SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नयाँवर्ष र ज्योतिषीय काल गणनाको महत्त्व
लेख

नयाँवर्ष र ज्योतिषीय काल गणनाको महत्त्व

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments15 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
नारायणप्रसाद अधिकारी नेपाली र संस्कृत भषामा राम्रो दखल राख्ने युवा पुस्ताका प्रतिभा हुन् । उनको सिर्जनात्मक एवम् समीक्षात्मक र अन्वेषणात्मक व्यक्तित्व उल्लेख्य छ । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकोको छ । यहाँ उनको ‘नववर्ष र ज्योतिषीय काल गणताको महत्त्व’ शीर्षकको लेख समेटिएको छ । यस लेखले नववर्ष निर्धारणलाई मूल विषयवस्तु बनाएको छ ।-सम्पा.

नयाँवर्ष नयाँ हर्ष धर्ती आकाश सुन्दर ।
कोइली र प्रकृतिझैं उमङ्ग मनमा भर ।।

सबैलाई नयाँ मन पर्छ । पुरानो मनका भग्न तिर्सना त्यागेर नयाँ योजना अद्यावधिक गर्ने, जिर्ण कपडा त्यागेर नयाँ कपडा धारण गर्ने, पुरानो स्वाद छोडेर नयाँ स्वादको परिकार खाने, पुरानो ठाउँ छोडेर नयाँ ठाउँ घुम्न जाने, नयाँ जोशजाँगर र उमङ्ग बोकेर उल्लासमय दिनका रूपमा आउने गर्छ नयाँ वर्ष । सुन्दरताका पारखीहरू राम्रो देखिन नयाँनयाँ कपडा, नयाँ नयाँ सजावट गर्ने गर्दछन् । प्रकृतिले पनि पालुवा फेर्छ । सर्पले काँचुली फेर्छ । मानव समुदायमा मात्र होइन; नयाँ वर्ष कोइलीको भाकासँगै आउँछ, घामको उष्णतासँगै आउँछ, प्रकृतिको छहारीमा शीतलता एवं शान्ति, कान्ति बोकेका पालुवा, मुना अनि मुजुरा भएर मुस्कुराउँछ । हिमालको हाँसो, लेकबाट लालीगुराँसको लालीमा अञ्जलीभरि ‘स्वागतम्’ भन्दै, पहाडको कुना कन्दराभरि ऐसेलु र गुहेली सौगात लिएर नयाँवर्ष आउने गर्छ । तराईमा सिरहाका रूखहरू बेहुलीजस्तै सजिन्छन्– सलहेशले पठाएका पूmल सरगमका नयाँ सपना लिएर । पुरानो वर्ष सकिनेबित्तिकै वैशाख १ गते नयाँ वर्ष आउँछ । नेपालमा मात्रै होइन , नेपालीहरू विश्वका जुनसुकै ठाउँमा छन् त्यहाँ नयाँवर्ष आउँछ । चैत मसान्तमै जान्छ अनि लगत्तै नयाँ वर्ष आउँछ । सबैका घरका भित्तामा पात्रो फेरिन्छन् , मुटुभरिका पत्रमा स्पन्दन फेरिन्छ । मनभरिका पुष्पमा सुवास गम्किन्छ अनि नयाँ वर्ष आउँछ ।

मानिस चाहन्छन्– रिस, ईष्र्या, घमण्ड, वैमनस्यता, काम, क्रोध, लोभ, मोह, मद, द्वन्द्व जस्ता दुर्नियत पुरानै वर्ष सिद्धियोस्, नयाँ वर्ष सुख, शान्ति, कान्ति, ऐश्वर्य, भुक्ति, मुक्ति, सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको वर्ष बनोस् । यिनै मनका शब्दगुच्छा या सदीक्षा बाँडेर एकआपसमा हार्दिक मङ्गलमय शुभकामना साटासाट गर्दै आउँछ नयाँवर्ष । मानिसलाई मात्रै होइन–प्रकृति, स्थावर, जङ्गम, जलचर, स्थलचर, उभयचर, व्योमचर, चराचर, सबैलाई आउँछ नयाँवर्ष । हाम्रो स्पन्दन चलायमान छ, शरीर चलायमान छ, जीवजन्तु वा पञ्चभौतिक चलायमान छ , प्रकृतिपुरुष चलायमा छन्, सिङ्गो धर्ती चलायमान छ । आकाशीय ग्रह–उपग्रह लगायत चलायमान छन् । धर्तीमाताले हामीलाई काखमा राखेर प्रतिमिनेट हजारौं योजन पूर्व गइरहेकी छिन् पिता सूर्यलाई भेट्न । चन्द्रमा दिदी अनि तारा दाजुहरू आकाशमा चम्किरहेका छन् । हाम्रा बाजे ब्रह्माको सृष्टि कत्ति राम्रो छ । फर्सी ठूलो फल्ने हुनाले रुखमा फलाएनन् । झरेर कुनै दुर्घटना नहोस् भनेर । लौका र काँक्रो पनि लहरामै फलाए । काफल वसन्त ऋतुमा पाक्ने गरी सृष्टि गरे । यसैगरी विभिन्न फल पाक्ने समय फरक बनाए । त्यसको स्वाद अलग बनाए । आजका वैज्ञानिकहरूको कुनै तागत छैन , कृत्रिम फल फलाउन । वर्णशंङ्कर नै फलाए पनि अंश ब्रह्मकै चाहिन्छ । त्यस्तै स्वाद, वास्ना, रूप, रङ्ग, आकार, प्रकार , स्वादको समिश्रण । आहा ! कत्ति सुन्दर छ सृष्टि ? दिनपछि रात हुने रातपछि दिन हुने, सुखपछि दुःख हुने , दुःखपछि सुख हुने, सबै सँधै संसार त नित्य चलिरहेछ ।

