SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » लोककथाका गिजुभाइ अर्थात् मोती गुरु
निबन्ध

लोककथाका गिजुभाइ अर्थात् मोती गुरु

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments5 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
तर्कना शर्मा (खास नाम : लीलादेवी शर्मा , पुतली बजार नगरपालिका वाड नंं –३, गुडिखोला स्याङ्जा, सुपुत्री : निल कुमारी शर्मा र गुरुराज शर्मा) नेपाली साहित्यमै उच्च शिक्षा लिई प्राध्यापन पेसासँगै साहित्य सेवामै समर्पित प्रतिभा हुन् । उनका घुम्टोभित्र (२०६०), जीवन–मृत्युको प्रशिक्षण (२०६३) कवितासङ्ग्रह, नारीको आवाज (२०६३) गीतसङ्ग्रह, जेब्राक्रस (२०७५) उपन्यास जस्ता सिर्जनात्मक कृतिका साथै प्रयोगशालाको प्रयोग (२०७३) समीक्षा कृति पनि प्रकाशित छ । शर्माका सम्पादनमा बालबालिकासँग लेखक, विश्वनारीका तीन दिन, साहित्य ज्योति, शुभयुग स्मारिक र उत्साहका पाइला जस्ता पत्रिका र पुस्तकहरू प्रकाशित छन् । साहित्य सिर्जनाका कविता र आख्यानका साथै समीक्षा र लोकसाहित्य अन्वेषणमा पनि रुचि राख्ने शर्माको साहित्यसागरको प्रस्तुत शृङ्खलामा संस्मरणात्मक निबन्ध समेटिएको छ । ‘लोकसाहित्यका विशिष्ट विद्ववान् मोतीलाल पराजुली’ शीर्षकको यस निबन्धले प्रा.डा मोतीलाल पराजुलीको खास खास कृतित्व र संस्मरणलाई समेटेको छ । मोतीलाल पराजुलीको निधनले नेपाली साहित्यमा पुगेको अपुरणीय क्षतिको स्मरण गर्दै मोतीलाल पराजुलीप्रति श्रद्धाञ्जलीसहित यो निबन्ध प्रस्तुत गरिएको छ ।– सम्पा.

गिजुभाइ अर्थात् शिक्षाको व्यवहारिक मानचित्र। नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा दर्शनाचार्य तहका कक्षामा यी गिजुभाइलाई भेटेकी थिएँ।

दर्शनाचार्यको कक्षा के कस्तो हुने हो मनमा सधैं एक किसिमको हलचल भइरहन्थ्यो। जब कलेजमा प्रवेश पाएँ, त्यसपछि मेरा मनका तरंग सम्हालिन थाले। दर्शनाचार्य तहका कक्षाहरू कोरा किताबी ज्ञानभन्दा धेरै भिन्न थिए। जीवनमै नयाँ अनुभूति भइरहेको थियो।

लोककथामा अभिप्राय भन्ने एउटा विषय यिनै गिजुभाइ अर्थात् लोक संस्कृतिका प्राध्यापक मोतीलाल पराजुलीसँग सिक्ने अवसर पाएँ। मैले स्नातकोत्तरसम्म जुन तरिकाले शिक्षा लिएँ त्यो भन्दा बिल्कुल भिन्न थियो उनको पढाउने शैली।

मेरो दिमागमा भएको सरकारी स्कुलको बेथिति त्यतिखेर नै परिवर्तन भएको हो। गरे जे पनि हुने रहेछ। कसैले नगरे पनि आफूले गरौं भन्ने यिनका भनाइबाट पनि म सधैं प्रभावित नै भएँ। लोकजीवनको गहिराइ र त्यसप्रतिको निष्ठा तिनै कक्षाबाट हुर्किएको थियो। जसलाई मैले सम्हालेर विधावारिधिसम्म ल्याइपुर्याएकी छु।

