गोविन्दसिंह रावतको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी विभिन्न विधामा कलम चलाउने प्रवासी नेपाली साहित्यकार हुन् । प्रस्तुत शृङ्खलामा उनको ‘सप्तरङ्गी चाहनाहरू’ शीर्षकको लघुनाटक समेटिएको छ । यसले आजका युवायुवतीमा बढ्दै गएको विदेश मोह र आफ्ना धर्म संस्कार र संस्कृतिप्रतिको वितृष्णालाई देखाइएको छ । -सम्पा. |
(नेपथ्यबाट साङ्गीतिक धुनहरू बजिरहेका छन् । कुनै बिहे घरको वातावरण । मानिसहरूको चहलपहल । मञ्चमा आवश्यकताअनुसारका मध्यम परिवारको कोठाको स्वरूप दिने खालका समग्रीहरू । अन्दाजी २०÷२२ वर्षको ठिटो सुटमा सजिएको छ र टाई लगाउने प्रयास गर्दै छ । सगै अर्को अन्दाजी त्यही उमेरको केटो लुगा लगाउन सहयोग गर्दैछ । उसको हातमा केही टाईहरू र माला छ । स्वयम्बर गर्न जानु भन्दा अगाडिको वातावरण । )
दिपक : खोई । त्यो भन्दा बरु यो टाई सुहाउला जस्तो छ ।
मनिस : (टाई लगाउँदै) पख् न हेर्न दे ।
दीपक : रातीको साइत छ मनिस दाइ । जुत्ता जोगाउनु होला है ।
मनिस : स्वयम्वरमा पनि कतै जुत्ता लुकाउँछन् र ?
दीपक : रमाइलो गर्नलाई हिजो–आज ठिटीहरू जे पनि गर्छन् भन्या । पैसा ठग्ने उपाय हो क्या । राम्रो लुगा लाएर राम्री भएर आएपछि टाहरूको मन त्यसै त्यसै पग्लिएर जान्छ । फेरि केटी भनेको यस्तो राप हो जसको तापले केटाहरू आपसे आप पग्लिएर जान्छन् । म त पग्लिन्छु भने अरूको के कुरा ।
मनिस : ल ल बढी जान्ने न हो ।
(कोठामा त्यस्तै उमेरको अर्को ब्यक्ति प्रवेश गर्छ)
दीपक : (आत्तिएर) आम्मै अजयदाइ । क्यानाडाबाट हो कि क्या हो । हिजो मात्रै काकीले मनिस तेरो मिल्ने साथी छुट्यो भन्दै हुनुहुन्थ्यो । आज त टुप्लुक्कै आइपुग्नुभयो गाँठे । क्या ब्युटीफुल हुनुभएछ ।
मनिस : (अचम्म मान्दै ) अचानक । (अजयलाई समाउँदै) कस्तो खुसी लाग्यो ।
अजय : यो के भइरहेको छ ? (मलिन अनुहार बनाएर एकातिर उभिन्छ)
मनिस : (दीपकलाई भन्दै) जा तल गएर खबर सुनाइदे अनि मिठो चिया लिएर आइज ।
अजय : (नम्र भएर) इट्स ओके । तिमी जाऊ दीपक म हेर्छु मनिसलाई ।
दीपक : म तल गएर समाचार विस्तारले सुनाउँछु सबैलाई ।
(दीपक जानासाथ अजय गएर ढोका लगाउँछ र उत्तेजित भएर कराउन थाल्छ)
अजय : यो सब के हो ?
मनिस : मैले तिमीलाई मेल गरेको थिएँ त ?
अजय : अनि मेल गरेपछि तिम्रो रेस्पोन्सिबिलिटी सिद्दियो त ? कसरी सोझै मान्या तिमीले बिहे गर्न ?
मनिस : कारण छ ।
अजय : म आउँछु भनेकै थिएँ । कारणलाई पन्छ्याउन सकिन्थ्यो ।
मनिस : म बाध्य भएँ । बाआमा अनि घरपरिवारका सबैले मलाई बाध्य गराए ।
अजय : आजको जमानामा तिमी जस्तो पढेलेखेका मान्छेलाई पनि बाध्य गराउन पकिन्छ ?
