, बेगवान्), पर–पीडा (अर्कालाई दु:ख), घोर (डरलाग्दो), फजिती (कष्ट), रगड (धक्का ढेस्सा), पुर्लुङ्ग (खुसुक्क), किशोरावस्था (किशोर अवस्था), धृति (धैर्य), उपाधि–ज्वाला (आन्तरिक पीरको आगो), प्रणय (प्रेम), कलरव (आवाज निकाल्दै), निहारी (हेरेर), गम (चिन्तन), श्रुति मधुर (सुन्दै आनन्द लाग्ने ध्वनि), घचिलो (घच्च दिने, ठेल्ने, दु:ख दिने), पथिक (बटुवा), कटु–रव (तीतो बोली वा नमीठो आवाज), नीति–चतुरा (नीतिमा चंख), जटा–मण्डल (जटाको समूह), रुचिकर (सुन्दर वा मिठास पूर्व), गगनतल–चुम्बी ( आकाशलाई चुम्बन गर्ने वा छुने), रसिक–गुरु (रसिला गुरु), गन्धर्व–सरह (स्वर्गका गन्धर्वजस्तै), वय–मधुरिमा ( उमेरसँगै बढ्ने मिठोस) कौतुक (उत्कण्ठा, जिज्ञासा), सुर–संगीत–लहरी (देवताद्वारा गाइने संगीत वा अत्यन्त मीठा गीतको लहर), अन्त:करण (हृदय, अन्तर्मन), दिव्य–सुषमा (अलौकिक सौन्दर्य), चटुल (चञ्चल वा चंख), चिडिया (चरा), ललित–गति–शोभा (सुकोमल गतिबाट उत्पन्न सौन्दर्य), क्षणिकतम (एकैछिनको मात्र), उत्थान–पतन (उन्नति र अवनति), तरलतम (अत्यन्तै चरल), केली (खेल), दर्पण (ऐना), मण्डल (समूह, घेरा) विवेकाऽऽलोक– श्री (विवेकको आलोकबाट उत्पन्न सौन्दर्य), मन्दमति (थोरै बुद्धि), तम–जलधि (अज्ञान–अन्धकारको समुद्र), सूक्ति–निस्यन्द (राम्रा कथनको धारा), मौनभावाऽभिराम (चूपलाग्दा देखिने सौन्दर्य) आदि तृतीय विश्राममा पाइने विशेष पद–पदावली हुन् ।

यसरी कविशिरोमणि लेखनाथ पौड्यालले काव्य सौन्दर्य उत्पन्न गराउन एकल दुई, तीन, चार शब्दसम्मलाई समस्त रूपमा प्रयोग गरेको देखिन्छ भने कतिपय शब्दलाई भिन्न–भिन्न र्थमा मिश्रण गरी प्रस्तुत गरेको पाइन्छ । तरुण तपसीका अन्य विश्राममा रहेका पद–पदावलीहरूको फेहरिस्त पनि लामै देखिन्छ । जस्तो: पतंग (चंगा), उषा (बिहानी), एवंरित्या (यसै क्रमले), अविदित (थाहा नभएको), कोप–वश (क्रोधले), मदारी (चटक देखाउने), दिन–श्री (सूर्य), दस्युजन (दुर्जन वा चोर डाकाको समूह), उपचय–कला (भेला पार्ने वा संचय गर्ने प्रवृत्ति), सविता (सूर्य), तुहिन (शीत), अमरपुर (स्वर्गरूपी नगर), मरण–भय (मृत्युको डर), ग्रन्थि (गाँठो), विचारज्योत्स्ना (विचाररूपी किरण), शीतोष्ण (चिसो र तातो), परहित–महामन्त्र–जप (अर्काको हित हुने महामन्त्रको जप) विस्तीर्ण (फैलिएको), धरणी (पृथ्वी), शैलश्रेणी (पर्वतहरूको लहर), उभयतिर (दुवैतिर), दीर्घसरणी (लामो बाटो), तटिनी (नदी), शीतोष्ण–प्रभृति (चिसो तातो आदि), कौतकु (उत्कण्ठा), तरुण–तम (युवावस्था), बसन्त–श्री (बसन्त ऋतुको शोभा), सुर–नगरी (स्वर्ग), धरित्री (पृथ्वी), सुनहरी (सुनौला), मञ्जुल (कोमल वा सुन्दर), भावोदय (सरस भावको उदय), सुख–सौन्दर्य–लहरी (सुखरूपी सौन्दर्यको लहर), तरु लता (रुख र लहरा), प्रणय–रस (प्रेमपूर्ण रस), निर्मल (स्वच्छ), चपल (चञ्चल), अञ्चल (आँचल) आदि पद–पदावली चतुर्थ विश्राममा प्रयुक्त छन् ।

यस्तै वचनामृत (वचनरूपी अमृत), निश्चल (स्थिर), स्मित–किरण (मुसुक्क हाँस्ता देखिने उज्यालो), ओष्ठ–पुट (ओठरूपी दुनो), कमल–दल (कमलको बेर्ना), दिवसमणि (सूर्य), वदन (मुख), रुचिर (सुन्दर), आलोक–लहरी (प्रकाशको लहर), धीर (धैर्य), विलयतक (संहार समय), कल्याण–व्रत–विषय ( कल्याण गर्ने ब्रत सम्बन्धी विषयमा), प्रणय–सुख (प्रेमबाट उत्पन्न हुने आनन्द), मौनी (नबोल्ने), रवचित (थुप्रिएका), शीताऽऽतप (चिसो र तातो), रस–बल (रस र बल), मधुरिमा (मीठोपन), घन–सम (मेघतुल्य), भुज (हात), बिहग–कुल (चराचुरुंगीको समूह), किन्नर–गुरु (किन्नर जातिका गुरु), विधि–विहित (अनुष्ठानपूर्वक सम्पन्न), देवालय (मन्दिर) लीला–रसमय (सरस लीलायुक्त), अतुल (तुलना गर्न नसकिने), विश्रान्ति (बिसाउने ठाउँ), अभय (डर नलाग्ने), तिथि (पाहुना), बान्धव (दाजुभाइ), सहचर (सँगै हिँड्ने साथी), परिजन (स्वजन, आफन्त), भुवनभर (संसारभरि), सर्वोत्तम (सबैभन्दा उत्तम), कण्ठ (घाँटी), स्वर (ध्वनि, आवाज), चञ्चुपुट (दुवै चुच्चा), छनक (आभास), नचरी (नर्तकी नृत्ययुक्त), परमाऽऽनन्द (अतिशय आनन्दयुक्त), विहग (चरा), हतमति (बुद्धि बिग्रेको वा दुष्ट बुद्धि भएको), हतभागी (भाग्य बिग्रिएको), संहारी (संहार गर्ने), रव (आवाज वा स्वर), कैलास–सदन (कैलासरूपी घर वा शिवजीको निवास भएको घर), त्रिनयन (तीन आँखा भएका शिवजी), रुदन (रुवाइ), क्रन्दन (पीडायुक्त प्रार्थना वा पुकार), अमर–कृत (स्वर्ग सदृश बनाइएको), भय–चकित (डरले छक्क परेका), बध (हत्या), अश्रुधारा (आँसुका धारा) आदि पद–पदावली पञ्चम विश्राममा छन् ।

