SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » विद्याधीठात्री सरस्वती र सांस्कृतिक मूल्य
लेख

विद्याधीठात्री सरस्वती र सांस्कृतिक मूल्य

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
नारायणप्रसाद अधिकारी युवा पुस्ताका नेपाली र संस्कृत साहित्यका अध्येता एवम् स्रष्टा हुन् । उनको जन्म लालबन्दी १६ परवानीपुरमा २०३७ असार १९ मा भएको हो । उनले साहित्यमा प्रवेश ‘हाम्रो गाउँघर’ कविता रचना गरी २०५१ सालमा गरेका हुन् । त्यसपछि उनी निरन्तर साहित्य सिर्जना र समीक्षाका साथै सांस्कृतिक लेखहरू लेख्दै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘विद्याधीठात्री सरस्वती र सांस्कृतिक मूल्य’ शीर्षकको लेख समेटिएको छ । यस लेखले सरस्वती पूजा पर्वको सांस्कृतिक मूल्य अन्वेषण गरेको छ ।

-सम्पा.

वैदिक चान्द्रमास अनुसार ऋतुराज वसन्तको आगमन भएको पाँचौ दिनसँगै आउने विद्याकी अधिष्ठात्री माता सरस्वतीको जन्मदिन एवं सरस्वती पूजा प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्दछ । सीप, कला, सिर्जना, ज्ञान, बुद्धि, भावना वा मनमस्तिष्कको तरङ्गसँग सम्बन्धित भएको सात्विक शक्तिको नाम हो–सरस्वती । संसारमा दुई वस्तु अविनाशी छन् । ती वस्तु हुन् –शिव र शक्ति । सरस्वतीलाई शक्ति स्वरूपा मानिन्छ किनकि उहाँकै प्रेरणाले हामी कर्तव्यपथमा निरन्तर अघि बढिरहेका हुन्छौं । शक्तिलाई कर्ममा रूपान्तरण गरिरहेका हुन्छौं अनि कर्मबाट शक्ति सञ्चय पनि गरिरहेका हुन्छौं । देखेर, सुनेर, भोगेर, पढेर वा गरेर प्राप्त हुने अनुभवमा जुन शक्ति हुन्छ त्यो जन्मिनुअघिदेखि मरणोपरान्त रहेको हुन्छ । शक्तिको त्यो स्रोत माता सरस्वतीसँग सम्बन्धित छ । शास्त्रीय आधार हेर्दा सरस्वतीलाई ब्रह्माकी छोरी र ब्रह्माकी पत्नी दुबै मानिएको पाइन्छ । सरस्वती पुराणमा सृष्टिकर्ता ब्रह्माले नारी बिना नै सरस्वती सिर्जना गरेको, उनीप्रति आशक्त भएका कारण सरस्वती लुकेकी, गुप्तवासमै सयवर्ष बितेको र उनीहरूबाट स्वयम्भू मनुको सृष्टि भएको उल्लेख गरिएको छ । मनबाट सृष्टि भएको र स्वयम् भएको हुनाले उनको नाम स्वयम्भू भनिएको हो ।

मन र मस्तिष्कको संयोजनबाट जुनसुकै कार्य गर्ने चेतना शक्ति भएकोले मनस् बाट मानिस, मनुष्य, मान्छे, मनुबाट जन्मिएका मनुज भनेर भनिएको हो । यसको पुष्टि यसरी हुन्छ – जसरी मानिसले पहिले आपूmले गर्ने कामको योजना मनबाट बनाउँछ । मनमनै योजना सम्पन्न गर्छ ,अनिमात्र (मन अनुरूप) काम गर्न जागरुक हुन्छ वा सुरु गर्छ । चेतनाप्रधान प्राणीमा सर्वश्रेष्ठ मानिस मानिन्छ । हामी मनुबाट जन्मिएका विभिन्न ऋषिका सन्तान । हाम्रो गोत्र तिनैसँग जोडिने गर्छ । हाम्रा पूर्वज मनु नै हुन् । पश्चिमाले बाँदरबाट सृष्टि भएको माने, ह्युम्यान भने ‘म्यान’ ठिक हो ‘हुम्यान ’सर्वथा गलत छ ।

