SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » जिउँदाहरूको चित्ता
नाटक

जिउँदाहरूको चित्ता

Sahitya SagarBy Sahitya SagarFebruary 13, 2023No Comments19 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
पुरु लम्साल युवा पुस्ताका बहुमुखी प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको एउटा नाट्य सिर्जना समेटिएको छ । जिउँदाहरूको ‘चिता’ शीर्षकको यस नाट्यरचनाले वर्तमान राजनीतिक नेतृत्वको जनतालाई राहत बाँड्ने निहुँमा हेलिकप्टर चढेर गाउँ जाने र अफ्नो प्रचार गराउने तर जनताका वास्तविक समस्यालाई वेवास्ता गर्ने प्रवृत्तिको विरोध गरिएको छ । यस लघुनाटकले निम्न वर्गीय पक्षधरता देखाएको छ ।

-सम्पा.

जाडो महिनाको कुनै एउटा बिहान । भूकम्पले ध्वस्त भएको एउटा दुर्गम गाउँ । त्रिपाल टाँगेर टहरो जस्तो बनाइएको छ । छेउछाउमा घर भत्किएका भग्नावशेषहरू छन् । दिन उज्यालो भए पनि घाम लागेको छैन । टहरोको बाहिर छेउमा ओदान गाडेर अगेनु बनाइएको छ । एउटा छेउमा केही दाउरा र घुस्यान छ । बरखी बारेको सेतो कपडा लगाएकी सुभद्राले मकैको ढोड जम्मा पारेर आगो सल्काउँछे । बिस्तारै आगो बल्न थाल्छ । सुभद्रा आगो ताप्न थाल्छे ।

सुभद्रा : ए पार्वती ! आगो बल्यो है फुच्चेलाई सेकाउन ल्याइजो । हैन चिसो पनि कस्तो बढेको होला ? घामको मुख नदेखेको पनि हप्तादिन नाघिसक्यो । यस्तै हो भने त कठयाङ्ग्रिएरै मरिन्छ जस्तो छ । केटाकेटीहरू पनि अझै गुँडुल्किरा छन् ? उठ न ए तिमीहरू पनि ।

भित्रबाट एउटा नवजात शिशु र तेलको कचौरो बोकेर पार्वती बाहिर निस्कन्छे । अगेनुको छेउमा गएर बस्छे ।

पार्वती : आमा यसलाई समात्नु त ।

पार्वती बच्चा सुभद्रालाई समात्न दिन्छे । तेलको कचौरो आगोको छेउमा राख्छे ।

सुभद्रा : कस्तो चिसो बढेको हो ।

पार्वती : आच्छु छु छु ∕ त्यही त कस्तो चिसो है आमा ।

सुभद्रा बच्चालाई कपडामा गुटुमुटु पारेर आगोमा सेकाउन थाल्छे ।

सुभद्रा : ठुला मान्छे त आगो तापेर पनि बाँच्छन् । यी यस्ता पिउसाहरूको चैँ कालै आए जस्तो भएको छ । चिसो यै हो कसरी जोगाउनु होला ?

पार्वती : कोही भुईँचालोमा परेर मरे । नाकाबन्दी भो, अब कति खानै नपाएर मर्ने भए । कोही चिसोले मर्ने भए । गरिबले खानेबलामा आँधी आउँछ भन्थे । के के आयो आयो ।

सुभद्रा : त्यो दुईटा दाउरा तानेर हाल त ।

पार्वती उठेर अगेनुमा दाउरा हाल्छे र ढुङ्ग्रोले आगो फुक्छे । अगेनुबाट खरानी उँड्छ । धुँवाले पार्वतीका आँखा रोएका जसरी रसाउँछन् ।

पार्वती : चिसोमा दाउरा पनि बले त के । यही आगोमा अलिकति चामल बसाल्न पाए त पाक्दै गथ्र्यो ।

सुभद्रा कराएर भित्र भएकी तुलसीलाई बोलाउँछे ।

सुभद्रा : ए तुलसी ! तुलसी !

