SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » माधव घिमिरेका बालकवितामा स्वच्छन्दतावाद
समीक्षा

माधव घिमिरेका बालकवितामा स्वच्छन्दतावाद

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments11 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
डा. जयन्ती रूपाखेती (पौडेल) (वि.सं. २०२६ फागुन १७, जन्म स्थान गोकर्णेश्वर नगरपालिका, वडा नं . ९, आरूबारी, काठमाडौं, सुपुत्री : सीतादेवी रूपाखेती र रामेश्वरप्रसाद रूपाखेती) माधव घिमिरेका बालकविताका प्रवृत्ति शीर्षकमा त्रि.वि.बाट विद्यावारिधि (२०७२ वि.सं.) उपाधि प्राप्त प्रतिभा हुन् । उनी मूलतः बाल साहित्य र समीक्षा क्षेत्रमा कलम चलाउँदै आएकी छन् । प्राध्यापन पेसामा संलग्न  रूपाखेती साहित्य समाज, सुरभी साहित्य प्रतिष्ठान र श्री ग्रामशिक्षामा.वि बालक्लब जस्ता संस्थाहरूसँग संलग्न छन् । उनले नेपाल विद्याभूषण ’क’ २०७३, मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान २०७३, प्रेमचन्द देवकुमारी पुरस्कार २०५२ वि.सं., पद्मकन्यापदक २०५२ वि.सं., जस्ता मान सम्मान र पुरस्कार पाएकी छन् । उनको माधव घिमिरेका बालकविताको अध्ययन (२०७५) कृति प्रकाशित छ । उनका रचनाहरूगोरखापत्र, अन्नपूर्ण पोस्ट्, मधुपर्क, कस्तुरी, चारुमती, उन्नयन र दायित्वलगायत विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन् । रूपाखेतीको साहित्य सागरको प्रस्तुत शृङ्खलामा ‘माधव घिमिरेका बालकवितामा स्वच्छन्दतावाद’ शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षामा स्वच्छन्दतावादी चिन्तनका मूलभूत आत्मपरकता, प्रकृति प्रेम, मानवतावाद, यान्त्रिकता, जडता र बन्धन विरुद्ध मुक्ति, राष्ट्रप्रेम, विश्वबन्धुत्वको भावना, प्रकृति र मानव बिचको तादात्म्य जस्ता बुँदाका आधारमा माधव घिमिरेका बालकविताको अध्ययन गरिएको छ । यहाँ घिमिरेका घामपानी, बालालहरी, सुनपंखी चरी र बिजुले र बिजुला जस्ता चारवटा बाल कवितासङ्ग्रहका कवितालाई आधार मानी स्वच्छन्दतावादी प्रवृत्तिहरूको अन्वेषण गर्दै घिमिरेलाई स्वच्छन्दतावादी बालकविका रूपमा चिनाइएको छ ।

-सम्पा.

