SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » शिवकुमार राईः ‘शम्भु दाइको हुलाक’ देखि ‘ठाकबंगला’ को यात्रा
समीक्षा

शिवकुमार राईः ‘शम्भु दाइको हुलाक’ देखि ‘ठाकबंगला’ को यात्रा

Sahitya SagarBy Sahitya SagarAugust 10, 2021No Comments7 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

 

 

 

 

 

 

 

शरद क्षेत्रीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी सञ्चार र साहित्यमा सुपरिचित प्रतिभा हुन् । प्रस्तुत शृङ्खलामा शिवकुमार राईको स्मृति दिवसको सन्दर्भ पारेर उनको शिवकुमार राईमाथि लेखिएको जीवनी समीक्षा समेटिएको छ । यस समीक्षाले शिवकुमार राईलाई निकै जीवन्त रूपमा चिनाएको छ ।

-सम्पा.

सन् सत्तरीको दशकमा आकाशवाणी खरसाङबाट ‘शम्भु दाइको हुलाक’ नामक रेडियो कार्यक्रमले धेरैको मन जित्न सफल भएको थियो । ठटौली पारामा प्रश्न-उत्तर गरिने कार्यक्रमको सञ्चालक थिए शिवकुमार राई । अनि सहयोगी थिइन् छिमी अङ्मु भोटिया (लामा) शोभा बहिनीको भूमिकामा। यो कार्यक्रमले शिवकुमार राईको सृजनशीलताको नयाँ पाटोलाई उजागर गरेको थियो कार्यक्रम प्रस्तोताको अवतारमा । शुक्रबार आउने यो कार्यक्रम सुन्न श्रोताहरू सधैँ आतुर रहन्थे ।

शिवकुमार राई जसलाई मैले शिवकुमार मामा भनेर सम्बोधन गर्थे समय समयमा भेट हुँदा । साइनो गाँसेर सम्बोधन गर्नु पर्ने कारण के थियो भने, उनका केही आफन्तहरूले मेरा मामा र सानीमासँग विवहा गरेका थिए । भारतको सिलगुडीबाट प्रकाशित हुने हिमालचुली दैनिक पत्रिकाको सम्पादक हुँदा शिवकुमार मामाले मैले पारिजात दिदीलाई लिएको अन्तर्वार्ता छापिदिएर मेरो साहित्यिक यात्राको श्रीगणेश गर्न सहयोग गरिदिएका थिए । साथै अरु लेखहरू पनि छापिदिएका थिए । लेख छापे बापत रु. १५/- को मनी अडर आउँदाको खुशी कसरी व्यक्त गरौँ शब्दमा ? समय समयमा काठमाडौं आउँदा म भेट्न जान्थेँ जाउलाखेलमा । अरु लेखकको निम्ति अन्तर्वार्ता पनि लिइदिएको छु मैले ।

शिवकुमार राईलाई धेरैले सन् १९५६ मा प्रकाशित प्रसिद्ध उपन्यास ठाकबंगलाबाट चिनेका छन्, कुनै समय यो उपन्यास भारत र नेपालमा कलेजको पाठ्यक्रम थियो। अहिले पनि ठाकबंगलाको उतिकै पाठकहरू छन् । यही देखेर होला मन्ञरी प्रकाशन काठमाडौंले पुन: प्रकाशनमा ल्याएको छ । तर दुर्भाग्य भनौँ, यो उपन्यासमाथि इन्द्रबहादुर राई, राजनारायण प्रधान, कृष्णचन्द्रसिंह प्रधान, तारानाथ शर्मा लगायतका समालोचकहरूका दृष्टि कहिल्यै परेन ।

