SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » देवकोटाको ‘उद्बोधन’ कवितामा अभिलक्ष्यित विम्बहरू
समीक्षा

देवकोटाको ‘उद्बोधन’ कवितामा अभिलक्ष्यित विम्बहरू

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

राजेन्द्र सुवेदी नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले सिर्जना र समीक्षामा समानान्तर उपस्थिति देखाइरहेका छन् । सुवेदीको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित महाकवि लक्ष्मीप्रसादको कवितामाथि लेखिएको नवीनतम समीक्षा समेटिएको छ । यस समीक्षाले देवकोटाको उद्बोधन कविताको निकै गहन विश्लेषण गरिएको छ । समीक्षाअनुसार उद्बोधन कविताले नेपाली महिमा गान गरेको छ । नेपालको कला, संस्कृति, साहित्य, राजनीति र इतिहास तथा कूटनीतिक रणनीति पक्षले एकपल्ट विश्वलाई नै तरङ्गित बनाउने स्थिति सिर्जना गर्नुपर्ने पक्ष उद्घाटन गरेको छ । देवकोटा विशेषज्ञका रूपमा पनि रहेका सुवेदीको प्रस्तुत समीक्षालाई साहित्य सागरले गौरवपूर्ण सामग्रीका रूपमा प्रस्तुत गरेको छ ।

-सम्पा.


१. समीक्षारम्भ
नेपाली साहित्यका महाकवि देवकोटका काव्य/कविता सागरको अथाह राशिमध्येको एक मात्र बिन्दुको रूपमा रहेको कविता ‘उद्बोधन’ यहाँ विवेचनाको विषय बनाइएको छ । आजका हामी नेपालीले भोगिरहेका विषयलाई देवकोटाले यस कविताको सृजना गरिहँदा दृष्टि प्रक्षेपण गर्ने काम गरेको स्थिति देखिन्छ । २०१३-०१६ का बिचमा सृजना भएका उनका कविताहरूले नेपाली समाज र विश्वसमाजमा देखिएका विसङ्गति, नेपाली समाज र शासकका बिचमा देखिएका विसङ्गति, नेपाली राजनीति र नेपाली नेताहरूमा देखिएका विसङ्गति तथा नेपाली समाज र यस समाजको अर्थनीति तथा सांस्कृतिक नीतिका बिचमा देखिएका विसङ्गतिलाई आँकलन गरेर कविताको रूप प्रदान गरिरहेका छन् । देवकोटाबाट आजभन्दा ६५ वर्षपूर्वको समाजका समयको बिन्दुमा उभिएर आफूले सास फेरिरहेको समय भन्दा शताब्दीऔँ पूर्वको समयलाई र आफूपछिको भविष्यका कैयाँै वर्षलाई समेत सूचित गर्ने क्षमताका साथ प्रस्तुत कविताको सृजना भएको छ ।

‘उद्बोधन’ शीर्षकका यस कवितामा मात्र केन्द्रित बनेर यहाँ एक सानो समीक्षा लेख्ने प्रयत्न भएको छ । नेपाली कविता संसारमा रहेका अनेकौँ कविता तथा काव्यका बिचको यो सानो कवितामा रहेको उद्बोधन चेतनाले साक्ष्य गरेका केही सन्दर्भहरू कवितामा सृजना भएको लगभग सात दशकपछिको समयमा उभिएर समीक्षा गरिरहँदा, के कस्तो अनुभूति हुन्छ त भन्ने आशयका साथ यो समीक्षा तयार गरिएको छ । कवि देवकोटाको सृजनयात्राको पछिल्लो चरणमा सृजित कविताहरूबाट चयन गरिएको एक मात्र ‘उद्बोधन’ शीर्षकको प्रस्तुत कवितालाई यहाँ विवेचनाको विषय र यसमा प्रस्तुत राजनीतिक र सांस्कृतिक तथा ऐतिहासिक विम्बलाई आधार बनाइएको छ । यस कविताको संरचना र विषयवस्तु तथा सन्देशसमेत निरूपण गर्ने क्रममा यो समीक्षा तयार भएको छ ।

