SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » देवकोटा र प्रकृति
समीक्षा

देवकोटा र प्रकृति

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments17 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कुमारबहादुर जोशी (१९९८ साल मङ्सिर २३ गते सोमबार चाबेल, काठमाडौं, सुपुत्रः प्रेमबहादुर जोशी र जुलुममाया जोशी) नेपाली साहित्यका निबन्ध, समालोचना र कविता विधामा परिचित प्रतिभा हुन् । उनी मूलतः समीक्षक हुन् । जोशीले समीक्षा क्षेत्रमा मात्र चौधवटा ग्रन्थहरू लेखेका छन् । उनी नेपाली साहित्य परम्परामा लक्ष्मीप्रसाद देवकोटाका पहिलो औपचारिक विशेषज्ञ हुन् । देवकोटा विषयमा मात्र उनले छवटा ओजपूर्णका ग्रन्थ लेखेका छन् । चार अमर कविका पाँच काव्यकृति (२०२९), महाकवि देवकोटा र उनको महाकाव्य (२०३१), विकर्ण चिन्तन (२०३३), पाश्चात्य साहित्यका प्रमुख केही वाद (२०३८), कविताचर्चा (२०४०), देवकोटाका कवितायात्राको विश्लेषण र मूल्याङ्कन (२०४७), देवकोटाका कविताकृतिमा प्रकृति (२०५३), केही कृति र कृतिकार (२०५४), कवि मोहन कोइराला र उनको गङ्गा प्रवास (२०५५), सिर्जना र विवेचना (२०५८), लक्ष्मी निबन्धसङ्ग्रहका निबन्धहरूमा देवकोटाका काव्यमान्यता (२०६१), महाकवि देवकोटा : अनेकका आँखामा (२०६६), कृतिपरिक्रमा (२०६७) र केही साहित्यिक कृति (२०६७) आदि उनका समीक्षात्मक कृतिहरू हुन् । २०१९ साल माघ ७ गते ‘विद्या र विद्यासाधन’ नामक उनको निबन्ध गोरखापत्रमा प्रकाशन गरी साहित्य क्षेत्रमा सार्वजनिक भएका जोशी २०२५ सालमा ‘सञ्चयन’ नामक निबन्धसङ्ग्रह २०५४ सालमा ‘मृत्युशैयाबाट ब्यूँझेर’ २०५५ सालमा ‘मृगौला रोग र यसको उपचार’ र २०५९ सालमा ‘दोस्रो नवजीवन’ नामक निबन्धसङ्ग्रहहरू क्रमश प्रकाशनमा ल्याएका छन् । उनका‘चिन्तन र संस्मरण (२०६९), कालीप्रसाद र कुमारबहादुर’ (२०७२) जस्ता कृति पनि प्रकाशित छन् । २०६१ सालमा अङ्ग्रेजी भाषामा Awakening from the Death Bed पनि लेखे । जोशीले नेवारी भाषामा पनि आफ्ना लेखरचना विभिन्न पत्रिकामा लेखेको देखिन्छ । उनी संस्कृत भषाका पनि ज्ञाता थिगए भनिन्छ । जोशीले शास्त्रीय र मुक्त लयमा कविता पनि लेखेका छन् ‘सिंहसार्थवाह’ प्रकाशित भयो । त्यसै गरी २०४१ सालमा उनका दुई वटा अन्तर्वार्ताका ग्रन्थहरू पनि प्रकाशित भए । ‘कुराकानी’ २०२६) उनको कवितासंग्रह हो । ‘एक व्यक्तित्व : अनेक दृष्टि’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका विषयमा केन्द्रित अन्तर्वार्ता कृति हो । यस कृतिमा देवकोटाका सुपरिचित व्यक्ति र स्रष्टाद्वारा महाकविको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारिएको छ ।जोशीका सम्पादित कृतिहरूमा ‘वासुशशीका कविता’ (२०३५), सहसु सारस (२०४३), जापानको सबभन्दा लामो दिन (२०४५), ‘हिमदेश’ (२०४५, महाकवि देवकोटाका कविता (२०४७), नेपाली साहित्यकोश (२०५५), बाल रचना माला (२०६७), खेतलाका कविता (२०६७) आदि उल्लेख्य छन् । उनले समयाङ्कन (२०५२ देखि २०५४ सम्म) पत्रिकाको सम्पादन तत्कालीने नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट नेपाली साहित्यकोश (२०५५) र त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास पत्रिका (२०५७ देखि २०५९ सम्म) को सहसम्पादन पनि गरेका छन् । नेपाली साहित्यको निरन्तर सेवा गरे वापत जोशी विभिन्न पुरस्कारबाट सम्मानित भए । उनी महेन्द्र विद्याभूषण प्रथम, भानुभक्त पुरस्कार, प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भूपालमानसिंह कार्की कृति पुरस्कार, सैनध्वजनन्दकुमारी पुरस्कार, कुमारी साहित्य पुरस्कार, ईश्वर बराल पुरस्कारका साथै दर्जनौ सम्मान, अभिनन्दन र पदकबाट पनि उनी सम्मानित प्रतिभा हुन् । उनलाई देवकोटा विशेषज्ञका रूपमा देवकोटा विषयक प्रकाशनमा सम्झनु न्यायोचित हुन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको देवकोटा र प्रकृति शीर्षकको दार्शनिक लेख समेटिएको छ । यस लेखले देवकोटाको प्रकृति दर्शनलाई बुझ्न सघाउँछ ।​
-सम्पा.