मनिस : हजुर बुवा सिकिस्त भएर म बाध्य भएँ । मलाई बाध्य बनाइयो ।
अजय : यो कुनै कारण भएन । तिमी यति कमजोर छौं भन्ने मैले सोचेको थिइन ।
मनिस : डाक्टरले समेत भनेपछि म के गरुँ ।
अजय : बिहेसँग डाक्टरको के सम्बन्ध ? कि कतै तिमीलाई कुनै रोग लागेको छ । साँचो भन प्लिज ?
मनिस : धत् । त्यसो हैन । हजुरबुवा अहिले पनि अस्पतालमै हुनुहुन्छ ।
अजय : अनि । यही हो त तिम्रो एक्सक्युज ।
मनिस : मैले त्यसो भन्न खोजेको हैन ।
अजय : अनि के हो त ?
मनिस : मेरो बा हजुरबुवाको एक मात्र छोरा अनि म पनि चार छोरीहरूपछि जन्मिएको वहाँको म एक मात्र नाति । मेरो बिहे हेरेर मर्ने इच्छा गरेपछि घरपरिवारको केही लागेन ।
अजय : हामी किन अहिलेसम्म पुरानै विश्वासमा बाँच्ने गर्छौं । ननसेन्स ।
(एउटी अधबैँसे उमेरकी महिलाको प्रवेश । दुवै सतर्क हुन्छन् )
महिला : हैन दुलाहा राजा ठाँटिन कति बेर लागेको ? हल्का मेकअप गर्ने कि भनेर म आएको ।
मनिस : (झर्को मान्दै) पर्दैन, पर्दैन, केको मेकअप नि ।
महिला : (अजयलाई देखेर चिने झैँ गरी ठम्याउन खोज्दै) आम्मै यो अजय हैन ? कहिले आ’को ?
अजय : (चिन्ने प्रयत्न गर्दै) मैले चिनिन नि ?
मनिस : साइँली फुपू क्या । रोजालिनको ममी ।
अजय : (चिनेझैँ गर्दै) ओ……. या…….नमस्कार फुपू । अनि रोजालिन के गर्दैछे ?
महिला : के गर्नु र लोग्नेको टान्सफरमर भएपछि मसँगै बस्छे । अनि बुटी पालको काम सिक्दै छे ।
अजय : ट्रान्सफरमर ?
मनिस : सरुवा भन्न खोज्या हो फुपूले । ल फुपू तल गए हुन्छ । हामी चाँडै तल झर्दैछौँ भनिदिनु ।
(मनिस महिलासँग कुरा गर्दै मञ्चको छेउसम्म पुग्छ)
महिला : ल त मेकअप नगर्ने भएँ मेरो के काम ।
(महिला प्रस्थान गर्छे । अजय फेरि मनिसको छेउमा आएर……)
अजय : तिमी के भन्न खोज्दै छौँ । यो कुरा तिमीले मेलमा भनि सकेका छौँ ।
मनिस : त्यही त । मलाई ट्रेपमा पारेपछि म के गरुँ ? मैले बिहे गर्दिनँ भनेपछि घरमा नै रण सङ्ग्राम मच्यो । बा आमालेसमेत मलाई त छोरा नै होइनस् भनेर थ्रिटेन गर्न थालेपछि …………..
अजय : (बिचमा कुरा काट्दै) आई नो डेट । तिमीले भनि सकेको कुराहरू फर गड सेक रिपिट न गर । मैले तिमीलाई मेलमा भनि सकेको थिए, बाई एनि हाउ“ पोस्पोन्ड गर भनेर । तर……………..
(अजय आवेगमा मञ्च ओहोरदोहोर गर्न थाल्छ)
मनिस : मैले धेरै नै ट्राई गरेँ । केही समय अल्मल्याएर पर पनि सारेँ । हजुरबुवा सिरियस हुनुहुन्छ र अर्को साइतलाई छ महिना कुर्नुपर्छ भनेर सबैले जोर जबरजस्ती गरेर आजको दिन स्वयम्बर र अर्को साता बिहेको साइत जुराएर हजुरबुवाको लागि छिटो छिटो सबै काम सिध्याउने तिर लागेपछि मेरो केही लागेन । मैले इमेल पनि गरेको थिएँ ?