समुद्र आफ्नै गति, यति र लयमा बगिरहेछ सागरलाई भेट्न । हिमालमा हिउँ अग्लिरहेको छ सगरलाई ढोग्न । हिउँ पग्लिरहेको छ हाम्रा अनगिन्ती तृष्णा(तिर्खा) मेट्न । समय त समय नै हो, न आएर सिद्धिन्छ न गएर सिद्धिन्छ । यो त सारा भ्रम न हो । महाभारतमा भनिएको छ– ‘ब्रह्म सत्यं जगत् मिथ्या’ वास्तवमा हो नै त्यही । तेरोमेरोको दुनिया दुःखमा चुर्लुम्म डुबेको छ । दुःखलाई अनुभव भन्छ, संघर्ष भन्छ । दोष लगाउँछ भाग्यलाई । अस्तित्वको दाबी गर्छ, गुण लगाउँछ कर्मलाई । आशा राख्छ फलमाथि , ईष्र्या गर्छ धर्मलाई । चाहना राख्छ संग्रहको ,पचाएर हिँड्छ शर्मलाई । आकांक्षा राख्छ मित्रताको ,दुःखाएर हिँड्छ मर्मलाई । धाक लगाउँछ मानवताको, शिरोपर गर्छ अधर्मलाई । नक्कल गर्छ आधुनिकताको , बेकार भन्छ योगलाई । तानबाना भित्री खोक्रो, आत्मसात् गर्छ रोगलाई । ऐसा भन्छ –पैसा भन्छ, पेसा भन्छ भोकलाई । पीडित बन्छ पिछलग्गू, शिक्षा भन्छ शोकलाई । घमण्डी छ घृणा गर्छ, दीक्षा भन्छ मृत्युलाई । हाम्रो जिन्दगी वर्ष, महिना, गते, वार, बेला गन्दागन्दै सकिन्छ । समय र पैसा त गन्ने कुरा न हो । यिनीहरू गन्दा गन्दै सकिन्छन् । रूप, यौवन, प्रभुत्व, स्वामित्व शुभकामना अझै राम्रो बनाउने कुरा न हुन् ; यी सबै भन्ने कुरा न हुन यिनीहरू पनि साँचौंला भन्दाभन्दै सकिन्छन् । राग, वासना, इच्छा आकांक्षा , लक्ष्य यी सबै सोच्ने कुरा न हुन् , सोच्दासोच्दै सकिन्छ । फूल पूmले माहुरी आउँछन्, फलफूल हेर्नुस् घोच्दाघोच्दै सकिन्छ । आँखाका नानी त आफैं कोमल मुलायम छन् , मनमोहक मुलायम वस्तु रोज्दारोज्दै सिद्धिन्छ । चाहेका कुरा सबै छन् तर अगाडि उपस्थित हुँदैनन् , यस्ता कुरा खोज्दाखोज्दै सिद्धिन्छन् । ऊखुको लाँक्रोमा फल फलाउन खोज्यो रावणले ,ऊखुका लाँक्रा भाँच्दाभाँच्दै सकिन्छ । जसरी चलाउँछु भन्यो, त्यसरी नै चल्ने हो जिन्दगी ,नर्तकी छन् सबै नाच्दानाच्दै सकिन्छ जिन्दगी । सृष्टि , स्थिति र लय निरन्तर छन् , जन्मकै दिनमा मृत्यु सुनिश्चित गरिएको हुन्छ , यी सबै रच्ने कुरा न हुन्, रच्दारच्दै सकिन्छ । पल,क्षण,मुहूर्त ,वार,होरा, साता,पक्ष, महिना, ऋतु, अयन, वर्ष, शताब्दी, सहस्राब्दी, युग,महायुग, मनु, सन्धि, ब्रह्मायु, प्रलय बस्दाबस्दै सकिन्छ । हामीले जन्मदा केही लिएर आएका होइनौ । जाँदा केही लिएर जाँदैनौ । यात्रु न हौ दुई दिनका, जाँदाजाँदै सकिन्छ समय ।

