SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » महाकविका भूमिका : एक सर्वेक्षण
समीक्षा

महाकविका भूमिका : एक सर्वेक्षण

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments19 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

गोविन्दराज भट्टराई (२०१०, च्याङथापु, पाँचथर) नेपाली साहित्यका विशिष्ट स्रष्टा एवम् समीक्षक हुन् । राम्रा निबन्धकार, उपन्यासकार रहेर पनि भट्टराईको परिचय समीक्षकका रूपमा बलियो छ । उनी अङ्ग्रेजी साहित्यका विद्यार्थी र अङ्ग्रेजी साहित्यकै प्राध्यापक पनि हुँदा उनी पाश्चात्य समीक्षा सूत्रहरूका आधारमा नेपाली साहित्यिक कृतिको समीक्षा गर्ने सफल समीक्षकका रूपमा सुपरिचित छन् । २०३१ सालमा गोरखापत्र पत्रिकामा पहिलो कथा प्रकाशन गरी नेपाली साहित्य जगन्मा सार्वजनिक भएका भट्टराईको कलम सिर्जना र समीक्षामा जस्तै अनुवादमा पनि त्यत्तिकै सफल मानिन्छ उनले नेपाली भाषा र साहित्यका छानिएका रचनाहरूलाई अङ्ग्रेजीमा अनुवाद गरेर नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण गर्ने कार्यमा निकै पसिना बगाएका छन् । भट्टराईका मुग्लान (२०३१), मणिपुरको जिठ्ठी (२०३४), सुकरातका पाइला (२०६३), सुकरातको डायरी (२०६८) जस्ता औपन्यासिक कृति प्रकाशित छन् । उनी राम्रा निबन्धकार हुन् उनका एक्लै एक्लै एक्लै (२०६०), विश्वविद्यालयमा अग्नीपूजा (२०६१), , सँगै बसौँ यो रात (२०६४) जस्ता निबन्धसंग्रहहरू प्रकाशित छन् । उनका निबन्ध संस्मरण र चिन्तनप्रधान देखिन्छन् । समीक्षातर्फ काव्यिक आन्दोलनको परिचय (२०४९), आख्यानको उत्तरआधुनिक पर्यावलोकन (२०६१), पश्चिमी बलेसीका बाछिटा (२०६१), उत्तरआधुनिक ऐना (२०६२), उत्तरआधुनिक विमर्श (२०६४), समयबोध र उत्तरआधुनिकता साथै अन्य अङ्ग्रेजी र नेपालीमा अनदिदत र सम्पादित दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् । उनी पटक पटक प्रज्ञाप्रतिष्ठानको प्राज्ञसभा रहेर त्यस प्रतिष्ठानको अनुवाद विभागलाई गरिमापूर्ण बनाउनमा विविध सहयोग गरेका छन् । निरन्तर समीक्षा क्षेत्रमा देखिइरहेका भए पनि भट्टराईको साहित्यिक प्रतिभा सिर्जना, समीक्षा र अनुवादका त्रैतयात्रामा समानान्तर रूपमा अगाडि बढिरहेको छ । भट्टराईको साहित्यसागरको प्रस्तुत शृङ्खलामा देवकोटाको भूमिकासंग्रहमाथि लेखिएको गहन समीक्षा समेटिएको छ । यस समीक्षाले देवकोटाको भूमिका लेखक व्यक्तित्वको मूल्याङ्कन गरेको छ । भट्टराई स्वयम् धेरै कृतिका भूमिका लेखक भएकाले यस समीक्षाले देवकोटाको भूमिकाकार व्यक्तित्वको सही मूल्याङ्कन गर्न सकेको देखिन्छ ।
-सम्पा.


प्रस्तुत सङ्ग्रह (महाकवि भूमिका) ले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई बुझाउन ठूलो मद्दत गर्नेछ । यसबाट महाकविको समालोचक व्यक्तित्व छर्लङ्ग हुनेछ । यसमा २००९ मा प्रकाशित मुनमदनको समर्पणदेखि लिएर मिति नखुलिएको मैनासम्मका भूमिका सङ्कलित छन् । यो दुर्लभ रचनाको अपूर्ण सङ्ग्रह हो । यसमा महाकविले आफ्ना कृतिका बारेमा लेखेका, अरूका कृतिका बारेमा लेखेका भूमिका छन् । सङ्कलक श्री शिव रेग्मीले खुलाउनु भएकै छ ती कतै पुस्तक परिचय छरिएका पनि भेटिएका छन् ।

यस सङ्कलनले महाकविको समालोचक द्रष्टा व्यक्तित्वलाई अझै उज्यालो पार्दछ । उहाँका लक्ष्मी निबन्धसङ्ग्रहमा प्रकट कतिपय विचार र भावनाका झिल्का यहाँ सुसङ्गत भएर आएका छन् । सुसङ्गत कसरी भने एक ठाउँमा कविताको भूमिका लेख्ता कविताको विशेषता के हो ? त्यसका प्रमुख तत्त्व के हुन् भन्ने विषयमा प्रकाश पार्नु भएको छ । अर्का ठाउँमा उपन्यासबारे कुरा गर्दा उपन्यासको अर्को ठाउँमा नाटकबारे कुरा नाटकको अनि काव्यको विशेषता गुण आदिका कुरा उठेका छन् । यस सङ्कलनमा यसमा अधिकांश काव्यकविता विषयक भूमिका छन् । तिनमा झ्याउरे, खण्डकाव्य, गीतिकाव्य, महाकाव्यमा वितरित छन् । अरू विधामा नाटक, गद्यनिबन्ध र उपन्यास छन् ।

नेपाली साहित्यले भर्खरै पाइला टेक्न थालेको समयमा, लेखन प्रकाशनको परम्परा स्थापित नभएको समयमा जेजस्ता कृति आए पनि महाकविले तिनको गोडमेल गर्नु भएको छ, सर्जकलाई प्रोत्साहित गर्नु भएको छ । भूमिका लेख्ता कहीँ अत्यन्तै गम्भीर सूक्ष्मदर्शक यन्त्र बोकेर समालोचकको रूपमा पनि उभिनु भएको छ ।

