SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » हरिभक्त कटुवाल : सन्दिग्ध कालको जरासन्ध
समीक्षा

हरिभक्त कटुवाल : सन्दिग्ध कालको जरासन्ध

Sahitya SagarBy Sahitya SagarAugust 10, 2021No Comments11 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

 

 

 

 

 

 

 

शरद प्रधान पत्रकार तथा लेखक व्यक्तित्व हुन् । प्रधानले नेपाली र अंग्रजी दुवै भाषाका पत्रपत्रिकाहरूको सम्पादन गर्दै आएका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रधान रेडियो टुरिजम र एक्सेलट्रिप नेपालसँग आवद्ध छन् । उनको हरिभक्त कटुवालसँग संबद्ध रचना संस्मरण र समीक्षाका दोसाँधमा छ । साहित्यसागरले यस रचनालाई जीवनी समीक्षाका रूपमा प्रसतुत गरेको छ । यस आलेखले हरिभक्तकटुवालको जीवनी व्यक्तित्व र कृतित्वलाई र लेखकका केही संस्मरणलाई पनि समेटेको छ ।

– सम्पा.

हरिभक्त कटुवाल मिथक भइसक्यो अब- रक्सिको, कविताको, गीतको अनि यायावर कथाहरूको । उनी बितेको केही वर्षपछि उनलाई भेटेको संस्मरणमा लेख्ने कवि र लेखकहरू धेरै भए, केही उनलाई सहयोग गरेका कुरा गर्छन् उनी बितेको कैयन् वर्षपछि । साँच्चिकै उनी मिथक भएछन्, सायद भगवान कृष्ण इन्द्रबहादुर राई सरको लिलालेखनमा जस्तो, विभिन्न रूपमा भेटिने । कवितामा निकै अब्बल, कथा लेखनमा सबल र रक्सी पिउने रहरमा चाँहि निकै दुर्बल । ‘रहर’ कविता कटुवालको उत्कृष्ट सृजनामा पर्छ । यसले समाजको विद्यमान स्थितिलाई व्यङ्ग्य गरेको छ ।

“बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
खिया लागेका कलका पुर्जाहरूजस्तै
गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहासका पानाहरूमा,
मैले त बाँच्नुपर्छ आउने दिनहरूमा
इतिहासको गतिलाई उछिनेर
इतिहासभन्दा बढी अरू केही भएर
त्यसैले बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।
फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ ।
बनिसकेका बाटोमा हिँड्नभन्दा
बाटो बनाउँदै हिँड्न रहर लाग्छ ।
इतिहासका ठेली होइन
एउटा कोदोल चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतलाले नाप्नुछ मैले प्रत्येक टाकुरालाई
र, गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरूको ।
बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको”

हरिभक्त कटुवाललाई जसले जसरी चिने पनि प्रथम दर्जाको बेजोड कवि, उम्दा गीतकार, राम्रो कथाकार अनि अरू धेरै विशेषण दिन मिल्छ उनलाई । हरिभक्तलाई धेरैले माया गरे, केहि पुराना मित्र र ठुला लेखक र कविहरूले शोषण पनि गरे रे- मानसिक र आर्थिक तवरमा । एकजना उनको आत्मिय भाइसरहको कविले उनलाई भुपि शेरचनको कविता चोरेको बात लगाउन पनि पछि परेनन् । ‘उनले नँया पुस्ताका धेरै कवि-लेखकलाई प्रोत्साहन गरे’, कथाकार अनिता तुलाधरले एउटा अन्तर्वातामा भनेकी छिन् । सुप्रसिद्ध कथाकार माया ठकुरीलाई पनि कवि कटुवालले एउटा नाटकमा अभिनय गराएको जानकारहरू भन्छन्।