धन,तन, मन दिएर कोही खुसी सन्तुष्ट हुँदैन । जत्ति दिए पनि पुग्दैन । नयाँवर्षको सुन्दर समयमा एउटै कुरा बाँड्न उचित छ–माया । मायामा मिलन, सद्भाव, बन्धुत्व, विश्वबन्धुत्व, एकता, मित्रता, शान्ति, सुख, कान्ति, कीर्ति, पुष्टि,तुष्टि, विद्या, विवेक , ज्ञान, सत्कर्म तथा संस्कार छ । मायाले संसार टिकेको छ । आफ्नो माया, जीवनसाथीको माया, मातृमाया, पितृमाया, संस्कृति माया, सृष्टिको माया, प्रकृतिको माया, कर्मको माया, धर्मको माया, सन्तानको माया , हो नि ! जे छ मायामा छ । माया धेरै हुनु मोह हो । मोहमा मानिस पशुतुल्य बन्छ । मैले सुन्दर सृष्टिलाई माया गर्नुपर्छ भन्न खोजेको हुँ । नयाँवर्ष पनि यही सन्देश बोकेर आउने गर्दछ । हामीले मनाउने गरेको नयाँवर्ष राजा विक्रमादित्यले सुरु गरेको वर्षमा आधारित छ । यसलाई विक्रम संवत वा साल भनेर भनिन्छ । यो सम्वत मनाउन थालेको २०७८ वर्ष लाग्यो । सूर्यको गतिजस्तो अनुभव गरिने आकाशीय मार्गलाई क्रान्ति भनिन्छ । आकाशको सम्पूर्ण भागलाई १२ भागमा बाँडेर प्रातकाल(सूर्योदय)को पूर्वी आकाशमा मेषबाट सूर्य उदाउने समयलाई मेष सङ्क्रान्ति भनिन्छ । चैतमा मीन राशिबाट उदाउने सूर्य वैशाखमा प्रतिदिन मेष राशिबाट उदाउँछन् । यसरी मीन वा अन्तिम राशिमा देखिने सूर्योदयको आकाश मेष वा पहिलो राशिमा संक्रमण भएको दिनलाई आधार मानेर वैशाख १ गतेबाट नयाँवर्ष मान्ने आधारलाई प्राथमिकता दिइएको हो । यो संवत् अन्य संवतभन्दा वैज्ञानिक र उपयुक्त मानेर हाम्रो देशमा पनि विक्रम संवतलाई नै मान्दै आएको पाइन्छ । वैदिक कालमा मधु, माधव आदि महिनाको व्यवस्था थियो । काल गणना र समयको आधारलाई ज्योतिषीय दृष्टिले हेर्दा यस्तो देखिन्छ–

वेदोऽखिलः कर्म मूलम् ’, ‘वेदोऽखिलः धर्म मूलम् ’ हाम्रा समस्त कर्मव्यवहार, ज्ञानविज्ञान, धर्मसंस्कृतिको मूल आधार वेद नै हो । वेदलाई अखिल (नाश नहुने) पुरुष भनेर भनिएको छ । तमोमय(अध्यारो) संसार देखाउन मद्दत गर्ने वेद पुरुषका छ वटा अङ्गहरूमध्ये ज्योतिषशास्त्र आँखास्वरूप मानिन्छ । ज्योतिःको अर्थ उज्यालो, चम्किलो ग्रह–नक्षत्र, दर्शन भन्ने हुन्छ । देवर्षि नारदको भनाइ छ –‘वेदस्य निर्मल चक्षुज्र्योतिः शास्त्रमकल्मषम् । विनितदाखिलं कर्म श्रौतं स्मार्तं न सिद्धति ।। ’

आँखाले जसरी हामी चराचर जगत देख्न सक्छौ , त्यसरी नै ज्योतिषशास्त्रले तीनवटै काल (भूत, वर्तमान, भविष्य) देख्नेदेखाउने काम गर्दछ । हाम्रा श्रूति(वेद) र स्मृति(मनुस्मृति,याज्ञवल्क्यस्मृति आदि) ग्रन्थद्वारा प्रतिपादित हुने योग,भक्ति, साधनाका मार्गहरू छन् , तिनीहरूको प्रतिपादनमा पनि ज्योतिषको भूमिका अनिवार्य र महत्वपूर्ण रहेको छ । वेदाङ्ग ज्योतिषमा यसको महत्व देखाउदै भनिएको छ–

