SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नयाँ वर्ष
लेख

नयाँ वर्ष

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
सुरेन उप्रेती क्यानडामा रहेर नेपाली साहित्यको सेवामा सिर्जना, समीक्षा र सङ्गठन एवम् सञ्चारका माध्यमबाटसमेत समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा नववर्षसम्बन्धी लेख समेटिएको ।

-सम्पा.

 

पृथ्वीको उत्पत्ति भएदेखिनै पृथ्वीमा दिन र रात हुन्थ्यो होला । बनस्पति र प्राणीको उत्पत्ति हुन करोडौँ बर्ष लागेको अनुमान बैज्ञानिकहरूले गरेका छन् । ससाना जीव हुँदै घस्रने र चार खुट्टाले हिँड्ने हुँदै आजको जस्तो सग्लो मान्छे हुन पृथ्वीले अझ लाखौँ वर्ष बिताउनु परेको थियो । मानिसहरूले विकास हुने क्रममा सूर्य र चन्द्रमाको गतिलाई गणना गर्न सिके । यसैबाट वर्ष, महिना, गते र बारहरू बनाए । याम र ऋतुहरूको नामाकरण गरे । तिथि र मितिहरू बनाए । ती याम र ऋतुहरूका विशेषताअनुरूपको वर्णन गरे । यसरी वर्षको सुरूवात र अन्त्यको खाका बनाए । सन्सारका विभिन्न धर्मावलम्बीहरूले आआफ्नै धर्मका आधारमा आआफ्नै ढङ्गले नयाँ वर्ष मनाउँन सुरु गरेको पाइन्छ । तर ठ्याक्कै कहाँ र कहिले नयाँवर्षको सुरुवात भयो भन्ने एकिन भने पाइँदैन ।

प्राचिन युनानमा करिब २००० बिसी पूर्व मार्च महिनाको विस तारिकलाई वर्षको अन्तिम दिनको रूपमा मनाउने चलनको सुरुवात भयो । त्यस दिनलाई बर्षभरिमा दिन र रात बराबर हुने दिन भएकोले त्यसको अर्को दिन मार्च २१ लाई नयाँ बर्षको पहिलो दिन मनाउँन थालियो भन्ने पाइन्छ ।

रोमनहरूले बर्षमा दश महिना मात्र हुन्छन् भन्ने गर्दथे । गर्गोरियन पात्रोका अनुसार मार्चबाट महिना सुरु भएर अगष्टलाई छैटौँ, सेप्टेम, अक्टो, नोभेम, देसम भन्दै ल्याटिन भाषामा सातौँ, आठौँ, नवौँ, र दसौँ नामाकरण गरे । जनवरीलाई भगवानको ढोका र फेव्रवरीलाई पापको अन्त्यका रूपमा गणना गर्दथे ।

रोमका दोश्रो राजा नुमा पोम्पिलियसले ती दुई महिनालाई थपेर बाह्र महिनाको बर्ष दिन बनाए । त्यसपछि बी.सी १५३ मा पहिलो पटक रोममा जनवरी एक तारिकलाई नयाँ वर्षका रूपमा मनाउन सुरु गरियो । तर पनि जनवरी एकलाई अनिवार्य रूपमा नयाँ वर्ष मनाउन बाध्य भने गरिएन । अझ पनि कतै कतै मार्च एकलाई नयाँ वर्ष मनाउने गरेको पाइन्छ ।

अङ्ग्रेजी मातृभाषीहरूले नयाँबर्षको साँझमा परिवारहरू भेला भएर रमाइलो गर्ने । मिठा परिकारहरू खुवाउने । उपहार दिने र शुभकामनाहरू दिने चलनको सुुरुवात गरे । “ब्गमि ीबलन कथलभ” भन्ने स्कटल्याण्डका कवि रोवर्ट वर्नसले लेखेको गीतलाई घरघर गएर गाउने र शुभकामना दिने प्रचलन चलाए । यो प्रचलन निकै लोकप्रिय बन्न सफल भयो । यो पुरानो गीतले “समय वित्यो” । “पुराना मित्रहरू” र “समयलाई सम्झने प्रण गर” भन्ने अर्थ बोकेको छ । स्कटलैन्डका वासिन्दाहरू नयाँबर्षको मध्यरातमा छिमेकीहरूकोमा प्रवेश गरेर उपहार र शुभकामना दिँदा छिमेकिको भाग्य जाग्ने विश्वास गर्दछन् । ग्रिसमा मिठा मिठा खानाहरू “सेन्ट बासिलकेक” “सेन्ट वासिलापित्ता” जस्ता खानाहरू बनाएर खाने खुवाउने चलन छ । त्यस्तै गरी स्पेनमा बाह्रवटा अङ्गुर खाएर आउने बाह्र महिनालाई सुरक्षित र सुखी बनाउने परम्परा छ । जापानमा नयाँ र्षको अघिल्लो दिनलाई पुरानो बर्ष भुलाउने पार्टी “द्ययलभलपबष् उबचतष्भक” गर्ने चलन छ । पहिला भएका नराम्रा कामलाई बिर्सिएर नयाँ सोच र थालनीका लागि बुद्ध गुम्बामा गएर मानिसले गर्ने १०८ प्रकारका त्रुटि हटून् भन्दै १०८ पटक घन्टी बजाउने चलन छ ।