पुस्तकको अध्ययन नै सरस्वतीको पूजा हो । जिज्ञासा नै सिकाइको जननी हो । सरस्वतीलाई जुनसुकै धर्ममा पनि मानिन्छ । खासगरी सनातन हिन्दु , बौद्ध, मुस्लिम , जैन लगायतका धर्ममा सरस्वतीलाई अत्यन्तै मानिन्छ ।

मत्स्य पुराणमा पनि ब्रह्माको मुखबाट सरस्वती, सान्ध्य र ब्राह्मी त्रिशक्तिको उत्पत्ति भएको उल्लेख गरिएको पाइन्छ । मुखबाट उत्पन्न आफ्नै छोरीप्रति आशक्त बनेका ब्रह्माको पाँचौं शिरले आकाशमा लुकेकी सरस्वतीलाई देखेको र कालभैरव(शिवको रूप)ले शिर काटेपछि ब्रह्माको चारवटा शिरमात्र रहेको उल्लेख गरिएको छ । ब्रह्मकपालीको प्रादुर्भाव भएको प्रसङ्गका कथा पनि शास्त्रमा रहेका छन् । वसन्तपञ्चमी कथामा विष्णुको आज्ञा अनुसार ब्रह्माले आफ्नो कमण्डलुको जल पृथ्वीमा छर्किदा भूकम्पसहित देदीप्यमान चतुर्भुजी माता सरस्वतीको उत्पत्ति भएको उनका हातमा रहेको वीणाको नाद सुनेर सारा प्राणीहरूको आवाज आएको प्रसङ्ग पाइन्छ । सरस्वतीको प्रादुर्भावको विषयमा भगवान श्रीकृष्णको मुख(जिब्रो) बाट सरस्वती नदी उत्पन्न भएको मानिन्छ । गङ्गा र सरस्वती श्रापको कारणले नदी भएको प्रसङ्ग रहेको छ ।

संसारको सृष्टिको जिम्मा पाएका आदिदेवमा ब्रह्मा पहिलो मानिनुहुन्छ । ब्रह्माजीले आफ्नो कार्यभार मानव लगायतलाई जिम्मा लगाउनुअघि नै सरस्वतीको जन्म भएकोले आफ्नै छोरी आफैंले विवाह गर्ने भनेर आलोचना गर्नु तर्कसंगत हुँदैन । पौराणिक कुरा आधुनिक कालमा अक्षरसः कार्यान्वयन गराउन सकिँदैन पनि । ब्रह्माको चार शिर जस्तै चार युग, चार पाउ, चार सृष्टि लोक तथा चराचरको जिम्मा दिइएको पाइयो । चार सृष्टिमा अण्डज, उद्भिज , जरायुज र स्वदेज पर्दछन् । अण्डाबाट उत्पत्ति भएका पन्छी, माछा, सर्प, गोही आदि पर्दछन् । उद्भिजबाट उम्रने बोटविरुवा, वनस्पतिहरू पर्दछन् । जरायुजमा मानिस , गाई, पशु आदि पर्दछन् । स्वदेज सृष्टिमा शरीरको पसिना र मयलबाट उत्पन्न हुने जीव परजीवीहरू पर्दछन् । पाँचौं सृष्टि हामीले नदेखेको , जानकारी नभएको विषय हो । सारस्वत् सात्विक तत्वसँग सम्बन्धित शक्ति सरस्वती मनमस्तिष्कको तरङ्ग र रुद्रघण्टी(स्वरयन्त्री)को नाद एवं अन्तर्हृदयतन्त्रीबाट निस्कने (प्राण वा सास) आवाजकी देवी मानिन्छिन् ।

