SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » सप्तरङ्गी चाहनाहरू
नाटक

सप्तरङ्गी चाहनाहरू

गोविन्दसिंह रावतBy Sahitya SagarFebruary 1, 2023No Comments17 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

गोविन्दसिंह रावतको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी विभिन्न विधामा कलम चलाउने प्रवासी नेपाली साहित्यकार हुन् । प्रस्तुत शृङ्खलामा उनको ‘सप्तरङ्गी चाहनाहरू’ शीर्षकको लघुनाटक समेटिएको छ । यसले आजका युवायुवतीमा बढ्दै गएको विदेश मोह र आफ्ना धर्म संस्कार र संस्कृतिप्रतिको वितृष्णालाई देखाइएको छ ।

-सम्पा.

(नेपथ्यबाट साङ्गीतिक धुनहरू बजिरहेका छन् । कुनै बिहे घरको वातावरण । मानिसहरूको चहलपहल । मञ्चमा आवश्यकताअनुसारका मध्यम परिवारको कोठाको स्वरूप दिने खालका समग्रीहरू । अन्दाजी २०÷२२ वर्षको ठिटो सुटमा सजिएको छ र टाई लगाउने प्रयास गर्दै छ । सगै अर्को अन्दाजी त्यही उमेरको केटो लुगा लगाउन सहयोग गर्दैछ । उसको हातमा केही टाईहरू र माला छ । स्वयम्बर गर्न जानु भन्दा अगाडिको वातावरण । )

दिपक : खोई । त्यो भन्दा बरु यो टाई सुहाउला जस्तो छ ।
मनिस : (टाई लगाउँदै) पख् न हेर्न दे ।
दीपक : रातीको साइत छ मनिस दाइ । जुत्ता जोगाउनु होला है ।
मनिस : स्वयम्वरमा पनि कतै जुत्ता लुकाउँछन् र ?
दीपक : रमाइलो गर्नलाई हिजो–आज ठिटीहरू जे पनि गर्छन् भन्या । पैसा ठग्ने उपाय हो क्या । राम्रो लुगा लाएर राम्री भएर आएपछि  टाहरूको मन त्यसै त्यसै पग्लिएर जान्छ । फेरि केटी भनेको यस्तो राप हो जसको तापले केटाहरू आपसे आप पग्लिएर जान्छन् । म त पग्लिन्छु भने अरूको के कुरा ।
मनिस : ल ल बढी जान्ने न हो ।
(कोठामा त्यस्तै उमेरको अर्को ब्यक्ति प्रवेश गर्छ)

दीपक : (आत्तिएर) आम्मै अजयदाइ । क्यानाडाबाट हो कि क्या हो । हिजो मात्रै काकीले मनिस तेरो मिल्ने साथी छुट्यो भन्दै हुनुहुन्थ्यो । आज त टुप्लुक्कै आइपुग्नुभयो गाँठे । क्या ब्युटीफुल हुनुभएछ ।
मनिस : (अचम्म मान्दै ) अचानक । (अजयलाई समाउँदै) कस्तो खुसी लाग्यो ।
अजय : यो के भइरहेको छ ? (मलिन अनुहार बनाएर एकातिर उभिन्छ)
मनिस : (दीपकलाई भन्दै) जा तल गएर खबर सुनाइदे अनि मिठो चिया लिएर आइज ।
अजय : (नम्र भएर) इट्स ओके । तिमी जाऊ दीपक म हेर्छु मनिसलाई ।
दीपक : म तल गएर समाचार विस्तारले सुनाउँछु सबैलाई ।
(दीपक जानासाथ अजय गएर ढोका लगाउँछ र उत्तेजित भएर कराउन थाल्छ)

