SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नेपाली साहित्यमा स्वछन्दबादी धाराका प्रवर्तक : महाकवि देवकोटा
समीक्षा

नेपाली साहित्यमा स्वछन्दबादी धाराका प्रवर्तक : महाकवि देवकोटा

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments12 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

वसन्त श्रेष्ठ ( बि.स. २०१२ साल फाल्गुण ४ गते, बसन्त पञ्चमी म्याङ्गलुङ बजार, तेह्रथुम) विदेशमा रहेर नेपाली साहित्यको सेवा र साधनामा समर्पित प्रतिभा हुन् । न्यू ह्याम्पसाएर बिश्वबिद्यालय, अमेरिका एम.ए. अर्थशास्त्र गरेका छन् । हाल उनी भर्जिनिया, अमेरिकामा बसोबास गर्छन् ।

उनका बसन्त श्रेष्ठका कविता (कवितासङ्ग्रह, २०६४ ), भावनाका लहरहरू (कवितासङ्ग्रह, २०६६ ), उज्यालो खोज्ने आवाजहरू (कवितासङ्ग्रह, २०६७), अर्को गोलार्धमा उभिएको मान्छे ( कवितासङ्ग्रह) २०७७) जस्ता कृतिहरू प्रकाशित छन् । उनका यी कृतिका अतिरिक्त बिभिन्न पत्र पत्रिकामा लेख तथा रचना प्रकाशित छन् । उनले समीक्षा क्षेत्रमा पनि हात हालेका छन् । उनले महाकबी देबकोटाको बहुआयामिक चरित्र जस्ता कृतिहरू प्रकाशन गरेका छन् । उनले अस्वीकृत विचार साहित्य पुरस्कार (२०६४), व्यथित काब्य पुरस्कार (२०६५), एपेक नेपाल सम्मान पत्र ( २०७५) जस्ता पुरस्कार पाइसकेका छन् । श्रेष्ठका सम्पादनमा ‘तीनजुरे (हस्त लिखित पत्रिका, २०२६)पुर्बेली धुन ( काठमान्डौ, २०२९), अन्तर्दृष्टि (अ.ने.सा.स. को प्रकाशन), ईन टच ( ए. एन. ए. को प्रकाशन), आवाज ( ए.एन.एस. को प्रकाशन) उत्तर अमेरिकाका नेपाली कवि र कविता (अमेरिका र क्यानाडा ) जस्ता पत्रपत्रिका र कृति पनि सम्पादन गरेका छन् । उनी आबद्ध सङ्घ र संस्थाहरू नेपाल रेडक्रस सोसाईटी, नेपाल, जिल्ला खेलकुद परिषद–तेह्रथुम, अन्तरास्ट्रिय नेपाली साहित्य समाज, केन्द्र अनेसास (सन् १९९८(२०००), नेपाली अमेरिकन परिषद, एन ए सी (सन् १९९९ (२०००), ग्रेटर बोस्टन नेपाली कम्युनिटी जी बि एन सी (सन् १९९८ (२०००), अखिल नेपाली अमेरिका सङ्घ ए एन ए (सन् १९९९(२०००), अमेरिका नेपाली संघ ए एन एस, (सन् २००४ (२००६), नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका ( सन् २०१० ) आदि हुन् । उनी विदेशमा रहेर पनि नेपाली भषा साहित्य र संस्कृतिको विकासमा लागिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘ नेपाली साहित्यमा स्वछन्दवादी धाराका प्रवर्तक : महाकवि देवकोटा’ शीर्षकको समीक्षा समेटिएको छ ।
-सम्पा.


