इलामे जेठो नेपाली साहित्यमा बहुमुखी ढङ्गले कलम चलाइरहेका प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको एउटा मुक्तक रचना समेटिएको छ । यस रचनाले शृङ्गारिक भाव अभिव्यक्त गरेको छ । यस मुक्तक रचनाले सङ्कल्प बलियो भए जस्तोसुकै जटिल परिस्थितिमा पनि सम्बन्ध गाँस्न सकिने विचार अगाडि सारेको छ । -सम्पा. |
यी आँखामा बग्ने आँसु, सुकाउन सक्छ्यौ भने
आइपर्ने माखेसाङ्ला, फुकाउन सक्छ्यौभने
पहिले तिमी बाचा गर, अनि आई बसिदिन्छु,
सधैँ तिम्रो मनभित्र, लुकाउन सक्छ्यौभने।
“इलामे जेठो”
माई नगरपालिका -१०,
लुम्बाक, इलाम।