अजय : यो सब के हो ?
मनिस : मैले तिमीलाई मेल गरेको थिएँ त ?
अजय : अनि मेल गरेपछि तिम्रो रेस्पोन्सिबिलिटी सिद्दियो त ? कसरी सोझै मान्या तिमीले बिहे गर्न ?
मनिस : कारण छ ।
अजय : म आउँछु भनेकै थिएँ । कारणलाई पन्छ्याउन सकिन्थ्यो ।
मनिस : म बाध्य भएँ । बाआमा अनि घरपरिवारका सबैले मलाई बाध्य गराए ।
अजय : आजको जमानामा तिमी जस्तो पढेलेखेका मान्छेलाई पनि बाध्य गराउन पकिन्छ ?
मनिस : हजुर बुवा सिकिस्त भएर म बाध्य भएँ । मलाई बाध्य बनाइयो ।
अजय : यो कुनै कारण भएन । तिमी यति कमजोर छौं भन्ने मैले सोचेको थिइन ।
मनिस : डाक्टरले समेत भनेपछि म के गरुँ ।
अजय : बिहेसँग डाक्टरको के सम्बन्ध ? कि कतै तिमीलाई कुनै रोग लागेको छ । साँचो भन प्लिज ?
मनिस : धत् । त्यसो हैन । हजुरबुवा अहिले पनि अस्पतालमै हुनुहुन्छ ।
अजय : अनि । यही हो त तिम्रो एक्सक्युज ।
मनिस : मैले त्यसो भन्न खोजेको हैन ।
अजय : अनि के हो त ?
मनिस : मेरो बा हजुरबुवाको एक मात्र छोरा अनि म पनि चार छोरीहरूपछि जन्मिएको वहाँको म एक मात्र नाति । मेरो बिहे हेरेर मर्ने इच्छा गरेपछि घरपरिवारको केही लागेन ।
अजय : हामी किन अहिलेसम्म पुरानै विश्वासमा बाँच्ने गर्छौं । ननसेन्स ।
(एउटी अधबैँसे उमेरकी महिलाको प्रवेश । दुवै सतर्क हुन्छन् )

महिला : हैन दुलाहा राजा ठाँटिन कति बेर लागेको ? हल्का मेकअप गर्ने कि भनेर म आएको ।
मनिस : (झर्को मान्दै) पर्दैन, पर्दैन, केको मेकअप नि ।
महिला : (अजयलाई देखेर चिने झैँ गरी ठम्याउन खोज्दै) आम्मै यो अजय हैन ? कहिले आ’को ?
अजय : (चिन्ने प्रयत्न गर्दै) मैले चिनिन नि ?
मनिस : साइँली फुपू क्या । रोजालिनको ममी ।
अजय : (चिनेझैँ गर्दै) ओ……. या…….नमस्कार फुपू । अनि रोजालिन के गर्दैछे ?
महिला : के गर्नु र लोग्नेको टान्सफरमर भएपछि मसँगै बस्छे । अनि बुटी पालको काम सिक्दै छे ।
अजय : ट्रान्सफरमर ?
मनिस : सरुवा भन्न खोज्या हो फुपूले । ल फुपू तल गए हुन्छ । हामी चाँडै तल झर्दैछौँ भनिदिनु ।
(मनिस महिलासँग कुरा गर्दै मञ्चको छेउसम्म पुग्छ)

महिला : ल त मेकअप नगर्ने भएँ मेरो के काम ।
(महिला प्रस्थान गर्छे । अजय फेरि मनिसको छेउमा आएर……)

अजय : तिमी के भन्न खोज्दै छौँ । यो कुरा तिमीले मेलमा भनि सकेका छौँ ।
मनिस : त्यही त । मलाई ट्रेपमा पारेपछि म के गरुँ ? मैले बिहे गर्दिनँ  भनेपछि घरमा नै रण सङ्ग्राम मच्यो । बा आमालेसमेत मलाई त छोरा नै होइनस् भनेर थ्रिटेन गर्न थालेपछि …………..
अजय : (बिचमा कुरा काट्दै) आई नो डेट । तिमीले भनि सकेको कुराहरू फर गड सेक रिपिट न गर । मैले तिमीलाई मेलमा भनि सकेको थिए, बाई एनि हाउ“ पोस्पोन्ड गर भनेर । तर……………..
(अजय आवेगमा मञ्च ओहोरदोहोर गर्न थाल्छ)

