SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नेपाली महाकवि देवकोटा
समीक्षा

नेपाली महाकवि देवकोटा

Sahitya SagarBy Sahitya SagarDecember 5, 2021No Comments14 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • समीक्षा
राहुल साङ्कृत्यायन भारतीय नेपाली दर्शन र साहित्य क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनलाई महापण्डितका रूपमा सम्मान गरिन्छ । उनले २००९ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका विषयमा दिएको अभिव्यक्ति देवकोटा अध्ययन परम्परामा विशिष्ट सामग्रीका रूपमा चिनिन्छ । यहाँ त्यसै सामग्रीलाई लक्ष्मीप्रसाद देवकोटा जयन्तीको महिना मानेर प्रस्तुत गरिएको छ । नेपाली महाकवि देवकोटा’ शीर्षकको यस सामग्रीले देवकोटाका बहुआयाममा समेटेको छ ।

-सम्पा.

जनवरी १९५३ मा म पाँचौँ पल्ट नेपाल गएँ । त्यस दिन नेपाली कवि र साहित्यकारहरूको गोष्ठीमा एक जना सहृदयी कविले मेरो स्वागत गर्दा ‘विदेशी अतिथि’ भन्ने शब्द प्रयोग गरेथे, त्यसबखत मेरो मन सियो रोपिँदाझैँ चस्क्यो । नेपाल स्वतन्त्र देश हो र उसको स्वतन्त्र राष्ट्रिय एकाई छ, यसकारण म त्यसलाई भारतकै एउटा प्रदेश मान्दिनँ, तर अरु कति कुरा पनि छन् जसले गर्दा म त्यसलाई विदेश पनि मान्न सक्तिनँ । उही हिमाञ्चलका वरद्पुत्र हाम्रा पन्त छन् र त्यसकै दोस्रो श्रेष्ठ पुत्र महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् । यो कसरी हुन सक्ला- पन्तलाई चाहिँ म आफ्नो भनूँ र देवकोटालाई विदेशी ! यसपल्टको यात्रामा देवकोटालाई भेट्टाउनु मेरा लागि अर्को नयाँ आविष्कार भयो । नेपाली साहित्यमा आदिकवि भानुभक्त १८१४ ई. मा जन्मिए र १८६९ ई. मा उनको मृत्यु भयो । नेपाली कविता-साहित्यको थालनी यस किसिमबाट उन्नाइसौँ शताब्दीमध्येदेखि भयो ।

देवकोटाले कविता, कथा, नाटक, निबन्ध सबै फाँटमा सफलतापूर्वक कलम चलाएका छन् । भाषाका ता ती जादुगरै हुन्, यो कुरा नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएका उनका कृतिहरूबाट थाहा पाइन्छ । नयाँनयाँ शब्दहरूबाट उनले नेपाली भाषाको भण्डार निकै नै भरिदिएका छन् । देवकोटाजस्ता महान् प्रतिभालाई पाएर नेपाल र नेपाली साहित्य धन्य भएको छ । पन्त-प्रसाद-निरालाको पंक्तिमा उनलाई उभ्याएर हामी पनि आफूलाई गौरवान्वित ठान्दछौँ ।

हिन्दी कवितालाई सोह्रौँ शताब्दीदेखि बीसौँ शताब्दीको मध्यसम्म जेजस्ता अवस्था पार गर्नुपर्‍यो, नेपाली कवितालाई हाम्रो चार शताब्दीको यात्रा एकै शताब्दीमा पूरा गर्नुपर्‍यो । तर, यस्तो हतारलाई हेरी त्यसलाई अपरिपक्व सम्झिन हुन्न । यसका लागि एउटा प्रमाण महाकवि देवकोटा नै छन् जसमा हामी हाम्रा हिन्दीमा पन्त, प्रसाद, निरालालाई सम्पूर्णरूपमा पाउने मात्र हमोइन, बरु हामी उनमा ‘प्रिय-प्रवास’का कवि हरिऔधलाई विकसितरूपमा पाउँछौँ भने अर्कोतिर अर्कै महाकवि पनि पाउँछौँ जो अहिलेसम्म हिन्दीमा जन्मेकै छैन । देवकोटा जनताको सरल र सुललित भषामा मुनामदन, कुञ्जिनीका महान् गायक हुन् ।

