SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » महाकवि देवकोटाका केही नारी चरित्रहरू : एक चर्चा
समीक्षा

महाकवि देवकोटाका केही नारी चरित्रहरू : एक चर्चा

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

मोहन सिटौला नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । उनको कलम बहुविध क्षेत्रमा सक्रिय छ । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । यहाँ उनको ‘महाकवि देवकोटाका केही नारी चरित्रहरूः एक चर्चा’ शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले देवकोटाका काव्यकृतिका नारी चरित्रका विषयमा प्रकाश पारेको छ।
-सम्पा.


पृष्ठभूमि
यो विश्वको प्राचीन पूर्व र पश्चिमका सिर्जनशील साहित्यिक संस्कृतिमाथि विहङ्गम दृष्टि लगाउँदा मात्र पनि त्यहाँ नारी चरित्रलाई विशिष्ट स्थान दिएको हामी पाउँर्छौं । प्राचीन हिन्दू मान्यतानुसार नारीलाई सृष्टिको आदि तत्त्व, सचेतक, अविभावक, संरक्षक मानिएको पाइन्छ । वैदिक परम्पराको विशेषतः धार्मिक युगमा नारीलाई दिव्य तत्वको रूपमा पूजिएको तथ्य नयाँ होइन । नारीको दिव्य तत्त्वका वहुविध रूप, चरित्र र नामको बर्णन गरिएको प्रशस्तै पाइएकै छ । यो पवित्र धार्मिक प्रचलन अहिलेसम्म पनि छोरी चेली र पञ्चकन्या आदि किसिमले तिहार, विवाह र अन्य चाडपर्वमा टीको लगाएर ढोगी दिने चलन पनि मर्यादित नै भएर आएको छ, हाम्रै परम्परामा ।

नारीका वहुविध रूप, चरित्र र नामका बर्णनहरू पश्चिमी परम्परामा पनि पाइन्छन् । त्यहाँ पनि साहित्य ,सङ्गीत, कला एवम् ज्ञान गरिमालाई उच्च र दिव्य स्थान दिएर नारी तत्वलाई नै उठाइएको छ ।

लाश्य नृत्यबाट निसृत हाम्रो नारी नृत्य परम्परा एकातिर स्वर्ग वा इन्द्रलोक भनी धार्मिक किसिमले मानिएको वा कल्पना गरिएको स्थानमा अप्सराका भूमिकाहरू हुँदै मानवको सामन्ति र अहिलेको आधुनिक सभ्यतामा पनि सुरा सुन्दरीका कृयाकलापहरूमा पनि व्याप्त नै छ । यसमा अझ विकृति आएर परपुरुष गमन (परस्त्री पनि), बलात्कारहरू आदिइत्यादि अप्रिय कर्मकाण्ड पनि चर्चित भइरहेकै छन् । यस्ता छुटफुट घटना प्राचीन युगमा पनि भएका र तिनीहरू सजायका भागी पनि भएका कथाहरू पढ्न पाइएकै छ । तिनीहरूलाई रोकथाम गर्न ‘यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता’ भनी र पतिलाई देवतातुल्य मान्नु भनी नयाँ पारिवारिक सामाजिक नियम वा मान्यता पनि बसाइएको थियो ।

अर्कातिर यही परम्परा शालीन सङ्गीत र कला अनि सिने साम्राज्यमा सम्मानित किसिमले फैलिएकै पनि छ । यो प्रवाहले विद्या अथवा उच्च ज्ञान—विज्ञानको गरिमाको दिव्य स्तरलाई पनि लक्ष गर्दै मानसिक, चारित्रिक उन्नयनतिर उन्मुख गरिएको अति कल्याणकारी चिन्तन र प्रचलन पनि चलेरै आएको छ ।