माथि उल्लेख भएका बाहेक षष्ठ विश्राममा प्रयुक्त तत्सम पद–पदावलीको सूची यस्तो छ :

करुणामय (दयाले पूर्ण भएको), तन (शरीर), उदरमय (पेट तुल्य), दुर्भर (दु:खले भर्न सकिने), दरी (समुद्र), सरलमति (सोझो बुद्धि भएको), कटु–फल (तीतो फल), सदयता (दयाले युक्त वा सदाशययुक्त), परुषता (कठिनता), तृष्णावश (तिर्सनायुक्त भई), अहिंसा–ब्रत (कसैलाई नमार्ने संकल्प), ब्याघ्र–प्रभृति (बाघ वा ब्याधा जस्तो), विटप (वृक्ष), वृथा (व्यर्थ), कुसुमकली (फूलका मुना), प्रणयपुर (प्रेम नगरी), भाग्य–सदन (भाग्यरूपी घर), श्रुति–विवर (कान), दुर्नियति (दुर्भाग्य), वंश–बिरुवा (वंशको टुसो), औताई (चिसिई), प्रणय–पुतली (प्रेमार्द्र विरहिणी चरी), प्रलय (विनाशकारी दुर्घटना), बृथा (व्यर्थै), प्राण–पवन (प्राणरूपी हावा), कुपित (रिसाएको), क्रूर (रिसाएको), कर–युगल (दुवै हात), पातक (पाप), पारसमणि (इच्छाअनुसार फल दिन सक्ने मणि), भव–जलधि (संसाररूपी समुद्र), कुरुपि (नराम्रो मनसाय), जडमति (दुष्टमति, मूर्ख बुद्धि), प्रेत–नगरी (प्रेतात्मा बस्ने सहर), कपट–पटु (कप्टयाइँमा चतुर), आर्त (दु:खी), महासिन्धु (संसाररूपी ठूलो समुद्र) ।

यसैगरी सप्तम विश्राममा पनि प्रशस्त विशेष पद–पदावलीहरू छन्, जस्तो: – बधिक (मार्ने वाला), त्रास (डर), कुरुचि (कृत्यसत वा नराम्रो रुचि), श्रवणपुट (कान), सरिगम (संगीतका स्वर), गगनगंगा (आकाशरूपी गंगाजी), अनासक्त (कुनै आसक्ति नभएको), अर्धेन्दु (आधा चन्द्रमा), शुचिता (पवित्रता), सेचन (छर्कने क्रिया), वासरमणि (सूर्य), कलना–तुल्य (ज्ञान, विवेकसदृश) ।

यसैगरी अष्टम विश्राममा प्रयुक्त विशेष पद पदावलीको सूची यस्तो छ : – विधि–विहित (दैवद्वारा सम्पन्न), जगद्धात्री (संसारकै धारणा गर्ने देवी), बटोही (यात्री), तमक (हप्काइ दप्काइ गर्ने), पुरवासी (सहर निवासी), अस्ताऽचल (सूर्य अस्ताउने पर्वत), जठर (पेट), हर (शरीर शिव), घुरणा (धुर्ने क्रिया), दीर्घ–रजनी (लामो रात), तम (अँध्यारो, अरूण (राता), दिवसकर (सूर्य), स्मित (मुसुक्क हाँस्ने क्रिया), चपल (चञ्चल), उषा (प्रभात), दिवसपति (सूर्य), रोदीमय (सिम्रिकजस्तो रातो), नट (नटुवा), नीराजन (परमेश्वरको आरती), चञ्चूपुट (दुई चुच्चा), उदयगिरी (सूर्य झुल्कने पर्वत), अनुनय (प्रार्थना), धरा (पृथ्वी) ।

यसैगरी नवम विश्राममा प्रयोग भएका विशेष पदपदावली यस्ता छन् : – ओष्ठ पल्लव (दुई ओठरूपी पालुवा), वाक्य–सुधा (वाक्यरूपी अमृत), आलोकन (प्रकाशन गर्नु), द्रव (झोल), दन्त (दाँत), मृति (मृत्यु), कन्था (धेरै टालेको कपडा), आलोकन (प्रकाशन गर्नु), द्रव (झोल), दन्त (दाँत), मृति (मृत्यु), कन्था (धेरै टालेको कपडा), लिपिटो (टुक्रो), नयनयुग (दुवै आँखा), कर (हात), चरण (गोडा), सदन (घर) अनुकरण (नक्कल), क्षुधा (भोक) ज्वलित (बल्दो), लय–समय (विलय हुने समय), बिम्बित (झल्कनु), जीवन्मृत (जीवन र मृत्युको दोसाँध), स्तन्य–रस (दूध वा तरल रस), खचित (संचित), कृमि (कीरा), जीवाऽऽत्मा (जीवित प्राणी), घट (घैंटो), इतर (भिन्न), कारुण्य (करुणाको भाव), मत्र्य–मन (मानिसको मन), शकल (आवरण वा टुक्रो), कृश–बल (थोरै बल भएको), कुत्सित (नराम्रो भावनाद्वारा प्रेरित), बसुमती (पृथ्वी), परपीडा–हरण (अर्काको दु:ख हरण गरिदिने), तर्क–लहरी (तर्कका लहर) ।

दशम विश्राममा आएका विशेष पद–पदावली यस्ता छन् :