हरिभक्तलाई मैले कहिले भेटिन – न मातेको अवस्थामा, न सोबर अवस्थामा । भेटेको अभिनय पनि गर्दिन अरूजस्तो । तर मैले उनलाई उनको कवितामा भेटेको छु स्कुले जीवनमा, गीतमा भटेको छु वयस्क उमेरमा । भेटेको छु नारायण गोपालको स्वरमा, अरूणा लामाको स्वरमा । ‘आकाशको तारा के तारा?’- शीर्षकको कविता पाठ्यक्रममा नै थियो ।

“प्रिये !
आकाशमा चम्किने नौलाख तारा
दुईतारा ल्याई लुर्कना बनाई
तिम्रा बुच्चा कानहरूमा
झुण्डाइदिन सके कस्तो हुँदो हो !
तर प्रिये !
ती तारा टाढा आकाशमा रहनाले नै तारा छन्
हातले टिप्नसक्ने फलझैँ – हरिभक्त कटुवाल
फल्दा हुन् त ती तारा पनि रुख-रुखमा
तारा नभई झटारा हुन्थे ।”

हरिभक्तको कविताले अरूलाई जस्तै कायल बनायो मलाई पनि । उनको कविता मर्स्याङ्दीको पानीजस्तै सललल बग्ने, सहज, मर्मस्पर्शी, वेदनाले भरिएको, मुटुनै छुने । हरिभक्तको म ठुलो फ्यान- सायद कत्रो ठुलो त्यसको मापन गर्ने ओजार बनेको छैन आजसम्म । उनी वितेको दुई वर्षपछि १० सितेम्बर १९८२मा उनको पुण्य तिथि पारेर कलेजमा कवि गोष्ठी आयोजना गरेँ मैले । त्योबेला पुण्य तिथिमा कार्यक्रम गर्ने फेसन चलेको थिएन अहिलेजस्तो । उनलाई समझ्यौँ आसामबाट निस्केको स्मृति अंकमा प्रकाशित उनका कविताहरू पढेर, अनि केही हाम्रै आफ्नो कविता पढेर ।

हरिभक्तलाई धेरैले बदनाम गर्न खोजे । कविता चोरेको आरोप लगाए । जडिँया भने । गतिछाडा भने । हरिभक्तको रक्सीमाथिको कविता सबै सोमरस प्रेमीहरूको राष्ट्रिय गीत नै हो, मेरा मित्र नेदरल्यान्डमा बस्ने कवि धुर्व सापकोटालाई यो कविताले मन र मुटु दुवै चिरा पारेको छ । सायद नेपाली साहित्यमा यति मिठो रक्सीमाथि लेखेको कविता बिरलै होला:

“१)
सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम
सजिलैसित जिउने एउटा मीठो निहुँ पाइएको छ
रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम ।

२)
म आफ्नै बाटो हिँडिरहेको हुन्छु तर खुट्टा अन्तै कतै गइरहेको हुन्छ
म तिमीलाई नै सम्झिरहेको हुन्छु तर अर्कै कसैले मलाई तानिरहेको हुन्छ
विश्वास गर ! म कायल छु तिम्रो मुस्कानजस्तै यो रक्सीसित
कहिले मैले उसलाई खाइरहेको हुन्छु, कहिले उसले मलाई खाइरहेको हुन्छ ।”

हरिभक्तका धेरै रमाइला किस्साहरू छन्- रक्सीको, प्रेमको, सडकको, जीवनको । सानैमा सुनेको सत्य नहुन पनि सक्छ । उनले आफ्नी सालीलाई बिहानै नुहाएर कपाल सुकाउँदै गर्दा सुन्दर मुहारमा कुमारी घामको झिल्का देखेपछि लेखेको रे यो कालजयी गीत:

“पोखिएर घामको झुल्काभरि सङ्घारमा
तिम्रो जिन्दगीको ढोका खोलूँ-खोलूँ लाग्छ है
सयपत्री फूलसितै फक्री आँगनमा
बतासको भाका टिपी बोलूँ-बोलूँ लाग्छ है
कति-कति आँखाहरू बाटो छेक्न आँउछन्
परेलीमा बास माग्न कति आँखा धाँउछन्
यति धेरै मानिसका यति धेरै आँखाहरू
मलाई भने तिम्रै आँखा रोजूँ-रोजूँ लाग्छ है
उडूँ-उँडू लाग्छ किन, प्वाँख कहिले पलायो
मनको शान्त तलाउको पानी कसले चलायो
आफैँलाई थाहा छैन कसलाई थाहा होला
त्यसैले त तिमीसँग सोधूँ-सोधूँ लाग्छ है”