पूर्व—पश्चिमका सिर्जनशील साहित्यमा केही नारीहरू
रामायणमा सीतालाई विशुद्ध भावनात्मक अञ्जान गल्तीकी दुखभागी अवला अनि अर्कातिर त्यहीँ मन्थरा र कैकयीलाई राजनैतिक किसिमले सचेत वा महत्वाकाङ्क्षी वा सङ्घर्षशील नारीपात्रको रूपमा प्रस्तुत गरिएको छ । यी दुई पात्र त्यस समाजको प्रतिनिधि हुन् वा वैयक्तिक रूपमा छुट्टै हुन् ? यस्को बेग्लै अध्ययन हुनु राम्रै होला । तथापि यी पछिल्ला दुईलाई शेक्स्पियरकी श्रीमती म्याक्वेथ र चार्लस् डिकन्स्का पेस्तोल बोक्ने र लाप्पा खेल्ने महिला पात्रहरूसित केही हदसम्म तुलना गर्न सकिएला ।

यी पात्रहरूले महाभारतका अति व्यापक र विविध चरित्रहरू सम्झाउँछन् । आधुनिक किसिमले शालीन र अभिमानी आफै रथ हाँकेर प्रियतम (अर्जुन) लाई लिएर टाप कस्ने सुभद्रादेखि लिएर पूर्वोत्तर भारतमा अर्जुनले भेटेका तरबार प्रवीण र सशरीर मल्लयुद्धका मस्तालु महिलाहरूदेखि वलीदानी र शालीन गान्धारी, निर्दोष प्रयोगशील कुन्ती, अन्योल यात्राकी व्यथित द्योतक द्रौपदी जस्ता र अरू अनेक किमिका पात्रहरू देख्न पाइन्छ । अहल्या, अरून्धती, राजा जनकका समकालीन विदुषीहरू गार्गेयी मैत्रेयी अनि अन्यान्य धेरैको आआफ्नै भूमिका छन् ।

प्राचीन र अहिलेसम्ममा पश्चिमी साहित्यसंसारमा पनि सारै धेरै विचित्र चरित्र भएका नारीहरूको चित्रण भएको छ । तीमध्ये भागेर पोइल जाने अति सुन्दरी हेलेन, ट्रवाइमा युद्ध गर्न जाँदा गम्भीर र सम्वेदनशील मानसिक र भौतिक अबस्थामा त्यसबेलाको चलनअनुसार छोरीको वलिदान दिन बाध्य भएको पिता र बली हुन बाध्य भएकी छोरी, अनि तिनै राजा एगमेम्नन्को घर फिरेर आउँदा बदलापूर्ण हत्या गर्ने आमा र रानी क्लाइटेम्नेस्ट्रा, दैव वा विधिको झुक्कलमा परेका राजा इडीपस र उसकी आमा, उता एन्टिगन अनि विचित्र देशभक्त र पे्रमिका क्लियोप्याट्रा, आफ्नो लोग्ने राजालाई मारी बैंशालु देवर क्लडियससित विवाहा गर्ने ह्याम्लेटकी आमा, उता रसियाकी एनाकारानिना, आमा, फ्रान्सकी म्याडम बोभरी उवम् अन्यान्यहरूको उल्लेख एक सानो सन्दर्भ मात्र हुन जाला !

यता भारतका पे्रमचन्दको रङ्गभूमिकी नारी, ऐतिहासिक वीर योद्धा झाँसीकी रानी र नेपालकी आदर्श भृकुटी आदि इत्यादि जस्ता व्यापक व्यापक विविधतामा महिलाका चरित्रहरूको चित्रण र अध्ययनात्मक प्रयोग गरिएको छ साहित्यमा । यस्ता अध्ययनहरू मानव भोगाइका चिन्तनात्मक संस्कृतिप्रदत्त अति मूल्यवान् सम्वेदना र वौद्धिकताका सम्पत्ति हुन् ।

नेपाली साहित्यमा नारी
नेपाली वाङ्गमयमा पनि नारी पात्रहरूको कम चित्रण भएको छैन । गद्य होस् वा पद्य होस् त्यहाँ नेपाली नारीहरू वहुविध व्यापकता लिएर प्रस्तुत भएका छन् । यो सवको साङ्गोपाङ्ग बृतान्त र अध्ययन यो सानो लेखमा पक्कै पनि सम्भव हुँदैन । तलका हरफहरूमा महाकवि देवकोटाका केही नारी पात्रहरूको मात्र सानो चर्चा गर्ने जमर्को गरिनेछ ।