एकातिर हामी उनका कवितामा यस्तो पाउँछौँ-
समय सुन्दर सान्ध्य वर्णको
मदनमन्दिरमा वनपर्णको
जलनिनाद लिँदा ललितांशुका
तल झरिन् पृथ्वीतिर मेनका ।
(शाकुन्तल ३/२६)
अथवा-

यात्री आज बनूँ अतीत युगका, सम्झूँ त त्यो भारत
ब्यूझाउँ त सुषुप्त भाव अघिका, पर्दा लाउँ यता
यो कोलाहल बिर्सिऊँ, मृतकको यो नामको जीवन
पाल्नोस् सज्जनवृन्द, यो रसिकको मीठो छ वृन्दावन ।
(शाकुन्तल ९)

एकातिर हामी उनका यस्ता संस्कृतले लादिएका उदाहरण पाउँछौँ भने कविको आफ्नो प्रिय काव्य मुनामदनको गाउँले गीत ‘झ्याउरे’मा चाहिँ हामी कत्ति सरल, कोमल र सरस भाषा पाउँछौँ-

पृथिवीतिर नहेर मुना ! म पनि आउँछु
आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु
पे्रमको हीरा छुटेको तल म लिई आउँछु
कसरी खायो आगोले दिदी ! कमलको शरीर ?
कसरी खायो निठुरी भई’

म कहाँ पाउँ ? ती मुनालाई छातीमा लगाउँ ?
खरानी तिनको मलाई देऊ न छातीमा लगाउँ !
हे मेरी आमा ! हे मेरी मुना ! म यहाँ बस्दिनँ !
म यहाँ अब बस्दिनँ आमा ! म यहाँ बस्दिनँ !’
‘हे मेरा भाइ ती तिम्री मुना मरेकी छैनन् ती
ज्योतिको स्वरूप लिएर गइन् बगैँचा वसन्ती
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती ।’
पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी ! मलाई !
म रुने छैन ! गएर भोलि भेटुँला तिनीलाई !
हे दैव पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई !
(मुनामदन)

वाल्मीकि करुण रसका महाकवि थिए । ‘रघुवंश’को अजविलाप-प्रसंग पढ्दा कालिदासलाई करुण रसका कवि भन्न सकिन्छ । त्यस्तै, देवकोटा पनि खास गरेर करुण रसकै महाकवि हुन् । अरु पुराना सजातीय कविको निजी जीवनका बारेमा हामीलाई केही पनि थाहा नभएकाले तिनका कवितामा उनीहरूको आफ्नो जीवनको प्रभाव कत्तिको परेको छ, हामी ठम्याउन सक्तैनौँ, तर देवकोटाको त बाल्यावस्थादेखि नै दुःख र संघर्षको जीवन बित्यो । अर्धबैँसे छँदै एकपछि अर्को गरेर उनका तीन छोरा बिते । यस अवस्थामा- ‘दुःखले सल्केको मुटु लिए तापनि उनी मुखमा जबर्जस्ती हाँसो ल्याउन खोज्छन्’ भनेर कसैले लेख्छ भने हामीले अचम्म मानिरहनु पर्दैन ।

विगत जीवनको कुनै दिन भीषण दुःखान्त घटना भएपछि तिनका हृदयमा एउटा वेदना टुसायो र जतिजति उनको उमेर बढ्दै गयो उतिउति त्यो वेदना पनि पलाउँदै गयो, झाँगिँदै गयो । पहिलो पल्ट उनलाई देख्नेबित्तिकै कुनै मर्मान्तक पीडाले छट्पटाइरहेका छन् भनेर ठम्याउन जसले पनि सक्छ । चुरोट तिनको चीरसाथी हो भने भावना चीरसहचरी अनि वेदनाचाहिँ उनको जीवनको वरदान नै भनिदिए पनि हुन्छ ।