नारायण गोपालको स्वर अनि अम्बर गुरूङको संगीतको यो गीतले एक जमानामा निकै तहल्का नै मच्चाएको थियो, गल्लीदेखि दरबारसम्मकाले रुचाएका । सबैले भन्थे- ‘गीत त यस्तो पो हुन पर्छ ।’ हरिभक्त अब्बल दर्जाको गीतकार बने यही गीतबाट ।

हरिभक्तले जीवनलाई दुई किस्तामा बाँचेः प्रवासमा अनि स्वदेशभित्र । अनि कविता पनि त्यसरी नै सृजना गरे । ‘यो जिन्दगी खै के जीन्दगी’ कवितासङ्ग्रहमा यो विभक्त जीवन देख्न सकिन्छ । तर विडम्बना के भयो भने उनी स्वदेशभित्र अपरिचित भएर बाँचे, निरिह भएर लडे, सरकारबाट अपहेलना पाए, उनको उपचारका निम्ति नेपाल प्रज्ञा प्रतिष्ठानमा पैसा भएन, प्रवासीको ट्याग भिरेर उनी काठमाडौँको गल्ली-गल्ली भौतारिए । अन्तिम पटक आसाम फर्किने बेला उनलाई बिदा गर्न को पो आए होलान् र ? उनका मित्रहरू जसले उनको मृत्युपछि रोचक र घोचक लेखहरू लेखे, संस्मरणहरू लेखे ! जसले उनको कविता झापामा सुनेर ‘नेपाल बस्न आऊ’ भनेर बोलाए उनैबाट अपहेलित भए कटुवाल ।

आसाममा हुँदा उनी भीमदर्शन रोकाका कविताबाट निकै प्रभावित थिए भन्ने कुरा नृत्यकलामा निपुण भैरवबहादुर थापाले आफ्नो पुस्तक ‘समर्पण’मा लेखेका छन् । सो पुस्तकमा थापासँग आसाममा भेट हुँदा कटुवालले काठमाडौँ आएर रोकासँग भेट गराइदिन अनुरोध गरेको पनि चर्चा गरेका छन् । कतिपयले उनी महानन्द सापकोटा र धर्मराज थापाबाट प्रभावित भएको ठेकुवा गर्छन् ।

कटुवालको नेपाल बसाईमा निजकका मित्र थिए प्रसिद्ध निबन्धकार नगेन्द्र शर्मा । तर उनले अरूले जस्तो कटुवालको मृत्युपछि निकटताको ढोङ गरेनन् । उनले कटुवालको कसैले नदेखेको प्रतिभालाई आफ्नो लेख- ‘काठमाडौँबाट कायल कटुवाल’मा वर्णन गरेका छन्:

‘अझ अर्को रमाइलो आश्चर्य त मलाई त्यो दिन लाग्यो, जब हरिभक्तले आफैँ रचेको एक काव्यात्मक स्लोगनलाई अत्यन्त आकर्षक चित्रमा पनि उतारे । एक सुयोग्य चित्रकारले कलात्मक रूपमा कुँदेको सुन्दर तस्वीर झैँ उनले आफैँ डिजाइन गरेको त्यो विज्ञापनले उस्तै कमर्सियल आर्टिस्टलाई पनि मात गर्दिन्छ जस्तो लाग्यो । उनको त्यस्तो प्रतिभा देखेर हामी मात्र दंग परेनौँ, विज्ञापन डिजाइनकै काम गर्न भनी हामीले पटना (भारत) बाट जागिर दिएर ल्याएका आर्टिस्ट पनि चकितै परेका थिए ।”