१. विषयप्रवेश
मेरो २५ वर्षको कविताको तपस्या थियो, म श्लोकमा कुरा गर्न र दिनभरि श्लोकमा फतफताइरहन सक्छु । तब दस दिनमा एउटा महाकाव्य किन नबनोस् ? अझ होड गरेको थिइनँ, सायद एक दिनभरिमा एउटा काव्य सक्छु कि भन्नेसमेत मलाई आशा छ ।

उपर्युद्धृत पङ्क्ति लक्ष्मीप्रसाद देवकोटाले आफ्नो सुलोचना महाकाव्यको भूमिकामा लेखेका छन् । उनले यो महाकाव्य २००२ सालमा दसै दिनमा तयार पारेका थिए । उनी त्यतिखेर ‘नेपाली भाषानुवाद परिषद्’मा जागिरे थिए । यसअघि २००२ सालमै उनले शाकुन्तल महाकाव्य तिन महिनामा पुरा गरेका थिए र यो कुरा उनले यसको भूमिकामा उल्लेख गरेका थिए । शाकुन्तल जस्तो विशालकाय महाकाव्य यसरी तिन महिनामा लेखेँ भन्दा सो कुरामा पत्यार दिन उनले आफ्ना कार्यालयका हाकिम पुष्करशमशेरका समक्ष कार्यालयमै बसेर दस दिनमा एउटा महाकाव्य लेखेर तयारी पारी प्रस्तुत गर्नु परेको थियो र सुलोचना उनले उक्त प्रकार निर्धारित समयभित्र लेखी तयार पारेको महाकाव्य थियो र वास्तवमा यो सुलोचना महाकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुष्कर शमशेरसँगको प्रतिस्पर्धामा एक विशाल विजय पताकाका रूपमा र साथै उनको अत्यन्त वेगशाली आशुकवित्वको उज्ज्वल प्रमाणका रूपमा पनि रहेको कुरा सर्वविदितै छ । यही सुलोचना महाकाव्यको भूमिकामा देवकोटाले लेखेका उपर्युद्धृत पङ्क्तिबाट उनको कविता–तपस्याप्रसूत स्वकवित्व शक्तिप्रतिको स्वाभिमानमूलक अगाध आत्मविश्वास प्रकटिएको स्पष्टै छ ।

वि.सं। १९६६ सालमा काठमाडौँमा मध्यवित्त ब्राह्मण परिवारमा जन्मेका लक्ष्मीप्रसाद देवकोटाले यहीँको दरबार स्कुल र त्रिचन्द्र कलेजमा अनि छिमेकी मित्रराष्ट्र भारतको पटना कलेजमा समेत पढेर १९९० सालसम्ममा बी।ए।, बी।एल।, गरेका र यसै बिच दस वर्षको उमेरदेखि कविता लेखेर नेपाली साहित्यमा प्रवेश गरी त्यसै बेलादेखि अनवरत रूपमा कविता–साधनामा संलग्न रहेका अनि २००२–३ सालसम्ममा मुनामदन, लूनी र कुञ्जिनी जस्ता खण्डकाव्यहरूका साथै खास गरी उपर्युल्लिखित शाकुन्तल र सुलोचना जस्ता महाकाव्यहरू लेखेर प्रकाशित गरार्य आफूमा अन्तर्निहित महाकवित्व प्रकट गरिसकेका अर्थात् यतिञ्जेलसम्ममा नेपाली साहित्य जगत्मा उनी महाकविका रूपमा प्रख्यात बनिसकेका थिए । आज हामी उनलाई ‘महाकवि देवकोटा’ वा ‘देवकोटा मात्र भनेर पनि चिन्ने चिनाउने गरिन्छ ।

उक्त प्रकार आफ्नो दस वर्षको उमेर (१९७६ साल) देखि जीवनको अन्तिम वर्ष (२०१६ साल) सम्म नै साहित्यको अथक साधना वा भनूँ वाग्देवीको अनवरत आराधनामा तल्लीन रहेका देवकोटाले साहित्यका प्रायः सधैजसो विधाहरूमा कलम चलाई आफ्नो बहुआयामी स्रष्टा तथा द्रष्टा व्यक्तित्व प्रकट गरेका छन् तापनि मूलतः चाहिँ उनी कवि हुन् — भावका धनी, कल्पनाका कुबेर तथा प्रकृति, प्रेम र सौन्दर्यका पुजारी सारस्वत कवि । अतः एव उनले खान छाडेर कविता लेखे, पिउन छाडेर कविता लेखे र सुत्न छाडेर पनि कविता लेखे । घरमा भोकभोकै पर्दा होस् वा कतै भ्रमणमा जाँदा बाटामा थकित हुँदाखेरि होस् अथवा कुनै सभा सम्मेलनम नै किन नहोस्, आफूसँग कविताका लागि अनुरोध गर्न आउनेहरूलाई उनले कहिल्यै विमुख बनाएनन् । उनले तत्काल तत्काल कविता रचेर सुनाउँदा ‘विद्युत्कवि’को उपाधिसमेत पाए । उनले घन्टौँसम्म कविता रचेको रच्यै गर्दा र कविता गुनगुनाउँदै श्रुतलेख गराउँदा लेख्ने मान्छे बरू थाक्थे तर उनी भने थाक्तैनथे । आज उनी हाम्रामाझ ‘लेजन्ड’ बनिसकेका छन् ।

