SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » मियो
नाटक

मियो

आकाश अभिकारीBy Sahitya SagarJuly 8, 2021Updated:January 15, 2023No Comments22 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

पात्रहरू
चन्द्रकान्त : गाउँले जमिन्दार मुखिया (बर्ष ५५)
रूपकला : मुखिनी (बर्ष ४८)
धनबहादुर : ठाइँला गाउँले किसान (बर्ष ४५)
रामकृष्ण : ठाइँलाको जेठानको छोरा (बर्ष २३)
मानबहादुर : कटुवाल गाउँले किसान (बर्ष ३५)
जिते : गाउँले किसान (बर्ष ४०)
फूलमाया : गाउँले महिला (बर्ष ३०)
सुन्तली : ठाइँलाकी छोरी (बर्ष १२)
वीरबहादुर : दुलाहा (बर्ष २०)
मङ्गले : धामी (बर्ष ४०)
नारायण : गाउँले पुरेत (बर्ष ४५)
चमेली : गाउँले युवती (बर्ष २०)
अन्य खेतालाहरू।


नेपथ्यमा आवाज आउँछ।
कटुवाल
 : हे, साहेबहरू हो ! ए, गाउँलेहरू हो ! भोलि यस गाउँका मुखिया साहेबको बेंशी खेतको खलामा दाइँ हाल्ने मेलो छ है ! झिसमिसेमै सप्पै जना खेतमा हाजिरी हुनुहोला होई !
***

फराकिलो खले गरो, मध्य भागमा काठको दाइँ हाल्ने मियोमा गाडीएका छ। चारहलगोरु मियोमा नारिएका छन्। हातमा लठ्ठी लिएर केही मान्छे गोरु धपाइरहेका छन्। खलोको एक छेउमा परालको कुन्यू छ। कुन्यूकै आडैमा केही मान्छेहरू नाङ्लोले धान बत्ताइरहेका छन्। कोही पराल मिल्काइरहेका छन्। दयाँरेहरू भाका हालेर गीत गाइरहेका छन्।

समूह :
मियोको टुप्पोमा मेरा भाइ बराँदो बसिहाल्यो कोइली
गोरु धपाउने केटोलाई मेरा भाइ बराँदो घ्यूको चोईली।
ह ह भाइ ह ह…
मियको टुप्पो मेरा भाइ बराँदो बसिहाल्यो कोइली
आजका दयारालाई मेरा भाइ बराँदो घ्यूको चोइली !
ह ह भाइ ह ह…
असीमुरी झरुवात मेरा भाइ बराँदो बाह्रबिसे रास।
चम्पा फूल फुल्यो मेरा भाइ बराँदो लंका पुग्यो बास।
ह ह भाइ ह ह…
हाम्रा बराजुका मेरा भाइ बराँदो लामा लामा कान।
देऊ भूमे राजा मेरा भाइ बराँदो खलाभरि धान।
ह ह भाइ ह ह…

फूलमाया खलोको माथिल्लो कान्लामा उभिएर पराल मिलाउँदै छिन्। दौरा सुरुवालमा ढाँटिएर घोडा चढेर मुखिया आउँछन्। मानबहादुरले मुखियको घोडा डोर्‍याएका छन्। माथ्लो गराको छेउमा आएर घोडाबाट ओर्लन्छन् र छेउमा बनाएको टाटीमा बस्छन् मुखिया। मानबहादुरले हुक्का सल्काएर दिन्छन्। हुक्काको सर्को लिँदै तल खलोतिर नियाल्छन्। हुक्का तान्दै धुँवा माथितिर फ्याक्दै मोहियातिर नियाल्छन्।

तल्लो सुर्काको आलीमा ठाइँलो पुर्पुरोमा हात लगाएर बसेका छन्।

मुखिया : ए ठाइँला ! दाइँको बेला एकाबिहानै किन पुर्पुरोमा हात लगाएर अलच्छिन जगाएको हँ तैँले ?

मुखियाको कुराले हत्तारिएर टाउकोमा राखेको हात फ्वात्त निकाल्दै केही सम्हालिन खोज्दै…
ठाइँला : हजुर मुखिया! अलिअलि टाउको दुखेर यसो मुसारेको।

सबै आ–आफ्नो काममा तल्लिन देखिन्छन्। मुखिया काम गरिरहेकाहरू तिर पनि हेर्दै बोल्छन्।
मुखिया : पोहोरसाल तिहारलगत्तै आएको झरीले धानजति पाँजोमै रुझेर सालभरि हकुवा चामलको भात खान पर्‍यो, यसपाला भने राहत हुनेभयो।

मुखिया बोल्दा बोल्दै सबैतिर नजर घुमाउँछन्। ठाइँलो भएको तिर हुक्का तानेर धुवाँ फाल्छन्।
मुखिया
 : ए, ठाइँला ! ठाइँला ! आच्या, यसले त फेरि पनि पुर्पुरोमा हात लगाएको छ ! केको अलच्छिन जगाएको होला यसले ?

ठाइँला केही सम्हालिन खोज्छन्। सबैको ध्यान ठाइँलातिर खिचिन्छ।
ठाइँला : हैन, हैन, मुखिया बा, केही हैन ! अलिअलि टाउको पनि दुखेको छ। मनमा नानाथरी तर्कना बुन्दा बुन्दै टोलाएँछु म त !