मनिस : मैले धेरै नै ट्राई गरेँ । केही समय अल्मल्याएर पर पनि सारेँ । हजुरबुवा सिरियस हुनुहुन्छ र अर्को साइतलाई छ महिना कुर्नुपर्छ भनेर सबैले जोर जबरजस्ती गरेर आजको दिन स्वयम्बर र अर्को साता बिहेको साइत जुराएर हजुरबुवाको लागि छिटो छिटो सबै काम सिध्याउने तिर लागेपछि मेरो केही लागेन । मैले इमेल पनि गरेको थिएँ ?
अजय : मैले पाएँ । त्यो पाएपछि म आफै डिस्टर्ब भएँ । तर के गर्ने ? म टाढा थिएँ । कमसे कम तिमीले त कुनै उपाय निकाल्न सक्थ्यौ कि जस्तो लागेको थियो । तर…..
(मनिसको भिनाजुको प्रवेश)

भिनाजु : हैन दुलाहाराजाको सवारी कति खेर निस्कने हो ? (अजयलाई देखेर हर्षित हुँदै) लौ अजय पनि पुगि सकेछ ।
अजय : नमस्ते भिनाजु ।
भिनाजु : नमस्कार । नमस्कार । यस्तो पो हो द्यौतारी भनेको । अनि के छ त ? अहिले आयौं ? तल गाईगुई त सुन्याथ्यो । साच्चै नै आको रहेर त हल्ला चालेको रच ।
अजय : आजै हो ।
भिनाजु : साइत हेरेरै आका रहेछौं । भन्दै थिए सबैले मनिसको बिहेमा अजय नहुनु तिहुनमा नुन नहुनुसरह हो भनेर । अनि सुनाऊ न त क्यानाडाको खबर । खै यहाँ बसेर उँभो लागिएला जस्तो छैन । मेरो बैँकको सुब्बा २०४६ पछि जागिर छोडेर राजनीतिमा लागेको मान्छे संस्थानको जि.एम. भै सक्यो । कुन दिन मेरै बैँकको म्यानेजर बनेर आउला ।
मनिस : मेरो क्याम्पसको लद्दु साथी त मन्त्रीको सल्लाहकार भयो रे ।
भिनाजु : सोर्स फोर्समा देश चलेको छ यार । बरु उता आउनु पर्ला । म पनि लेण्डिङ्घ प्रोसेसतिर लागौ कि ? के छन् त अपुर्चिनिटीहरू ।
अजय : डेट्स अप टु यु । जिरोबाट सुरु गर्नुपर्छ । वर्क हार्ड छ तर लाईफ सेकुयर्ड र राम्रो छ ।
भिनाजु : हैन धेरै नै मान्छेहरू रिफुजी भएर बसेका छन् रे नि ?
अजय : एस । त्याहाँ दुई चार जना नेपालीहरूको काम नै इन्सटेन्ट स्टोरी बेचेर पैसा कमाउने छ ।
भिनाजु : हाम्लाई दिन्छन् त रिफुजीमा ?
अजय : डाक्टर, इन्जिनियर, पाइलट त रिफुजी भएर बसेका छन् । चाँडै स्टेटस पाइन्छ भनेर सबै त्यसै गर्छन् ।
(नेपथ्यबाट महिला ए हजुर π भन्र्दै प्रवेश गर्छिन)

दिदी हैन कहाँ हराउनुभएको ? तल बुवाहजुरले खोजी राख्स्या थ्यो ।
(ए….. अजय …… त आएको तल हल्ला सुनेको थिएँ । अनि मनिसले त घरजम गर्‍यो । तैँले कहिले गर्ने नि ?
भिनाजु : केटी पाए त दुवैलाई एउटै जग्गेबाट उमक्याउनु हुन्थ्यो ।
अजय : मनिसले गरेपछि मेरो पनि भए जस्तो भयो नि ।
दिदी : (भिनाजुको पाखुरा समाउँदै) तल हिँडिस्योस् रे के ?
भिनाजु : हिड ! तिमीहरू पनि चाँडै तल झर । कोठा थुनेर खुसुरफुसुर गर्ने बानी भने अहिलेसम्म गएको रहेन छ यिनीहरूको ।
(दिदी भिनाजु गएपछि अजय फेरि ढोका लगाउँछ )