अजय : मैले पाएँ । त्यो पाएपछि म आफै डिस्टर्ब भएँ । तर के गर्ने ? म टाढा थिएँ । कमसे कम तिमीले त कुनै उपाय निकाल्न सक्थ्यौ कि जस्तो लागेको थियो । तर…..
(मनिसको भिनाजुको प्रवेश)
भिनाजु : हैन दुलाहाराजाको सवारी कति खेर निस्कने हो ? (अजयलाई देखेर हर्षित हुँदै) लौ अजय पनि पुगि सकेछ ।
अजय : नमस्ते भिनाजु ।
भिनाजु : नमस्कार । नमस्कार । यस्तो पो हो द्यौतारी भनेको । अनि के छ त ? अहिले आयौं ? तल गाईगुई त सुन्याथ्यो । साच्चै नै आको रहेर त हल्ला चालेको रच ।
अजय : आजै हो ।
भिनाजु : साइत हेरेरै आका रहेछौं । भन्दै थिए सबैले मनिसको बिहेमा अजय नहुनु तिहुनमा नुन नहुनुसरह हो भनेर । अनि सुनाऊ न त क्यानाडाको खबर । खै यहाँ बसेर उँभो लागिएला जस्तो छैन । मेरो बैँकको सुब्बा २०४६ पछि जागिर छोडेर राजनीतिमा लागेको मान्छे संस्थानको जि.एम. भै सक्यो । कुन दिन मेरै बैँकको म्यानेजर बनेर आउला ।
मनिस : मेरो क्याम्पसको लद्दु साथी त मन्त्रीको सल्लाहकार भयो रे ।
भिनाजु : सोर्स फोर्समा देश चलेको छ यार । बरु उता आउनु पर्ला । म पनि लेण्डिङ्घ प्रोसेसतिर लागौ कि ? के छन् त अपुर्चिनिटीहरू ।
अजय : डेट्स अप टु यु । जिरोबाट सुरु गर्नुपर्छ । वर्क हार्ड छ तर लाईफ सेकुयर्ड र राम्रो छ ।
भिनाजु : हैन धेरै नै मान्छेहरू रिफुजी भएर बसेका छन् रे नि ?
अजय : एस । त्याहाँ दुई चार जना नेपालीहरूको काम नै इन्सटेन्ट स्टोरी बेचेर पैसा कमाउने छ ।
भिनाजु : हाम्लाई दिन्छन् त रिफुजीमा ?
अजय : डाक्टर, इन्जिनियर, पाइलट त रिफुजी भएर बसेका छन् । चाँडै स्टेटस पाइन्छ भनेर सबै त्यसै गर्छन् ।
(नेपथ्यबाट महिला ए हजुर π भन्र्दै प्रवेश गर्छिन)
दिदी हैन कहाँ हराउनुभएको ? तल बुवाहजुरले खोजी राख्स्या थ्यो ।
(ए….. अजय …… त आएको तल हल्ला सुनेको थिएँ । अनि मनिसले त घरजम गर्यो । तैँले कहिले गर्ने नि ?
भिनाजु : केटी पाए त दुवैलाई एउटै जग्गेबाट उमक्याउनु हुन्थ्यो ।
अजय : मनिसले गरेपछि मेरो पनि भए जस्तो भयो नि ।
दिदी : (भिनाजुको पाखुरा समाउँदै) तल हिँडिस्योस् रे के ?
भिनाजु : हिड ! तिमीहरू पनि चाँडै तल झर । कोठा थुनेर खुसुरफुसुर गर्ने बानी भने अहिलेसम्म गएको रहेन छ यिनीहरूको ।
(दिदी भिनाजु गएपछि अजय फेरि ढोका लगाउँछ )
अजय : तिमी त धेरै नै खुसी भएको होला हैन ? आप्mटर अल बिहे गर्दै छौं ?
