SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » विजय मल्लको बहुआयामिक व्यक्तित्व
समीक्षा

विजय मल्लको बहुआयामिक व्यक्तित्व

Sahitya SagarBy Sahitya SagarAugust 10, 2021No Comments12 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

 

 

 

 

 

 

श्रीराम श्रेष्ठ साहित्य र सञ्चारका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको विजय मल्लको बहुआयामिक व्यक्तित्व ’शीर्षकको व्यक्तित्व समीक्षालाई समेटिएको छ । यस समीक्षाले विजय मल्ललाई चिनाएको छ । २०५६ साल साउन ८ गते स्वर्गे भएका मल्लको स्मृतिमा यो समीक्षा प्रस्तुत गरिएको छ ।

-सम्पा.

विजय मल्ल (वि.स.१९८२-२०६५) बहुमुखी साहित्य स्रष्टा हुन् । उनले निकै गहकिला र मार्मिक किसिमका कविता,उपन्यास,कथा र नाटक रचेका छन । उनी समाजका निमुखा, निर्धन एवम् गरिव र अन्याय अत्याचारका चपेटामा परेकाहरुलाई तिनका दुःख दर्दबाट मुक्ति दिलाई स्वास्थ, गतिशील, समतामूलक एवम् समृद्ध समाजको निर्माण गरी संसारलाई सुखी र सम्पन्न तुल्याउनुपर्छ भन्ने सामाजिक तथा मनोवैज्ञानिक स्रष्टा हुन् ।

नेपाली साहित्यमा विजय मल्ललाई बहुआयमिक व्यक्तित्वका रूपमा चिनिन्छ । उनले शिक्षाको हकमा आइ.एस्सी. सम्मको अध्ययन गरे । घरपरिवारमा साहित्यिक वातावरण राम्रो भएका कारणले गर्दा उनले बालककालदेखि नै साहित्यमा लाग्ने मौका मिल्यो । यिनले घरमै बसी अङ्ग्रेजी, फ्रान्सेली र रसियन साहित्य अध्ययन गर्थे, विशेष गरेर यिनले शेक्सपियर, चेखब र इब्सेनद्वारा लेखिएका नाटकहरू अध्ययन गथ्र्यो । बुवा ऋद्धिबहादुरले आफ्नै प्रेसबाट शारदा मासिक पत्रिका निकालेका हुँदा साहित्य लेख्ने र छपाउने क्रमलाई यिनले निरन्तता दिए ।

साहित्य लेखनमा लाग्नुको खास कारण हुन्छन् । उनी यसका बारेमा यसो भन्छन्–‘‘साहित्य चिनारी गराइदिई मलाई प्रभाव पार्ने पहिलो व्यक्ति एक नामहीन, निसानाहीन, अहिले खोज्यो भने केही चिनोसम्म पाइन्न, गोकुलदास (जोरगणेश प्रेसको कम्पोजिटर) थिए, जसले दन्त्यकथा सुनाउँथ्ये, हामी केटाकेटी झुमिन्थ्यौ, पछि आफ्ना बच्चा साथी वरिपरि राखी आफैले दन्त्यकथा बनाई सुनाउन थाले, यसरी कथा बनाउन शुरू गरे ।’’

विशेष त यिनले नेपाली साहित्यमा कविता, नाटक, एकाङ्की, कथा, उपन्यास जस्ता विधामा कलम चलाए । सबै विधामा त्यत्तिकै सफल भए । उनका धेरै जसो रचना पाठ्यक्रममा पनि समाबेश गर्नुले रचना शक्तिको मूल्याङ्कन भएको भन्न सकिन्छ । यिनका लेखनमा मनोविश्लेषण गर्ने क्षमताका साथै राजनैतिक सचेतना भएका कारणले उनी उच्च सर्जकको कोटीमा दरिएका थिए ।