सरस्वतीका (१)भारतवर्षकी भएकीले भारती व्यवहारकुशल सीपसँग तथा शैलीसँग सम्बन्धित , (२) शरद ऋतुजस्तै प्रकृतिमय दिव्य रूप स्वयम् ब्रह्मा पनि मोहित हुने भएकीले शारदा स्वस्थ,स्वच्छ, शुद्ध, निर्मल, शान्त, सफा रहने सीपसँग तथा शैलीसँग सम्बन्धित,(३) हाँस वाहन भएकीले हंसवाहिनी ह र स अक्षरमा लुकेको प्राण(हंस वा जिवित हुनाको भाव)मा सवार सिर्जनशील सीपसँग तथा शैलीसँग सम्बन्धित, (४) जगतकी मातृस्वरूप भएकीले जगन्माता ,सहयोग तथा परोपकार सीपसँग तथा शैलीसँग सम्बन्धित, (५) वाग् अर्थात् बोलीकी ईश्वरी भएकीले वागीश्वरी, बोलीमा नम्रता, भद्रता, विशिष्ठता सहितको नियन्त्रण सीपसँग तथा शैलीसँग सम्बन्धित (६) कौमार्यता भएकीले कौमारी(सृष्टिकर्ता ब्रह्माले पछि मात्र सृष्टिको जिम्मा सुम्पेका हुन्) रसिलो , नरमपना, कोमलसीपसँग तथा शैलीसँग सम्बन्धित, (७) वर दिने भएकीले वरदायिनी , दानशीलता अर्थात विद्या दिएर बढ्छ राखेर घट्छ , पुण्य सीपसँग तथा शैलीसँग सम्बन्धित, (८) सद्बुद्धि दिने भएकीले बुद्धिदात्री अर्थात् समय अनुसारको चौसठ्ठी कला लगायतका सीपसँग तथा शैलीसँग सम्बन्धित, (९) ब्रह्मचर्यमा वा ब्रह्माको आचारमा रहेकीले ब्रह्मचारिणी, सफलताको बाटोमा अघि बढिरहने सीपसँग तथा शैलीसँग सम्बन्धित,(१०) बुद्धि,विद्या, विवेक, विनयता शीत्तल चन्द्र तत्व र घण्टा ध्वनितत्वसँग सम्बन्धित भएकीले चन्द्रघण्टा अपनत्वबोध सीपसँग तथा शैलीसँग सम्बन्धित, (११) त्रिभुवनकी ईश्वरी भएकीले भुवनेश्वरी, विश्वबन्धुत्व सीपसँग तथा शैलीसँग सम्बन्धित, (१२) सयौं स्वरूप भएकीले शतरूपा शत आनन्द,सुखसीपसँग तथा शैलीसँग सम्बन्धित वाग्देवी जस्ता विभिन्न नाम रहेका छन् । नाम अनुसार उनका कामहरू पनि असंख्य रहेका छन् ।

वर्षमा श्रीपञ्चमी, अक्षय तृतीया र विजया दशमी जस्ता तिथीमा कुनै माङ्गलिक कार्य गर्न वा शुभकर्म गर्न साइत हेरिरहनु पर्दैन । श्री को अर्थ लक्ष्मी हुन्छ । श्रीपञ्चमी भन्नाले लक्ष्मी पञ्चमी लाई पनि जनाउँछ । हातको अगाडि लक्ष्मीको बास हुन्छ । हातको बीचमा सरस्वतीको बास हुन्छ र हातको फेदमा ब्रह्माको बास हुन्छ भनेर नित्यकर्म पद्धतिमा लेखिएको छ । त्यसैले सरस्वती लक्ष्मी र ब्रह्मालाई संयोजन गर्ने आदिशक्ति हुन् । श्रीपञ्चमी सरस्वतीको दिनसँग सम्बन्धित यो दिन अत्यन्तै शुभ मानिन्छ । यस दिन वसन्त श्रवण गर्ने पनि गरिन्छ । राजा महाराजाको पालादेखि वसन्त श्रवण गरेर नयाँ वर्षको स्वागत गर्ने चलन रही आएको पाइन्छ । राष्ट्रप्रमुखबाट वसन्त श्रवण गर्नाले देशको उन्नति–समृद्धिको साथै सुख हुने जनविश्वास रहेको पाइन्छ ।