भित्रबाट तुलसीको आवाज आउँछ ।

तुलसी : हजुर ।

सुभद्रा : हैन, कति सुत्न सकेको होला त है ! आगो ताप्न आइजो । भाइ बहिनीलाई पनि उठा । त्यहाँ हजुर हजुर, भनेर नबसि र ।

पार्वती : जाडो छ । चिसोले रातभरि निदाएनन् होला । एकछिन् सुतून् न त ।

सुभद्रा : आ ! के को सुतून् । उठेर आगो तापे नि हुन्छ नि बरु ।

पार्वती अगेनुमा दाउरा चलाउँछे । आगोको एउटा फिलिङ्गो उँडेर आउँछ र बच्चा माथि पर्न खोज्छ । सुभद्रा हातले फिलिङ्गो पन्छाउन खोज्छे ।

पार्वती : हैन आमा ! हामी नेपालीहरूलाई त यो वर्ष दशा नै लागेको रहेछ नि । यत्रो भूकम्प आयो, हजारौँ मान्छे मरे, उसैमाथि झन् अहिलेको नाकाबन्दी ।

सुभद्रा : के को दशा लाग्नु नि ? सप्पै नेताहरू चोर भएर बिग्रको हो । अर्कालाई के को दोष ? यी नेतालाई त बाँधेर घाँस खुवाउनु पर्छ ।

टहरोबाट तुलसा र सरस्वती हातमा पिर्का बोकेर बाहिर आउँछन् ।

पिर्का ओछ्याएर अगेनुको छेउमा बस्छन् ।

पार्वती : खै त भाइ उठेको छैन ?

तुलसा : सुतिरहेको होला नि ।

सुभद्रा सरस्वतीलाई कराउँछे ।

सुभद्रा : ए कान्छी, जा ∕ जा भित्रबाट यस्का टालाहरू लिएर आइज ।

सरस्वती : हे….. ए…… ए ! सक्दिन म । खालि मलाई मात्रै काम लगाउन जान्या छ ! तुलसेलाई भने नी हुन्छ नि ।

सुभद्रा सरस्वतीलाई हातले पिटौँला जसरी लम्कन्छे ।

सुभद्रा: तँ त खानैको काल जन्मेकी रैछेस् नि । काम भनेपछि त ढलेको लोटा पनि उठ्दैन तँबाट त ।

पार्वती : जानु न त नानी । काकालाई पनि उठाउनु आगो ताप्न भनेर । अहिलेसम्म उठ्नु नै नभएको होकी ?

सुभद्रा : काका त हुन पर्‍यो नि बोलाउन ।

पार्वती : काका कहाँ जानु भएको हो र यति बिहानै ?

सुभद्रा : खै आज कहाँ न्यानो लुगा बाँढ्ने रे भन्ने सुनेछन् । बिहानै हिँडेका छन् । सद्धे मान्छेले हारालुछ गर्छन् । अब त्यो गोज्याङ्ग्रोलाई कस्ले दिन्छ र ल्याउनु ।

सुभद्रा कचौरामा भएको तेल आगोको छेउमा राख्दै बच्चालाई लगाउँदै गर्छे । पार्वती पनि आफ्ना पिडौँलामा तेल लगाएर माड्छे ।

तुलसा : ए होला होला ! आज हवाईजहाजबाट न्यानो कपडा बाँढ्छ रे भनेर त हिजो हेडसरले पनि भन्नुहुँदै थियो ।

पार्वती : आ …….. भन्ने मात्रै हो नानी । नेताकै आफ्ना मान्छेलाई भाग पुगेको छैन जनतालाई कहाँबाट पुग्नु ? यो राहत पनि पहुँच हुनेले मात्रै पाउने त हो नि । बलिया बाङ्गाकै लागि हो ।

सुभद्रा : हैन जा न ए कान्छी ! यसका टालाहरू लिएर आइज ।

सरस्वती जान्न भनेर कुम हल्लाउँछे ।

सरस्वती : सक्दिनँ के । जान्न म ।

सुभद्रा : तँलाई त पछि कस्तो घर पर्ला र गरेर खान्छेस् होला ?

सरस्वती : जस्तो परे नि के त ?

सुभद्रा पार्वतीलाई भन्छे ।

सुभद्रा : जा पार्वती यसका टाला लिएर आइजो । कान्छो अझै उठेन उठाएर पनि आइजो ।

पार्वती उठेर टहरोभित्र जान्छे । सरस्वती र तुलसा अगुल्टो चलाउँदै झगडा गर्छन् ।

तुलसा सरस्वतीको कपाल तानिदिन्छे ।

तुलसा : धेरै नचल है नेप्टी । अहिले जगल्ट्याइदिन्छु ।

सरस्वती आगोको अगुल्टो तुलसालाई ताक्छे ।

सरस्वती : आफैँ पहिले चल्न आउँछे अनि मलाई भन्छेस् । अहिले यै अगुल्टोले पोल्दिन्छु अनि था हुन्छ नेप्टी कि चेप्टी ।

सुभद्रा : कति छुकछुक गरेर मरेका होलान् त यी दुईटी ? बुद्धि पनि कहिल्यै नआउने भो । हैन ए तुलसा तँ के भएकी ? तँ त सानी छैनस् त अब त । बहिनीलाई पनि नचल भन्नुपर्ने मान्छे उल्टो आफै चलेर बस्छे ।

