विमल गिरीको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी प्रवासमा रहेर पनि नेपाली भाषा साहित्य र संस्कृतिलाई माया गर्ने प्रतिभा हुन् । यहाँ उनको एउटा मुक्तक रचना समेटिएको छ । यस रचनाले ससाना कुराले पनि ठुलो रूप लिन थालेको अनौठो अनुभूतिलाई अभिव्यक्त गरेको छ । -सम्पा. |
धारिला दुर्वचन पनि मलिनो लाग्छ मलाई
घोचि रहने सियो पनि छिनो लाग्छ मलाई
के हुनलाई हो आश्चर्यचकित छु हिजोआज
आँसुका स्वाद पनि अलिनो लाग्छ मलाई ।
विमल गिरी ब्रसेल्स, बेल्जियम