SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » राष्ट्रकवि माधव घिमिरे: नेपाली छन्द कविताको अन्तिम शिखर
समीक्षा

राष्ट्रकवि माधव घिमिरे: नेपाली छन्द कविताको अन्तिम शिखर

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
गोविन्द गिरी प्रेरणा (२०१५ वैशाख ५, टेक्कर भन्सारी, मकवानपुर) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको कलम सिर्जना र समीक्षा दुवै क्षेत्रमा निरन्तर चलिरहेको छ । उनको पहिलो प्रकाशित रचना किनारा शीर्षकको कथा हो । यो रचना २०३४ फागुनमा प्रकाशित भएको थियो । उनका  विविध विधाका दर्जनौँ कृति प्रकाशित छन् ।  कथासङ्ग्रह छवटा, उपन्यास पाँचवटा  कवितासङ्ग्रह पाँचवटा , यात्रा संस्मरण तीनवटा,  निबन्धसङ्ग्रह तीनवटा,  समालोचना एक,  हास्यव्यङ्ग्य एक,  सम्पादन सात र  अनुवाद दुई गरी विविध कृति प्रकाशित छन् । उनी स्वदेश विदेश जहाँ रहँदा पनि युवा उमेरदेखि साहित्य सेवामा निरन्तर लागिरहने प्रतिभा हुन् । उनले साहित्यसेवा वापत्  नारायणी वाङ्मय पुरस्कार २०४६, शिवप्रसाद उन्नयन पुरस्कार २०५३, युवा वर्ष मोती पुरस्कार २०५४, मैनाली कथा पुरस्कार २०५५, प्रतिभा युवा सम्मान २०५६, वासुशशी साहित्य पुरस्कार २०७३,नई गणेश दुर्गा अन्तरराष्ट्रिय पुरस्कार २०७४ लगायत दर्जनौँ मान सममान र पुरस्कार प्राप्त गरेका छन् । उनले नेपाली साहित्यमा पु¥याएको योगदान सिर्जना, सम्पादन, समीक्षण र कार्यक्रमहरुको आयोजनाका दृष्टिले पनि उल्लेख्य छ । उनी हाल अमेरिकामा रहेर पनि आफ्नो मातृभाषाको साहित्य सिर्जनामा लागिरहेका छन् । साहित्य सागरको प्रस्तुत शृङ्खलामा उनको राष्ट्रकवि माधव घिमिरे नेपाली छन्दकविताको अन्तिम शिखर शीर्षकको लेख समेटिएको छ । यस लेखमा घिमिरेका जविनका खास खास सिर्जनशील र पदीय पक्षका साथै लेखकसँग जोडिएका संस्मरणहरूपनि समेटिएका छन् । यो लेखले घिमिरेलाई सरसरती चिन्नलाई सहज बनाएको छ । उनले घिमिरेलाई छन्दकविता परम्पराका अन्तिम शिखरका रूपमा मूल्याङ्कन गरेका छन् ।​​
-सम्पा.
नेपाली साहित्यमा पहिलो गद्यकवि गोपालप्रसाद रिमाल हुन् कि गोपाल प्रसाद रिमाल भन्ने विवाद भएता पनि परम्परागत रूपमा लेखिंदै आएको छन्द कविता लेखनको निरन्तरता भइनै रहेको थियो । त्यो छन्दकविता लेखनको मूल धारका एक विशिष्ट प्रतिभा हुन् माधवप्रसाद घिमिरे । उनका फुटकर कविता लेखन र तिनको सङ्ग्रह प्रकाशन भएता पनि विसं २०१५ मा “गौरी“ शोककाव्य प्रकाशन भएपछि उनको लेखनको शक्तिले उच्चता प्राप्त गर्यो, शिल्पले शिखरारोहोण गर्यो, मानवीय सम्वेदनाले हरेक पाठकलाई निथ्रुक्क भिजायो र जनजनको मनमनमा अमिट भएर रहन सफल भयो । जनजिब्रोमा “मुनामदन“ पछि “गौरी“ले स्थान लियो । आज पर्यन्त पनि “गौरी“ शोककाव्य मुना मदनपछि सर्वाधिक विक्री हुने र मन पराइएको कृतिको रूपमा कीर्तिमान कायम राखिराख्न सफल छ ।
