SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » ‘प्रज्ञा नेपाली शब्दकोश’का सम्बन्धमा
समीक्षा

‘प्रज्ञा नेपाली शब्दकोश’का सम्बन्धमा

प्रा. जगत् उपाध्याय प्रेक्षित्By Sahitya SagarJanuary 14, 2023No Comments7 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

जगत् उपाध्याय प्रेक्षित्को परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी नेपाली साहित्यका क्षेत्रमा सिर्जनात्मक, समीक्षात्मक र साङ्गठनिक ढङ्गले समर्पित प्रतिभा हुन् । नेपाल प्रज्ञाप्रतिष्ठानको दुई कार्यकाल प्राज्ञसभा सदस्य र एक कार्यकाल सदस्यसचिवको जिम्मेवारी पाइसकेका प्रेक्षित्को साहित्यसागरको प्रस्तुत शृङ्खलामा प्रज्ञा नेपाली बहृहत् शब्दकोश निर्माणको सन्दर्भसम्बन्धी सामग्री प्रस्तुत गरिएको छ ।

-सम्पा.

नेपाल प्रज्ञा-प्रतिष्ठानबाट २०७९ आषाढमा प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ लाई लिएर केही पत्रिका र विद्वान्हरूका टिप्पणी सार्वजनिक भएका सन्दर्भमा नेपाली भाषाको शब्दकोश निर्माणको सङ्क्षिप्त दिग्दर्शनसहित उक्त कोशको निर्माणप्रक्रियाका सम्बन्धमा यस मुहारपुस्तकको भित्तामार्फत केही कुरा सार्वजनिक गर्न मन लाग्याे ।

हालसम्मको खाेजअनुसार विक्रमको दसौँ शताब्दीपछि लेख्य रूपमा आएको नेपाली भाषाको व्याकरण लेख्ने कार्य सर्वप्रथम विदेशी विद्वान्ले गरेजस्तै नेपाली भाषाका शब्दसङ्कलन गर्ने र नेपाली भाषाको कोश निर्माण गर्ने कार्य पनि सर्वप्रथम विदेशी विद्वान्बाटै भएको पाइन्छ । विदेशी विद्वान् डब्ल्यु.जे. कर्कप्याट्रिकले सन् १८११ मा प्रकाशन गरेको आफ्नो पुस्तक ‘नेपालको इतिहास वा वंशावलीसम्बन्धी विवरण’ को पृष्ठभागमा नेपाली शब्दहरूको सूची दिएर नेपाली भाषाका शब्दहरूको सङ्कलन गर्ने परम्पराको सुरुआत गरेका थिए । ए. टर्नबुलले सन् १८२० मा प्रकाशन गरेको आफ्नो पुस्तक ‘नेपाली व्याकरण र शब्दावली’ मा पनि नेपाली भाषाका केही शब्दहरू सङ्कलन गरेका थिए । आर. एल. टर्नरले सन् १९३१ मा आफ्नो ‘नेपाली भाषाको तुलनात्मक तथा व्युत्पत्तिमूलक शब्दकोश’ प्रकाशन गरे, जसमा नेपाली शब्दहरूका अर्थ अङ्ग्रेजी भाषामा दिइएका छन् । यसरी नेपाली शब्दहरूको सङ्कलन र अर्थलेखन गर्ने कार्य माथि उल्लिखित र अन्य कतिपय विदेशी विद्वान्हरूले गरिरहेका पृष्ठभूमिमा चक्रपाणि चालिसेका ‘बगली कोश’ (१९९८) र ‘पर्यायवाची कोश’ (१९९९) तथा रामचन्द्र ढुङ्गानाको ‘नेपाली कोश’ (२००८) प्रकाशन भए ।

अहिले प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ सङ्घीय संरचनासहितको लाेकतान्त्रिक गणतन्त्रको स्थापना र समाजवादाेन्मुख राष्ट्रनिर्माणको प्रतिबद्धतायुक्त संविधान जारी भएपछि नेपालको बहुभौगोलिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विशिष्टतालाई केन्द्रमा राखेर तत् तत् जातीय मातृभाषाबाट नेपालीमा आएर प्रयोग भएका शब्दहरू, खेलकुद, स्वास्थ्य, चलचित्र आदिसँग सम्बन्धित प्रयोजनपरक भाषिक शब्दहरू त्यस क्षेत्रमा क्रियाशील विद्त्समुदाय र सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूका अनुरोधमा समावेश गरेर तयार गरिएको हो । त्यसैले यो शब्दकोश विगतको शब्दकोशभन्दा भिन्न छ ।