विषय प्रवेश
माधव घिमिर (जीवनकालः १९७६–२०७७) नेपाली साहित्यमा स्वच्छन्दतावादी भावधाराका प्रयोक्ता कविका रूपमा चिनिन्छन् । उनका अन्य कृतिहरूमा झैँ बाल कविताहरूमा पनि स्वच्छन्दतावादी प्रवृत्ति पाइन्छ । स्वच्छन्दतावाद अंग्रेजी साहित्यमा सत्रौं शताब्दीमा सर्वप्रथम जर्मनमा भित्रिएको थियो भने नेपाली साहित्यमा चाहिँ शास्त्रीयतावादी र परिष्कारवादी धारापछि वि.सं. १९९१ देखि कवितामार्फत यो धारा प्रयोगमा आएको देखिन्छ । १९९१ सालदेखि २०१६ सालसम्म नेपाली कविताको केन्द्रीय धाराको रूपमा यस धाराले प्रतिष्ठा प्राप्त गर्‍यो र यस धाराका अग्रणी व्यक्तित्वको रूपमा लक्ष्मीप्रसाद देवकोटापछि माधव घिमिरेलाई लिन सकिन्छ ।
स्वच्छन्दतावादी धाराका मूलभूत प्रवृत्तिहरू भित्र पर्ने आत्मपरकता वा वैयक्तिक भावाभिव्यक्ति, प्रकृति प्रेम, मानवतावाद, यान्त्रिकता, जडता र बन्धन विरुद्ध मुक्ति, राष्ट्रप्रेम, विश्व बन्धुत्वको भावना प्रकृति र मानव बिचको तादात्म्य जस्ता कुराहरू माधव घिमिरेका बालकविताहरूमा पनि समावेश छन् । उनका चारवटा बालकविता संग्रहका (घामपानी, बालालहरी, सुनपंखी चरी र बिजुले र बिजुला) जम्मा ११७ ओटा बाल कविताहरूलाई हेदास्वच्छन्दतावादी प्रवृत्तिहरू भेटिन्छन् । तिनीहरूलाई क्रमैसित तल व्याख्या गरिन्छ ।
१) आत्मपरकता वा वैयक्तिक भावाभिव्यक्ति
माधव घिमिरेका बालकविताहरूमा स्वच्छन्दतावादी धाराका मूलभूत प्रवृत्ति भित्रपर्ने आत्मपरकता वा वैयक्तिक भावाभिव्यक्तिको प्रयोग पाइन्छ । उनका बालकविताहरूलाई हेर्दातिनमा वस्तुताका सट्टा आत्मपरकताको वा वैयक्तिक भावाभिव्यक्तिको पद्धतिको प्रयोग गरिएको स्वच्छन्दतावादी रमणीयता पाइन्छ । उनले जुन विषय वा भावलाई बालक समक्ष सम्प्रेषित गर्नु छ त्यसको वस्तुपरक चित्रण नगरी सो वस्तुगत विषयका सम्बन्धमा आफ्ना मनमा पैदा हुने खालका रमाइला कल्पनाको चित्रण गरेको पाइन्छ र त्यो आत्मपरक अनुभूतिको अभिव्यक्ति जस्तो हुन पुगेको छ त्यसैले स्वच्छन्दतावादी आत्मपरक कल्पनशीलताको अभिव्यक्ति उनका बाल कविताको वैशिष्ट्य बनेको छ । जस्तैः
आकाशको पाटीमा
दिनमा र रातिमा
घाम छायाको अक्षर
लेख्छन् मेट्छन् ।
 ईश्वर (घामपानीपृ.२ )
२) प्रकृति प्रेम