अजय : तिमी त धेरै नै खुसी भएको होला हैन ? आप्mटर अल बिहे गर्दै छौं ?
मनिस : त्यसो नभन न । मैले तिमीलाई दिएको वचन कहाँ बिर्सेको छु र ।
अजय : अनि यो सब के त ?
मनिस : मेरो बाध्यता ।
अजय : म यहाँ आएको ब्यर्थ भयो हैन ?
मनिस : मैले त्यसो भनेको छैन अजु । (अजयको हात समातेर) तिमीलाई थाहा छ मेरो लागि यो सब ब्यर्थ हो भनेर । यो मेरो घरले देखाएको बाध्यताभित्र कैद मेरो विवशता हो । तिमीलाई देखेपछि ममा आँट पलाएको छ । मलाई मुक्त गरीदेऊ यो कैदबाट ।
अजय : यसलाई कसरी पन्छ्याउने ?
मनिस : तिमी आफै सोच । तिमी आउने भए मलाई फोन गर्नु पर्दैनथ्यो ?
अजय : मैले कति पटक फोन गरे टोरोन्टोबाट, लण्डन र दुबई एयरपोर्टबाट पनि फोन गरे । खालि एङ्घेज । एङ्घेज । कहिले का“ही उठायो भने पनि न चिन्ने मान्छे र केटाकेटीले उठाएर बोलाइदिन्छु भनेर घण्टौँ होल्डमा राखिदिन्छन् । तिमीलाई इमेल पनि कति पठाइसके । नो रेस्पोन्स ।
मनिस : बिहेको घर अनि एउटै फोन त्यसमाथि घरभरि मान्छेहरूको ताती । इमेल खोल्न नपाएको पनि हप्ता दिन भइसक्यो ।
अजय : देट्स योर प्रोब्लेम । तिमीलाई थाहा छ त यही वर्षभित्र सबै कुरा मिल्छ भनेर । (अडान) स्पोन्सरको फाईल एसेप्ट भई सक्यो रे । अब इन्टरभ्युलाई बोलाउन मात्र बाँकी थियो ।
मनिस : थाहा थियो । एसेप्ट भएको पनि सात आठ महिना भइसक्यो …………
अजय : (मनिसको कुरा काट्दै उसको नजिकै आएर) तिमी के चाहन्छौ ?
मनिस : मतलब ?
अजय : तिमी यो बिहे चाहन्छौ ?
मनिस : भनिसकेँ नि म बन्धनमा बाधिएँ ।
अजय : तिमी मसँग जान चाहन्छौ ।
मनिस : मेरो इच्छा नै त्यही छ । के यो सम्भव छ ?
अजय : मैले सम्भव बनाई सकेको छु ।
मनिस : कसरी ?
अजय : मैले मेरो वकिलसँग कुरा गरेर पिटिसन फाइल गरि सकेको छु । तिम्रो घरबाट जबरजस्ती बिहे हुँदैछ भनेर तिम्रो लाइफ जोगाउन तिमीलाई यहाँ ल्याउनु जरुरी परेको कुरा पनि भनिसकेको छु । हाम्रो सम्बन्धका बारेमा पनि भनिसकेको छु ।
मनिस : त्यसो भए भिसा मिल्छ त ?
अजय : त्यही भिसा मिलाउने चक्करमा म पाँच सात दिन एकदमै ब्यस्त भए । मैले हाम्रो टोरोन्टोको सांसद्सँग पनि कुरा गरे । उसलाई हाम्रो वृतान्त सुनाए । हि इज अल्सो पोजेटिभ विथ अस ।
मनिस : को सांसद् ?
अजय : हाम्रो कम्युनिटीको सांसद् हो । ऊ पनि हामी जस्तै हो । मैले तिमीलाई ल्याउन स्पोन्सर गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको छु । प्रोसेस ढिलो भयो भने तिम्रो लाइफ कम्प्लिट्ली चेन्ज हुन सक्छ भनेर सांसद्लाई चाँडै प्रोसेस अगाडि बढाउन भनेपछि बल्ल सबै कुरा मिल्यो ।
(दीपक किस्तीमा चिया र खाजा लिएर आउँछ)