मौन (चुप लाग्ने), समाधि–भावना (समाधिमा लाग्ने भाव), अमृत–द्रव (अमृतरूपी झोल), कर्ण–पावन (कानलाई पवित्र पार्ने काम), खाद्य (खानयोग्य पदार्थ), सदम (दयाले युक्त), मन्द (कमजोर), शोक–दहन (शोकरूपी डाहा), उदरगत (पेटसम्बन्धी) रुद्राऽनल (डरलाग्दो आगो), जीवन–कलि (जीवनरूपी लहरा), जनि (कृपा), सकस (अप्ठ्यारो), ललिताऽकार (सुकोमल आकार), तृप्ति–रस (सन्तुष्टिबाट उत्पन्न हुने झोल), सुषमा (सौन्दर्य), मुग्ध (मक्ख), रौनक ¬(आभा, कान्ति), दिवस–रजनी–चक्र–चटक (दिउँसो र रातिको समयरूपी चक्का चलाउने जादु), कलह (झगडा), खलबल (हल्लीखल्ली), पटु (चंख), महकमय (सुवासयुक्त), सदावर्त (सबैले अधिकारपूर्वक खान मिल्ने भोज्य पदार्थ), अशनरुचि (खाने अभिरुचि), जठर (पेट), सञ्चय (भेला पार्नु), अपच (पच्न नसक्ने), कृपण–विधि (लोभबाट उत्पन्न हुने प्रक्रिया), अशान्ति–ज्वाला (अशान्तिबाट उत्पन्न हुने झगडा वा आगो), मधुमक्खी (मौरी), व्याधि (सरुवा रोग), अवनति (अधोगति तिर लाग्नु), विवर (दुलो), बखडा (अत्तो थापेर झगडा गर्नु), नरकमय (नरकजस्तो), सुरसा (ठूलो मुख बाउन सक्ने राक्षस्नी), भस्म–भवन (खरानीले भरिएको घर), अनलमय (अग्निजत्तिकै), अमरपुर (स्वर्गरूपी नगर), उदर (पेट), श्रुति–युग (दुवै कान), पीयूष–धारा (अमृतको धारो वा स्रोत), मुनिवर (तपसी) ।

एकादश विश्राममा प्रयुक्त विशेष पद–पदावलीको सूची यस्तो छ : मुख–चन्द्र–माधुरी (मुखरूपी जुनबाट उत्पन्न मिठास वा सरसपन), शीतल–ध्वनि (चीसा वा सरस वाणी), हृदय–दह (हृदयरूपी पोखरी), तर्क–लहरी (तर्कका लहर), छतिपति (मानमर्यादा), लगुड (लौरो), पत्थर (ढुंगा), निरूपण (उपमा दिन नसकिने), छुकुनी (धुले अचार), कर–किसलय–च्छेदन (मुलायम हाँगाहरू भाँच्ने वा छुट्याउने क्रिया), प्रकृति करुणा–प्राप्त (प्रकृतिद्वारा दया राखी प्राप्त भएको), काया (शरीर), विपद (दु:ख), पीडा (दु:ख), भोज्य–विभव (पर्याप्त खाद्य सामग्री), विनिमय–कला (किनबेच गर्ने कला), पीडा (दु:ख), भोज्य–विभव (पर्याप्त खाद्य सामग्री), विनिमय–कला (कनबेच गर्ने कला), प्रज्ञा–बल (बौद्धिक शक्ति), ममता–ग्रन्थि (मोहान्धता), शुचिता (पवित्रता), स्वाहा (समाप्त पार्ने), विषमता (विभेद गर्ने), हालाहलमय (अत्यन्त कडा विषजस्तो), विलय (विलीन हुने), अहिफेन (सर्पको विष), गम्य–पथ (गन्तव्य मार्ग), मत्र्य (मनुष्य), कलुष (दोष), चातुर्य–दह (चतुरताको पोखरी), सयल (मोज), तमक (तामसीपन), हठ (घमण्ड), गर्व–गुरुता (गर्वबाट उन्मत्त), अहन्ता (अहंकार), दम्भ (घमण्ड), जहर (विष), पंकज (हिलोमा फक्रिने कमल), दैवी–सम्पद–गुण–मधुरिमा (दैवबाट प्राप्त सुन्दर गुणयुक्त माधुर्य), शापै (सराप), सनिधन (मृत्युको कारण), शस्त्राऽस्त्र (शस्त्र र अस्त्र), कालाऽनल (कालरूपी आगो), विकट (डरलाग्दो वा अप्ठ्यारो), निधि (खानी), अभयपद (निर्भयत्व) ।

द्वादश विश्राममा पनि कवि शिरोमणिले प्रशस्त विशेष पद–पदावलीको प्रयोग गरेका छन्, जुन यसप्रकार देखिन्छन् :– तपोवन (तपस्या गर्ने वन), भुवन (लोक), निबिड गुँड), तम–जलधि (अँध्यारोरूपी समुद्र), वैषम्य–स्थिति (विषमताको परिस्थिति), बहुधा (धेरैजसो), किरण–कणिका (सानो प्रकाश), विपुल (प्रशस्त), विशद (विस्तृत), द्युति (आभा), धृति (धैर्य), आलोक–कणिका (सूक्ष्म प्रकाश), दुर्भेद्य (फुटाउन नसकिने), मधुरिमा (मिठास वा माधुर्य), तम–विच्छेदन–विधि (अन्धकार चिर्ने प्रक्रिया), गगनपथ (आकाशमार्ग), आलोकित (प्रकाशित), दिनमणि (सूर्य), शशी (चन्द्रमा), चपल (चञ्चल), दुर्भाव (नराम्रो विचार), सूक्ति–निस्यन्द (सुन्दर वाणीको धारा) ।

त्रयोदश विश्राममा प्रयुक्त विशेष पद–पदावली पनि हेरौं : शीताऽऽतप (चीसो र तातो), दुरासा (नराम्रो आशा), तृष्णामय (तिर्खायुक्त), मल–मलिन (मयलबाट नियास्रो भएको), हर (शरीर), ज्ञान–गठरी (ज्ञानको पोको), घनधवल (परिश्रमबाट प्राप्त सेतो धन), कौवेर (धनका मालिक कुवेर सरह), रक्तकणिका (राता रगतका थोपा), दिवस –विधु (दिउँसोका चन्द्रमा), अड्वे–खड्वे (अब्डयाङ् खब्डयाङ् परेको वा नमिलेको जग्गा), कँटिलो (काँट अथवा छेउ), तटी (किनार), धरा–स्पर्श (पृथ्वीको स्पर्श), दुर्भाग्य–गुटिका (भाग्य बिग्रेर उत्पन्न भएको फोको), मुदित (प्रसन्न), श्रम–जलधि (परिश्रमरूपी समुद्र), शठ–जठर (पेटरूपी कमजोरी वा आगो), शुष्क (सुकेको, विश्रान्तिकारी (थकाइ मार्ने) ।