यथा शिखामयूराणां नागानां मणयो यथा । तद्वद् वेदाङ्गशास्त्राणां ज्योतिषं मूर्धनि स्थितम् ।।’

प्वाँख र शिखा विनाको मयुर, मणी विनाको नाग शोभाहीन हुन्छन् । त्यस्तै सबै वेदाङ्ग शास्त्रहरूमध्ये ज्योतिष मेरुदण्ड मानिन्छ । वेदका अन्य अङ्गहरूमा वाणीरूपी व्याकरणलाई मुख, सुवास लिने नाकको रूपमा शिक्षा, काम गर्ने हातको रूपमा कल्प, जीवन उपयोगी वचन भएको सुन्न योग्यग्रन्थ निरुक्त कान र सबैको हित चाहने , उमङ्ग प्रदान गर्दै कर्मशील बनाउने ग्रन्थ छन्द (साहित्य)लाई गोडा मानिएको छ । भाष्कराचार्यको भनाइ छ–

“शब्दशास्त्रं मुखं ज्यौतिषं चक्षुषि श्रोत्रमुक्तं निरुक्तं च कल्पः करौ ।
या तु शिक्षाऽस्य वेदस्य सा नासिका पादपद्मद्वयं छन्द आद्यैर्बुधैः ।।”

सबै शुभकार्यहरू ज्योतिषसँग सम्बन्धित छन् । ज्योतिषको आधारमा पञ्चाङ्ग(पात्रो) बनाइन्छ । पञ्चाङ्ग

१ तिथि, २ वार , ३ नक्षत्र, ४ योग र ५ करणको घटिपला आदिको ज्ञान दिने पाँचवटा अङ्ग मिलेर बनेको हुन्छ । पात्रोको आधारमा शुभ अशुभ समयहरूको एकीन हुन्छ । लोकको व्यवहारमा आवश्यक पर्ने व्रत ,पर्व,उत्सव, यात्रा, गृह निर्माण, गृहप्रवेश, यज्ञ आदिको मुहूर्त निर्धारण गर्न ज्योतिषको सहायता चाहिन्छ । स्वदेशको समय निर्धारण गर्न, अक्षांशदेशान्तर निर्धारण, व्यक्त र अव्यक्त गणित सम्बन्धि समस्याको समाधान , यन्त्र निर्माण, वास्तु शास्त्र अनुसार घरको व्यवस्थापन , हात–निधार आदि अङ्गका रेखा र बनोट हेरेर त्यसको आधारमा, स्वरको आधारमा, गतिको आधारमा , छायाको आधारमा, गन्धको आधारमा, आवर्तको आधारमा , जन्मकालिन ग्रहस्थितिको आधारमा, देखिएका शकुन अपशकुन जनित घटनाको आधारमा शुभ अशुभ फल बताउने कार्य केवल ज्योतिषले गर्दछ ।

ज्योतिषको प्राण भनेकै गणित हो । गणित सम्बन्धि ज्योतिष शास्त्रलाई सिद्धान्त विज्ञान (बकतचयलयmथ कअष्भलअभ) भनिन्छ । सिद्धान्त शास्त्रहरू –सौर, ब्राह्म, रोमक, पुलिश,वाशिष्ठ गरी पाँच ज्योतिष सिद्धान्त मुख्य छन् । यी पाँच सिद्धान्तलाई पञ्च सिद्धान्त भनिन्छ । हामी सूर्यको सिद्धान्त अनुुसार पात्रो बनाएर कार्य सम्पादन गर्छौ । हाम्रा दैनन्दिनीय जीवनचर्यामा अनेकौ कर्महरू र व्यवहारहरू हुन्छन् । विभिन्न कर्म वा घटनासँग सम्बन्धित कार्यकुशलताका तौरतरीकाहरू ज्योतिषका उदाहरणहरू हुन् । विश्वमा समस्या र आवश्यकता महसुस नगर्ने कुनै प्राणी हुदैन । त्यसमा पनि मानवीय समस्या र आवश्यकताहरू असंख्य हुन्छन् । समस्यालाई समाधान गर्न र आवश्यकतालाई पूरा गर्न मानिस व्यवस्थित हुन चाहन्छ । वर्तमानको समस्या समाधान गरेर भविष्यप्रति पनि मानिस पहिले सतर्क र तयार रहन चाहन्छ । त्यस अपेक्षालाई पूरा गर्न र भविष्य देखाउन सघाउने यदि कुनै शास्त्र छ त ज्योतिषशास्त्र नै छ । गणितमा भएका समस्या समाधान गर्न सूत्र चाहिन्छ । सूत्र उपपत्तिसँग सम्बन्धित छ । उपपत्तिको आधारमा सिद्धान्त प्रतिपादन हुुन्छ । विश्वको बौद्धिक धरातल यिनै वाद ,प्रणाली वा सिद्धान्तमा व्यवस्थित छन् । गणितको यस प्रकृयागत ज्योतिषलाई सिद्धान्त ज्योतिष भनिन्छ । सिद्धान्तमा उपपत्ति, उदाहरण, सूत्र , श्लोक आदि हुन्छन् ।