कविको जन्म १९०९ ई. (दीपावली, संवत् १९६६) मा काठमाडौँको डिल्लीबजार टोलमा एउटा शिक्षित तर गरिब ब्राह्मण परिवारमा भएको थियो । आफ्नो प्रारम्भिक जीवनका कष्टहरूका बारेमा कवि आफैले लेखेका छन्- ‘म जब आठ वर्षको उमेरको थिएँ, मेरो दाज्यैजी भर्खरजस्तो इन्ट्रेन्स पास भएर त्यस जवानीको ट्युसनगिरीमा महिनाको तीन सय उपर कमाइरहनु भएको थियो । म उहाँलाई दुनियाँको आदर्श ठान्थेँ । माताजी पनि बराबर ‘त्यसरी पढ्नुपर्छ बाबै ! दाज्यूजस्तै’ भनेर स्नेहको अंगुलीले उहाँलाई देखाउने गर्नुहुन्थ्यो । ‘’पैसा कमाउनुपर्छ, अंग्रेजी पढ्नुपर्छ, मास्टर हुनुपर्छ’को धाईआमाका शिक्षालाई अक्षरशः अनुशरण गर्न चाहन्थेँ । ‘म पढ्दै गएँ, बढ्दै गएँ, इन्ट्रेन्सको मोहनीले गोसाइँनाथले पानी बोलाएझैँ कठिन चढाइहरू उकाल्दै लग्यो । ‘म लेख्न चाहँदैनथेँ । मलाई ‘पढ्नुपर्छ, पैसा कमाउनुपर्छ’को मोहनीले यताउति हेर्न नदिई लगिरहेकी थिई । घरका चिन्तित बाबु-आमाका मुहारबाट शिशुले सूचना सहजै पाउँछ र दरिद्रताको घरमा शिशुहृदयमा पनि आर्थिक अन्वेषण नै जीवन हो भन्ने सजिलोसँग अंकित रहन्छ । म मास्टर हुन चाहन्थेँ, पैसा कमाउन, घर उज्यालो बनाउन, दाइलाई मद्दत गर्न, दूधभात सबैलाई पुर्‍याउन । चाँडै पास गर्नाको धुनमा मैले खेल्न छाडेँ । म भातमा स्वाद पाउँदैनथेँ । मेरो मगज हरमेसा गाँजा खाएझैँ बाबुराम मास्टरका भूगोलका पाठहरूमा घुमिरहेको हुन्थ्यो । म अंग्रेजी किताबका पत्रहरूको सपना देख्थेँ, किताबका तकियामा सुत्थेँ । खेलबाडमा कहिलेकहिले चार र छ बजेको बीचमा भाइको साथ ज्यादाजसो आग्लो ठोकेर कोठैमा बस्थेँ र मिर्मिरेसम्म आँखा पट्टाइरहेकै हुन्थे, राति बाह्र बजेसम्म र बिहान पाँच बजेदेखिन् मेरो पढाइ चलिरहेकै हुन्थ्यो र यही किसिमसँग मैले पाँच वर्षपहिला पासको निमित्त बिताएँ । पढाइ थियो नौ वर्षको, मैले पाँचै वर्षमा खतम गरेँ र यी पाँच वर्षमा मैले भातको स्वाद पाइनँ, अनुहार ऐनामा कम हेरेँ हुँला र पहिला पास नहुञ्जेल जुत्ता नलगाउने कबुल गर्ने कुनै स्पर्धाशील साथीसँग आफ्नो धेरै कुरामा सादृश्य राख्थेँ । मैले दुनियाँसँग बोल्दै बोलिनँ भने पनि हुन्छ’। स्त्री समाजमा म ज्यादै अप्रिय थिएँ, किनकि म उनका किनमेल इत्यादिमा एक पाइला चाल्दैनथेँ । पासको धुन सवार थियो । १९२६ ई.मा पहिला पास पटना विश्वविद्यालयमा गरेपछि मेरो नाक अलि ठाडो भयो, तर दिल बुझेन । म अझ पढ्न चाहन्थेँ र बी.ए.को मोहनीले मलाई बोलाउन लाग्यो ।’