दीपक : ल है अजय दाइ चिया खाजा ल्याइदिएको छु झटै खाएर दुवै जना तल झर्नोस् रे । मनिस दाइलाई त पुरोहितले खोज्दै छ ।
अजय : तिमी जाऊ म मनिसलाई लिएर आउँछु ।
दीपक : कस्तो सारो हो कुरै नै नसिद्धिने । (फतफताउँदै जान्छ )
(अजय मनिसको नजिकै आएर)

अजय : हेर मैले तिमी आउछौ भनेर चर्च स्ट्रिटमा सिङ्गल बेडरुमको अपार्टमेन्ट लिई सकेको छु । वि मस्ट हेभ टु गेट आउट फ्रम हेयर ।
मनिस : चर्च स्ट्रिटमा ?
अजय : (प्रसन्न भएर) एस माई डियर चर्च स्ट्रिट । यही हाम्रो कम्युनिटी भएको ठाऊँ हो । त्यहाँको वातारण सबै हाम्रो चाहनाअनुरूप हुन्छ । त्यहाँ भएको पप, रेस्टुरेन्ट, महलहरू हाम्रै लागि खुलेका छन् । त्याहाँ हामी जस्तोको सेकुरिटीको लागि कम्युनिटी सेन्टर पनि खुलेको छ । क्यानाडा सरकारलेसमेत राष्ट्रिय मान्यता दिएको हाम्रो समाजको राजधानी हो चर्च स्ट्रिट । त्याहाँ झुण्ड्याएका रङ्गीविरङ्गी ध्वजा पताकाहरूले नव आगन्तुकहरूलाई सधैँ आमन्त्रित गरेको हुन्छ ।
मनिस : त्यो अनुभव गर्न म ब्याकुल भएको छु अजु ।
अजय : यस्ता धेरै नै अनुभवहरू हामीले गर्न बाँकी छ मनु । मैले हाम्रो लागि धेरै नै सपनाहरू देखेको छु । वि हेभ टु मेक आवर ड्रिम टु ।
मनिस : (भावुक भएर अजयलाई अङ्कमाल गर्दै) मलाई यहाँबाट मुक्त गराऊ अजु ।
(हात समातेर अजयको मुहार सुमसुम्याउन थाल्छ)
अजय : (मनिसलाई त्यसरी नै माया गर्दै) म तिमीलाई मुक्त गराउनु भनेर नै आएको हो । तिमीले मैले भनेबमोजिम गर्नुपर्छ । यो हाम्रो संसार होइन । हाम्रो आफ्नै नयाँ संसार छ, नयाँ आकाश छ, नयाँ भविष्य छ टोरन्टोमा ।
(आमाको प्रवेश)

आमा : ल हेर यो अजय, आउने वित्तिकै कसैलाई नभेटी साथीलाई नै सुम्सुम्याउन पुग्नुपर्छ ? (अडान) यिनीहरूको कोठा थुनेर घण्टौँसम्म फुसुरफुसुर कुरा गर्ने बानी अझ गाको रहेनछ । यतिका वर्ष अम्रिका बसेपछि बानी छुट्नु पर्ने नि ?
मनिस : अमेरिका हैन आमा क्यानाडा हो ।
आमा : (झर्को मान्दै) आ……….. केनेडा होस् कि जापान होस् विदेश भनेपछि हिजोआज सबैले अम्रिका भन्छन् । (अजयलाई हेर्दै) अनि साथीको त बिहे हुने भयो । तिम्रो कहिले नि ?
अजय : साथीसँगै गरौँला नि आमा ।
आमा : ऊ हेर, अझसम्म त्यो भन्न छोडेको रहेनछ । सानैदेखि बिहे गर्ने भन्यो कि मनिससँग गर्छु भन्ने बानी जस्ताको त्यस्तै छ ।
(दीपक दौडेर आउँछ )

