SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » देवकोटाका कवित्वको सामान्य चर्चा
समीक्षा

देवकोटाका कवित्वको सामान्य चर्चा

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments12 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

नुरज भट्टराई नदी ( २०३७, इलाम, माईजोगमाई–४, नामसालिङ्ग, हाल– सूर्योदय नगरपालिका सुपुत्र : मायादेवी भट्टराई र अभिनारायण भट्टराई ) युवा पुस्ताका कला र साहित्य दुवै क्षेत्रमा सक्रिय प्रतिभा हुन् । उनी पूर्वबाट आरम्भ भएको छन्द जागरण अभियानका एक सहअभियान्ता पनि हुन् । उनले साहित्यिक रचनाहरू नदी भट्टराई उपनामबाट प मात्र पनि प्रकाशन गरेका छन् । पत्रकारिता, साहित्य, सङ्गीत र कला विविध क्षेत्र र विधामा सक्रिय छन् । हाम्रो साहित्य, रेडियो बुद्धवाँणी एफ एम ९५.७ मेगाहर्ज, सूर्योदय न पा फिक्कल इलाममा उनले सञ्चारकर्म गरेका छन् । २०५३ सालदेखि साहित्य सिर्जनामा देखा परेका भट्टराई सफा रहौँ स्वस्थ्य बनौँ २०५७ कविताबाट साहित्यिक क्षेत्रमा सार्वजनिक भए । उनको इलाम शीर्षकको कविता सोही साल इलाम टाइम्स पत्रिकामा प्रकाशन भएको थियो । उनका विभिन्न पत्रपत्रिकामा छन्दोबद्ध कविता साथै साहित्यिक र साङ्गीतिक कृतिको समीक्षात्मक लेख र साहित्येत्तर लेख गरी करिब चार दर्जन लेखरचनाहरू प्रकाशित छन् । उनले आकाशको जून बनी’ गीति एल्बम प्रकाशन गरेका छन् । मेची पद्यमालाका उनी सम्पादन सहयोगी पनि हुन् । उनले झलनाथ अधिकारीको ‘ओखती र उपचार’ २०७४ को सम्पादन पनि गरेका छन् । उनी नवीन साहित्य प्रतिष्ठान, सूर्योदय सामाजिक प्रतिष्ठान, सुभाङ सामुदायिक अध्ययन केन्द्र पाँचथर, बुद्धि घिमिरे साहित्य प्रतिष्ठान, मोती छन्दकला (समस्यापूर्ति), त्रिफला राष्ट्रिय पुस्तकालय झापालगायत विविन्न सङ्घसंस्थासँग संलग्न रहेर साहित्य र समाज सेवा गरिरहेका छन् । उनले विभिन्न प्रतियोगिताहरूमा कविता र गजल रचनामा उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् । साहित्य सागरको प्रस्तुत शृङ्खलामा नदी भट्टराईको देवकोटाको कवित्त्वको सामान्य चर्चा शीर्षकको समीक्षा समेटिएको छ ।
​​
-सम्पा.