तुलसा : म चलेको हो र यै पहिले मसँग चल्न आएकी त हो नि । तपाईँ चैँ सधँै म मात्रै चलेको देख्नुहुन्छ । कान्छी छोरी भनेर होला नि माया गरेको ।

सरस्वती : तँ आफै मसँग चल्न आएकी होइन ? आफैँ चिमोट्न आउँछे अनि मलाई दोष दिन्छे । कस्ती बाठी ।

तुलसा सरस्वतीलाई डडाल्नुमा एक मुड्की हान्छे ।

तुलसा : मैले कैले चिमोटेँ तँलाई ? आमालाई कुरा लगाएर मलाई कुटाउन खोजेकी होलिस् नि कहीँ नभएकी कुरौटे ।

सरस्वती उठेर छेउको ढोड टिपेर तुलसालाई ताक्छे ।

सरस्वती : अहिले तँलाई त यसैले हानेर मार्दिन्छु म ।

सुभद्रा : कस्ता कुकुर र बिरालाजस्ता जन्मिन सकेका होलान् ? अहिले दुबैको पिँडुलाको मासु झर्ने गरी हानेपछि ठिक हुन्छ ।

सरस्वतीलाई हिर्काउन भनेर झम्टिन्छे । सरस्वती भागेर टहरामा छिर्छे ।

टहराबाट केही लुगा लिएर पार्वती बाहिर निस्कन्छे ।

पार्वती अलि आत्तिएको स्वरमा बोल्छे ।

पार्वती : ए आमा ! हेर्नु न बाबुलाई त हनहनी जरो आइरहेको रहेछ । सुतिरहनुभएको होला भनेर बोलाएको त । उठ्नै मान्नुभएन ।

सुभद्रा बोकिरहेको बच्चा पार्वतीलाई दिन्छे ।

सुभद्रा : ए ! होर ? ला ∕ ला यस्लाई बेरबार पार है । चिसो छिर्ला फेरि, जाडो यही हो ।

सुभद्रा आत्तिएर टहरोमा छिर्छे ।

तुलसा पार्वतीको छेउमा जान्छे ।

तुलसा : भाउजू आज मलाई पाँचसय रmप्पे दिनु न ल ।

पार्वती बच्चालाई कपडा लगाइदिन्छे ।

पार्वती : किन चाहियो र त्यत्रो पैसा ?

तुलसा : मलाई सामान किन्नु छ के ।

पार्वती : के सामन किन्नु छ ?

तुलसा : छ के जे भए पनि । दिनु न ल ! आमालाई माग्यो भने कुट्न आउनुहुन्छ ।

पार्वती : पहिले केको लागि चाहिएको हो पैसा ? त्यो त भन्नुस् ?

तुलसा : (अनकनाउँदै) अ अ अ !

पार्वती : के को अ अ अ गर्नुभएको ? किन भन्नु न ? मसँग पनि कहाँ हुन्छ त पैसा ?

तुलसा : दाइले अस्ति नै विदेशबाट पठाएको पैसा सकियो त ?

पार्वती : दाइले पैसा नपठाउको कति भयो भन्नु त ? त्यही नि यसको लागि हो पैसा चाहिएको त भन्न पर्‍यो नि । फेरि आमाले मलाई नि गाली गर्नु हुन्छ ।

तुलसा : जाँच आउने बेला भैसक्यो । पढ्नलाई किताब छैन । भोलि स्कुलको सर सदरमुकाम जाने रे । सबैले गाइड बुक किन्न पठाउने भनेका छन् । साथीहरूले त किन्ने भनेर सरलाई पैसा पनि दिइसके । इङ्गलिस, साइन्स र म्याथकोे किन्ने भनेको ।

पार्वती : ल ल म दिउँला । तर गाइड पढेर कसरी पास भइन्छ ?

तुलसा : अब के गर्नु त ? पढ्नै पर्‍यो । सबैले किन्ने भनेका छन् । भएभरको किताब सबै भुईँचालोमा पुरिइहाल्यो । न स्कुल छ ! न बस्ने घर छ ! सबैले किन्ने भएपछि किन्नै पर्‍यो नि । सरले पनि गाइड किनेर पढ्नु भन्नु भएको छ ।

पार्वती : चिसोले कठ्याङ्ग्रेर कति मरिसके । स्कुल जानेहरूसँग पनि किताब छैन । सामानको भाउ बढेर किन्नै नसकिने भैसक्यो । नाकाबन्दी भएर उस्तै छ । हैन कहिलेसम्म होला यस्तो ? पैसा भएर पनि किनेर खान नपाउने दिन आउँछ जस्तो छ यस्तै हो भने त ।

बिस्तारै आगनमा घाम लाग्दै जान्छ । आकास खुल्दै जान्छ । पार्वती अगेनुको आगो ओज्याउँछे । सुकेका टालाहरू बच्चालाई लगाइदिन्छे । तुलसा एकछिन् बच्चा समातिदिन्छे । पार्वती डोरीमा आफ्ना र बच्चाका केही लुगा सुकाउन थाल्छे । बच्चा रुन्छ

तुलसा : नरो बाबु नरो नारो । फुपूलाई चिनेन ?