स्वच्छन्दतावादको अर्को महत्वपूर्ण पक्ष हो प्रकृति प्रेम ।प्रकृति प्रति मानिसले देखाउने माया ममता नै प्रकृति प्रेम हो । कवितात्मक भाषामा प्रकृतिप्रेम भन्नाले प्रकृतिको चित्रण भन्ने बुझिन्छ । माधव घिमिरेले आफ्ना बालकविताहरूमाप्रकृतिलाई पनि मानव सरह जीवित बनाएर प्रकृति पनि बालकसँग खेलेको, सुतेको, उठेको आदि कल्पना गरेका छन् ।घिमिरेका बाल कवितामा माटो र मुटुको सम्बन्ध पाइनु नै प्रकृतिप्रेम हो । उनका यस्ता बाल कविताहरूमा ‘घामपानी’, ‘पानी परपर’, ‘यो घर कसको आलेको ’, ‘बस बस माहुरी’, ‘हिमचुली’, ‘नदी’ (घामपानी बाल कविता सङ्ग्रह), ‘बालालहरी’, ‘बिजुली’, ‘सयपत्री’, ‘जूनकीरी’ (बाला लहरी), ‘लोरी’, ‘प्रभाती’, ‘हेर बाच्छी हाम्री’, ‘लुली लुली पाखुरी’ (सुनपंखी चरी), ‘फूलैफूलको तरेली’, ‘बाह्रमासा’, ‘केरा’ (बिजुले र बिजुला) आदि पर्दछन् । यिनमा स्वच्छन्दतावादी प्रकृति चित्रणको मोहकता पाइन्छ; जस्तैः लोरी बाल कवितालाई साक्ष्यका रूपमा यहाँ प्रस्तुत गरिएको छ ।
बसे बास चरी
फुलबारी भरि
सुते फुलु फुलु
झुलु नानी झुलु ।
 (सुनपङ्खी चरी,पृ. १३)
३) मानवतावाद
स्वच्छन्दतावादको अर्को प्रबल पक्ष हो मानवतावाद । माधव घिमिरेका बाल कविताहरूमा मानवतावादको पनि प्रयोग पाइन्छ । एक मानवले अर्को मानवलाई निःस्वार्थ रूपमा गर्ने सेवालाई नै मानवता भनिन्छ । आजका मानिसमा मानवता हराउँदै गइरहेको छ । मानिसमा मानवता हराउँदै गयो भने उसमा दानवीय प्रवृत्तिको विकास हुन्छ । भोलिका कर्णधारका रूपमा रहेका बालकहरूमा मानवता नहराओस् भनेर उनले आफ्ना बालकवितामा मानवतावादको प्रयोग गरेका छन् । यस्तो मानवतावादी भावात्मक विचारको प्रयोग भएका उनका यस्ता बालकविताहरू यी हुन् – ‘भोटेसेलो’, ‘भकभके’, ‘राष्ट्रिय गीत’ (घामपानी), ‘बाल लहरी’ (बाला लहरी), ‘के पीर पर्‍यो बोल् बोल’, ‘बाँडीचुँडी खाने हो’, ‘लाटो साथी’, ‘सारंगीमा राइँ राइँ’, ‘पम्फा मैयाको कथा’ (बिजुले र बिजुला) । लाटो साथी कवितालाई उदाहरणका रूपमा यहाँ प्रस्तुत गरिएको छ; जस्तैः
लाटो साथीलाई
नगिज्याओ हाइ !
छैनन् आमा पनि
यसका बाबा पनि
आँसु पुछिदिने
पीर बुझिदिने
रुन्छ चुप्प चुप्प
आँसु तप्प तप्प ।
 (बिजुले र बिजुला, पृ. १६)
वास्तवमा मानवीय स्वतन्त्रता समानता, भातृत्व/भगिनीत्वको बोधमा आधारित मानवतावादी दर्शन स्वच्छन्दतावादको मूल दर्शन हो । घिमिरेका बाल कवितामा पनि मानवीय प्रजातान्त्रिक स्वतन्त्रता, सामाजिक आर्थिक विभेदरहित समानता एवं पारस्परिक सहअस्तित्व र भाइचाराका विचारको भावात्मक अभिव्यक्ति भेटिन्छ नै; जस्तैः ‘मितेरीको गीत’ कवितालाई उदाहरणका रूपमा लिन सकिन्छ ।
गाइरैछ ढुकुर
कति मीठो कुर् कुर्
किन तर्सिस् ढुकुर ! कसको डरले ?