यहाँ लेखिएका कति नाम इतिहासको गर्तमा बिलाएर गए होलान्, नेपाली साहित्यले कतिलाई बिर्सिसक्यो होला कतिको कतै कहीँ नाम उल्लेख भएन होला, नामेट होलान् । त्यसो त यहाँ मुनामदन, सावित्री सत्यवान, राजकुमारी प्रभाकर, सुलोचना, लक्ष्मी निबन्धसङ्ग्रह, शकुन्तल, मनोरञ्जन, म्हेन्दु, रावणजटायु युद्ध, छहरा र मैना महाकविकै पद्य–गद्य सिर्जना हुन् भने अरू हामीले पढेका नाम चलेका साहित्यकारमा हृदयचन्द्रसिंह प्रधान, लीलाध्वज थापा क्षत्री, धर्मराज थापा, श्यामदास वैश्णव, अनङ्गनाथ पौड्याल, माधवप्रसाद देवकोटा, हरि श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, लक्ष्मण लोहनी, लेखनाथ पौड्याल, जनकलाल शर्मा, रामहरि जोशी, ग्रीष्मबहादुर देवकोटा, टेकबहादुर नवीन पर्दछन् । महाकविले २००९ देखि २०१६ सम्म अर्थात् अन्त्यकालसम्म भूमिका लेखनमा ठूलो परिश्रम गरेको देखिन्छ । यीमध्ये कतिपय नाम नेपाली साहित्यले नसुनेका पनि छन्, जस्तै देवीप्रसाद पौडेल, तेजकुमार शर्मा, वासुदेव ढकाल, खङ्गबहादुर, रामकृष्ण पुडासैनी, वासुदेव त्रिपाठी ‘देवेश’, विष्णुप्रसाद शर्मा ‘परिमल’, भैरवनाथ रिमाल, आदि इतिहासले छोपेका नाम हुन् ।

महाकविको नेपाली भाषाप्रेम यसलाई सम्वलित गर्ने उहाँको कलम यी अतुलनीय कुरा छन् । त्यो ‘शैशवकालमा नेपाली भाषाले भर्खर दह्रा पाइला टेक्तै थियो तर अझै संस्कृतको अत्यधिक प्रयोग, हिन्दी मिश्रण वा अङ्ग्रेजीतर्फ ढल्किने चेष्टामा थियो । उहाँको भाषामा हिन्दीको प्रचुर प्रयोग पाइन्छ ।

यी भूमिका विभिन्न रूपमा प्रस्तुत भएका देखिन्छन्— लेखेर तत्कालै छापिएका, लेखिएको मिति नभएका, महाकविको देहान्त पश्चात् धेरैपछि कृतिमा छापिएका, कृतिबाहिर कुनै पत्रिकामा छापिएका देखिन्छन् । यिनका शीर्षक पनि अलगअलग छन्— कतै समर्पण (मुनामदन), कतै दुई शब्द, कतै भूमिका, कतै परिचय, कतै वक्तव्य, कतै एक झलक, कतै श्री, कतै एक दृष्टिकोण, विचार, तरुण तपसीको चाहिँ तरुणतपसी प्रदक्षिणा, कतै सम्मति र कतै म्हेन्दुको विषयमा रहेका छन् । एउटा कृतिको भूमिका आधि नेपाली आधि अङ्ग्रेजीमा Preface रहेको छ । बडो हाँस उठ्तछ पं. सोमनाथ शास्त्रीले लेखेको पुस्तक छ आशौच विज्ञान जसको भूमिका नेपाली र अङ्ग्रेजीमा छ । दुई वटा कृति छन् गोविन्द भट्टको कविता सङ्ग्रह एउटा र वासुदेवप्रसाद त्रिपाठीको नेपाली जनक्रान्ति दुवै हिन्दीमा जसका भूमिका भने नेपालीमा छन् ।

भूमिकाको अन्त्यमा लेखिएको नाम ठेगाना मिति आदिबाट पनि अनेक सूचना प्राप्त हुन्छन् । जस्तै— सावित्री सत्यवान् ‘प्रथम संस्करण’ भनिएको छ, मिति छैन भने राजकुमार प्रभाकारको १९९७ रहेको छ । केही नेपाली नाटकमा १५ आश्विन २००२ लेखिएको छ । सुलोचना भूमिका लेखिएको एक वर्षपछि प्रकाशित देखिन्छ । त्यसैगरी कहीँ ‘लक्ष्मीप्रसाद देवकोटा’ मात्र छ, केही ठाउँमा ‘प्रो. लक्ष्मीप्रसाद देवकोटा छ, धेरैमा वी.ए.वी.एल जोडिएको छ, एक ठाउँमा ‘कविवर’ छ, कति ठाउँमा डिल्लीबजार छ, धेरै ठाउँमा कविकुञ्ज मैतीदेवी, हुस्सु पथिक (माधवप्रसाद देवकोटा) को भूमिका तानसेन (पाल्पा) मा लेखेको देखिन्छ, कुनैमा पूरा नाम ठेगाना छ लक्ष्मीप्रसाद देवकोटा कवि कुञ्ज, मैतीदेवी, कान्तिपुरी अर्थात् मैतीदेवीफाँट, डिल्लीबजार काठमाण्डू । अङ्ग्रेजीको भूमिकामा पदसमेत छ जस्तै- Education and Local Self Government Minister. Now Member, Nepal Academy लेखिएको छ ।

कुनै भूमिका अत्यन्त छोटा छन् । मुनामदनको भूमिका छोटो, झ्याउरेमा छ भने रामहरि जोशीको भूमिका भङ्कारमाथि लेखिएको भूमिका जम्मा पाँच हरफ छ । सबैभन्दा लामो भूमिका तरुणतपसी प्रदक्षिणा १३ पृष्ठ रहेको छ ।

यी भूमिकाको विश्लेषणबाट अनेक निष्कर्ष निकाल्न सकिन्छ ।

महाकविको भाषामाथिको पकड, सूक्ष्म विश्लेषणको शक्ति, तार्किकता र जगत्लाई बुझाउने शिल्प बेजोड छन् ।