पूर्वप्रसङ्ग
मान्छेलाई प्राणीहरूमध्ये एक उच्च प्राणीको रूपमा लिइन्छ।ऊभित्र उच्चताको मापनका आधारहरू असीमित छन् यद्यपि मानवीय स्वभावको आधारमा उसका भावना, कल्पना र विद्वत्ताको प्रयोगद्वारा उभित्रको अन्तर्निहित सृजनालाई बाहिर सतहमा सार्वजनिक गर्न सके जीवन जिउनुको सार्थकता झल्कने गर्दछ । मानवीय जीवनमा सृजना रच्न सक्ने व्यक्तिलाई स्रष्टा भन्ने गरिन्छ । स्रष्टाका अनगिन्ती प्रकारहरू हुन्छन् त्यसमध्ये भावनाद्वारा सृजित साहित्य र सङ्गीतका कृतिद्वारा समाज परिवर्तनको दिशातिर लान सक्ने वा लगेका स्रष्टा (व्यक्ति) पनि एक हुन् । साहित्यमा पनि साहित्य र साहित्येत्तर गरी भेद छन् । जीवनको अमर कर्महरूमध्ये यी अब्बल मानिन्छन् । नेपाली साहित्यमा यस्ता अमर कर्म गरेर अमरत्व प्राप्त गर्ने साहित्यस्रष्टाहरू धेरै छन् जसका सृजनाले माटो, व्यक्ति, समाज, मानवीय चिन्तन, राष्ट्र, विश्व, युग र सत्यलाई उजागर गरेका छन् वा प्रतिनिधित्व गरेका हुन्छन् र छन् । एउटा युग परिवर्तनका संभावना बोकेका वा युग परिवर्तनका संबाहकलाई उसको भौतिक शरीरको अन्त्यपछि बाँकी सृजनशील मनहरूले उनको कर्मको सम्मान गर्दै विभिन्न विचारात्मक र उल्लेख्य कृति तथा कृतित्त्वको चर्चा परिचर्चा गर्ने काम एक वर्षमा करिब दुई पटक सम्मानस्वरूप सम्झने परिपाटी यो नेपाली समाजमा पनि रहिआएको छ । त्यसमा पनि विशेष साहित्यस्रष्टाहरूमा बढी श्रद्धा व्यक्त गर्ने गरिएको छ । मौसमअनुसारको बाजा बजाउँने क्रममा यतिखेर नेपाली साहित्यका एक उज्ज्वल नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोको एक सय बाह्रौँ (११२) जन्मजयन्ती मनाउँने क्रम प्रत्येक वर्षझैँ यसपटक पनि भोलि कार्तिक २७ बिहीबारको दिन रहेको छ । उनै देवकोटाको लागि केही शब्दगुच्छाहरू–

नेपाली साहित्यका त्रिमूर्तिहरू कविशिरोमणि लेखनाथ पौड्याल (वि सं १९४१–२०२२), नाटककार बालकृष्ण समः ( १९५९–२०३८) र महाकवि लक्ष्मीप्रसाद देवकोटा ( १९६६–२०१६ ) मध्येका एक हुन् स्रष्टा र द्रष्टा देवकोटा । पण्डित तीलमाथव देवकोटाकी कान्छी श्रीमती अमरराज्यलक्ष्मीदेवीको कोखबाट वि सं १९६६ साल कार्तिक २७ गते शुक्रबार कृष्णपक्ष अमावश्य तिथि बिशाखा नक्षत्रको तुला राशीमा रातीको ९ बजे काठमाण्डौको धोवीधारा टोलमा उनको जन्म भएको थियो । उनको न्वारनको नाम भने लक्ष्मीप्रसाद नभएर तीर्थमाधव देवकोटा रहेको थियो । सानैदेखि मेधावी स्वभावका देवकोटाको पढ्ने र बढ्ने क्रमसँगै वि सं १९८१ सालमा १५ वर्षकै उमेरमा इन्द्रचोकको प्रतिष्ठित चालिसे परिवारका १३ वर्षीय छोरी मनदेवी चालिसेसँग विवाह भएको देखिन्छ । पिता पण्डित तीलमाधव देवकोटाबाट संस्कृतका आधारभूत ज्ञान हाँसिल गरेका देवकोटाले वि सं १९८२ सालमा पटनाबाट प्रथम श्रेणीमा म्याट्रीकुलेशन (यस बेलाको एस. एल. सी) उत्तीर्ण गर्दा उनको उमेर १६ वर्ष ४ महिना भएको थियो । उनका कृतिहरू असङ्ख्य छन् ती कृतिहरूमार्फत नेपाली वाङ्मयलाई सम्बृद्ध बनाएका छन् । त्यसो त उनका कृतिहरूको सङ्ख्या यति थिए भन्ने साध्यै छैन देवकोटाले आर्थिक अभाव टार्न धेरैलाई कविको पहिचान दिलाए । कति हराए कति चोरे, कति रद्दी टोकरीतिर मिल्किए । बाँकी हालसम्म लिखित रूपमा फेला परेका कृतिहरू, सम्मान तथा संलग्नता क्रमशः यस्ता छन्–