ज्योतिषमा गणितबाट प्रतिपादित सिद्धान्तको आधारमा फलादेश गरिन्छ , यसलाई फलित ज्योतिष विज्ञान भनिन्छ । जसरी विज्ञको गणितको उत्तरहरू गल्ती हुँदैन, त्यसैगरी विज्ञ ज्योतिर्विदले गणित गरेर त्यसको निष्कर्ष अनुसार फलादेश गरेमा नतीजा अकाट्य नै हुन्छ । वर्तमान समयमा ज्योतिषको मर्म अनुरूप अध्ययन गरेर फलादेश गर्ने ज्योतिषीको अभाव छ । अल्पज्ञहरू चोक चौरमा प्रशस्त मात्रामा भेटिन्छन् र ठगेर पेटपालो गर्दछन् । विद्वान विज्ञ व्यक्तिलाई आफ्नो विज्ञापन नगरे पनि फुर्सद हुदैन । सेवाग्राही खोजिरहनु पनि पर्दैन । फलित ज्योतिषका जन्म समयका आधारमा जातकको फलादेश गर्ने जातकशास्त्र , हातको रेखाको आधारमा फलादेश गर्ने विधि भएको सामुद्रिक शास्त्र, घर व्यवस्थापन र त्यसको फलादेश सम्बन्धि वास्तुशास्त्र, प्रश्न लग्नको आधारमा फलादेश गरिने विधि ताजिक शास्त्रका विधिहरू प्रचलनमा रहेका छन् । ज्योतिषमा हिडाइ वा काम गराइको गति, मानिसको छाया, शरीरको गन्ध, बोलीको वा स्वरको आधारमा पनि फलादेश हुन्छ । अहिले ती शास्त्रलाई आधार मानेर ठगहरू मौलाएका कारण वास्तविक ज्योतिषको मर्ममाथि कुठाराघात भएको छ ।

ज्योतिष समयप्रधान शास्त्र हो । समयलाई काल पनि भनिन्छ । विश्वब्रह्माण्डको गतिस्थिति,रचना आदि प्रकृयाको सूक्ष्म अध्ययन ज्योतिष शास्त्रबाट गर्न सकिन्छ –‘विश्वब्रह्माण्डस्य विकास रचनादिप्रकृयाणां सुसूक्ष्म अध्ययनविषयकं शास्त्रं ज्योतिषशास्त्रं ज्योतिषम् । ’काल गणना गर्ने हाम्रा विभिन्न विधिहरू छन् । प्रमूख रूपमा दुई विधि प्रचलनमा छन् । ती हुन्– सौर विधि र चान्द्र विधि । विश्वमा अहिले प्रचलित आधुनिक विधि – घण्टा, मिनेट, सेकेण्ड, दिन, रात, पक्ष, महिना, वार, ऋतु,अयन, वर्ष आदि छन् । ज्योतिषमा काल गणनाका प्राचीन विधिहरू यस्ता छन् –

सूक्ष्म काल
एक सेकेण्ड/३२४०००= १ त्रुटि
एक सेकेण्ड/५०००४= १ रेणु (६०त्रुटि)
एक सेकेण्ड/९०० = १ लव(६० रेणु)
एक सेकेण्ड = १ लीक्षक(६० लव)
चार सेकेण्ड = १ प्राण(६०लीक्षक) एकपटक सास लिएर छाड्ने अवधि ।

स्थूल काल
६ प्राण (६०विपल) = १ पल (२४ सेकेन्ड) ६० पला=१ घटी (२४ मिनेट)
६० घटी = १दिनरात वा अहोरात्र (२४घण्टा) २ घटी=१ मुहूर्त(४८मिनेट)
८ प्रहर = एक दिनरात(२४घण्टा) ३० अंश=१ राशि
१२राशि=१ भगण ३० दिन=१ महिना(दुईपक्ष–शुक्लकृष्ण)
१५ तिथी=१ पक्ष २ महिना =१ ऋतु
६ महिना=१ अयन वृहस्पतिको एक राशि पार गर्दाको समय=१ संवत
१२ महिना=१ वर्ष, संवत्सर । संवत्सर ६० वटा हुन्छन् ।
चार लाख ३२ हजार वर्ष कलियुग=४३२०००वर्ष
आठ लाख ६४ हजार वर्ष =द्वापर युग (४३२०००×२=८६४००० कलिको द्विगुणा)
बाह्र लाख ९६ हजार वर्ष =त्रेता युग (४३२०००×३=१२९६००० कलिको तीनगुणा)
सत्र लाख २८ हजार वर्ष =सत्य युग (४३२०००×४=१७२८००० कलिको चारगुणा)कृतयुग
४ वटै युगको जोड=एक महायुग(४३२००००) ७१महायुग+कृतयुगमान=१मन्वन्तर
१४ मनु+ कृतयुगमान=१ कल्प १०० महायुग=१कल्प
२ कल्प=१ब्रह्म दिन(अहोरात्र) १५ कृतयुग=६ महायुग