नेपाली साहित्यलाई आधुनिक कालमा प्रवेश गराई नयाँ आयाम थपी कल्पनाको शिखरको उचाई नाप्न सक्ने प्रतिभाका धनीको नाम हो महाकबि देबकोटा । उनको जन्म बि.स. १९६६ साल कार्तिक २७ गते लाक्ष्मीपूजाका दिन काठमाडौँको धोबीधारामा भएको थियो । देवकोटा सानैदेखि अति मेधाबी, तीक्ष्ण बुद्धिका र अति प्रतिभाशाली व्यक्तित्वका धनी थिए । उनले दश बर्षको उमेरमै कविता लेखेर साहित्यमा प्रवेश गरेका थिए ।

देवकोटा सबै बर्ग, सबै जात, सबै भाषा र सबै संस्कृतिको उत्थानका लागि साहित्य सिर्जना गर्थे ्र जस्तो उनको मुना–मदन काठमाडौँ उपत्यकाको पुरानो कथालाई समेटेर झ्याउरे लयमा रचिएको खण्डकाब्य हो म्हेन्दु तामाङ समाजको झलक दिने खण्डकाब्य हो । “कुन्जिनी“ राउटे समाजको अनि “लुनी“ शेर्पा समाजको दर्पण हो भने तिप्लिङ्गी पिपा समाजको गाथा समेटिएको खण्डकाव्य हुन् ।

महाकवि देवकोटा सिर्फ पचास वर्ष मात्र बाँचे तर आजसम्मको नेपाली भाषा र साहित्यलाई अन्तराष्ट्रियकरण गर्नमा उनको जति योगदान अरू कसैको देखिएको छैन । नेपाली साहित्यलाई अन्तराष्ट्रिय क्षेत्रमा परिचय गराउनमा उनले अङ्ग्रेजीमा थुप्रै रचनाहरू सिर्जना गरे । शाकुन्तल महाकाव्य अङ्ग्रेजीमा उल्था गरिएको प्रथम महाकाव्य हो । उनले पाँच वटा निबन्ध सङ्ग्रह पनि अङ्ग्रेजी भाषामा लेखेका छन् । त्यसपछि उनले आफ्ना दुइटा कथा, तीसभन्दा बढ्ता कविता र त्यस समयका चर्चित कविका पचास जति कविताहरू पनि अङ्ग्रेजी भाषामा उल्था गरेका छन् । नेपाली भाषा र साहित्यलाई अन्तरास्ट्रिय समुदायमा परिचित गराउन थुप्रै देशमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरि सहभागी भएका थिए । तीमध्ये वि सं २०१० सालमा रोमानियाको बुखारेस्टमा भएको अन्तरास्ट्रिय युवा महोत्सव, २०११ सालमा भारतको नयाँ दिल्लीमा भएको एसियाली सम्मेलन, २०१३ सालमा नयाँ दिल्लीमा भएको एसियाली लेखक सम्मेलन, २०१५ सालमा सोभियत सङ्घको तासकन्दमा भएको अफ्रो एसियाली लेखक सङ्घमा दिएका सारगर्भित र ओजस्वी भाषणले उनि देश बिदेशमा समेत लोकप्रिय र चर्चित बन्न पुगेका थिए ।

देवकोटाका लेखनशैली, भावनात्मक बिचारहरू र काल्पनिक प्रवाहलाई त पश्चिमी कविहरू विलियम वोर्डस्वर्थ, जोन किट्स, सेली आदिसँग तुलना गर्ने गरिन्छ । उनी साहित्यको सिर्जना यति चाँडो गर्न सक्थे कि उनी वास्तबमा आशुकवि नै थिए । जस्तै तिन महिनामा शाकुन्तल महाकाव्य , दश दिनमा सुलोचना महाकाव्य, एकै रातमा कुन्जिनी खण्डकाव्य “ र एक घन्टा बीस मिनेटमा बयानब्बे श्लोकको आँशु खण्ड काव्यले नै प्रमाणित गर्दछ ।

देवकोटा महाकवि बन्नुको एक रोचक प्रसङ्ग यहाँ प्रस्तुत गर्दा सान्दर्भिक होला भन्ने म ठान्दछु ।