त्यसबखत कटुवाल नगेन्द्र शर्माले खोलेको नेपाल विज्ञापन एजेन्सीमा कार्यरत थिए र एउटा विदेशी कम्पनीको विज्ञापन बनाउन शर्माले कटुवालको सहयोग लिएको कुरा मलाई भन्नु भएको थियो ।

वि.सं. २०३६ सालमा नेपाल तातियो, सडक कविता क्रान्तिले । त्यो क्रान्तिका नायक थिए भानुको सम्पादक भवानी घिमिरे । मोहन कोइराला, शैलेन्द्र साकार, धुर्व सापकोटा, अशेष मल्ल, गोबिन्द गिरी प्रेरणा, किशोर पहाडीसँगै उभिए तत्कालिन जल्दोबल्दो कवि हरिभक्त कटुवाल, एउटै मञ्चमा । यो बहुदललाई सहयोग गर्नका निम्ति गरेको काव्यात्मक आन्दोलन थियो । कटुवाल पनि अरूजस्तै ठाँउ ठाँउमा कविता वाचन गर्दै हिँडे । तर कटुवाललाई स्वास्थ्यले बिस्तारै असहयोग गर्न थालेपछि आसामनै फर्किए, निराश भएर, शिथिल भएर । सडक कविता क्रान्तिको निकै चर्चित कविता हो हरिभक्तको ‘म ऐलान गरिरहेछु’ । यो कविता धेरै ठाँउमा वाचन गरे उनले अनि पछि ‘भानु’ पत्रिकाको ‘सडक कविता क्रान्ति विशेषाङ्क’मा समावेश पनि भएको थियो ।

“म ऐलान गरिरहेछु
उनीहरू केवल कागजका बाघ मात्र हुन्
म ऐलान गरिरहेछु
उनीहरू नाङ्लो ठटाएर हात्ती तर्साउन पल्किएका
मुकुण्डोधारी नपुंसक एउटा जमात मात्र हुन्
त्यसैले मागेर हामी अब कसैसित केहि लिन्नौँ
हाम्रा अधिकारहरू खोसेर लिन सक्ने भएका छौँ हामी
ती फ्याउराहरू को हुललाई
बाघजस्तै झम्टन सक्ने भएका छौँ हामी
भइसकेको छ- एकचोटि शक्ति परीक्षण भइसकेको छ
र विजय हाम्रो भएको छ र यो हाम्रो पहिलो विजय हो
जारी रहने छ हाम्रो विजय अभियान
अन्तिम लक्ष्य नपुगेसम्म जारी रहने छ
समर्पित छ हाम्रो यो वर्तमान
यसले भोलि एउटा उज्वल इतिहास कहने छ
यसैले त म ऐलान गर्न सकिरहेछु-
कि उनीहरू केवल कागजका बाघ मात्रै हुन्
नाङ्लो ठटाएर हात्ती तर्साउन पल्केका
मुकुुण्डोधारी नपुंसक एउटा जमात मात्र हुन् ।”

४५ वर्षमा नै बितेका हरिभक्तमा मृत्युअघि नै देश, प्रवास, समाज र मित्रप्रतिको मोहभङ्ग भइसकेको थियो । मित्रहरूबाट घात-प्रतिघात, परिवारिक समस्या र रक्सीको उन्मादले कटुवालको जीवन कष्टकर भयो । तलका कविता र गीतले नै प्रष्ट हुन्छ कटुवालको मनस्थिति:

“मन त फलामकै भए असल हुन्छ
न घात–प्रतिघातमा रुन्छ,
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ
कसैले चिमोट्यो
एक कप्टेरो त्यतै टाँसियो,
कसैले एउटा मुस्कान फ्याँक्यो
उसैको पछ्यौरीमा गाँसियो;
जहिले पनि जलेकै छ,
जता पनि ढलेकै छ,
मनको बह कसैसित नकह
कसले बुझ्छ, कसले सुन्छ ?
मन त फलामकै भए असल हुन्छ ।”

नारायण गोपालले गाएको यो गीत एक समय रेडियो नेपालको फर्माइसी कार्यक्रममा नबजेको दिन हुन्न थियो- चार्टबस्टर गीत !

“मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिकै छु बिथोल्न नआऊ
मेरो जिन्दगीमा सधैँ यो उदासी
सकेकै छु जिउन कहिले नहाँसी
मेरो चाहना हो तिमी हाँसे पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
यसैले म भन्छु तिमी मुस्कुराऊ
मलाई नसोध कहाँ दुख्छ घाउ
कतै बिरानीमा हराएँ भने म
कतै बेहोशीमा कराएँ भने म
मेरो प्राप्ति त्यही यती ठाने पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
अँध्यारोमै छोड, दियो नजलाऊ
मलाई नसोध कहाँ दुख्छ घाउ ।”

कटुवाल रोमान्टिक धाराका एक सशक्त कवि हुन्, उनको कवितामा वेदना छ, व्यथा छ, विरह छ तर सबै नितान्त व्यक्तिगत । अगमसिंह गिरीको जस्तो जातिय चेतना, कवि वीरेन्द्रको जस्तो वैचारिक उचाइ र ओकुयमा ग्वाइनको जस्तो दार्शनिक र आध्यात्मिक, गहनता कटुवालका कवितामा पाइँदैन । कटुवाल निजात्मकतामा रमाउँछन् र भन्छन् ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ । उनले देखेको संसार अरूले भोगे पनि, कटुवालको भोगाइ व्यक्तिगत छ, विश्वव्यापी छैन । कटुवालका केही कवितामा युद्ध र द्वन्दको बाछिटा परे पनि उनी विशुद्ध रुमानी कवि हुन्, हिन्दीमा यस्ता व्यक्तिलाई मस्तमौला वा हरफनमौला पनि भन्ने गर्छन् । उनका गीत र कविताहरूमा नैराश्य, अभाव, वेदना, विरह, मृत्युवोधहरू प्रशस्तै पाउँछौँ ।

हरिभक्तले काठमाडौँमा रक्सी मात्रै खाएनन्, धेरै हन्डर पनि खाए । ‘रूपरेखा’ पत्रिकाको प्रुफ रिडिङ गर्दा त्यसकै ढोकाटोलको कार्यालयको छिँडीमा सुते, चिसोले खुट्टा दुख्ने बिरामी परेर थलिए पनि । छोरी र पत्नीलाई ठूला सपना देखाएर काठमाडौँ बोलाए तर उनीहरू निराश भएर फर्किए आसाम नै । हरिभक्त जस्तै उनको परिवार पनि कहिले नेपालको हुनसकेन ।

कुनै समय प्रवासी उपनामले लेख्ने हरिभक्त नेपालीहरूको मनमा त बसे तर उनलाई सम्झने कुनै सम्झनयोग्य संयुक्त कृति या स्मृति गुठी गठन गरेजस्तो लाग्दैन नेपालमा । न उनलाई सम्झन्छन् जन्म जयन्तीमा, न पुण्य स्मृतिमा । केवल सम्झन्छन् त नारायण गोपालको कालजयी गीतमा-

‘मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिकै छु बिथोल्न नआऊ।’

हरिभक्तको काव्यात्मक जीन्दगी गीतबाट सुरु हुन्छ। सन् १९५८मा आठ आठबटा गीतहरू समावेश गरी रणबहादुर क्षेत्रीसँग ‘गीत संग्रह’ नामक पुस्तक संयुक्त रूपमा निकाले, यो नै उनको पहिलो पुस्तक थियो । त्यसपछि सन् १९६०मा ‘सम्झना’ गीतसङ्ग्रह प्रकाशित गरे । सन् १९६३मा ‘ऐतिहासिक’ कथासङ्ग्रह निकाले भने वि.सं. २०३० मा ‘स्पष्टीकरण’ नामक कथासङ्ग्रह प्रकाशित गरे ।