मनिस : त्यसो नभन न । मैले तिमीलाई दिएको वचन कहाँ बिर्सेको छु र ।
अजय : अनि यो सब के त ?
मनिस : मेरो बाध्यता ।
अजय : म यहाँ आएको ब्यर्थ भयो हैन ?
मनिस : मैले त्यसो भनेको छैन अजु । (अजयको हात समातेर) तिमीलाई थाहा छ मेरो लागि यो सब ब्यर्थ हो भनेर । यो मेरो घरले देखाएको बाध्यताभित्र कैद मेरो विवशता हो । तिमीलाई देखेपछि ममा आँट पलाएको छ । मलाई मुक्त गरीदेऊ यो कैदबाट ।
अजय : यसलाई कसरी पन्छ्याउने ?
मनिस : तिमी आफै सोच । तिमी आउने भए मलाई फोन गर्नु पर्दैनथ्यो ?
अजय : मैले कति पटक फोन गरे टोरोन्टोबाट, लण्डन र दुबई एयरपोर्टबाट पनि फोन गरे । खालि एङ्घेज । एङ्घेज । कहिले का“ही उठायो भने पनि न चिन्ने मान्छे र केटाकेटीले उठाएर बोलाइदिन्छु भनेर घण्टौँ होल्डमा राखिदिन्छन् । तिमीलाई इमेल पनि कति पठाइसके । नो रेस्पोन्स ।
मनिस : बिहेको घर अनि एउटै फोन त्यसमाथि घरभरि मान्छेहरूको ताती । इमेल खोल्न नपाएको पनि हप्ता दिन भइसक्यो ।
अजय : देट्स योर प्रोब्लेम । तिमीलाई थाहा छ त यही वर्षभित्र सबै कुरा मिल्छ भनेर । (अडान) स्पोन्सरको फाईल एसेप्ट भई सक्यो रे । अब इन्टरभ्युलाई बोलाउन मात्र बाँकी थियो ।
मनिस : थाहा थियो । एसेप्ट भएको पनि सात आठ महिना भइसक्यो …………
अजय : (मनिसको कुरा काट्दै उसको नजिकै आएर) तिमी के चाहन्छौ ?
मनिस : मतलब ?
अजय : तिमी यो बिहे चाहन्छौ ?
मनिस : भनिसकेँ नि म बन्धनमा बाधिएँ ।
अजय : तिमी मसँग जान चाहन्छौ ।
मनिस : मेरो इच्छा नै त्यही छ । के यो सम्भव छ ?
अजय : मैले सम्भव बनाई सकेको छु ।
मनिस : कसरी ?
अजय : मैले मेरो वकिलसँग कुरा गरेर पिटिसन फाइल गरि सकेको छु । तिम्रो घरबाट जबरजस्ती बिहे हुँदैछ भनेर तिम्रो लाइफ जोगाउन तिमीलाई यहाँ ल्याउनु जरुरी परेको कुरा पनि भनिसकेको छु । हाम्रो सम्बन्धका बारेमा पनि भनिसकेको छु ।
मनिस : त्यसो भए भिसा मिल्छ त ?
अजय : त्यही भिसा मिलाउने चक्करमा म पाँच सात दिन एकदमै ब्यस्त भए । मैले हाम्रो टोरोन्टोको सांसद्सँग पनि कुरा गरे । उसलाई हाम्रो वृतान्त सुनाए । हि इज अल्सो पोजेटिभ विथ अस ।
मनिस : को सांसद् ?
अजय : हाम्रो कम्युनिटीको सांसद् हो । ऊ पनि हामी जस्तै हो । मैले तिमीलाई ल्याउन स्पोन्सर गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको छु । प्रोसेस ढिलो भयो भने तिम्रो लाइफ कम्प्लिट्ली चेन्ज हुन सक्छ भनेर सांसद्लाई चाँडै प्रोसेस अगाडि बढाउन भनेपछि बल्ल सबै कुरा मिल्यो ।
(दीपक किस्तीमा चिया र खाजा लिएर आउँछ)
दीपक : ल है अजय दाइ चिया खाजा ल्याइदिएको छु झटै खाएर दुवै जना तल झर्नोस् रे । मनिस दाइलाई त पुरोहितले खोज्दै छ ।
अजय : तिमी जाऊ म मनिसलाई लिएर आउँछु ।
दीपक : कस्तो सारो हो कुरै नै नसिद्धिने । (फतफताउँदै जान्छ )
(अजय मनिसको नजिकै आएर)
अजय : हेर मैले तिमी आउछौ भनेर चर्च स्ट्रिटमा सिङ्गल बेडरुमको अपार्टमेन्ट लिई सकेको छु । वि मस्ट हेभ टु गेट आउट फ्रम हेयर ।
मनिस : चर्च स्ट्रिटमा ?