यी रचनाले महाकविको समालोचक, चिन्तक र विश्लेषक व्यक्तित्वलाई प्रस्तुत गर्दछन् ।

यी रचनाले महाकविको समालोचनात्मक विश्लेषणात्मक चेतनाको कालक्रमिक अन्तर पनि प्रस्तुत गर्दछन् । जस्तै मुनामदन झ्याउरेमा लेख्ताको केही सङ्कोच, त्यसपछि धर्मराज थापा र क्रमिक रूपले अरू थपिँदै जाँदा उहाँको मनमा लागेको सन्तोष र ढुक्क, एक नेपाली पाना र नेपाली लोकजीवनमा पसेर नयाँ फूल फुलाउन सकेको भावना बारम्बार आउँछ ।

यी रचनाले महाकविको पूर्वीय शास्त्रप्रति, पाश्चात्य सिर्जना र चिन्तनप्रति, हिन्दी र नेपाली भाषाप्रति, संस्कृत, अङ्ग्रेजीप्रति, धारणाहरू प्रस्तुत गर्दछन् । त्योभन्दा ठूलो कुरा व्यक्तिगत जीवनका केही अफ्ठ्यारा क्षण र अनुभूतिहरू अचानक प्रस्तुत हुन्छन् । जस्तै २०१५ साल जेष्ठ २२ गते मनोरञ्जनको भूमिकामा देख्न पाइन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा महाकविले नेपाली कथा, कविता, नाटक, उपन्यास, विधाको भर्खर जन्म मात्रै भएको बेला आफैले निबन्धको महाकाव्यको, नाटकको झ्यारे लेखनको नमुना मात्र प्रस्तुत गरेनन् उनले ता हरेक नवआगन्तुकलाई हौस्याएर, प्रशंसा गरेर, केही गुणदोषको सन्तुलित मूल्याङ्कन गरेर प्रत्येक लेखकलाई प्रोत्साहित गरे, अरू कृति आउन नेपाली साहित्यको स–सानो भण्डारको आकार बढ्दै जाओस् भन्ने कामना गरे, प्रयत्न गरे ।

यस सङ्कलनभित्र यस्ता महाकविको जीवनका झल्का, उहाँका पठनपाठनका, सम्पर्कका, दर्शनका, विचारका, मान्यताका विषयमा प्रकट भएका सूक्ष्म कुराहरू प्राप्त हुन्छन् । ती सारामध्ये समालोचकीय चेतना छ, सिद्धान्त निर्माण छ जो अन्यत्र नपाइन सक्छ ।

राजकुमार प्रभाकरमा भन्नु भएको छ— “नेपाली साहित्यको शैशवकालमा’ । साँच्चै त्यो शैशवकाल नै थियो— १९९७ देखि २०१५ सम्मै । त्यसबेला नाटक, काव्य, उपन्यास, निबन्ध सबै प्रारम्भिक अवस्थामा थिए तापनि प्रत्येक विधाको स्तरीय सिर्जना कस्तो हुनसक्छ तिनको स्थापना महाकविबाटै भयो । आपूmले स्थापना गरेको विधामा उहाँले अरूको प्रशंसा गर्नु भयो— समको, लेखनाथको ।

हृदयचन्द्रसिंहको नेपाली नाटकबारे दुई शब्द लेख्ता भन्नु भएको छ : सिर्जनाभन्दा पनि एक दृष्टिकोणले त म समालोचनालाई नै अझ ठूलो देख्तछु । शेक्सपियरभन्दा पनि एक हिसाबले शेक्सपियरका सालोचकहरू अझ प्रशंसनीय देखिन्छन् । लेख्नेलाई भन्दा देख्नेलाई तारिफ गर्न मन लाग्छ । यसरी हृदयचन्द्रसिंहको कर्मको मूल्याङ्कन गर्दागर्दै महाकवि आफै एक सूक्ष्म, समालोचकीय चेतना भएका व्यक्ति देखिनु हुन्छ :

आजकाल हाम्रो त्यस अवस्था छ जसमा सृजनाले जङ्गली दौड लिएर रूप-रङ्गको ढङ्ग याद नराखी जताततै भिरालाबाट, काँध्लाबाट हाम्फालिदिनामा कुनै किसिमको रोकटोक देखिन्न, नियत मार्ग छैन, कक्षा छैन कलाको अङ्ग राम्ररी कसिएको हुन्न; उत्तरदायित्वको चेत बहुत कम पाइन्छ; भाषा बाङ्गिन्छ; जो पनि लेखक हुन्छन् भन्ने कुरा भए पनि नभए पनि;रूपको ठेगाना छैन; छन्द बिग्रिँदो छ; मात्रा गडबड हुन्छन्; भावहरू जङ्गली छावाझैं नाच्छन्; विचारमा लगाम छैन; आदर्शलाई बादलले ढाक्दछ; हाम्रो स्वदेशी सौन्दर्यको सच्चा आदर्श कुइरोभित्र छिपेको छ; मान्छे तुलना गर्न सक्तैनन्; बुझ्न सक्तैनन्; मौलिकता देखिन्नन् तर्सिन्छन्; मूल सडक छाडेर नयाँ बाटो लिने लेखकलाई बहुलठ्ठी सम्झन्छन्; साहित्यको अनुहार मान्छेलाई थाहा छैन, सृजनात्मक प्रयासको सुनौला बाली कुन हो मान्छेले जाँचेको छैन; त्यसकारण बिना समालोचना हामी उफरपाफर गर्छौं, सहलिया दौडमा छौं; हाम्रो लगाम छैन; समालोचना साहित्य–क्षेत्रमा प्रादुर्भाव भएपछि हाम्रा गोठाले मिजास तर्सिन्छन†; असुन्दरको भावना त्यसै निली हुन्छ; सक्नेले हेलचक्रयाइँ गर्न पाउँदैन; नसक्नेले ठगी गर्न पाउँदैन; सच्चा मोलतोल मालुम हुनजान्छ; झुठो झलक पैसामाथिको चाँदीको तबक हुन्छन् यो सब देखाउने समालोचक हुन्।

त्यसो भए तापनि समालोचकका सीमा र कर्तव्यरेखा छन् । तरुणतपसी प्रदक्षिणामा महाकविले बोलेका यस्ता कुरा छन् :