‘बगली कोश’, ‘पर्यायवाची कोश’ र ‘नेपाली कोश’ चकै परम्परामा तात्कालिक नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट त्यस वेलाका उपकुलपति बालचन्द्र शर्माको सम्पादनमा ‘नेपाली शब्दकोश’ प्रकाशन भएको थियो । उक्त कोशले लामाे समयसम्म नेपाली भाषामा व्यवस्थित कोशीय अभावको पूर्ति गरे तापनि त्यसलाई अद्यावधिक नगरिएको र त्यसको पुन: प्रकाशन पनि हुन नसकेको तर नेपाली भाषाको प्रयोग विस्तार भने निरन्तर भइरहेको स्थितिलाई दृष्टिगत गरी नेपाली भाषामा प्रचलित सबै स्रोतका शब्दहरूलाई समेट्ने र तिनलाई पुनर्व्यवस्थित गर्ने उद्देश्यले प्रामाणिक र आधिकारिक एउटा छुट्टै शब्दकोशको निर्माण अभियान प्रारम्भ भयो । वि. सं. २०३३ मा तात्कालिक नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका उपकुलपति लैनसिंह बाङ्गदेलको अध्यक्षतामा शब्दकोश समिति गठन भएको थियो र पच्चिस प्रतिशत कार्य त्यसै समितिको परामर्शमा सम्पन्न भएको थियो । २०३६ सालमा उपकुलपति माधवप्रसाद घिमिरे हुनुभयो र उहाँकै अध्यक्षतामा केही परिवर्तनसाथ कोश समितिको पुनर्गठन भयो । परिवर्तित समितिमा प्रज्ञा-प्रतिष्ठानको भाषातर्फका सदस्य प्रा. बालकृष्ण पाेखरेललगायत रहनुभएको थियो । यसै समितिले विभिन्न विद्वान्हरूको सहयोगमा बालचन्द्र शर्माद्वारा सम्पादित ‘नेपाली शब्दकोश’ मा सङ्कलित शब्दहरू र तिनका अर्थलाई पुनर्व्यवस्थित गर्नुका साथै अन्य थुप्रै पारिभाषिकलगायतका शब्दहरूको सङ्कलन र तिनको अर्थलेखनको कार्यसमेत गरेको थियो । यो कोश २०४० सालमा पहिलाे पटक प्रकाशन भएको थियो । यस संस्करणमा मूल प्रविष्टिमा ३२ हजार र उपप्रविष्टिमा ३० हजार शब्द गरी जम्मा ६२ हजार शब्द रहेका थिए । वि. सं. २०७५ सम्म आइपुग्दा यस कोशका दसौँ संस्करणसम्म प्रकाशन भएका छन् । अन्तिम संस्करणसम्म यस कोशमा शब्दसङ्ख्यामा केही वृद्धि भएर ६४ हजार शब्द पुगेका छन् । उक्त कोशको सम्पादक मण्डलमा निर्देशक सम्पादक प्रा.बालकृष्ण पाेखरेल, विशेष सम्पादक प्रा. डा. वासुदेव त्रिपाठी र प्रा.डा.बल्लभमणि दाहाल, सम्पादक कृष्णप्रसाद पराजुली, सहसम्पादक गोपीकृष्ण शर्मा र सहायक सम्पादक हर्षनाथ भट्टराई रहनुभएको थियो ।