बि.स. २००२ सालमा नेपाली भाषानुवाद परिषद्का डाइरेक्टर व्याकरणविद् पुस्कर शम्सेर राणाको कार्यालय सरस्वती सदन घण्टाघरमा नेपाली भाषा र साहित्य सम्बन्धी छलफल चलिरहेको रहेछ । सो छलफल कार्यक्रममा नेपाल भाषा प्रकाशिनी समितिका अध्यक्ष बालकृष्ण सम, खड्गमान मल्ल, सागरमणि आदि, श्यामदास बैष्णव, बाबुराम आचार्य र देववीर पाण्डे उपस्थित भएको रहेछ । सो छलफलको मुख्य बिषय चाहिँ बालकृष्ण समको ५५७ पृष्ठको महाकाव्य आर्यघाट माथि केन्द्रित रहेर मकाव्य पारित गर्ने । सोही समयमा लक्ष्मीप्रसाद देवकोटा पनि ठ्याक्कै पुगेछन् । उनले बिषयको सान्दर्भिकता लाई मनन गर्दै पुस्करसमशेर राणालाई सोधेछन् “ मेरो माहाकाब्य किन स्वीकृत भएन ?” । पुस्कर शम्सेरले जवाफ फर्काए छन् “ सुत्तत मट्टी मान्द्रिलो स्निग्ध गोबरी, उफार के सानु साबके सानु स्वर्ग छ “ यो कुन दिशाको नेपाली भाषा हो ? देवकोटाले जवाफ दिए “ कविले स्वतन्त्र भएर लेख्न पाउने कि नपाउने ?”

पुष्करशम्सेरले भने “ किन नपाउने ?” ।

देबकोटाले फेरि भनेछन् “ तब मैले के बिराएँ त ? मैले पनि स्वतन्त्रतापूर्वक लेखेँ ।

पुष्करशम्सेर फेरि भन्छन् “ ठिक छ मैले कहाँ छेकेको छुं र ?

देवकोटाले भनेछन् “ तब मेरो महाकाव्य किन सदर भएन ? मेरो अभिव्यक्तिको लागि नेपाली भाषामा शब्द पर्याप्त छैनन् । म नया नयाँ शृष्टि गर्न चाहन्छु “मान्द्रो ले बेरेको” नभनेर मैले “मान्द्रिलो” भनेँ अनि “गोबर ले लिपेको” नभनेर “गोबरी” भने त मैले के बिराएँ ?

पुष्कर शम्सेरले भने अहँ मलाई लेखनाथले लेखेको जस्तो बार्णिक छन्द मनपर्छ । भाइ बालकृष्णले लेखेको रबर छन्द पनि मलाई मन पर्दैन त्यसैले बार्णिक या त्यस्तै छन्द मै लेखिनु पर्छ । उनले निर्णय सुनाए छन् ।

त्यसपछि देबकोटा बाहिर निस्केछन् । पछि कहाँ गए भनेर खोज्दा उनी त घन्टाघरको बुर्जामाथि बसेर केही लेख्दै गरेको फेला परेछन् । करिब दुई घण्टापछि भाषानुवाद परिषद्मा देवकोटाले तत्काल छन्दमा लेखेको साठी श्लोकको कविता सुनाएछन् । त्यसको एक श्लोक थियो:

देख्यो सुग्रिवले तथापि मनमा शङ्का फेरी रह्यो
सक्छन् ता क्या तब बालि मार्नकन ता ठुलो छ भन्या भयो

यो श्लोक सुनिसकेपछि पुष्कर शमशेर त उनको लेखनशक्तिको तारिफ गर्दै भावविभोर भएछन् । पछि यही श्लोकमा शाकुन्तल महाकाव्यलाई पुनर्लेखन गरेर सदर पारेछन् । यही महाकाव्य लेखेर लक्ष्मीप्रसाद देबकोटा नेपाली साहित्यका “ महाकवि” देवकोटा बन्न पुगेछन् ।