गौरी उनकी प्रथम विवाहिता पत्नी थिइन् । उनको विसं २००४ सालमा दुःखद देहान्त भएपछिको ब्यथित पति हृदयको त्यो वेदना थियो “गौरी“ शोक काब्य, उच्छवास थियो, पीडाको प्रकटीकरण थियो जसले हरेकको मन छुन सफल भयो । उनको त्यो अभिब्यक्तिले सामूहिकताको प्रतिनिधित्त्व गर्न सक्यो । त्यति मात्र नभएर तिनका शब्द चयन, शैलीको निखार र त्यसले वेदनाको जुन गहिराई छोयो त्यो साँच्चै अदभूत थियो, छ र रहिरहेको छ । गौरीको प्रकाशनपछि उनको परिचय नै माधव घिमिरे भन्दा “गौरी“ का श्रष्टाका रूपमा भयो । गौरीलाई कण्ठस्थ सुनाउन सक्ने ब्यक्तिहरू उल्लेख्य सङ्ख्यामा आज पनि नेपालका कुना काप्चा र नेपाली समुदाय भएका नेपाल बाहिर पनि प्रसस्त पाइन्छन् ।
“गौरी“ को प्रकाशनपूर्व उनका मौलिक दुई कृति “नव मञ्जरी“ कवितासङ्ग्रह (विसं १९९४) तथा “ नयाँ नेपाल “ काव्य (विसं २०१३) र एक अनुवाद नाटक “ नागानन्द“ (विसं २००२) प्रकाशित भएका थिए ।
“गौरी“ पछि उनले अरू पनि कीर्तिमानी काव्यहरूको रचना गरे । ती थिएः राजेश्वरी (विसं २०१७ ), राजेश्वरी र पापिनी आमा (विसं २०२७), राष्ट्र निर्माता (विसं २०३०) विषकन्या (विसं २०५०) तथा ईन्द्रकुमारी(विसं २०५७) । पछि उनको सिध्दहस्त कलम काव्यवाट गीति नाटकतर्फ आकर्षित भयो र त्यसले अर्को कीर्तिमानी शिखरमा पुर्यायो । त्यसरी उनलाई अर्को शिखरमा पुर्याउने कृति थियो (गीति नाटक “मालती मङ्गले“ (विसं २०४२) । यो गीतिनाटक नेपालमा सर्वाधिक प्रदर्शन र मञ्चन भएको गीतिनाटकको कीर्तिमान राख्न सफल भयो र देशका विभिन्न स्थानमा मात्र नभई विदेशमा अमेरिकासम्म पुग्यो । उनलाई यो कृतिले मान सम्मान, आर्थिक उपार्जन, ख्याति, लोकप्रियतालगायत सबैसबैले परिपूर्ण पारिदिन सक्षम भयो । विसं २०४५ सालमा राजा वीरेन्द्रको क्षेत्रीय भ्रमणको सिलसिलामा हेटौंडा मुकाममा पनि “मालती मङ्गले“ प्रदर्शन गरिएको थियो र राजाको सवारी शिविरमा हुने कविगोष्ठीका लागि माधव घिमिरे पनि त्यहाँ पुगेका थिए । सो अवसरमा उनको गीतिनाटकले हेटौंडाका साराको मन जितेको थियो र उनी बसेको सीमा लजमा बेयराले ढोका ढक्ढकाउँदा “ ढोका खोल मालती ढोका खोल…“ भन्दा उनको आँखामा उदाएको चरम सन्तुषटिको साक्षी म आफैं हुन पाएको दुर्लभ क्षण पनि मेरो मानसपटलमा ताजै छ ।
उनको गीतिनाटक लेखनको आरम्भ विसं २०३७ सालमा भएको थियो “शकुन्तला“ बाट । यो नाटक त्यसै साल प्रदर्शन भएको थियो र त्यसै साल प्रकाशनमा आएको थियो । तर यो नाटक अपेक्षाकृत मञ्चनमा सफल हुन सकेन । यो नाटकको लगानीमा जति खर्च भएको थियो सो पनि नउठेको भनेर महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजूसमेत उठेको थियो । तर “मालती मङ्गले“ले सबैथोकको क्षतिपूर्ती गरिदिएको थियो २०४२ सालमा । त्यसपछि पनि उनले अश्वत्थामा ( विसं २०५३), हिमालवारि हिमालपारि (विसं २०५४) लगायतका गीति नाटकहरूको रचना गरे ।