राईले लेख्न सानैदेखि सुरु गरे पनि उहाँको पहिलो कथा शारदा पत्रिकामा सन् १९४१ मा मात्र छापिएको थियो भने पहिलो कविता ‘विरहीको बसन्त’ सन् १९४१ मा खोजी पत्रिकामा छापिएको थियो । ह्रदयचन्द्रसिंह प्रधानले सम्पादन गरेको उद्योग, साहित्यस्रोत, देवकोटाको सम्पादनमा निस्केको युगवाणी साथै गोर्खा, भारतीमा उँहाको कथाहरू छापिएका छन् । उहाँको प्रसिद्ध कथा ‘फ्रण्टियर’ले पाठकहरूलाई भारतको पूर्व-पश्चिम सिमानामा पुराउँछ, जहाँ त्यहाँको जनजातिको जीवन शैली वर्णन गरिएको छ । नूर आलम कथामा अन्तिम मुगल सम्राटको दरवारको एक नर्तकीको बारेमा लेखिएको छ । सन् १९५१ मा प्रकाशित ‘फ्रण्टियर’ कथासंग्रहको भूमिकामा आफ्नो कथा शिल्पीको बारेमा शिवकुमार राई लेख्छन्, ”कथाको पृष्ठभूमि, कथाका नायक-नायिका खोज्न हामीले हालको परिस्तितिमा धेरै टाढा जानु पर्दैन । खरले छाएको थेप्चो घरभित्र, खेतको कान्हलाको छहारीमन्तिर, तिरतिरे धाराको चप्लेटी ढुङ्गामाथि, झण्डी डाँडाको देवराली पल्लापट्टि, औ नेहुली वनको कलकलले खोलोभित्र हाम्रा नायक-नायिकाहरू लुकिबसेका छन्- खोजी निकाल्ने भार लेखक-लेखिकाको हो ।”

शिवकुमार राईको उत्कृष्ट कथा हो, माछाको मोल । यो कथामा कसरी मूलपात्र माछा मारेर जीविका चलाउने रनेको अन्त्य हुन्छ भनेर वर्णन गरेको छ । डा. ईश्वर बराल लेख्छन्, “शिवकुमार राईका कथा माछाको मोल सार्क देशहरूका सबभन्दा उत्कृष्ट कथा हो ।”

डा. बराल ‘झ्यालबाट’ मा शिवकुमार राईको कथाकारिता माथि लेख्छन्, “भारतीय नेपाली कथामा आधुनिकताका पर्वका सुचनालग्नमा देखा परेका पहिला हारका लेखकमध्ये शिवकुमार राई एउटा प्रतिष्ठित नाँउ हो । तिनको कथाको एउटा विशिष्ट पक्ष हो, आफ्ना अञ्चलको स्वकीय अभिज्ञतालब्ध सामाजिक जनजीवनको चित्रायण । तिनका सामाजिक कथामा निम्नवित्त व्यक्तिका जीवन औ जीविकासम्वद्ध नानावली समस्या, संघर्ष औ तत्सह क्रियाकलापले सिंहभाग पाएका छन् । तर शिवकुमारले कथालाई न उपदेशको भारी बोकाए न राजनैतिक मतवाद वा दलविशेषको नै प्रचारलिस्नो बनाए ।”

राईको लेखन विशेषता हो नेपाली उखान-टुक्काहरूलाई कथामा प्रयोग गरेर अतुलनीय रुपमा ठाँउ र परिस्थितिको वर्णन गर्नु । टिका- उनको कथा शिल्पको उत्कृष्ट नमूना हो । शिवकुमार राईको खहरे कथासंग्रहले सन् १९७८ मा साहित्य अकादमी पुरस्कार पाएको थियो, उनी इन्द्रबहादुर राईपछि यो पुरस्कार पाउने दोस्रो स्रष्ट्रा हुन् । शिवकुमार राईको यात्री (सन् १९५६), बढा डिनर (सन् १९८८) र शिवकुमार राईका सात कथा (सन् १९९४) प्रकाशित भएको छ । उनको डाँफेचरि खण्डकाव्य सन् १९५४ मा छापेको थियो, जसमा दुई डाँफेको वियोगान्त कथा छ, डाँफेको सुन्दरताको वर्णन गरेको छ । आकादमी पुरस्कार प्राप्त पुस्तक खहरेको समीक्षा गर्दै प्रबुद्ध समालोचक लक्खी देवी सुन्दास लेख्छिन, “खहरेका दश कथाहरू दशरस परिपूर्ण छन् । यी कथाहरू छोटा, मीठा र रसिला छन्, चट्ट चटनी जस्ता । खहरेका कथाहरू कथाकारका भावका खहरेमा सोहरिएर आएकाले विविधताको रङ लिएका रसपूर्ण औ पठनीय छन् । चरित्र चित्रण उहाँको अर्को विशेषता हो ।”

