धनराज गिरीको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी बहुविधामा मलम चलाइरहेका छन् । प्रस्तुत शृङ्खलामा उनको ‘प्रज्ञा, प्रज्ञा, प्रज्ञा !’ शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले दिनदिनै क्षय हुँदै गएको प्राज्ञचेत र प्राज्ञिकतामाति गुलावी व्यङ्ग्य गरिएको छ । -सम्पा. |
एउटा नयाँ लहर चल्छ समाजमा, सबैलाई त्यही लहरले तान्छ, कता पुर्याउँछ ? थाहा छैन । शिक्षाको क्षेत्रमा नयाँ लहर आयो, निजीकरण, शिक्षा पनि उद्योग भयो । गुरुहरू व्यापारी भए । वाणिज्य वस्तु बने अर्जुन र गार्गीहरू । सादगीमा, कुटीमा रमाउनुपर्ने द्रोणाचार्यहरू महल र कारको मालिक भए, यो पनि प्रगति नै हो । लक्ष्मीदास बनिन् सरस्वती माता पनि ।
“ज्ञान लेना है तो कल धान लेकर आना” भग्न भैरवको महावाणी । अनि नि, सहरमा खोलिएका आवासीय विद्यालयहरू मोक्षको खोजीमा पुगे । साझेदारी एक अदृश्य “कोरोना” हो नेपाली राजनीति जस्तै ! सबै शैक्षिक, व्यापारीहरूले “उमेश श्रेष्ठ” बन्ने सपना देखे । उही मेजर अङ्ग्रजीमा एम.ए. एम.फिल, पीएच. डी गर्नेहरूले “श्रीधर लोहनी” बन्ने सपना देखेजस्तै । हिन्दी गीत गाउने “धनराज गिरी” रफी, किशोर, मुकेश र महेन्द्र कपूर हुने कुरा आएन । मोहमद अजीज र कुमार सानु पनि बन्न मुस्किल छ ।
रहरको कहर शब्दातीत, हिम पहिरो जहाँ पनि हुन्छ । देखासिकीको प्रभावबाट गरिएको, थालिएको कामले सफलता दिने ग्यारेन्टी हुन्न । यात्रा सजिलो छैन । धेरै कुराहरूले साथ दिएपछि मात्रै कुनै पनि योजना, उद्योग सफल हुन्छ । एउटा निजी अनुभव ः २०४५ सालमा एम.ए. को पढाइ शुभारम्भ गरियो । “दुर्गा, मल्ल गिरी” हामी त्रिभुज, अरू पनि । प्रथम बर्षको परिक्षा दिएर साथीहरू कलेजमा “प्रशिक्षक” पदमा करारमा टकरार गर्न पुगेछन् । शहीद स्मृति क्याम्पस, रत्ननगरमा, भर्खरै नाम परिर्वतन भएको, “श्री कमर्श क्याम्पस” बाट, रामबाबु घिमिरे सर “महेश भट्ट” “एन.एन. सिप्पी, शेषनाथजी, “कल्याणजी + आनन्दजी” पौडेल र घिमिरे । एक शनिबार बिदाको दिन बजारमा “पप्लु“ खेल्न जान्थेँ म । सीतालाई दिक्क बनाएर बाउन्न गीतामा “विद्यावारिधि” गर्दै थिएँ । लेख्न नपर्ने कुराहरू हुन् । सत्यवादी बन्ने रोग लागेको छ । तासको खालमा मैले दिएको हुकुमको एक्काले बाजी भएपछि गभिरनन्दन बोले, “धनराज, तिमी पनि आऊ पढाउन । म्याथको मान्छे छैन ।” मेरो उत्तर, “सर, म हतार गर्दिनँ । कक्षामा “म धनराज गिरी, बि.ए. पास” भन्ने ? लाज लाग्छ । म एम.ए.को प्रमाणपत्र पाएपछि इज्जतका साथ आउनेछु , हिन्दी गीत गाउनेछु । यतिखेर हाइस्कुल नै मेरो चार धाम हो ।” गइन । अरू आए । अर्को एकसालपछि, दोस्रो बर्षको परीक्षा दिइयो । सफल हुने, उत्तीर्ण हुने ग्यारेन्टी ! फेरि पनि बोलाउनुभयो रामबाबु सरले । २०४८ साल फागुन १४ गतेबाट म पनि कलेजमा पढाउने भएँ, प्रशिक्षकमा नै ।
६२.५% अङ्कसहित, ३०० को गणितसहित, अर्थशास्त्रमा एम.ए. र अङ्ग्रेजीमा बि.एड. गरियो । योग्यता पु¥याएरै योग्यताकै आडमा, काम पाइयो । मैले काम खोजेको होइन, कामले मलाई खोज्यो । यही मेरो जीवनको गौरव हो, घमण्ड र अहङ्कार होइन । जगजाहेर । “खोस्टो” मात्र बोकेर “गुरु” बनिन्न । यसमा धेरै नबोल्ने, बोल्नलाई ओलीजीको जिम्मा ।