(लक्ष्मी निबन्धसंग्रह पृ. ६१-६५)
कविका पिता तिलमाधव उपाध्याय पण्डित हुनुका साथै संस्कृत र नेपालीका कवि पनि थिए र कविकै रूपमा नेपालका पाँच प्रधानमन्त्रीको दरबारमा तिनको पहुँच थियो । दरबारको मनग्गे सेवा गरे तापनि गरिबीले भने उनलाई कहिल्यै छोडेन । साहित्यकारिता र कवित्व देवकोटाले आफ्नो बाबुकै उत्तराधिकारमा पाएका थिए, यो कुराचाहिँ पक्कै हो । उनकी आमा अमरराज्यलक्ष्मी (मृत्यु १९३७ ई.) पनि कुनै असाधारण महिला थिइनन् ।

घरको नराम्रो हालत छँदै म्याट्रिक पास गरिसकेपछि अझ पढ्न देवकोटा काठमाडौँको त्रिचन्द्र कलेज भर्ना भए । ध्यान दिनुपर्ने कुरा के पनि छ भने कविलाई न्वारनमा तीर्थदेव भन्ने नाउँ राखिएको थियो, तर तिहारको ठूलो चाड लक्ष्मीपूजाका दिन जन्मेका हुनाले उनलाई लक्ष्मीप्रसाद भन्न थालियो र हुँदाहुँदा त्यही नै उनको नाउँ भयो । तर, लक्ष्मीको प्रसाद भने उनले कहिल्यै पाएनन् । आजको दुनियाँमा सरस्वतीका वरपुत्रहरूले त्यो पाउनु कहाँ सम्भव हुन्थ्यो र ? कलेजमा उनले आफ्नो विषय अंग्रेजी, अर्थशास्त्र र गणित बनाए । परिश्रम र सफलता दुवैले साथ दिएकाले देवकोटालाई पाठ्य विषय कत्ति पनि गाह्रो लाग्दैनथ्यो । अंग्रेजी साहित्यमा घुसेपछि तिनको कविहृदय अंग्रेजीका महान् कविहरूतिर आकर्षित हुन थाल्यो । वर्ड्सवर्थको कविताले उनी निकै प्रभावित भए । ‘पढ्नुपर्छ, पैसा कमाउनुपर्छ’ भन्ने अठोट लिएर पढाइ चालु गरिरहेका देवकोटाबाट अब कविताले पनि केही समय लिन थाल्यो र उनी साताको कम्तीमा पनि दुई दिन घरमा बसेर कविता लेख्न थाले । अंग्रेजी त भूतले पछ्याएझैँ उनको पिछा गरिरहेकै थियो । त्यसकारण उनले नेपालीका साथै अंग्रेजीमा पनि कविता कोर्नु आवश्यक थियो । अचेल पनि उनी कहिलेकाहीँ अंग्रेजीमा कविता लेख्छन् । उनले लेखेको एउटा पद्यमय नाटक मैले पनि सुनेँ । म आफूलाई त्यसको पारखी त ठान्दिनँ तैपनि भाषा, भाव र छन्दमा अंग्रेजीपट्टि पनि देवकोटाको असाधारण अधिकार छ भनेर त मान्नैपर्छ । बी.ए. पढ्दाखेरि आफूले पढ्नाको साथै उनले दिनको तेह्र घन्टा ट्युसन पनि गर्नुपथ्र्यो अनि कविकै शब्दमा- ‘कमाउनुपर्छ, अंग्रेजीमा पढाउनुपर्छ, मास्टर बन्नुपर्छ’को मधुरो गाँजाले साइकल चढाएर सहर र पुछार घुमाउँथ्यो । म नेपाली बोल्दैनथेँ, नेपाली बोल्नेसँग बोल्दैनथेँ, मलाई यस्तो लाग्थ्यो मानौँ नेपालीमा लवजै छैनन्, भावै व्यक्त हुँदैन, मानौँ नेपाली विद्वान्को भाषा नै होइन । ‘म अंग्रेजीमा विचार गर्दथेँ र अङ्ग्रेजीमै बोल्दथेँ ।’ यसरी घरको अभाव हटाउन सहयोगी हुँदै कविले १९३० ई.मा बी.ए. पास गरे । नेपालमा कुनै कानुनी अदालत थिएन, त्यसकारण वकालत पास गरेर केही फाइदा पनि थिएन, तैपनि देवकोटाले १९३२ ई. मा पटनाबाट बी.एल. पास गरे र एमएका लागि पनि केही दिन खर्च गरे, तर कमाउन छाडेर पटना बसेर पढ्नु असम्भव थियो । त्यसकारण यो संकल्प पनि छोड्नैपर्‍यो ।

‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ जन्मजात कवि बाल्यावस्थामा नै आफ्नो प्रतिभा नदेखाइ बस्न किन सक्थे र ? कवि देवकोटा जब दस वर्षका थिए तिनका मुखबाट यी पंक्ति निस्के-

घनघोर दुःखसागर संसार जान भाइ
नगरे घमण्ड कहिले मर्नु छ हामीलाई

मानौँ यस बालकविताले नै कविलाई बाटो देखाइदिएको थियो । उनका चारैतिर दुःखको बाढी उर्लिरहेको थियो । दुःखसागरसँग बुद्धको पनि साक्षात्कार भएको थियो, तर तिनले त्यसलाई हटाउने बाटो पनि पहिल्याएका थिए । कविले त्यसबाट छुटकारा पाउन घमण्ड नगर्ने र अन्त्यमा मर्ने कुराबाट चित्त बुझाएका थिए । उनका कविताको बारेमा आज पनि के भनिन्छ भने, ‘उनका धेरैजसो कृति दुःखान्त छन् । अथवा सुखान्त भएर पनि जुनजुन ठाउँमा करुणाको प्राधान्य छ ती ठाउँमा उनी विशेष चमत्कारपूर्णरूपमा देखिन्छन् ।’ दुःखको भुमरीमा जाकिनेहरूका निम्ति आफै दुःखमा हुर्केका कविको हृदयमा अपार संवेदना थियो । गरिब र उपेक्षितहरूको वर्णन गर्न जब उनको कलम चल्छ तब यस्तो लाग्छ मानौँ त्यो कलम आफ्नो निजी बाटोमा आफै दगुरिरहेको छ । यो कुरा उनीबाट चित्रित मुनामदन, कुञ्जिनी, गोरे आदिमा स्पष्ट देख्न सकिन्छ । कविता मात्र होइन गद्यमा पनि उनको यो संवेदना यसरी व्यक्त हुन्छ- ‘मलाई धेरै दिनदेखि पहाडी जीवन हेर्नाको चाख रहेको थियो । मैले गोसाइँथान-यात्रामा पहाडहरू देखेको थिएँ तर पहाडी जीवन देखेको थिइनँ । बाटामा जो देखियो सो प्रतिबिम्बित थिएन । एक-दुई झुप्रा, एक-दुई बजार, अरु वन, पहाड, बाटोसिवाय देखिएन । ‘एक ठाउँमा मैले एउटा अलटाले झोपडीमा सिस्नु पकाएर बच्चालाई खुवाउँदी आमासँग सोधेँ, ‘तिमीहरू यहीँ बस्तछौँ ?’ उसले जवाफ दिई, ‘हिउँद्मा त यहाँ जमिनै देखिन्न ।’ उसिनेको सिस्नोसँग ढिँडो खान लागेका थिए, काँडा अलिअलि ताताले मर्दा रहेछन् । तैपनि मानव-अन्ननलीमा त्यस्तो काँडादार पदार्थले कुकुल्ढुक गर्ने ढिँडो घुचेट्तै पुलिसको काम दिएको देख्न मलाई साह्रै नै दयनीय दृश्य देखेझैँ लाग्यो । ती केटाकेटीहरू दुब्ला, ख्याउटे, रातोमाटे रोगनका चिथरादार अज्ञानका जंगली आश्चर्यदार आँखा उठाएर मलाई हेर्थे ।’