शिवकुमार राईले नेपाली भाषालाई अत्यन्त माया गर्थे र नेपाली भाषी हुनमा गर्व गर्थे । सबैले नेपाली भाषा साहित्यलाई समृद्ध बनाउन कम्मर कस्नुपर्छ भन्ने उहाँको विचार थियो । उहाँ लेख्नुहुन्छ, “नेपाली भाषा खुबै सुन्दर र समृद्ध छ । तर आफ्नो मातृभाषाप्रति हाम्रो प्रेम नरहनु नै नेपाली जातिको सबेभन्दा ठूलो कमजोरी र दुर्भाग्य पनि हो । मातृभाषाको उत्थान गर्नुपर्छ भन्ने कुरामा विशेषगरी तरुणवर्ग हरतरहले सक्रिय रहनुपर्छ । त्यही ध्येयमा सन् १९४१-४२ तिर हामीले तरूण शीर्षकमा हस्तलिखित पत्रिका निकाल्ने गरेका थियौँ । तब हामीले तरुण थियौँ भने अब तपाईँहरू तरुण हुनहुन्छ- त्यसर्थ अबको पाली तपाईँहरूको हो, र कृपया भाषा सेवामा इमान्दार रहनुहोला ।”

शिवकुमार राई बारेमा लेखिका प्राध्यपक सुजाता रानी राई लेख्छिन्, “शिवकुमार राईले के गरेनन्- साहित्य लेखनको रुपमा कथा, उपन्यास, कविता, निबन्ध, नाटक इत्यादि लेखे, फुटबल खेलेर आउँदो पिँढीलाई खेलकुदप्रति जागरुक बनाए, नाटक लेखे अनि अभिनय गरे, सङ्गीत सिके अनि गीतहरू रचना गरे, आकाशवाणी खरसाङमा कार्यक्रम निष्पादक भएर अतुलनीय प्रतिभा देखाउँदै सबैलाई प्रशिक्षित गरे अनि आकाशवाणी खरसाङलाई नेपाली भाषीहरूमाझ अति लोकप्रिय बनाए । त्यति मात्र नभएर जीवनको पूर्वार्द्धमा राजनीतिमा लागेर पश्चिम बङ्गाल सरकारको श्रममन्त्रिसम्म हुने सौभाग्य प्राप्त गरे ।”

शिवकुमार राई पहिलो विश्व युद्धको अन्ततिर सिक्किममा जन्मे अनि तीब्बत, दार्जीलिङ र कलकत्ताबाट शिक्षादिक्षा लिए । दोस्रो विश्व युद्धताका समाज सेवामा लागे राई, अनि विस्तारै साहित्य र राजनीतिले आकर्षित गर्यो उनलाई । सन् १९४८ को विधान सभाको उप-चुनावमा भारतीय गोर्खालीगबाट कांग्रेसको उम्मेद्वार आफ्नो गुरु धरणीधर कोइरालालाई पराजित गरी सांसद बने । तत्कालीन पश्चिम बंगालको मुख्यमन्त्रि डा. विधानचन्द्र रायको मन्त्रिमण्डलमा उप-श्रममन्त्रि नियुक्त भए । यत्रो ठूलो पदमा पुग्ने शिवकुमार राई पहिलो भारतीय नेपाली थिए । विभिन्न घटनाक्रमले शिवकुमार राईलाई राजनीतिबाट टाढा बनाउँदै लग्यो । अन्ततोगत्व, शिवकुमार राईले सन् १९५७ को आमचुनावमा पराजित भएपछि राजनीतिबाट सन्यास लिए ।

सन् १९६२ मा आकाशवाणी खरसाङले नेपाली भाषामा नै कार्यक्रम गर्नेगरी आफ्नो सेवा सुरु गर्यो, शिवकुमार राई यसको पहिलो प्रोड्युसरका रुपमा नियुक्त भए । करिब सन् १९८० सम्मको लामो सेवामा शिवकुमार राईको अग्रसरतामा आकाशवाणी खरसाङले धेरै गायक, संगीतकार, नाटककार, समाचार वाचकहरू जन्मायो । सन् १९८४ मा मैले पनि आकाशवाणी खरसाङको एउटा कार्यक्रमा कलेजबाट भाग लिने अवसर पनि पाएको थिएँ, साथमा थोरै पारिश्रमिक पनि । आकाशवाणी खरसाङमा शिवकुमार राईले इन्द्रेणी, गुराँसगुच्छ, नानीको मेला, धनमान दाइको संसार, गाँउले सभा, प्रादेशिक समाचार आदि कार्यक्रमहरू सुरु गरे । रेडियो नाटकहरू पनि लेखे, खेले अनि अरुलाई पनि अवसर दिए । धेरै राम्रा लेखक र कविहरू आकाशवाणी खरसाङमा आवद्ध भए उहाँकै कार्यकालमा।

