आचार्य प्रभाको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी प्रवासमा रहेर साहित्य सिर्जनामा लागिरहेकी प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा मुक्तक रचना समेटिएको छ।
-सम्पा. |
दर्दहरू उप्काएर तिमी फेरि बल्झाउँन नखोज
घात गर्ने अविश्वासीलाई मायाको अर्थ नै नसोध
बिर्सिदेउ ती अतीत सबै आफैलाई पिरोल्छ भने
उड्न देऊ मनलाई पन्छी बनाई मनभित्रै नरोक !