देवकोटा नेपालीका पन्त-प्रसाद-निराला तीनै हुन्, यसमा अतिशयोक्ति छैन । निरालाका केही अरु गुण पनि उनमा छन्, तर त्यति मात्रामा चाहिँ होइन । निरालालाई राँची लैजाने कुरामात्रै कैयौँ पल्ट चल्यो तर जब देवकोटालाई घरका मान्छेले विक्षिप्त ठानेर राँची लैजाने कुरा उठाए तब उनले कत्ति पनि नाइँनास्ती गरेनन् अनि राँचीको पागलखानामा पनि केही दिन बसेर आए । तर, उनी पागलचाहिँ होइनन् । असाधारण प्रतिभाले कहिलेकाहीँ पागलपनको सीमारेखालाई मेटाइदिएझैँ देखिन्छ । यही कुरा देवकोटाका बारेमा पनि हो । पागल नभए तापनि कहिलेकाहीँ त्यो प्रभाव देखिन्छ । आज ४४ वर्षको उमेरमा उनले नेपाली र अंग्रेजीमा सबै मिलाएर जम्मा अस्सी वटा किताब लेखे, यीमध्ये छब्बीस वटा हराए रे ! यस कुरामा मैले अचम्म मान्दा कविको साथमा बसेका मित्रमण्डलीले के बताए भने- ‘यसमा अचम्म मान्नुपर्ने कुरो के छ र ? कैयौँ किताब त नेपाली भाषा प्रकाशिनी समितिका हर्ताकर्ताहरूको बेवास्ताले नष्ट भए जहाँ महिनाको एक सय रुपियाँ तलबमा कविले वर्षां नोकरी गरेका थिए, फेरि लेख्ने र च्यात्ने त कविको बानी नै छ ।’ एउटा नाटकका कतिपय प्रसंग कविले त्यसै दिन सुनाएका पनि थिए । त्यहाँ के कुरा थाहा भयो भने उनले पूरा नाटक एक पल्टमै लेखिसिध्याएका थिए, पछि रद्दी कागत चाहिँदा त्यही नाटकलाई च्यातचुत पारेर फ्याँकिदिए । अब फेरि दोहोर्‍याएर यो नाटक लेखिँदैछ । यसको पनि त्यस्तै गति हुन के बेर ? यस्तो नहोस् भन्नाखातिर नेपाली साहित्यपे्रमीले कविका अक्षर कागतमा उत्रनासाथ किताब पूरा हुनेतिर नपर्खीकनै छुट्टै नक्कल सार्दै जानुपर्छ । नेपालका पहाडी क्षेत्रमा ‘गाइने’ नाउँ भएका चारण गायक जाति छन्, तिनका गीत ज्यादै नै लोकप्रिय हुन्छन् । देवकोटाले गाइने-गीत नामक एक काव्य लेखेका थिए, जुन हराउनाले सहृदयीलाई ज्यादै नै थक्कथक्क लागेको छ । लेख्तै, च्यात्तै, बिर्संदै कैयौँ वर्ष बिताएपछि २५ वर्षको उमेरमा १९३४ ई. मा शारदाको पहिलो अंकमा कविको गरिब शीर्षक कविता छापियो । त्यही नै उनको पहिलो प्रकाशित कविता हो तर यसभन्दा पहिले नै १९३३ ई. (सौर आषाढ १५) को रोपाइँजात्राको बेला किसान ठिटीहरूले गाएको झ्याउरे गीत सुनेर कविको हृदय लोकगीततिर आकृष्ट भएको थियो । उनले त्यसै लयमा १९३३-३४ ई. मा मुनामदन खण्डकाव्य लेखेका थिए । आफ्नो यस लोककाव्यको उनी विशेष पक्ष लिन्छन् र झ्याउरेलाई उनी कति माया गर्छन् भन्ने कुरा मुनामदनकै तलका यी पंक्तिबाट थाहा पाइन्छ-