२. प्रकृति प्रयोग
साँच्चै भन्ने हो भने लक्ष्मीप्रसाद देवकोटाले नेपालीमा र अङ्ग्रेजीमा वास्तवमा कति लेखे, त्यसको कुनै निश्चित परिमाण किटानका साथ भन्न सकिँदैन । हुन त यस लेखकले उनको कविता–साहित्यमा विद्यावारिधि शोधप्रबन्ध तयार क्रममा उनले लेखेका छओटा महाकाव्य, एक्काइसओटा खण्डकाव्यमा र चौध कविता सङ्ग्रहमा परेका र नपरेकासमेत गरी जम्मा ६४४ फुटकर कविता उनका कविता कृतिहरूको गणना गर्ने काम गरेको छ तर त्यो उनका त्यति बेलासम्ममा भेटिएका जति कविता कृतिहरूको मात्र गणना हो भन्ने कुरा उक्त प्रबन्धमै स्पष्ट पारिसकेको छ । यथार्थमा चाहिँ उपर्युक्त शोध–खोजकै क्रममा यस लेखकले अनेक व्यक्तिसँग देवकोटाकै स्वहस्ताक्षरमा रहेका उनका मुठाका मुठा कविता कृतिका पाण्डुलिपिहरू भएको जानकारी प्राप्त गरेको हो र तीमध्ये कुनै यो लेखक स्वयं आफैँले पनि देखेको तर एकफेरा पढ्न मात्र दिनोस् भनेर अनुरोध गर्दा पनि पढ्नसम्म पनि नपाएको कटु अनुभव यसले खकले सँगालेको छ । देवकोटाले अङ्ग्रेजीमा लेखेका कृतिहरूको पनि नियति यस्तै छ; ती के कस्ता कहाँ कोसँग छन् र कति छन् भन्ने कुरा कसैलाई थाहा छैन । उनले अङ्ग्रेजीमा लेखेका कृतिहरूमध्ये पत्र–पत्रिकामा प्रकाशित कतिपय फुटकर रचनाहरूका अतिरिक्त एउटा अङ्ग्रेजीमा रचित महाकाव्य शकुन्तला (एपिक शकुन्तला १९९१ मा नेपाल सांस्कृतिक सङ्घ, काठमाडौँबाट प्रकाशित भएको पाइन्छ ।

माथि भनिएझैँ पण्डित ब्राह्मणकुलमा जन्मी हुर्केका र अङ्ग्रेजी शिक्षा प्राप्त गरेका देवकोटा वास्तवमा पूर्वीय संस्कृति र पश्चिमी शिक्षाका सम्मिलित पात्र थिए । उनले पढेको त्यतिखेरको त्रिचन्द्र कलेजको वातावरण विशेषतः अङ्ग्रेजी रोमान्टिक पिरियडका कवि–लेखकहरूको चर्चा–परिचर्चाले गुञ्जायमान थियो र उनी स्वयंले अङ्ग्रेजी साहित्यको सिङ्गै रोमान्टिक पिरियडलाई पढेर पचाएका थिए भन्ने कुरा प्रसिद्धै छ । बहुभाषा–साहित्यका विद्वान् महापण्डित राहुल साङ्कत्यायनले पनि उनलाई हिन्दीका प्रमुख छायावादी (रोमान्टिक) कविहरू प्रसाद, पन्त, निराला तथा महादेवी वर्माका सम्मिलित स्वरूपभन्दा पनि महान् मानेको पाइन्छ । नभन्दै उनले नेपाली साहित्यमा रोमान्टिक वा स्वच्छन्दतावादी काव्यधाराको प्रवर्तन, प्रतिष्ठापन र उन्नयन गर्दै त्यसलाई र त्यससित प्रायोजित वादलाई समेत संयोजित तुल्याई कवितात्मक उत्कर्षको चरम चुलीतर्फ आरोह तुल्याउने काममा प्रमुख भूमिका निर्वाह गरेको पाइन्छ । त्यसैले उनी साहित्यका स्वच्छन्दतावादी–प्रगतिवादी काव्यधाराका मूर्धन्य कवि मानिन्छन् ।

स्वच्छन्द पाराले सहज, स्वस्फूर्त तथा प्रकृत रूपमा भावाभिव्यक्ति रुचाउने स्वच्छन्दतावादी कविहरू अत्यन्त भावुक र कल्पनाशील हुनाका कारण प्रकृति, प्रेम र सौन्दर्यका पुजारी हुन्छन् । सौन्दर्य भन्ने कुरा नारी अङ्ग प्रत्यङ्गमा मात्र सन्निहित हुँदैन, सौन्दर्य त खासमा प्रकृतिका कणकणमा र अणुअणुमा समाहित हुन्छ भन्ने कुरा यी कविहरू राम्ररी जान्दछन् र अझ सौन्दर्य भन्ने कुरा हेर्नेहरूका आँखामा पनि समाविष्ट हुन्छ भन्ने हो भने पनि त्यस्ता सौन्दर्यका पारखी आँखा स्थूल चर्मचक्षुले गर्दछन् भने भित्री सौन्दर्यको अनुभूति चाहिँ उनीहरू आफ्ना मनका आन्तरिक आँखाले गर्दछन् ।