२. कविताको विषय सन्दर्भ
प्रस्तुत कविता जम्मा १६ वटा पङ्क्त्तिसमूहका प्रखण्डमा सृजना भएको छ । अधिकतम १२ पङ्क्त्ति र न्यूनतम २ पङ्क्त्तिमा रचित प्रखण्ड तथा पङ्क्त्तिगुच्छमा आधारित रचनाका आधारमा कविको सृजनात्मक व्यवस्थिति तथा संरचना योजना पनि यस कवितामा व्यवहार भएको छ । प्रस्तुत रचनाविधानका आधारमा तयार भएको यो कविता गद्यको लयात्मक प्रवाहमा सृजना भएको छ । यस प्रकार प्रस्तुत कविताको विषय, चिन्तन र प्रस्तुतिका पक्षलाई सहजात् उपस्थापन गर्न प्रयत्न गरेको स्थिति देखिन्छ । यी पक्षहरूलाई निम्नानुसार तालिकीकरण गर्न प्रयत्न गरिएको छ :

प्रखण्ड भोक्ता कथ्य विषयको स्थापना चेतनाको स्थिति र स्थापना पङ्ति
१ नेपाली नेपाली एक पेट भोजनमा संवेदना शून्य बन्दै गएको पाँच
२ स्वाभिमानहीन सत्ताधारीको ढोका कुरुवा चेतना शून्यताको सिकार छ
३ स्वाभिमानहीन दार्शनिक चेतना पुच्छर घुम्र्‍यानु चाकरी बिताउने बिताउने आदर्श दुई
४ चाकरीमै रम्ने आकांक्षा कराडको, बिकाइ कौडी आफ्नो महत्ता थाहा नपाएको जीवन दुई
५ चाकरीमा बाँच्ने मालिकका ढोके, छाते, धुपौरे जड मस्तिष्कका मुण्डधारी दुई
६ चेतना, ज्ञानशून्य दृष्टि, घ्राण, स्वाद, श्वासशून्य मति, गति र सत्त्वशून्य निर्जीव चार
७ अस्तित्वहीन भएको सबै अस्तित्व मालिकमै समर्पित ​जडताको तुच्छ पिण्ड चार
८ पौरूषशून्य ​शरीरका सारा अङ्ग सारहीन मानवीयताको अभिशाप मात्र तीन
९ आज लाछी चिन र ब्रिटिसलाई परास्त गर्ने आजका ऊर्जाशून्य आठ
१० जीवन व्यर्थ फाल्ने उन्नतिको फोहोमा रमाउने सुँगुर जीवनको महत्ता नबुझ्ने दुई
११ ङ्ग पनि निरर्थक हात झुन्डिन र टाउको झुक्नलाई होइन साहसका जुट्नु पर्छ दुई
१२ सङ्घर्षको सङ्कल्प विजयको घाउ र चोटमा पनि आनन्द मृत्युलाई अँगाल्न दुई
१३ भोलिको आशामा सङ्घातका ध्वनिमा भविष्य देख्ने वर्तमानमै भविष्यको प्रकाश छ
१४ स्वदेशमा निर्वासित आफ्नो अस्मिताको पहिचान दरिद्रताको कारण चेतनाको अभाव बाह्र
१५ उन्नति  लक्ष्यहीन उद्देश्य निर्धारण नै गर्न नसक्ने उद्बोधनमा आउने चेतनाको अभाव पाँच
१६ मस्तिष्क नै शून्य नेपालीमूलक चिन्तनको अभाव भोलिलाई आजै ठम्याउनु पर्छ नाै

प्रस्तुत तालिकाका आधारमा आङ्गिक विषय बनेर रहेका हामी नेपाली भोक्ताहरू र हामी भनेर आफू भनेर चिनाउने यिनीहरूको इतिहास, संस्कृति तथा राजनीतिक चिन्तन यस कविताको कविताको विषय बनेको छ । कविता सृजनाकालको वर्तमान समग्र नेपाली समाजले भोगेको संवेदनागत मूल्यको व्यवस्थापन पनि यहाँ मानवीय संवेगको आधारमै निर्माण भएको छ । कविले कला, संस्कृति र राजनीतिक बिम्बका साथमा सम्भावित युगमा आउने चित्रलाई पहिले नै आकलन गरेर कविताको आकृति प्रदान गरेका छन् । यस कविता सृजनाकालको वर्तमानका हामी अर्थात् नेपालीका निम्ति आवश्यक पर्न उद्बोधित चेतनाको शून्यता र सामन्त वर्गका खजाना तथा आर्थिक भण्डारका इमानदार रक्षक त बन्न सकेका छन् तर आफ्नै अस्तित्व गुमाइसकेका पुत्ला सरह बन्ने स्थितिमा पनि नेपाली नै पुगेका छन् । यस्तै स्थितिमा रम्ने र अस्तित्व गुमाइसकेका नेपालीले भोगिरहेको स्थिति कविताले प्रकटमा ल्याएको छ ।