समकालीन कविको सामीप्यको कारण, समालोचना‚ थायी या ठोस मोलको बनाउनु अत्यन्त कठिन हुन जान्छ, कविकृतिको सच्चा कसी ता समयलाई नै मान्नु पर्लाध्र समालोचक बन्दा हामीहरू ज्यादाजसो आफ्ना युगले सीमित भएर, भविष्यले देख्न सक्ने धेरै कुराहरू देख्न सक्तौनौं । एक दृष्टिकोणमा प्रत्येक व्यक्ति एक घेराको कैदी जरूर रहन्छ । निजी प्रवृत्ति ज्यादा समुच्चारित भएका व्यक्तिले समालोचना गर्दा आफूतर्फ हमेशा सतर्क रहनु पनि अत्यावश्यक छ।

यस उद्धरणले त्यो समय बोल्दछ । सारा अभाव, त्रुटी र नेपाली साहित्यका आरम्भ काल, शैशवकालका अभिलक्षणहरू ।

लक्ष्मी निबन्धसङ्ग्रहको प्रकाशनले पाठकसमक्ष उत्कृष्ट दर्जाको निबन्धको नमुना पेश गर्‍यो । ती निबन्धको आवश्यकताबारे कविले लेख्नु भएको छ : यस किसिमको रचना नेपालीमा ज्यादा प्रचलित नभकोले मैले यसतर्फ हातको कुत्कुती नोकदार कलमको चुट्किलो तवरसँग मार्ने एउटा मीठो प्रयत्न गर्न खोजेको हुँ ।

आज पनि कथाको परिभाषालाई महाकविकै शब्द आउँछन्— यो एउटा आँखी झ्याल हो । त्यतिकै शक्तिपरक परिभाषा छ नाटकको । लीलाध्वज थापाको अमरमायामा लेख्नु भएको छ- सत्य भ्रान्ति नै नाटकको पहिलो कसौटी हो । वास्तवमा सम्पूर्ण नाटक वा रङ्गकर्ममा लागू हुने अन्तिम सिद्धान्त यही हो । आजको सम्पूर्ण भिजुअल मिडिया अनि परोक्ष यथार्थता, अति यथार्थता सबै नयाँ कुरा यही सिद्धान्तमा अडेका छन् ।

महाकविले कृतिबारे आलोचनात्मक प्रस्तुति गर्दा पनि होसियारले तौलिएर मानिसलाई नदुख्ने शैली अपनाएको देखिन्छ । तेजकुमार शर्माको क्रान्तिमा त्यस्तो एक सङ्केत छ : वहाँको विकासशील व्यक्तित्व छ । वहाँको शैली हिन्दी ढङ्गको, वहाँको उच्चारण जोशपूर्ण, वहाँको भाषाको लयमा ठाउँ ठाउँमा कसर देखिएला तर जो एक सानो कुचीले बढार्न सकिएला ।

महाकविले मुनामदनको रचना र प्रकाशन गरेपछि झ्याउरेलाई प्रोत्साहित र स्थापित गर्न धेरै प्रयत्न गर्नु भएको देखिन्छ । धर्मराज थापा पहाडी सङ्गीत लिएर उदाएपछि महाकविलाई अत्यन्तै ठूलो आनन्द लाग्यो । लोकजीवनबाट टिपिएको नेपाली पानाको यो भाकाको अरूले पनि साधना गर्न लागे, यस्तो मौलिकताप्रति उहाँको अपार प्रेम थियो । महाकविलाई मौखिक परम्पराको झ्याउरेलाई लेख्यमा स्थापित गर्ने आविष्कारकको रूपमा बोल्न मन लाग्छ । झ्याउरेप्रति कविको धारणा यस्तो छ:

झ्याउरेको नेपाली खेत बाँझो देखेर अलिकति डल्ला फोरफार गर्ने काम र दुईचार बीउ रोप्ने काम मैले पनि अगाडि गरेको थिएँ । हुनत झ्याउरेको खेत वास्तवमा न बाँझो थियो, न बाँझो हुन सक्ने या रहन सक्ने थियो । प्रतिदिन, प्रतिक्षण पहाड खाडीमा यही झ्याउरे हावामा लहराइरहेको नेपाल नै यसको नित्य हरित, नित्य पैदावारीको अब्वल भूमि‚ वरूप थियो र छँदै छ । तर झ्याउरे कविताको साहित्यिक संभावना–उपर नजर कसैको गएको थिएन, त्यस समयसम्म । गए पनि फोहरी तवरका साँहिली नानी ढंगका नीच रुचिका कविता सिपाही र लाहुरेका पाकेट कुत्कुत्याउने किसिमका चीजहरू मात्र पैसा तनुवा साहित्यिक व्यापारीले चलाउन खोजेका थिए होलान् ।
झ्याउरे लयप्रति उत्पन्न प्रेमले, त्यसलाई उत्थान गर्ने रहर र स्थापित गर्ने जोशले मुनामदन लेख्नु भयो तर मुनामदन कत्रो प्रवाहमा लेखियो भन्ने कुरा धर्मराजको यस भूमिकामा अङ्कित छ ।

महाकविले मर्मका वाणी बोलेको ठाउँ, कष्टको जीवन र साहित्यमा नयाँ जीवनलाई आह्वान गर्ने व्यग्र चाहना, क्षमता यसमा छ । चारदिनमा लेखिएको सो रचना आज नेपाली साहित्यमा अमर कृति गनिएको छ, एक दर्जनभन्दा बढी भाषामा अनुदित छ, प्रत्येक वर्ष सर्वाधिक बिक्री हुने कृतिमा गनिन्छ । त्यो केवल झ्याउरे छन्द र लय मात्र थिएन, त्यो विशेष काव्य चेतनाले भिजेको नेपाली हृदयको वाणी थियो । धर्मराज थापाको पहादी सनगीत (२००४) पछि वासुदेव ढकालको शशि–कलानेपाली झ्याउरे (२००७) आयो । त्यसको पनि महाकविले उत्तिकै स्वागत गर्नु भयो।