पार्वती : फुपूलाई नचिनेको हैन । मज्जाले तेल लगाएर सेकाई दिएपछि अब खान खोजेको होला यसले । एकछिन फुल्याउनु यति टाला सुकाएर दुध चुसाउँछु । छाम्नु त पिसाव फेर्‍यो कि न ?

आकासमा हेलिकप्टर कराएको आवाज सुनिन्छ । पार्वती र तुलसा आकासतिर हेर्छन् ।

तुलसा : आज न्यानो कपडा बाँड्न आउने भनेको आयो जस्तो छ । तर के गर्नु हाम्रो भागमा एउटा धरो पर्दैन । साँच्चै सरकारले न्यानो कपडा किन्न दश हजार पैसा दिने भनेको होइन भाउजू ?

बच्चा रोइरहेको छ । पार्वती टाला सुकाएर बचचालाई काखमा लिन्छे ।

पार्वती : खै मैले पनि सुनेको मात्रै हो । चैत्रतिर बाँढ्ने हो कि न्यानो लुगा किन्ने पैसा पनि ? अब त्यो पनि कार्ड बाँडेको जस्तै त होला नि ?

तुलसा : तपाईँलाई थाहा छ भाउजू ? मान्छेहरूले त एउटै घरमा तीनटासम्म पीडितको कार्ड बनाएका रहेछन् । हाम्रो चैँ बल्लबल्ल एउटा बन्यो । हाम्रो त दुईटा घर भत्केको हो नि ।

पार्वती : अब के गर्नु न हाम्रो बोल्दिने मान्छे कोही छ । न नेतासँग चिनजान छ ? त्यो गिरी थियो नि कुन्नि के नामको ? पहिलेको गा. वि. स अध्यक्ष, उसले त बसाइँ सरेर गएको छोराको कुखुराको टहरो भत्केको समेत पैसा निकालेर खायो रे ।

हेलीकप्टर आकासमा फन्को लगाइरहेको छ । घरी नजिक आए जस्तो लाग्छ । घरी अलि टाढा गए जस्तो आवाज सुनिन्छ । हेलिकप्टर कराएको आवाज झन नजिकै सुनिन्छ ।

परबाट हातमा एउटा बोराको पोको झुण्ड्याएर लरखराउँदै रामराजा आउँदै हुन्छ ।

तुलसा : ऊ काका आए । कहाँ कसले के दिएछ क्यार हातमा बोकेर आउँदै छन् ।

रामराजा आँगनमा आइपुग्छ । ऊ पोकोबाट पुराना कपडा निकालेर देखाउँछ ।

रामराजा : यी कान्छी हेर त तातो लुगाहरू । तल सडकमा मान्छेलाई लाइन लगाएर बाँडिरहेका रहेछन् । एउटा बोरा च्याप्प समातेर हिँडिहालेँ म त ।

रामराजा पोकोमा भएका लुगाहरू सबै आँगनमा खन्याउँछ। पोकामा केही पुराना लुगाफाटा छन् । एउटा राम्रो घाँगर छ । रामराजा बोरामा भएका सबै कपडा निकालिसक्छ । एउटा मैलो सर्ट एउटा अलिअलि च्यातिएको सेतो खोल र एउटा रामनामीको गम्छा भेटिन्छ बोरामा ।

पार्वती : सप्पै पुराना लुगा मात्रै छन् त काका । न्यानो लुगा पनि छ भनेको हैन खै त ?