दीपक : हैन फुपू के गरिरा, तल झट्टै आउनुपर्‍यो रे ।
आमा : आउँदैछु † आउँदैछु †† यो अजय आएको थाहा पाएर माथि उक्लेको । (अजयको हात समातेर) ल बाबु साथीलाई राम्रो बनाएर तल झार ल । चाँडै गर्नु है । तिमीहरू त फेरि कोठा थुनेर बसेपछि रात परेको पनि थाहा पाउँदैनौँ ।
दीपक : हजुर तल झर्नु क्या । यी दाइहरूलाई म लिएर आउँछु । (आमाको प्रस्थान) अनि अजय दाइले सुट लाउने हैन ?
अजय : बिहे भन्दैमा सुट नै लाउनुपर्छ र ?
दीपक : ल…… विदेशमा बसेको मान्छे रे । आज त राम्रो देखाउनलाई लोग्ने मान्छेले मागेर भए नि सुट लाउनै पर्छ भने आइमाईहरूले पनि मागेर भए नि लटरम्म गहना लाउनुपर्छ । अब मन्दिर जाँदा लाउनुभएन क्यारे । झन हिजोआज त ठिटीहरूले पनि मिल्ने सुट लाएर आउँदा त हुरुक्कै पारिदिन्छन् । चतुरेले त लाको छ भने अरूको के कुरा ।
अजय : हु इज चतुरे ? हिज ब्रदर ?
मनिस : हैन † हैन †† हाम्रो घरमा काम गर्ने केटो ।
दीपक : जाऊ न तल भन्या । साइतको बेला भै सक्यो ।
मनिस : त जा के हामी आउँदै छौँ । अलिकति कुरा गर्नुछ अजयसँग ।
दीपक : थाहा छ, थाहा छ । तपाईंहरूको त्यो कहिल्यै न टुङ्घिने कुरा । (अडान) आज त धेरै कुरा नगर्नु नि ।
मनिस :  तँ जा के तल ।
दीपक : ल ल गएँ । झट्टै आउनुस् नि ।
(दीपक जान्छ । अजय मनिस नि आउँछ)

अजय : वि डन्ट हेभ मच टाईम ।
मनिस : के गर्ने त ?
अजय : मैले लयरको थ्रोबाट स्पोन्सरको फाइल सबमिट गरिसकेको छु । उसले क्यानाडाको एम. पी. को इन्डोर्स गरेर दिल्लीको क्यानेडियन हाइ कमिसनमा पठाइदिएको छ । हामी दिल्ली जानुपर्छ । स्पेसियल केस भएकोले तिमीले पहिला टुरिस्ट भिषा पाउँछौँ । ल्यान्डिङ प्रोसेसको फाइल पनि चाँडै फरवर्ड हुन्छ । दिस एभ्रीथिङ्घ इज जस्ट फर अस ।
मनिस : हामी कसरी दिल्ली जाने ? यस बेला, यस्तो अवस्थामा ? आइ मिन भोलि/पर्सि गए हुँदैन ?
अजय : कस्तो कुरा गरेको । यहाँ बिहेको स्वयम्वर पनि गर्ने अनि उता मसँग पनि जाने ? यस्तो गर्नु भनेको तिमीले आज मलाई धोका दिई रहेकाछौ भने भोलि तिम्री हुनेवाला स्वस्नीलाई धोका दिने छौ ।
मनिस : त्यसो भए म के गरुँ त ? तल स्वयम्बरमा जानलाई सब तैयार भएर बसेका छन् । के म तल गएर भनिदिऊँ म बिहे गर्दिन भनेर । तिमीलाई थाहा छ त्यसपछि के हुन्छ ।
अजय : (आवेगमा) आई डन्ट कियर । (केही सोचेर मनिसनिर आएर) थिङ्क पोजेटिभ समथिङ्घ । मलाई प्रोब्लेम भन्ने होइन ? प्रोब्लम कसरी साल्भ गर्ने, जस्ट थिङ्क । डेट्स इट ।
(अजयको नजिक आएर उसको हात समातेर सुमसुम्याउँदै)