हामी सबैले सूर्योदय, मध्यान्ह, सन्ध्या रात्रि आदि अनुभव गरेकै छौं । ३० दिनको एक महिना ३६५दिनको एक वर्ष अर्थात् १२ महिनाको एक वर्ष भन्ने हामी सबैलाई जानकारी छ । यो सबै पृथ्वीको अक्ष भ्रमण र कक्ष भ्रमणको कारण हुने हो । सूर्य एक राशिबाट अर्को राशिमा सङ्क्रमण (परिवर्तन) हुने दिनलाई हामी सङ्क्रान्ति भन्दछौ । प्रत्येक सङ्क्रान्तिमा सूर्यले राशि परिवर्तन गर्दछ ।

पृथ्वीमाथिको पूरै आकाशलाई वृत(परिक्रमा) मानेर त्यसलाई १२ ले भाग गर्दा एक राशि आउँछ । अर्थात् एउटा वृत्तमा ३६० डिग्री हुन्छ । त्यसलाई १२ ले भाग गर्दा ३० डिग्री आउँछ । यही तीस अंश गत(बितेपछि)को समयअवधिलाई एक(मास) महिना भनिन्छ । यही तीस दिनको अवधिमा आकाशका १२ वटा भागमध्ये कुनै एक भागमा सूर्य भएको बेला सूर्यको प्रकाश बिहान हाम्रो ठाउँसम्म आउँछ ,यसैलाई हामी ……राशिबाट सूर्योदय भएको मान्दछौं ।

वैशाख महिनाको सूर्योदय मेष राशिबाट, जेठ महिनाको सूर्योदय वृष राशिबाट , असारको मिथुन , साउनको महिना कर्कट राशिबाट सूर्योदय हुने हुँदा श्रावण १ गतेलाई कर्कट सङ्क्रान्ति भनिन्छ । त्यसैगरी भदौमा सिंह, असोजमा कन्या, कार्तिकमा तुला, मङ्सिरमा वृश्चिक, पुसमा धनु, माघमा मकर राशिबाट सूर्योदय हुने भएकोले माघ १ गतेको स्नानलाई मकरस्नान भनिन्छ । त्यस्तै फागुनमा कुम्भ र चैतमा मीन राशिबाट सूर्योदय हुन्छ । त्यस्तै एक राशिभित्र पर्ने ३० अंशलाई गते भनिन्छ ,गतेको अर्थ बितेको भन्ने हुन्छ । एक अंश बितेकोलाई १ गते ,२ अंश बितेकोलाई २ गते एवं रीतले ३० अंश बितेकोलाई ३० गते भनिन्छ ।

पृथ्वीको गति अनुसार यसरी गणना गरिने समयलाई सौर गणना भनिन्छ । सौरको अर्थ हुन्छ– सूर्यको उदयास्तका आधारमा । हाम्रा पितापुर्खाले पृथ्वीमा सूर्यको प्रकाश देखियो भने घाम झुल्कियो । घामको प्रकाश हरायो भने सूर्यास्त भयो भनेर पृथ्वी घुमेको नमानी सूर्य घुमेको सोचेर भाषागत रूपमा भन्दै आएकाले चलन चल्ती अनुसार सूर्यको गति अनुसार सौरदिन, सौरमहिना र सौरवर्ष भन्दै आएको पाइन्छ । सौरदिन वर्षमा ३६५ र महिनामा २८ देखि ३२ दिनको हुन्छ ।

समय गणनाको अर्को तरीका चन्द्रमाको अनुसारको गणना हो । चन्द्रमाको गणना अनुसार हुने गणनालाई चान्द्रदिन, चान्द्रमास र चान्द्रवर्ष भनिन्छ । चन्द्रमाले पृथ्वीको परिक्रमा गर्दछ । यो आफ्नो प्रकाश र ताप नभएको पृथ्वीको उपग्रह हो । पृथ्वीको परिक्रमा गर्ने क्रममा यसले दुई दिन १२ घण्टामा एक राशिको आकाशीय दृश्य दूरी पार गरिसक्छ भने एक महिना पुग्दा नपुग्दै पृथ्वीलाई एक पटक परिक्रमा गरिसक्छ । अर्थात् चन्द्रमाको गति छोटो वृतमा भएकोले अत्यन्त तीव्र देखिन्छ । चन्द्रमाको अनुसार गरिने समय गणनालाई तिथी भनिन्छ ।