कवितासङ्ग्रहः– पुतली ( वि सं ( २००९ ), भिखारी (२०१०), सुनको बिहान (२०१०), जन्मोत्सव र मुटुको थोपा (२०१५), छहरा (२०१६ ), मृत्युशैय्याबाट (२०१६), चिल्ला पातहरू (२०२१) , मनोरञ्जन ( २०२४) , भावना गाङ्गेय ( २०२४) , गाइने गीत ( २०२४) , आकाश बोल्छ ( २०२५), नवरस ( २०२५) , छाँगासँग (२०२६) , लक्ष्मी कवितासङ्ग्रह ( २०३३) , लक्ष्मी गीतिसङ्ग्रह ( २०४०) आदि छन् त्यसै गरी खण्डकाब्यहरू : मुनामदन ( १९९२) , राजकुमार प्रभाकर ( १९९७) , कुञ्जिनी (२००९), पहाडी पुकार ( २००५), वसन्ती ( २००९), रावण जटायु युद्ध ( २०१५) , म्हेन्दु ( २०१५), मायाविनी फर्सी ( २०२४) , सिताहरण ( २०२४ ), दुश्यन्त सकुन्तला भेट ( २०२५) , लुनी ( २०२५), कटक ( २०२६) र मैना (२०३९) आदि रहेका छन् ।

देवकोटा महाककवि हुन् महाकाव्यहरूः शाकुन्तल (२००२) , सुलोचना ( २००३) , महाराणाप्रताप (२०२४) , वनकुसुम (२०२५) , प्रमीथस (२०३८) र पृथ्वीराज चौहान ( २०४९) गरी छ वटा प्रकाशित छन् ।

देवकोटा विशिष्ट निबन्धकार हुन् । उनका निबन्धहरू :– लक्ष्मी निबन्धसङ्ग्रह ( २०३२) , दाडिमको रूखनेर ( २०३९) , महाकवि देवकोटाका निबन्ध (२९६६) आदि प्रकाशित छन् ।

देवकोटाको एउटा कथासङ्ग्रह :– लक्ष्मी कथासङ्ग्रह ( २०३२) प्रकाशित छ । उनका दुईवटा नाटक :– सावित्री सत्यवान् (१९९७) र कृषिबाला (२०२१) प्रकाशित छन् । उनका अनुवादतर्फ प्रशिद्ध प्रबन्धसङ्ग्रह ( १९९८) र सेक्सपियरको म्याकव्येथ (२०२६) जस्ता कृति प्रकाशित छन् । एउटा उपन्यास :चम्पा (२०२४) र समालोचनातर्फ स्रष्टा देवकोटा द्रष्टा परिवेशमा (२०४१) आदि रहेका छन् । यसरी हेर्दा देवकोटा बहुमुखी प्रतिभा देखिन्छन् ।

संलग्नताका कुरा गर्दा नेपाली भाषा प्रकाशिनी समितिमा जागीरे जीवन २००२ , त्रिचन्द्र कलेज र पद्मकन्या कलेज २००३ , २०२१ मा प्राध्यापन , नेपाली साहित्य परिषद्का सभापति २००४, काव्यप्रतिष्ठानको अध्यक्ष २०१२, सम्पादक ( इन्द्रेणी , शिक्षा तथा स्वायत्तशासन मन्त्री २०१४ (डा. के आई सिंहको मन्त्रीमण्डलमा ) र रोयल नेपाल एकेडेमीका सदस्य ३०१४ आदि र हेका छन् । देवकोटाका यिनै योगदानलाई हेरेर प्रदान गरेका सम्मानहरूमा त्रिभुवन पुरस्कार र महाकवि पद र २०२१ मा हुलाक टिकट प्रकाशन भएका छन् ।