माधव घिमिरे महाकवि देवकोटाले स्थापना गरेको काव्य प्रतिष्ठानको सदस्यको रूपमा रहेका थिए भने अफ्रो एशियाली लेखक सम्मेलन ताशकन्दमा महाकविकै साथ भाग लिन पुगेका थिए । त्यस्तै कैयन् एशियाली साहित्य सम्मेलनहरूमा उनले नेपालको तर्फवाट भाग लिएका थिए ।
उनले प्रज्ञा–प्रतिष्ठानमा रहँदा प्रकाशन विभाग सम्हाल्दा तथा कविता पत्रिका सम्पादन गर्दा लेखेका कविताका विषयका सम्पादकीय टिप्पणीहरू तथा प्रकाशकीयहरूलाई पनि पुस्तकको रूपमा प्रकाशित गरेका थिए । उनको “आफ्नो वाँसुरी : आफ्नै गीत“ तथा “चारु चर्चा“ यस्तै कृतिहरू हुन् । विसं २०५८ सालमा प्रकाशित चारु चर्चाले त्यसै सालको साझा पुरस्कार समेत प्राप्त गरेको थियो । त्यसो त विसं २०५४ सालमा उनले “हिमालवारि हिमालपारि“ कृतिका लागि पनि उनले साझा पुरस्कार प्राप्त गरेका थिए । उनी दुईपल्ट साझा पुरस्कार प्राप्त गर्ने थोरै साहित्यकारमध्ये एक थिए ।
विश्वमा नोवेल पुरस्कार सदावहार आकर्षण हो एकाध अपवादका घटनावाहेक । यसका लागि नोवेल पुरस्कार कमिटीले नियमितजसो विश्वभरिका विभिन्न एकेडेमी, संघसंस्थाहरू वा व्यक्तिवाट सम्भावित साहित्यकारहरूको नामावली सङ्कलन पनि गर्ने गर्छ । नेपालमा पनि नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा नाम सिफारिसका लागि पत्र आएपछि माधव घिमिरेको नाम पठाइएको थियो । अनि नोवेल पुरस्कार कमिटीका मानिसहरूले कस्ता कवि हुन् थाहा पाउन अङ्ग्रेजीमा रचना चाहिन्छ भनेर सो सिफारिसका साथमा पठाउन उनको गीति नाटक “अश्वत्थामा“ को अङ्ग्रेजी अनुवादसहित सो सिफारिस पठाइएको थियो ।
उनको एक मात्र गीतको पुस्तक “किन्नर किन्नरी“ हो । यसमा उनका प्रायः सबैजसो गीति रचनाहरू सङ्कलित छन् ।
माधव घिमिरेको कलममा यस्तो जादु थियो, उनी शव्दलाई हिरा वनाइदिन सक्थे, त्यसमा प्राण भरिदिन सक्थे, सुवास मगमगाउने बनाइदिन सक्थे । उनका केही कालजयी गीतिरचना त्यस्कै दृष्टान्त हुन् । उनले नेपाली चलचित्र “मनको बाँध“ का लागि लेखेको तथा तारादेवीको स्वर तथा नातीकाजी शिवशंकरको संयुक्त संगीतमा सजिएको गीत “फूलको थुङ्गा वहेर गयो गङ्गाको पानीमा, कहिले भेट होला है राजै यो जिन्दगानीमा “ कालजयी रचना हुन पुग्यो । त्यस गीतको धुन स्वदेशी तथा विदेशी वाद्यवादकहरूले विश्वव्यापि बनाएका छन् । तीमध्ये जर्मन वाछसुरी वादक स्टेफेनी वोस्चले बजाएको वाँसुरिको धून ६ लाखभन्दा वढीले विश्वब्यापि रूपमा श्रवण गरिसकेका छन् । त्यस्तै उनको “गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली“, “ आज र राती के देखें सपना मै मरी गएको….“,“लाग्दछ मलाई रमाईलो मेरै पाखा पखेरो…“, “नेपाली हामी रहऔंला कहाँ नेपालै नरहे…“ यस्ता तीतहरू हुन् जसले कैयन् युगहरू मजाले छिचोल्छन् भन्ने मलाई लाग्छ ।