दार्शनिक रुसोले कृत्रिम र असङ्गतिपूर्ण नागर जीवनभन्दा आडम्बरहीन सरल र सहज ग्रामीण जीवन एवं प्रकृतिको काख मानिसका लागि मङ्गलकारी हुने बताउँदै प्रकृतितिर फर्क (ब्याक टु नेचर) को सन्देश जो दिएका छन्, त्यसलाई स्वच्छन्दतावादी कविहरूले आफ्नो मूल मन्त्र बनाएको अनुभव हुन्छ । वास्तवमा प्रकृतिसित स्वच्छन्दतावादी कविहरूका दृष्टिमा प्रकृति मानवप्रति दयालु एवं सहानुभूतिशील छ । यिनीहरूले प्रकृतिको मानवीकरण गर्दै त्यसलाई सचेतन रूप प्रदान गरेको पाइन्छ । यिनीहरू भन्छन् — प्रकृति समस्त सृष्टिमा परिव्याप्त छ र प्रकृतिमा परमेश्वरको आभास पनि प्राप्त हुन्छ । यही धार्मिक–आध्यात्मिक भावनाले नै स्वच्छन्दतावादमा रहस्यवादको रूप पनि विकसित भएको हो ।

स्वच्छन्दतावादी कविहरू प्रकृतिको प्रयोग माथि भनिएझैँ मानवीकृत रूपमा मात्र होइन, आलम्बन र उद्दीपन विभावका रूपमा तथा विम्ब र प्रतीकका रूपमा पनि गर्छन् अनि प्रकृतिको यथार्थ रूपको वर्णन गरेर पनि यिनीहरू आफ्नो वण्र्य विषयलाई प्रभावकारी बनाउँछन् । यिनीहरू प्रकृतिलाई अखण्ड सौन्दर्यको अक्षय भण्डार र अलौकिक शक्तिको अजस्र स्रोत पनि मान्दछन् । यिनीहरूका रचनामा प्रकृतिका विविध स्वरूप एवम् पक्षको उद्घाटन गरिएको हुन्छ र यिनीहरू प्रकृति, मानव र ईश्वरका बिच तादात्म्य सम्बन्धको प्रतिपादन पनि गर्छन् । यस परिप्रेक्ष्यमा प्रकृतिलाई लिएर गरिएको पूर्वीय पाश्चात्य चिन्तनहरूलाई अगाडि सार्दै र प्रकृतिको परिचय प्रस्तुत गर्दै नेपाली साहित्यमा मूर्धन्य स्वच्छन्दतावादी कवि देवकोटाका प्रकृति सम्बन्धी कविता कृतिमा प्रकृतिलाई कुन रूपमा लिइएको छ र त्यसलाई केकस्तो स्थान दिइएको छ भन्ने कुराको निक्र्योल गर्ने प्रयास प्रस्तुत लेखमा गरिएको छ ।

प्रकृति के हो त ? मानिसले बनाएका र उसका हातले सजाएका सम्हालेका वस्तुहरू अर्थात् कृत्रिम कुराहरू बाहेक यो सम्पूर्ण चराचर सृष्टि प्रकृति हो । त्यसो हुनाले नै वनस्पति, कीराफट्याङ्ग्रा, पशुपक्षी तथा जीवजन्तुहरूको अध्ययनलाई हामी प्रकृतिको अध्ययन भन्दछौँ भने पहाड, नदी, समुद्र, आकाश, चन्द्र, सूर्य हावा प्रभृतिको पूजालाई हामी प्रकृतिको पूजा भन्न गर्छौँ । यसै गरी वसन्तलाई हामी प्रकृतिको सबभन्दा श्रेष्ठ मौसम मान्दछौँ भने प्रकृतिमा आत्मा स्थापित गर्दै त्यसको अमर गायन गर्ने कालिदास, वर्डस्वर्थ, रवीन्द्रनाथ र महाकवि देवकोटा जस्ता कविलाई ‘प्रकृति कवि’ वा ‘प्रकृतिका कवि’ भनेर चर्चा गरिन्छ ।

परन्तु उक्त प्रकारको यो चराचर बाह्य भौतिक जगत् मात्र होइन, यसको सञ्चालन प्रक्रियाको नियामक आन्तरिक शक्ति हो त्यो अझ महत्त्व प्रकृति हो । व्यक्ति वा वस्तुमा सधैँ रहिरहने स्वभाव यस्तै आन्तरिक प्रकृतिमध्ये यस्तो प्रकृतिलाई सूक्ष्म प्रकृति भनिन्छ । बाह्य वा स्थूल प्रकृति इन्द्रियगोचर भने आन्तरिक वा सूक्ष्म प्रकृति चाहिँ अगोचर हुन्छ तर सम्पूर्ण सृष्टिमा व्याप्त रहन्छ ।