साहित्यको परिभाषा हामीले अनेकन व्यक्तिबाट भिन्न अभिब्यक्तिलाई ग्रहण गर्दै आएका छौँ । यसै सन्दर्भमा विजय मल्लले यसो भन्छन्–‘‘साहित्य नाप्नै नै हो भने, त्यसको घनिभूतता सास्कृतिक प्रभावमा पर्न जान्छ । त्यसैबाट त्यसलाई नापौँ वा नभए उहाँसम्म त्यसले मानसिक प्रभुत्वलाई उचालेको छ (फगत ब्यक्तिद्धारा किन नहोस्) त्यसद्धारा नै नापौँ । र यसै अनुसार मेरो दृष्टिकोणमा साहित्य आनन्दको साथै चेतनालाई सर्वोच्च स्थानमा पु¥याउने हो, जसबाट मनुष्य हत्याभन्दा बढी, आत्मसंरक्षण भन्दा बढी, बम्हाण्डभन्दा पनि बढी के सोच्न सकोस् भने त्यो केही हो, कोही हुन्छ, केही पैदा गर्छ र केही भएर छोड्छ । मृत्यु त्यसको खुड्किलो बन्छ, के अर्थमा भने निर्माण र मुक्तिले लादिएर हैन बरू आफूमा आफै भएर मात्र त्यो केही हुन्छ । सिर्जना कुनै तह वा कुनै प्रकारको दिन नहोस् त्यो आफ्ना शरीरसम्म सीमित रहन चाहन्न । शारीरिक मृत्यू नाघेर जानु नै उसको श्रेय हो ।’’

विजय मल्लका कवितातर्फ विजय मल्लका कविता (२०१६), कथातर्फ एक बाटो अनेक मोड (२०२६), परेवा र कैदी (२०३४), नाटकतर्फ पत्थरका कथा (२०२८), सात एकाङ्की (२०२८), दोभान (२०३४), भित्तेघडी (२०४०), सृष्टिको पर्खालभित्र (२०४०), भूलैभूलको यथार्थ (२०४१), सृष्टि रोकिदैन (२०४८), कोही किन बर्बाद नहोस् (२०१३), जिउदो लास (२०१७), बहुलाकाजीको सपना (२०२८), र उपन्यासतर्फ अनुराधा (२०१८), कुमारी शोभा (२०३९) जस्ता कृतिहरू प्रकाशित छन् ।

यिनले नेपाली भाषा–साहित्यमा पुर्‍याएको उच्चमूल्याङ्कन गर्दै साझा पुरस्कार (२०२७), गंकी बसुन्धरा पुरस्कार (२०४९), भूपालमानंसिह कार्की पुरस्कार (२०५३) र बेदनिधि पुरस्कार (२०५६) बाट पुरस्कृत भएका थिए ।

आफ्नो जीवनकालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सह सदस्य (२०२६), सदस्य सचिव (२०३२), उपकुलपति (२०४६) साथै नेपाल लेखक संघको सचिव र उपाध्यक्ष भई भाषा–साहित्यको समुन्नत गर्न क्रियाशिल भएका थिए ।

साहित्यका अनेकन विधामध्ये कवितामा यिनले थोरै कलम चलाए । जति कविता लेखे उत्कृष्ट नै लेखे । उनलाई स्वच्छदन्तावादी –प्रगतिवादी कविता धाराका युगीन कविको रूपमा चिनिन्छ । गद्यलयमा लेखिएका कविता विश्वमा आतङ्क, सन्त्रास होइन, शान्ति, अहिंसा मानवताको सन्देश बोकेका कविताको मुख्य विषयवस्तु बिद्रोह, क्रान्ति, शान्ति र मूक्ति नै हुन् । नवीन विम्व, र प्रतीकको प्रयोग गर्न सिपालु मल्लका र्कतैकर्तै ब्यङ्ग्य चेतनाका भाव पनि कवितामा प्रस्तुत भएका छन् ।