चतुर्दश विश्राममा आएको विशेष पद–पदावली यी हुन् :– तपोधन (तपस्यालाई नै धन मान्ने तपस्वी), मुख–पद्म (मुखरूपी कमल), पावन (पवित्र), मकरन्द (भ्रमर), गोप (गोठाला), कटि (कम्मर), सिन्दुराऽक्षत (सिंदुर र अक्षता), पुष्पाञ्जलि (फूल लिएर हात जोड्ने प्रक्रिया), पूजन–कला (पूजा गर्ने विधि), पटु–पुरुष (चलाख व्यक्ति), मद्य (रक्सी), पद (पाद, खुट्टा), भूमे (भूमिका देवता), बाराही (देवीको नाम), यक्ष (प्राचीन मनुष्यको जाति)भैरव (भैरव देवता), आत्मबल (पहेंलो कपडा), पद्माऽसन (पलेंटीमारी बस्ने योगासन), बुध (विद्वान्), उदित (उदाउनु), श्रुति–विहीन (वेदद्वारा निर्दिष्ट), उग्र–पतन (डरलाग्दो अधोगति), भाग्योदय–सम (भाग्यको उदय तुल्य), सद्धर्म (राम्रो धर्म), यम (नियम), दम (दया), शम (शान्ति), ग्लानि (मानसिक पीर), कटुता (त ीतोपन), धर्म–पटुता (धार्मिक चतुरता), अस्तोन्मुख (अस्ताचलतर्फ फर्केको), गहनगति (गम्भीर गति लिएको), अन्धविश्वास–शाली (अन्धविश्वास मान्ने) ।

पञ्चदश विश्राममा पनि प्रशस्त विशेष पद–पदावलीको प्रयोग भएको छ । जस्तो: प्रतिक्षण (प्रत्येक छिन), विलक्षण (विशेष लक्षण युक्त), नीरवता (शान्ति), स्थविर (जोनी, भिक्षु), जडवादीपन (मूर्खपन), नील–परिधि (नीलो घेरा), संक्रमण–विधि (सर्ने प्रक्रिया), चुनरी (चुना–चुना परेको), चपलनयना (चञ्चल आँखा भएकी), विद्याधर–युवक (किन्नर युवा), युरयुवती (स्वर्गका युवती), विद्युल्लेखा–ललित (विद्युत्बाट उत्पन्न सुन्दर र कोमल रेखा), उन्मद (उन्मादयुक्त), विर्खेर्दै (छर्दै), स्पर्श–सुख (छुँदा प्राप्त हुने आनन्द), बसन्त श्री (बसन्त ऋतुको शोभा), वन्य–श्री (वनको शोभा), चन्द्र–ज्योत्स्ना–धवल (चन्द्रमाका सेता किरण), रत्न–द्युतिमय (रत्नका आभायुक्त), रक्षो–भूत (रक्षा गर्नुपर्ने), वनिता (महिला), ज्योतिर्धारा (ज्योतिको प्रवाह), शशधर (चन्द्रमा), सुर–कुसुम (स्वर्गमा पाइने फूल), नयन–शर (आँखारूपी तीर), कुसुम–धनु (फूलको धनु), मदन (कामदेव), ताण्डव (विशेष नृत्य), उपसुर–परी (स्वर्गका नजिक रहेको अर्को स्वर्ग सदृश सहर), निहारी (हेरेर), कुसुम–कलि (फूलका थुँगा), षट्पद (भ्रमर), तडिल्लेखा (बिजुली), त्वरित–गति (छिटो हिँड्ने), संकल्प–रथ (संकल्पयुक्त रथ), वितत (फैलिएको), निरूपम (उपमा दिनै नसकिने), शीता (चिसो), शु–कर (सुँगुर), लता–कुञ्ज (लहराको कुञ्ज), कुँवरी (कुमारी), राम–रमिता (आनन्दमयी उत्सव), स्वर्गंगाजल–उचित (स्वर्गको गंगाजलद्वारा निर्मित), क्रीडावापी (खेलरूपी कुवा), मणिशिला–शैल (मणिकै ढुंगारूपी पर्वत), कुुसुम रस (फूलको रस), कल्पतहरू (इच्छा माफिक फल दिन सक्ने रुख), व्याधि (सरुवा रोग), जनन (उत्पन्न), शान्ति–सरिता (शान्तिरूपी नदी), पौर (सहरवासी), सुरभि (सुगन्धित बास्ना), विषय–सुख ( वासनारूपी सुख), निर्जर (बूढ्यौली नभएको), विद्वेष (झगडा), दुर्दोष (नराम्रो दोष), कटु वचन (नराम्रो बोली), उष्ण (तातो), दम्भी (घमण्डी), धनपति (कुवेर), गर्हित (त्याज्य), श्लोक–युगल (दुईवटा सिलोक), भावैक (एउटै विचार), मौन (चुप) ।

षोडश विश्राममा प्रयुक्त विशेष पद–पदावली यस्ता छन् : परिपाक–गौरव (परिपक्वतामा उन्नत), अमिरी (सम्पन्नता), जीर्ण (टालेको वा टुटे फुटेको वा पुरानो, थोत्रो), गिरि (पर्वत), साऽऽनन्द (आनन्दयुक्त), नवीना (नयाँ), श्याम (काला), ललिताऽऽकार (सुकोमल आकार), मृदुल (कोमल), प्रमुदित (प्रसन्न), निशानाथ (चन्द्रमा), मुखमलिनता (मुखमा देखिएको शलिनता), कुमुदिनी (राति फुल्ने कमल), रौप्य–कलश (चाँदीको कलश), त्रिया (रात्रि), प्रमद–जननी (घमण्डीकी खानी), पाणि–ग्रहण (हात स्वीकार्ने कार्य वा विवाह), दुर्दिन (खराब दिन), रजत–घट (चाँदीको घैंटो), चञ्चु–चपल (चञ्चल–चुच्चो), चकोर –श्रेणी (चखेवाको लहर), उत्प्रेक्षा (उत्प्रेरणात्मक हेराइ), भूषण (गहना), विस्तीर्ण (फराकिलो), गोरोचन (गाईबाट उतपन्न रउँजस्तो पदार्थ), सोमाऽऽनलमय (चन्द्रमाका तापबाट उत्पन्न), महादीपक (सूर्य र चन्द्ररूपी बत्ती), निरवधि (सबै समय), सिन्धु (समुद्र), चिति (ज्ञान वा सत्य), शान्ति–पीयूष (शान्तिरूपी अमृत), वृष्टि (वर्षा), श्रुतियुग (दुईकान) ।