वास्तवमा देवकोटालाई सम्झने उनका अनगिन्ती पाटा र बाटाहरू छन् । नेपाली साहित्यमा सबै विधामा कलम चलाएर सङ्ख्यात्मक र बौद्धिक दुवै पाटामा शिखर व्यक्तित्व बने देवकोटा । उनी बहुमुखी प्रतिभाको शिखर, भावना र बौद्धिकताको दोभान मानिन्छन् । आज म निजात्मक निबन्ध र प्रबन्धका प्रवर्तक देवकोटा, कथाकार, नाटककार, गीतकार, खण्डकाव्य तथा महाकाव्यकार साथै एउटा झिल्का मात्र भए पनि उपन्यासकार देवकोटा अथवा गद्य र पद्य आदिका देवकोटाका केन्द्रीयतामा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झन खोजिरहेको छु । नेपाली साहित्यका बिभिन्न मोड र प्रवृत्तिहरूलाई हेर्दा नेपाली कविता साहित्यमा आधुनिक काल वि सं १९७५ देखि हालसम्मको दोस्रो मोड १९९२ देखि २०३० सम्म रहेको स्वच्छन्दतावादी धाराका केन्द्रीय प्रतिभा हुन् । उनको कवित्वका बारे यो सानो लेखमा सम्भव नहोला तर पनि वि सं १९७६ साल करिब १० वर्षकै उमेरमा बाल्मीकिको मा निषाद् …. र भानुभक्तको भरजन्म घाँसतिर मन ….जस्तै तिनका प्रभावमा पनि परेको दुईहरफे कविता यस्तो छ–

घनघोर दःखसागर संसार जान भाइ
नगरे घमण्ड कहिले मर्नु छ हामीलाई ।

उनको पहिलो कविता कुन हो भन्ने कुरामा विभिन्न विद्वान्हरूको समयसमयमा विभिन्न मतमतान्तर रहे पनि ‘पूर्णिमाको जलधि’ वा ’गरीब’ मध्ये पहिलो कविता १९९७ सालको मङ्सिर १५ गते शुक्रबारको गोरखापत्रमा छापिएकोले पूर्णिमाको जलथि पहिलो र साङ्त्कृत्यायनले १९९१ सालमा शारदामा प्रकाशन भएकोले गरीब पहिलो भनेर दावी गरेको पाइन्छ । जेहोस् भिन्नाभिन्नै केन्द्रीय भाव भएको कवितामा प्रकृति प्रेम– पूर्णिमाको जलधि र गरीबको जीवनलाई रोमान्टिक शैलीमा प्रश्तुत भएको कविताका एकरएक पङ्ति क्रमशः यस्तो छ –

पूर्णिमाको सुन्दरतामा
उछिलिई उछिलिई गहिराइ
उठ्छन् लहरिई भाषा तटमा
ठकुराइ ठकुराइ
सुखका सुन्दर फिँज निकाली
उछिल्लिई उछिल्लिई
जलधि सबैकन माथि उचाली
कणकण जलका चाली चाली
जूनमा तनमन धोईपखाली
हलचल मचाइ
छालहरूको उछलपुछलमा
वक्षस्थलको हलचलमा
गम्भिरताको गुँज्दछ गाना
अनहद गाना सुनाई । ( पूर्णिमाको जलधि)

गरीब भन्छौ सुखको मझैँ धनी
मिल्दैन संसारभरी कतै पनि
बिलासकोे लालसा दास छैन म
मीठो छ मेरो रसिलो परिश्रम । ( गरीब )