रामराजा : खै एक बोरा दिए के के छ थाहा नै भएन । ला कान्छी यो घाँगर त तँलाई ठिक हुन्छ जस्तो छ । यो सर्ट चैँ मै लगाउँछु ।

रामराजा सर्ट लगाउँछ र रामनामीको गलबन्दी घाँटीमा बेर्छ । हेलीकप्टरको आवाज आउन बन्द हुन्छ । पाँच सात जनाको एउटा हुल टहरो भएतिर आउँछ । तुलसा मान्छेको हुल आफ्नै घरतिर आएको देखेर खुसी हुँदै आमालाई बोलाउँछे ।

तुलसा : आमा ए आमा । बाहिर आउनुस् न नयाँ मान्छेहरू हाम्रो घरमा आउँदै छन् ।

सुभद्रा काखमा प्रदीपलाई बोकेर बाहिर निस्कन्छे ।

सरस्वती गुन्द्री बोकेर आउँछे आमा सँगै र भुँइमा गुन्द्री ओछ्याउँछे ।

सुभद्रा : हैन को आए नयाँ मान्छे ?

तुलसा : ऊ…… उता हेर्नुस् न ।

सुभद्रा : लौ जो आए नि आवोस् ! जो आए पनि हाम्रा लागि आउने हैनन् । कौवालाई बेल पाकेर न हर्ष न बिस्मात । बरु जा न ए तुलसा, अस्तिनै राहत बाँड्न आउनेहरूले दिएको सिटामोल कहाँ छ खोज त ! भाइलाई त हनहनी ज्वरो आएछ ।

तुलसा सिटामोल लिन टहरोभित्र जान्छे ।

सुभद्रा प्रदीपलाई गुन्द्रीमा सुताउँछे । एउटा सामान्य ओड्ने ओढाउँछे । र आफू एक छेउमा बस्छे ।

नजिकै गएर सरस्वती र पार्वती पनि बस्छन् ।

अगेनुमा आगो निभेर धुवाँ आइरहेको छ । रामराजा आगो फुकेर बाल्न खोज्छ । तर आगो बलिरहेको हुँदैन । धुवाँले आँसु खसाल्दै रामराजा आँखा मिच्छ ।

रामराजा : लौन ए कान्छी ! आगो त निभ्यो है । सल्किँदै सल्किएन । मैले त मरिगए पनि सकिन सल्काउन ।

सरस्वती : होस् न त काका ! अहिले छोडनु । धुवाँ मात्रै भयो बेकारमा । एकछिनपछि खाना बसाल्नुपर्छ म फुकौँला ।

तुलसा भित्रबाट सिटामोल र पानी लिएर आउँछे ।

सुभद्राले प्रदीपलाई सिटामोल खुवाउँछे ।

सुभद्रा : हैन एक्कासी कस्तो हनहनी ज्वरो आएको छ । चिसो छ, भनेको मान्दैन, एकछिन घरमा बास हुन्न सन्चो हुँदा । कहाँ कहाँ कुद्ने हो ?

दुई तीन जना कार्यकर्ता र एक दुई पत्रकार लिएर जगत्मान त्रिपालको छेउमा आइपुग्छ । सबैलाई पालो पालो नमस्ते गर्छ । सबैले जगत्मानलाई नमस्ते फर्काउँछन् ।

जगत्मान : नमस्ते है नमस्ते । सुभद्रा भाउजूको घर होइन ?

सुभद्रा : हजुर हो । तर हामीले त तपाईँलाई चिन्न सकेनौँ ।

ज्गत्मान : कस्तो बिर्सनु भएको त हजुरले ! म जगत्मान के त । अस्तिनै चुनावमा आएको थिएँ नि भोट माग्न । सायद बिर्सनुभयो होला हजुरले । कामरेड धर्म र म त लामो समय सँगै एउटै क्षेत्रमा काम पनि गरेको । पछि पो थापाएँ पापी भूकम्पले उहाँलाई पनि छोडेन छ । साह्रै असल हुनुहुन्थ्यो उहाँ के गर्नु लगिहाल्यो ।

जगत्मान बनावटी आँसु झार्न खोज्छ ।

सुभद्रा : खै भोट माग्न त धेरै आए । को आयो को गयो थाहै भएन । तर भुँइचालोपछि चैँ कोही आएन । चुनावमा पो भोट चाहिएको थियो र घरघर आउँथे । अब अहिले त सहयोग माग्छन् भनेर पनि आउँदैनन् ।

ज्गत्मान : परिस्थितिले त्यस्तै बनायो भाउजू । अब त्यस्तो हुन्न । के छ भन्नुस् न मैले के सहयोग गर्न सक्छु ? के भयो उहाँलाई ? को हो ?

जगत्मान सुतिरहेको प्रदीपलाई देखाएर सोध्छ ।

सुभद्रा : यो कान्छो छोरो हो । दुई दिनदेखि ज्वरो आएर थला परेको छ । लौन सक्नुहुन्छ भने उपचारको लागि सदरमुकामसम्म लान पाए हुन्थ्यो । त्यती सहयोग गरिदिनु न ।

जगतमान : ओहो ! लान त हुन्थ्यो भाउजू हामी त यहाँबाट अर्को गाउँमा जान्छौँ । फेरि सिट पो छ कि छैन ! कसो गर्ने होला ?