मनिस : म यो मायाजालमा पर्न चाहन्न अजु । मलाई प्रोटेक्ट गर । मलाई सपोर्ट गर । मलाई हाम्रो स्वप्ननगरमा लग । तिमी जे भन्छौ म त्यही गर्न तयार छु । आई रियली लभ यु । मलाई आफुसँगै लग प्लििज ।
अजय : (मनिसलाई अङ्कमाल गर्दै) आई नो ईट । मेरो यहाँ आउने उद्देश्य पनि तिमीलाई लिनलाई मात्रै हो । सबै कुरा मिलाउँदा टाइम लाग्यो । आई इभेन डन्ट स्लिप फर लास्ट फोर नाईट्स प्रोपर्ली । हामीले वर्षौदेखि देखेको सपना साकार गराउनुपर्छ । तिमीलाई म लिन भनेरै आको हो ।
मनिस : मलाई एउटै कुराको मात्रै डर लागिरहेको छ । कतै पहिल्यै जस्तै मेरो भिसाको एप्लिकेसन रिजेक्ट भयो भने म के गरुँ ?
अजय : अब त्यसो हुँदैन ।
मनिस : के ग्यारेन्टी छ ? तीन पटक त भइसक्यो ।
अजय : यस पटक मैले सबै इभिडेन्सहरू बुझाएको छु । तिमीले पठाएको एसेप्टेन्स लेटर, हाम्रो लभ लेटर्स , तिमीलाई ट्रयापमा पारेर परिवारले इमोसनल ब्लेकमेलिङ्घ गरेर तिम्रो अधिकारलाई एब्युस गरेको र तिम्रो जबरजस्ती बिहे भयो भने तिमीले सुसाइट गर्ने विचारहरू र हाम्रो कम्युनिटीले हाम्रो सम्बन्धका बारेमा लेखिदिएको सिफारिस सबै ठुलो सपोर्टिङ्घ डकुमेन्टस छ हामीसँग ।
मनिस : यो घरको ढोका नाघेर गएपछि म फर्केर आउन चाहन्नँ । यस पटक पनि भिसा रिजेक्ट भयो भने म मरेसरह हुन्छ ।
अजय : डन्ट टक सिल्ली । (मनिसलाई समाउँदै) थिङ्क पोजेटिभ । अब यो घर छोडेर गएपछि फेरि फर्केर आउनु पर्दैन । आई प्रमिस यु ।
मनिस : (अलि खुसी हुँदै) साँच्चै ।
अजय : हो । मैले तिम्रो नाम मेरो कमन ल पार्टनर भनेर रजिस्टर गरिसकेको छु । हामी अब चाँडै नै कानुनत एक अर्काको हुने छौँ । टोरोन्टो गएर मेरिज रजिस्टर गर्नुपर्छ । (मनिसलाई तानेर च्याप्प अंकमाल गर्दै) यु आर माईन । माई लाइफ । माइ लभ ।
(दुवै जना आवेगमा एकअर्कालाई माया गर्दै चुम्बन गर्न थाल्छन् )
(दिपक हस्याङ्घ फस्याङ्घ गर्दै भित्र आउँछ र दुवैलाई अङ्कमाल गरेको देखेर……..)

दीपक : हेर ……..साथीको बिहे हुने भयो र छुट्टिएर जान्छ भनेर दुःख मानेको । (दीपकलाई देख्नासाथ दुवै छुट्टिन्छन् ) आज त बिहे रोक्किहाल्यो । अस्पतालबाट फोन आको थियो । हजुर बा….
मनिस : (आश्चर्य मान्दै) के भो हजुरबालाई ?
दीपक : तल रुवाबासी सुरु भइसक्यो । सबै हस्पताल जान तर्खर गर्दैछन् । तपाईं पनि हिड्नुस् रे । झट्टै झर्नुस् रे । स्वयम्बर त किनसिल भयो । बेहुलीको घराँ पनि खबर पठाइ सके ।
(फतफताउँदै निस्कन्छ)

कस्तो रमाईलो गर्ने दिन पनि नरमाइलो भएर गयो ।
(प्रस्थान)

