SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » सिर्जना विमर्श : एक दृष्टिकोण
समीक्षा

सिर्जना विमर्श : एक दृष्टिकोण

Sahitya SagarBy Sahitya SagarJune 26, 2022No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
कृष्णनील कार्की भारततीय नेपाली साहित्यकार हुन् । भारतको विश्वनाथ असमका स्रष्टा एवम् द्रष्टा कार्की राम्रा समीक्षक हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको लक्ष्मण अधिकारीको सिर्जना विमर्श कृतिमाथि लेखिएको समीक्षा समेटिएको छ ।

-सम्पा.

विषय प्रवेश
असमको खौराङ, ओदालगुडी निवासी लक्ष्मण अधिकारी युवा पिँढीका समालोचकको रूपमा परिचित भइसकेको एउटा नाम हो। शिक्षण पेसामा जडित अधिकारी एकजना समालोचकसहितै कवि, अनुवादक र कुशल सम्पादक पनि हुन्। उनको जन्म सन् १९७१ को १६ अगष्टमा भएको हो। उनी असम नेपाली साहित्य सभा, ओदालगुडी जिल्ला समितिको सभापतिका रूपमा सेवारत छन् जसले उनको साङ्गठनिक दक्षताको पनि प्रमाण दिन्छ। उनले सिर्जनाको भूमिमा- माटो र मानिसका कविता (कविता सङ्ग्रह-२००८), पुष्पधर शर्मा की निर्वाचित कविताएं (हिन्दी अनुवाद-२००९), दृष्टिमा सृष्टिहरू (समीक्षात्मक-२०१३),भारतीय नेपाली जाति एक अवलोकन (असमिया: तारापति उपाध्याय, अनुवादक: लक्ष्मण अधिकारी-२०२०), सिर्जना विमर्श (समीक्षात्मक-२०२०) आदि राम्रा पुस्तकीय फसल दिइसकेका छन्।

असममा समालोचना विधा फस्टाउन नसकेको कुरा सबैलाई थाहा छ। दुर्गाप्रसाद घिमिरे, छबिलाल उपाध्याय, लीलबहादुर क्षत्री, विद्यापति दाहाल, लक्ष्मीप्रसाद पराजुली, ज्ञानबहादुर छेत्री, मोहन सुवेदी, डा. खेमराज नेपाल, डा. खगेन शर्मा, कमलकान्त सेडाईँ, घनश्याम तिम्सिना, जमदग्नि उपाध्याय, अविकेशर शर्मा, लक्ष्मण अधिकारी, कृष्णविक्रम राणा आदि समालोचकहरूले समीक्षाका कृति प्रकाशित गर्न सक्षम भएका छन्। असममा ज्ञानबहादुर छेत्री नै बढी समालोचना लेख्ने समालोचकका रूपमा परिचित छन्। उनले ६ वटा समालोचनाका पुस्तकहरू प्रकाशित गरिसकेका छन् भने निरन्तररूपमा यस विधामा कलम चलाइरहेका पनि छन्। उल्लेखित समालोचकहरू बाहेक पनि फुटकररूपमा समालोचना लेख्नेहरू यस प्रकार छन् हरि गजुरेल, रुद्र बराल, शान्ति थापा, डा. इन्दुप्रभा देवी, देवीचरण सेडाई, डा. तिलक शर्मा, मित्रदेव शर्मा, खेमानन्द मिश्र, डम्बर दाहाल, रोहित गौतम, दैवकी देवी तिम्सिना, पूर्णकुमार शर्मा, अञ्जन बासकोटा, डा. ढुण्डिराज उपाध्याय, हेमकुमार गौतम आदि। सोसियल साइटमा अहिले नव पुस्ताका सर्जकहरू पद्मा देवी, अनुपमा कट्टेल, दीपक गजुरेल, किरणवाला देवी, तिलक शर्मा, चेवन शर्मा, निलीमा आचार्य, पूजा उपाध्याय आदिले यस विधालाई थप मलजल दिएको दृष्टिगोचर हुन्छ। व्यक्तिकेन्द्री समालोचना पनि असममा देखिन्छ। कुनै व्यक्तिको अभिनन्दन ग्रन्थ, स्मृतिग्रन्थ, पत्रिकाको अभिनन्दन अङ्क आदिमा यसखाले समालोचना देखिन्छ। असममा नारी समालोचकहरूको सङ्ख्या अथवा सक्रियता छैनको बराबर छ। दृष्टि मूलत: सृष्टिमाथि निर्भर रहेको हुँदा सृष्टिपछि मात्रै दृष्टिको ओचित्य रहन्छ। तसर्थ सिर्जनात्मक साहित्यको विकास हुँदा मात्रै समालोचनाको प्रसङ्ग आउँछ। तर, अहिले सिर्जनात्मक साहित्यमा प्रशस्त विकास भएको छ। दिनौँ सर्जकहरूले सिर्जनाको उर्वर भूमिमा कृतिहरू उब्जाइरहेका छन् तर, त्यस अनुपातमा कृतिहरूले बजार भाउ भेटेको छैन अर्थात् उचित मूल्याङ्कन भएको छैन। कृतिहरूमा समालोचकको दृष्टि परेको छैन। कृतिहरूको समालोचना नहुँदा सर्जकहरू निराश हुनु स्वाभाविक हो। यस्तै निराशाभित्र आशाको किरण लिएर उदाएका हुन् लक्ष्मण अधिकारी। अनि अहिले उनी यस विधामा सक्रिय पनि देखिन्छन्।