अजय : (प्रसन्न भएर) एस माई डियर चर्च स्ट्रिट । यही हाम्रो कम्युनिटी भएको ठाऊँ हो । त्यहाँको वातारण सबै हाम्रो चाहनाअनुरूप हुन्छ । त्यहाँ भएको पप, रेस्टुरेन्ट, महलहरू हाम्रै लागि खुलेका छन् । त्याहाँ हामी जस्तोको सेकुरिटीको लागि कम्युनिटी सेन्टर पनि खुलेको छ । क्यानाडा सरकारलेसमेत राष्ट्रिय मान्यता दिएको हाम्रो समाजको राजधानी हो चर्च स्ट्रिट । त्याहाँ झुण्ड्याएका रङ्गीविरङ्गी ध्वजा पताकाहरूले नव आगन्तुकहरूलाई सधैँ आमन्त्रित गरेको हुन्छ ।
मनिस : त्यो अनुभव गर्न म ब्याकुल भएको छु अजु ।
अजय : यस्ता धेरै नै अनुभवहरू हामीले गर्न बाँकी छ मनु । मैले हाम्रो लागि धेरै नै सपनाहरू देखेको छु । वि हेभ टु मेक आवर ड्रिम टु ।
मनिस : (भावुक भएर अजयलाई अङ्कमाल गर्दै) मलाई यहाँबाट मुक्त गराऊ अजु ।
(हात समातेर अजयको मुहार सुमसुम्याउन थाल्छ)
अजय : (मनिसलाई त्यसरी नै माया गर्दै) म तिमीलाई मुक्त गराउनु भनेर नै आएको हो । तिमीले मैले भनेबमोजिम गर्नुपर्छ । यो हाम्रो संसार होइन । हाम्रो आफ्नै नयाँ संसार छ, नयाँ आकाश छ, नयाँ भविष्य छ टोरन्टोमा ।
(आमाको प्रवेश)
आमा : ल हेर यो अजय, आउने वित्तिकै कसैलाई नभेटी साथीलाई नै सुम्सुम्याउन पुग्नुपर्छ ? (अडान) यिनीहरूको कोठा थुनेर घण्टौँसम्म फुसुरफुसुर कुरा गर्ने बानी अझ गाको रहेनछ । यतिका वर्ष अम्रिका बसेपछि बानी छुट्नु पर्ने नि ?
मनिस : अमेरिका हैन आमा क्यानाडा हो ।
आमा : (झर्को मान्दै) आ……….. केनेडा होस् कि जापान होस् विदेश भनेपछि हिजोआज सबैले अम्रिका भन्छन् । (अजयलाई हेर्दै) अनि साथीको त बिहे हुने भयो । तिम्रो कहिले नि ?
अजय : साथीसँगै गरौँला नि आमा ।
आमा : ऊ हेर, अझसम्म त्यो भन्न छोडेको रहेनछ । सानैदेखि बिहे गर्ने भन्यो कि मनिससँग गर्छु भन्ने बानी जस्ताको त्यस्तै छ ।
(दीपक दौडेर आउँछ )
दीपक : हैन फुपू के गरिरा, तल झट्टै आउनुपर्यो रे ।
आमा : आउँदैछु † आउँदैछु †† यो अजय आएको थाहा पाएर माथि उक्लेको । (अजयको हात समातेर) ल बाबु साथीलाई राम्रो बनाएर तल झार ल । चाँडै गर्नु है । तिमीहरू त फेरि कोठा थुनेर बसेपछि रात परेको पनि थाहा पाउँदैनौँ ।
दीपक : हजुर तल झर्नु क्या । यी दाइहरूलाई म लिएर आउँछु । (आमाको प्रस्थान) अनि अजय दाइले सुट लाउने हैन ?