त्यसो त यी अद्भूत् , अति लोकप्रिय र महान् महाकविका विषयमा हज्जारौं हजारले विभिन्न कोण, पक्ष, पाटा र पहलुहरूमा भावनात्मक अभिब्यक्तिका साथै गम्भीर अध्ययन र अनुशीलन गरिसकेका छन् । प्रा.डा.चूडामणि बन्धु, नित्यराज पाण्डे, डां.कुमार बहादुर जोसी, प्रा.राजेन्द्र सुवेदी, प्रा. डा. गोविन्द भट्ठराई, डा. शैलेन्दु प्रकाश नेपालसहितका मुना–मदनबारेका धेरै लेखकहरू, नरेन्द्र इन्दिरा प्रसाईं आदि आदि धेरै धेरै वरिष्ठ, पुराना र नयाँ लेखकहरूबाट व्यापकता, गहिराई र उच्चाइकासाथ अध्ययन र लेखनहरू भएका छन् । तर यति मात्र उल्लेखचाहिं धेरै थोरै हुन् । नेपाल, भारत र अन्य ठाउँका विभिन्न विश्वविद्यालयहरूका सम्बन्धित विभागहरूबाट पनि यी महाकविका विषयमा निरन्तर अध्ययनहरू भईरहेकै छन् । यो क्रम कहिल्यै रोकिने पनि होइन ।

यसै सिललिामा यो लेखक पनि विनम्र स्तरमा महाकवि देवकोटाका नारी पात्रसम्बन्धी आफ्ना केही विचारहरू राख्दैछु ।

महाकवि देवकोटाका नायिकाहरू राजनैतिक महत्वाकाङ्क्षा वा अन्याय वा सामाजिक सुधारका लागि साङ्गठनिक किसिमले संघर्षशील भएका पनि देखिदैनन् यिनका नायिकाहरू क्षुद्र र दुष्ट पनि छैनन् । वनबासी तपसेवी, पहाडिया किसान र अल्प सहरी स्तरका साधारण शैलीमा गरिखाऊँ भन्ने खालका विनम्र मानवीय आत्माहरूको निर्दोष र शालीन, सम्वेदनशील, बलीदानी विद्रोहको चलखेलको प्राङ्गण हो देवकोटाका मूल नारीपात्रको प्रवृत्ति र परिवेश । आजित चम्पामात्र सबाल जबाफमा भाग लिन्छिन् तथापि उनी पनि विद्रोहलाई पलायनद्वारानै निरन्तरता दिन्छिन् ।

देवकोटा आफू सुधारवादी मात्र होइनन् सामाजिक दुस्परम्पराका विद्रोही, वैयक्तिक स्वतन्त्रता अनि राजनैतिक प्रजातन्त्रका पक्षपाती र क्रान्तिकारी हुन् —चेतना, सुझबुझ, विचार र विश्वासले मात्र होइन शारीरिक किसिमले पनि उनी द्वन्द्वमय भए । राणाको पक्डाउबाट बँच्न वनारस पलायन भए र दुःखमा लामै समय बिताए । त्यहाँं पनि आफ्नो वैचारिक मान्यता र सिर्जनशीलतालाई निरन्तरता दिइ नै रहे ।

उनका साँढे, झञ्झावीर, हुरी अदि धेरैधेरै कविता वाइरन र शेलीका जस्ता व्यङ्ग््यात्मक र क्रान्तिकारी छन् । उनी कामी, दमै, सार्की, च्यामिनी, ढुङ्गा फोर्दी महिला, किसान आदि निम्नस्तरीय श्रमिक बर्गको ससम्मान र सहानुभौतिक चित्रण गर्दै तिनलाई उठाउने जनचेतनाको लहर फैलाउँछन् साहित्यबाट । प्रचलन र कानूनमा सुधार आउने त्यसरी नै होइन र ?