मान्छे हान्छ मट्याङ्ग्रा, त्यसको डरले
नडरा हे ढुकुर ! मीत लाउँछु तँसित
खेल्न आइज मँसित

४) बन्धनका विरुद्ध मुक्ति
स्वच्छन्दतावाद यान्त्रिकता, जडता र बन्धनका विरुद्ध मुक्ति र स्वच्छन्दताको चाहनाको उपज पनि हो । माधव घिमिरेका बाल कवितामा पनि यान्त्रिकता, जडता र बन्धनका विरुद्ध मुक्ति र स्वच्छन्दताको चाहना पाइन्छ । यस्ता बाल कविताहरूमा ‘बालालहरी’, ‘ढिकी जाँताको सवाई’, ‘मै मिरीमिच्चे म्याँ म्या बु्रक’ (घामपानी), ‘बुख्याचा’ (सुनपङ्खी चरी), ‘बाँदरको वेहोर’, ‘हैन त्यस्तो के छ र ?’ (बिजुले र बिजुला) पर्दछन् । उदाहरणका रूपमा ‘बुख्याचा’ बाल कविताका केही पङ्क्तिलाई लिन सकिन्छ :
खेत कुर्न लगायौ खेत चाहिँ दिएनौ
खेत मेरो हो भनी चेत चाहिँ दिएनौ
मलाई किन झुक्यायौ ? मेरो चित्त दुख्या छ ।
 (सुनपङ्खी चरी,पृ. ३१)
स्वच्छन्दतावादीहरू बन्धन वा जडतालाई स्वीकार्दैनन् । यस उद्धरणमा बुख्याचाको मानवीकरण गरी उसको बन्धनका पीडाका साथै उसले बेहोरेको झुक्याइको स्वच्छन्दतावादी आत्मपरक अभिव्यक्ति गरिएको छ ।
५) प्रखर देशभक्ति एवम् राष्ट्रिय चेत
प्रखर देशभक्ति एवम् राष्ट्रिय चेत भन्नाले आफ्नो देशप्रतिको अगाध माया भन्ने बुझिन्छ । प्रखर देशभक्ति एवम् राष्ट्रिय चेत पनि स्वच्छन्दतावादी धाराका मूलभूत मान्यता हुन् भने माधव घिमिरेका बाल कविताहरूमा यीसँग सम्बन्धित प्रवृतिहरू पाइन्छन् । उनले रचेका यस्ता बाल कविताहरू हुन् — ‘यो घर कसको आलेको’, ‘राष्ट्रिय गीत’ (घामपानी), ‘लहै खेली खेली’ (सुनपंखी चरी), ‘चन्द्रसूर्य झण्ड हेर फरर’, ‘त्यहाँ ज्योति बल्यो’, ‘कलाकार अरनिको’ (बिजुले र बिजुला) । ‘कलाकार अरनिको’ कविताका केही पङ्क्तिलाई उदाहरणका रूपमा लिन सकिन्छ :
हिमालपारि मालचरी उड्यो क्या लामो लहर
मलाई जस्तै नेपाल हेर्ने त्यसलाई रहर
भुलायो मेरै कलाले मलाई कसरी फर्कूं म
बालक–कालको नेपालको माया कसरी बिर्सू म !
 (बिजुले र बिजुला,पृ. ३९)
६) अन्तर्राष्ट्रिय सचेतता र विश्वबोध
विश्वभरका मानवहरू आफ्नै भाइ भतिजा अथवा नातेदार सरह हुन् भन्ने भावनाको अभिव्यक्ति नै विश्व बन्धुत्वको भावना हो । अन्तर्राष्ट्रिय सचेतता र विश्वबोधका साथै भातृत्वप्रेम पनि स्वच्छन्दतावादी धाराका मान्यताअन्तर्गत नै पर्दछन् । माधव घिमिरेका बाल कविताहरूमा अन्तर्राष्ट्रिय सचेतता र विश्वबन्धुत्वको भावना पनि पाइन्छ । उनका यी प्रवृत्तिहरू भेटिने बाल कविताहरू हुन्— ‘चिप्ले किरो’, ‘भोटेसेलो’, ‘लहै खेली खेली’, ‘फोनमा बोल्ने म हो ?’, ‘हुलाकी हुलाकी’ आदि । उदाहरणका लागि चिप्ले किरो बाल कवितालाई लिन सकिन्छ :
सानो कीरा भए पनि ठूलो मेरो आँट
घुम्न निस्केँ नौला नौला वन–खेत–फाँट