‘सक्नेले देशको मुहार फेर्नु, नसक्नेले रङ भए पनि फेर्नु’ मोतीलाल गुरु यसरी हामीलाई अर्ती दिन्थे। उनले कक्षा मात्र पढाएनन्, देश पढाए। लोकजीवनको गहिराइ र गरिमा पढाए। किताब मात्रै पढाएनन्, जीवन पढाए। त्यसैले त गुरु र शिक्षकमा धेरै दुरी रहेछ।

वि.स. २०१३ साल माघ ६ गते पोखराको चापाकोटमा जन्मेका मोतीलाल गुरु नेपाली लोकसंस्कृतिका अनुसन्धानकर्ता र विश्वविद्यालयका प्राध्यापक थिए। पोखराको पृथ्वीनारायण क्याम्पसदेखि कीर्तिपुरसम्मका उनका प्राध्यापन पाइला ज्यादै गर्विला छन्। लोकसाहित्यको गहिरो ज्ञान र विद्यार्थीलाई सिकाउने कौशलका कारण उनी सबैका प्रिय गुरु थिए।

उनका नेपाली लोककथा (२०४९), नेपाली, रचनाकला (२०५३), धर्मात्मा राजा (२०५९), साधारण नेपाली (सहलेखन–२०६२), सोरठी नृत्य नाटिका (२०६३), नेपालमा प्रचलित नृत्य र नाटिकाहरू (२०६३), बुद्धिमान पुरुष (२०६५), बत्तीसमाराको कथा (२०६५) कालिनाग र राजकुमार (२०६५), मनचिन्ते औंठी (२०६५), नेपाली लोकसाहित्यको रूपरेखा (२०६८), नेपाली लोकनाटक (२०७०) नेपाली लोककथा सिद्धान्त र विश्लेषण (२०७१) जस्ता गहन कृतिहरू लोकसाहित्यका क्षेत्रमा छन्।

उनी विशेष गरी नेपाली लोककथाको विशाल संग्रहालय नै थिए। विश्व लोककथामा भएका सैद्धान्तिक प्रयोग नेपाली लोककथामा भित्र्याउन उनको भूमिका महत्वपूर्ण छ। २०५६ सालमा नेपाली लोककथामा अभिप्राय शीर्षकमा विद्यावारिधि गरेका मोतीलाल नेपाली लोककथाको एउटा मानक इतिहास हुन्।

उनी २०५८ सालमा महेन्द्र विद्याभूषण ‘क’, २०६१ मा सैनध्वज–नन्दकुमारी र शिक्षा पुरस्कार, २०६३ साझा प्रकाशनको लोकसाहित्य पुरस्कार र २०६८ मा अलिमियाँ लोकवाङ्मय पुरस्कारबाट सम्मानित समेत भइसकेका छन्।

स्नातकोत्तरदेखि विद्यावारिधिसम्मका विद्यार्थीलाई फकाइफकाइ काममा लगाउने उनको कला विशेष थियो। सामान्य विषयवस्तुलाई पनि केलाइकेलाइ गहिरो रूपमा पढाउँथे। उनी विद्यार्थीका खुबी सजिलै जान्दथे। कुन विद्यार्थीलाई कस्तो काम दिँदा राम्रो हुन्छ भन्ने कुरामा सधैं सचेत र चनाखो थिए।

क्षेत्रकार्यबिना लोकसंस्कृतिको अध्ययन गर्न सकिँदैन भन्थे। तसर्थ, उनी कुशल क्षेत्रकर्मी पनि हुन्।

घामपानी भोक, तिर्खा नभनी नेपालका गाउँगाउँ, बस्तीबस्ती चहारेका मोतीलालले लोकजीवनबाट साँच्चिकै ज्ञानको मोती संकलन गरेका थिए। लोकजीवनप्रति उनको गहिरो प्रेम थियो। कतिपय ठाउँमा विद्यार्थीसँगै झरी, बादल खेप्दै, उकाली, ओराली झैल्दै कार्यक्षेत्रमा पुग्थे।