सुलोचना महाकाव्य
देवकोटाको शाकुन्तल स्वीकृत भएपछि त्यहाँ केही गांइँगुइँ हल्ला भएछ । देवकोटाले घरमै लेखेर ल्याएको त्यस साठी श्लोक लाई घन्टाघरमा तत्काल लेखेको भनेर ढांँटे कि भन्ने संका पनि भएछ ।

त्यसपछि पुष्करशमसेरको कार्यालयमा देबकोटालाई बोलावट आएछ । उनलाई सोधनी भएछ “ सो श्लोक यहाँ नलेखी घरमा लेखेर ल्याएको भन्छन् । के यो साँचो हो ?

देवकोटा पनि के कम । उनले भनेछन् “ त्यस्तो महाकाव्य त म दश दिनमै लेख्न सक्छु । देवकोटाले एएटा हाँक दिएछन्

देवकोटाले हाँक दिएपछि अरू आउरेभाउरे ले निहु पाइहाले । हेरौँ त यसको तागत । कसरी दश दिनमा त्यत्रो महाकाव्य लेख्दो रहेछ ? यसो भनेर फेरि देवकोटालाई होच्याउन खोजेछन् । देवकोटाले आफ्नो जिददी छोडेनछन् ।

त्यसपछि त्यहाँ एक सहमति बनेछ ।

पुष्करशमसेरको अधीनमा बिषयवस्तु र शीर्षक राख्ने गरी दश दिनमा एउटा महाकाव्य लेख्ने योजना तय भएछ ।

बिषय, शिर्षक र छन्दमा लेख्ने सबै तय भएपछि निश्चित समयमा लेख्न सुरु भयो । घन्टाघर ले दिनको ठिक एक बजेको घण्टा बजेपछि लेख्न सुरु गर्ने । लक्ष्मीप्रसाद देकोटा खरर भन्ने, श्याम दाश बैष्णब लेख्ने तय भयो । निश्चित दिनमा नेपाल भाष प्रकाशिनी समिति पुष्करशम्सेरको कार्यालयमा सबै भेला भए र सुरु भयो देवकोटाको कल्पनाशक्तिको तागत र शक्ति । दिनको एक बजेको घण्टा सुरु भयो देवकोटा भन्न थाले अनि गणेश जस्तो भएर श्यामदास वैष्णवले लेख्न सुरु गरे । ठिक दश दिनको दिन महाकाव्य तयार गरेर पुष्करशम्सेरको हातमा राखिदिए । त्यस महाकाव्यको नाम थियो सुलोचना ।

हुन त महाकबि देवकोटाले सुलोचना महाकाव्यको भूमिकामा लेखेका छन् “ म श्लोकमा कुरा गर्न सक्छु, दिनभरि श्लोकमा फत्फताइरहन सक्छु ्र तब दश दिनमा एउटा महाकाव्य किन नबनोस् ? अझ होड गरेको थिइन, शायद एक दिनभरिमा एउटा लेख्न सक्छु कि भन्नेसमेत मलाई आशा छ ।“

महाकवि देवकोटाको कल्पनाशीलता धेरै उच्चा थियो । उनको भाषणकला र वाक्पटुता अति तेज थियो । जस्तै परिस्थितिमा पनि साहित्य सिर्जना गर्न सक्ने खुबी थियो । उनको सामाजिक सद्भाब र व्यबहार पनि उत्तिकै सरल थियो। त्यसैले उनको जीवनमा उनि लेखक, वकिल, प्राध्यापक, सरकारी सल्लाहकार, एकेडेमीका सदश्य अनि मन्त्रीसमेत बन्न पुगे । साहित्यका विद्यामा त उनी कवि, गीतकार, निबन्धकार, उपन्यासकार, काथाकार, समालोचक, नाटककार, सम्पादक र अनुवादक पनि भए