अर्कालाई घोच्नेभन्दा आफू सोच्ने सच्चा
कसैलाई घच्चा नलाई गर्नु आफ्नो रक्षा ।
 (घामपानी,पृ. २५)
७) सामाजिकआर्थिक रूपान्तरणकारी क्रान्तिचेत
स्वच्छन्दतावादी धारामा सामाजिक आर्थिक रूपान्तरणकारी क्रान्तिचेतलाई पनि जोडदार रूपमा व्यक्त गरिन्छ । माधव घिमिरेका बाल कवितामा पनि स्वच्छन्दतावादी परिवर्तनकारी क्रान्तिचेतको प्रयोग पाइन्छ । यस्ता बाल कविताहरूमा ‘नदी’, ‘हिमचुली’ (घामपानी), ‘बुख्याचा’ (सुनपंखी चरी) आदि पर्दछन् ।
रिसाइ पाखा–पहरा लछार्छिन्
ढुङ्गा र मुढा तटमा पछार्छिन्
बाढसी र पैह्रासित गड्गडाई
थर्काउँछिन् पर्वत् राजलाई । 
(घामपानी,पृ. २४)
८) प्रकृतिलाई ईश्वरीय सत्ता र विचित्र कल्पनाशीलता
प्रकृतिलाई ईश्वरीय सत्ताको रूपमा व्याख्या गर्ने स्वच्छन्दतावादी प्रवृत्ति पनि पाइन्छ । यस्ता बाल क(वितामा ‘हिमचुली’,‘घामछायाँ’आदि पर्दछन् । यसै गरी उनका बाल कवितामा स्वच्छन्दतावादी सृष्टिगत र जीवनगत रहस्यबोध पनि पाइन्छ । उनले रचेका यस्ता बाल कविताहरूका उदाहरण ‘घामपानी’, ‘सुनपंखी चरी’ आदि हुन् ।
स्वच्छन्दतावादी धाराको विशेषता विचित्र कल्पनाशीलता पनि हो । माधव घिमिरेका बाल कवितामा पनि अन्य वस्तुलाई देख्दा बालकका मनोजगत्मा उत्पन्न हुने विचित्र कल्पनाको चित्रण भेटिन्छ । उदाहरणका लागि उनले रचेका ‘कति ठूलो संसार’, ‘यस्तो हुँदा कस्तो’ बाल कवितालाई लिन सकिन्छ; जस्तैः
तारा सबै मान्छे बनुन, मान्छे सबै तारा
एक अर्कालाई हेरी छक्कै परुन् सारा ।
 (घामपानी, पृ. २०)
प्रस्तुत उद्गारमा सबै तारा मान्छे बनून् र सबै मान्छे तारा बनून् भन्ने मिठो कल्पना गएिको छ र यो कल्पना बालकका निम्ति निकै रोचक देखिन्छ ।
९) प्रकृतिको मनवीकरण
वास्तवमा प्रकृतिको मानवीकरण स्वच्छन्दतावादी शिल्पकौशलगत मुख्य प्रवृत्ति हो र यस दृष्टिले हेर्दा माधव घिमिरेका बाल कवितामा प्रकृतिलाई विषयवस्तु बनाएर त्यसको मानवीकरण पनि गर्ने बालोपयोगी उत्कृष्ट कौशल भेटिन्छ । उनका बालकवितामा प्रकृति स्त्री वा पुरुष र बालकको रूपमा चित्रित छन् । यसरी प्रकृतिलाई मानवीकरण गरेर लेखिएका बाल कविताहरू हुन् : ‘घामपानी’, ‘तारा’, ‘बस बस माहुरी’, ‘कमिलारानी’, ‘हिमचुली’, ‘नदी’, ‘बिजुली’, ‘सयपत्री’, ‘लोरी’, ‘प्रभाती’, ‘हाम्री बहिनी टुल्की’, ‘घामका छोराछोरी’, ‘घाम छाया’, ‘चन्द्रसूर्य झण्डा हेर फरर’, ‘बिजुले र बिजुला’ आदि ।