यसैबिचमा पत्रकार क्यामेरा लिएर अगाडि आउँछ र भिडियो खिच्न थाल्छ । जगत्मानसँग अरू सबै आ–आफ्नो मोबाइलबाट पछाडिको त्रिपाल र टहरो देखिने गरि सेल्फी खिच्न थाल्छन् ।

बिनोद क्यामेरा अगाडि उभिएर बोल्न थाल्छ ।

बिनोद : आदारणीय दर्शक महानुभावहरू आज हामी तपाईँहरूलाई भूकम्प पीडितहरूको बस्तीबाटै उहाँहरूको अवस्थाका बारेमा रिपोटिङ गरिरहेका छोँ । पछिल्लो समय सरकारले भूकम्प पीडितहरूका लागि न्यानो कपडा किन्न भनेर रु दश हजारका दरले प्रत्येक परिवारलाई पैसा बाँडेर राम्रो काम गरेको छ । आउनुहोस् आज हामी तपाईँहरूलाई पीडित जनताका कुरा सुनाउँछौँ ।

बिनोद रामराजालाई यता आउनुस् त भनेर बोलाउँछ ।

रामराजा : म ? के बोल्नु मैले त ?

लजाउँदै र डराउँखै रामराजा बिनोदको छेउमा पुग्छ । बिनोद माइकको बुम तेर्साउँदै सोध्छ ।

बिनोद : तपाईँलाई कस्तो लागि रहेको छ ?

रामराजा : म ला ई त …… रमाइलो लागि राहेको छ ।

बिनोद : चिसोबाट बच्नको लागि के गर्नुभएको छ ?

रामराजा : चिसोबाट बच्न ?

बिनोद : हजुर चिसोबाट बच्न ।

रामराजा : चिसोबाट बच्न …… आगो तापेको छु । यी लुगा लगाएको छु ।

रामराजा अघि लगाएको लुगा देखाउँछ ।

बिनोद : आदारणीय दर्शक महानुभावहरू ! तपाईँ हामीले सोचेको भन्दा धेरै राम्रो स्थिति देखियो भूकम्पपीडित बस्तीमा, देखिहाल्नुभयो जनता कसरी आफैँ सुरक्षित भएर बसेका छन् । आउनुहोस् अर्को एक जना सानी नानी हामीसँग हुनुहुन्छ हामी उहाँसँग कुरा गरौँ ।

बिनोद सरस्वती तर्फ जान्छ ।

बिनोद : तपाईँको नाम के हो ?

सरस्वती लाज मानेर पार्वती भएको तिर जान्छे ।

सरस्वती : मेरो नाम सरस्वती हो ।

बिनोद : तपाई कति बर्षकी हुनुभयो ?

सरस्वती : म १२ बर्षकी भएँ ।

बिनोद : भूकम्पले गर्दा तपाईँको घर भत्किएको छ बुबा बित्नुभएको छ । तपाईँले कस्तो महसुस गर्नुभएको छ ।

सरस्वती केही बोल्न सक्दिन । एकछिन आमाको मुख हेर्छे, एकछिन भाउजूको मुख हेर्छे । सुभद्रालाई सोध्छ ।

बिनोद सुभद्राको छेउमा जान्छ । माइक उसैगरि तेर्साएर सोध्छ ।

बिनोद : के छ तपाईँको अवस्था ?

सुभद्रा : अब के छ भन्नु ! के छैन भन्नु ! तपाईंले देखी रहनुभएकै छ नि । घर भत्कियो यही घरले थिचेर लोग्ने मरे । भएभरको अन्नपात सबै पुरियो । गाईवस्तु पनि पुरिएर मरे । राहतको नाममा पाँच पोका चाउचाउ पायौँ । अब के छ भन्ने के छैन भन्ने ?

बोल्दाबोल्दै सुभद्रको भक्कानो फुट्न खोज्छ ।

बिनोद : साह्रै दु:खद घटना भयो । आदरणीय दर्शक महानुभावहरू, धेरैको बिजोग भएको छ । चिसोले धेरै भूकम्पपीडितहरूको ज्यान गएको छ । तपाईँले चैँ यो जाडोमा कस्तो महसुस गर्नु भएको छ ।

सुभद्रा : जाडोमा जाडो महसुस गरेको छु नि कस्तो महसुस गर्नु ।

बिनोद : आइ मिन । मैले भन्न खोजेको सरकारले न्यानो कपडा किन्न दश हजारका दरले पैसा दियो तपाईँले कपडा किन्नुभयो त ?