अजय : बिहे भन्दैमा सुट नै लाउनुपर्छ र ?
दीपक : ल…… विदेशमा बसेको मान्छे रे । आज त राम्रो देखाउनलाई लोग्ने मान्छेले मागेर भए नि सुट लाउनै पर्छ भने आइमाईहरूले पनि मागेर भए नि लटरम्म गहना लाउनुपर्छ । अब मन्दिर जाँदा लाउनुभएन क्यारे । झन हिजोआज त ठिटीहरूले पनि मिल्ने सुट लाएर आउँदा त हुरुक्कै पारिदिन्छन् । चतुरेले त लाको छ भने अरूको के कुरा ।
अजय : हु इज चतुरे ? हिज ब्रदर ?
मनिस : हैन † हैन †† हाम्रो घरमा काम गर्ने केटो ।
दीपक : जाऊ न तल भन्या । साइतको बेला भै सक्यो ।
मनिस : त जा के हामी आउँदै छौँ । अलिकति कुरा गर्नुछ अजयसँग ।
दीपक : थाहा छ, थाहा छ । तपाईंहरूको त्यो कहिल्यै न टुङ्घिने कुरा । (अडान) आज त धेरै कुरा नगर्नु नि ।
मनिस : तँ जा के तल ।
दीपक : ल ल गएँ । झट्टै आउनुस् नि ।
(दीपक जान्छ । अजय मनिस नि आउँछ)
अजय : वि डन्ट हेभ मच टाईम ।
मनिस : के गर्ने त ?
अजय : मैले लयरको थ्रोबाट स्पोन्सरको फाइल सबमिट गरिसकेको छु । उसले क्यानाडाको एम. पी. को इन्डोर्स गरेर दिल्लीको क्यानेडियन हाइ कमिसनमा पठाइदिएको छ । हामी दिल्ली जानुपर्छ । स्पेसियल केस भएकोले तिमीले पहिला टुरिस्ट भिषा पाउँछौँ । ल्यान्डिङ प्रोसेसको फाइल पनि चाँडै फरवर्ड हुन्छ । दिस एभ्रीथिङ्घ इज जस्ट फर अस ।
मनिस : हामी कसरी दिल्ली जाने ? यस बेला, यस्तो अवस्थामा ? आइ मिन भोलि/पर्सि गए हुँदैन ?
अजय : कस्तो कुरा गरेको । यहाँ बिहेको स्वयम्वर पनि गर्ने अनि उता मसँग पनि जाने ? यस्तो गर्नु भनेको तिमीले आज मलाई धोका दिई रहेकाछौ भने भोलि तिम्री हुनेवाला स्वस्नीलाई धोका दिने छौ ।
मनिस : त्यसो भए म के गरुँ त ? तल स्वयम्बरमा जानलाई सब तैयार भएर बसेका छन् । के म तल गएर भनिदिऊँ म बिहे गर्दिन भनेर । तिमीलाई थाहा छ त्यसपछि के हुन्छ ।
अजय : (आवेगमा) आई डन्ट कियर । (केही सोचेर मनिसनिर आएर) थिङ्क पोजेटिभ समथिङ्घ । मलाई प्रोब्लेम भन्ने होइन ? प्रोब्लम कसरी साल्भ गर्ने, जस्ट थिङ्क । डेट्स इट ।
(अजयको नजिक आएर उसको हात समातेर सुमसुम्याउँदै)
मनिस : म यो मायाजालमा पर्न चाहन्न अजु । मलाई प्रोटेक्ट गर । मलाई सपोर्ट गर । मलाई हाम्रो स्वप्ननगरमा लग । तिमी जे भन्छौ म त्यही गर्न तयार छु । आई रियली लभ यु । मलाई आफुसँगै लग प्लििज ।
अजय : (मनिसलाई अङ्कमाल गर्दै) आई नो ईट । मेरो यहाँ आउने उद्देश्य पनि तिमीलाई लिनलाई मात्रै हो । सबै कुरा मिलाउँदा टाइम लाग्यो । आई इभेन डन्ट स्लिप फर लास्ट फोर नाईट्स प्रोपर्ली । हामीले वर्षौदेखि देखेको सपना साकार गराउनुपर्छ । तिमीलाई म लिन भनेरै आको हो ।
मनिस : मलाई एउटै कुराको मात्रै डर लागिरहेको छ । कतै पहिल्यै जस्तै मेरो भिसाको एप्लिकेसन रिजेक्ट भयो भने म के गरुँ ?