महाकविको भाषा यस्तो छ तर उहाँले तिनै क्रान्तिका लेखको भाषामाथि टिप्पणी गर्नु भएको छ : वहाँको शैली हिन्दी ढङ्गको पाइन्छ । हिन्दी प्रयोगका अरू पनि उदाहरण छन् अलिकति ताजुवीकार माहौलमा आयो, पण्डितहरू नाक सिकुड्न, ठूला सङ्गमरमरका ढेरदेखि नफरत थियो (पहाडी जीवन) ।

अनङ्गनाथ पौड्यालको राधाकृष्ण मिलन बारे लेख्ता एउटा समालोचकीय ज्ञान पनि मिसाइएको छ— जस्तो कविता हुन्छ दुई किसिमको एउटा अभ्यन्तरिक वा स्वविषयी र दोस्रो हुन्छ बाह्य विषयी । अभ्यन्तरिक कृतिको उदाहरण छ साङ्गीतिक कविता भने बाह्य विषयकमा नाटक महाकाव्य, वर्णनात्मक कविता आदि । यो महाकविको आफ्नै विश्लेषण हुन सक्तछ ।

नेपाली साहित्यको ‘शैशवकाल’ थियो; भूमिका लेखकले कृतिको स्तर मापनदेखि सिफारिस पनि गर्नुपथ्र्यो । राधाकृष्ण मिलनको अन्त्यमा कविको निर्णय छ :

तर पाठ्यक्रमलाई राखेका खण्डमा पनि यति राम्रो सुघ्घर चुट्किलो तथा शुद्ध र रसीलो काव्य नेपालीमा अरू विरलै भएकाले, यसको राम्रो उपयोगिता देख्न सकिएलाध्र छपाउने कुराको प्रबन्ध मात्र हुन लागेको छ । अर्थाद्रद्रभाव नै सब नेपाली कविको विलक्षण गुण हो जसले गर्दा धेरै कृतिहरू आपसे आप मरेर जाने गर्छन् । म आशा गर्दछु यस किताबले नेपाली साहित्यका क्षेत्रमा प्रथम या उच्च द्वितीय कक्षाको परीक्षा लिन सक्ला अहिलेसम्मलाई कमसेकम म अरू आशा गर्दछु कि यसलाई छपाउने काममा शीघ्र मद्दत दिन रसिक भक्त, देशप्रेमी सज्जन र साहित्यिक संघहरू शीघ्र तया अग्रसर होलान् ।

महाकविको नेपाली भाषाप्रेम यसलाई सम्वलित गर्ने उहाँको कलम यी अतुलनीय कुरा छन् । त्यो ‘शैशवकालमा नेपाली भाषाले भर्खर दह्रा पाइला टेक्तै थियो तर अझै संस्कृतको अत्यधिक प्रयोग, हिन्दी मिश्रण वा अङ्ग्रेजीतर्फ ढल्किने चेष्टामा थियो । उहाँको भाषामा हिन्दीको प्रचुर प्रयोग पाइन्छ । जस्तै — ज्यादै भोर भएको कथा (सावित्री सत्यवान्) नोकदार चकाचौँधी आत्मोत्सर्गको आतसवाजी, प्रभाव रश्मी डाल्ने किरण (क्रान्ति) । महाकविको भाषा यस्तो छ तर उहाँले तिनै क्रान्तिका लेखको भाषामाथि टिप्पणी गर्नु भएको छ : वहाँको शैली हिन्दी ढङ्गको पाइन्छ । हिन्दी प्रयोगका अरू पनि उदाहरण छन् अलिकति ताजुवीकार माहौलमा आयो, पण्डितहरू नाक सिकुड्न, ठूला सङ्गमरमरका ढेरदेखि नफरत थियो (पहाडी जीवन) ।

त्यसपछि लक्ष्मण लोहनीको थानसिङे कान्छी (२०१३) आएपछि झ्याउरे छन्द अझ लोकप्रिय हुँदै गयो । त्यो देखेर कविज्यू आफूले आरम्भ गरेको अभियान स्थापित हुँदै गएकोमा खुसी प्रकट गर्नु हुन्छ :

यो नेपाली मुटुको लय निख्खरा नेपाली भाषा र पानामा स्पन्दित हुन्छ, यो बाँझो तर विशाल सम्भावनाले सम्पन्न क्षेत्र मैले अपनाएथेँ या औल्याएथेँ, यसमा मेरो इसाराले प्रचुर प्रभाव पैदा गर्‍यो भनेर अब आत्मसन्तोष हुन्छ ।

समालोचना के हो, त्यो कस्तो हुनुपर्छ ? उपन्यास के हो ? महाकाव्य र उपन्यासमा के फरक छ ? अनि निबन्ध र कविता । गीत कसरी परिभाषित गर्ने भन्ने विषयमा कति सूत्रात्मक वाणीमा बोल्नुभएको छ । यस्ता सिद्धान्तकार भएर अनेक विषयमा बोल्दा कविता यसरी परिभाषित छ : तर सिद्धान्तले कविता बन्दैन, कविताबाट बगेर आएको वस्तु कति प्रभावकारितासँग मुटुमा पस्तछ सो रसिक र पारखीको चेतबाट मात्र थाहा पाइन्छ ।

महाकविलाई पढ्यैपिच्छे नेपाली साहित्यको शैशवकाल मनमा राख्नु पर्दछ । आज पनि हामी विधा परिवर्तन–मिश्रणलाई नौलो झैँ कुरा गर्दैछौँ । उसैबेला महाकविले सुलोचनाको भूमिकामा भनेका कुरा बुझ्दा उहाँको मन परम्परा तोडेर प्रयोगतिर पस्न खोज्दै थियो भन्ने देखिन्छ :

मैले यो सम्झेँ कि यो पनि एक नयाँ ढङ्ग होला । नाटकभन्दा शायद बेस हुन सक्छ, किनकि कल्पनालाई प्रशस्त खेल्ने अवकाश मिल्छ । समाज–चित्रण य‚ता काव्यमा राम्रो तवरले गर्न सकिन्छ— नाटकमा भन्दा । म यहाँ कवितात्मक नाटककार बनेको हुँला अथवा पद्यात्मक उपन्यासकार । के उपन्यास छन्दमा लेखिन सकिँदैन ? शायद कविता र उपन्यास मिले दुवैको मजा त आउला । कति मात्रामा मिल्न सक्छन् र यहाँ कति सफलता पाएको छु, सो पाठकवर्गले विचार गर्ने कुरा हो ।