कालक्रममा ‘नेपाली बृहत् शब्दकोश’ मा समाविष्ट शब्दहरू नै पनि कम भएका, नेपाली भाषाका क्षेत्रीय, सामाजिकलगायतका भाषिकाका शब्दहरू र नेपालका विभिन्न मातृभाषाबाट पछिल्लो चरणमा नेपालीमा आएर प्रयोग भएका शब्दहरू अनि विज्ञान र प्रविधिको विकाससँगै विश्वसित सम्बन्ध र सम्पर्क बढ्दै जाँदा विदेशी भाषाहरूबाट नेपालीमा आएर प्रयोग भइरहेका शब्दहरू समेटिन नसकेका हुनाले र विभिन्न समयमा सम्पन्न सम्बद्ध विद्वान्हरूसहितका कार्यशालाबाट तद्भव शब्दको वर्णविन्यास तथा पदयोग र पदवियोगसम्बन्धी मान्यतामा समेत केही परिवर्तन आएका सन्दर्भमा यी सबै पक्षलाई सम्बाेधन गर्ने गरेर नयाँ शब्दकोश निर्माण गर्ने निर्णय बैरागी काइँलाको कुलपतित्व र गङ्गाप्रसाद उप्रेतीको उपकुलपतित्वकाल (२०६६-२०७०) मै भएको थियो । सोही निर्णयानुसार उपकुलपतिका साथै नेपाली भाषा, कोश र व्याकरण विभागका प्रमुखका नाताले प्रस्तुत शब्दकोश निर्माणकार्यलाई गङ्गाप्रसाद उप्रेतीले नै २०६६-२०७० मा अगाडि बढाएको, २०७१-२०७५ मा गङ्गाप्रसाद उप्रेती कुलपति हुनुभएको र प्रा. डा. हेमाङ्गराज अधिकारी प्राज्ञ परिषद् सदस्य तथा नेपाली भाषा, कोश र व्याकरण विभाग प्रमुख रहनुभएको अवधिमा समेत यस कोशको निर्माण कार्य उहाँहरूको सक्रियतामा अगाडि बढेको र २०७५-२०७९ मा गङ्गाप्रसाद उप्रेती पुन: कुलपति हुनुका साथै नेपाली भाषा, कोश र व्याकरण विभागको प्रमुखसमेत रहनुभएको अवस्थामा उप्रेतीकै अनवरत चासो र सक्रियताका कारण विभिन्न विद्वान्हरूको सहयोगबाट यस कोशले पूर्णता पाएको छ र प्रथम संस्करणका रूपमा प्रकाशनसमेत भएको छ । यस कोशमा विभिन्न गोष्ठी/सम्मेलन आदिमा पूर्वोत्तर भारतका नेपाली भाषाविद्हरू, त्यहाँका विश्वविद्यालय र महाविद्यालयका नेपाली विषयका प्राध्यापकहरू र लेखक/साहित्यकारहरूबाट प्रस्तुत अनुरोधलाई समेत दृष्टिगत गरेर त्यस क्षेत्रमा बोलिने नेपालीका भाषिकाका शब्दहरूका साथै नेपालमा बोलिने विभिन्न क्षेत्रीय र सामाजिक भाषिकाका शब्दहरू सङ्कलन गरिएका छन् । नेपालमा बोलिने नेवारी, किराँती (राई, लिम्बू), मगर, गुरुङ, तामाङ, मैथिली, भाेजपुरी, अवधी, शेर्पा, थारू आदि भाषाबाट आएर नेपालीमा प्रयुक्त शब्दहरूसमेत समेटिएका छन् । विश्वसितको सम्पर्क/ सम्बन्धमार्फत अङ्ग्रेजीजस्तो अन्तर्राष्ट्रिय भाषाका साथै अन्य विदेशी भाषाहरूबाट पछिल्लो चरणमा नेपालीमा आएर प्रयोग भइरहेका शब्दहरू पनि यसमा परेका छन् । यसमा पछल्लो चरणमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ को कहर र यसको रोकथाम र नियन्त्रणका सन्दर्भमा प्रचलनमा आएका लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, स्यानिटाइजर, भेन्टिलेटर, पर्सनल प्रोटेक्ट इक्विपमेन्टलगायतका थुप्रै शब्द समेटिएका छन् । भारोपेली भाषा परिवारको सर्वाधिक समृद्ध र प्राचीनतम भाषा संस्कृतबाट जस्ताको त्यस्तै वा रूप फेरिएर आएका तर अगिल्ला शब्दकोशहरूमा प्रविष्टि नपाएका विज्ञान, प्रविधि, साहित्य, प्रशासन, भूगोल, राजनीति, पुरातत्त्व, कला, सङ्गीत, उद्योग, वाणिज्य, कानुन, समाजशास्त्र, मानवशास्त्र, खेलकुद, थर, गोत्र आदि अनेकौँ क्षेत्रका यथासम्भव धेरै शब्द यसमा सङ्कलन गर्ने र तिनका अर्थ दिने काम भएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशन भएका र आगामी दिनमा प्रकाशन हुने शब्दकोशलगायत राष्ट्रिय गाैरवसँग सम्बन्धित ग्रन्थहरूको नामका अगाडि प्रज्ञा शब्द जोड्ने भन्ने नीतिअनुसार नै यस शब्दकोशका अगाडि प्रज्ञा शब्द राखेर ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ का रूपमा यसको प्रकाशन गरिएको हो । ‘नेपाली बृहत् शब्दकोश’ तात्कालिक दरबारको विशेष प्रेरणा, पहल र चासोमा निर्माण गरिएको थियो भन्ने कुरा उक्त शब्दकोशको सुरुमै त्यस वेलाका कुलपति लैनसिंह बाङ्गदेलले आफ्नो मन्तव्यमा व्यक्त गर्नुभएका यी पङ्क्तिबाट पुष्टि हुन्छ -“राष्ट्रनायक श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव सरकारको वरद संरक्षकत्वमा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले नेपाली भाषा, कला, संस्कृति तथा ज्ञान-विज्ञानको क्षेत्रमा उत्तरोत्तर विकास गर्दै जाने स्वर्ण अवसर प्राप्त गरेको छ । मौसुफ सरकारबाट बक्स भएको महान् प्रेरणा तथा निगाहको फलस्वरूप यो नेपाली शब्दकोश प्रकाशित हुँदै छ ।” अहिले प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ सङ्घीय संरचनासहितको लाेकतान्त्रिक गणतन्त्रको स्थापना र समाजवादाेन्मुख राष्ट्रनिर्माणको प्रतिबद्धतायुक्त संविधान जारी भएपछि नेपालको बहुभौगोलिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विशिष्टतालाई केन्द्रमा राखेर तत् तत् जातीय मातृभाषाबाट नेपालीमा आएर प्रयोग भएका शब्दहरू, खेलकुद, स्वास्थ्य, चलचित्र आदिसँग सम्बन्धित प्रयोजनपरक भाषिक शब्दहरू त्यस क्षेत्रमा क्रियाशील विद्त्समुदाय र सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूका अनुरोधमा समावेश गरेर तयार गरिएको हो । त्यसैले यो शब्दकोश विगतको शब्दकोशभन्दा भिन्न छ ।