विचार विमर्शमा देखिएका समालोचक लक्ष्मण अधिकारी :
सन् २०२० मा प्रकाशित सिर्जना विमर्श विभिन्न पत्र-पत्रिकामा प्रकाशित समीक्षात्मक रचनाहरूको सङ्ग्रह हो। सिर्जना विमर्श अधिकारीको पाँचौ कृति हो भने समालोचना पुस्तकका रूपमा दोस्रो हो। असम नेपाली साहित्य सभाद्वारा प्रकाशित यो ग्रन्थ असमेली नेपाली समालोचना क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो। यस पुस्तकभित्र दसवटा समालोचकीय रचनाहरू छन्। यस पुस्तकमा केवल असमका कृतिहरूको समीक्षा गरिएको छ। अधिकांश रचनाहरू सर्जकहरूका कृतित्वमाथि लेखिएको देखिन्छ। यसमा समीक्षित ६ वटा रचना व्याख्यात्मक रहेका छन्। अनुवादक देवराज सापकोटा एउटा व्यक्तिकेन्द्री समालोचना रहेको छ। २ वटा लेख विधापरक समालोचना अन्तर्गत रहेका छन् भने एउटा रचना हामी डायास्पोरा सर्जक होइनौँ : जीबी सर विषय विशेषमा आधारित छ। प्रस्तुत पुस्तकमा समालोचना, व्यक्तित्व र कृतित्व परिचय, कृतिकेन्द्रित, कृतिकारकेन्द्रित र विषय विशेष रचनाहरू सङ्कलित छन्। कतिपय लेखमा समालोचनाका सैद्धान्तिकपक्षका बुँदाहरू छुटेका कुरा अधिकारीले आफ्नो भनाइमा उल्लेख गरेकै छन्।

सिर्जना विमर्शका समालोचनाका पाटाहरू
(क) व्याख्यात्मक समालोचना : कृतिको विभिन्न पक्षको व्याख्या गर्ने पद्धति नै हो व्याख्यात्मक समालोचना। यस समालोचनमा कृतिको विश्लेषण, सौन्दर्यको उद्घाटन, विभिन्न वैशिष्टको प्रकाशन तथा कृतिकारको आशमय व्याख्या गरिएको हुन्छ। सिर्जना विमर्शका प्राय:जसो रचनाहरू यसै समालोचनाको दायराभित्र पर्दछन्। ‘प्रा. गीता उपाध्यायको जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन’,’ कथाकार शान्ति थापाको यो शहर ढल्दै छ कथा र कथाकारिता’,’ रुद्र बरालको तेस्रो आँखो काव्यिक अनुभूति र बिम्ब विश्लेषण’,’ डा. ढुण्डिराज उपाध्याय राजको पुरातनप्रभाको अद्यतन अध्ययन’, ‘मित्र रचनावली भित्रका रचनाहरू’,’ रेवतीमोहन तिमसिनाको बोक्सी पठन सेग्र्यामसहित’ आदि लेखहरू व्याख्यात्मक समालोचना भित्र पर्दछन्। जन्मभूमि मेरो स्वदेश एउटा ऐतिहासिक उपन्यास भएकाले यसमा असमेली गोर्खा गौरव छविलाल उपाध्यायको जीवनीसहितै राजनैतिक, सामाजिक योगदानलाईसमेत परिचय गराएको छ। त्यसो हुँदा जन्मभूमि मेरो स्वदेश व्याख्यात्मक समालोचना भएर पनि जीवनीपरक समालोचनाको पद्धतिलाई छुन पुगेको छ।

(ख) जीवनीपरक समालोचना : यस पुस्तकमा एउटा मात्र जीवनीपरक समालोचना रहेको छ। ओझेलमा परेका अनुवादक देवराज सापकोटालाई परिचय गराउने केही तथ्य प्रस्तुत गरिएको छ। ‘श्रीमन्त शङ्करदेव-श्रीश्रीमाधवदेव भक्ति साहित्यका अनुवादक देवराज सापकोटा’ शीर्षकमा रहेको यस समालोचनाले जीवनीपरक सहितै केही मात्रामा व्याख्यात्मक समालोचना पद्धतिलाई पनि पछयाएको पाइन्छ।