क्रान्तिको चेतना, झन्झावात उत्पन्न गरी जगत्का बेथिति मडार्ने कुरा, युवावर्गमा हुनपर्ने बलिदानी सपना उमाल्दै लगेर र तानाशाहीलाई उखेल्नु पर्ने कुरा उखेले पनि त्यसले देशमा कुनै उज्यालो ल्याउन नसकेको असन्तुष्टि उहाँका रचनामा बारम्बार आउँछ । महाकविको क्रान्तिकारी छवि बेलाबेलै उचालिन्छ । जागीरको भूमिकामा यो चेतना अति प्रबल भएको छ ।

महाकविको सबैभन्दा अग्लो समालोचक व्यक्तित्वसँग तरुणतपसी प्रदक्षिणामा भेट हुन्छ । यो विशिष्ट दर्जाको समालोचनाको नमुना छ । यसबारे पृष्ठभूमिबारेमा लेखकीयमा प्रष्ट्याइएको छ । यो ग्रन्थको सबैभन्दा लामो रचना हो । यसमा महाकविले तरुणतपसीमा भूमिका लेख्न नभ्याएपछि र त्यहाँ बालकृष्ण समको भूमिका प्रकाशित भएर आएको देखेपछि त्यसमाथि उच्च बौद्धिक र तार्किक किसिमले आफ्ना विचार प्रस्तुत गर्नु भएको छ ।

कवि शिरोमणि लेखनाथ पौड्याललाई महाकविले अद्वितीय युग प्रवर्तक भन्नु भएको छ । महाकविलाई समले कवि शिरोमणिको आलोचना गरेको ठाउँमा मन परेको थिएन । नेपाली साहित्यका यी तीन हस्ती— शास्त्रार्थमा भेटघाट एउटा अपूर्व संयोग लाग्दछ । महाकवि अत्यन्तै नरम र विनयशील भएर पनि समसँग भिन्न मत राख्ने प्रतिभा छ । यो तर्क, दृष्टिकोण र प्रस्तुति हेर्दा नेपाली समालोचनामा यस्तो उचाई पुग्न को सक्यो होला राम्ररी नबुझी त्यो भन्न सकिन्न ।

महाकविको पश्चिमी विश्वतिरको फर्काई, उताको ज्ञानले यता शैशवकालीन नेपालीलाई बुझ्ने बुझाउने प्रयत्न गम्भीर विद्वताका उदाहरणीय पक्ष छन् । उहाँले गेयका सट्टा लिरिक शब्द प्रयोग गर्नुभाको छ । टमस ग्रे, जोन ड्राइडनका काव्य शक्तिको चर्चा आउँछ । त्यसमा कति नयाँ शब्द निर्मित छन्— ‘कन्ट्रोलदार’, ‘मास्टरी’, ‘लिरिकी प्रवाह’ कलासृष्टिलाई ‘बर्गिष्ट’ राजनैतिक ‘ल्याम्पुन’ आदि । अन्त्यमा लेखनाथलाई उहाँले नेपाली ड्राइडन भन्नु भएको छ ।

खड्गबहादुरको विद्रोह (उपन्यास) को भूमिका लेख्ता अनेक नयाँ चेतना प्रकाशमा आएका छन् । सात सालको क्रान्ति, त्यसको अधुरोपन र त्यहाँ लुकेको असन्तुष्टि, भोका, गरिबी छन् किनभने हाम्रा नेताहरूले माथितिर हात दिलाएर तलतिर छाती दिलाएनन् । नेपाल विषमताले जलाइएको छ ।

जनकलाल शर्माको कृतिमाथि लेख्ता महाकविले गरेको राहुल साङ्कृत्यायनको विद्वता, त्यसको नकलाल माथिको प्रेम र प्रभाव अनि नेपाली भाषा पे्रममा अक्षण्णु छन्— हेला गरिएकी मातृभाषा अलि उठिरहिछिन् ।

महाकविको विचारमा आरम्भिक कालमा अन्यको प्रेरणा पनि आवश्यक थियो— संस्कृतको, अङ्ग्रेजीको । तर तिनको प्रभावबाट युक्त भई मौलिक ‘नेपाली पाना’ को विकास गर्नु अति आवश्यक थियो । अन्धो अनुकरणले मौलिकता मेटाइदिन्छ । झ्याउरे छन्द एक ‘स्वदेशी पाना’ थियो, लेखनाथको परिष्कार अर्को । जनकलालको गद्यलाई लेख्नु हुन्छ— ‘संस्कृतिप्रधान, हिन्दी प्रभावले छिर्केको, दह्रो कहीँकहीँ अलि काठ पसेको जस्तो ।’ समको अनुष्टुप छन्द प्रयोगलाई टिप्पणी छ ‘शेक्सपियरका पद्यात्मक शैलीको प्रभावमा पूरा भिजेर पनि एक स्वदेशी चीज र नवीन नाटक शैली र भाषाको नयाँ अनुहार वहाँले निकाल्नु भएको थियो । म सम्मत्तिमा स्वदेशी पानाको अधिक देखिन्छ, यद्यपि विदेशी प्रभावको छाप पनि टड्कारो छ ।’

एउटा असल सिर्जनको लक्षण के हुन्छ ? महाकवि भन्नु हुन्छ :

हामी शायद धेरै जसो, मान्न शक्तछौं कि बुद्धिपक्षको प्रवलताको रचना शास्त्र हुन्छ; भावनाको आधिक्य छ भने पागलको प्रलाप पनि हुन शक्तछ; तर सङ्गतिशील छ भने महोच्च कला पनि वुद्धिपक्ष र भावपक्षको उत्तम सन्तोलन नै वहाँले कलाको आत्मा मानेको म सभ्झन्छु ।

महाकविको मुख्य तर्क मौलिकताको खोजी परिष्कार नै हो । साथै पाश्चात्य प्रभावबारे के भन्ने ? त्यसमाथिको उहाँको सन्तुलित विचार आज पनि हामीलाई उदाहरणीय लाग्दछ :

