देवकी तिमल्सिनाको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी साहित्य र कला क्षेत्रमा सक्रिय युवा प्रतिभा हुन् । प्रस्तुत शृङ्खलाम उनको ‘समस्या नै समस्या’ बोलको मुक्तक रचना समेटिएको छ । यस रचनाले युवावस्थामा आउने संकटबाट बाल्यकालीन स्वतन्त्रतालाई फर्किएर हेर्दा कति न्यानो हुन्छ भन्ने भाव अभिव्यक्त गरेको छ । -सम्पा. |
समस्या नै समस्याले अल्झिएको छ जीवन
खै! किन हो यत्ति धेरै आत्तिएको छ यो मन
बाको हात समायो आमाको फरिया तान्यो
फर्काउन मिल्ने भए फर्काउने थिएँ बालापन !