शकुन्तलाको दुष्यन्तप्रतिको समर्पित चोखोप्रेम धोकामा परिणत भए पछि उनबाट नमीठो बोली नगराइकन साथमा गएको शिष्यबाट नै असत्य, धोका, अन्याय र दुर्वचनका बिरुद्धमा गाली र श्राप दिइएको छ जहाँ शकुन्तलाको शालीनताको निर्वाहा भएको छ । विरहिणी उनी सीताझैँ आफ्नै नैतिक इमान्दारिताको बल र अठोटमा वनवासी नै हुन्छिन् र यथा समयमा आँैठीको संयोगले उनको पुनर्मिलन हुन्छ ।

उनी शालीन, सहनशील र पीडित हुन्, विद्रोही होइनन् तर प्राचीन समाजको उनको त्यो सहनशील शालीनता नै अहिलेको र अझ स्पष्टरूपमा देवकोटा कालीन समाजको लागि काव्यको सुधारवादी सन्देश र विद्रोह हुन पुगेको छ ।

सुलोचनाकी नायिका सुलोचना पनि त्यसबेलाको नेपाली समाजजन्य परिस्थितिमा पारम्परिक हुँदाहुँदै केही अग्रगामी भएर आफ्नो उच्च क्षेत्रीय खानदानबाट ब्राह्मण (खत्री, क्षेत्री ?) युवकसित प्रेम गर्छिन् । यहाँ जातभातको छुवाछुत भन्दा पारिवारिक दम्भदर्पको धज्जी उडाइएको छ अनि हार्दिक र आदर्श प्रेममय जीवन र समाजको परिकल्पना गरिएको छ । सुलोचना विनीत छन् , चरित्रमा सौजन्यपूर्ण छिन्, प्रेममा प्रतिबद्ध र अटल । उनी समाजका बन्धन र आफ्ना कुण्ठा निकै खोल्दै आफ्ना कुरा भन्छिन् भन्न त, विनम्र स्वरमा कडा कुरा । दाइ तिमिर मर्दनले निकै सघाउँछन् । तर त्यो सुनिंदैन, पार लाग्दैन, बाबु शत्रुमर्दनका अगाडि र महाकाव्यले त्रासदीको रूप लिन्छ । सुलोचना शालीनस्तरकी विद्रोही हुन् ।

मुना–मदनकी अति सरलस्वभावकी मुनामा पनि समर्पित प्रेमभाव छ र अन्यत्र तिर उनको ध्यान जादैन । तर कथानक नै आफ्नै किसिमले आदर्श प्रेमपरक र सङ्गीतमय भएर बहेको हुनाले विद्रोही भावको गुन्जायस त्यहाँ छैन तथापि काव्यले भने क्रुर धनी साहुको धज्जी उडाउँदै ननिका साथीहरूलाई पनि नङ्ग््याइएको छ ।

दुर्गम गाउँले ‘पहाडिया’ अपठित युवती भएर पनि कुञ्जिनी खण्डकाव्यको त्रासदी पूर्णत हार्दिक गहिराइमा पुगेको समर्पित पे्रमभावको अलौकिक नमुना हो, विश्वकै जनजीवन र काव्यजगत्मा । कुञ्जिनीलाई खोलाबाट बचाएपछि सुलोचनाको झन्डै शत्रु मर्दन जस्तै कठोर बाबु ठालुसिंको मन पग्लिएर छोरी गोरेलाई दिने मञ्जुरी भए पनि त्यसैबेला गोरे लडाईमा बाध्यताबस गएकाले भाग्यको भाका दुर्भाग्यतिर मोडियो र उनको विवाह सेतेसित गर्ने निश्चय भए पछि कुञ्जिनी त्यही खोलामा हाम्फालेर आत्महत्या गरिन् । यो उनको विद्रोह हो — समर्पित र विनित ! तर चेतनामूलक काव्यको सन्देश भने प्रखर भएर जन समक्षमा प्रक्षेपित भएको छ ।