सम्भवत आफ्नो जीवन कालमा नेपाल र नेपाली जगत्मा सर्वाधिक मान सम्न पाउने उनी कीर्तिमानी कवि थिए । उनले पाएको सम्मान पत्रहरू सम्हाल्न हम्मेहम्मे परेको र कोठामा सजाउन पनि मुस्किल परेका समाचारहरू बाराबार प्रकाशित भइरहन्थे । उनले नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका पुरस्कारकारहरूका अतिरिक्त सीताराम साहित्य पुरस्कार, भूपालमानसिं कार्की प्रज्ञा पुरस्कार, वसुन्धराश्री पुरस्कार, २ पटक साझा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, खेमलाल हरिकला साहित्य सम्मान लगायतका पुरस्कार र सम्मानहरू प्राप्त गरेका थिए ।
उनलाई नेपाल सरकारको निर्णयमा “राष्ट्रकवि“ को उपाधि प्रदान गरिएको थियो भने त्यसको लागि प्रस्ताव गरेर निर्णयसम्म गराउन पहल गर्ने साहित्यकार नरेन्द्रराज प्रसाईं थिए । त्यस्तै नेपाली सेनाले पनि उनलाई मानार्थ उपरथीको पदवीबाट विभूषित गरेको थियो ।
उनी विभिन्न साहित्यिक समारोहहरूमा सहर्ष भाग लिन रुचाउँथे । मैले २०३८ सालमा शनिवार साहित्य समूह विराटनगरले आयोजना गरेको “विराट साहित्य सम्मेलन“, पोखरामा पोखररेली पुवा साँस।कृतिक परिवारले आयोजना गरेको साहित्यिक गोष्ठीमा साथै भाग लिने अवसर पाएको थिएँ । त्यसै गरी म चालिसको दशकमा नेपाल राष्ट्र बैङ्कको प्रकाशन मिर्मिरेको सम्पादकमा श्रीमती चन्द्रा ठकुरी रहेको बेला मेरो सो पत्रिकासँग निकटता थियो र मेरै सुझावमा मिर्मिरेको तर्फबाट यौटा भव्य कवि गोष्ठी आयोजना गरिएको थियो र सो गोष्ठीमा उनले सहभागिता जनाएका थिए । त्यस्तै जापानको बौध्द संस्था सोका गाक्काई ईणटरनेशनलको नेपाली शाखा सोका गाक्काई नेपालको तर्फबाट गरिएको बिशेड कवि गोष्ठीमा उनलाई प्रमुख अतिथि बनाइएको थियो र उनलाई घरसम्म गएर लिएर आउने जिम्मा मैले पाएको थिएँ । सो अवसरमा उनलाई उनको निवासदेखि कलङ्कीसम्म लिएर आउने क्रममा गाडीमै मैले यौटा छोटो टेप अन्तरवार्ता लिएको थिएँ, जुन विविध कारणवस अझै अप्रकाशित नै छ, त्यो पनि मेरा मानसपटलमा सल्वलाईरहेका छन् ।
माधव घिमिरेको विसं २०६० सालमा राष्ट्रव्यापि अभिनन्दन भएको थियो । सो अभिनन्दनका लागि ७८७ सदस्यीय मूल समारोह समिति बनेको थियो जसका अध्यक्ष तत्कालीन व्यवस्था अनुसार पदेन कुलपति प्रधानमन्त्री सूर्यबहादुर थापा थिए, ३८ सदस्यीय सल्लाहकार सभा वनेको थियो भने १९ सदस्यीय कार्य समिति बनेको थियो । मूल समारोह समितिका सदस्य सचिव वरिष्ठ सहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा थिए । सो अभिनन्दन समारोहमा करिव ८०० पृष्ठको अभिनन्दन ग्रन्थसमेत प्रकाशित भएको थियो १०५ जना श्रषटाले उनको वारेमा विविध लेख रचनाहरू सो ग्रन्थमा लेखेका थिए ।