हाम्रो वा हामी नेपालीको चिन्तन घुम्रेको पुच्छरधारी जीवको चरित्रमा अल्झेको छ र मालिकको वरिवरि प्रदक्षिणा गर्ने अवसर रमाउने आफू कौडीको मूल्यमा मिल्किने तयार तथा मालिकको अघिपछि लागेर सेवक बन्ने आचरणाका कारण कविले नेपालीका भावी जीवनमा आइपर्ने दुर्गतिको पहिले नै आकलन गरिसकेका छन् । काँचको गुच्चाका आँखा यहाँ दृष्टिकोण शून्यताको अर्थमा प्रस्तुत भएका छन् । फ्याउराको कर्कश आवाज मालिकको बखानको अनर्थ प्रलापका सन्दर्भमा प्रयोग भएको छ । अजिगरको सास फेराइ गतिशून्यताको अर्थमा प्रयोग भएको छ । सामन्त मालिकका आलिसान महलबाट आउने सम्पन्नताको वास्ना घ्राणशील गुणको शून्यताको अर्थमा प्रयोग भएको छ । यी सबै क्षयशील तत्त्वको संश्लेषणपरक स्थितिका भरमा नेपालीको म्रियमाण चरित्रको स्थापना गर्न प्रयत्न गरिएको स्थिति देखिन्छ ।

हाम्रो अर्थात् नेपालीहरूको शारीरिक अस्तित्व टिनको खोक्रो आकृतिमा, हाम्रो पौरूष बिम्ब ओठमा पलाएका मकैका भुत्लाको जुँघामा, हाम्रा हातको ठाउँमा तुन्द्रुङ्ग झुन्डिएका कर्कलाका डाक्लामा, हाम्रो वाणी मालिकको नाम तथा विरुदावलीको रटानमा अनुवाद भएको स्थिति छ । कविको कथन छ : हाम्रा पुर्खाहरू खैरे अङ्ग्रेज र पीतरङ्गी भोटे नामका चिनियाँ लडाकाहरूलाई सिन्की खँदाइ गर्ने हाम्रा पुर्खाको गरिमालाई आज हामी व्यङ्ग्यको खाल्टामा खाँद्न तयार भएको स्थिति कविताले प्रकट गरेको छ । हिजो काङ्गडा र तिब्बत थर्काउने पुर्खाका सन्तति आजका हामी मालिक सामु धूपदीप गरेर हात जोडेर कहिले पेकिङको गीत गाउने र कहिले भारतभक्ति देखाउने देखिएको अवस्था कवितामा प्रकट भएको छ । आज आफ्नै मालिकका सामु थर्थर कामेर उनकै जुठोपुरो खाना, अद्र्धानो नानामा आफ्नो अस्तित्व खर्च गरिरहेको स्थिति देखिएको छ ।

आजको सन्दर्भमा आफ्नो जीवनको गतिमा प्रजातन्त्रका नाममा पवित्र प्रवाहयुक्त बाढी आयो तर हामी नेपाली त्यस पवित्र प्रवाहमा डुबुल्की मार्ने सुँगुरको अस्तित्व भोग्न तयार हुने कि नेपालीले धर्तीको देवता बन्ने भन्ने सन्दर्भ पनि निर्णय गर्न नसने स्थिति कविताले प्रकट गरेको छ । हाम्रा हात केवल झुन्डिने शिर सामन्त मालिकको सामु झुकाउन मात्र होइन भन्ने बुझ्न नसकेको स्थिति कविताले प्रकट गरेको छ । हिम्मतसाथ चोट सहन सक्ने गरी जुट्ने आँट जन्माउने कि किटाणु झै मरेर जाने भन्ने विषय पनि नेपाली चयन गर्ने अवस्था आएको सङ्केत गरेको छ । राष्ट्र जनताको साझा बपौती हो र यस प्रकारको धरोहर जोगाउन आवश्यक परे जनताले रौद्र रूप पनि धारण गर्न सक्नु पर्र्ने उद्बोधन हुन तयार रहनु पर्ने कविको आह्वान छ । चेतनाको गरिबीका कारण अन्धताको सिकार बनेका अभावक, विवेकको दरिद्रता निराकरण गरेर हटाउने र आफ्नो अस्तित्वको महत्ता आफैले बुझ्न सक्ने अवस्थाका महारुद्र पनि बन्न सक्नु पर्ने कुरा यस कविताको उद्बोधनमा प्रकट भएको छ ।