प्रकृतिबाट सिर्जित वस्तुलाई हामी प्राकृत वा मौलिक भन्दछौँ भने निर्मित कृत्रिम वस्तुहरूको पनि मूलभूत–आधारभूत तत्त्व चाहिँ प्रकृतिकै अधिनमा हुने कुरा स्वतः सिद्धै छ । यसरी हेरेर ल्याउँदा यो चराचर जगत्को मूल सृष्टि प्रकृति नै ठहरिन आउँछ । ‘प्रकृति’ यो शब्दको शाब्दिक व्युत्पत्तिबाट पनि स्पष्ट हुन्छ ।

‘प्रकृति’ यो मूलतः संस्कृत शब्द हो । यो शब्द ‘गर्नु’ अर्थ अँगाल्ने ‘कृ’ मा ‘प्र’ उपसर्ग र ‘क्तिन्’ प्रत्यय लागेर बन्दछ । यसको शाब्दिक व्युत्पत्ति हुन्छ । ‘प्रक्रियते कार्यमिदम् अनया इति प्रकृतिः’ अर्थात् जसद्वारा कार्यादि गरिन्छ । त्यो नै प्रकृति हो । यस्तै यसको अर्को व्युत्पत्ति पनि छ र त्यो हो— ‘प्रकर्षेण कार्य करोति इति प्रकृतिः’ अर्थात् प्रकृष्ट ढङ्गले जसले कार्यादि गर्दछ त्यही प्रकृति हो र यस प्रकार ‘प्रकृति’ यो शब्दको शाब्दिक अर्थ ‘कार्यकत्र्ता’ भन्ने प्रस्ट हुन्छ ।

वास्तवमा कार्य मूलतः प्रकृतिबाट नै हुन्छ । किनभने कुनै पनि व्याप्त वस्तुको प्रकृति जस्तो हुन्छ उसको आचरण–गतिविधि पनि तदनुरूपकै हुन्छ । दैवी प्रकृतिको व्यक्तिबाट दैवी आचरण, दानवी प्रकृतिको व्यक्तिबाट दानवी आचरण मानवी प्रकृतिको व्यक्तिबाट मानवी आचरण हुने तथ्य सर्वविदितै छ भने त्यस्तो गतिविधि पनि त्यसको प्रकृतिअनुसार नै हुने गर्दछ । यसबाट व्यक्ति वा आचरण गतिविधिको नियामक मूल तत्त्व प्रकृति नै रहेछ भन्ने कुरा छर्लङ्गिन्छ ।

विकासवादका प्रवर्तक विश्वविख्यात वैज्ञानिक चाल्र्स डार्विनका अनुसार ‘सर्भाइभल अफ द फिटेस्ट’ अर्थात् ‘योग्यतम नै जीवित रहने’ नियम र जीव कोषको जीवरचनामा हुने परिवर्तन जस्ता कारणले गर्दा आफ्ना पुर्खा जनावर भन्दा भिन्न बनेर जन्मेको प्राणी मानिसले उक्त प्रकार आफू जन्मने क्रममा जीववैज्ञानिक परिवर्तनको परिणामस्वरूप आफू वरपरको वातावरणमा जीवित रहनको निम्ति आवश्यक सामथ्र्य पनि उपलब्ध गरेको हुन्छ । भनाइको मतलब मानिसको सृष्टि प्रकृतिले नै गरेको हो र मानिसले यहाँ जीवित रहनको निम्ति आवश्यक सामथ्र्य पनि मूलतः प्रकृतिबाटै प्राप्त गरेको हो । यसरी मानिसलाई मात्र होइन, समस्त जीवन जगत्, वनस्पति जगत् र आकाशका अनन्त ग्रहनक्षत्र र तारालगायत यो विराट् विश्वब्रह्माण्डलाई नै सृष्टि गरेर यसको हेरविचार र संहारसमेत गर्छ प्रकृतिले । भौतिकवादी वैज्ञानिकहरूको भनाइ सङ्क्षेपमा यही हो ।

यता अध्यात्मवादी दार्शनिकहरू चाहिँ प्रकृति जड हो र यो स्वयं सञ्चालित छैन, यसलाई सञ्चालित गर्ने चेतन शक्ति अर्कै छ र त्यो परमेश्वर हो भन्दछन् । पूर्वीय अध्यात्मवादी दर्शन वेदान्तका तिन शीर्षस्थ ग्रन्थहरू (ब्रहृमसूत्र, उपनिषद् र गीता) मध्ये एक मानिने श्रीमद्भागवद्गीतामा श्रीकृष्णले भनेको कुुरा यस सन्दर्भमा उल्लेखनीय ठहर्छ, जस्तै —

मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरम् ।
हेतुनानेन कौन्तेय जगद्विपरिवर्तते ।। (९:१०)

अर्थात् हे अर्जुन ! मेरै रोहबर र खटनपटनमा प्रकृतिले यो समस्त चराचर जगत्को सृष्टि गर्दछ र मेरै सुपरीवेक्षणमा यो संसारको चक्र चल्दछ ।