एक वर्षमा सौर र चान्द्रबीचको दिन अन्तर ११ दिन हुन आउँछ । त्यही ११ दिनको अन्तर तीनवर्ष जोडिदा एक महिनाको तिथि बढी हुन जानु अधिकमास , मलमास वा पुरुषोत्तम मास हो । अर्थात् एकै वर्षमा चन्द्रमास १३ र सौरमास १२ भएको वर्ष अधिकमास हुन्छ । ‘असंक्रान्तिमासो अधिमास प्रदिष्ट’ भनिएको छ ।

सनातन धर्मका अधिकांश संस्कार यज्ञ अनुष्ठानहरू तिथीलाई आधार मानेर गरिन्छ । जस्तो वैशाख कृष्ण अमावश्या मातातीर्थ औशी, वैशाख शुक्ल तृतीया अक्षय तृतीया, वैशाख शुक्ल पूर्णिमा बुद्ध जयन्ती , उभौली पर्व कुलपूजा, असार पूर्णिमा गुरु पूर्णिमा ,साउनको पूर्णिमा ऋषितर्पणी पूर्णिमा , रक्षाबन्धन , पञ्चमी नाग पञ्चमी, भाद्र शुक्लतृतीया तीज, चतुर्थी गणेश चतुर्थी, पञ्चमी ऋषि पञ्चमी, कृष्ण अष्टमी श्रीकृष्ण जयन्ती, असोज कृष्णपक्ष पितृपक्ष, शुक्लपक्ष नवरात्र(दुर्गापक्ष), कार्तिक कृष्ण त्रयोदशी धनतेरस, यसैसमयमा यमपञ्चकमा काग,कुकुर,गाई,गोरु तिहारको साथै शुक्ल द्वितीयाका दिन भाइटीका लगाइन्छ । अमावश्याका दिन साँझ लक्ष्मीपूजा र शुक्लषष्ठीका दिन छठ पर्व मनाइन्छ । त्यसरी नै मङिसर शुक्ल पञ्चमीका दिन रामजानकीको विवाह पञ्चमी मनाइन्छ भने कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाइन्छ । पुस महिनाको औशी पितृको पुण्य दिन मानिन्छ । पुस शुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म स्वस्थानीस्नान । शुक्ल पञ्चमीमा सरस्वती पूजा, फागुन शुक्ल पूर्णिमामा फागुपर्व कृष्ण औशी महाशिवरात्रि गरेर । चैत अष्टमी चैते दशैं , नवमी रामनवमी । यस्तै संस्कारहरूमा पनि नामकरण र मृत्युबाहेक साइत हेरेर गर्ने गरिन्छ । काम्यकर्महरूको लागि त झन तिथि साइतको पालना गर्नै पर्ने हुन्छ ।

सौरमान अनुसार गतेको गणना भएजस्तै एउटा राशिको नक्षत्र मण्डलमा सवा दुईवटा नक्षत्रको पाउहरू समेटिएको हुन्छ । चार पाउको एक नक्षत्र मण्डल हुन्छ । नक्षत्र भनेको ताराहरूको एक समूह हो । जस्तो शतभिषा नक्षत्र सयवटा ताराहरू मिलेर बनेको हुन्छ । शतभिषाको एक पाउ भन्नुपर्दा यसको २५ वटा तारागण देखिने बराबरको आकाशीय क्षेत्र एक पाउ हो । नक्षत्रहरू २७ वटा छन् । १२ राशि र सत्ताइस नक्षत्रको अध्ययनका कुरा ज्योतिषीले गर्ने हुँदा ज्योतिषीलाई १२/२७ को विषय जान्ने र तीनवटै काल(भूत,वर्तमान,भविष्य)को कुरा देख्ने भएकाले त्रिकालदर्शी भनेर पनि भनिन्छ । २७ नक्षत्रमध्ये १२ वटा नक्षत्रमण्डलबाट त्यस महिनाको पूर्णिमाको चन्द्रोदय हुने भएकोले त्यसै नक्षत्र अनुसार महिनाको नामकरण गरिएको हुन्छ । जस्तो बैशाखमा विशाखा नक्षत्रमा पूर्णिमाको चन्द्रोदय हुन्छ ।त्यस्तै जेष्ठमा जेष्ठामा । आषाढमा आषाढा ,श्रावणमा श्रवण , भाद्रमा भाद्रपदा, अश्विनीबाट असोज, कृतिकाबाट कात्तिक, मृगशीराबाट मंसिर, पुष्यबाट पुुस, मघाबाट माघ, फाल्गुनीबाट फाल्गुन, चित्रा नक्षत्रमा पूर्णिमा तिथि पर्ने हुँदा चैत्र भनिएको हो । यसरी १२ महिनाको नामकरण गरिएको हुन्छ ।