क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको !
यो खेतभित्र बिरुवा रोपौँ नदेखी खनेको
फुलेर जाओस् वैलेर जाओस् ईश्वर-इच्छा हो,
पयरमुनि नकुल्च भाइ ! यो मेरो भिक्षा हो ।
यो फुलिजाओस् यो फैलिजाओस् ! वसन्त डाकन,
झ्याउरे भनी नगर हेला हे प्यारा सज्जन !
नरम गरोस् चरम-चुली उडाइ पुर्‍याओस्,
निर्मल बाना लहरजस्ता अधर चलाओस्
पछाडछातीमा यो टक्कराओस्, डाँडाले दोहोर्‍याऊन् ।

कविले आफ्नो यस पहिलो काव्यमा नै जताततै स्वाभाविकता र लालित्यको परिचय दिएका छन् । नायक मदन आफ्नी प्यारी मुनालाई छाडेर तिब्बत (भोट) को यात्रामा जान्छ । तिब्बतका डाँडाकाँडा र ह्लासामा दलाई लामाको दरबारको कति राम्रो वर्णन तलका यी पंक्तिहरूमा देखिन्छन्-

डाँडा र काँडा, उकाला ठाडा, जँघार हजार
भोटको बाटो ढुंगा र माटो नगा र उजार
कुइरो डम्म हिले टम्म त्यो विष फुलेको
सिम्सिमे पानी बतास चिसो बरफझैँ फुलेको
मसाने खम्बा लामाका गुब्बा शिर गोल खौरेका
बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका
स्याउला चीसा ओछ्यान खासा जाडोले बज्ने दाँत
पकाइ झिक्ता नखान पाइ काँचाको काँचै भात
आखिर ठूलो सुनको छाना साँझमा सुहायो,
मैदानतिर पोटाला मनी ह्लासा नै मुस्कायो
आकाश छुने पहाडजस्तो सुन्बुट्टे तामाको
सुनको छाना, दरबार अजंग त्यो दलै लामाको
चौरीको पर्दा बुद्धको मूर्ति सुनमा कुँदेको
रंगीन ढुंगा, अप्सरा सारी बुट्टामा चुँदेको,
शीतल पानी, हरिया पात, हिउँका टाकुरा
शिरीष फूल फुलेको सेतो, रुखका आँकुरा
कीचूको खोला, लिंकारको दृश्य, अम्बानको महल
यूतोक स्याम्पा, त्यो फूल राम्रो,त्यो ह्लासा झल्मल
ती हस्तिहाड सरिका सेता भोटिनी भर्खरका
आँखाका काला, नौनीको छाला, त्यो ह्लासा सहरका ।’

नायक मदन ज्यादै दुःखपूर्ण दिन बिताएपछि जब घर फक्र्यो त्यसबेला वियोगिनी मुनाले सधैँको निम्ति यस संसारबाट बिदा लिइसकेकी थिई । कविले यसको बडो मार्मिक वर्णन गरेका छन् । वर्णन विस्तृत छ, त्यसका एकएक पंक्तिबाट करुण रसको मूल फुट्दै जान्छ । प्यारीको बिछोडले गर्दा छियाछिया भएको छाती लिएको मदन आफ्नी दिदीसँग सोध्छ-

कस्तो छ मेरी ती मुनालाई ? हेरेर को आयो ?
पानीको घुट्को ती माग्दिहोलिन्, कसले पिलायो ?