प्रकृतिलाई लिएर श्रीमद्भागवद्गीतामा श्रीकृष्णले यसो पनि भनेको भेटिन्छ —

भूमिरापोऽनलो वायुः खं मनोबुद्धिरेव च ।
अहङ्कार इतीयं मे भिन्ना प्रकृतिरष्टधा ।।
अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।
जीवभूतां महावाहो ययेदं धार्यते जगत् ।। (७ :४–५)

अर्थात् पृथ्वी, जल, अग्नि, वायु, आकाश तथा मन, बुद्धि र अहङ्कार यी आठ प्रकारका विभाजित प्रकृति मेरो अपार प्रकृति अथवा जड प्रकृति हो भनेर हे महाबाहु अर्जुन ! यसभन्दा भिन्न प्रकृति जसले यो सम्पूर्ण जगत्लाई धारण गरेको छ, त्यो चाहिँ प्रकृति मेरो परा प्रकृति अथवा चेतन प्रकृति हो र त्यसलाई जीवात्मा भनिन्छ । यसअनुसार यो समस्त विश्वब्रह्माण्ड जड प्रकृति र चेतन प्रकृतिले बनेको स्पष्ट हुन्छ । वास्तवमा ‘चराचर जगत्’ भनेर मानव सायद यसै कुरालाई औंल्याउँछ ।

साङ्ख्य दर्शनका अनुसार पनि यो समस्त चराचर जगत्को सृष्टि हो र यो चेतन पुरुषबाट भएको छ । प्रकृति अर्थात् मूल प्रकृति सत्त्व, रज र तमका गुणको साम्यावस्था हो भने पुरुषचाहिँ आत्माको स्वरूप । प्रकृति र परिवर्तन उपभोगको विषय तथा प्रसवधर्मी छ भने पुरुष चाहिँ यसको ठीक विपरीत छ । पुरुषको संसर्गबाट मूल प्रकृतिले सृष्टिको क्रममा बुद्धि, अहङ्कार, र पाँच ज्ञानेन्द्रिय (चक्षु, श्रोत्र, घ्राण, रसना र त्वक्), पञ्च कर्मेन्द्रिय (वाक्, पाणि, पाद, पायु र उपस्थ) तथा पञ्च तन्मात्रा (रूप, शब्द, गन्ध, रस र स्पर्श) अनि पञ्च महाभूत (पृथ्वी, जल, तेज वा अग्नि, वायु र आकाश) जस्ता तत्त्वको आविर्भाव गर्दछ भने प्रलय कालमा यी सबै तत्त्वहरू पुनः मूल प्रकृतिमा बन्छन् । सारांशमा प्रकृति नै सृष्टि र संहारको मूल कारण हो ।

वेदान्त दर्शनअनुसार पनि विश्वब्रह्माण्डको मूल तत्त्व परमेश्वर वा परब्रह्म त्यसैलाई परम शिव पनि भनिन्छ । परम शिवमा सृष्टि गर्ने इच्छा उत्पन्न हुँदा त्यही नै आफैँ शिव र शक्तिका रूपमा प्रकटिन्छ । त्यसैलाई पुरुष र प्रकृति पनि परम शिव निर्गुण निराकार हुन्छ भने शिव चाहिँ सगुण र सिसृक्षारूपी उपयुक्त । यिनै शिव र शक्ति नै सृष्टि गर्दछन् र जहाँ सृष्टि हुन्छ त्यहाँ त्यस र संहार पनि हुने हुनाले सृष्टि, स्थिति र लयका सन्दर्भमा शिव र शक्तिको सृजना, विष्णु र महेश्वरका साथै युग, समय र आवश्यकतानुसार नाना देवत्व अवतारादिको समेत रूप धारण गर्दछन् । यसरी शिवले जुन शक्तिको सहायताले सबै काम गर्दछ, शिवको त्यही शक्ति नै वास्तवमा माया हो, प्रकृति हो । यसबाट पनि विश्वब्रह्माण्डको सृष्टि, स्थिति तथा लयमा प्रकृतिको मूलभूत कुरा प्रस्ट हुन आउँछ ।

यसरी हेरेर ल्याउँदा प्रकृति शब्दको अर्थ अनेक देखिन आउँछ- (१) रूपात्मक जगत्को विकास निर्माण गर्ने र त्यसको मूल रूपमा देखा पर्ने, (२) जगत्को उत्पत्तिको कारणरूप मूल तत्त्व, (३) ईश्वरीय लीला, दैवी वा माया इत्यादि ।

व्यवहारमा चाहिँ ‘प्रकृति’ भन्नाले सामान्यतः के बुझिन्छ भने- हिमालदेखि समुद्रसम्मका स्थलभाग र यहाँका रुख विरुवा, वन जङ्गल, हावा पानी, खोला, जीवजन्तु एवं पशुपन्छीहरू, आकाश र आकाशीय ग्रह नक्षत्रादिहरू, कार्य समय र यसका दिन, रात, औँसी, पूर्णिमा, ऋतुमौसम तथा यिनका रूप रङ्ग, रस–ध्वनि जस्ता कुराहरू । वास्तवमा सृष्टिका स्थूल प्रकृति दृश्य तर सूक्ष्म प्रकृति भने माथि भनिएझैँ यिनको निर्माता वा सृष्टिकर्ता नै अदृश्य रहन्छ ।