शिवकुमार राईको तेस्रो ‘इनिङ’ सुरु सन् १९८२ बाट हुन्छ, हिमालचुली दैनिक पत्रिकाको सम्पादकको रुपमा । प्रधान सम्पादक थिए पारसमणि प्रधान । हिमालचुलीले सबैको विचारधाराको लेख र समाचारहरूलाई स्थान दियो । म १७ वर्षको हुँदा मैले पनि हिमालचुलीमा लेख छपाएको थिएँ । तर तत्कालीन समयको प्रतिकूलताले शिवकुमार राईले भनेजस्तो गरी पत्रिकालाई अग्रसर गराउन सकेनन् । झन् सन् १९८६ देखि चर्किएको गोर्खाल्यान्ड आन्दोलनले सरकार र आन्दोलनकारी दुवैबाट काम गर्न असहज परिस्तिति सृजना गर्यो । उनले सन् १९९१ मा राजीनामा दिएर अवकाश जीवन बिताए ।

पुरस्कार र सम्मानको पछि कहिल्यै कुदेनन् शिवकुमार राई । तर पनि साहित्य अकादमी पुरस्कारबाहेक शिवकुमार राईले रत्नश्री पुरस्कार (सन् १९६८), आकाशवाणी नाट्य पुरस्कार (सन् १९७६), दियालो पुरस्कार (सन् १९७९), अगमसिंह गिरी स्मृति पुरस्कार (सन् १९९४) र पारिजात स्मृति पुरस्कार (सन् १९९५) प्राप्त गरेका थिए ।

सबै धर्मलाई समान रुपले हेर्ने शिवकुमार राईको श्रीसत्य साई बाबाप्रति विशेष आस्था थियो । उहाँको पुराना मित्र भारतका पूर्व सांसद एवं नेहरूको समयमा राष्ट्रिय कांग्रेसको महासचिव टी मनेन अमेरिकाबाट लेख्छन्, “शिवकुमार राई मेरा ‘इष्ट साहित्यकार’ हुन् । उनले यस कलमकारलाई धेरै गुण लगाएका छन् । उनको गुण तिरेर तिर्न सकिँदैन । भगवान् श्रीसत्य साई बाबाको ५५ औं शुभ जन्म दिवसको अवसरमा श्रीसत्य साई सेवा संगठनको ‘तेस्रो विश्व सम्मेलन’ बाबाको जन्मथलो पुट्टपर्तिमा आयोजना भएको थियो । त्यस अवसरमा शिवकुमार राई सर दार्जीलिङबाट एक डेलिकेटको रुपमा त्यस विश्व सम्मेलनमा जानुहुँदा यस कलमकारलाई पनि आफ्नो साथमा पुट्टपर्थि लिएर गएर भगवानको दर्शन गर्ने, भगवानको बासस्थानमा सेवा गर्ने, र बाबाको सम्भाषण सुन्ने सौभाग्य जुटाइदिएका थिए । त्यसैले सरप्रति कृतज्ञ हुँदै आफूले पनि मौका पाएमा उहाँको केही सेवा गर्ने अवसर आजसम्म चुकाएको छैन ।’

प्रसिद्ध समालोचक तारानाथ शर्माले कुनै ठाँउमा लेखेको छन्, ‘टी मनेनले जस्तो भाषण गरेको अहिलेसम्म सुनेको छैन ।’ त्ससैगरी साहित्य महर्षी इन्द्रबहादुर राईले दार्जीलिङको चोकबजारमा हुने भाषण गर्नेहरूलाई पहिलो स्थानमा राखेको गिताङ्गे डाँडा लेखमा उल्लेख छ ।

शिवकुमार राई एक कूशल अनुवादक पनि थिए । उनले साई बाबाका धेरै प्रवचनहरू साई संगठनको मुखपत्र सनातन सारथीको नेपाली संस्करणको निम्ति अनुवाद गरेका थिए ।

सन् १९९५ मा ७६ वर्षको उमेरमा दिवंगत भएका शिवकुमार राईको योगदानलाई अमर बनाउन शिवकुमार राई स्मृति अकादमीको गठन गरिएको छ र यसले गत वर्ष उनको जन्म-शतवार्षिकी पनि विभिन्न कार्यक्रम गरेर मनाएको थियो ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 515
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.