ठाइँला अलि सजग हुन्छन्। जुरुक्क उठ्छन् र काममा लाग्छन्।
मुखिया : हैन, ए ठाइँला ! तँलाई त्यति सञ्चो छैन कि के हो आज ? साग ओइलाएझैँ ओइलाएको छस् त गाँठे! तँ यस्तो अल्छी गर्ने खालको त थिइनस्, के भो भन् त ?
ठाइँला : खै मुखिया बा। के भनौँ ?
जिते : कस्तो, के भनौँ भन्छौ ए दाइ ? जे भएको हो त्यही भन न !
मुखिया : त्यही त, भएको चैँ के हो ? त्यही भन् न !
ठाइँला : छोरीको बिहे छ। त्यसैले मनमा नानाथरी तर्कना खेलेर कामतिर मन नै गएको छैन। म अलि सोचाइमा परँ मुखिया बा !
मुखिया : कति बर्षकी भई तेरी छोरी ?
ठाइँला : १२ पुगेर १३ लागी नि मुखिया बा ! वीरेन्द्र सरकारको बिहे भएको साल जन्मिएकी हो।
जिते : हो नि, सुन्तली र मेरो छोरो एकै सालका त हुन् नि मुखिया बा ! दुबै २२ सालका हुन्।
ठाइँला : हो त नि कान्छा ! साउनको तिम्रो छोरो, पुषकी हाम्री सुन्तली ! बेला भयो नि मुखिया बिहे गर्ने ! फेरि राम्रो घरबाट माग्न आए, मैले त हुन्छ भनेँ, आफूले खोजेर पनि दिन सकिन्न त्यस्तो घरमा !
मुखिया : बिहेचैँ कहिले हो ?
ठाइँला : मैले त अलि पछितिर पारौँ भनेको, उता केटाको पल्टनमा छुट्टी कम छ रे ! अर्को छुट्टी आउन कहिले मिल्ला नमिल्ला बिहे गरेरै जाने भन्ने कुरा भयो। साट्टसुट्ट गर्ने भनेको, हिजो पो खबर आयो तुरुन्तै गर्ने भनेर ! के गर्ने गर्ने भएको छु म त ?
मुखिया : अब कस्तो के गर्ने नि ? के भो त ? पर्सिको बिहे छ। भोलि जगिया लगाउने, पर्सि छोरी अन्माउने, पठाउने ! हैन त खेताला हो ?

मुखिया लामो हाँसो हाँस्छन्। सबै खेताला पनि हाँस्छन्।
जिते : त्यही त दाइ ! छोरीको बिहेले अहिलेदेखि टोलाउन थाल्यौ कि के हो ? बिहेको कुराले त यस्तो छ। अन्माएकै दिन त ढल्छौ होला है दाइ !
मुखिया : हुन त, छोरीको बाउलाई पिर चिन्ता त लाग्ने नै भयो ! पुर्‍याउन गाह्रो हुन्छ।

सबै मुखियाको कुरामा सहमत हुन्छन्। गोरु धपाउने भने आफ्नै धुनमा धपाई रहन्छन्।
ठाइँला
 : हो मुखिया बा ! छोरी अन्माउँदाको सुर्ता त छँदै छ, त्योभन्दा पनि आर्को समस्याले पो मलाई गाँज्यो त !
मुखिया : कसो रे कसो ? कस्तो समस्या थपियो फेरि तँलाई ? भनि हाल् न उपाय भए निकालूँला क्यारे !
ठाइँला : (केही आश्वस्त हुँदै) के हुनु नि मालिक हजुर, हजुरको नामै लिएर दुलाहापट्टिकाले सातबीस जन्ती ल्याउने रे ! सबैका सबै जन्तीलाई चामलको भात र खसीकै मासु खुवाउनुपर्छ भनेर हिजो मात्रै दुलाहापट्टिबाट लमीलाई खबर पठाएछन्, तर आफ्नो त्यस्तो औकात छैन, कसरी खुवाउनु मासु भात ?
फूलमाया : अनि, ढाल्दिनू नि त ठाइँला काका, दुईटाजति खसी ! कति चामल खालान् र दुईमुरी जति उसिन्दिए पुगिहाल्छ होला नि, एउटै छोरीको बिहे हो !
ठाइँला : भए र सके त सबै गर्न हुन्थ्यो नि ! के गर्नु ? छैन, नसकेरै हो चिन्ता बढेको मलाई !
ठाइँलाको अनुहार खिन्न छ। लामो सुस्केरा हाल्छन्।
मुखिया : खाँट्टीकुरो त्यसो पो हो ! अब के उपाय रचिस् त ?
ठाइँला : के रच्नू र मालिक ! पोहोर सुमारेर राखेको खसी त घरमै थियो, रह्यो कुरा चामलको ! मासु र भात भएन भने बिहे नै रोकिने कुरो पो पठाएछन् त सम्धिले !
मुखिया : ए, अब के गर्छस् त ? खसी त तेरै घरमा रै’छ ! पोहोरसाल खुरमुनिको धान सकिस् कि भकारीमै छ त ?

खेतालाहरू सबै मुखियाको मुखमा हेर्छन्। ठाइँलाको अनुहार पनि हेर्न लायककै भएको छ।
ठाइँला : पोहोरको बाढी पसेर धानको पाँजो भिजाएको त हजुरलाई थाहै छ, त्यसमा पनि खुरमुनिको कत्ति नै थियो र ? हकुवा धान, हकुवा चामल झनै ढुङ्गा लागेर खानकै सास्ती ! पर्सिको बिहेलाई आजै दुई मुरी धानको आश गरेको थिएँ, भनौँ कि नभनौँ भनेर सोच्दै थिएँ, हजुरले नै कुरा कोट्याएपछि मुख खोलेको हुँ !
मुखिया : धान पो बाढी पस्यो त ! अरू, मकै, कोदो, गहुँ, जौलगायतका बाली त पुरै भित्र्याएको छस् त ! खुरमुनिको धानले छोरीको बिहेसम्म पनि धकेलेन हैन ?
ठाइँला : के गर्नु मुखिया, अधिँया कमाएको जतिले परिवार पाल्नै गाह्रो छ !

सबै खेतालाहरू मुखिया र ठाइँलालाई हेरेर मुखामुख गर्छन्। यहीबीचमा रामकृष्णले प्वाक्क मुख खोल्छन्।
रामकृष्ण
 : आच्या ! के कुरा सुन्दै छु हँ ? अधियाँ कमाउनेले त सबै बालीको आधा पाउने होइन र ? हाम्रातिर त काजी जमिनदारले आफ्नो जग्गा कमाउने किसानहरूलाई सबै बाली आधाआधा दिन्छन् त। घाँस, पराल भुत्लासमेत आधा आधा दिने चलन छ। यहाँको खटन त कस्तो हो ? अचम्मको रहेछ त है !

सबै खेतालाहरू रामकृष्ण,मुखिया र ठाइँलातिर हेर्छन्। ठाइँला भने के भनौँ के भनौँ भएर टाउको निहुराएर बसिरहेको हुन्छ।
मुखिया 
: हैन ए ठाइँला ! को हो यो दयेँरो ? यो ठाउँको हैन जस्तो छ ! अघिदेखि हेरिरहेको छु, अलि उत्ताउलो देखेको छु।

ठाइँला रामकृष्णतिर फर्केर चुप लाग्ने सङ्केत गर्छन्।
ठाइँला : चुप लाग् तँ ! मुखियासँग मुखमुखै लाग्ने हो ? (मुखियातिर फर्किएर) हैन मुखिया बा ! यो मेरो मामाको छोरो हो। खेती थन्काउन र पर्सि बहिनीको बिहेमा सघाउन हिजो मात्रै आएको हो, विथ्थामा बीचैमा बाठो भएर बोल्छ यो, अल्लारे न पर्‍यो !
जिते : आ–आफ्नो ठाम्को चलन हुन्छ नि भाइ ! तिम्रा ठाम्मा फरक होला, हाम्राँ त यस्तै हो !
ठाइँला : त्यही त नि ! तँलाई चैँ किन बाठो हुनपर्‍यो कुन्नि ? आफूभन्दा मान्ने गन्नेका अगाडि कसरी बोल्नुपर्छ केही हेक्का नराखी बीचैमा बोल्छ भन्या !