सप्तदश विश्राममा प्रयुक्त विशेष पद–पदावली पनि निहारौं :
शान्ति–सुधा–सरोवर (शान्तिको अमृतरूपी तलाउ), अविदित (थाहा नपाएको), चिति–चमत्कार (ईश्वरीय ज्ञानबाट उत्पन्न आश्चर्य), क्षरमय (नाश हुने), विरति (विनष्ट आनन्द), काव्य–कलना (काव्यरूपी ज्ञान वा संरचना), चमत्कार–सुषमा (आश्चर्यजनक सौन्दर्य), भावोदय (भाव वा रसको प्रादुर्भाव), काव्य–पटुता (काव्यको चातुर्य), तितीक्षा (सहनशीलता वा त्याग), वाञ्छा (इच्छा), गतरुपि (आकांक्षा समेत समाप्त भएको), रज (रगत), मिलिन्द (भ्रमर) ।

अष्टादश विश्राममा प्रयुक्त पद–पदावली यी हुन् :
नभोगंगा (आकाशरूपी गंगा), ग्रहगण (ग्रहको समूह), जलधि–घट (समुद्ररूपी घैंटो), कालो वसन (कालो कपडा), निहारी (हेरेर), तरुण–घन–लीलावश (मनोहारी वा युवा मेघको लीलाको वशमा परेर), धरा (पृथ्वी), लता (लहरा), कुसुम–रस (फूलको रस), सौरभ (सुगन्ध), घना (बाक्लो), बिदिशा (चारै दिशा), दन्तद्युति (दाँत टल्कँदा उत्पन्न भएको आभा), तुहिन (हिम), दरी (गुफा), बाहु–लहरी (हातरूपी लहर), नखरी (नखरा पार्ने युवती, कृमितक (मसिना कीरा सम्म), पलक (आँखाको ढकनी), भोगाऽऽशा (भोग गर्ने आशा), अनल (आगो), जरा (बृद्धत्व), शठ (मूर्ख), वितत (फराकिलो), विलय–विधि (विनाश प्रक्रिया), चिदानन्दजलधि (परमेश्वर प्राप्तिको आनन्दबाट उत्पन्न प्रसन्नतारूपी समुद्र), परमानन्द–मदमा (परम–आनन्दको मस्तीमा), अनुशय (पश्चात्ताप) ।

एकानोविंशति विश्राममा प्रयुक्र विशेष पद–पदावली पनि मननीय छन् : अगणित (गन्नै नसकिने संख्याका), वान्धव (दाजुभाइ), फजिती (दु:ख, कष्ट) धरित्री (पृथ्वी), मुदित–मुख (प्रसन्न अनुहार भएका(, लय–जलधि (समुद्रमा विलय), भाग्योदय–जनित (भाग्यको उदयबाट उत्पन्न), आयुर्दा (आयु वा उमेर), भगय–संक्रमण (भयको आगम), विकट (अप्ठा्यारौ(, पट (कपडा, पर्दा), जलकणा (पानीको थोपा), ज्वर (ज्वरो, तातो), मथर (कम्ती), सुर–असुर (देवता र राक्षस), ब्यारी (बेहरी, ठूलो आँधी), लू (अतिशय गर्मीमा उत्पन्न हुने तातो बाफको झट्का), उपकृति (उपकार), कसला (कष्टबाट उत्पन्न आहट), शास्त्र मार क्षमता भएका खुँडा, खुकुरी, तरवार आदि), जरठ (छिप्पिएको वा कडा), उपकरण (सामग्री), रक्तमय (रगतले युक्त चोपै चोपले भिजेको रुख), दाबानल–शिखा (अत्यन्त डरलाग्दो अग्निको ज्वाला वा डढेलोको उच्च लप्का), दहन (डढाइएको), संशय–निशा (शंकारूपी अन्धकार) ।

समीक्षा
यसरी तरुण तपसी नव्यकाव्यमा प्रयुुक्त पद–पदावलीको मात्र अध्ययन गर्दा पनि कवि शिरोमणि लेखनाथ पौड्यालमा विशिष्ट शाब्दिक क्षमता र आर्थिक प्राञ्जलता फेला पार्न सकिन्छ । यी शब्द समूहको अध्ययन गर्दा कविशिरोमणि तत्सम शब्दवर्गबाट अत्यधिक प्रभावित देखिन्छन् र सकेसम्म रसाऽनुकूल र प्रसङ्गाऽनुकूल शब्दको प्रयोग गर्न सक्षम देखिएका छन् । सूक्ष्म रूपले नियाल्दा एकदुई अंगे्रजी शब्द पनि प्रयुक्त भएका छन् तरुण तपसीमा । यथा: म भन्थें, त्यो सारा पटु पवन म्यानेजर बनी (१०/१५) । यहाँ म्यानेजर (प्रबन्धक) शब्द शिखरिणीछन्दमा सुटुक्क पसेको छ । कतिपय ठाउँमा उनले शब्द चमत्कृति निर्माण गर्न खोजेको देखिन्छ भने कतिपय ठाउँमा अर्थदुरुहता समेत निर्माण गरेका छन् । एकपदीयभन्दा द्विपदीय शब्दहरूको प्रयोगले काव्य सौन्दर्य निर्माण गर्न खोजिएको छ । त्यस्तै तीनपदीय, चारपदीय र पाँचपदीय शब्दलाई समेत समस्त रूपमा एकोन्मुखी अर्थ–प्रक्षेपणका लागि प्रयोग गरिएको हुँदा लेखनाथीय भाषिक चमत्कारले उनको काव्यकला विशिष्टीकृत बन्न पुगेको हो ।