माधव घिमिरेले आफ्ना जीवनका धेरै सुन्दर वर्षहरू एकेडेमीमा विताए । सदस्यदेखि उपकुलपति र कुलपतिसम्म उनी एकेडेमीको उच्चासनमा उकालो लागिरहे । तर कुलपतिको पदमा आसिन भएको छोटो अवधिमै बिसं २०४६ सालको जनआन्दोलनले पञ्चायती ब्यबस्थालाई फ्याँकिदियो र राजा सम्वैधानिक भए । यो राजनैतिक परिवर्तनपछि बौध्दिक दवावले एकेडेमीका प्राज्ञ परिषदमा सवै पदाधिकारीहरूले राजिनामा गरे, नयराज पन्तलेबाहेक । त्यसपछि उनी पदविहीन भए । कतिले त्यसपछि उनलाई राजावादी, पञ्चायतवादीको विल्ला लगाएर लामै समय निषेध गर्न पनि खोजे । झन् माञोवादी आन्दोलनताका त उनी तारो नै बनेका थिए । तर यौटा सर्जक र श्रष्टा परिवर्तनले परिवर्तन भैहाल्दैन, आफ्नो निष्ठामा रहिरहन्छ । उनको सिर्जनाको निष्ठा निरन्तर थियो । उनको काव्यकलाको उँचाई यथावत थियो । जब नेपालको जन संविधान घोषणा भयो, त्यो घोषणा सभामा माओवादीका कमाण्डर प्रचण्डले आफ्नो भाषणको शुरुवात माधव घिमिरेको गीति रचनाको हरफ “ नेपाली हामी रहौंला कहाँ नेपालै नरहे…“ बाट सुरु गरेका थिए । यसले उनलाई आलोचना र गाली र निषेधको बाटो रोज्ने सबैलाई जवाफ दिएको थियो र उनको कविताको, कविता कर्मको र काव्यकलाको जित भएको थियो । सच्चा कवि र कविताले संसारमा यसरी नै विजय प्राप्त गरिरहन्छ ।
यौटा मनुष्यको लामो आयु भनेको १०० वर्ष हो, जुन सबैलाई प्राप्त हुँदैन । त्यसैले हाम्रो समाजमा बुढापाकाहरूले १०० बर्ष बाँचेस् भनेर आशीर्वाद दिने चलन छ । संस्कृतमा “जिवेम शरद शतं“ भन्ने पनि छ । माधव घिमिरेले निकै राम्रोसँग सय वर्षको उमेर बाँचे । उमेरगत साना तिना कुराबाहेक र २ वर्षजति अघि जटिल स्वास्थ्य समस्याबाहेक उनी स्वस्थ र तन्दुरुस्त देखिन्थे । विगत ५ महिनादेखि कोरोना महामारीले विश्व आक्रान्त बनेको बेलामा नेपाल पनि अछुतो रहेन । उनी केही महिनादेखि अक्सिजनमा रहेका थिए र भाद्र २ गते उनले नश्वर शरीर त्यागे । उनले उनको जीवनको महत्त्वपूर्ण अन्तिम काव्य रचना “ऋतम्भरा“ महाकाव्य पूरा भएको खवर प्राप्त भए पनि उनी त्यसलाई निरन्तर जलप लगाउँदै छन् भन्ने खवर आए पनि उनको जीवन कालमा त्यो प्रकाशित भएन, यो उनकै इच्छा थियो कि संयोग यो प्रश्न रहेको छ ।
उनको देहान्तपश्चात मात्र बजाइयोस् भनेर उनैले ईच्छा गरेको बिसं २०१६ मा रचित तथा किन्नर किन्नरीमा संकलित गीत कर्णदासको स्वरमा सार्वजनिक गरिएको थियो ।
जीवनभर जनजनबाट तथा सरकारबाट मान सम्मान पाएका माधव घिमिरेलाई कोरोनाका कारणले जनजनले उनको अन्त्येष्टिमा भाग लिन पाएनन्, तर सरकारको तर्फबाट उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुकासाथै नेपाली सेना र शसस्त्र प्रहरीको टुकडीले सम्मान सलामी दिएको थियो । यसअघि उनको अन्तिम यात्रामा सेनाले शोकधून बजाउँदै आर्यघाट पुरयाएको थियो ।
उनी नेपाली छन्द कवितामा अन्तिम शिखरपुरुष थिए ।
६ भाद्र २०७७, काठमाडौं ।
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 334
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.