नयाँवर्षका दिन बालबालिका र प्रियजनलाई इत्इक्ज्क्ष्म्ब्ःब्क् नगद र उपहारहरू हुलाकबाट पठाउने चलन छ । ती उपहारहरूलाई हुलाकले जनवरी एकका दिन नै पुर्याउने विशेष व्यवस्था मिलाइको छ । निदरलेन्डमा नयाँ वर्षमा बाटोबाटोमा क्रिस्मसट्री बनाउने । रङ्गीचङ्गी बत्ती बाल्ने र पटका पड्काएर धुमधाम मनाउने चलन छ । अमेरिकाको न्यूयोर्कको टायम स्क्वायरमा लाखौँ मानिस भेला हुन्छन् ।

रातीको ११५९ बजे सबै उत्सुक भएर पर्खन्छन् । रातको ठिक बाह्र बज्दा छ फिट डायमिटरको १०७० पाउन्ड तौलको रङ्गीचङ्गी वाटरक्रिस्टलबल जमिनमा झर्छ । सबैले नयाँ वर्षलाई स्वागत गर्दछन् । रोजवल फुडवल ट्रुनामेन्ट हुन्छ । व्ल्याक आइज पिज र ह्याम खाने जस्ता परम्पराहरू छन् ।

चिनियाँहरूले चन्द्रमा र पृथ्वीको परिक्रका आधारमा नै नयाँ वर्षको पात्रो बनाएको पाइन्छ । चिनियाँहरूले नयाँ वर्षलाई धुमधामका साथ मनाउँने गर्दछन् । औँसीको अँध्यारो रातबाट सुरु भएको नयाँवर्ष पूर्णिमाको झलमल्ल रात आउन्जेल पन्ध्र दिनसम्म मनाउँने चलन छ । रातो लुगा लगाएर रातो कागजमा कविता तथा गीत लेखेका शुभकामना कार्डहरू दिने चलन छ । रातो खाममा राखेर केटाकेटीहरूलाई पैसा तथा उपहारहरू दिने चलन छ ।

रातो रंगलाई आगोको प्रतीकका रूपमा लिने गरिन्छ । परापूर्व कालमा बाँसको लट्ठीमा पुल्ठो बालेर नयाँ वर्षको खुसियाली मनाउने चलन थियो । चाइनिजहरूले हप्तौँसम्मको बिदा लिएर पारिवार र आफन्तसँग भेटघाट गरेर चन्दनमा आकारको मुनकेक काटेर नयाँ वर्ष मनाउने गर्दछन् । भगवान बुद्धले नयाँ वर्ष मनाउँनका लागि सबै जनवारहरूलाई बोलाए । त्यस भेलामा जम्मा बाह्रवटा जनवारहरू मात्र उपस्थित भए । ती मुसा, गोरू, बाघ, खरायो, ड्र्यागन, सर्प, घोडा, भेडा वा बाख्रा, बाँदर, कुखुराको भाले, कुकुर, र सुँगुर गरी बाह्र जनवारहरू रहेका थिए । तिनै उपस्थित जनवारहरूका नाममा बर्षको नामाकरण गरिएको हो भन्ने विश्वास गरिन्छ । जुन जनवारको नामका वर्षमा जन्मिने मानिसको त्यही जनवारसँग स्वभाव मिल्ने गर्दछ । मेहनती लगनशील हुने र उनीहरू जस्तै हुन्छन् भन्ने विश्वास गरिन्छ ।

जुइस धर्मावलम्बीहरूले नयाँ वर्षलाई रोस हसनाह भन्दछन् । यो सेप्टेम्बर महिनामा पर्दछ । हिब्रु भाषामा रोस हसनाह भनेको “वर्षको शिर” हो । नयाँ बर्षलाई ट्रम्पेटको पर्व पनि भनिन्छ । यस पर्वमा भेडाका सिङ बजाउने प्रचलन थियो । तर आजभोलि भेडा जरायो र हरिण आदिका रङ्गीन सिङहरू बजाएर मनाउने चलन छ । जब सूर्यास्त हुन्छ त्यसपछि नयाँ वर्ष मनाउन सुरु गरिन्छ । सेतो ब्रेडलाई गोलो श्रीपेज आकारको बनाउने चलन छ । यो ब्रेडलाई भगवानको प्रसादको रूपमा लिइन्छ । आफन्तका चिहानमा गएर प्रार्थाना गर्ने र शक्ती माग्ने पनि चलन छ । पुराना बर्षमा भएका कमीकम्जोरीलाई सुधार्दै लानका लागि प्रेरणा लिने गरिन्छ । आफन्त र साथीहरूलाई कार्ड र उपहार दिने गरिन्छ ।