तरुण तपसीको सन्देश
तरुण तपसी नव्यकाव्यमा व्यक्त सुकोमल भावहरू मानव संसारलाई चिरकाल पर्यन्त मार्गदर्शक बन्न सक्ने क्षमता राख्दछन् । अरूप्रति निर्दयी हुने मानवीय प्रवृत्तिलाई यसरी सतर्क गरिएको छ – ‘दुवै आँखा हेरी हिउँ जमिनमा अन्ध नबन’ (२/५) त्यो पृथ्वी र सम्पूर्ण प्रकृतिमा प्राणीमात्रको साझा अधिकार सुरक्षित हुनुपर्छ भन्ने भावलाई यहाँ स्पष्ट रूपले राखिएको छ, जुन वर्तमान नेपालमा र अन्तर्राष्ट्रिय जगत्मै समेत उल्लंघन भइरहेको छ । अरूको अस्तित्व नस्वीकार्ने र आफ्नै मात्र सिद्धान्त वा अस्तित्वका लागि अरूको विनाश गर्ने दुष्प्रवृत्तिलाई कविले राम्रोसँग सम्झाएका छन् :

‘सबैको साझा हो प्रकृति–गुणको भोग्य–विभव (२/६)’

आफूमात्र बाँचौं, आफूमात्र नाचौं भन्दै अरूलाई सखाप पार्नेहरूलाई समभाव राख्न कवि भन्छन् :

‘तिमीजस्तो गर्छौ प्रबल रुचि उस्तै अरू पनि
ठूलो को ? सानो को ? सम छ सबको जीवन विधि’ (२/७)

संसारलाई अड्याउने शक्ति दयामा छ, त्यसैले दया–माया गर भन्ने उपदेश दिन्छन् कवि :

‘दया’ भन्ने एकै मधुरतम पीयूष रसको, (२/९)

त्यस्तै ठूलाले सानालाई बेवास्ता गर्दा हुने क्षति विषयमा कविको घतलाग्दो भनाइ छ :

‘ठूलाले सानाका उपर करुणा दृष्टि नगरी
जथाभावी चल्दा धरणी सब हुन्छिन् यमपुरी’ (२/११)

वास्तवमा विवेकशून्य घटनाचक्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिले देखाएका परिणतिको व्याख्या यही कथनमा सार्थक भएको छ । वर्तमान संसारको कहाली नै यसैको परिणाम हो अर्थात् ठूला राष्ट्रले साना राष्ट्रलाई, सत्ताधारीको विरोधीलाई, इतियारधारीले नि:शस्त्र र निमुखालाई निमोठ्ने प्रवृत्तिले गर्दा नै आजको संसार यति भयावह वा यमपुरी सदृश बन्न पुगेको हो । कविको चित्रण साँच्चै: सार्थक र सार्वकालिक देखिएको छ ।

मानिसले जतिसुकै चुरीफुरी गरी अरूको सर्वनाश गरेर आनन्द मनाएपछि कुनै दिन पतनको खाल्डोमा जाकिनु पर्छ भन्ने यथार्थ पनि बुझ्नु आवश्यक छ । कवि भन्छन् :

‘उही चंगा जस्तै छिनभर उडी बन्धन चुँडी बिलाएको देखें’ (३/२७)

पर–पीडा नबुझ्नेहरू एक प्रकारका दानव हुन् । तिनको स्वरूप किटानी गर्दै लेख्छन् कवि :

‘शिकारी संहारी अबुझ हतभागी मनुजको
थियो कस्तो कस्तो विकट अनुहारै दनुजको’ (५/२३)

जति खाएपनि नअघाउने र जति भए पनि नपुग्ने मान्छेको हन्तकाली स्वभावका अगाडि तुच्छ प्राणीको विनाश प्रकृतिकै उपहास हो । दयामाया करुणा र स्नेह नराखी अर्काको बध गर्नु साह्रै नराम्रो र पाशविक कुकृत्य हो । यस्ता कुत्सित कर्ममा नलाग्न कवि सचेत बनाउँछन् :

‘चुँड्यौ व्यर्थै मेरो मनुज ! तिमीले जीवन किन ?’ (६/४)

यो अत्यन्त मार्मिक प्रश्न हो । जसले प्रत्येक मानवलाई विचार गर्न प्रेरित गर्दछ ।

महाकवि श्रीहर्षले नैषधीय चरित महाकाव्यमा व्याधाद्वारा मारिन लागेको हाँसका मुखबाट आफ्नी बुढी आमा, सुत्केरी पत्नी र नवप्रसूत बच्चालाई सम्झेर गरेको शोक–विलाप झैं कविशिरोमणिले पनि सिकारीको पञ्जामा अर्धमृत अवस्थामा रहेको चराका मुखबाट सोही किसिमको करुणरसप्रधान विलाप प्रस्तुत गरी युद्धोन्मादी चिन्तकलाई अनुनयात्मक भाकामा आँखा देखाइदिएका छन् : ‘नहाने है बाबा ! विकल बचरा हुर्कन दिए’ (६/१७) यस्तै :

‘दया हो पृथ्वीको अति चहकिलो पारसमणि’ (६/२४)

परोपकारतर्फ लाग्नेको मनमा हुने शान्ति र सन्तुष्टिको वर्णन यसरी गरिएको छ :

‘चुचैले पोकेको फलफूल चलाई बल गरी
खसाल्थ्यौं त्यो खाओस् भनीकन …’ (६/२३)

हिंसावृत्तिलाई कविले कडा चेतावनी दिएका छन्, जो सार्वकालिक र सार्वदेशिक छन् :–

‘म भन्छु हे अन्धो मनुज ! तिमीजस्ता मनुजको
अगाडि हत्यारो प्रकृति हलुकै हो दनुजको
यही तिम्रा पापी प्रकृति सब तिम्रा घरघरै
घुसी लाखौं लाखौं पुरुषकन पार्ला कि ठहरै’ (६/२५)

हिंसापीडित प्राणीका रगतमा यो पृथ्वी नै डुबेको देख्नु कविको साहै्र कोमल, दयालु, दूरदर्शी र मर्मश्पर्शी उक्ति हो :–

‘चरीले छादेको फगत दुई थोपा रगतमा
डुबेकी नै देखें सकल पृथिवी त्यो बखतमा’ (७/४)

पृथ्वीलाई एकाधिकारमा पार्ने, प्राकृतिक स्रोत र साधन माथि कब्जा गर्ने, कमजोर र निमुखा प्राणीलाई नैसर्गिक अधिकारबाट विमुख पार्नेहरूलाई सुध्रिन आह्वान गर्दछन् कवि:

‘सबैकी साजा छन् धरणी जननी जीव सकल
उनैका छोरा हुन् हृदय–रसमा लुबध चपल’ (९/१४)

मानव समाजलाई सुधार्न सके यो पृथ्वी नै स्वर्ग बन्न सक्तथ्यो भन्दै विश्व विध्वंशकारी मानवचेतनालाई सृजनात्मक दिशातिर अग्रसर हुन प्रेरित गर्दछन् कवि :

‘निकाली खाए त्यो अमृतमय खाना मिलिजुली
जगत् सारा बन्थ्यो अमर नगरी झै झिलीमिली’ (९/११)

यस संसारलाई पैसाले बिगार्‍यो । पैसाका लोभमा परी सार मानिसहरू आत्मवञ्चनमा निमग्न भएको कुरा कवि यसरी बताउँछन् :

‘अहो ! पैसा भन्ने कठिन मुहुनीदार चिज त्यो
कहाँ कैले निस्क्यो ? कसरी दुनियाँको मन जित्यो
कठै ! जसको लागि अमृतमय त्यस्ता फल पनि
शुकी भोकै आफू अरूकन दिए ‘लौ किन’ भनी’ (१०/१३)

युगीन आकांक्षाअनुसार विनिमयसुगमताका लागि सिर्जित पैसाको विरोध गरी केही अयथार्थ र केही आदर्शवादी अवधारणासमेत कविले व्यक्त गरेका छन् । कवि भन्छन् :

‘विकम्मा पैसामा श्रम र गुणको गौरव भनी’ (११/१५), ‘जगत्मा पैसाले विनिमय कला खूब सजियो’ (११/१८), ‘अँध्यारा पैसाको’ (११/२१), ‘विषालू पैसाको’ (११/२२), सबै हो यै पैसामय जहरको ग्याँस ननिको (११/२९) ‘म सम्झन्छु शापै कुटिल विधिको त्यो सनिधन’ (११/३१), ‘जगतमा पैसाले हरतरहका दुर्गुण जति’ (११/३५) । यसरी कविशिरोमणिले पैसाको व्यर्थतामा धेरै श्लोक खर्च गरेको पाइन्छ जो यथार्थका धरातलमा भन्दा आदर्शका निर्देशनमा आधारित छन् ।

वर्तमानसमयका मानिसहरूका बाह्य र आन्तरिक प्रवृत्तिको साह्रै राम्रो चित्रण गरी कविशिरोमणिले कालजयी वचार व्यक्त गरेका छन् :

‘कुनै द्यौताजस्ता सुघर–सुकिला बाहिर भने
कलेजामा हेर्दा मलिन फुहरी हेर्न नहुने
कुनै काला मैला मलिन फुहरी बाहिर भने
मुटु छामी हेर्दा हृदय सहसा गद्गद हुने’ (१२/६)

आर्थिक विषमता र सामाजिक दारिद्रथको चित्रण पनि घतलाग्दो पाइन्छ तरुण तपसी मा:

‘कसैका आँखाले उदरसित भन्थ्यो जुनिभरी
झुकी तेरा निम्ति विकट पथ नापूँ म कसरी ?’ (गरिबको स्थिति),
कसैको त्यै आँखासित उदर भन्थ्यो – अति भयो
तँ लोभीले गर्दा हल–नचल मेरो गति भयो’ (धनीको स्थिति) (१३/१२)

यस्तैै : ‘कसैको टोपीको मल–मलिन घेरो छ शिरमा’ (गरिब) (१३/१३)

‘कुनै कालो तृष्णा – जलधिबिच घाँटीतक डुबी
लिउँ यै चोलामा घनधवल कौवेर पदवी’ (१३/१४) (धनीको इच्छा)

यसैगरी– ‘कसैको कन्थाको विकट बदबूले हरघडी)
झुकी बस्नूपथ्र्यो जिनतिन दुवै नाक पकडी’ (गरिब)
‘कसैले पैह्रेका तरल खुसबूको महकमा
हवा पौठी खेल्थ्यो पलपल खुशीको बहकमा’ (धनी) (१३/१९)

त्यस्तै: ‘झिकी बासी सत्तू जठर–हरिको पूजन गरुँ
भनी लागे कोही तर पवन आयो हुरुरु’ (गरिब) १३/२२)

‘कुनै थुप्रो खाना उपर पनि खाना थपी थपी
चुसी चाटी टोकी चिजबिज अनेकौं लपलपी
डकारी खै मेरो मधुर हजमी पाचक भनी
शिशी बट्टा खोजी गजबसित लड्थे कनीकनी’ (धनी) (१३/२३)

कविशिरोमणि सच्चा विवेकी तथा दीनहीनप्रति सहृदयी भएका छन् पूर्वोक्त काव्यांशमा । उनको चित्रण अति नै मर्मस्पर्शी तथा यथार्थपरक देखिएका छ । त्यसैगरी कवि शिरोमणि अन्धविश्वास र रुढिवादका प्रबल विरोधी बन्न पुगेका छन्, जसलाई उनको प्रगतिशील चेतनाका रूपमा लिन सकिन्छ । गोठाला युवकहरूले सिन्दुरको टीका लगाई रातो हात रुखको फेदमा पुछिदिएकोले बटुवाहरूले देवीथानको स्थापना गरेको, कसैले भाकल गरेको, कसैले भूमे, कसैले वनदेवी, कसैले बाराही, कसैले नाग, कसैले द्यौराली, कसैले कुमारी, कसैले यक्ष, कसैले भैरवका रूपमा आराधना गरी बलिसमेत दिएको देख्ता कवि भन्छन् :

‘पुकारा यो गर्थे ‘प्रभु ! सकल इच्छा सफल होस्’
म भन्थें विस्तारै अबुझ ! तिमीमा आत्मबल होस्’ (१४/१६) ।