मनिस : (अजयलाई हेर्दै) के गर्ने ?
अजय : गुड न्युज । (मनिसलाई च्याप्प समाउँदै) इट इज टाइम टु कन्भिन्स एभ्रीबडी ।
मनिस : हजुरबा ?
अजय : शायद हाम्रो मिलन साँचो भएर होला (अडान) हि लेप्mट अर्ली ।
मनिस : (विस्तारै लुगा फेरेझैँ गर्छ) अस्पताल तिमी पनि जाने हैन त ?
अजय : म जाँदिन । म घर जान्छु र भोलि फस्ट प्mलाइटमा नै हामी दिल्ली निस्कनुपर्छ ।
मनिस : हजुरबा ?
अजय : म गएर हाम्रो कम्युनिटीको एम.पीलाई फोन गर्छु । अहिले उता बिहान भइसक्यो । अनि उसलाई तुरmन्तै दिल्ली फोन गर्न लाउँछु । वि डन्ट ह्याभ मच टाइम ।
मनिस : म के गरुँ ?
अजय : प्रिपरेसन गर्नुपर्‍यो । चाँडै दिल्ली निस्कनुपर्छ ।
मनिस : त्यसो भए म घाट जान्नँ । सञ्चो भएन भनेर अस्पतालबाटै घर फर्कन्छु ।
अजय : हामीसँग टाइम एकदमै कम छ ।
मनिस : तेह्र दिन त रोकिनु पर्ला नि ?
अजय : हि इज योर ग्राण्ड पा । बर्खी बुवा बस्ने हो तिमी होइन । (अडान) रिल्याक्स ।
हामी : कसरी उम्किने भन्ने बाटो खोज्नु जरुरीपर्छ ।
मनिस : यस्तो बेला छोडेर जान मिल्छ त ?
अजय : (झर्केर) इट इज योर प्रोब्लेम । तिमी मसँग छैनौ भने म गएँ …….. (जान खोज्छ)
मनिस : (समातेर रोक्दै) के गर्ने खै मेरो दिमागले काम गर्नै छोड्यो । कस्तो धर्म सङ्कटमा पारिदियो यो हजुरबुवाले फेरि।
(एक छेउमा गएर उभिन्छ)
अजय : म जाउँ है ? घरमा पनि कसैसँग राम्ररी कुरा गरेको छैन । कम्पनीको कामले इन्डिया आउँदा घर पसेको मात्रै हो भोलि जानुपर्छ भनेर । (अडान) जस्ट फर यु । (अडान) यु नो द्याट ।
मनिस : मलाई छोडेर न जाऊ प्लििज । (अजय नजिकै आएर) मलाई एकदमै डर लागिराको छ ।
अजय : त्यसो भए मसन्ग हिड । फरगेट एभ्रिथिङ्घ । हाम्रो संसार यहाँ हैन त्यहाँ छ ।
अनावश्यक ट्रेडिसनमा बाँधिएर केही फाइदा छैन । समयसँग हिड्न सक्नुपर्छ । र अहिले समय हाम्रो हातमा छ । जुन समयलाई तिमीले यतिका वर्ष कुर्‍यौ त्यो अहिले हाम्रोअगाडि उभिएको छ । समयलाई चिन । (अडान) समयसँग हिड ।
मनिस : ठिक भन्यौ तिमीले अजु । म समयलाई जान दिन्नँ । धेरै बादलपछि देखिएको घाम हो यो । हाम्रो नवजीवनको नौलो बिहान हो यो । म समयलाई जान दिन्नन् । यो घर घृहस्थीको नचाहिँदो आडम्बरमा बाँधिन चाहन्नँ म । यो घृहस्थीको परम्पराबाट मलाई टाढा लग अजु । म तिम्रो हो । हाम्रो गन्तब्य यहाँ होइन । (अडान) यहाँकाले हाम्रो प्रेमलाई बुझ्न सक्दैनन् …………..
अजय : (दुवै हात फैलाएर अङ्कमाल गर्न बोलाउँदै) त्यसो भए आऊ । आज हामी एकअर्कालाई मनग्यै माया गरौँ । अनि भोलिको हाम्रो आफ्नै नयाँ बिहानीको स्वागत गरौँ । पहिलो घामका पाइलाहरूलाई पच्छ्याउँदै हाम्रो सप्तरङ्गी दुनियाँमा हराऊँ ……..
(मनिस गएर अजयलाई अङ्कमाल गर्छ र दुवै एक अर्कालाई माया गर्न थाल्छन् )

समाप्त

  • Sahitya Sagar
    Sahitya Sagar
गोविन्दसिंह रावत
गोविन्दसिंह रावत
Post Views: 783
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

जिउँदाहरूको चित्ता

February 13, 2023

प्रभाव

January 15, 2023

एक चिहान

February 28, 2022

मियो

July 8, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.