देवकोटा बाँचेको वर्तमान दूषित रङ्गमा रङ्गिदै गरेको र विगतको गौरवपूर्ण राज्यको महिमा गुमाएर र कङ्गाल बन्दै गएका नेपालीले आफ्नो वर्तमानको ऐँठन हटाउन नसकेको र कुशासकका भ्रामक माकुरे जालमा अल्मलिएको स्थिति कविताले प्रतिपादन गरेको देखिन्छ । कविताको सृजनसमयका शासनाधिरूढ मातृकाप्रसाद कोइरालाको अकर्मण्यतामा राष्ट्रको घातक कोशी सम्झौँता कविकै अघिल्तिर भएका थियो र तिनलाई राष्ट्रहितका माकुराजाले भाषण रचेर सचेत नेपालीलाई अल्मल्याइएको सन्दर्भ पनि यस कवितामा प्रकट भएको छ । कविताको सृजना कालतिर चन्द्रलोक विजयको अभियान चलिरहेको थियो । आफ्नो कवितायात्राको प्रारम्भिक चरणतिरै चन्द्रमा छुने उद्देश्यले उन्नतिको लक्ष्यमा उड्ने प्रतिज्ञा गर्ने कविता रच्ने कविले चन्द्रलोकको अभियान मङ्गललोकको आवादका सन्दर्भ आएको स्थितिमा इतिहासको कालखण्डमा बाघका जुँघा उखेल्न समर्थ पुर्खा भक्त्ति थापा र बलभद्रका सन्ततिले प्रकट गरेको गर्जन अर्थात् सिंहनादको विपर्यास आज ओइलाएको जलुको बनेका नेपालीहरू साथै जाँगरको र राज्यविस्तारको हुङ्कारमा गर्जिने पृथ्वीनारायणका सन्तति टोलाएको स्थिति अनि चेतनाको ज्योति विस्तार गर्ने भानु अर्थात् भानुभक्त्त अस्ताउन लागेको स्थितिका नेपालीहरू अन्धकारको बादलबाट किन ढाकिँदै गएका भन्ने चिन्ता कविमा व्यापक बनेको छ । यस प्रकारले निदाउन लागेका स्थितिलाई पुन उद्बोधनमा ल्याउन प्रयत्न गर्नु पर्ने अवस्था आएको सन्देश प्रक्षेपण भएको छ ।

देकोटाका दृष्टिमा मान्छेको मस्तिष्क चेतनाको चमत्कार भरिएको सन्दुस हो । हृदय चाहिँ गुम्दै गएका मूल्य जोगाउन चितकरपूर्ण आह्वान तत्त्व हो । साथै सिङ्गै शरीर लक्ष्य प्राप्तिको प्रयत्नमा खिइदै जाने साधन हो । नेपाली भनेको त्यस्तो यात्री हो, जो हाँसी हाँसी खतराको सागरमा हाम फालेर पार लाग्न सक्दछ । यस प्रकारको अनुभूति आर्जन हुने देवकोटाको त्यो वर्तमान र आज यस प्रकारको समीक्षा गरिरहँदाको वर्तमान अझ ओइलाउँदै गएको र आजका शासकहरूमा खाँँटी सामन्तवादी चिन्तन विकास भएको र कथित रूपका समाजवादी तथा व्यवहारका सामन्तवादी चरित्रको आवरण नियाल्नुपर्ने विषय ठम्याएका छन् । अझ यसो भन्नु सान्दर्भिक हुन्छ : देवकोटाकालका छद्महीन सामन्तवादी शासकभन्दा आजका छद्म सामन्त शासकहरू सयौँ गुणा खतरा बनेका र नेपाली जनता चाहिँ लुरे ल्याङ्ग्रे बनेको स्थिति अझ खतरापूर्ण बनेको अवस्थाको पूर्वाभास देवकोटाले आफ्नो वर्तमानमै आकलन गरेका छन् । यस प्रकारको विषय वैशिष्ट्य प्रक्षेपण गरिसकेको स्थिति यस कविताको कथ्य बनेर प्रकटमा आएको छ र कविताको अन्तिम प्रखण्डले यस प्रकारको निष्कर्ष दिएको छ ।