यहाँ एउटा अर्को प्रसंग पनि उल्लेख गरुँ ।

२००७ साल पौष महिनाको एक जाडो साँझ । मदन पुरस्कार बिजेता साहित्यकार शङ्कर लामिछाने त्यस दिन देबकोटाको कथासङ्ग्रह प्रकाशन गर्न बाह्र वटा कथा माग्न पुगेका रहेछन् देवकोटा “प्रोमिथियेस अन बाउन्ड“ पृथ्वीमा आएको प्रथम पुरुषको स्वतन्त्रतालाई लिएर लेखिएको त्यो लामो कविता लेख्दै रहेछन । आठ आठ पंक्तिमा एक भर्स र साथै फ्री भर्समा त्यसको ठिक नेपाली अनुवाद । अङ्ग्रेजीमा आठ पङ्क्ति त्यसपछि नेपालीमा आठ पङ्क्ति ्र यो एउटा अनौठो प्रयोग त्यो थियो । नेपाली र अङ्ग्रेजीको आठ आठ हरफको भर्सन थियो । त्यति मात्र होइन अङ्ग्रेजीको जुनसुकै लाइनसँग नेपालीको लाइन मिलाउनु एक दम मुस्किलको कुरा थियो । शङ्कर लामिछानेले सुनिसके पछि अचम्म मान्दै भनेछन् “ तपाई त असमयमै जन्मनुभएको रहेछ । तपार्इंका लागि त नेपाल बनिसकेकै छैन। तपाइँ त पचास बर्षपछि जन्मनु पर्ने”। त्यसपछि लामिछाने ले आफू कथा माग्न आएको भनेछन् ।

देवकोटाले समय हेर्दै भनेछन् “ छ बज्यो यसो गर्नुस् तपाई यतै बस्नुस मिठो मसिनो जे छ खाउँला बिहान छ बजेसम्म त कसो बाह्र वटा कथा नसकिएला”

त्यो कुरा यति सजिलोसँग भनियो कि बुझ्न नै कठिन भएछ । एकै थलोमा बसेर बाह्र वटा कथा लेख्नु रे । राति बार बजेसम्ममा चार घन्टामा पांच वटा कथा लिएर शङ्कर लामीछाने हिँडेछन् र त्यस रात शङ्कर लामिछानेले देवकोटाको साहित्यिक चमत्कारिक शक्ति प्राप्त गरेर फर्केछन् ।

महाकबि लक्ष्मीप्रसाद देबकोटा बिभिन्न १३ भाषाका ज्ञाता थिए । उनी नौ भाषामा त लेख पढ गर्न सक्दथे । तत्काल साहित्यलाई विभिन्न भाषामा अनुवाद गर्ने खुवी राख्दथे ।

२००२ सालमा प्रधानमन्त्री पद्मशमसेर जबरालाई स्वागत अभिवादन गर्ने क्रममा उनले शारदा पत्रिकामा संस्कृत,नेपाली, बङ्गाली, उर्दू अङ्ग्रेजी, फ्रेन्च, जर्मनी, चिनिया र हिन्दी गरी नौवटा भाषामा अभिवादन कविता प्रकाशित गरेका थिए ।

२००७ सालमा काठमाडौँमा हिन्दी भाषी कविता सम्मेलनको आयोजना भएको थियो ्र महाकवि देवकोटा सभापति रहेको सो कविता गोष्ठीमा बाचन भएका सबै कवितालाई तत्काल अङ्ग्रेजी भाषामा उल्था गरी देवकोटाले सुनाएर सबैलाई चकित पारेका थिए ।

२००७ सालमा बिरगञ्जमा नेपाल राष्ट्रिय विद्यापीठ को पहिलो बार्षिकोत्सव तत्कालीन संसदीय मामिलामन्त्री तथा उपकुलपति गणेशमानसिंहको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । दीक्षान्त समारोहको समापनपछि कविता गोष्ठीको कार्यक्रममा देवकोटाले पहिले नेपाली भाषामा त्यसपछि अङ्ग्रेजीमा र हिन्दीमा कविता सुनाएछन् र कविता सुनाएपछि स्वयम्भुलाल श्रेष्ठले उठेर भनेछन् तपाइँले नेवारी भाषामा त कविता सुनाउनु भएन नि ?