सुभद्रा : पैसा पाएको भए पो किन्नु पैसै पाएको छैन केको किन्नु । सरकारले आफ्नै मान्छेलाई मात्रै दियो होला खै हामीलाई त दिएको छैन ।

बिनोद : अब प्रसङ्ग अलि बदलौँ । भूकम्प जाँदा तपाईँलाई याद थियो कसरी सुरक्षित रहने भन्ने ?

बिनोदको बकम्फुसे कुराले सुभद्रालाई रिस उठ्न थाल्छ । छेउमा भएकी पार्वतीलाई पनि बिनोदको कुरा गर्ने तरिका देखेर रिस उठेर आउँछ । पार्वती हातले बिनोदको माइक हटाउँदै बोल्छे ।

पार्वती : हैन के के सोध्न आउनुभएको हो तपाईँ ? उहाँ मेरो सानु देवर सिटामोल खान नपाएर मर्ने अवस्थामा छन् । एस.एल.सी दिनु पर्ने एउटी नन्दको पढ्ने किताब छैन । अर्की नन्द किताब नभएर स्कूल जान पाएकी छैनन् । म सुत्केरी भएको सात महिना भयो । चिसोले कठ्याङ्ग्रिएर मेरो नाबालक छोरो मर्ने अवस्थामा छन । तपाईँहरूलाई मजाक लागेको छ ?

बिनोद : नरिसाउनुस् न । तपाईँ त आवेगमा पो आउनुभयो त ?

पार्वती : के सान्त्वना बाँड्न आउनुभएको हो तपाईँहरू यहाँ ? आज कति महिना बित्यो भुइँचालो गएको ? कहाँ हुनुन्थ्यो तपाईँ पत्रकारहरू ? आज हेलिकप्टर चढेर नेतासँग घुम्नको लागि आउनुभएको होइन तपाईँ ?

बिनोद माइक आफूतिरै फर्काएर पार्वतीलाई बिचैमा रोक्दै बोल्छ ।

बिनोद : आदारण्ीाय दर्शक महानुभावहरू समयमै राहत नपाएकोमा केही पीडितहरूको अझै पनि सरकारसँग गुनासो रहेको तपाईँहरूले देखिहाल्नुभयो । अब हामी यसै निर्वाचन क्षेत्रका माननीय सभासद् तथा पूर्वमन्त्री श्री जगत्मान थापाजीलाई सोध्न चाहन्छौँ । तपाईँले आफ्नो क्षेत्रका मतदाताहरूको लागि केकस्तो सहयोग गर्नुभयो र अब केकस्तो सहयोग गर्नुहुन्छ ?

जगत्मान : धन्यवाद यो प्रश्नको लागि । मेरा लागि सबै जनता बराबर हुन् । मैले सुरुदेखि नै रहत वितरणदेखि लिएर सबै काममा उहाँहरूलाई हरेक तवरबाट सहयोग गर्दै आएको छु र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिद्धता जनाउँछु ।

बिनोद : हजुरले धेरै पटक आफ्नो क्षेत्रमा गएर राहत बाँढ्नुभयो । यो पटक चिसोबाट प्रभावितहरूलाई त्यस्तो के वितरण गर्दै हुनुहुन्छ ।

जगतमान : पहिला म मन्त्री थिएँ मैले सकेसम्म आफ्नै क्षेत्रमा राहत वितरण गरौँ भनेर लागेकै हो । अब अहिले मन्त्री नभए पनि म उहाँहरूसँग यो दु:खमा सँगै छु । मैले गर्न सक्ने कुरा चैँ अब तपाईँको अहिले केही किलो दाउरा सहयोग गर्न सक्ने अवस्थामा म छु । जसलाई बालेर यहाँहरू न्यानो महसुस गर्न सक्नुहुन्छ ।

बिनोद : अहिले तत्काल तपाईँले के गर्न सक्नुहुन्छ यी साना साना नानीहरूलाई ?

जगतमान : मैले यी नानीहरूको लागि पनि केही व्यवस्था गरेको छु । बाबु त्यो चक्लेटको प्याकेट लेऊ त यी नानीहरूलाई दिन पर्‍यो ।

जगत्मानको पी एले एउटा चकलेटको प्याकोट दिन्छ । जगत्मानले छेउमा उभिएका नानीहरूलाई चकलेट बाँड्छ ।

बिनोद : दर्शक महानुभावहरू तपाईँ दृश्यमा देख्दै हुनुहुन्छ । माननीय जगत्मान थापा भूकम्पपीडित बालबालिकाहरूलाई चकलेट बाँड्दै हुनुहुन्छ ।

जगतमान : लौ त नमस्कार है । अहिलेलाई बिदा पाउँ भाउजू । एकैछिन पारि गाउँसम्म पनि पुग्नु छ र भरे नै काठमाडौँ उँड्नु छ । हामी सरकारमा नभए पनि तपाईँ पीडितहरूसँगै छौँ ।

जगत्मान लगायतका सबै फर्कन्छन् । सबै मुखामुख गर्छन् ।

पार्वती : खुब हेलिकप्टर चढेर आएँ भनेर देखाउन आएको होला ?