उनको निकै चर्चित कवितासङ्ग्रह हो वि.सं. २०२९ मा प्रकाशित भएको यो ‘जिन्दगी खै के जिन्दगी’ । यस सङ्ग्रहको भुमिकामा कटुवाल लेख्छन्, “कतै कसैले मलाई निराश पनि भेट्लान्-त्यो पनि मैले भोगेको वास्ताविकता नै हो। म पुरानो परिपाटीबाट सम्पूर्ण मुक्त छैन र आउँदो पिंढीमाथि पनि दह्रो आस्था राख्दछु । त्यसैले मलाई लाग्छ, म यो सन्दिग्ध कालको जरासन्ध हुँ ।” यसको दोस्रो संस्करण रत्न पुस्तक भण्डारले वि.सं. २०४३मा निकालेको छ । उनले नाटक पनि लेखे र कतिपय नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्ञन पनि भए । ‘म मरेको छैन’ नाटकले पुस्तकार पनि पाएको छ । ‘भित्री मान्छे बोल्न खोज्छ’ (कवितासङ्ग्रह), ‘बदनाम मेरा आँखाहरू’ (कविता र गीतसङ्ग्रह), ‘सुधा’ (खण्डकाव्य) उनका अरू कृतिहरू हुन् ।

हरिभक्त कटुवालले सम्पादनमा पनि आफ्नो दक्षता देखाए । अभिव्यक्ति (नगेन्द्रराज शर्मा बाहेक कटुवाल मात्र यसको सम्पादक बने त्यो पनि एक वर्षको निम्ति), बान्की, मुक्ति, हिमालय, प्रज्ञा, हिमानी, सङ्गीतसरिता आदिको सम्पादनमा विभिन्न तहमा रही काम गरे भने गोजिका पत्रिका ‘बान्की’ उनको मौलिक अवधारणामा निस्केको लघु पत्रिका हो जुन कथाकार अनिता तुलाधरको प्रेसबाट छापिन्थ्यो ।

‘आकाशका तारा के तारा ?’ कविताले वि.सं. २०२० सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित काव्य गोष्ठीमा पुरस्कार पाएको थियो । उनले अर्को दमदार कविता ‘यो जिन्दगी खै के जिन्दगी !’ आसाममै हुँदा लेखेका हुन् । यो कविताले वि.सं. २०२४ सालमा झापामा आयोजित दोस्रो देश-व्यापी साहित्य सेमिनारमा उनलाई सर्वश्रेष्ठ कविको रूपमा स्वर्णपदक दिलाई दिएको थियो।

“भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !
बन्दुकको नालमा टाउको राखेर निदाउनु पर्छ यहाँ
खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ
आँखा चिम्लनु पनि जगजगी, आँखा उघार्न पनि जगजगी
यो जिन्दगी खै के जिन्दगी !
पसलमा शोकेशभित्र सजाएर राखेको
काँचको चुराजस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दा चढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी !
रबरको सस्तो चप्पलजस्तै यो जिन्दगी !
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी !
यो जिन्दगी खै के जिन्दगी !!”

हरिभक्त कटुवाल बितेको चार दशक भइसक्यो । नेपाल प्रज्ञा प्रतिष्ठानमा उनकै प्रेरणा पाएर कैयन् साहित्यमा होमिएकाहरू प्राज्ञ र त्योभन्दा पकै माथिल्लो पदमा पुगे तर कसैले सम्झेनन् कटुवाललाई । तर नाट्यकर्मी पुरु लम्सालले ‘अनि हरिभक्त फर्केनन्’ शीर्षकको वृत्तचित्र बनाएर उनको अमरत्व कायम गरे ।

हरिभक्त कटुवाल पलायनवादी होइनन् तर परिस्थितिले उनलाई सबैबाट एक्लो बनायो । हरिभक्तको कविताकृतिमा नाम चलेका समालोचकहरूले कमै कलम चलाएका छन् तर यसले उनको महत्ता पक्कै पनि पटक्कै कम हुने छैन ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 276
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.