(ग) विधापरक समालोचना : विधापरक समालोचनामा साहित्यका विधाको स्वरूप, संरचना र तत्त्व इत्यादिका आधारमा कुनै कृतिको समालोचना गरिन्छ। यस पुस्तकको ‘कोरोनाकालीन मधुमास हाइकुको मादकता’ शीर्षक समालोचना रचनामा कुनै हाइकु कृतिको समालोचना गरिएको छैन। यसमा कोरोनाकालीन समयमा असमेली सर्जकहरूबाट लेखिएका हाइकुहरूको समालोचना गरिएको छ। त्यसैगरी नेपाली कविता र गीतमा ब्रह्मपुत्र शीर्षक समालोचनामा कुनै छुट्टै गीत अथवा कविता कृतिको समालोचना गरिएको छैन यसमा त ब्रह्मपुत्रलाई लिएर सर्जकहरूले आफ्ना कृतिमा समावेश गरेका अथवा सोसियल साइटमा पोस्ट गरेका गीत र कविताहरूको समालोचना गरिएको छ।

सिर्जना विमर्शको मूल्याङ्कन :
(क) सिर्जना विमर्शमा व्याख्यात्मक, जीवनीपरक, विधापरक पद्धतिका समालोचनाहरू पाइन्छन्। व्याख्यात्मक समालोचना नै बढी पाइए तापनि प्रभाववादी पद्धतिले पनि कतै कतै छाप छोडेको छ।
(ख) सैद्धान्तिक भन्दा व्यावहारिक पक्षको प्रयोग बढी पाइन्छ।
(ग) यसमा निबन्ध समालोचनाबाहेक उपन्यास, कविता, गीत, कथा, नाटक, हाइकु र साहित्य सिद्धान्तको अध्ययन गरेको पाइन्छ।
(घ) कुनै कुनै रचनाहरूमा सान्दर्भिक विषयवस्तुको उठान गर्दा अन्तर्वाता, सन्दर्भ, कसैको टिप्रणी आदि प्रामाणिकतासहित गाभिएको छ।
(ङ) रचनाहरूको जिज्ञासा, महत्व, गुणवत्ता प्रकाशमा ल्याउन सरलता, सर्वबोध्य भाषा र सहजता शैली अपनाइएको छ।

उपसंहार :
समालोचनालाई वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टराईले अर्काको बाझो बारी जोत्ने काम भनेका छन्। बाझो बारी जोत्नु कति कठिन काम हो त्यो केवल जोत्नेलाई थाहा हुन्छ। अधिकारी पनि बाझो बारी जोतिरहेका छन्। मेहनत र श्रमले बाझो बारीमा फसल उब्जाउनु सफल भएका देखिन्छन् अधिकारी।

सन् २०२० मा धेरै समालोचनाका पुस्तकहरू प्रकाशित भए होलान् तर सिर्जना विमर्श मात्रै पढ्ने मौका मिल्यो। कोरोनाकालीन समयको फाइदा उठाएर यस पुस्तकलाई अध्ययन गरियो। यस पुस्तक जति प्रचार हुनुपथ्र्यो त्यति भएन। तर, हुनुपर्छ। नभए कसरी सृष्टि र दृष्टिलाई सम्मान गर्ने त? पूर्व आलोचित विषयवस्तुले समृद्ध यस कृति साह्यिानुरागी, सर्जक, विद्यार्थीहरूले अध्ययन गर्नुपर्ने महत्व बारे पाठकहरूले आफै विचार गर्नुहोला। समालोचना रचनाहरू गहकिला र चित्त बुझ्ने खालका छन्। मलाई लाग्छ खोजी गरेर हजुरहरूले पनि पढ्नुपर्ने हो।

असमेली समालोचनाको क्षेत्रलाई थप मलजल प्रदान गर्न सक्षम लक्ष्मण अधिकारी बधाईका प्राप्त हुन्। यस क्षेत्रमा उनी तनमन दिएर लागिपरेका छन् त्यसैले चाँडै अर्को समालोचना पुस्तक हामीले पाउने आशा गर्न सकिन्छ। यो क्रमले निरन्तरता पायो भनी विशेषगरी असमका कृतिहरूको समीक्षा हुँदैनन् भन्ने सर्जकहरूको गुनासोमा विराम लाग्ने छ। सिर्जना विमर्शले कृतिकेन्द्री समालोचना सहितै सैद्धान्तिक समालोचनालाई पनि उत्तिकै अँगालेको छ। तार्किक बौद्धिक रूपमा कृति र सर्जकका गुण-दोषलाई देखाउने निर्भीक समालोचकका रूपमा उनी देखिएका छन्। उनले कृति वा पाठमा रहेका विभिन्न पक्षहरूको सर्वेक्षण सहितै सौन्दर्यमाथि विशेष ध्यानकेन्द्रित गरेको देखिन्छ। सिर्जना विमर्शले जन्माएको अनुभवले लक्ष्मण अधिकारीलाई सृष्टिको बाझो बारी जोत्न खप्पिस बनाउँछ भन्ने आशा गर्न सकिन्छ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 377
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.