‘घाम पानी’ बाल कवितामा घामपानीलाई स्त्रीत्व विधान गरी तिनलाई आकाशकी रानीको रूपमा चित्रण गरिएको छ भने ‘तारा’ बाल कवितामा बालकहरूले आकाशका तारालाई पनि धरतीका बालकको रूपमा हेर्दै कोही आकाशमा चम्किरहेको र कोही तारा (बालक) धरतीमा रहेको कल्पना गरेका छन् । ‘बस बस माहुरी’ बाल कवितामा माहुरीको स्त्रीत्वविधान गरी ती माहुरीले सुनको पटुकी बाँध्ने, छोराछोरी जन्माउने आदि कुराको कल्पना गरिएको छ । ‘कमिला रानी’ बाल कवितामा पनि कमिलाको स्त्रीत्वविधान गरी कमिलाकी रानीको बिहेमा स्वर्गबाट अप्सराहरू पनि धरतीमा ओर्लने र ती कमिलारानी दरबारमा बस्ने कुराको कल्पना गरिएको छ भने ‘हिमचुली’ कवितामा अग्लो हिमाललाई बूढा शङ्करको रूपमा उभ्याई स–साना हिमशिखरलाई शङ्करका हजारौं सन्तान र त्यसमध्ये गणेश डल्ला र कुमार फुचुना छन् भनिएको छ । ‘नदी’ कवितामा नदीको स्त्रीत्वविधान गरी तिनलाई ‘सानी’ विशेषणले विशेषित गरी ‘जान्छिन्’, ‘हेर्छिन्’, ‘डुल्छिन्’, ‘खेल्छिन्’ जस्ता स्त्रीलिङ्गी क्रियापदको प्रयोग गरी मानवका रूपमा चिनाइएको छ । ‘बिजुली’ बाल कवितामा आकाशमा देखिएको बिजुलीको चम्काइलाई स्त्रीत्व विधान गर्दै त्यो एकली छ कि दुकली, कतातिर लुकी भन्दै त्यसका निम्ति स्त्रीलिङ्गी क्रियापदको प्रयोग गरेको पाइन्छ । ‘सयपत्री’ बाल कवितामा सयपत्री फूललाई एउटी बालिकासँग तुलना गर्दै सयपत्री फूल फुलेदेखि नझरुन्जेलसम्म उत्रै र उस्तै अनि उज्यालो हुन्छ भनिएको छ ।
‘प्रभाती’ बाल कवितामा बालकलाई उठाउन फूलहरू पनि बिम्झेको र तिनले मीठो बास्ना छरेको, सूर्यका किरण पनि किरिमिरी गर्दै झ्यालबाट छिरेको कुराको उल्लेखद्वारा तिनको मानवीकरण गरिएको पाइन्छ ।
‘हाम्री बहिनी टुल्की’ बाल कवितामा बालिकालाई जून र घामसँग तुलना गरी ‘जून’ र ‘घाम’ को मानवीकरण गरिएको छ ।
‘घामका छोराछोरी’ बाल कवितामा घामका किरणलाई छोराछोरीका रूपमा चित्रण गर्दै तिनीहरू तोरी बारीमा लुकामारी खेल्न आएका र धरतीमा लुकामारी खेले पनि तिनका शरीरमा कहीं धुलो नलागेको कुराको उल्लेखद्वारा घामका किरणको मानवीकरण गरिएको छ ।
‘घामछायाँ’ बाल कवितामा आकाशमा देखिन घाम र छायालाई बालक र बालिकाको रूपमा चित्रण गर्दै तिनीहरू चउरमा लुकामारी खेल्न आउने कुराको चित्रणबाट प्रकृति र मानवको सहसम्बन्ध दर्साइएको छ ।
‘बिजुले र बिजुला’ बाल कवितामा बिजुलेलाई पुरुष पात्रको रूपमा र बिजुलालाई स्त्री पात्रको रूपमा कल्पना गर्दै यिनीहरू जहाँ जहाँ जान्छन् त्यहाँ झिलिमिली हुन्छ भनिएको छ र प्रकृति ‘बिजुली’ को दोहरो (पुरुष–स्त्री) मानवीकरण गरिएको छ ।
यसरी उनले आफ्ना बाल कवितामा कतै प्रकृतिलाई स्त्रीका रूपमा (उदा. नदी), कतै पुरूषका रूपमा (उदा. हिमचुली) र कतै बालकका रूपमा चित्रण गरेको हुनाले उनका बाल कवितामा प्रकृतिलाई मानवीकरण गरेको वा प्रकृति तथा मानवका बीच सहसम्बन्ध पनि देखाइएको पाइन्छ । यी सम्पूर्ण कुराले उनी स्वच्छन्दतावादी धाराका बाल कविताका स्रष्टा हुन् भन्ने पनि सिद्ध गर्दछन् ।