देवकोटाकी अर्की पात्र म्हेन्दु हुन् । गोसाईकुण्ड जाने बाटोमा फुल्ने म्हेन्दु भनिने फूललाई पनि आत्मसात् गर्दै यी नायिका र खडकाव्यको नाम पनि म्हेन्दु नै रहेको छ । प्रकृतिसित आत्मसात् हुने महाकवि देखकोटाको यो एउटा अर्को विशिष्ट काव्यप्रवृत्ति नै हो । यस विषयमा प्रशस्त अध्ययनहरू भएका छन् र प्रकारान्तमा हुँदै पनि जानेछन् । यो सङ्क्षिप्त खडकाव्य पनि माथि भनिए जस्तै समर्पित प्रे्रमपरक वियोगान्त हो । यहाँ पनि स्थानान्तरताको कारणले बाबु गुम्बोजी र आमा मिन्दिले म्हेन्दुलाई गुम्बुसित टाढा नजानु , बरु यहीं स्थानीय गाउँठाउँमा नै विवाहा गर भन्दा उनीले त्यसमा नामञ्जुर गरेपछि हेलम्बुको एक बलवान् युवक रांङ्जाले गुम्बुलाई पिट्न र मार्न तम्से पछि गोरेको सट्टा तँसित म विवाह गर्दिन भनी म्हेन्दु तादी नदीमा हाम फाल्छिन् । यो देखेपछि गुम्बु पनि त्यही हाम फालेर मरण पश्चात् दुवै यो धर्तिको पारमा मिल्न पुग्छन् भनी यहाँ एक अलौकिक प्रेम, —जसलाई प्ल्ेटोनिक प्रेम पनि भनिन्छ — अथवा राधाकृष्णजस्तो । र यहाँ वलिदानी विद्रोहको उदाहरण पेस भएको छ ।

लूनी पनि प्रेम विषयकै खण्डकाव्य हो तर संयोगान्त । यसको घटना लूनीको पक्षबाट धेरै आवेगात्मक, समर्पित र निकै स ङ्घर्षशील पनि हुन पुगेको छ र यहाँ चाहिं प्रेम सफल भएको छ ।

देवकोटाले आफ्नो काव्यचेत नेपाली भूभागको र जनमानसको व्यापक क्षेत्रमा छरेको पाइन्छ । सहरिया पहाडिया, किसान, व्यापारी, उच्चकुलीन र निम्नबर्गीय, विभिन्न जात जाति सारामा उनी सुधार , आपसी सद्भाव बढाउँदै उनले नेपाली ऐक्यबद्धतालाई काव्यगत हड्चुरको जडीबुटी प्रदान गरेका छन् ।

माथि पनि केही भनिएकै छ । तथापि, उनका चारु, वसन्ती, सुन्दरीजल माई, सुन्दरीजलकी निर्झरिणी, मधुबाला, विरहिणी आदि नारी अथवा स्त्रीलिङ्गी शीर्षकका धेरैधेरै कविताहरूले वर्डस्वर्थको जस्तो प्रकृति र मानव प्रेमको तादात्म्यमा जोड दिएका छन् भने अन्य हुरी , झञ्झावीर आदिमा सेली, बाइरनको जस्तो क्रान्तिकारिता पाइन्छ । त्यस्तै अन्य तिनको घँसिया गीत, कृषिबाला, पूर्णचा की स्वास्नी मरी, धोविनीले पग्ली बोली जस्ता धेरै कवितामा निम्न बर्गीय र श्रमिक जनजीवनको सम्मानित चित्रण र उत्थानको शंखघोष गरेका छन् ।

अन्तमा यी नेपाली र विश्वकै एक अद्भूत् प्रतिभा नेपालीको अत्युच्च गौरव गरिमा हुन् । रोगग्रस्त भएर अल्पायुमा भएको उनको दुखद् निधनले नेपाली मात्र होइन विश्वकै साहित्य सुधाको अति ठूलो स्रोत सुकेजस्तो नै भएको छ ।
***
२०७७ कार्तिक २६ गते, सन् ११/११ /२०२०
अस्टिन् टेक्सस् अमेरिका

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 210
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.