देवकोटा एक ट्युसनजीवी व्यक्ति पनि थिए । राज्यसत्ताको आङ्कुसेबाट प्रताडित भइरहेका उनी वि सं २००४ सालदेखि प्रगतिवादी स्वरहरू उराल्छन् र स्वच्छन्दतावादी प्रगतिवादीका रूपमा पनि चिनिएका छन् । उनका फुटकर कवितामा मुख्य रूपमा मानवतावादी चेतना, लयचेतना , कर्मवादी चेतना , र प्रगतिशील विचारका सगरमाथा प्रशस्तै भेटिन्छन्। मुनामदन खण्डकाव्य , पुतली कवितासंह, लक्ष्मी कवितासङ्ग्रह, यात्री कविता, प्रभुजी भेँडो बनाऊ, साँढे, पागल, झञ्जावीर, बाघले बच्चा किन खान्छ ? जस्ता रचनाहरूमा उपर्युक्त विचारका ज्वारभाटा उर्लिरहेको पाइन्छ । उता महाकाव्यहरूमा असन्तुष्टीका विम्ब, पूर्वीय दर्शनको प्रारूप र व्याख्या, मिथकीय चेतना, सामाजिक कथावस्तुको सबल विन्यास, प्रकृति र प्रेमको सौन्दर्यको चित्रण भेटिन्छ । वास्तवमा जीवनलाई अगाडि पछाडि दुवैतिरबाट नियाल्न सक्नेमा देवकोटा पनि एक हुन् रुमानी शैलीमा । यतिखेर म देवकोटाको वि सं १९९५ सालको शारदा पत्रिकामा प्रकाशित दुई कविता बालककाल र जिन्दगीको मौसमबाट फरकफरक केन्द्रीय भाव भएको अर्थात बालककालको छुट्टै संसारको अनुभूति र कर्मवादी चेतनामा प्रेरित गर्ने जिन्दगीको मौसम कविताको एकरएक पङ्ति सम्झन्छु–

हे प्यारा शिशु बन्न फेरि म सके बन्ने थिएँ बालक
केटाकेटि भनून् बुझक्कड बुढा मान्दीन केही धक।
यो मीठो रसिलो खुला र हँसिलो यो मग्नमस्ती लिई
छाडी दिन्छु म मोलतोल जगको वात्सल्यलाई लिई ।। ( बालककाल)

इन्द्रिय गोरु शरीर हलोमा
बाँधी बाँधी खनखन खेत ।
बिउ छन् जगमा कर्म हजारौँ
रोप फलाऊ लहलह खेत ।। (जिन्दगीको मौसम)

देवकोटालाई नास्तिक थिए भनेर अपव्याख्या गर्नेहरू प्रशस्तै भेटिए त्यो बेला र अपमान पनि सहे तर देवकोटा मानवीय ईश्वर पूजक आस्तिक थिए जसरी नित्सेले विश्वयुद्धताका ईश्वर मरेको घोषणा गर्दा अपमान सहनु परेको थियो र उनीसमेत आस्तिक थिए केवल भौतिकवादी मूर्ति पूजक नभएर मानवीय ईश्वर पूजक । यस्ता भीडहरूलाई चिर्दै मानवतावादी चिन्तन नै ईश्वरको रूप हुन् र यिनीहरू दरिद्र, असहाय, अकिञ्चन र सुदामाहरूमा व्यापक रूपमा हुन्छन् वा अन्तरहृदयको चीत्कार, रोदन वा चराचर प्राणीहरूको अन्तज्र्वालाहरूमा हुन्छन् भन्ने कुरा उनका कैयौँ कविताहरूले प्रष्ट पारेका छन् जस्तै–

कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसोरी लाने हो ?
हाडहरूको सुन्दर खम्बा
मांशपिण्डको दिवार
मस्तिष्कको यो सुनको छानो
मन्दिर आफू अपार
कुन मन्दिरमा जान्छौ यात्री….. (यात्री)

हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।

क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।

मनको बत्ती तनको बली स्वर्ग छ प्रसाद
कर्ममै पूज ईश्वर भन्छ यो लक्ष्मीप्रसाद । ( मुनामदन खण्डकाव्यबाट)