सारांशमा विश्वब्रह्माण्डमा तिन चीज मुख्य देखा पर्छन् र ती हुन्- मानिस, प्रकृति र पराप्रकृति वा परमेश्वर । यिनमा नित्सेले परमेश्वरको मृत्यु घोषणा गरेदेखि यताको संसारमा वा भनौँ परमेश्वर माथि विश्वास नगर्ने आजका मानिसहरूको जमानामा मानिस र प्रकृति दुई चिज मात्र बाँकी देखिन्छन् । यिनमा मानिस र उसले बनाएका वस्तुबाहेक सृष्टिका सम्पूर्ण पदार्थ प्रकृति अन्तर्गत आउँछन् भने प्रकृति स्थूल–सूक्ष्म, गोचर अगोचर तथा चलअचल आदि अनेक प्रकारमा विभाजित देखा पर्छ । माथि भनिए झैँ चन्द्रसूर्य, पहाड पर्वत, खोलानाला, वन जङ्गल, बादल बिजुली वर्षा हुरी, साँझ बिहान, चराचुरुङ्गी, पशुपन्छी इत्यादि स्थूल प्रकृति हुन् र यी इन्द्रियगोचर हुन्छन् भने आकाश, समय, इन्द्रिय, मन, बुद्धि, अहङ्कार र समस्त विश्वब्रह्माण्डको सृष्टि, स्थिति र संहार गर्ने अदृश्य मूल शक्ति चाहिँ सूक्ष्म प्रकृति हुन् र यी अगोचर हुन्छन् ।

यस सन्दर्भमा मानिस के हो त ? भन्ने प्रश्न स्वभावतः उठ्छ । मानिस चाहिँ मूलतः प्रकृतिकै सिर्जना हो तापनि ऊ प्रकृति अनुकूल मात्र होइन, प्रकृति विपरीत आचरण पनि गर्दछ । ऊ प्रकृतिको काखमा बसेर पूरै प्राकृतिक जीवन बिताउन पनि सक्दछ भने प्राणवायु प्रकृतिबाटै प्राप्त गरे तापनि प्रकृतिबाट नितान्त टाढा आफैँले बनाएको समाजमा बसेर एकदमै कृत्रिम जीवन जिउन पनि सक्दछ ।

साँच्चै भन्ने हो भने मानिस जस्तो अचम्मको प्राणी यस संसारमा अरू कुनै पनि पाइँदैन । दुष्टमा महादुष्ट र सज्जनमा महासज्जन हुन सक्ने प्राणी संसारमा मानिस मात्रै हो । सृष्टिमा, भूतप्रेत, पिशाच र राक्षस यदि छन् भने ती भूत, प्रेत, पिशाच र राक्षस नै रहन्छन् र यस्तै देव–देवीहरू छन् भने ती देवदेवी नै रहन्छन् तर मानिस चाहिँ भूत, प्रेत, पिशाच र राक्षसभन्दा पनि तल झर्न सक्ने र देवाधिदेव महादेवभन्दा पनि महान् बन्न सक्ने प्राणी हो । शब्दान्तरमा मानिसको नीचता र महानता दुवैको कुनै साँध र सीमा छैन । अनेक प्रकारका धर्म, धर्मशास्त्र र आचारसंहिता तथा ऐनकानुनको निर्माण गर्ने पनि मानिस नै हो र तिनको उल्लङ्घन गर्दै नाना थरीका अधर्म, अन्याय, अत्याचार, पापाचार, दुराचार र अपराधहरू गर्ने पनि मानिस नै । यस प्रकार जे पनि गर्न सक्ने र जे पनि बन्न सक्ने जीव सृष्टिमा मानिसबाहेक अरू कुनै छैन । एकजना अङ्ग्रेज कविले भने झैँ वास्तवमा मानिस विरोधाभासी प्राणी हो — ‘म्यान इज ए प्याराडक्स’ ।

जे होस् मानिसले प्रकृतिसँग मेलमिलाप राखेर होस् वा विरोध र सङ्घर्ष गरेर होस्, आफ्नै प्रकारको सभ्यताको निर्माण गरेको छ, जसलाई हामी मानव सभ्यता भन्दछैँै । साहित्य, कला, संस्कृति, ज्ञान, विज्ञान इत्यादि सबै मानव सभ्यताकै उपज हुन् । आज मानव–सभ्यता नाना प्रकारका मिसाइलहरू, कम्प्युटर र रोबोटहरू तथा अनेकौं ग्रह नक्षत्रहरू चहार्ने उपग्रह र अन्तरिक्ष यानहरूको युगमा पुगिसकेको छ तर पनि विराट् प्रकृतिको विशाल सृष्टिका सामु मानिसको सिर्जना–रचना अथवा भनूँ सभ्यता एकदमै नगण्य ठहर्छ । मानिसले जे गरे पनि, ईश्वर मरिसक्यो मै ईश्वर हुँ भने पनि प्रकृतिका सामु उसको र प्रकृतिको सहाराविना उसले गर्न पनि सक्तैन मात्रै होइन कि केही रहन पनि सक्तैन । किनभने मानिसले ताप्ने घाम, पिउने पानी र सास फेर्न अनि हिँड्डुल गर्ने खाली ठाउँ आकाश र उसले खाने अन्न उमार्ने पृथ्वी प्रकृति नै हुन् भन्ने कुराको उल्लेख माथि भइ नै सकेको छ ।