वैदिक कालमा मधुमास लागेपछि वसन्त ऋतु आउँथ्यो । जुन अहिलेको समयभन्दा चालिसदिन अघि नै आउँछ । पछिसम्म पनि मीनपचासको छुट्टी हुन्थ्यो । यसको अर्थ मीन राशिमा सूर्य चैत १ गतेबाट प्रवेश गर्थे त्यसअघिको पचास दिन नै मीनपचास हो । यो नै शैक्षिक वा आर्थिक नयाँ वर्ष पनि मानिन्थ्यो । पुसमा शैक्षिक सत्रको अन्त हुन्थ्यो । पुससम्म वा पुस्तौ पुस्ताले पढिने भएकोले किताबलाई पुस्तक भनिएको किंबदन्ती पाइन्छ । वैदिक कालमा मधु, माधव, शुक्र, शुचि, नभ, नभस्य, ईष, ऊर्ज, सहा, सहस्य,तप, तपस्य जस्ता महिनाहरू पर्दथे । भगवान श्रीकृष्णकी प्रेमिका राधा लगायत उनका सखीले नयाँवर्षको स्वागतमा वसन्त गाएको श्रीमद्भागवत महापुराणमा उल्लेख छ । अहिले आएर वसन्त श्रवण गर्ने चलन हराउँदै गएको पाइन्छ । वर्तमान अवस्थामा नेपालमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने परम्परा कायम राखिएको छ । वसन्तका सूक्तहरू प्रकृतिय समयसँग सम्बन्धित रहेका छन् । यसैदिन रतिकामदेवको पनि पूजा गर्ने चलन छ । पश्चिमा संस्कृतिको भ्यालेन्टाइन डे भन्दा उत्कृष्ट पूर्वीय संस्कृतिको यो पूजा अत्यन्तै परापूर्वदेखि चलिआएको पाइन्छ । रतिलाई कामुक स्त्रीको रूपमा हेर्ने र अथ्र्याउने गरिन्छ । उनका पति कामदेवको शरीर नै थिएन । नीतिले ‘रति पति अतनु ’भनेको छ । पतिको शरीर नहुनु रतिको दोषको रूपमा लिने गरिन्छ ।

विद् भनेको जान्नु हो , वेद भनेको पनि जान्नु नै हो । वेद चारवटा छन् । चारवेद ब्रह्माका चतुर्मुखबाट सृष्टि भएर वेदव्यासले सजिलो पार्न चार भाग लगाएको पाइन्छ । चार वेदमध्ये सामवेदसँग सम्बन्धित देवी सरस्वती मानिन्छिन् । सामवेद सङ्गीतसँग सम्बन्धित छ । सङ्गीत मनमस्तिष्कको तरङ्गसँग सम्बन्धित छ । सूर्यको सप्तरङ्गी प्रकाशसँग संङ्गीतको सा रे ग म प ध नि जस्ता सप्त स्वरहरू अन्तर्सम्बन्धित छन् । सरस्वती क्षेत्र मनदेखि मस्तिष्कसम्मको तरङ्गीय क्षेत्र मानिन्छ । सरस्वतीको हातमा भएको वीणाको तार हाम्रो स्वरयन्त्रसँग सम्बन्धित छ जसलाई हामी रुद्रघण्टी पनि भन्दछौ । मस्तिष्कको बीचको ठूलो मस्तिष्क ब्रह्माण्डसँग सम्बन्धित छ । सानो मस्तिष्क गणेशसँग सम्बन्धित छ । त्यसको सिङ्गो स्वरूप दुई आँखीभौको बीच जहाँ हामी टीका लगाउँछौं त्यो भाग ब्रह्मासँग सम्बन्धित छ । ब्रह्मले सरस्वतीलाई बताएपछि सरस्वतीले मन मस्तिष्क आत्मा र परमात्माको तरङ्गलाई जोडेपछि मात्र काम सुरु हुन्छ । सानो ठूलो मस्तिष्कलाई जोड्ने भाग शिवसँग सम्बन्धित छ । हामीले राम्रो वा नराम्रो काम गरेको ध्वन्यात्मक रेकर्ड ब्रह्ममा नभई कुनै काम सम्पन्न हुन नै सक्दैन । त्यसैले सरस्वती हरेक काम प्रारम्भकर्ता तरङ्गीय शक्तिस्वरूपा देवी हुन् । सरस्वतीका चार हात यिनै चत्वारशक्तिसँग अन्तरसम्बन्धित छन् । आचार, विचार, सदाचार र प्रचार जस्ता विषय सरस्वतीका चार हातमा रहेका छन् । सत्ताइस नक्षत्रलाई सरस्वतीका चतुर्गुणसँग राखेर हेर्दा पनि मालाका दानाको संख्या आउँछ । माला सरस्वतीको हातमा रहेको हुन्छ । मालामा एक सय आठ स्फटिकका दाना रहेका हुन्छन् त्यसको छुट्टै महत्व रहेको हुन्छ । सरस्वतीका बाह्र नाम बाह्र काम दुर्गाका नव नाम नव कामको गुणा गर्दा एक सय आठ हुन्छ । सरस्वती दुर्गा आधार शक्तिकै स्वरूप मानिनुहुन्छ । यो दिनको गरिमाले गर्दा श्रीपञ्चमीबाट नै अक्षर आरम्भ गरिन्छ । नयाँ सङ्गीत साधकका लागि सङ्गीतारम्भ, किसानका लागि कृषिकर्मको आरम्भ लगायत हरेक कार्यारम्भ गर्न यसैदिनलाई शुभ मान्नुको कारण पनि यही नै हो ।