रामकृष्णलाई ठाइँलाले नबोल्ने सङ्केत गर्छन्। रामकृष्ण रिसले गोरुको पुच्छर निमोठ्छन्। खलोमा सबै आ–आफ्नो काम गरिरहेका हुन्छन्। मुखिया कहिले परालको थुप्रोतिर हेर्छन् त धानको कुन्यूतर्फ। घरिघरि धानको रासतर्फ हेरेर मख्ख पर्छन्। कहिले धान बत्याएतर्फ हेर्छन्।
फूलमाया : (हातमा पराल केलाउँदै) होत्त क्यारे ! ओल्तिर पल्तिरको गाउँमा जमिनदार मुखियाको अधियाँ कमाउनेले सबै बाली अधियाँ स्याहार्छन्। यही हाम्रो ठाम्मा मात्रै हो, अधियाँरेलाई खुरमुनिको धान दिएर टार्ने त ! गाउँभरि गाइँगुइँ कुरा गर्छन्, मेला पँधेरा जहाँ गए पनि यही कुरा हुन्छ। यस्तो छाँटले त हामीजस्ता अधियाँ कमाउनेले महिना दिन पनि धानको भात खान नपुग्ने भो !

फूलमाया बायाँ हातले परालको मुठो समाउँछिन्। दायाँ हातले मुखियातर्फ सङ्केत गर्दै भन्छिन्। अरू सबैले मुखियालाई हेर्छन्।
रामकृष्ण
 : मैले पनि त्यही कुरा त गरेको हो नि, त्यस्सै मलाई उस्तो बनाए !

ठाइँला रामककृष्णलाई आँखा तरेर हेर्छ।
फूलमाया : म त देखेको प्याच्च बोल्ने मान्छे ! कतिले त रुद्रघण्टी नभएकी भन्छन्, कस्ती रै’छे, धेरै बोल्ने नभन्नुहोला मुखिया बा, यो त अलि भएन !

सबै खेताला मुखामुख गर्छन्।
सुकिलो चोलो र फरिया लगाएर मुखिनी आउँछिन्। साथमा खाजाको सोली बोकेर चमेली पछिपछि आउँछिन्।
मुखिनी
 : दयाँरेहरू भोकाए होलान् भनेर खाजा लिएर आ’को त, काम आधा पनि भएको रहेन छ ! अल्छी मानेर बसे कि क्या हो ?
फूलमाया : काम गरिरहेका छौँ मुखिनी !
मुखिनी : ए चमेली ! ऊ, त्यहाँ बिसा त्यो खाजाको भारी, बिस्तारै राख् फेरि ढलाउलिस् नि !
चमेली : हस् मुखिनी !

चमेलीले खाजाको सोली माथिल्लो गराको कुनामा बिसाउँछिन्।
मुखिया : ए ठाइँला ! सबैलाई खाजा खान आउने भनेर बाोला ? मुखिनीले र चमेलीले खट्टे, भूजा, मोही ल्याका छन्, सबैलाई अर्नी खान तयार हुन भन् त !

दयाँराहरू गोरु धपाउन छोड्छन्। सबै खाजा खाने तयारीमा लाग्छन्। जितबहादुर मुखिनीको छेउमा पुग्छन्।
जिते
 : मुखिनी, पराल छिरोल्दा छिरोल्दै अचाक्लि खरो भो ! कल्कल्ती ठाडो घाँटी लार ठेकीकै मोही पिउन पाए हुन्थ्यो कि ?
मुखिनी : (झिझिँदै) भयो होला नि खरो ! चाहिँदो नचाहिँदो बोल्छ। सबैलाई पुर्‍याउनपर्छ। तेरो भागाँ जतिपर्छ त्यति पिउलास् बजिया !

सबै मुखामुख गर्छन्। खेतको गरोमा आलिमा सबै खेतालाहरू लस्करै खाजा खान बस्छन्। चमेली लस्करै टपरी राखिदिन्छे मुखिनीले सबैलाई खजा हालिदिन्छिन्।
मुखिया भने आफ्नो जुँगा मुसार्दै परालको कुन्यू झाँटेको धानको रास र पल्तिरसम्म आँखा डुलाउँछन्। खेतालाहरू आपसमा गफिन्छन्। केही खित्का छोडेर हाँस्छन्।
मुखिनी र चमेलीले सबैलाई खाजा थप्दै एक छेउ लाग्छन्।

यही मौकामा ठाइँला खाजाको टपरी बोकेर मुखिनीको छेवैमा पुग्छन् र विन्ती बिसाउँछन्।
ठाइँला
 : (थोरै टाउको झुकाएर) मुखिनी पर्सि छोरी सुन्तलीको बिहे छ, हजुरले सबैकुरा चाल पाइसक्नुभएको छ, हजुरहरूकै जूठो खाएर हुर्किएकी हो ऊ ! उमेर पुगेपछि दिनै पर्‍यो, छोरीको जात ! मुखिया, हजुर, कान्छा मुखिया, सुन्तलीको बिहेमा जसो गरे पनि आउन पर्‍यो ! हजुरहरू आइदिए मात्र पनि सात गाउँको सामु हाम्रो इज्जत बढ्ने थियो। म हजुरहरूको बाटो हेरी बसिरहने छु।

मुखिनी केहीबेर सोच्दै मुखियातिर फर्केर भन्छिन्।
मुखिनी
 : मुखियालाई भनिस् त ?
ठाइँला : भनेको छु मुखिनी !
मुखिनी : छोराको बिहे भए म रत्यौली नाच्न भने पनि आउँथेँ, छोरीको बिहे ! तै तै, मुखियाले जाम् हिँड् भनेर घोडामा बस् भने कसो नआम्ला र ?
ठाइँला : जसरी पनि सवारी हुनपर्छ मुखिनीको त !
मुखिनी : विचरी सुन्तली, अस्ति मात्रै जन्मिएकी जस्ती लाग्छ, हेर्दाहेर्दै दुलाहाको घर जाने भई !