मानिससँगमा मानिसको यो
अन्तर्दिलको रोदन
भाइहरूसँग भिक्षाको यो
मुठ्ठी दयाको याचन
घाम उज्यालो आगनमा यो
एक अँध्यारो अवलोकन
गुलाफहरूको हाँसोबीच
एक उन्यूको रोदन।
युगयुगभरको आँसुहरूको
सार अपार उतारी
दुःखको दिलमा ईश्वर बोल्छ
अधर अनन्त उतारी

माग्दछ करुणा भाइहरूमा
आई पृथिवी वारि
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनको एक भिखारी ( भिखारी कवितासङ्ग्रहबाट)

देवकोटा जीउनको लागि मात्र बाँचेनन् । उनी महान् उद्देश्य बोकेर पूरा गरी बाँच्न चाहन्थे । खान र लाउन मात्र चाहेको भए देवकोटाले गरेका कर्मको बाढी सुकाउँथे पनि होला । स्वाभिमान बेच्थे पनि होला तर त्यसो गर्न चाहेनन् बरु भनिरहे– ‘उद्देश्य के लिनू उडी छुनू चन्द्र एक ।’ उनका महाकाव्यहरूमा शाकुन्तल बढी नै चर्चित महाकाव्य हुन् । तीन महिनामा लेखेका शाकुन्तलमा नवीनता र क्लिष्टता यसका एक पाटो हुन् । तरपनि नेपाली साहित्यमा यस्तै तर अतुलनीय समय लगाएर पनि अर्को जन्मन सकेन करिब ७६ वर्षको अवधिमा भन्दा फरक नपर्ला । त्यसैले यो तीन महिनाको रचना तीन वर्षको पढाइ भन्ने उखानसँग मेल खान जान्छ । आफैमा विशिष्ट महाकाव्य अझै मानुपर्छ । नायक नायिका त्यसको आदर्श उच्च कथानक तथा कल्पनाका झिल्काहरू प्रशस्तै भेटिन्छन् यसमा । भन्न त उनी आफैले भनेका रहेछन्– ‘म समालोचकको त्रासमा छु ।’ उनको महाकाव्यको भावनाहरू भदौरे भेल हुन् । प्रथम स्वर्गको सातौँ श्लोकमा यस्तो छ साथमा मङ्गलाचरणका केही श्लोकहरू यहाँ प्रश्तुत गर्न चाहन्छु–

माटो हो हुन ता तथापि गरहिरा आँखा हुने सज्जन
दाना सुन्दर स्वर्गका झलझली देख्लान् गुडेका कण।
जो आयो तर वर्षिई घनघटा कालो निलोबाट यो
जो जो ल्याउँछ सो विनीविनि लिने सौजन्यको शोख हो ।।

चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका
नाच्थी सुन्दर तालले पवनमा देखी फुलेकी लता
विर्सेझैँ भन– को ? तिमी यति भनी गौरी रुलाईकन
मुस्काएर फुल्याउँदा शिव दिउन् कल्याणको चुम्बन ।।

चम्किन्थे अघि स्वर्णकाल महिमा पूर्वीय आकाशमा
गम्किन्थे सपना समान घनमा बुट्टाहरू बान्किला ।
आँखामा खगको परीकन तिनै गाना बनी गुँज्दथे
त्यो आभा भरभारती भरतको त्यो भारताकाशमा ।

मीठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसारको
हाम्रो भारत वर्षको उदयको हैमप्रभा सारको ।
जाडामा पनि कोयली कुसुमका वास्नाहरू सम्झँदै
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ।।