प्रज्ञा, प्रज्ञा, प्रज्ञा ! अब यता । यतिखेर, साहित्यिक राजनीति पनि तीव्र बेगमा कुदिरहेछ । सङ्गठन कलियुगमा शक्ति हो । तर यो “प्रज्ञा” शब्दको गरिमा ? प्राज्ञ बन्ने पात्रकोे ल्याकत ? “स्कंलर” त्यसै बनिन्छ ? घनेन्द्रओझा, हरि अधिकारी, राजकुमार बानियाँ, बलराम तिमिल्सेना, रमेश प्रभात, प्रेम रिमालहरूले भन्न पाएपछि बाँकी राख्छन् ? यही धनराज गिरी पनि मौन बस्दैन । राम लोहनी पनि अर्को विदुषक परे । अर्थात् सामाजिक सञ्जालमा आएका आलोचनाहरू, केन्द्रीय प्रज्ञा र परिधि प्रज्ञाका बारेमा, निराधार अवश्य पनि होइनन् । बोलेर, लेखेर शत्रु कमाउने रहर कसैलाई पनि खतरनाक हुन्छ । “प्राज्ञ बनेको हो कि अभिमन्यु बनेर चक्रव्यूहमा प्रवेश गरेको हो !” थाहा पाउनु प¥यो । कुरा चपाएर गरिन्न । ठाउँ ठाउँमा “प्रज्ञा प्रतिष्ठान” हुनु राम्रो हो । अवश्य पनि शुभ लक्षण हो । सकारात्मक सन्देश हो । तर नेपाली हिज्जे पनि राम्रोसित नआउनेहरू प्राज्ञ बन्न खोज्नु, बनाइनु, बन्नु चाहिँ अभिशाप हो । अझ प्रज्ञा परिषद्को सदस्यहरूको हालत देख्दा टिठ लाग्यो । फेरि, एकथरि “लालबुझक्कडहरू” यस्ता पनि पाइयो, आफै भाले बन्न खोज्ने, बन्न नपाए, विरोध गर्ने । बिरोधका लागि मात्र गरिने बिरोधीको कुनै अर्थ छैन । राज्यको ध्यान साहित्यतिर तानिनु शुभ सङ्केत हो । राजनीतिले बनाएका घाउहरूमा साहित्यले मल्हम लगाउनुपर्छ ।
२०४७ सालको परिर्वतनपछि नेपाली समाज नराम्रोसित विभाजित भयो । पार्टीबिचमा पानी बाराबारको स्थिति भयो । मलाई कहिल्यै पनि चित्त बुझेन यो कुरा । राजनीतिक लेखहरू मैले पनि लेखेँ । उपन्यास “अनन्त पाइलामा” “यात्रा मिलिजुली” परिकल्पना गरे । एकतामा बल हुन्छ । साहित्य, साहित्यमा मात्र होइन, आदित्य पनि हो । मर्यादित र सभ्य समाज निर्माणमा साहित्यको भूमिका शब्दातीत हुन्छ । शालीन र अनुशासित कर्मयोगी जनताहरू देशको खजाना हुन् । कृष्णले अर्जुनलाई सुनाएको गीता पनि साहित्य नै हो । साहित्य जीवनामृत हो । साहित्य, सङ्गीत र कलाविनाको मानव समाज कल्पना गर्न सकिन्न । “तत्वबोध” हुन पनि साहित्य पढ्नुपर्छ । समाजमा उज्यालो छर्ने काम वागीश आमाकै हो ।
प्रज्ञा प्रतिष्ठान बनाएर योग्य पात्रहरूले कार्य सम्पादन गरेमा वाङ्मयको उन्नयनमा विशेष टेवा पुग्नेछ । उपकुलपति, आदरणीय दाजु इन्द्र रेग्मीको एक बर्षको कार्य सम्पादनको शैली र नतिजा देख्दा सबै नवगठित प्रज्ञा प्रतिष्ठानहरूले भरतपुर महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानको अनुकरण गरे हुन्छ । राम्रो गरेकालाई राम्रो भन्न साइत हेर्नु पर्दैन । घागडान प्राज्ञ होइनन् इन्द्र रेग्मी दाजी तर उहाँमा एक कुशल सङ्गठक व्यक्तित्व छ । मलाई लिनुदिनु केही छैन । मेयर, मेरी भान्जीको उदारता पनि राम्रै पाइयो । साथीहरू, मज्जाले पढ्ने, नजानेको सिक्ने, “त्यहाँ राम्रो के छ ? ” राम्रो, राम्रो खोज्ने । सधैँभरि आलोचक मात्रै बन्ने कसम नखाने, आफैलाई सकस हुन्न । अब चुनौति छ, हामीलाई रत्ननगरमा । रामबबु सर हुनुहुन्छ । केही त हुन्छ । जय प्रज्ञा !!