खेतालाहरू आफ्नै धुनमा खाजा खाँदै हाँसिमजा पनि गर्दै छन्। सबै खाजा खाइसक्छन्। चमेलीले दुना, टपरी टिपेर एउटा थुप्रो लगाउँछिन्।
मुखिनी
 : ल हिँड् चमेली, त्यो सोली बोकेर ! घरमा अरू काम बाँकी छ, यहाँ अलमलिएर हुन्न !
मुखिया : ए चमेली ! खाली सोली के लैजान्छेस् ? दुई मुठा पराल हालेर लैजा बस्तुले खान्छन्।

चमेली सोलीमा अलिकति पराल हालेर बोकेर निस्किन्छिन्। मुखिनी अगाडि लाग्छिन्। चमेली पछिपछि जान्छिन्।
***

उही खलो। खलोको मध्यभागमा मियो छ। खलोभरि धानको रास छ। केही धान छरिएको हुन्छ। तल्लो गरामा भारी बाँधिएको पराल छ। जीतबहादुर, ठाइँला, मानबहादुर र फूलमाया धान भर्दै छन्। केही खेतालाहरू धानको भारी बोकेर जाँदै छन्।
मुखिया धानको रासलाई हेर्छन्। जुगाँ मुसार्दै बेतबाँसको लौरो टेकेर घुमिरहन्छन्।
मुखिया 
: (शिरको बक्खु टोपी मिलाउँदै) ए ठाइँला ! यसपाला सुनजस्तै फलेको रै’छ है धान त ! कति मुरी भरिस् दुवै रासमा गरेर ?
ठाइँला : (मुखियाको नजिकै आएर) यो पाली राम्रै झर्‍यो धान मुखिया बा, लगभग चारबीस पुग्छहोला मुरी चैँ ! अझै खलोको बटुल्न बाँकी नै छ।
रामकृष्ण : (हातले पार लगाउँदै) खलोमा त कत्ति नै होला र ? त्यही एकदुईमुरी छ कि डँडाल्नो मात्रै हो ?
मुखिया : हेर, हेर, यो छिचरो कत्ति नै बाठो पल्टिएको ! अल्लारे भनेको अल्लारे नै हो, नौतुना पठाउने खालको रहेछ ! कत्ति न बाठो पल्टिन्छ, तँसँग कुरा गरेको छु ? त्यहाँ खलोमा केही नभए पनि पाँच मुरी धान बाँकि छ। तँ काँच्चै छस् केटा !

मुखिया जङ्गिन्छन्।
रामकृष्ण टाउको कन्याउँदै, आँखा तर्दै पल्लोछेउ पुगेर बस्छन् र बिस्तारै भन्छन्।
रामकृष्ण
 : पापी बाहुन् !
ठाइँला : हुन त हो मुखिया बा ! यो सिलाङ्तिर हल्लिएर आएको हो। मेरो जेठान उतै चौकीदारी गर्नुहुन्छ। यो केटो पनि टाठै छ, केही गर्छ जस्तो छ !

सबै मुखाखुम हेर्छन्। खेतालाहरू कोही डालोले थैलीमा धान भर्दैछन्। कोही नाम्लो लगाएर थौली बोक्दै जान्छन् ।
मुखिया 
: अँ, ठाइँला ! बिहेको लागि भनेर कत्ति मुरी छुट्याईस् त ? खै, कता राखिस् ?
ठाइँला : (निधारको पसिना पुछ्दै) तपाईँले केही भन्नुभएन ! बाँकी यही चारथैलाजति छ, लैजा भने लैजान्छु , नभए खलो बढार्न बाँकि नै छ !
मुखिया : तैँले मुख फोरीहालिस्, आघुँ पराघुँ जे होला, यसपाला छोरीको बिहेमा जन्तीले धानको भात खाने रहर गरेछन्, ती छंगेली जन्तीलाई चखा म्याग्दे फाँटको धानको भात ! खाऊन्, तेरोभन्दा नि मुखियाको नाम र इज्जत जोडेपछि के भनौँ र ? लैजा, म्याग्दे फाँटको मोही नै परिस् ! चखा, तेरो मेहनतले उब्जाएको वासमतीको भात, कि कसो ? कसो त ठाइँला ? चारमुरी धान लगेर कुटा, दुई मुरी त चामल परिहल्छ होला नि, खुवाइदे छेर्ने गरी पाजीहरूलाई मासुभात !

ठाइँला टोपी निकालेर निधारको पसिना पुस्छन्।
ठाइँला 
: त्यो त हो, मुखिया बा ! जमिनदार मुखियाको मोही, धानको भात नभए त हुँदैहुँदैन भने धर्मसङ्कट नै पारे भन्या ! हुन्छ मुखिया बा! हजुरको दया जाग्यो, यो गुनको लागि म तीनपुस्ता ऋणि हुनेछु।

मुखिया गलाको गलबन्दी मिलाउँछन्। दुबै हात माड्छन्।
मुखिया : ल, त्यो बाँकी रहेको खलो बढारेर, त्यो पराल छोपछाप पारेर मात्रै जानू नि तिमीहरू, म पनि लाग्छु उकाली। ए मानबहादुर ! मानबहादुर ! घोडा यता ल्या !

खलोमा ठाइँला, रामकृष्ण र दयेँरो मात्रै हुन्छन्।
ठाइँला : मुखिया बा ! आजको दिन सक्किगो,भोलि जग्गे लगाउनुपर्छ, घरको साँगा मिलाउँदैमा मैले फुर्सद पाउँदिन। पर्सि बिहेमा त हजुर जसरी पनि मुखिनीलाई लिएर सुन्तलीलाई आशीर्वाद दिन सवारी होस्, फेरि पनि विन्ती बिसाएँ मालिक !
मुखिया : हेरुँ, तैँले भनिस्। छोरीको बिहे, छोराको बिहे भए त जन्त जानभन्दा अन्त जान निको’ भन्ने उखानै छ। छोरी लक्ष्मीको स्वरूप भन्छन्, त्यसमा पनि मेरो त आफ्नै छोरी पनि नभएकोले पनि होला, मुखिनीको औँलो चुखेर हुर्किएकी सुन्तली आउनुपर्ला ! तेरो बाजेले, बाउले र तैँले तीनपुस्ते मेरै सेवा गर्दै आयौ, छोरी नै परी आउनुपर्ला !
ठाइँला : (हर्षित मुद्रामा) हस् मालिक ! दाता भने पनि मालिक भने पनि हजुर त हो नि ! त्यही आँगन र यही खेतमा उमेर बितिसक्यो, हजुर सवारी भए मेरो आँगन पवित्र हुने छ मालिक !