अन्त्यमा नेपाली साहित्यका महारथि, एक उज्ज्वल नक्षत्र मूलतः कविता काव्य र निजात्मक निबन्धको क्षेत्रमा अग्लो व्यक्तित्व अझ भनौँ आजको सन्दर्भको चर्चाको हिसाबले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा जति चर्चा गरे पनि जुन कोणबाट चर्चा गरेपनि जुन विषय र प्रस्तुतिको हिसाबले चर्चा गरे पनि अपूरो नै रहन्छ । उनलाई व्याख्या र विश्लेषण गर्ने हजारौँ आधारहरू छन् । यति भन्न सकिन्छ कि नेपाली साहित्यमा एक मात्र स्वाभिमानी साहित्यकारको रूपमा देवकोटालाई लिन सकिन्छ । चाकरी, चाप्लुसीको चङ्गुलमा कहिल्यै फकेनन् देवकोटा । अनवरत साधना गरिरहे र नेपाली वाङ्मयलाई सम्बृद्ध पारिरहे।

देवकोटाले खनेको बाटो वि सं १९९२ देखि २०१६ सम्म रह्यो । बाँकी उनैले लिएर गए । केही अंश स्वच्छन्दतावादी धाराको अवशेष २०३० सम्म कायम भयो । गुरु र चेलाको सम्बन्ध क्यान्सरको बीउ बोकेर हिँड्नमा नै उत्तम थिएछ त्यो बेला । करिब पचास वर्षको अल्पायुमा वि सं २०१६ साल भदौ २९ गते हामीमाझबाट बिदा लिए । शास्त्रीय धारका प्रवर्तक लेखनाथ जस्ता सम्मानका पूजारी बन्न सकेनन् हाम्रो लागि बिडम्बना बन्यो । आर्थिक महलमा हुर्केका समलेझैँ महाकाव्य लेख्न ३८ वर्ष कुर्नु परेन र झर्रोवादी आन्दोलनका प्रवर्तक, समालोचक, निबन्धकार, उपन्यासकार डा. ताना शर्माको ‘झुसिलो डकार’ को उपेक्षित संज्ञा पनि ग्रहण गर्नु परेन । नेपाली साहित्यमा मोतीराम भट्ट (वि सं १९२३–१९५३) आयु र योगदान जति उल्लेखनीय छ त्यति नै उल्लेखनीय योगदान रहेको छ । आज हामीमाझ रहेनन् उनी तर पनि यति धेरै योगदान दिएर पनि राज्यसत्ताले उपेक्षा गरेको भने पक्का हो । बरु देवकोटाका कारण नेपाली भाषा भाग्यमानी बन्न पुग्यो । यसरी हेर्दा करिब ६४४ वटा फुटकर कविता, करिब अढाइ दर्जन खण्डकाव्य र अप्रकाशितसमेत जोड्दा करिब ९ वटा महाकाव्यमा दश दिने सुलोचना र तीन महिने शाकुन्तलसमेत लेख्न भ्याएका छन्। बिए बिलसम्मको अध्ययन पूरा गरेका देवकोटाले अङ्ग्रेजी साहित्यमा एम.ए गर्ने धोको भने अधुरै रहेको देखिन्छ । जेहोस् उपर्युक्त अतुलनीय योगदानकै कारण उनी महाकवि बन्न सफल भएको देखिन्छ । यसैलाई सन्दर्भलाई पूर्णता दिदै उनको जीवनको अन्तिम कविता ’म शून्यमा शून्यसरि विलाएँ’ बाट बिट मार्दछु !

रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो न ज्ञान न भो विबेक ।।

सन्दर्भसूची
जोशी, कुमारबहादुर (२०४८). देवकोटाका प्रमुख कविताकृतिको कालक्रमिक विवेचना
शर्मा, तारानाथ (२०५६). नेपाली साहित्यको इतिहास क्रान्तिपूर्व युग. प्रकाशक : अक्षर प्रकाशन , काठमाण्डौ ।
ढुङ्गाना, लावण्यप्रसाद र घनश्याम दाहाल (२०५७). खण्डकाव्य सिद्धान्त र नेपाली खण्डकाव्य. काठमाडौँ ? भुँडीपुराण प्रकाशन ।
त्रिपाठी, वासुदेव (२०२७). सिंहावलोकन. काठमाडौँ : साझा प्रकाशन ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 161
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.