सुभद्रा : त्यही त चकलेट बाँड्न आएको होला नि ।

गुन्द्रीमा सुताएको प्रदीप एक्कासी खोक्न थाल्छ । सबै अत्तालिएर प्रदीपको छेउमा पुग्छन् ।

पार्वती : चिसो साह्रै लागे जस्तो छ आमा बाबुलाई । अस्पताल लिएर जाने पो हो कि ?

तुलसा : अस्पताल लैजान पर्छ होला आमा भाइलाई ।

खोक्दाखोक्दै प्रदीप चिसो हुँदै जान्छ ।

पार्वती : लौन कस्तो चिसो हुनुभयो बाबु त ? लौन के गर्ने ?

सुभद्रा : लौन कसैलाई बोलाएर अस्पताल लैजान पर्‍यो ।

रामराजा : कसलाई बोलाउने होला है ? कान्छी कसैलाई बोला न । भाइलाई गाह्रो भै सक्यो ।

तुलसा आँगनको डिलबाट तल्लो घरको काकालाई बोलाउँछे ।

तुलसा : ए माइला काका । काका हो । झट्टै आउनु न । भाइलाई अस्पताल लान पर्‍यो ।

सुभद्रा : लौन पार्वती के भयो प्रदीपलाई, हेर न आँखै हेर्दैन । कान्छा, प्रदीप, बाबु बोल् न, आँखा हेर् न कान्छा ।

तुलसा : भाइ ! ओ भाइ । बोल न ।

हस्याङफस्याङ गर्दै माइला काका आइपुग्छन् ।

काका : हैन के भयो एक्कासी कान्छोलाई ? कान्छा, ए कान्छा, प्रदीप, के भएको एक्कासी यस्तो ?

माइला काकाले नाडी छाम्छन् मुटुको चाल सुन्छन् बोलाउँछन् । नाकमा हात राखेर सास फेरेको नफेरेको हेर्छन् ।

सुभद्रा आत्तिएर रुन्चे स्वरमा बोल्छे ।

सुभद्रा : तीन चार दिन भयो राती राती ज्वरो आएको । बिहानबाट त निस्लोट परेको छ । अहिले एक्कासी खोक्यो साह्रैसँग त्यसपछि केही छैन । अगिसम्म त आँखा हेर्दैथियो ।

सबै प्रदीपको छेउमा जम्मा हुन्छन् । अस्पताल लाने भन्दाभन्दै प्रदीपले एकनासले लामो खोकी खोक्छ । हिक्क हिक्क गर्छ र मुख आँ पारेर बाउँछ । आँखा ठुल्ठुला पारेर हेर्छ । एक्कासी आँखा चिम्लन्छ र मुख पनि बन्द हुन्छ ।

काका : ए अलिकति पानी देओ न ।

तुलसाले नजिकै भएको पानीको गिलास काकालाई दिन्छे । काकाले अलिकति पानी प्रदिपको मुखमा हालिदिन्छन् । प्रदीप हल न चल हुन्छ ।

सुभद्रा : के भो कान्छा ? लौन के भो यसलाई ।

काका : ल अलि उता उता सर तिमीहरू । बैकुण्ठमा बास होस् । छोटो दिन लिएर आएको रैछस् । जा बैकुण्ठ जा । हामीले तँलाई बचाउन सकेनौँ ।

सुभद्रा प्रदीपलाई अँगालो हालेर रुन थाल्छिन् । तुलसा, सरस्वती र पार्वती पनि डाँको छोडेर रुन थाल्छन् । आँगनमा रुवाबासी चल्छ ।

सम्झाउने मान्छेसमेत छैन । माइला काकाले टोपी निकालेर भुइँमा राख्छन् । रामराजाले आफ्नो घाँटिबाट रामनामीको कपडा निकालेर प्रदीपलाई ओडाइदिन्छ । आँगनमा एक किसिमको सन्नाटा छाउँछ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 491
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

सप्तरङ्गी चाहनाहरू

February 1, 2023

प्रभाव

January 15, 2023

एक चिहान

February 28, 2022

मियो

July 8, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.