३.कविताको सन्देश
प्रस्तुत कविताले विगतको नेपाली महिमा गान गरेको छ । नेपालको कला, संस्कृति, साहित्य, राजनीति र इतिहास तथा कूटनीतिक रणनीति एकपल्ट विश्वलाई नै तरङ्गित बनाउने स्थितिमा पुगेको स्विकारिएको छ । तर त्यही गौरव आज धूमिल मलिन तथा मूर्छित बन्दै गएकामा कवि चिन्तित बनेका छन् र यसलाई मूर्छित अवस्थाबाट जागरित गराउनु पर्ने सन्देश प्रक्षेपण गरेका छ्न् । कविले कविता सृजनाम गर्दै गरेको समय राजनीतिक अकर्मण्यता आरम्भको समय थियो । वास्तवमा २००७ सालमा आएको जिउँदो जाग्दो प्रजातन्त्र बिस्तारै म्रियमाण बन्दै गएको देखेर बढेको चिन्ताले कविताको रूप प्राप्त गरेको र त्यस प्रकारको अवस्थाबाट समग्र नेपालीले सतर्क रहनु पर्ने सन्देश कवितामार्फत प्रक्षेपण गरेका छन् । यस प्रकारको सन्देश दिइरहेका समयमा देशको एकातर्फ मन्त्री अथवा प्रज्ञाप्रतिष्ठानको संस्थापक सदस्य पनि रहेका र अर्कातिर निर्भीकताका साथ शासकहरूको कुकृत्यको पनि उछित्तो काढिरहेका छन् । यसबाट राज्यको कुनै अङ्गमा नियुक्ति दिएको छ भन्दैमा शासकको गुलामी गर्नु हुन्न भन्ने पनि यस कविताको सन्देश रहेको छ ।

देशको सम्भावित समयप्रति पनि दृष्टि प्रक्षेपण गर्ने स्रष्टा भएका कारण उनले व्यक्त गरेको कविताचेत आज पनि त्यत्तिकै जिउँदो जाग्दो अवस्थामा मौलाएको छ । सामन्त संस्कृतिको दुर्गन्धित झाडी बनेर मौलाएका शासकहरू यस कविता सृजनाको सात दशकपछि पनि निर्मूल गरिनु पर्ने दशामा देखिएका छन् र कविको उद्बोधनको यस सन्देशका आधारमा चेतनालाई निरन्तर धारिलो र प्रहारिलो बनाइराख्नु पर्ने सन्देश पनि दिएका छन् । यसो नगर्ने हो भने सामन्त संस्कृतिको भासमा समग्र मानवीय मूल्य नै भासिँदै जाने खतरा बढ्छ भन्ने पनि उनको अठोट छ । अझ यसप्रकारको आकलन २०६३ को गणतान्त्रिक परिवर्तनले ल्याएको राजनीतिक संस्कृतिमा जालो बस्न लागेको र त्यसलाई बढार्नु पर्ने बेला आउन लागेको स्थिति देखिन्छ । सामन्त संस्कृतिको रङ्ग धोइपखाली नगर्ने हो भने नेताहरूको सत्तारोहणले फेरि पनि जनतालाई आफ्नै गुलाम ठान्ने नवनव सामन्तको अभ्युदय भइरहने स्थिति विकसित बन्ने खतरा देखिएको छ । साथै हामी चाहिँ निम्न चित्रमा फेरिँदै जाने खतरामा धसिनेछौँ :

काँचका आँखा, कुक्कुर कान, फ्याउरो जिभ्रो अजगर प्रान,
सुँघ्छौँ मालिक महली हवा, गन्छौँ आफू मुर्दा जाबा ! (उद्बोधन/प्रखण्ड/च)
***
rsubedi09@gmail.com

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 542
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.