पन्ध्रौं विश्राममा विज्ञान र धर्मको द्वन्द्व हुँदा धर्मचाहिँ पराजित भएको अनुभव गरेका छन् कविले । त्यसै हुँदा संसारमा जडवादीपन बढेको ठान्दछन् कवि : ‘कठै : त्यसले गर्दा कठिन जडवादीपन बढ्यो’ (१५/५) । यसपछि कवि स्वर्गको वर्णनमा एकोहोरिएका छन्, जसलाई स्वच्छन्दतावादी कावइ प्रवृत्ति मान्न सकिन्छ । यो प्रवाह सोह्रौं विश्रामसम्म फैलिएको पाइन्छ । यी दुवै विश्राममा सांसारिक घटनाचक्र वा मानवीय प्रवृत्तिभन्दा पौराणिक कृतिहरूमा वर्णित सुन्दर स्वर्गपुरीको महिमा गाइएको छ, जसलाई प्रतीकात्मक आकांक्षा मान्न सकिन्छ । अर्थात् यो धराधाम पनि तद्वत् सुन्दर र आकर्षक बन्न सकोस् भन्ने भावना प्रतिबिम्बित पार्न खोजिएको छ । परमपिताप्रति कृतज्ञता–भाव झल्काएर कविले आफ्नो आध्यात्मिक निष्ठा प्रकट गरेका छन् अठारौं विश्रामभरी । संसारलाई अबुझहरूको अखाडा मान्दै कवि भन्छन् : ‘यहाँ यो पृथ्वीमा अबुझहरूका दृष्टि पुटमा, म रुन्चेजस्तो छु … ’ (१८/२३)

सामाजिक विषमताले कविलाई साह्रै स्पर्श गरेको छ, त्यसैले मानिसमा देखिएका यस्ता विभेदको पर्दाफास गर्दै अन्याय, अत्याचार गर्नेहरू अवश्यै कालद्वारा दण्डित हुनेछन् भनी आशावादी धारणा राखेका छन् :

‘कतै हाँस्यो खाना बहुत रसिलो वा अति मिठो
कतै निल्नै गाह्रौ मलिन मडुवा–फापर–पिठो’ (१९/२०)

यहाँ आर्थिक सम्पन्नता र दुरवस्थाको चित्रण छ भने जतिसुकै शक्तिशाली पनि एकदिन कालको मुखमा पस्तछ भन्ने आशय झल्किएको छ यस कथनमा –

‘म खाऊँ मै लाउँ सुख सयल वा मोज म गरुँ
म बाँचू, मै नाचूँ, अरू सब मरुन् दुर्बलहरू
भनी दाह्रा घस्ने अबुझ शठदेखि छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी’ (१९/२८)

उपसंहार
संसारका विविध घटना र तारतम्यले मानिसलाई प्रभावित पार्दछन् । मानिसमा दया, क्षमा, प्रेम, मैत्री, वात्सल्य, करुणा, सदाचार, मानवता, प्रकृति–प्रेम हुनुपर्दछ । तिनको अभावमा मानव सभ्यता धराशायी हुँदै जाने हुँदा मानिसले तिनको पुनर्जागरण गर्नुपर्दछ । विज्ञानमार्गी बन्दै पूर्वोक्त चिन्तन परित्याग गरेमा यो संसार अझै जर्जर बन्दै जान्छ । मानिसले प्रकृतिबाट टाढा रही आफूलाई सुरक्षित राख्न सक्दैन तसर्थ प्रकृतिकै शरणमा जानुपर्छ । सांसारिक शोषण र दमनले समाजलाई कलंकित तुल्याउँछ । जतिसुकै भक्तिशाली सम्राट् पनि कालका पञ्जाबाट मुक्त हुन सक्तैन, तसर्थ संसारलाई हराभरा र चिरस्थायी बनाउन प्रयत्न गर्नुपर्दछ । संसार कर्मभूमि, साधनाभूमि र मोक्षभूमि हो । अनादि समयदेखि यस पृथ्वीमा मानव जातिको उत्पत्ति, विकास र मृत्यु भइरहेको छ । यस धु्रव सत्यलाई ध्यानमा राखी निर्णय गर्न सकेमा शान्ति र कल्याण हुन्छ । वर्तमान संसार सामूहिक अस्तित्व स्थापनामा अग्रसर भइरहेको छ । अर्काको अस्तित्व स्वीकार नगर्ने वा नमान्ने प्रवृत्ति ज्यादै घातक हुन्छ, तसर्थ मानव समुदाय र प्राणीमात्रको कल्याणकारी मार्गतर्फ प्रवृत्त रहौं भन्ने सन्देश ‘तरुण तपसी’ नव्यकाव्यले दिइरहेको पाइन्छ । निश्चय नै लेखनाथ पौड्याल ‘कवि कुलगुरु’ हुन् नेपाली साहित्यमा । तरुण तपसी ललित नव्यकाव्य मात्र नभई सामाजिक न्याय स्थापनाको माग गर्ने क्रान्तिकारी, ऐतिहासिक र बौद्धिक मुहान पनि हो । यस नव्यकाव्यबाट भुलभुलाएको असंख्या विचार, असंख्य सिर्जना, असंख्य सन्देश र असंख्य ध्वनिहरू नेपाली काव्यबाटिकामा यत्रतत्र छरिएका पाइन्छन् त्यसैले ‘तरुण तपसी’ एउटा नओइलिने ‘कल्पतरु’ पनि हो नेपाली वांमय क्षितिजमा ।

‘क्षणे क्षणे यन्नवता मुपैतितदेवपरमणीयताया :’ भनेझैँ सधैंभरि सुस्वादु र सरस काव्यानन्द प्रदान गरिरहने ‘तरुण तपसी’ नव्यकाव्यबाट रसिकजनहरू कहिल्यै अघाउदैनन् । भन्ने लाग्दछ । कविशिरोमणिको दीर्घ तपस्या …. सार्थक र प्रभावकारी बनिरहेको देखिन्छ, साथै तरुणतपसी नव्यकाव्यले नेपाली साहित्यमा असाधारण प्रभाव पारिरहने र युगयुगसम्म शान्ति, सद्भाव र सौन्दर्यको अनूपम सन्देश दिइरहनेछ भन्ने सकिन्छ ।

सन्दर्भ–सामग्री
– पौड्याल, कविशिरोमणि लेखनाथ (२०५८). तरुण तपसी (एघारौं सं.). ललितपुर : साझा प्रकाशन ।
– ग्वँग, तेजेश्वरबाबु (२०६१) कान्तिपुर, पृ. ७ ।
– पोखरेल, बालकृष्ण (२०४०). नेपाली बृहत् शब्दकोश. काठमाडौं : नेराप्रप्र ।
– आपटे, वामन शिवराम .ई.सं. १९६९). संस्कृत हिन्दी कोश, (दो.सं.) ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 1,157
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.