प्रकृति सौन्दर्यको खानी पनि हो र सौन्दर्यप्रेम मानिसको जन्मजात हो । त्यसैले पनि मानिसले प्रकृतिलाई कहिल्यै बिर्सन सक्तैन र प्रकृत वा साहचर्य पनि कदापि छाड्न सक्तैन । बारीबगैँचमा बोटबिरुवा उमार्नु कोठा भित्रै पनि गमलाहरूमा इन्टेरियर प्लान्टहरू लगाउनु र सो नभए पनि फूल र गमालहरू लगाएर भए पनि घर सजाउनु, जस्ता कुराहरू सौन्दर्य प्रेम, प्रकृति प्रेम र प्रकृति साहचर्यकै प्रमाण र परिणाम हुन् । मानिसको जीवनबाट प्रकृति झिकिदिने हो भने ऊ निष्प्राण बने जस्तै कला साहित्यबाट प्रकृतिलाई अलग राखिदिने हो भने ती सब श्रीविहीन, कान्तिविहीन र अस्तित्वविहीन बन्न पुग्छन् ।

यहाँनिर कला साहित्यका क्षेत्रमा खास गरेर ईसाको उन्नाइसौँ शताब्दीको उत्तराद्र्धदेखि प्रचलित एउटा विशिष्ट आन्दोलन ‘प्रकृतवाद’को सम्बन्ध पनि स्वभाविकै हो । ‘प्रकृतवाद’ वास्तवमा प्रकृतिसित सन्दर्भित एवं सिद्धान्त नै हो । ‘प्रकृतवाद’ लाई अङ्ग्रेजीमा नेचु¥यालिज्म भनिन्छ र ‘नेचु¥यालिज्म’ शब्द जन्मसिद्ध वा प्रकृति अनुरूपको भन्ने अर्थ अँगाल्ने शब्द नाथरालिष्टबाट बनेको हो । ‘नेचु¥यालिज्म’लाई नेपालीमा प्रकृतवादका अतिरिक्त हिन्दीमा झैँ ‘प्राकृतवाद’, ‘प्रकृतिवाद’ आदि पनि भनिएको हो । सन् १८५९ मा चाल्र्स डार्बिनले आफ्नो अध्ययन र अनुसन्धानका आधारमा आनुवंशिकता (हेरिडिटी) र वातावरण (इन्भाइरन्मेन्ट) ले व्यक्तिउपर पार्न सक्ने निष्कर्षहरू छापेपछि त्यसबाट कला र विज्ञानका क्षेत्रहरूका साथै साहित्य पनि मनग्गे प्रभावित भएको हो । प्रकृतवादको दार्शनिक स्वरूप निर्धारणमा प्रकृतिवादी वैज्ञानिक सिद्धान्तहरूको भूमिका पनि उत्तिकै उल्लेखनीय रहनुले प्रकृतिलाई स्वतः बुझ्न सकिन्छ र मान्छे प्रकृतिकै अङ्ग हो भन्ने प्रकृतिवादबाटै प्रकृतवादले प्राणप्रतिष्ठा प्राप्त गरेको हो । प्रकृतवादका अनुसार मान्छे भिन्न सवतन्त्र सत्ता होइन र प्रकृतिभन्दा अतिरिक्त कुनै ईश्वरीय सत्ताको तत्त्व अस्वीकार्य छ । यस्तै मानवीय विचार पनि सामाजिक राजनैतिक घटना ईश्वरीय लीला वा अव्याख्येय रहस्य होइनन्, बरु यी प्राकृतिक प्रक्रिया हुन् र यिनले प्राकृतिक नियमको अनुसरण गर्दछन् भन्दछ प्रकृतवाद ।

३. निष्कर्ष
पूर्वोक्त प्रकार डार्बिनको विकासवाद र त्यसपछिका प्रकृतिवादी दर्शन तथा जीववैज्ञानिक र भौतिकशास्त्रीय मान्यताहरूमा आधारित रहेको यो प्रकृतवाद ईश्वरीय आध्यात्मिक, धार्मिक तथा नैतिक मूल्यका विपरीत उभिएको भेटिन्छ र यसले प्रकृतिको प्रयोगशालामा मानिसका शारीरिक–मानसिक गतिविधि र प्रवृत्ति तथा प्रकृतिको पर्यवेक्षण गर्ने काम गर्दछ । प्रकृतवाद वास्तवमा कला साहित्यका माध्यमद्वारा मानवीय अवचेतन मनका नैसर्गिक प्रकृति र प्रवृत्तिको यथार्थ अध्ययन हो ।

जे होस् कला साहित्यमा केवल सौन्दर्यसृष्टिकै लागि मात्र होइन, अन्य अनेक प्रयोजनका लागि पनि उपयुक्त स्थान दिइएको देखिन्छ । यस सन्दर्भमा अब हेरौँ महाकवि देवकोटाले आफ्ना कविताकृतिमा प्रकृतिलाई केकस्तो प्रयोजनका लागि कुन रूपमा लिएका रहेछन् र केकस्तो स्थान दिएका रहेछन् ? त्यसको गहन विवेचना गर्न सकिन्छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 240
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.