कवि मल्लका छोरीलाई मानचित्र पढाउदा शीर्षकका कविता चर्चित छ । उक्त कविता विजय मल्लका कवितासङ्ग्रह २०१६ मा सङ्ग्रहीत छन् । ३६ वटा पङ्तिहरूमा रचिएको कवितामा आमाको पीडा र युद्ध विरोधी भाव गुञ्जित छन् । भारत, पाकिस्तान, इङ्ग्ल्याण्ड, रूस, जर्मन जस्ता देश विभाजित छन् । सबै मुलुक एउटै हुन्, विश्वलाई टुक्र्याउने कारक तत्व धर्म हुन् । धर्म, लिङ्ग, जातिको नाममा द्धन्द भएका छन् । बैमन्यस्यता हटाई एक आपसमा मेल र सहकार्य गरी विश्वलाई नै एक राज्यको कल्पना गर्नु पर्दछ । संसार एउटा सिङ्गो परिवार हो भन्र्दै बसुधैव कुटुम्बकम’ भावना विकास गर्नु पर्ने भाव खिच्दै कवितामा भारत र पाकिस्तानको सीमा झगडा, जापानको नागसाकी र हिरो सिमामा बम बिस्फोट गरी भएको पहिलो र दोस्रो विश्वयुद्ध भयो । शक्तिशालि अमेरिकाले अणुवम बनाए । मानिस युद्ध हिंसाजस्ता सिकारबाट ग्रसित छन् ।

मान्छेको सत्रु मान्छे नै हुन् । अनुभूतिलाई प्रतीकात्मक अभिव्यक्ति दिएर लेखिएका कवितामा विश्वका मानिसहरू एक भएपछि ती रगतले कोरिएका रेखा हट्ने जाने छन् भन्ने भाव दर्साएका छन् । यसरी विश्वमानवतावादको अभिप्रेरणाबाट रचिएका कविता:

रातो रगतले कोरिएको साँध छ ।
खेतमा डील लाएझै
हेर, हरेक राष्ट्रका फाँटमा !
यो हो भारत, यो हो पाकिस्तान
हिन्दुमुसलमानको रगतले मुछिएको
यही हो रेखा महान् !
यो जर्मनी, यो इङ्ग्ल्याण्ड,
यो रूस, यो जापान ।
(छोरीलाई मानचित्र पढाउदा)

नेपाली साहित्यको विभिन्न विधामध्ये कविताको विकासक्रमको सन्दर्भलाई लिएर उनी यसो भन्छन्–‘‘आजसम्मको मेरो काव्य अध्ययनबाट म के निष्कर्षमा पुगेको छु भने कतिपय कविहरू आफ्नो विषयवस्तुप्रति इमान्दार भए तापनि उनीहरूको अभिव्यक्तिले भाषाको रूढिग्रस्त शब्दावलीलाई बदल्न नसकी छटपटाएको भान हुन्छ । जसरी उनीहरू आफ्ना जीवनमा छटपटाएका छन् । त्यसैले उनीहरूको अभिब्यक्तिमा वस्तुत: दुरूहतर नभए तापनि दुरूह मानिन्छ । जे उनीहरू सोच्छन्, जे उनीहरू बोल्छन्, ती सब सामयिक वस्तुस्थितिको चित्रण गरिए तापनि अन्तराष्ट्रिय मनोबोधद्धारा उनीहरू छटपटिएका छन् । आफूलाई र समाजलाई नियोजित रूपमा राख्न नसकी आएका अलमल्ल, छटपट, चिन्ता सव एक प्रकारले अवचेतन उनका प्रकाश जस्ता छन्, जसले शब्दबाट अभिव्यक्ति नपाई खाली संकेतबाट बुझ्न बाह्य गर्छन् । यथार्थत: दुरूद्ध नभै दुरूह भएका छन् ।’’