मुखिया ठाइँलालाई काँधमा हातले धाप लगाउँछन्।
मुखिया
 : ल, ल, अब उकालो लाग तिमीहरू पनि ! म पनि हिँडे। ए माने, घोडा यता ल्या न पाजि !

मानबहादुरले घोडा मुखियाको नजिकै लैजान्छन्। मुखिया घोडा चढेर जान्छन्।
ठाइँला र दयाँरा पनि मुखामुख गर्छन्।
सबै खेतालाहरू, धानको धोक्रा दुईमुख बाँधेर थाप्लोमा नाम्लो लगाउँछन् र भारी बाकेर निस्कन्छन्।
***

खरले छाएको ठाइँलाको घुमाउने घर। आँगनको माझमा विवाहको मण्डप बनाइएको छ। सालको लिङ्गो र केराको थम्बा गाडेर बनाएको जग्गे आर्कषक छ। आडैमा गुन्द्री विच्छाईएको छ। बिहेमा आएका पाहुनापाछाले घर भरिभराउ छ। आँगनको डिलमा बसेर जन्ती पर्सनेहरूको भिड छ। जग्गे छेउमा दौरासुरुवाल लगाएका र लामो टुप्पी भएका पुरेत मन्त्र उच्चारण गर्दै छन्।
पुरेत
 : माइतीपक्षका फूलपाती र अक्षता लिनको लागि यता आउनुहोला ! जन्ती पर्सने बेला भयो।

ठाइँला यताउता हेर्छन्। पल्लाघरे माइला, माथिघरे ठुला, आफ्नो ईष्टमित्र जन्ती पर्सनको लागि तयारी अवस्थामा रहन्छन्।
ठाइँला
 : पुरेत बाजे ! फूलपाती, अक्षता नपुगे यता जग्गे नजिकै छ है !

ढुङ्गाले चिठेको आँगन, आँगनमा प्रवेश गर्ने तगारो। तगारो बनाउन गाडीएका सालका खम्बा। जन्तीको अग्रपङ्तिमा पञ्चेबाजा, पञ्चेबाजाको केही पछाडि दुलाहा, दुलाहाको साथमा लोकन्ते, साँञ्चै नै नेपाली मौलिक बाजा ाजा र सजिसजाउ पोसाकमा दुलाहा तगारोभित्र प्रवेश गर्छन्।
पुरेत
 : ल, सबैले जन्ती पर्सिनू है !
मङ्गलम् भगवान् बिष्णु, मङ्गलम् गरुड्ध्वजः
मंगलम पुन्डरिकाक्ष्य मंगलाय तनोहरि।।

जन्ती पर्सने काम सकियो। अब भात खौरेलाई भान्छातिर लिएर जानुस्,दुलाहालाई लिएर जग्गेमा आउनुस् ! (यताउता हेर्छन्) दुलहीका बाबु खै ?
ठाइँला 
: म यहीँ छु पुरेत बा !
दुलाहालाई जग्गेमा लिएर आउँछन्।
पुरेत : ल, अब स्वयम्बर गर्नपर्‍यो, दुलहीलाई ल्याउनुपर्‍यो जग्गेमा !

बिहे घर। आँगनमा विवाहको मण्डप। आँगनको छेउछाउ लस्करै जन्ती। जन्तीहरू भतेर खान जाने र आउने क्रम जारी छ। मण्डपमा पुरेत मन्त्र पढिरहेका छन्। एकातिर बिहेको कार्यक्रम चलिरहेको छ भने अर्कोतिर बाजाको तालमा नाचगनान चलिरहेको छ।
जन्ती र दुलहीपट्टिका केही युवा युवती बाजाको तालमा दोहोरी गाउँदै घम्साघम्सी रमाउँदै नाचिरहेका हुन्छन्।
केहीबेर दोहोरी चलिरहन्छ।

पुरेत : ल है, अब दुलहीको गोडा धुने र गोडाको जल खाने बेला भयो। दुलहीका आमा बाउ, काका, काकी, नजिकका ईष्टमित्रहरू बरबधूको गोडा धुन आउनू है, आउनू !

दुलाहादुलहीलाई पुरानो काठको कुर्सीमा राखिन्छ। केराको पात भुईमा राखिन्छ। गोडा धुने क्रम चलिरहन्छ।
ठाइँला घरी भित्र, घरी बाहिर, आँगन छेउ त कहिले पर गल्लिसम्म केही खोजेझैँ गरिरहेका हुन्छन्।
आडैमा रहेको रामकृष्ण कानैमा गएर सोध्छन्।
रामकृष्ण
 : भिनाजु ! खै त, मुखिया बा त अहिलेसम्म आएनन् ?
ठाइँला : आउँदै होलान् नि, आउँछु भनेका छन् !

बजिरहेको बाजा जोड जोडले बज्न थल्छ। मान्छेहरू खासखुस खासखुस गर्छन्। सबेको आँखा तल्लो कान्लातिर हुन्छ। दौरा सुरुवालमाथि ज्वारीकोट लगाएर, टाउकोमा फेटा बाँधेर, घोडा चढेका मुखिया आइपुग्छन्। साथमा एक जना भरिया पनि छन्। थुन्सेमा केही भाँडाकुँडाहरू पनि छन्।
ठाइँला जग्गेको कामै छोडेर तगारो छेउमै पुग्छन् र दुबै हात जोडेर मुखियालाई ढोग चढाउँछन्।
ठाइँला 
: ल, मालिक आउनुभो, मुखिया बा आउनुभो ! हजुरले टेकेर मेरो आँगन नै पवित्र भयो। बसौँ हजुर, यता बसौँ। ए, गुन्द्री ल्याओ न मुखिया बालाई !

जन्ती र घरगाउँले दुबै पक्ष एकटकले हेरिरहन्छन् मुखिया र ठाइँलाबीचको वार्तालाप।
मुखियाले ठाइँलाको पिठ्युमा धाप मार्छन्।
मुखिया 
: म आउँदिन भनेर तँ अत्तालिएको थिइस् कि क्या हो ठाइँला ?