सन्सारभरिका स्लामिक धर्मावलम्विहरूले प्रोफेट मोहमदको जन्म दिन मोहरामलाई नयाँ वर्षका रूपमा मनउँदछन् । यो प्रत्येक बर्ष फरक फरक हुने गर्दछ । दश दिनसम्म उपवास बस्ने र प्रार्थना गर्ने । आफन्तहरूसँग भेट गर्ने, मिठा मिठा परिकारहरू बनाएर बाँड्ने खाने खुवाउने गर्दछन् ।

नेपालमा विक्रम सम्वत्का आधारमा नयाँ वर्ष मनाउने प्रचलन छ । यो प्रचलन राजा विक्रमादित्यले सुरु गरेको हो भन्ने मान्यता छ । पृथ्वीले सूर्यको परिक्रमा गर्दा पृथ्वीमा हुने परिवर्तनका आधारलाई मानेर पात्रो बनाइएको छ । यसैका आधारमा बैशाख १ गतेलाई नयाँवर्षका रूपमा मनाइन्छ । यो पात्रोलाई सौर्य पात्रो पनि भनिन्छ । बिक्रम सम्बते हिन्दू पन्चाङ्गका आधारमा बनाइएको छ । ईस्वी सम्बत्भन्दा ५७ बर्षले बिक्रम सम्बत् अगाडि रहेको छ । नेपालमा चन्द्र शमशेरका पालादेखि सरकारी कामकाजदेखि धार्मिक कामकाजका रूपमा पनि निरन्तर यही पात्रो प्रयोग हुँदै आएको छ । महिनाहरूका नाम पनि सूर्य ग्रह र नक्षत्रहरूका आधारमा नामाकरण भएका छन् । नेपालमा राष्ट्रिय रूपमा बैशाक १ गतेलाई नयाँ वर्ष मनाए पनि बिभिन्न जातजातिहरूले नयाँ वर्षलाई छुट्टै मनाउने चलनछ । जुन यस प्रकारकार रहेका छन् ।

येले सम्वतः पहिलो किराँती राजा येलम्वरको पाला देखि शुरू भएको सम्वत हो । खास गरी लिम्बु, राई, सुनारहरूले यस सम्वतलाई माघ एक गते मकरसक्रान्तिका दिनलाई बिभिन्न परिकारहरू खाने । नाचगान गर्ने र शुभकामना आदान प्रदान गरेर मनाउने चलन छ । नेपालमा राणा र राजाहरूको शासन कालमा छायामा पर्दै आएको थियो । २०६३ को परिवर्तनपछि यसलाई येल सम्वत मान्यता दिइएको छ । किराँतहरू विचमा पनि राईहरूले यसलाई येलेदोङ अथवा येलेदँ भन्दछन् । त्यस्तै गरी लिम्बूहरूले येलेगङ्बे भन्दछन् भने सुनुवारहरूले येलेथोचे भन्ने गरेको पाइन्छ । किराँत इतिहाँसवेत्ता स्वामी प्रपन्नाचार्यका अनुसार किराँतहरूका २७ पुस्ताले १७३६ वर्ष शासन गरेका थिए । उनीहरूका आफ्नै चाडपर्व र नयाँ वर्ष मनाउने प्रचलन थिए । झन्डै लोपान्मुख अवस्थामा पुगेको भाषा र संस्कृतिको उत्थानमा भर्खर मात्र खोज र अनुसन्धानहरू सुरु भएका छन् ।