सरस्वती शक्ति परिचालक, लक्ष्मी कार्यकारक वा संरक्षक र महाकाली संहारकर्ता शक्तिको रूपमा रहेका हुन्छन् । यसैलाई त्रिगुणात्मक शक्ति पनि मानिन्छ । सरस्वतीले जीवनका अज्ञान , लक्ष्मीले अभाव र महाकालीले अशक्ति नाशका लागि मद्दत गर्दछन् । आधिदैविक , आधिभौतिक र आध्यात्मिक तापनाशक त्रिशक्तिको सेरोफेरोमै स्थावर , जङ्गम, जलचर, स्थलचर, उभयचर, सरीसृप, कीटपतङ्ग, वनस्पतिको चक्र चलिरहेको छ । सारस्वत तत्व अन्य प्राणी र वनस्पतिभन्दा मानिसमा बढी हुनुको कारण हामी ब्रह्माको मनबाट सृष्टि भएकैले हो भन्ने पुष्टि भएको छ । सारस्वत् को अर्थ पूर्ण निष्कर्ष भन्ने हुन्छ । ब्रह्मकर्म गर्नेलाई ब्राह्मण भनिन्छ । सरस्वती ब्रह्मसँग नजिक रहेकी हुन्छिन् । सिक्ने, सिकाउने, मन्त्रदान, ग्रहण, यज्ञको गर्ने गराउने कर्म ब्रह्मपेसासँग सम्बन्धित मानिन्छ । त्यसैले ब्राह्मण बाठा हुन्छन् भनिन्थ्यो । यहाँ जातलाई नभनेर संस्कारलाई भनिएको हो । जीवनको प्रारम्भकर्ता ब्रह्मा, पालनकर्ता विष्णु, संहारकर्ता शिव भनेर शिव(सत्य) लाई पनि त्रिगुणात्मक बनाइएको छ । हाम्रो जीवनको प्रारम्भ बाल्यकाल नै ब्रह्म मानिन्छ । ब्रह्मचर्य विवाह नहुन्जेल रहन्छ । त्यसबेलाको मस्तिष्क कोमल, सक्रीय र सशक्त हुन्छ । सरस्वती कोमल मस्तिष्ककी देवी भएकोले उनलाई ब्राह्मी भनिएको हो । प्रारम्भकर्ती भनेर पनि यसलाई बुझ्न सकिन्छ ।