ठाइँला एकछिन अक्क न बक्क पर्छन्। घरि मुखियालाई हेर्छन्। घरि जग्गेमा हेर्छन्। मुख सुकेर आउँछ। अनुहार रातो हुन्छ। के भनौँ भनौँ हुन्छन्।
ठाइँला 
: त्यस्तो त हैन मालिक ! तर पनि हजुर त्यति निर्दयी र कठोर हुनुहुन्न भन्ने कुरामा चैँ विश्वास थियो। हजुर पक्कै आउनुहुन्छ भन्ने लागेको थियो मनमा ! आउनुभयो, हजुरलाई ढोग चढाएँ !

ठाइँलाका आँखाबाट अनायासै आँसु झछनर््। मुखिया आफ्नो पछिल्तिर रहेको भरियालाई सङ्केत गर्छन्।
मुखिया 
: ए ठाइँला ! ल, त्यो एकजोर गाग्री र तामाको ताउलो जग्गेमा लगेर सुन्तलीलाई छुवाएर राख् त, गर्दो भने नि जे भने नि मैले त्यही हालेँ !

भरियाले थुन्सेमा बोकेर ल्याएको गाग्री र ताउला जग्गेमा लगेर सुन्तलीलाई छुवाएर छेउमा राखिदिन्छन्। मान्छेहरू एकआपसमा खासखुस गर्छन्। मुखामुख गर्छन्। मुखिया चारैतिर हेर्छन् र आफ्नो जुँगा मुसार्छन्। ठाइँला मुखियाले जुँगा मुसारेको एक टकले हेरिरहन्छन्। मेरी छोरीको बिहेमा मुखिया आउनुभयो भन्ने खुसी, ठाइँलाको मुहारमा प्रस्टै देखिन्छ। चारैतिर हेर्छन् ठाइँला।
जन्तीहरू नाचगानमै ब्यस्त छन्। जग्गेमा बिहेको काम भइरहेको छ।
ठाइँलालाई एक्कासि चक्कर लागेजस्तो हुन्छ। अकस्मात् ठाइँला त्यही ढल्छन्।
मान्छेहरू कराउँछन्। चिच्याउँछन्।
आवाज १ : हैन के भयो ?
आवाज २ : बेहोस भएजस्तो छन् !
आवाज ३ : लौन नि, के भो ?

बेहोस भएर ठाइँला ढलेपछि जग्गेमा एककिसिमको सन्नाटा छाउँछ।
जिते : लौ न हो, के भो यस्तो ? धनबहादुर दाइलाई भर्खरै त ठिकै थिए त ! लौ न, के भो ? लौ न। ढल्नुभयो दाइ त ! ए दाइ, दाइ ! आँखा खोल्नुस् !
आत्तिएर ठाइँलालाई समात्न पुग्छन् जितबहादुर। रामकृष्ण पनि आत्तिन्छन्। जग्गेबाट मान्छेहरू दौडेर आउँछन्।
रामकृष्ण
 : मुखिया बा, मुखिया बा ! लौ न, भिजानुलाई के भयो, अब के गर्ने ?

आँगनको छेउमा बजिरहेका बाजा रोकिन्छन्। मण्डपमा पुरेतले मन्त्र पढ्न छाड्छन्। वरपर रहेका सबै जन्ती र माइती पक्ष ठाइँला लडेको ठाउँतिर हेर्छन्। केही मानिस ठाइँलाको नाडी छाम्न थाल्छन्।
रामकृष्ण
 : हैन, यो गाउँमा कुनै जान्नी धामी झाँक्री छैनन् र ?

मुखिया ठाइँला ढलेको ठाउँमा आउँछन्।
मुखिया 
: ल, एकजना तुरुन्त गएर धामी ल्याइहाल्न पर्‍यो !
जिते : हस् मुखिया बा, म धामी लिएर आइहाल्छु !

जितबहादुर वायुको वेगमा दौडन्छन्।
मुखिया ठाइँलाको नाडीको चाल बुझ्छन्। नाडी छाम्छन्।
मुखिया
 : ठाइँला, ए ठाइँला ! के भो तँलाई ? उठ् त उठ् !

बेहुला बेहुली पनि ठाइँलाको छेउमा आइपुग्छन्। बेहुली ठाइँलालाई अंगालो हालेर रुन्छिन्।
बेहुली
 : बा, ए बा ! लौ न, के भो बा लाई ? ए बा, उठ्नु न !
मुखिया : तँ नआत्ति नानी, ठाइँलालाई केही भएको छैन। धपेडी भो यसलाई। छोरीको बिहे, बर्खाभरिको खेती थन्क्याउने धपेडी, त्यसमा पनि एउटै छोरीको बिहे ! यत्तिका जन्ती, पिरचिन्ता र सुर्ताले ज्यानलाई आराम भएन। कमजोर भयो, ढल्यो !

मुखिया यताउता हेर्छन्। ठाइँलाका आफन्ताई सान्त्वना दिन्छन्। बेहुला बेहुलीलाई सम्झाउँछन्।
बेहुली
 : पानी ल्याउनुस् न कसैले, लौ न !

पुरेतले जग्गेमा रहेको कलशको पानी दिन्छन्। मुखियाले ठाइँलालाई पानी छम्किन्छन्।
मुखिया 
: आत्तिइहाल्नुपर्ने अवस्था छैन, ठिक भईाल्छ ! बरु, सबैजना अलि उता उता सर त, यसलाई अलि शीतल पार्नपर्छ !
बेहुला : बा, आँखा खोल्नुस् न बा !

बेहुली ठाइँलालाई झकझकाउँदै रुन्छिन्।
बेहुली 
: बा, ए बा ! के भयो एक्कासि बालाई ? बा हो ! ए बा !

बेहुली डाँको छोडेर रुन थाल्छिन्। बेहुला र अन्य केही मान्छेले दुलहीलाई सम्झाउँछन्
जितबहादुर र धामी आइपुग्छन्।
धामी ठाइँलाको हातको नाडी छाम्छन्। केही सोचेजस्तो गर्छन्।

धामी : खै खै,भित्र अगेनाबाट चोखो एकचिम्टी चोखो खरानी ल्याउनु त, बावियाको कुचो भए पनि ल्याउनू ! एउटा सिलाबरे थाल बाहिर ल्याउन पर्‍यो। कार्य गर्दा कुल कुलाईनहरूलाई मनाउनपर्छ। देउताहरूले पनि आश गरेका हुन्छन् नि !