अजय : अब त्यसो हुँदैन ।
मनिस : के ग्यारेन्टी छ ? तीन पटक त भइसक्यो ।
अजय : यस पटक मैले सबै इभिडेन्सहरू बुझाएको छु । तिमीले पठाएको एसेप्टेन्स लेटर, हाम्रो लभ लेटर्स , तिमीलाई ट्रयापमा पारेर परिवारले इमोसनल ब्लेकमेलिङ्घ गरेर तिम्रो अधिकारलाई एब्युस गरेको र तिम्रो जबरजस्ती बिहे भयो भने तिमीले सुसाइट गर्ने विचारहरू र हाम्रो कम्युनिटीले हाम्रो सम्बन्धका बारेमा लेखिदिएको सिफारिस सबै ठुलो सपोर्टिङ्घ डकुमेन्टस छ हामीसँग ।
मनिस : यो घरको ढोका नाघेर गएपछि म फर्केर आउन चाहन्नँ । यस पटक पनि भिसा रिजेक्ट भयो भने म मरेसरह हुन्छ ।
अजय : डन्ट टक सिल्ली । (मनिसलाई समाउँदै) थिङ्क पोजेटिभ । अब यो घर छोडेर गएपछि फेरि फर्केर आउनु पर्दैन । आई प्रमिस यु ।
मनिस : (अलि खुसी हुँदै) साँच्चै ।
अजय : हो । मैले तिम्रो नाम मेरो कमन ल पार्टनर भनेर रजिस्टर गरिसकेको छु । हामी अब चाँडै नै कानुनत एक अर्काको हुने छौँ । टोरोन्टो गएर मेरिज रजिस्टर गर्नुपर्छ । (मनिसलाई तानेर च्याप्प अंकमाल गर्दै) यु आर माईन । माई लाइफ । माइ लभ ।
(दुवै जना आवेगमा एकअर्कालाई माया गर्दै चुम्बन गर्न थाल्छन् )
(दिपक हस्याङ्घ फस्याङ्घ गर्दै भित्र आउँछ र दुवैलाई अङ्कमाल गरेको देखेर……..)
दीपक : हेर ……..साथीको बिहे हुने भयो र छुट्टिएर जान्छ भनेर दुःख मानेको । (दीपकलाई देख्नासाथ दुवै छुट्टिन्छन् ) आज त बिहे रोक्किहाल्यो । अस्पतालबाट फोन आको थियो । हजुर बा….
मनिस : (आश्चर्य मान्दै) के भो हजुरबालाई ?
दीपक : तल रुवाबासी सुरु भइसक्यो । सबै हस्पताल जान तर्खर गर्दैछन् । तपाईं पनि हिड्नुस् रे । झट्टै झर्नुस् रे । स्वयम्बर त किनसिल भयो । बेहुलीको घराँ पनि खबर पठाइ सके ।
(फतफताउँदै निस्कन्छ)
कस्तो रमाईलो गर्ने दिन पनि नरमाइलो भएर गयो ।
(प्रस्थान)
मनिस : (अजयलाई हेर्दै) के गर्ने ?
अजय : गुड न्युज । (मनिसलाई च्याप्प समाउँदै) इट इज टाइम टु कन्भिन्स एभ्रीबडी ।
मनिस : हजुरबा ?
अजय : शायद हाम्रो मिलन साँचो भएर होला (अडान) हि लेप्mट अर्ली ।
मनिस : (विस्तारै लुगा फेरेझैँ गर्छ) अस्पताल तिमी पनि जाने हैन त ?