त्यस्तै ज्योतिषमा वार निर्धारणको अर्को महत्वपूर्ण आधार छ । पृथ्वीको कुनै चिज वा पदार्थको रङ्ग हुँदैन । सूर्यबाट पृथ्वीमा प्राप्त हुने प्रकाशमा सात रङ्गहरू हुन्छन् । प्रत्येक रङ्गको प्रभावको आधारमा वार निर्धारित गरिएका हुन्छन् । आइतवार सूर्यकै रङ्गसँग मिल्ने प्रकाशको प्रभाव पृथ्वीमा बढी हुन्छ । त्यसैले आइतवार साहसिक कार्यहरू, राज्यकर्महरू गर्नु राम्रो मानिन्छ । सोमवार चन्द्रमाको किरणसँग सम्बन्धित वार भएकोले सेतो किरण, झिनामसिना कर्म, जल जलाशय, धातुमा चाँदी जस्ता कर्म गर्न उपयुक्त मानिन्छ । मङ्गलवार मङ्गल ग्रहको रङ्ग रातो किरणको प्रभाव बढी हुन्छ । बुधवार हरियो निलो किसिमको रङ्गको प्रभाव बढी हुन्छ । विहीवार पहेलो रङ्गको प्रभाव बढी हुन्छ । शुक्रवार सेतोकालो रङ्गको प्रभाव वढी हुन्छ । शनिवार रातोकालो रङ्गको प्रभाव वढी हुन्छ । क्रुरकर्म, विच्छेद जनित कर्म शनिदिन गर्नु उपयुक्त मानिन्छ ।

किरणको यस व्यवस्थालाई विज्ञानको भाषामा अल्फा रे, एक्स रे, बिटा रे आदि वैज्ञानिक भाषामा नामकरण गरिएको छ । पृथ्वीमा प्रभाव पार्ने आकाशीय सौर्यमण्डलीय सदस्य पिण्डको दूरतालाई आधार मानेर वारहरूको क्रम निर्धारण गरिएको हुन्छ । पृथ्वीबाट सबैभन्दा नजिक चन्द्रमा, त्यसभन्दा टाढा शुक्र, त्यसभन्दा टाढा बुध , क्रमशः सूर्य , मङ्गल, वृहस्पति, शुक्र, शनि सबैभन्दा टाढा रहेको छ । यीमध्ये चन्द्र पृथ्वीको उपग्रह हो भने सूर्य नक्षत्र हो । यिनै आकाशीय पिण्डलाई घुमाउरो सातवटा विन्दुमा राखेर तारा चित्र बनाउदा सप्तकोणको तारा चित्र निर्माण हुन्छ । त्यसै आधारमा विश्वव्यापी सात वारहरूको व्यवस्था गरिएको पाइन्छ ।

समसामयिक कालमा ज्योतिषको प्रयोग यज्ञ अनुष्ठान, विवाह, वैदेशिक रोजगार, शान्तिकपौष्टिक कर्म ,गृहनिर्माण तथा प्रवेश, भाग्यभविष्यको जानकारी लिने कार्यमा मात्र सिमित भएको पाइन्छ । ज्योतिषको प्रयोग जसलाई विश्वास छैन नकारात्मक धारणाले जकटिएको व्यक्तिलाई नगर्न भनिएको छ । यदि आपूmलाई ज्योतिषको वारेमा पूर्ण विश्वास छैन भने ज्योतिष परीक्षण नगरिकन काम गर्नु उचित हुन्छ । भाग्यमा छ भन्दैमा कर्म नगरी केही प्राप्त हुँदैन । भाग्य हेरेर कर्म गर्नु सबैभन्दा राम्रो हुन्छ । सम्भावित विपत्ति समनको लागि आत्मबल, शारीरिक प्रतिरक्षा, सामाजिक पदप्रतिष्ठा प्राप्ति, धर्म ,अर्थ , काम, मोक्ष जस्ता फलप्राप्तिका लागि मानिसको पाइलापाइलामा सघाउने शास्त्र ज्योतिष हो ।

जयतु जानकी !

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 509
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पुर्खाको खोज

July 10, 2023

कोरोनाको कहर र भविष्यमा पर्ने प्रभाव

May 17, 2023

नेपालमा विक्रम संवतको आरम्भ 

April 19, 2023

भारतमा नेपाली भाषा विकास मञ्चले लिएको तत्परता

January 15, 2023

अफ्रिकामा नेपाल

January 15, 2023

को हुन् हाम्रा प्यारा बालबालिकाहरू ?

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.