व्यक्तिगत दृष्टिकोण र भावना या रसा‚वादनका आधारमा रहेको पाश्चात्य समालोचनाको प्रवाह न्यून भए पनि विशिष्ट तथा सजीव र प्रगतिशील छ भन्ने मान्दै र दर्शाउँदै, पूर्वीय समालोचनाका व्यापक र वैज्ञानिक आधारहरू, खोतलेर वहाँ यसको उपयोगी वैशिष्ट्यलाई सम्झाउनुहुन्छ र दुवै प्रणालीको पार‚परिक पूरकत्वको व्याख्या गर्दै भावी समीक्षाको एक अत्यावश्यक र मनोहर पथको निर्देश गर्नुहुन्छ । यो बाटोमा नचली शायद हामीलाई सुख हुने छैन । किनकि हामी सजातीय बलिया जरा काट्न पनि सक्तैनौं, बिजातीय विशेषतालाई निरादर गर्न पनि सक्नैछैनौं ।

वासुदेव शर्मा त्रिपाठी ‘देवेश’ को नेपाली जनक्रान्ति एक शक्तिशाली ऐतिहासिक दस्तावेज रहेछ। यो सबैले भुलिसकेको होलान् । यसको उद्देश्य १९९७ देखि २००७ साल पछिसम्मको जनक्रान्तिको दृश्य प्रस्तुत गर्नु शुक्रराज, धर्मभक्त आदिको सदृष्य नेपाली अङ्ग्रेजको वैरगनिया सम्मेलनदेखि पछिका युगान्तकारी परिवर्तनको प्रस्तुित हो । हिन्दी भाषा (पद्यमा) लिखित ९९ पृष्ठको यो सिर्जना पढ्दा यस्ता जल्दाबल्दा देवेश को रहेछन्, उनको महाकविसँग कसरी सम्पर्क भयो होला भन्ने जिज्ञासा उत्पन्न हुन्छ । उनीभित्रको देशप्रेमको ज्वाला यो पुस्तक पढ्दा ।

यसैको भूमिकामा महाकविले जोडेका तुलसीमेहर, टङ्कप्रसाद आचार्य, उताका रामवृक्ष केनिपुरी, रामत्तोहर लोहिया, मातृकाप्रसाद, गणेशमान, डा. के आइ सिंह आदिका कार्यको स्मरण छ :

जुन प्रकृतिको कृति छ कविको भावना त्यसै अनुकुलित भई त्यसको परिवेशको गहिराइमा पुगेको भेटिन्छ ।

पुस्तकको आकार ससानै हो, म यति लेखूँला जस्तो लागेको थिएन तर यो पढिसक्ता एउटा दुर्लभ विश्वभित्र प्रवेश गर्न पाएझैँ उत्साहको उत्तेजनाले मन भरियो । दोहोर्‍याए, तेहेर्‍याए र यस ट्रिजरभित्र पसी अलिकति अनुदानहरू झिकेर प्रस्तुत गर्ने प्रेरणा जाग्यो ।

यहाँ चर्चित सबै कृति खोजेर पुनर्मुद्रण गरेर ती लेखकबारे पनि अध्ययन गर्नु पर्ने आवश्यकता देखिन्छ ।

यस कृतिको तयारीका सम्बन्धमा पनि केही कुरा बताउनु आवश्यक देख्तछु ।

निकै अघि शिव रेग्मीज्यूको अतीतका पानाको प्रकाशित भइसकेपछिको प्रसङ्ग उहाँले महाकविका केही दुर्लभ भूमिकाको सङ्कलन गरिरहेको कुरा सुनाउनु भयो । यो दुई वर्ष अघिकै कुरा थियो । त्यसपछि यसमा अभिरुचि राखेर उहाँलाई अरू प्रोत्साहित गर्न थालेँ । उहाँ खोजीलाई तीव्रता दिन थाल्नु भयो । एउटा थपिन्छ, फेरि केही महिनापछि अर्को, उहाँले कति अनुसन्धाताको सहयोग लिनु भयो होला तर उहाँ एक अत्यन्तै आदरणीय र पुराना सिर्जना र प्रकाशनको अमूल्य भण्डार अनि अनुसन्धाता हुनुहुन्छ । यो कुरा नेपाली वाङ्मयका अध्येतालाई थाहै छ । सम्पर्कले, साधनाले, त्यागले शिव रेग्मी एक संस्था गनिनुहुन्छ । यता रेग्मीज्यूले खोज्दै जाँदा वर्ष दिनमा यति रचना तयार भए । अन्त्यमा हामीलाई लाग्यो भोलिका अनुसन्धातालाई सजिलो पार्न यी कृतिका कभर पृष्ठ पनि राखिदिन पाए— पैँतीस मध्ये दुई ओटा छुटे र उपलब्ध भएका कभर पृष्ठ पनि स्क्यानिङ गरेर राख्यौँ अझ कलर गर्न सकेको भए राम्रो हुन्थ्यो होला ।

यसमा अरू थपिन सक्लान् तर यो एक ऐतिहासिक आरम्भ हो ।

यो दुर्लभ वस्तुको खोजी र प्राप्ति हो ।

महाकविको जन्म शतवार्षिकीको अवसरमा सीमान्त प्रकाशनले यसको प्रकाशन गर्ने सौभाग्य प्राप्त गरेको छ ।

वास्तवमा यो वर्ष, महाकविको जन्म शताब्दीको अवसरमा प्रकाशित ग्रन्थहरूमा अत्यन्तै महत्वपूर्ण मानिने यो दुर्लभ कृति हो ।

महाकविका भूमिका भित्र प्रवेश नगरी उहाँको अध्ययन अपूरै हुन्छ ।

यस्तो कृतिका संयोजक अनुसन्धाता श्री शिव रेग्मीज्यूको परिश्रमको, त्यागको, अमूल्य योगदानको हार्दिक प्रशंसा गर्दै आज यहीँ बिदा माग्दछु ।

म आफूलाई यो सङ्कलनको अध्ययन गरी यति लेख्न पाउने अवसरलाई महाकविप्रतिको हार्दिक श्रद्धाञ्जलि अर्पण गर्ने एक सुवर्ण अवसर ठान्दछु । अन्त्यमा महाकविका भूमिकाभित्र सङ्कलित कृति शीर्षक, लेखक र प्रकाशक र प्रकाशन वर्षको कालक्रमिक सूची अरू अनुसन्धाताको निमित्त निम्नानुसार प्रस्तुत छ ।