यिनले वि.स.१९९७ तिर नै कथा लेख्न शुरू गरेका थिए भने शारदामा वि.स.२०००मा छापिएको दश रूपिया कथा पहिलो हो । नेपाली समाजमा व्याप्त पुरानो सामान्ती रूढीबादी संस्कारका विरूद्ध परिवर्तन, बिद्रोह र क्रान्तिको चेतना जगाउने खालका विषयवस्तु केन्द्रित कथा छन् । खास गरेर वि.स.२००७ सालपछि काठमाडौँ उपत्यकाका जनजीवनमा प्रत्यक्ष रूपमा प्रभाव पार्ने समस्याको चिरफार गरेका छन् । उनका कथामा राजनैतिक, स्वतन्त्रता र प्रजातन्त्रको गतिविधि कथामा प्रवेश गरेका छन् । बौद्धिक विश्लेषण रहेका कथामा घटना भन्दा चरित्र प्रधान रहेका छन् । मानिसका भित्री मनका आवेगलाई कथामा प्रस्तुत गरेका छन् भने मनोविज्ञानका नयाँ नयाँ खोज र चिन्तनको प्रयोगको थालनी गरेका छन् । तसर्थ, नेपाली कथाका सामाजिक र मनोबैज्ञानिक धारा (१९९१–२०१६) का विजय मल्ल प्रसिद्ध कथाकार हुन् ।

उनले लेखेका कथामध्ये अन्तिम भोज चर्चा योग्य छ । कथाको सुरूवातमा नै पाठकको मनमा खुल्दुली जगाउँछ । १८ अनुच्छेदबाट बनेको यो कथा छोटो आयमको हुनुका साथै कथामा नाटकीय संवाद र ठाउँठाउँमा गद्य–कविता पनि मिश्रित छन् । यो कथा दोस्रो विश्वयुद्ध पछिको हो । अन्तिम भोज भन्नाले अन्तिम भोज नै हो । कथामा सबै देशमा आणविक हात–हतियार पड्काउनेहरू एकै ठाउँमा जम्मा भई भोज खाई मनाउने रात्री भोज नै मूर्खता रहेको कथाकार मल्लको भनाई छ । आणविक अस्त्र शस्त्र निर्माण गर्ने ठूला देशका बौद्धिक भनिने ब्यक्ति माथि कथामा ब्यङ्ग्य पनि प्रस्तुत गरिएको छ । आणविक बम–बारूद र हातहतियारका कारण मानव जीवनमा परेको हानीलाई विषयवस्तु बनाएर कथाकार मल्लले सार खिचेका छन् । ती शस्त्र अस्त्र रोक लगाई मानव जीवन सुखसयल पार्ने सन्देश यस कथाले दिएको छ । तसर्थ, यस कथालाई उत्कृष्ट बौद्धिक तथा हास्य ब्यङ्यपूर्ण अन्तराष्ट्रिय कथाको हाराहारीमा दरिन पुगेको छ ।

विजय मल्लले नाटक बिधामा बेसी कलम चलाए । आधुनिक नेपाली नाटकको उत्तरार्धको प्रयोगवादी धारा (२०२१–२०२९) का अबधिमा उनको योगदान अमूल्य रहेको छ । यिनले नाटकका यर्थाथवादी र प्रयोगवादी दुबै धारामा नाटक लेखे । यिनलाई बालकृष्ण सम तथा गोपालप्रसाद रिमाल पछिको अर्थात् आजको युगको प्रतिनिधि नाटककारको रूपमा लिइन्छ ।