यो शब्दकोश २०४० सालमा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ को जस्ताको त्यस्तै प्रकाशन होइन । ‘नेपाली बृहत् शब्दकोश’ को जग बालचन्द्र शर्माको ‘नेपाली शब्दकोश’ भएजस्तै र बालचन्द्र शर्माको ‘नेपाली शब्दकोश’को जग बगली कोश, पर्यायवाची कोश अनि नेपाली कोश भएजस्तै यस कोशको जगका रूपमा ‘नेपाली बृहत् शब्दकोश’ लाई मानिएको हो । यो कृतज्ञता हो, विनयशीलता हो र अग्रज पुस्ताप्रतिको सम्मान हो । यसमा ‘नेपाली बृहत् शब्दकोश’ मा सङ्कलित शब्दभन्दा दाेब्बर बढी शब्दहरूको प्रविष्टि भएको र तिनको सङ्कलन, अर्थलेखन र सम्पादन/परिमार्जनमा आजका धेरै मान्छेको श्रम परेको हुनाले पुरानो सम्पादक मण्डल यसमा रहने कुरा सम्भव हुने विषय होइन । विभागीय प्रमुखको नेतृत्वमा प्रत्यक्ष सम्पादनमा जोडिएका व्यक्तिहरू सम्पादक मण्डलमा रहने र शब्दसङ्कलन र अर्थलेखनमा सहयोग पुर्याउने विद्वान्हररूको नामावली र स्रोतका रूपमा प्रयुक्त शब्दकोशका नामावली कृतज्ञतासहित शब्दकोशको भूमिका खण्डमा दिने नीतिअनुसार नै सोको पालना गरिएको छ । यस कोशलाई माेबाइल एपमा समेत राखिसकिएको छ । ‘नेपाली बृहत् शब्दकोश’ नवौँ संस्करण (२०७२) ए-फोर साइजको पृष्ठ १३५५ र मूल्य रु. १,०००/- तथा संशोधित र परिवर्धित दसौँ संस्करण (२०७५) को पुनर्मुद्रण (२०७७) ए-फोर साइजको पृष्ठ १३८२ र मूल्य रु. १८९५/- रहेकोमा प्रस्तुत ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रथम संस्करण (२०७९) रोयल साइजको पृष्ठ २१०६ र मूल्य रु. ३३०५/- रहेको छ । यी दुवै कोश प्रज्ञा-प्रतिष्ठानबाट बिक्रीवितरण भइरहेकै छन् ।

  • Sahitya Sagar
    Sahitya Sagar
प्रा. जगत् उपाध्याय प्रेक्षित्
प्रा. जगत् उपाध्याय प्रेक्षित्
Post Views: 944
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.