१. मुनामदन (प्रथम संस्करण २००९)
लेखक : लक्ष्मीप्रसाद देवकोटा
प्रकाशक : नेपाली भाषा प्रकाशिनी समिति

२. सावित्री सत्यवान (प्रथम संस्करण २००९)
लेखक : लक्ष्मीप्रसाद देवकोटा
प्रकाशक : स्वयम्

३. रामकुमार प्रभाकर (प्रथम संस्करण १९९७)
लेखक : लक्ष्मीप्रसाद देवकोटा
प्रकाशक : स्वयम्

४. केही नेपाली नाटक (प्रथम संस्करण २००२)
लेखक : हृदयचन्द्रसिंह प्रधान
प्रकाशक : स्वयम्

५. सुलोचना (प्रथम संस्करण २००३)
लेखक : लक्ष्मीप्रसाद देवकोटा
प्रकाशक : नेपाली भाषा प्रकाशिनी समिति

६. लक्ष्मी निबन्धसङ्ग्रह (प्रथम संस्करण २००२)
लेखक : लक्ष्मीप्रसाद देवकोटा
प्रकाशक : नेपाली भाषा प्रकाशिनी समिति

७. अमरमाया (प्रथम संस्करण २००२)
लेखक : लीलाध्वज थापा क्षत्री

८. सीता (प्रथम संस्करण २००३)
लेखक : देवीप्रसाद पौडेल

८. शाकुन्तल (दोस्रो संस्करण २०२९)
लेखक : लक्ष्मीप्रसाद देवकोटा
प्रकाशक : साझा प्रकाशन

९. क्रान्ति (प्रथम संस्करण)
लेखक : तेजकुमार शर्मा

१०. पहाडी सङ्गीत (दोस्रो संस्करण २०१४)
लेखक : धर्मराज थापा
प्रकाशक : रत्न पुस्तक भण्डार

११. रातको आँसु (पहिलो संस्करण २००७)
लेखक : श्यामदास वैष्णव (श्यामल)
प्रकाशक : स्वयम्

१२. शशि – कला (प्रथमावृत्ति २००७)
लेखक : वासुदेव ढकाल
प्रकाश : स्वयम्

१३. राधाकृष्ण मिलन (प्रथमवृत्ति सं. २०१७)
लेखक : अनङ्कनाथ पौड््याल

१४. हुस्सु पथिक
लेखक : माधवप्रसाद देवकोटा
प्रकाशक : स्वयम्

१५. “जा, गिर् !” (प्रथम संस्करण २००८)
लेखक : हरि श्रेष्ठ
प्रकाशक : स्वयम्

१६. श्यामकृष्णको लागि लेखिएको भूमिका
साभार : नेपाली पूर्णाङ्क ८८

१७. गोविन्द भट्टका निमित्त लेखिएको
अप्रकाशित भूमिका

१८. थानसिङे कान्छी (दोस्रो पटक २०१७)
लेखक : लक्ष्मण लोहनी
प्रकाशक : रत्नपुस्तक भण्डार

१९. तरुण तपसी
लेखक : लेखनाथ
साभार: रचना, वर्ष–४, अङ्क १

२०. विद्रोह (प्रथम संस्करण २०११)
लेखक : खङ्गबहादुर
प्रका : रामजी गोरखाली र साथीहरू

२१. ललित–कला र साहित्य
लेखक : जनकलाल शर्मा
लेखिएको तर नछापिएको भूमिका ।
साभार: ‘गरिमा’ वर्ष १ र अङ्क ८

२२. झङ्कार (प्रथम संस्करण २०१४)
लेखक : रामहरि जोशी
प्रकाशक : एवरेस्ट प्रकाशन

२३. प्रेम (प्रथम संस्करण)
लेखक : रामकृष्ण पुसासैनी
प्रकाशक : स्वयम्

२४. नेपाली जनक्रान्ति
लेखक : वासुदेव त्रिपाठी ‘देवेश’

२५. मेरो वसन्त (प्रथम संस्करण २०१३)
लेखक : विष्णुप्रसाद शर्मा ‘परिमल’
प्रकाशक : सुशीला देवी

२६.भैचम्पा (खण्डकाव्य)
लेखक : भैरवनाथ रिमाल
प्रकाशक : रामप्रसाद

२७. मरोरञ्जन (प्रथम संस्करण २०२४)
लेखक : लक्ष्मीप्रसाद देवकोटा
प्रकाशक : नेपाल सांस्कृतिक संघ डिल्ली बजार

२८. आशौच विज्ञान (प्रथम संस्करण २०१५)
लेखक : पं. सोमनाथ शास्त्री
प्रकाशक : घनानाथ शर्मा

२९. नेपालको राजनीतिक दर्पण (द्वितीय वृत्ति २०२६)
लेखक : गृष्मबहादुर देवकोटा
प्रकाशक : ध्रुवबहादुर देवकोटा

३०. म्हेन्दु (प्रथम संस्करण २०१९)
लेखक : लक्ष्मीप्रसाद देवकोटा
प्रकाशक : नेपाली भाषा प्रकाशिनी समिति

३१. रावण – जटायु–युद्ध (२०१९)
लेखक : लक्ष्मीप्रसाद देवकोटा
प्रकाशक : नेपाली भाषा प्रकाशिनी समिति

३२. मेरा दुई चोइटा
लेखक : टेकबहादुर नवीन
प्रकाशक : ने.रा.प्र.प्र., काठमाडौँ २०४०
जेठ १६, २०१६

३३. छहरा (प्रथम संस्करण २०१६)
लेखक : लक्ष्मीप्रसाद देवकोटा
प्रकाशक : स्वयम्

३४. मैना
लेखक : लक्ष्मीप्रसाद देवकोटा
प्रकाशक : ने.रा.प्र.प्र., २०३९

प्राध्यापक अङ्ग्रेजी
त्रिभुवन विश्वविद्यालय
२०६६ साल भदौ १३ गते

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 307
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.