रामकृष्ण हत्त त पत्त खरानी, कुचो र थाल लिएर आउँछन्।
रामकृष्ण
 : लौ लिनुस् !

धामी ठाइँलाको निधारतिर खरानी मन्तरेर छर्छन्। निधार र घाँटीमा टीका लगाईदिन्छन्। बाबियाको कुचाले शिरदेखि पाउँसम्म छुवाउँछन् र नाडीको चाल बुझ्छन्। थाल ठटाउँदै मन्त्र भट्याउँछन्। आडैमा जग्गे, दुलाहा दुलही, पुरेत, माईतीपक्ष, जन्तीपक्ष, बाजा बजाउने दमाई एक तमासले धामीले वीर मन्साएको हेररिहन्छन्। बिहेघरमा अकस्मात सन्नाटा छाउँछ। मानिसहरू आपसमा खासखुस गर्छन्। जन्तीप क्ष छिटो छिटो दुलही अन्माएर लैजाने पक्षमा रहन्छन्।
ठाइँला होस्मा आउने छाँटकाँट देखिँदैन।

मुखिया : अब, बिहे नै रोक्ने कुरा भएन। बिहे चैँ सकौँ बाहुन, सुरु गर्नुस् !

पुरेत दुलहीका बाबु र धामीतिर हेर्छन्।
पुरेत
 : सुरु त गर्ने मुखिया बा ! लगन पनि घर्किन लागिसक्यो, तर कन्यादानको लागि दुलहीका काका वा बाउ चाहिन्छ। दुलहीको कन्यादान गर्नको लागि तयार हुनुपर्‍यो !

आँगनको एकछेउमा धामी थाल ठटाईरहेका छन् भने मध्य भागमा पुरेत मन्त्र पढिरहेका छन्।
जन्तीबाट कोही बोल्छन्।
जन्ती 
: हामी त टाढा पुग्नुपर्छ हजुर, जग्गेको काम सकिदिएर हामीलाई छिटो बिदा गर्नुस् ! अनि, उहाँलाई औषधि गर्नतिर लाग्ने होला कि !
पुरेत : हजुरको कुरा मनासिव छ हजुर ! दुलहीलाई कन्यादानको बेला भो, लगन त छोप्नपर्छ ! कन्यादान कस्ले गर्ने हो ? आउनुपर्‍यो है !

सबै खासखुस गर्छन्।
रामकृष्ण मुखियाको छेवैमा पुगेर हात जोड्छन्।
रामकृष्ण
 : मुखिया बा ! यो सङ्कटको पार लगाउन के गर्ने हो ? हजुरले नै केही गर्नपर्ने भो !

मुखियाले सबैलाई एकपल्ट नजर लगाउँछन्। जन्ती र माइतीपक्षका सबै रमिते बनेर हेरिरहेका छन्। आफ्नो इष्टमित्र कोही पनि दुलही अन्माउनको लागि तयार नदेखिएको आशय मुखियाले बुझेछन् क्यारे ! दुबै पाखुरा सुर्किएर टाउकोको फेटा खोलेर जग्गेको आडैमा राख्छन्।
मुखिया
 : पुरेत बा ! तपाईँ के के पढ्न पर्ने हो पढ्नुस्, पहिले दुलही अन्माएर पठाऊँ अनि बाँकि कुरा सोचौँला। अब, सुन्तलीको कन्यादान गर्न कोही आएनन्, म गर्छु ! मेरो पनि छोरी छैन। मेरै आँगनमा हुर्किएर खेलेकी हो, मेरै छोरी सरहकी हो।

सबै मानिस अक्क न बक्क पर्छन्।
पुरेतले मन्त्र पढ्छन्। मुखियाले कन्यादान दिन्छन्। कन्यादानलगायत अन्य सबै विधि छोट्याएर दुलही अन्माउनतिर लाग्छन्।
मुखिया 
: ए धामी ! ठाइँलाको होस् आयो ?
धामी : छैन, मुखिया बा !
रामकृष्ण : केही भएन भने त, अस्पताल पो लैजनपर्छ कि मुखिया बा !
मुखिया : तँ धेरै आत्तिन्छस् केटा, आत्तिएर काम बन्दैन। धैर्य राख्नपर्छ बुझिस् ?

रामकृष्ण चुपचाप ठाइँलाको छेउमा गएर बस्छन्।
बेहुली डाँको छोडेर रुन थाल्छिन्। बेहुलाले पनि बेहुलीलाई सम्झाउँछन्।
मुखिया
 : तँ, नरो छोरी ! अब, हेर ‘हुने हार दैव नटार’ भन्छन्, जे लेखेको छ त्यो हुन्छ। तँ आफ्नो मन बलियो पारेर जा, यताको सबै म हेर्छु।

मुखियाले दुलहीलाई पिठ्यूमा बोकेर दुलाहाको साथमा जग्गे घुमाउँछन्। मुखियाको पिठ्यूँमा पनि बेहुली रोइरहेकी हुन्छिन्।
जग्गेलाई तीनपल्ट घुमाएर मुखियाले बेहुलीलाई घरको तगारो कटाएर डोलीमा चढाउँछन् र फर्केर जग्गेमा आउँछन्। जन्तीहरू दुलही लिएर जान्छन्।बेहुली डाँको छोडेर रोइरहेको परसम्म पनि सुनिन्छ।
आँगनछेउमा धामी ठाइँलाको उपचारमा व्यस्त देखिन्छन्।
मुखिया ठाइँलाको मुखमा पानी छ्याप्छन्।मुख आँ गराएर पानी खुवाइदिन्छन्।
भिडबाट कोही मान्छे बोल्छन्।
आवाज १
 : ला, सासै गइसकेजस्तो छ !
आवाज २ : बिचरा ! छोरी अन्माउन पनि पाएनन्।

मुखिया भिडतिर हेरेर कराउँछन्।
मुखिया 
: को हो त्यो ? अशुभ अशुभ बोल्ने, तेरो जिब्रो थुतेर पातमा राख्न पर्ला फेरि ! कुन बेलामा के बोल्न हुन्छ हुँदैन केही हेक्का छेन हैन ?

मुखिया ठाइँलाको मुखमा बेस्कन पानी छेप्छन्। ठाइँला बिस्तारै चलमलाउन थाल्छन्। हात खुट्टा चलाउँछन् र बिस्तारै आँखा हेर्छन्।
धामी 
: मुखिया बा, ठाइँला दाइ व्युँतिएजस्तो छ !
मुखिया : ठाइँला ! कस्तो छ तँलाई ?