एउटा परिपक्क, प्राध्यापक डाक्टर यसरी विद्यार्थीका पाइलामा पाइला मिलाएर हिँड्दा उनमा प्राध्यापक हुँ भन्ने घमण्ड कत्ति पनि थिएन। न त फिल्डमा गएर चुपचाप बस्थे। को मान्छेलाई कसरी कुरा गर्ने? कहाँ कसरी भेट्ने? त्यहाँ पुगेर के खोज्ने? चित्र, तस्वीर र भिडियो, अडियो कसरी लिने सबैमा सहभागी हुन्थे। सातुको फाँक र मकैका मुठ्ठी अनि बोतलको पानी बाँडेर खाने उनी हाम्रा गिजुभाइ अर्थात् मोती गुरु।

मोतीलाल लोकसाहित्यमा मोतीकै खानी थिए। त्यो खानी सायद राज्यले चिन्न सकेन। उनको स्वाभिमानले कसैको झोला बोक्न दिएन। जीवनमा ठूलो अपेक्षा पनि कहिल्यै राखेनन्। जे थियो लोककथा र लोकजीवन मात्र उनको संसार थियो। जोसँग पोखे ती उनका सहकर्मी र शिष्य थिए। जो आफैंभित्र अटाएँ। आफ्नो संसर्गमा आउनेको तिर्खा मेटाउने प्रयासमा डटिरहे।

मिजासिलो स्वभाव, नम्र बोली, सहयोगी भावना, मुसुक्क हाँस्ने र कम बोल्ने गुण। गुरुमा लोकसाहित्यको क्षेत्रमा सधैं केही गरौं भन्ने उच्छाल थियो। सधैं लोकसंस्कृतिकै केही न केही योजनामा हुन्थे। विद्यार्थीमा त्यही प्रेरणा मिलाइमिलाई भर्थे। सक्दिनँ भनेको काम हाँसीहाँसी गराउनु पनि एउटा गुरुमा हुने खुबी हो। यस्तो अनुभव धेरै शिष्यका होला।

लोकसाहित्यलाई सैद्धान्तिक र व्यवहारिक रूपमै माथि उठाउन विभिन्न खोज, अनुसन्धान गरेको छन्। नेपाल प्रज्ञा प्रतिष्ठान, लोकवार्ता परिषद् नेपाल लगायतका विभिन्न संघ, संस्थाले आयोजना गरेका गोष्ठी, कार्यशालामा उपस्थिति कार्यपत्र प्रस्तुत गर्ने तथा गहन छलफलमा सरिक हुन्थे।

बेलायत, अमेरिका, जर्मनी जस्ता विकसित राष्ट्रमा जसरी लोकसंस्कृतिको खोज अध्ययन अनुसन्धान भइरहेको छ नेपाललाई त्यो स्थानमा पुगेको हेर्ने उनको रहर भने अधुरो नै रह्यो।

दर्शनाचार्य तह अध्ययन गर्ने क्रममा गुरुसँग भेट्ने सौभाग्य पाएँ। उनीसँग नपढेको भए म कहिल्यै पनि लोकसंस्कृति, लोकसाहित्यको विद्यार्थी बन्थिनँ। सोच्छु, गुरुले त संसार छोडेर गए पनि केही अंश विद्यार्थीमै छाडेर जाँदा रहेछन्।

गुरुको अवसानबाट दुखी हुँला तर विचलित अवश्य छैन। यस क्षेत्रमा अझै डटेर लाग्ने सके भने गुरुप्रति उच्च सम्मान हुनेछ।

कोरोनाको दोस्रो लहरले नेपाली लोकसाहित्यको झर्रझराउँदो मोतीलुङ चुडालिँदियो। अस्ताए नेपाली लोकसाहित्यका गिजुभाइ। हार्दिक श्रद्धासुमन।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 282
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.