माधव घिमिरेले यसरी प्रकृतिका घाम (उदा. घामपानी), छाया (उदा. घामछाया), तारा, जून, चन्द्र, सूर्य, बिजुली, वनस्पति, कीरा आदिलाई पनि मानवीकरण गरेर मानिस झैँ बोल्ने, खेल्ने, कुराकानी गर्ने आदि कुराको चित्रण गरेर प्रकृति र मानवका बिच सहसम्बन्ध दर्साएका छन् । यसै गरी मानिस वा बालक सुत्दा प्रकृति पनि सुत्ने, फूलहरू सुत्ने, पानी सुत्ने (उदा. लोरी) कुराको अनौठो कल्पना गर्दै बालकको बिम्झाइसँगै प्रकृति पनि उठ्ने, फूलले मीठो बास्ना छर्ने, घामका किरण पनि फैलिने आदि कल्पना गरेका छन् (उदा. प्रभाती) । यसरी उनले आफ्ना बाल कवितामा कतै प्रकृतिलाई स्त्रीका रूपमा (उदा. नदी), कतै पुरूषका रूपमा (उदा. हिमचुली) र कतै बालकका रूपमा चित्रण गरेको हुनाले उनका बाल कवितामा प्रकृतिलाई मानवीकरण गरेको वा प्रकृति तथा मानवका बीच सहसम्बन्ध पनि देखाइएको रहेको पाइन्छ ।निष्कर्ष
स्वच्छन्दतावादी धारालाई अँगालेर परिष्कृत अनि सरल भाषाशैलीमा घिमिरेले आफ्ना बाल कविताहरूको रचना गरेका छन् । त्यसैले उनी स्वच्छन्दतावादी धाराका त्यस्ता कवि पनि हुन्, जसको शैली चाहिँ परिष्कृत र संयमित देखा पर्छ । वास्तवमा स्वच्छन्दतावादी आत्मपरक विचित्र कल्पनालाई परिष्कृत र सघन शैलीमा व्यक्त गर्ने एक कुशल स्वच्छन्दतावादी कविका रूपमा घिमिरे प्रसिद्ध छन् । उनको त्यो प्रवृत्ति बाल कविताका सृजनात्मक तहमा पनि अझ आकर्षक र मोहक रूपमा झल्किन पुगेको पाइन्छ ।यी सम्पूर्ण कुराले उनी स्वच्छन्दतावादी धाराका बाल कविताका स्रष्टा हुन् भन्ने पनि सिद्ध गर्दछन् र उनी रोचक बाल कविताका रचयिता पनि हुन् भन्ने निष्कर्ष दिन्छन् ।
राष्ट्रकवि घिमिरे २०७७ साल आश्विन ७ गते देखी १०२ वर्षमा प्रवेश गर्ने संघारमै उनको अकल्पनीय स्वर्गारोहणले सम्पूर्ण साहित्य अनुरागीहरू मर्माहत भएका छौं । राष्ट्रकवि घिमिरे दैहिक रूपमा हामीमाझ नभएपनि उनका अमुल्य साहित्यिक कृतिहरूले गर्दा उनी सदैव अजर र अमर रहनेछन् ।
सन्दर्भ कृतिसूची
घिमिरे, माधव (२०१२). घामपानी (दो.सं.), काठमाडौँ : जोरगणेश छापाखाना, माधवप्रसाद घिमिरे ।
… (२०२५). बाला–लहरी, काठमाडौं : साझा प्रकाशन ।
… (२०५३). सुनपङ्खी चरी, काठमाडौँ : एकता बुक्स डिस्ट्रिव्युटर्स ।
… (२०५८). बाललीला, भक्तपुर : पाठ्यक्रम विकास केन्द्र ।
… (२०६३). बिजुले र बिजुला, ललितपुर : साझा प्रकाशन ।
त्रिपाठी, वासुदेव (२०६५ ख). पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा भाग २, काठमाडौं : साझा प्रकाशन ।
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 220
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.