मुनामदनपछि जुन किताबहरू छापिए तिनमा १९३४ ई. मा सावित्री-सत्यवान् (नाटक), १९३६ मा प्रसिद्ध प्रबन्ध, १९३७ मा शाकुन्तल -महाकाव्य), सुलोचना (महाकाव्य) र कुञ्जिनी (खण्डकाव्य) अनि १९३९ मा लक्ष्मी निबन्धसंग्रह हुन् । देवकोटा बडो तीव्र गतिले रचना गर्छन् । यसको उदाहरण चौबीस सर्गको महाकाव्य शाकुन्तल छ, यसलाई अड्डाको कामबाट फुर्सद पाएको बेलामा लेखेर उनले तीन महिनामा पूरा गरे । सुलोचना महाकाव्य ता उनले दसै दिनमा सिध्याएका थिए । यस्तो हतपतमा लेखेर कवितामा कतै लतपत भएको छ कि भन्न पनि शाकुन्तलका पंक्तिहरू पढेपछि हामी सक्तैनौँ । महाकाव्यहरू लेख्ता उनी नेपाली भाषा प्रकाशिनी समितिका जागिरे थिए । त्यहाँ भाषा र व्याकरणसम्बन्धी समितिकै नियममा बाँधिएर उनले लेख्नुपथ्र्यो नत्र ता शाकुन्तलको अनुहार अर्कै हुन्थ्यो होला ।

कामवाणले घायल भएकी शकुन्तलासँग उसकी साथी प्रियंवदाले कुरा गर्दाका यी केही पंक्ति हेर्नुस्-
स्वादु प्राकृत प्रवृत्ति तत्परा
हास्य-चारु-अधरा प्रियंवदा
बैंसमिष्ट नखरासितै कुरा
गर्नलाई चतुरी प्रिया धरा
गर्दछिन् मधुर प्रश्न आलिमा
मिष्ट भव प्रति नाट कन्दरा
मेहिनी मृदुल-मार-मन्दिरा
‘बोल्दिनौ किन संगी ! शकुन्तला ?’
झुक्तछन् नजर निम्न लाम्चिला
छैन हास्य-चवि बैंस-चञ्चला
मञ्जरी-कुसुम-रुद्ध भै गला
मूक छौ कि भन कण्ठकोकिला ?
या फुलेर मृदु बैंस सुन्तला ?
खोज्छ प्रेम भुँवरा सुमञ्जुला ?
के छ उत्तर खुला शकुन्तला ?’

देवकोटाले कविता, कथा, नाटक, निबन्ध सबै फाँटमा सफलतापूर्वक कलम चलाएका छन् । भाषाका ता ती जादुगरै हुन्, यो कुरा नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएका उनका कृतिहरूबाट थाहा पाइन्छ । नयाँनयाँ शब्दहरूबाट उनले नेपाली भाषाको भण्डार निकै नै भरिदिएका छन् । यसो गर्दा तिनले खालि संस्कृतको मात्र सहारा लिएनन्, बरु नेपालका कुनाकाप्चामा लुकेर बसेका सयौँ शब्दको उद्धार गरेर सफलतापूर्वक तिनको प्रयोग गरेका छन् । इल, आलु आदि प्रत्ययलाई जोडेर उनले सयकडौँ शब्द बनाइदिए, यस्तो देखेर पुराना विद्वान्हरू सुरुमा नाक खुम्च्याउँथे र हाँसोमा उडाउँथे, तर आज तिनै शब्दहरू धमाधम नेपाली भाषामा प्रयोग भइरहेका छन् । लक्ष्मीप्रसाद देवकोटाजस्ता महान् प्रतिभालाई पाएर नेपाल र नेपाली साहित्य धन्य भएको छ । पन्त-प्रसाद-निरालाको पंक्तिमा उनलाई उभ्याएर हामी पनि आफूलाई गौरवान्वित ठान्दछौँ ।

(घटराज भट्टराईद्वारा सम्पादित ‘महाकवि देवकोटाका आनीबानी’ पुस्तकबाट)

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 842
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.