देवकोटा लाई गाह्रो पर्छ भनेर आयोजकहरू भैगो भैगो भन्न थालेछन् ।

देवकोटाले तत्काल भनेछन् “ नेवारी भाषा पनि त हाम्रै भाषा हो नि । नेवारी भाषा प्रशिद्ध समृद्धशाली प्राचीन साहित्य र संस्कृति भएको हाम्रो भाषा हो । यसलाई पनि हामीले सिक्नुपर्छ । त्यसपछि त्यही कवितालाई उनले नेवारीमा उल्था गरेर सुनाए छन् ।

त्यस्ता प्रतिभासम्पन्न व्यक्तित्वका धनी थिए हाम्रा देवकोटा ।

त्यसैले त महापण्डित डा. राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका तीन महाकवि पन्त, प्रसाद र निराला बराबर मात्र नभनी अझ अघि बढेर भने “देवकोटा हाम्रो युगका बुद्धपछिका नै सबैभन्दा ठुला मानव अवतार हुन् भनी भनेका छन् । “ उनि स्वछन्दतावादका सूत्रधार थिए । उनमा बिराट् कल्पनाशीलता समाहित थियो । तीव्र र तीक्ष्ण कवित्व क्षमता थियो । उनी वाक्पटुता र वाक चातुर्यमा तीक्ष्ण मानिन्थे ।

२०१३ सालमा भारतको नयाँ दिल्लीमा भएको प्रथम एसियाली लेखक सम्मेलनमा थुप्रै विशिष्ट साहित्यकारलाई लिएर देवकोटाले नेपालको नेतृत्व गरेका थिए । नयाँ दिल्लीको विज्ञान भवनमा भएको दोश्रो दिनको सम्मेलनमा देवकोटाको सम्बोधनमा नेपाली साहित्यको विकासको मात्र नभइ दक्षिण एसियाकै साहित्यको विकास कसरी गर्न सकिन्छ भनेर बोलेका थिए । सोही सम्मेलनमा देवकोटाले भारतमा नेपाली भाषाले मान्यता पाउनुपर्छ भनेर माग राखेका थिए । देवकोटाको भाषणको मध्यमा आइपुगेका दिल्लीका गभर्नर चिदम्बरम गोपालाचार्यले आफ्नो भाषणको क्रममा साहित्यलाई भोजनालय र राजनीतिलाई सौचालयको संज्ञा दिएका थिए । उनले नेपालका टोली नेता जस्तो मिठो र लामो भाषण गर्न मलाई आउँदैन भनेर देवकोटाको भाषणको प्रशंसा गरेका थिए ।

लक्ष्मीप्रसाद देवकोटाले आफ्नो छोटो जीवन कालमै नेपाली साहित्यलाई छ वटा महाकाव्य, ३६ वटा खंण्डकाव्यसमेत गरी जम्मा ८४ वटा कृति छोडेर गए । त्यसमध्ये ४५ वटाजति अझै अप्रकाशित छन् भनिन्छ । उनका कृति प्रकाशनको यात्रा जारी छ ।

शस बर्षको उमेरदेखि नै नेपाली भाषामा “घनघोर दुख सागर संसार जान भाइ , नगरे घमण्ड कहिले मर्नु छ हामीलाई । भन्दै १९७६ सालमा कविता लेखेर सुरु भएको महाकवि देबकोटाको साहित्यिक यात्रा जीवनको अन्तिम पहरमा अर्थात् २०१६ साल भाद्र २१ गते शान्त भवन अस्पतालमा अङ्ग्रेजी भाषामा