अजय : म जाँदिन । म घर जान्छु र भोलि फस्ट प्mलाइटमा नै हामी दिल्ली निस्कनुपर्छ ।
मनिस : हजुरबा ?
अजय : म गएर हाम्रो कम्युनिटीको एम.पीलाई फोन गर्छु । अहिले उता बिहान भइसक्यो । अनि उसलाई तुरmन्तै दिल्ली फोन गर्न लाउँछु । वि डन्ट ह्याभ मच टाइम ।
मनिस : म के गरुँ ?
अजय : प्रिपरेसन गर्नुपर्यो । चाँडै दिल्ली निस्कनुपर्छ ।
मनिस : त्यसो भए म घाट जान्नँ । सञ्चो भएन भनेर अस्पतालबाटै घर फर्कन्छु ।
अजय : हामीसँग टाइम एकदमै कम छ ।
मनिस : तेह्र दिन त रोकिनु पर्ला नि ?
अजय : हि इज योर ग्राण्ड पा । बर्खी बुवा बस्ने हो तिमी होइन । (अडान) रिल्याक्स ।
हामी : कसरी उम्किने भन्ने बाटो खोज्नु जरुरीपर्छ ।
मनिस : यस्तो बेला छोडेर जान मिल्छ त ?
अजय : (झर्केर) इट इज योर प्रोब्लेम । तिमी मसँग छैनौ भने म गएँ …….. (जान खोज्छ)
मनिस : (समातेर रोक्दै) के गर्ने खै मेरो दिमागले काम गर्नै छोड्यो । कस्तो धर्म सङ्कटमा पारिदियो यो हजुरबुवाले फेरि।
(एक छेउमा गएर उभिन्छ)
अजय : म जाउँ है ? घरमा पनि कसैसँग राम्ररी कुरा गरेको छैन । कम्पनीको कामले इन्डिया आउँदा घर पसेको मात्रै हो भोलि जानुपर्छ भनेर । (अडान) जस्ट फर यु । (अडान) यु नो द्याट ।
मनिस : मलाई छोडेर न जाऊ प्लििज । (अजय नजिकै आएर) मलाई एकदमै डर लागिराको छ ।
अजय : त्यसो भए मसन्ग हिड । फरगेट एभ्रिथिङ्घ । हाम्रो संसार यहाँ हैन त्यहाँ छ ।
अनावश्यक ट्रेडिसनमा बाँधिएर केही फाइदा छैन । समयसँग हिड्न सक्नुपर्छ । र अहिले समय हाम्रो हातमा छ । जुन समयलाई तिमीले यतिका वर्ष कुर्यौ त्यो अहिले हाम्रोअगाडि उभिएको छ । समयलाई चिन । (अडान) समयसँग हिड ।
मनिस : ठिक भन्यौ तिमीले अजु । म समयलाई जान दिन्नँ । धेरै बादलपछि देखिएको घाम हो यो । हाम्रो नवजीवनको नौलो बिहान हो यो । म समयलाई जान दिन्नन् । यो घर घृहस्थीको नचाहिँदो आडम्बरमा बाँधिन चाहन्नँ म । यो घृहस्थीको परम्पराबाट मलाई टाढा लग अजु । म तिम्रो हो । हाम्रो गन्तब्य यहाँ होइन । (अडान) यहाँकाले हाम्रो प्रेमलाई बुझ्न सक्दैनन् …………..
अजय : (दुवै हात फैलाएर अङ्कमाल गर्न बोलाउँदै) त्यसो भए आऊ । आज हामी एकअर्कालाई मनग्यै माया गरौँ । अनि भोलिको हाम्रो आफ्नै नयाँ बिहानीको स्वागत गरौँ । पहिलो घामका पाइलाहरूलाई पच्छ्याउँदै हाम्रो सप्तरङ्गी दुनियाँमा हराऊँ ……..
(मनिस गएर अजयलाई अङ्कमाल गर्छ र दुवै एक अर्कालाई माया गर्न थाल्छन् )
समाप्त