नाटककार मल्लले नाटकमा सामाजिक, मनोबैज्ञानिक र बौद्धिक विषयवस्तुका संयोजन गरेका छन् । यी विषयवस्तु मध्ये विभिन्न सामाजिक पक्ष जस्तै ः घरपरिवारबीच, नरनारीबीच, जीवनचक्र, शिक्षा, आर्थिक पक्ष, राजनीतिक, धर्म र संस्कृति, व्याप्त र नैतिक मूल्य, प्रतिभा र स्वप्नद्रष्टा आदि बढी उल्लेख गरेका छन् । त्यस्तै नाटकमा पशुपन्छी र किराफट्याङ्ग्रा, कुकुर, बिरालो, मुसा, हात्ती, बोको, स्याल, बाँदर, परेवा, माउसुली, सर्प जस्ता जीवमण्डल र प्रकृति अन्र्तगत पहाड, जङ्गल, जमिन, हावा, घाम, रूख आदिको प्रयोग गरेका छन् । मानिसका मनमा गुम्सेर बसेका भावनासँग पशुको मनोभावनासँग तुलनाको सङ्केत गरिएको छ । उनका नाटक राष्ट्रिय, अन्तराष्ट्रिय परिबेशमार्फत झुण्डिएको छ । उनीद्वारा लेखिएका धेरै जसो नाटकहरू मञ्चन समेत भएका थिए ।

वि.स.२०१८ सालमा शारदामा प्रकाशित एकाङ्की कङ्काल नेपाली समाजमा घट्ने र घट्न सक्ने घटनामा आधारित नाटक हुन् । उक्त एकाङ्की बहुलाकाजीको सपना नाटक सङ्ग्रहमा समाबेश छन् । कङ्काल एकाङ्कीले मानव र प्रेतआत्माको सम्बन्धलाई उजागार गर्न सफल भएको छ । सो एकाङ्कीमा मेडिकल कलेज कलकत्तामा अध्ययन गर्ने एक विद्यार्थीमाथि घटेको घटनाको विषयवस्तुमा केन्द्रित छ । मेडिकल विद्यार्थी भएका कारणले आफ्नो अध्ययनको क्रममा एक रात अबेरसम्म जुटे । सुत्ने कोठाको एक टेबुलमा मानव कङ्काललाई ओल्टाइ पल्टाई गरे । रात बितिसकेकाले झ्याल ढोका लगाई सुत्ने तरखरमा खटियामा पल्टे । एकासी एक सुन्दरी युवती उत्पन्न हुन्छे । आश्चर्य मानी ती विद्यार्थी र प्रेतआत्माबीच संम्वाद क्रम अगाडि बढ्छ । मृत आत्माले सो कङ्काल आफ्नो भएको र युवकले इजाजत दिएमा आफ्नो कङ्काल साथमा लग्ने कुरा बताउछ ।

नाटकको सार यस्तो छ । ती मृतआत्माको नावालकमा एक युवासँग विवाह हुन्छ । विवाह गरेको केही समयपछि लोग्नेको मृत्यु हुन्छ । विधुवा बनेका नावालकलाई लोग्ने टोकुवा भनेर हेपिन्छ । उ घरमा बस्न नसकी माइत गएर बस्छे । विधुवा नावालिका दिनप्रति दिन युवा अवस्थामा प्रवेश हुन्छ । ती युवतीमा यौनइच्छामा तिव्र चाहन बढ्दै जान्छ । अचानक विधुवा युवतिको एक डाक्टरसँग प्रेम बस्न जान्छ । दुवैले प्रेमको प्रस्ताव एक आपसमा राख्न सक्दैनन् । समय बित्दै जादा डाक्टरको अर्को केटीसँग विवाह गर्ने कुरा चल्छ । ती विधुवाले सहन नसकी विषको धुलो डाक्टरको चियामा र आफ्नै पानीमा राखिदिन्छन् र सोही खाई दुवै जनाको जीवन लीला समाप्ति हुन्छ । यसरी अल्पआयूमा बितेकाले आफू किचकन्ने बनेको सम्वादक्रममा ब्यक्त गरिन्छ । यसरी यस नाटकमा तिव्र यौन इच्छा र बालविवाहले समाजमा पर्न गएको प्रभावको बारेमा सन्देश दिएकोले नाटक सार्थक रहेको देखिन्छ । यस एकाङ्कीमा लिपिवद्ध गरिएका सम्वादका केही अंश:

ए तपाइलाई निन्द्रा लाग्यो, त्यसो भए सुत्नोस् र
पल्टेर फेरि कल्पना गर्नोस्, सपना देख्नोस् !
कस्तो कल्पना मात्र देख्ने बानी तपाइको ! तपाइको
कल्पना यसरी साकार भए पनि तपाइलाई
चित्त बुझेन ? म नराम्री छ क्यारे !
सुन्नोस्, म यहाँ आफ्नो हराएको माल
लिन आएकी !
०००

कस्तो ठट्टा गछ्यौ ? रात धेरै ढल्किसक्यो, मैले
यहाँ कसैको माल ल्याएर राखेको छैन मेरो
आफ्नो बाहेक । भैहाल्यो, ठट्टा नगर ।

विजय मल्लद्वारा लेखिएका दोभान एकाङ्की सङ्ग्रह उत्कृष्ट नाटकको रूपमा लिइन्छ । सो सङ्ग्रहमा दोभान, पाहुना, अन्धाको पनि अाँखा खुलेको हुन्छ, शिलाको बङ्गला र श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाह गरी जम्मा पाँच वटा एकाङ्की लघुनाटक समाबेश छन् । नाटकमा सरल भाषा, संबेदनात्मक शैली प्रयोग गरी सामाजिक एवं ऐतिहासिक विषयवस्तु समेटिएर लेखेका छन् । यस नाटकमा सत्यवान र साबित्रीको चर्चा गरिएको छ । उहिलेका राम–सीताको कुरा होइन, अहिलेको सामाजिक जीवनका जटिलतामा बेतीत गरेका रामप्रसाद र सीताको यथार्थपरक चरित्र झल्कन गएको छ । नाटकमा कथाको सारांस पारिवारिक पृष्ठभूमि खिचेको छ । विशेषतः लोग्ने र स्वास्नी बीचको सम्बन्धलाई उजागार गरेको छ । लोग्ने बिरामी भएको बेलामा अस्पताल भर्ना गराउनेदेखि औषधीउपचार गर्न, बुढाबुढी भएका सासुससुरालाई खानपिन तथा हेरविचार गर्न सीता तलिन हुन्छिन् । अलिअलि भएको पनि रकम सक्नु र आफूसँग भएको सुनचाँदी बैकमा राखेर खर्च गरिन, विरामी लोग्ने ठीक नभएपछि पैसाका लागि आफ्नो जीवन–यौवन नै धनाढ्य भनाउँदाहरू अर्थात् यमदुत, यमराजलाई सुम्पन्न बाध्य भएको घटना उल्लेख गरिएको छ ।

पुराणकी साबित्रीले आफ्नो सतित्वको कारणले यमराजलाई खुशी पारी आफ्नो लोग्नेलाई फर्काएको र अहिले सावित्रीले आफ्नो लोग्ने र सासुससुरालाई रोग र मृत्यूबाट बचाउछन् ।

यसरी आफ्नो परिवारमा आइपरेको जटिल समस्या सुल्झ्याउनका निम्ति सतीत्वलाई नै बन्धक बनाएकोतर्फ कथा मोडिएको छ । तसर्थ समाजमा घट्न सक्ने अर्थात् घट्दै आएको परिबेशलाई नाटकको माध्यमबाट सन्देश प्रवाह गर्न सकेको हुनाले दोभान नाटक सार्थक बनेको छ ।

दोभान जस्तै उनका परखालभित्र नाटक पनि उच्चकोटीमा पर्दछ । भित्तेघडी (२०४०) एकाङ्की सङ्ग्रहमा परखालभित्र शीर्षकको नाटक समाबेश छन् । यस नाटक नेपालमा वि.स.२०२०–२०३० साल भित्रको राष्ट्रिय र सामाजिक समस्याको परिवेशसँग जोडिएको छ । नाटकले काठमाडौँदेखि भारत, थाइल्याण्ड, हङकङ, जापनसम्म महत्वपूर्ण घटना केन्द्रित छन् । राष्ट्रिय–अन्तराष्ट्रिय माहोलमा नेपाल मुख्य: अखडा भई अन्य देशमा अबैध ब्यापार धन्दासँग जोडिएको छ । प्राचीन मूर्तिकला, कस्तुरी बेचबिखन गर्ने र जघन्यअपराधको घटना घटाउनेजस्ता घृणित कार्यको पर्दाफास नाटकमा गर्न नाटककार मल्लले भ्याएका छन् । यस एकाङ्कीमा पात्र–पात्रबीच भएको सम्वादका केही अंश:

म अब कति सहन सक्छु र ! सहनुको पनि त एउटा हट छ ।
मेरी छोरी शान्ति बाहेक अरू मेरो को थियो र ?
त्यत्रो विश्वयुद्धमा फगत रूपियाँको निमित्त, फगत भरौटे भएर,
फगत अरूहरूको देशका निमित्त नुनको सोझो चिताएर लडियो ।
कैयन् साथीहरूका ज्यान गए ।
म मात्र मरिन, फर्के ।
घरमा सानी शान्तिलाई मिल्काएर त्यसकी आमा
अरू ठाउँमा पोइल गइसकेकी रहिछ ।
त्यही शान्ति बाहेक मेरो को थियो र !
पालेँ, पोसेँ, हुर्काएँ, अब म कसरी सहन सक्छु ? अब तिमी नै बेपत्ता भएपछि ।
०००

जुन देशमा मूर्तिपूजामात्र हुन्छ,
कलाको इज्जत छैन, कलाको बस्तु राख्न के अधिकार !
भो छाड, काग कराइरहन्छ , पीना सुकिरहन्छु ।
हामीलाई रूपियासँग सम्बन्ध छ, न कि तर्कसँग ।
रूपियाँ कमाऔँ, बस् (फोनमा घण्टी आउछ , उठाउँदै) हेलो !
ए माथि पठाइदेऊ । (रिसिभर राख्दछ) गुप्ता आएको रहेछ ।
ऊ आएपछि बाहिर निस्किदिनु ।

विशेष गरेर यिनका नाटकमा गरिवीको चपेटा, सामाजिक असमनता, मानवीय पीडाले आक्रान्त बनेका अभिव्यक्तिका स्वरले प्रवेश पाएको देखिन्छ । तसर्थ, आम पाठकका मन उनका नाटकले खिचेको हो भन्न सकिन्छ । उदाहरणका लागि विजय मल्लका पात्रहरू बीच उल्लेख गरिएको सम्वादका केही नमूना:

फिक्री नले, अर्को सपना सिर्जना गर्छु,
गरवीलाई संसारबाट टाढा मिल्काउँछु ,
बुझिस भक्ते, गरिबीलाई म मिल्काइछाड्छु, पन्छाइछाड्छु ।
पन्छाउने काममा बाधा मान्छे हुन्छ भने म त्यसको दुस्मन हुन्छु,
मुर्ख हुन्छु, पछि हट्तिनँ ।
गरिवीका समर्थक भएर परमेश्वरै खडा हुन्छन्
भने पनि वरू नास्तिक हुन्छु, दब्बिनँ । नरो भक्ते,
संसारले एक दिन सुखी हुनुछ , कसैले रोक्न सक्तैन ।
०००

‘हत्याद्वारा मुक्ति हुनेछ’ भन्ने सिद्धान्त आजको युगमा मान्ने हो भने
विश्वयुद्धलाई वरदान रूपमा ग्रहण गर्नु पर्ने हुन जान्छ ।
कति सजिलो हुने थियो हामी सवलाई,
यी एटमबमहरू एक पटक पड्काइदिने थियौ
र सम्पूर्ण सृष्टिलाई एक पटक नष्ट गरिदिने थियौँ ।

अन्तत, उनका भौतिक शरीर हाम्रा सामु नरहे तापनि उनले छाडेर गएका उत्कृष्ट रचना हाम्रा सामु विद्यमान छन् । तसर्थ, उनी नेपाली साहित्यमा बिर्सनै नसक्ने प्रतिभा हुन् ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 966
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.