विद्याको महानता सबैले प्रयोग गरेर सुखी होऊन् भनेर दश महाविद्या बताइएको छ । दश महाविद्या दैवीशक्तिसँग सम्बन्धित रहेको छ । दैवी शक्तिका दश महाविद्यामा काली , तारा, षोडशी, भुवनेश्वरी, छिन्नमस्ता, भैरवी, धूमावती, बगलामुखी, मातङ्गी, कमला पर्दछन् । कालीविद्या कल्की अवतारसँग महाकाल शैवसँग सम्बन्धित हुन्छ । जसको शनिग्रह विद्याप्रबल छ उसले यस विद्याको साधना सजिलै गर्न सक्छ । ताराविद्या राम अवतार अक्षोभ्य भैरवशैवसँग सम्बन्धित बुध ग्रहजनित व्यक्तिका लागि उत्तम विद्या मानिन्छ । यसरी हरेक विद्याको आफ्नै स्वरूप , साधना र प्रकार रहेको हुन्छ । कस्तो व्यक्तिका लागि कुन विद्या सफल असफल भन्ने ज्योतिषशास्त्रमा प्रष्ट लेखिएको छ तापनि मानिसले आफू कुन विद्या आर्जनको लागि उपयुक्त छु भनेर आफैंलाई चिन्न नसक्दा दशथरिका हण्डर ठक्कर खाने गर्दछन् । सरस्वतीको सात्विक पूजा उपयुक्त मानिन्छ । पुस्तकको अध्ययन नै सरस्वतीको पूजा हो । जिज्ञासा नै सिकाइको जननी हो । सरस्वतीलाई जुनसुकै धर्ममा पनि मानिन्छ । खासगरी सनातन हिन्दु , बौद्ध, मुस्लिम , जैन लगायतका धर्ममा सरस्वतीलाई अत्यन्तै मानिन्छ । श्रीपञ्चमीले हाम्रो अन्तर्धामिक वैभव, धार्मिक सहिष्णुता र भावात्मक एकतालाई पनि जोडेको छ । यसबारे गहन एवं प्राज्ञिक अध्ययन हुनु आवश्यक छ । मुस्लिम सारस्वत पूmलको संस्कार र सुखी जीवनको तरङ्गीय चक्र सरस्वतीसँगै सम्बन्धित छ । सरस्वती पूजा मानवीय प्राज्ञिक एकताको पूजा हो । अन्तमा माता सरस्वतीको सम्झनामा यो स्तोत्र–

रविरुद्र पितामह विष्णुनुतं, हरि चन्दन कुंकुम पङ्कयुतम् ।
मुनिवृन्द गजेन्द्र समानयुतं तव नौमि सरस्वति पादयुगम् ।।
शशिशुद्ध सुधा हिमधामयुतं, शरदम्वरबिम्व समान करम् ।
बहुरत्न मनोहर कान्तियुतं, तव नौमि सरस्वति पादयुगम् ।।

कनकाब्ज विभूषित भूतिभवं, भवभाव विभावित भिन्नपदम् ।
प्रभुचित्त समाहित साधुपदं, तव नौमि सरस्वति पादयुगम् ।।
भवसागर भञ्जन भीतिनुतं, प्रतिपादित संततिकारमिदम् ।
विमलादिक शुद्ध विशुद्धपदं तव नौमि सरस्वति पादयुगम् ।।
मतिहीन जनाश्रय पारमिदं सकलागम भाषित भिन्न पदम् ।

परिपूरित विश्वमनेकभवं तव नौमि सरस्वति पादयुगम् ।।
सुरयोषित सेवित पादतलं तव नौमि सरस्वति पादयुगम् ।।
सुर मौलिमणिद्युति शुभ्रकरं विषयादि महाभय वर्णहरम् ।
निजकान्ति विलोमित चन्द्रशिवं तव नौमि सरस्वति पादयुगम्

गुणनैक कुलंस्थिति भीतिपदं गुण गौरव गर्वित सत्यपदम् ।
कमलोदर कोमल पादतलं, तव नौमि सरस्वति पादयुगम् ।।
त्रिसन्ध्यं यो जपेन्नित्यं जले वापि स्थलेस्थितः
पाठमात्रद्भवेत्प्राज्ञो ब्रह्मनिष्ठः पुनः पुनः ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 317
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पुर्खाको खोज

July 10, 2023

कोरोनाको कहर र भविष्यमा पर्ने प्रभाव

May 17, 2023

नेपालमा विक्रम संवतको आरम्भ 

April 19, 2023

भारतमा नेपाली भाषा विकास मञ्चले लिएको तत्परता

January 15, 2023

अफ्रिकामा नेपाल

January 15, 2023

को हुन् हाम्रा प्यारा बालबालिकाहरू ?

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.