बिस्तारै ठाइँलालाई उठाएर गुन्द्रीमा राख्छन्।
जिते 
: दाइ ! कस्तो छ तिमीलाई ? हेर्दा हेर्दै पुर्लुक्कै ढल्यौ। के भएको छ ?

ठाइँला दायाँबाँया हेर्छन्। आडैमा धामीलाई देख्छन्। जग्गे हेर्छन्। जग्गे खाली देख्छन्।
मुखिया 
: एकछिन त अत्यायो नि ठाइँलाले ! तँलाई ठिक छ नि अहिले ? पानी पिउँछस् ? ए, त्यो पानी ले त !

मानबहादुरले पानी ल्याउँछन्।
ठाइँलाले तनतनी पानी पिउँछन्। ठाइँलाको आँखाभरि आँसु रसाउँछ। मुखियाको हात समाउँछन्।
ठाइँला
 : म कहाँ छु ? मलाई के भयो ?
जिते : तिमी ढल्यौ नि दाइ, मुर्छा परेर !

मुखिया शीरको फेटा दुबै हातले मिलाउँछन्। ठाइँलाको कुममा आफ्नो दुबै हात राख्छन्।
मुखिया
 : ठाइँला, आफूलाई सम्हाल !

ठाइँला दुबै हातले आँसु र पसिनाले लत्पतिएको अनुहार पुस्छन्।
ठाइँला
 : मुखिया बा ! सुन्तली खै त ? दुलहा.. जन्ती खै ?

सबैले मुखामुख गर्छन् र सबैले मुखियाको अनुहारतर्फ दृष्टि केन्द्रित गर्छन्।
मुखिया
 : आफूलाई सम्हाल ठाइँला ! ठूलो दूर्घटना टर्‍यो। लगन छँदै सुन्तलीलाई अन्माएर जन्तीलाई समेत विदाई गर्‍यौँ।

ठाइँला दुबै हात फैलाएर मुखियालाई अँगालो हाल्छन्।
ठाइँला 
: मेरी छोरी सुन्तलीलाई अन्माएर तामदानीमा राखेर दुलहा र जन्तीले लगिसके ? मेरी छोरी सुन्तलीलाई पिढ्यूँमा राखेर कस्ले अन्मायो ?
मुखिया : आफूले जन्माएर, हुर्काएर र बढाएर विरानो देशमा आफ्नो कलेजोलाई आफ्नै हातले विदाई गर्दा आफूलाई सम्हाल्ननसक्नु स्वभाविकै हो, तर पनि छोरीको जात, अर्काको घरमा जानैपर्छ। जन्मेपछि आफ्नै हातले खेलाएका छोरीचेलीलाई आफ्नै हातले विदाई गर्नुपर्दा मन सम्हाल्न गाह्रो हुन्छ। सुन्तलीप्रति तेरो स्नेह र ममता कति रहेछ सारा लोकले जान्यो।

सबै मुखामुख गर्दै मुखियातिर हेर्छन्।
रामकृष्ण ठाइँलासँग कानेखुसी गर्छन्।
रामकृष्ण
 : लगन छँदैँ मुखियाबाले नै सुन्तलीलाई कन्यादान गरेर विदा गर्नुभयो। उहाँले आफ्नै छोरी ठानेर यो घरको कुलको र समाजकै अभिभावकत्व निर्वाह गरेर सुन्तलीलाई विदा गर्नुभयो। उहाँको उदारता र महानता देखेर सबै गाउँले चकित परेका छौँ।

ठाइँला जुरुक्क उठी मुखियाको खुट्टा समाउन पुग्छन्। खुट्टैमा टाउको राखेर डाँको छोडेर रुन्छन्।
ठाइँला
 : मुखिया बा…… मुखिया बा…..मुखिया बा……!

खुट्टामा घोप्टिएको ठाइँलालाई मुखियाले जोडवलले उठाउँछन्।
मुखिया
 : अब, बिरामी भएर ढलेको मान्छे धेरै रुन हुँदैन ठाइँला तँ नरो ! झन् गाह्रो हुन्छ।

ठाइँला भने मुखियाले छातीमा टाउको राखेर अझ भक्कानिदैं रुन्छन्।
ठाइँला
 : हँ……..हँ……..हँ……. मुखिया साप…….! हजुर हाम्रो अन्नदाता मात्र होइन,कर्मदाता मात्र होइन, हजुर त हाम्रो ईश्वर भगवान नै हो ! हुँ…….हुँ…….हुँ।

ठाइँला मुखियाको छातीमा शीर राखेर आलाप गरिरहेको हुन्छन्। मुखिया भने दुबै हातले ठाइँलाको पिठ्युमा बिस्तारै मुसादिन्छन्।
मुखिया 
: सबै गाउँलेहरू तथा परपाहुनाहरू ! म यो गाउँको मुखिया पनि हुँ, जमिनदार पनि हुँ। तिमीहरूको कर्मदाता, अन्नदाता, गाह्रोसाह्रो पर्दा फुकाउने मुखिया पनि हुँ। तर सबैलाई यो कुराको ज्ञान होस्। भनिन्छ, ‘ज्यूदाँको जन्ती मर्दाको मलामी’ गाह्रोसाह्रो र अप्ठ्यारो परेको बेलामा हरेक मान्छेले अहङ्कार र घमन्डलाई त्यागेर अन्तरहृदयको मानवतालाई समाज र लोकको कल्याणमा समर्पित हुन सक्नु नै मानवीय धर्म हो। धनी–गरीब, कालो–गोरो, उँच–निच यी सबै मान्छेले आफ्नो स्वार्थसिद्धिको लागि बनाएका तौर तरिकाहरू मात्रै हुन्। सर्वप्रथम मान्छेभित्र मानवता हुनुपर्छ, मभित्र त्यो अझैसम्म हराएको छैन।

कोही केही बोल्न सक्दैनन्। सबैले मुखियाको अनुहारमा हेरिरहन्छन्। मुखियाले ठाइँला रामकृष्ण र जितबहादुर सबैलाई अँगालो हाल्छन्।
***तनहुँ, दमौली

  • Sahitya Sagar
    Sahitya Sagar
आकाश अभिकारी
आकाश अभिकारी
Post Views: 538
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

जिउँदाहरूको चित्ता

February 13, 2023

सप्तरङ्गी चाहनाहरू

February 1, 2023

प्रभाव

January 15, 2023

एक चिहान

February 28, 2022

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.