नेपालका जातजातिमध्ये तामाङ, सेर्पा ,गुरुङ र थकाली जातिले नयाँ वर्षको रूपमा ल्होसारलाई मनाउने गरेको पाइन्छ । ल्हो भनेको वर्ष र सार या छारको अर्थ नयाँ भन्ने हो । यसमा चिनियाँ पात्रोमाझैँ बिभिन्न बाह्र जनवार र पन्छीको नाममा वर्षका नामाकरण भएका छन् । जस्तो मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर वर्ष गरी बाह्र वर्ष रहेका छन् । बाह्र वर्षपछि पुनः बर्षहरू दोहोरिने गर्दछन् । यस्तो वर्षचक्र दोहोरिनुलाई ल्होखोर्लो (वर्षचक्र) भनिन्छ । ल्होसार पनि तीन प्रकारका छन् । तोला ल्होसार, सोनाम ल्होसार, र ग्याल्वो ल्होसार । तोला ल्होसार मङ्सिरको अन्त्यदेखि पौषको पहिलो सातामा पर्दछ । माघ शुक्ल प्रतिपलाका दिन सोनाम ल्होसार मनाइन्छ । ग्याल्बो ल्होसार खास गरी शेर्पाहरूले फागुन शुक्ल प्रतिपदामा मनाउँछन् । नयाँबर्ष आउनुभन्दा तीन दिन अगाडिदेखि नै घरमा लामा बोलाएर पढ्ने स्वस्तीशान्ति गर्ने चलन छ । घरका भित्ता रँगाउने र विभिन्न रङका ध्वजापतका टाङ्ने गरी दश पन्ध्र दिनसम्म नयाँवर्षलाई चाडपर्वको रूपमा मनाउने गरिन्छ । सबै आफन्तसँग भेट गर्ने । राम्रा राम्रा लुगा र गहना लगाएर नाचगान गर्ने । मिठामिठा परिकारहरू खुवाउने खाने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ । ल्होसार करिब पाँच हजार बर्षदेखि मनाउँदै आइएको हो भन्ने पाइन्छ । त्यस्तै गरी नेपालको अर्को मुख्य संवत् नेपाल संवत् हो । खास गरेर काठमाडौँ उपत्यकामा शङ्खधर साख्वाले नेपाल संवत्को सुरुवात गरेका थिए । भक्तपुरका राजा राघव देवको आदेशानुसार नेपाल संवत्लाई विसं ९३६ र इसं ८७९ अक्टोवर २० लाई सरकारी कामकाजको मिति तय गरिएको थियो । यो संवत् चन्द्रमासका आधारमा सुरु हुन्छ । कार्तिक शुक्लपक्ष प्रतिपदा (कछलाथ्व पारू) का दिनमा म्हपूजा मनाएर सुरू हुन्छ । त्यस्तै गरी सौर्यमासमा आधारित पात्रोअनुसार नयाँ वर्षको पहिलो दिन कछला १ (अक्टोवर २० का) दिन हुन्छ । यस दिनलाई नेवार समुदायले न्हुदँ या नयाँ वर्ष भनेर मनाउने गर्दछन् । म्हपूजा आफुले आफैँलाई पूजा गरेर नयाँ वर्षको सुरुवात गरिन्छ । घरका सबै मानिसहरू एकै ठाउँमा भेला भई आफ्नो प्रतिविम्ब बनाई पुराना सबै दशाग्रह राम्रा भएर जाऊन् । हरेक काममा सफलता मिलोस् भनेर आफ्नो आत्माको पूजा गरेर नयाँ वर्ष मनाइन्छ । प्रायशः कार्तिक महिनाको तीन र चार गतेमा नयाँ वर्ष पर्दछ । यो संवत् चन्द्र शमशेरका पालासम्म कामाकाजी पात्रोका रूपमा भए पनि चन्द्रशमशेरले विक्रम सम्वतलाई चलाएपछि नेवार जातिमा मात्र सीमित भएको थियो । लोकतन्त्र आएपछि क्रमशः सबैले जान्ने र शुभकामना आदानप्रदान गर्ने क्रम सुरु भएको छ ।

यसरी आज हामी विक्रम संवत्को २०७८ सालमा आइपुगेका छौँ । नयाँवर्षले सबैमा नयाँ सोच ल्याई नयाँ कामको थालनीमा प्रेरणा प्रदान गरोस् । मानिसलाई नैतिकवान, विवेकशील बनाई अरूप्रति आदर र सत्भाव गर्ने शिक्षा प्रदान गरावस् । सन्सारलाई भयावह बनाउने कोरोना भाइरसको चाँडै अन्त्य होस् । समाजामा हुने हिंसा र अपराधिक कृयाकलाप र त्यस्ता प्रवृत्तिको अन्त्य होस । सबै नेपालीले मातृभूमिमै सगौरव खुशिसाथ बस्न र बाँच्न पाउन । “परोपुकार पुण्याय, पापाय परपिडनम्” भन्ने भावना सबैमा जागृत होस् । नववर्ष २०७८को हार्दिक मङ्गलमय शुभकामना ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 667
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पुर्खाको खोज

July 10, 2023

कोरोनाको कहर र भविष्यमा पर्ने प्रभाव

May 17, 2023

नेपालमा विक्रम संवतको आरम्भ 

April 19, 2023

भारतमा नेपाली भाषा विकास मञ्चले लिएको तत्परता

January 15, 2023

अफ्रिकामा नेपाल

January 15, 2023

को हुन् हाम्रा प्यारा बालबालिकाहरू ?

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.