Promethiyen pain  I bear with tear on tearyet a song of joy must I raise my god to praise.
भन्ने कविता लेखेर अन्त यभो । त्यसको एक हप्ता पछी २०१६ सालको भाद्र २९ गते सोमबार उनको देहान्त भयो ।

वास्तवमा देबकोटाले छोटो उमेरमा पनि हामी नेपालीका लागि धेरै धेरै प्रशंसनीय सामाजिक कार्यहरू गरेर गएका छन् । जस्तै त्रिभुवन बिश्वबिद्यालयको स्थापनार्थ किर्तिपुरको जग्गाको व्यवस्था गर्ने व्यक्ति उनै थिए। नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना गर्ने कार्यमा उनको महत्वपूर्ण योगदान रहेको थियो । नेपाली भाषालाई बिद्यालयमा अनिवार्य गर्ने कार्य पनि उनैबाट भएको हो । अझ देशमा प्रजातन्त्र ल्याउने क्रान्तिमा लाग्दा सर्वश्वहरणसमेत भएको तथ्य पनि हामी सबैका सामु छर्लंग छ ।

हामी प्रत्येक बर्ष लक्ष्मी जयन्ती कार्यक्रममा एउटै कुरा दोहोर्याउछौँ । त्यो हो उनको दयनीय आर्थिक खवस्थाको रोदन क्रन्दन । उनको विलक्षण प्रतिभाको गुणगान । यही कुरा नै प्रत्येक बर्ष दोहोर्याइरहनु भन्दा यस जयन्तीलाई साँचो अर्थमा सदुपयोग गरी सार्थक बनाउनको लागि केही ठोस कार्य गर्नु नै आजको आबश्यकता हो । देवकोटाले समग्र नेपालीका लागि बिभिन्न क्षेत्रबाट जति ठुलो त्याग तपस्या र सेवा गरे त्यसको तुलनामा त हामीले उनको ऋण कहिलै चुक्ता गर्न सक्तैनौँ त्यसैले उनलाई सम्झन र उनले देखाएको बाटोमा हिँड्न कमसेकम निम्नलिखित कुराहरू सम्पन्न गर्न सकिन्छ कि भनेर सल्लाह र सुझावको रूपमा यहाँ समावेश गर्न उपयुक्त ठानेको छु :

१. देवकोटाका अप्रकाशित कृतिहरू लाई प्रकाशित गर्नु,
२. देवकोटाका विशिष्ट ग्रन्थलाई अङ्ग्रेजीमा उल्था गरिनु पर्ने
३. देवकोटाको जन्म घरलाई जिर्णोद्वार गरी ऐतिहासिक संग्रहालयमा परिवर्तन गर्नु पर्ने
४. देवकोटा सम्बन्धी चलचित्रको व्यापक प्रचार प्रसार गरिनु पर्ने
५. देबकोटाको गीतिकाब्य लाई गीती नाटक बनाई प्रदर्शन गरिनु पर्ने
६. देशका प्रमुख शहर तथा गाउँ हरूमा देवकोटाका प्रतिमा स्थापना गर्नुपर्ने
७. बिभिन्न शिक्षणसंस्थाहरू उनको नाममा राखिनु पर्ने आदि ।

यसो गर्न सके मात्र उनको जन्म जयन्ती मनाइएको अर्थ सार्थक बन्छ ।

अब अन्तमा महाकवि देवकोटाका अमूल्य वाणी “मेरो क्षुद्र विचारमा प्राप्ति भन्दा ध्येय नै ठुलो छ पुग्नु भन्दा आशा र खोज ठुला छन् “ भन्ने भनाइ यहाँहरूसमक्ष राख्दै यही लेखले नै महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।
***
अक्टोबर, २०२०
भर्जिनिया, अमेरिका 

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 295
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.