ज्ञानुवाकर पौडेल नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनको परिचय र रचना साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको एउटा मुक्तक रचना समेटिएको छ । आँट चाहिन्छ’ बोलको मुक्तक रचनाले स्वाभिान जोगाउन, दुनियाँ हसाउँन र केही नयाँ गर्न आँट चाहिने विचार व्यक्त गरेको छ । -सम्पा. |
ठट्टा हैन,स्वाभिमान जोगाउन त आँट चाहिन्छ
आफू रोएर दुनियाँ हँसाउन त आँट चाहिन्छ
सुनेका त छौ नि तिम्ले पनि नाम सुकरातको ?
हो तेस्तै दिव्य–मरण पछ्याउन त आँट चाहिन्छ !